२०८३ आश्विन ८
२०८३ आश्विन ८

रौतहट साउन २९ ।

रौतहट जिल्लाको परोहा नगरपालिका अन्तर्गत संचालित प्राथमिक स्वास्थ्य केन्द्रमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रम परोहा नगरपालिका आयोजना र सामुदायिक तथा बाल विकास केन्द्र, परोहा न.पा. ६, रौतहटको सहयोगमा सम्पन्न भएको छ ।

सामुदायिक तथा बाल विकास केन्द्र, परोहा न.पा. ६, रौतहटका अध्यक्ष कृष्णा कान्तको विशेष पहलमा लगभग सयौं जना भन्दा बढिको संख्यामा व्यक्तिहरुको रक्तदान गर्न तयार रहेको थियो । नेपाल रेडक्रस गौरबाट खटिएका टिमहरुलाई भ्याई नभ्याई समस्या उत्पन्न भएको थियो ।

उक्त कार्यक्रममा आज कृष्णा कान्तको पहलमा लगभग ६३ जनाले स्वईच्छा रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटिसँग मात्र ६३ वटा मात्र पोका रहेको कारणले ६३ जना नै रक्तदान पाएका छन् । रक्तदान जिवन दान भन्ने उद्देश्यका साथ हर्षित भई रक्तदान गर्न आएका व्यक्तिहरु रक्तदान गर्न नपाए पछि नाराश भई फिर्ता भएको कुरा सामुदायिक तथा बालविकास केन्द्रका अध्यक्ष कृष्णा कान्त पटेलले जानकारी गराउनु भएका छन् ।

सरिता श्रीवास्तव,कटहरिया, साउन २९ गते
साउन महिनाको अन्तिम सोमबारको दिन रौतहट सहति देशै भरिको शिवालय मन्दिरहरुमा दर्शनार्थीको भिडभाड देखिएको छ । जिल्लाको प्रसिद्ध शिवनगर महादेव मन्दिरमा दर्शनार्थीको घुुँईचो लागेको देखिएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५ मा अवस्थित भोलेबाबाको मन्दिरमा कमरथुवा दर्शनार्थीहरुको भिड लागेको हो । साउन महिनाको अन्तिम सोमवारीको अवसर पारेर यति ठुलो संख्यामा मानिसहरुको भिडभाड देखिएको हो ।
धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा रहेको शिवनगर महादेव मन्दिरमा सोमबार दर्शनार्थीको घुुँईचो लागेको देखिएको हो ।

शिवनगर मन्दिरमा प्रत्येक आईतवार नियमित जल चढाउन दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्दछन् । सो अवसर पारेर शिवनगरमा रौतहट , सर्लाही,पर्सा,बारा मधेश प्रदेश भरिका साथै सीमावर्ती भारत बाट भक्तजनहरु आउने गर्दछन् ।

काठमाडौं, ३० साउन ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रही कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

राती भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेश प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

 

कोशी र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यसका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

काठमाडौं, २९ साउन ।

एमालेको प्रदेश अधिवेशन १६ भदाैबाट हुने भएको छ ।

सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले  १६ भदाैबाट गर्ने निर्णय गरेको हो ।

बैठकले  १६ र १७ भदाैमा लुुम्बिनी प्रदेशको, ५ र ६ असोजमा मधेस प्रदेश, ८ र ९ बागमती प्रदेश, १० र ११ असोजमा कर्णाली प्रदेशको, १२ र १३ असोजमा कोशीको, १५ र १६ गण्डकीको,  १९ र २० असोजमा उपत्यका विशेष  प्रदेशको र २१ २२ असोजमा सुदूरपश्चिम प्रदेशको अधिवेशन गर्ने निर्णय गरेको पार्टी सचिव योगेश भट्टराईले जानकारी दि ।

 

काठमाडौं, २९ साउन ।

पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महराले सुन तस्करी प्रकरणमा एकोहोरो आफूहरुमाथि आरोप लगाएर चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।

सुन तस्करी प्रकरणमा कृष्णबहादुर महरा र उनको छोरा राहुलको संलग्नताबारे समाचार प्रकाशित भएको विषयलाई लिएरसमेत उनले सञ्चारमाध्यमहरूले एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्न खोजेको आरोप लगाएका हुन् । उनले आफूहरुको राजनीतिक जीवन सिध्याउने प्रयास भएको आरोप लगाए ।

सुन तस्करी र आफूहरुको संलग्नताबारे गरिएको शंकाका विषयमा सोमबार सामाजिक सञ्जालमा उनले लेखेका छन् ः

हाम्रो विषयमा  केही दिनयता विभिन्न सञ्चारमाध्याममा बारम्बार आइरहेका आरोपहरुप्रति गम्भीर आपत्तिसहित दुःख व्यक्त गर्दछौं। पुष्टि नभएको र प्रहरीले अनुसन्धान गरिरहेको विषयमा बारम्बार एकोहोरो आरोप लगाएर चरित्र हत्या गर्ने र राजनीतिक जीवन नै सिध्याउन खोज्ने गलत कार्यको भर्त्सना गर्दछौं।

