२०८३ श्रावण २२
२०८३ श्रावण २२

 

काठमाडौ, ३० साउन ।

मीड सोलु हाइड्रोपावरको आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले आवेदन दिने आज (साउन ३० गते) अन्तिम दिन हो ।

 

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि साउन १४ गतेदेखि आइपीओ बिक्री खुला गरेको हो । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने यसमा (साउन २८ गते) सम्म आवेदन दिने ब्यवस्था रहेको थियो ।

 

यस हाइड्रोपावरले स्थानीयलाई जारी पुँजी ७४ करोड ८४ लाख रुपैयाँको १०% अर्थात ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको हो । यसआधारमा १ सय अंकित मूल्यमा ७ लाख ४८ हजार ४ सय कित्ता सेयर स्थानीयलाई भएको हो । योमध्ये ५ लाख ६१ हजार ३ सय कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिका वडा नं. ३,४,५,६, ७ र ११ का बासिन्दालाई निष्कासन गरेको हो ।

 

त्यस्तै, १ लाख ८७ हजार १ सय कित्ता सेयर आयोजना प्रभावित सोलुखुम्बु जिल्लामा बसोबास गर्ने स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ । यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लसइस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

 

स्थानीयले यस आयोजनाको आयोजना स्थल, एनआइसी एसिया बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र राष्ट्रिय वाणिज्य बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबाट २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।

 

काठमाडौ, ३०  साउन ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसा रहेको कायम गरिएकाे छ भने युरो एकको खरिद दर १४४ रूपैयाँ ९३ पैसा र बिक्री दर १४५ रूपैयाँ ५९ पैसामा खरिदबिक्री हुनेछ ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ १७ पैसा र बिक्री दर १६८ रूपैयाँ ९३ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८६.५ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.४४  रुपैयाँ तथा  क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९४ पैसामा किनबेच हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १३ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा तथा दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९३ पैसा र बिक्रीदर  ९ रूपैयाँ ९७ पैसा कायम गरिएकाे छ ।

 

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३६ पैसा र बिक्री दर ३६ रूपैयाँ ५२ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४६ रुपैयाँमा तथा मलेसियन रिंगिट एकको खरिद दर २८.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८१  रुपैयाँमा काराेबार हुनेछ । साथै, कुवेत दिनार १ को खरिदमूल्य ४३०.४८ पैसा  विक्रीदर ४३२.४४ पैसा कायम गरिएकाे छ ।

 

 

 

काठमाडौं, ३० साउन ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली डोलेश्वर महादेवको दर्शन गर्न पुगेका छन् ।

केदारनाथको शिर मानिने डोलेश्वरमा उनले आरती दर्शन तथा टिका ग्रहण गरेका थिए । साउनको अन्तिम सोमबार पारेर अध्यक्ष ओली भक्तपुरस्थित डोलेश्वर महादेबको दर्शन गर्न पुगेका हुन ।

तस्विरः ओलीकाे सचिवालय

 

काठमाडौं, ३० साउन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा कांग्रेस पक्षले आफ्ना मुख्य उम्मेदवारकाे टुंगो लगाएको छ।

 

प्रजातान्त्रिक पक्षधरबाट अब जापानका महेश श्रेष्ठ साझा उम्मेदवार हुने भएका छन्। हिजो बेलुकासम्म अध्यक्ष मै उम्मेदवारी दिने बताइरहेका अमेरिका निवासी डाक्टर केशव पौडेल भने श्रेष्ठलाई समर्थन गर्दै एक स्टेप तल उपाध्यक्षमा उठ्ने भएका छन्। अन्य सबै पद मिलाउने जिम्मा पौडेलले पाएका छन्।

 

अध्यक्षमा महेश जिलाई पठाउने निर्णय भयो। अरु पदाधिकारी क-कसलाई पठाउने भन्ने सबै जिम्मा केशव जिलाई दिनेगरी सहमति भएको छ,’ बैठकमा सहभागी एकजनाले भने। महासचिवमा अमेरिकाका निर्वतमान अध्यक्ष बुद्धिसागर सुवेदीलाई पठाउने निर्णय भएको छ।

