इन्दीप कोइराला,बारा, ३१ साउन ।
बारा जिल्लाको निजगढ निबासी लिलाकुमारी सापकोटा ‘मनिषा’ले भारतको हैदरवादमा हालै भएको दक्षिण एसियाली च्याम्पिएनसिप आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् ।
अगष्ट ४ देखि ६ तारिकसम्म सञ्चालन भएको प्रतियोगितामा पाँच ईभेन्टमा प्रतिस्पर्धा गरेकी मनिषाले जिरोगीको ४४ किलो तौल समुहमा स्वर्ण पदक पाएकी हुन ।
अन्य चार ईभेन्टमा भने उनले तीन रजत र एक कास्य पदक हासिल गरेकी छिन् । प्रतियोगितामा भारत पहिलो भएको थियो भने नेपाली टोली दोस्रो र बंगलादेशको टोली तेस्रो भएको छ । प्रतियोगितामा मनिषासहित नेपालले कुल २२ स्वर्ण पदक जितेको थियो ।
निजगढ नगरपालिका वडा नम्बर ४ घर भएकी मनिषा हाल सशस्त्र प्रहरीमा कार्यरत छिन् । सापकोटाले बाग्देव तेक्वान्दो डोजाङबाट तेक्वाण्डो खेल सुरु गरेकी हुन् ।
मञ्जय राम,कटहरिया,साउन ३१ गते ।
रौतहटमा एक जना ब्यक्तिको मृत अबस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लामा एक हप्ता नपुग्दै अर्को एउटा शव गाउँकै झाडीमा फेला परेको हो ।
जिल्लाको उत्तरी भेग कटहरिया नगरपालिकाको वडा नम्बर ९ डुमरियाका बुनिलाल माझीका छोरा अन्दाजी वर्ष २० का टिमन भनिने रामआन्नदी माझी रहेको प्रहरीले जानकारी दिए । माझीको शव आज बिहान बलुवा गाउँको नजिकै रहेको झाडीमा फेला परे पछि स्थानियले प्रहरीलाई खबर गरेको थियो ।
त्यस पछि इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक ओमप्रकाश खनाल नेर्ततवको टोली घटना स्थलमा पुगी जाचँमुचुल्का उठाएको थियो । शवको प्राकृतिक हेर्दा समान्य चोट पटक लागेको हुनाले पोष्मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा पठाईएको र घटना बारे अनुसन्धान भईरहेको खनालले बताउनु भयो ।
यस घटनाको सम्बन्धमा अनुसन्धान जारिरहेकाले थप विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यो भन्दा पहिला गौर नगरपालिकाको वडा नम्बर ८ पुरेन्वाका अन्दाजी ३५ बर्षिय प्रहरी हवलदार सुशील राउतको शव गौर पुलमुनिबाट मृत अबस्थामा फेला परेको थियो ।
आरके श्रीवास्तव,रौतहट,साउन ३१ गते ।
जिल्ला कारागार गौर रौतहटको अवस्था छिट्टै समाधान गराउने गौर नगरपालिकाका नगर प्रमुख शम्भु शाहले बताउनु भएको छ । आज पत्रकारहरु सँग कुराकानी गर्नु हुँदै वहाँले यस्तो प्रतिबद्धता जनाउनु भएको हो । करागारलाइ कसरी सुरक्षित गर्ने विषयमा आफूपनि संवेदनशिल रहेको वहाँले बताउनु भयो । कारागारको पुनः निर्माण कसरी होस् र यसको राम्रो कसरी हुन्छ यसता तर्फ आफू लागी परेको उनको भनाइ छ ।
आफू निर्वाचित हुने वितिकै त्यसबेलाका तत्कालीन मधेश प्रदेश सरकारका गृहमन्त्री लाइ गौर कारागारको अनुगमन पनि गराएको जानकारी गराए । यसमा आफूले बारम्बार पहल गरी नै रहेको जनाए । कारागारको जग्गा केही व्यक्तीहरुले अतिक्रमण गरेर राखेका छन् । यसबारे मैले सम्बन्धित मन्त्रालयमा परिपत्र पनि गरेको बताए । त्यहाँ बाट जग्गा अतिक्रमण मुक्त गराउन परिपत्र नआएकोले यसमा अगाडी काम बढाउन नसकेको बताउनु भयो ।