सञ्चारमाध्यामले पुष्टि नभएको विषयमा बारम्बार आरोप लगाएर जबर्जस्त पुष्टि गराउन खोज्नु गलत मात्र होइन, आफै न्यायालय बन्न खोज्नु  हो । संचारमाध्यम बाट एकहोरो आक्रमण हुनु को पछाडी हामीले बुझ्न सकेका छैनौ ।
हामीले यसअघि नै बिषय स्पष्ट पारिसकेका छौं कि कोही व्यक्तिसँग सम्पर्क हुदैमा,  केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र  समाचार लेखी भ्रमित पार्नु गलत हो।
राज्यको निकायले अनुसन्धान गरिरहेको बिषयलाई हामीले पूर्ण रुपमा सहयोग गर्ने कुरामा प्रष्ट पारेका  छौं र प्रमाणित देखिए कानुन बमोजिम भागिदार हुनेछौ ।

२०८०।०४।२९

मुकेशकुमार यादव, सिरहा २९ भदाै ।

सिरहामा नेपाल प्रहरी श्रीमती संघद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा गोलबजारमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल प्रहरी श्रीमती संघका आयोजना तथा स्थानिय लाइफलङ्ग हेल्थ केयर प्रालि र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा कार्यक्रममा २१ जना नेपाल प्रहरी र २३ जना सर्वसाधारण गरी जम्मा ४४ जनाले रक्तदान गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डुपेन्द्र वुढाथोकीले जनाएको छ।

“रक्तदान जीवन दान” मुलनाराका साथ नेपाल प्रहरी श्रीमती संघद्वारा इलाका प्रहरी कार्यालय गोलवजारले आयोजना गरिएको रक्तदान कार्यक्रममा स्थानिय वुद्धिजिवि,व्यापारी,नागरीक समाज र संचारर्मीहरुको उस्थिति रहेको प्रहरी निरीक्षक बुढाथोकीले जनाए ।

 

काठमाडौँ, २९ साउन ।

केही साताअघि घोषणा गरिएको टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स’ को डिजिटल अडिसन सम्पन्न भएको छ ।

डिजिटल अडिसनबाट छनौट भएका प्रतिस्पर्धीलाई ३० साउन  मंगलबारदेखि फिजिकल अडिसन गरिने भएको छ  ।  फिजिकल अडिसन एजे इन्टरटेनमेन्टसको स्टुडियो पहेंलो पुल काठमाडौँमा हुने अध्यक्ष अजय पोखरेलले बताएका छन् ।

मौलिक लोकदोहोरी गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित टेलिभिजन रियालिटी शो ‘दोहोरी आइकन्स’ मा कोमल वली, पशुपति शर्मा, कुलेन्द्र विश्वकर्मा र रमेश बिजी निर्णायकको भूमिकामा हुनेछन् । होस्टको रुपमा पीएन सापकोटा र शोभा त्रिपाठी रहनेछन् ।

 

प्रतिस्पर्धामा पहिलो हुनेलाई २५ लाख रुपैयाँ पुरस्कार र वर्ल्ड टुरको समेत व्यवस्था गरिने आयोजकले जनाएको छ । ‘दोहोरी आइकन्स’मा मौलिकता र नयाँ प्रतिभालाई विशेष जोड दिइने निर्णायकले बताएका थिए । केही महिनापछि प्रसारण सुरु हुने यो कार्यक्रम योहो टेलिभिजनबाट प्रसारण हुनेछ । यस कार्यक्रमको पोस्ट र डिजिटल प्रोमोसनको जिम्मा सूत्र मिडियाले लिएको छ ।

 

मुस्ताङ, २९ साउन ।

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ कागबेनी डुबानमा परेको छ । कालीगण्डकी र कागखोलाको दोभानमा रहेको कागबेनी डुबानमा परेको हो ।

कागखोलाको सहायक तिरिखोला पहिरोले थुनिएर आएको बाढी पर्यटकीयस्थल कागबेनीको बस्तीमा पसेको हो । कागबेनीसँगै मुक्तिनाथ पनि डुबानमा परेको छ ।

बाढी आएको सूचनामा पाएपछि स्थानीय भागेर ज्यान बचाएका थिए । कागबेनीमा पसेको बाढीले भौतिक संरचनामा भने ठूलो क्षति पुर्‍याएको छ । बाढीले २० वटाभन्दा बढी घर÷होटल बाढीले भत्काएको छ ।

तस्बिर सौजन्य: पुण्य पौडेल

 

काठमाडौं, २९ साउन ।

काठमाडौं महानगरपालिका-१६ कालधारास्थित लामा चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काभ्रे भुम्लु गाउँपालिका-२ घर भएका ४१ वर्षीय राम बहादुर थापा समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३४ हजार १ सय २५ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

ललितपुर, २९ साउन ।

बालयौन दुरूपयोग गरेको अभियोगमा ललितपुर महानगरपालिका-२२ बुङ्मतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका संचालक हुम्ला सिमिकोट गाउँपालिका-६ घर भएका ४१ वर्षीय दत्त सिंह बुढालाई प्रहरीले पक्राउ गरेको छ ।

 

दत्तसिंहले उक्त चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरूपयोग गरेको र बालिकाले यस्तो नगर्नु भन्दा कुटपिट तथा शारीरिक यातना समेत दिएको भन्ने उजुरीको आधारमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । बालिकालाई हाल संरक्षण गृहमा राखिएको छ ।

 

उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।