 

यसअघि श्रेष्ठ र पौडेल दुवै जनाले अध्यक्षमा उठ्ने तयारी गरेका थिए। पार्टीको समर्थन आफ्नो पक्षमा ल्याउन दुवै जना काठमाडौं ओर्लिएका थिए। कांग्रेसी नेताहरूलाई भेटेर उनीहरूले छुट्टा–छुट्टै लविङ गरेका थिए। हिजो बिहानमात्र श्रेष्ठले कांग्रेस सभापति शेर बहादुर देउवा र उनकी पत्नि आरजु देउवासँग भेटेर आफ्नो पक्षमा माहोल बनाइदिन अनुरोध गरेका थिए।

 

भेटमा नेताहरूले कांग्रेसबाट एक मात्र उम्मेदवार हुनुपर्ने बताउँदै दुई जना मिलेर आउन आग्रह गरेका थिए। त्यसपछि काठमाडौं ओर्लिएका कांग्रेस निकट उम्मेदवारहरू हिजो बेलुका लामो बैठक बसेका थिए। संघको निर्वाचन आगामी अक्टोबरमा हुँदैछ।

 

वार्सा, ३० साउन ।

युरोपको पूर्वी भागमा तनाव कम हुन सकेको छैन । अब बेलारुस र पोल्याण्ड बीच द्वन्द्वको खतरा छ। सीमा क्षेत्रमा दुई देशबीच तनाव बढेको छ ।

 

यसैबीच, पोल्याण्डले रूसी भाडाको सैन्य समुह वाग्नर समूहको प्रचार प्रसार गर्ने दुई रुसीलाई पक्राउ गरेको समाचार छ।

 

पोल्याण्डका मन्त्री मारियस कामिन्स्की यसबारे जानकारी दिएका छन्। पत्रकारसँगको कुराकानीमा उनले प्रहरी र देशको आन्तरिक सुरक्षा निकायले जासुसी र अन्य आरोपमा दुई जना रूसीलाई हिरासतमा लिएको बताए । उनले भने कि, पक्राउ परेका दुई संदिग्धहरूले वार्सा र क्राकोमा वाग्नर समूहको प्रचार सामग्री वितरण गरिरहेका थिए। घटनाबारे ट्वीट गर्दै उनले दुवैलाई जासुसीको आरोपमा पक्राउ गरिएको बताए ।

 

स्मरण रहोस, गत जुनमा येभगेनी प्रिगोजिनद्वारा असफल विद्रोह प्रयास पछि वाग्नर समूहका लडाकुहरू बेलारुसमा शिविरमा छन्। यस्तो अवस्थामा रुस र बेलारुससँग पोल्याण्डको तनाव बढेको छ । रुसको विद्रोहपछि अब वाग्नरका लडाकुहरू बेलारुस पुगेका छन् र उनीहरू आफ्नो सीमाभित्र पस्न सक्ने चेतावनी पोल्याण्डले दिएको थियो ।

 

यति मात्र होइन, पोल्याण्डसँगै लिथुआनियाले रुस र बेलारुसले पनि उत्तेजक कारबाही गरिरहेको दाबी गरेको छ ।

 

बेइजिङ, ३० साउन ।

चीनमा एक युवकले मोटरसाइकल किन्न आफ्नो पुख्यौली घर आधा मुल्यमा बेचेका छन् ।

 

साउथ चाइना मर्निङ पोष्टका अनुसार ती युवकले १० लाख युआनमा घर बेचेका थिए। तर, यसबारे जानकारी पाए लगत्तै केटाका परिवारले कानुनी प्रक्रियाअनुसार सम्झौता रद्द गरेका छन् ।

 