आफू पनि यसको प्रतिक्षामा रहेको बताए । सर्वप्रथम कारागारको जग्गा अतिक्रमण मुक्त गराउन पर्दछ । त्यसको लागि प्रहरी प्रशासनको सहयोगको पनि आवश्यकता पर्नेछ । दोस्रो कुरा चाँही प्रदेश समन्वय परिषदको बैठकमा गृहमन्त्री आउनु भएको थियो । कारागारको अवस्थाको बारेमा आफूले वहाँलाइ सबै कुरा अवगत गराएको बताउनु भयो । गृह मन्त्रालयको लगानी गर्न मैले वहाँलाइ आग्रह पनि गरेको छु । कारागार लगायत भन्सार सुरक्षा गार्ड सहित दुइ ठाउँमा सहयोग गरि दिनु हुन वहाँ सँग आग्रह गरेको उनको भनाइ छ । साथै वहाँले गौर नगरपालिकाको विकास निर्माणको विषयमा प्रतिक्रिया दिनु हुँदै । जिल्लाको सबैभन्दा पुरानो नगरपालिका भएतापनि पिछडीएको नगरपालिका रहेको बताउनु भयो । यसको तिव्र विकासको लागि आफू लागि परेको बताउनु भयो ।
गौर नगरपालिकालाइ सुखी,समृद्ध र विकसीत बनाउनका लागि आफू लागी परेको बताउनु भयो । जसको लागि यहाँ घण्टाघर निर्माणको काम भइरहेको,टाउन हलको पनि निर्माण कार्य अगाडी बढेको बताए । त्यस्तै गौरको कबिर चौकमा पनि विवाह मण्डपको काम पनि अगाडी बढाइसकेको जानकारी गराउनु भयो । करिब चार वर्ष देखि अलपत्र अवस्थामा रहेको र पैसा निकासा गराएर झुलुङ्गे पुलको काम त्यस्तै छोडेकोलाइ काम सम्पन्न गरायौं ।
अर्को गौर नगरपालिका र इशनाथ नगरपालिकालाइ जोड्नका निमित बानेश्वर स्थानमा झुलुङ्गे पुलका स्थापना गराएका छौं । तीन ठाउँमा सूर्य मन्दिर निर्माण,श्री जुद्ध माविमा डिजिटल प्रविधि बाट पढने व्यवस्था पनि गराएका छौं । त्यस्तै शिक्षकको कमीलाइ पुरा गर्ने प्रयास गरेका छौ । गौर नगरपालिकाको सिसवामा प्रवेश द्धार पनि निर्माण गराउने बताउनु भयो । सिर्सियामा पुल निर्माण गर्नुका साथै गौर नगरपालिकामा थुप्रै कामहरु भएको उनको भनाइ छ । काम गर्दाखेरी दिर्घकालीन रुपमा हेरेर काम गराउने गरेको उनको भनाइ छ ।
गौर नगरपालिकालाइ ग्रिन सिटिको रुपमा बनाउने आफनो सोच रहेको बताउनु भयो । र पडके हिसासबले पनि नगरपालिकालाइ लैजाने उनको भनाइ छ । जसको लागि आफूले काम गरिरहेको बताउनु भयो । त्यसको लागि मन्त्रालय र विभागहरुमा सहकार्य जारीराखेको बताउनु हुन्छ । ऐतिहासिक ठाउँहरुको सौन्दर्यिकरण गराउन तर्फ लागि परेको उनी बताउँछन् । नगरपालिकाको विकास निर्माणको कार्य लाइ द्रुत गतिमा बढाउन अर्थको अभाव रहेकोले प्रदेश सरकार र संघ सरकार सँग यसको लागि पहल गरिरहेको बताउनु भयो ।
नगरपालिकालाइ अगाडी बढाउन धेरै चुनौतीहरु पनि रहेको उनी बताउँछन् । जनप्रतिनिहरु बाट विकास निर्माणको काममा सहयोग भएको हो तर केही असामाजिक तत्वहरु र इष्र्या, डाहा गर्ने व्यक्तीहरु अगाडी बढिरहेका छन् । उदाहरणको लागि भेपर लाइटहरुमा ढुंगाले फोर्ने,वृक्षारोपण लाइ उखालेर फाँल्ने लगायत मनोबल गिराउने कामहरु चाँही भइरहेको उनले बताए । तर पनि आफू अगाडी बढि नै रहेको बताए । अन्तयमा उनले वर्षयाम भएको सर्तकता अपनाउन र सुरक्षित साथ बस्न सबै नगरवासीहरु लाइ अपिल गर्नु भयो ।
काठमाडौ, ३१ साउन ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज बुधबार साउन ३१ गते अन्तिम दिन हो ।
लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार साउन ३० गते साँझ ५ बजेसम्म १० लाख १७ हजार ४५२ जनाले १ करोड १४ लाख ६१ हजार २१० कित्ताका लागि आवेदन दिइ सकेका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ५.०३ गुणा बढी आवेदन हो ।