चिनियाँ समाचार आउटलेटका अनुसार यो मुद्दा मध्य चीनको हेनान प्रान्तको हो, यो मुद्दा अदालतमा आएपछि चर्चामा आएको थियो। अदालतले सियाओहुआ नामका एक युवक र दुईजना सम्पत्ति व्यवसायी बीच भएको सम्झौताको कागज जाँच गरी अवैध घोषणा गरेको छ । आमाबाबुले मोटरसाइकल किन्न अस्वीकार गरेपछि किशोरले आफ्नो हजुरबुवाबाट विरासतमा पाएको सम्पत्ति बेच्ने निर्णयमा पुगेका थिए ।

 

अभिभावकले ती युवकलाई बाइक दिन अस्वीकार गरिररहेका थए । अभिभावकले नमानेपछि युवकले हजुरबुवाको जग्गा बिक्री गर्न व्यापारीसँग सम्पर्क गरे । समाचार अनुसार १९ वर्षीयाले ती युवकले घर ७२ हजार डलरमा बेच्न उक्त सम्झौता गरेको खुलेको छ। तर, उक्त जग्गा डिलरले किनेर अर्को पार्टीलाई बेचिदिए ।

 

त्यसपछि आमाबाबुको तर्फबाट अदालतमा अपील गरेपछि अदालतले सियाओहुआको बालिश व्यवहारमा आश्चर्य व्यक्त गर्यो। उनको आमाले अदालतमा जोड दिए कि यो एक खराब सम्झौता थियो। त्यसपछि न्यायाधीशले बिक्रीको निरीक्षण गरे र किशोर र एस्टेट एजेन्टहरू बीचको कुराकानी पनि सुने। अदालतले किशोरलाई जग्गाको बजार मूल्यबारे जानकारी नभएको निष्कर्ष निकालेको छ । सम्पत्ति एजेन्टले उनलाई धेरै सस्तो मूल्यमा बेच्न उक्साएको अरोपसमेत लागेको थियो ।

 

मुम्बइ, ३० साउन ।

बिग बोस ओटीटी २ को विजेता घोषणा गरिएको छ।

 

इल्भिस यादवले दोस्रो सिजनको ट्रफी हात पारेका छन् । उनी यस सिजनको विजेता बन्ने अनुमान पहिल्यैदेखि भइरहेको थियो र त्यस्तै भयो । सुरुदेखि नै उहाँ निकै बलियो प्रतियोगी मानिएका थिए । साथै, अभिषेक मल्हान पहिलो उपविजेता थिए, जो जितबाट एक कदम टाढा थिए।

 

जितपछि इल्भिस यादवले ठूलो पुरस्कार राशि पनि पाएका छन् । इल्भिस बिग बोस ओटीटी २ विजेताको ट्रफी मात्र होइन, २५ लाख रुपैयाँ पनि लिएर फर्के। घरमा वाइल्ड कार्ड एन्ट्रीका रूपमा प्रवेश गरेका एल्विसले सुरुदेखि नै घरको वातावरणलाई कायम राखे । सुरुमा उनी निकै हास्यास्पद रुपमा देखिएका थिए तर त्यसपछि उनी प्रतियोगीसँग समस्यामा परिन् र यसका लागि उनलाई सलमान खानले गाली पनि गरेका थिए । यद्यपि यसबाट एल्विसको फ्यान फलोइङमा कुनै असर परेन तर घरमै यसबाट उनलाई धेरै फाइदा भयो ।

 

यसैबीच, फिनाले अघि अभिषेकको स्वास्थ्य निकै खराब भएको खबर आएको थियो, जसका कारण उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो । त्यहि समयमा, फाइनल सुरु हुँदा उनी शोमा देखिएनन् तर पछि उनले एन्ट्री लिए। अभिषेक र एल्विश दुबै युट्युब स्टार हुन् र उनीहरुको मित्रता पनि कार्यक्रममा देखियो । सेकेन्ड रनरअपको कुरा गर्दा सुरुदेखि नै बलियो मानिने बिहारकी मनिषा रानी तेस्रो नम्बरमा आउट भइन् ।

 

मुम्बई, ३० साउन ।

सन्नी देओल र अमिषा पटेलको ब्लकबस्टर हिट फिल्म ‘गदर २’ को क्रेज दिनप्रतिदिन बढ्दै गएको छ ।

फिल्मले पहिलो तीन दिनमा सय करोडभन्दा बढी कमाइ गरिसकेको छ तर यसबीचमा अभिनेता सनी देओलका धेरै भिडियो भाइरल भइरहेका छन्, जसमा उनले फ्यानसँग राम्रो व्यवहार नगरेको देख्न सकिन्छ ।

 

यसबारे सामाजिक सञ्जालमा मानिसहरूले आफूलाई निकाे नलागेकाे बताएका छन् । अहिले उनको एउटा नयाँ भिडियो सार्वजनिक भएको छ, जसमा उनी आफ्नो नजिक पुगेका फ्यानसँग अनौठो इशारा गरिरहेको देखिन्छ । जसको अहिले सन्नी देओलमा घमन्ड देखा परेको भन्दै आलोचना भएको छ ।

 

रियाद, ३० साउन ।

रोनाल्डो आबद्ध अल नासरले साउदी लिगको पहिलो खेलमा पराजय बेहोरेको छ ।

 

गत साता अरब क्लब कपको उपाधि जितेको अल नासरले लिगको पहिलो खेलमा पराजय भोगेको हो ।

 

रोनाल्डो बिना नै मैदानमा उत्रेको अलनासर सोमबार राती भएको खेलमा अल इतिफकसँग २–१ ले पराजित हुन पुगेको हो ।

खेल सुरु भएको चौथो मिनेटमा अल नासरलाई साडियो मानेले अग्रता दिलाए पनि त्यो अग्रता अलनासरले कायम गर्न सकेन र दोस्रो हाफ देखी अल नासरको खेलको स्थिति ठिक हुन सकेन ।

 

दोस्रो हाफको ४७ औं मिनेटमा अल इतिफका रोबिन क्वेजनले गोल फर्काएर खेललाई बराबरीमा ल्याए, त्यसको केही मिनेटमा नै अर्थात ५३ औं मिनेटमा गोलरक्षक नवाफ अल अकिदीको गल्तीमा मौसा डेम्बेलेले गोल गरेर अग्रता दोब्बर पारे । अन्ततः खेल २–१ मा टुंगियो ।

 

 

अदिस अब्बा, ३० साउन ।

इथियोपियामा सुरक्षा बल र मिलिशिया समूहबीच भिडन्त जारी छ।

 

यसैबिच इथियोपियाको फिनोट सेलममा विस्फोट भएको छ। विस्फोटमा २६ जनाको मृत्यु भएको थियो । इथियोपियाको मानवअधिकार आयोगले दुई समूहबीच जारी झडपलाई लिएर गम्भीर चिन्ता व्यक्त गरेको छ ।

 

विदेशी सञ्चारमाध्यमका अनुसार फिनोट सलेम जनरल अस्पतालका सीईओ मनय टेनावले उक्त क्षेत्रमा विस्फोट भएको बताए । विस्फोटमा परी अहिलेसम्म २६ जनाको मृत्यु भइसकेको छ । ५० जना घाइते भएका छन्, जसको अस्पतालमा उपचार भइरहेको छ । सुरक्षाकर्मी र समूहबीच जारी भिडन्तका कारण विष्फोट हुनुअघि १६० जनाको उपचार भइसकेको छ ।

 

गत अगस्ट ३ मा पनि अम्हारा सरकारी सेना र फानो नामक स्थानीय मिलिसियाबीच लडाइँ भएको थियो ।

 

इथियोपिया मानव अधिकार आयोगले गम्भीर चिन्ता व्यक्त गरेको छ। दुई समूहबीच केही समयदेखि तनाव जारी छ ।

 

अगस्ट ३ मा इथियोपियाली सरकारले अम्हारामा छ महिनाको आपतकाल घोषणा गर्‍यो, जुन मिलिशियाहरूले देशमा राष्ट्रिय संकट निम्त्याउन सक्ने बताएका छन्।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।