हाइड्रोपावरले साउन २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्कासन गर्दा बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्ता सहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो । यस कम्पनीले कर्मचारीलाई ४० हजार कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख कित्ता सेयर छुट्याइएको छ ।
लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । रेटिङ एजेन्सी केयर नेपालले यो आइपीओलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल रहेको छ ।
काठमाडौ, ३१ साउन ।
अपि पावर कम्पनीले आज बुधबार साउन ३१ गतेदेखि ४०% हकप्रद सेयर बिक्री खुला गरेको छ ।
कम्पनीले १ः०.४ अनुपातमा १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासनमा ल्याएको हो ।
उक्त हकप्रद सेयरका लागि यसले असार २२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २१ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । अपिको यस हकप्रद सेयरमा लगानीकर्ताले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । यसको हकप्रद सेयरमा मुक्तिनाथ क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
हकप्रदमा मुक्तिनाथ क्यापिटल, अपी पावरको कार्यालय थापाथली तथा मुक्तिनाथ बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर बिक्री गरेपछि यसको चुक्ता पुँजी ५ अर्ब ७८ करोड ६५ लाख ९७ हजार रुपैयाँ पुग्नेछ। कम्पनीले विद्युत उत्पादन गरिरहेका ५ वटा विभिन्न परियोजनाको ऋणमोचन गर्ने उद्देश्यले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
काठमाडौ, ३१ साउन ।
हालै मात्र आइपीओ जारी गरी दोस्रो बजारमा सूचीकृत भएको सिटी होटलले गत आर्थिक वर्षमा नोक्सान व्यहोरेको छ ।
होटलले गत आर्थिक वर्षको अन्त्यसम्ममा २७ करोड ३६ लाख ३६ हजार रुपैयाँ नोक्सान व्यहोरेको हाे । यसको नोक्सानी अघिल्लो आर्थिक वर्षको तुलनामा झन् धेरै बढेको हो । अघिल्लो आर्थिक वर्षमा भने ४ करोड ४६ लाख ८२ हजार रुपैयाँ मात्र नोक्सानमा रहेको थियो ।
सिटीले सञ्चालन आम्दानी १५०.१३% ले वृद्धि गरेर ४७ करोड ३१ लाख ५१ हजार रुपैयाँ पुर्याए पनि वित्तीय लागत बढेपछि नोक्सानमा गएको हो । अघिल्लो वर्ष सञ्चालन आम्दानी १८ करोड ९१ लाख ६४ हजार रहेको थियो ।
यता, वित्तीय लागत भने ४ करोड ७६ लाख रुपैयाँबाट बढेर ३५ करोड ३६ लाख ६७ हजार रुपैयाँ पुगेको छ । यसका साथै ह्रास कट्टीमा खर्च बढेर ३ करोड ७८ लाख रुपैयाँबाट १३ करोड ७ लाख पुगेपछि सिटीले नोक्सान व्यहोरेको देखिन्छ ।
चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेको सिटी होटलको अन्य इक्विटीमा ६ करोड ६ लाख रुपैयाँ जम्मा रहेको छ । अघिल्लो वर्ष यसको अन्य इक्विटी २८ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्ममा सिटी होटल प्रतिसेयर आम्दानी १६.३५ रुपैयाँ नोक्सानमा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ भने १०४ रुपैयाँ छ ।
मुम्बई, ३१ साउन ।
धूम, धूम २ र धूम ३ तीनवटै फिल्म निकै हिट भएका थिए र एकै समयमा दर्शकले धेरै माया गरेका थिए । यही कारणले गर्दा अहिले दर्शक पनि धुम ४ को प्रतिक्षामा छन् ।
यो समय समयमा सहि छ तर यो फिल्मको बारे मा अक्सर बहस सुरु हुन्छ। अनुमानको अवधि सुरु हुन्छ। धेरै रिपोर्टमा यो भनिएको थियो कि यस पटक सलमान खान धूम ४ मा एन्ट्री गर्न लागेका छन् । तर सबैभन्दा ठूलो प्रश्न यो हो, के धूम भइरहेको छ ?
अब यो प्रश्नको जवाफ फिल्मका इन्स्पेक्टर जय दीक्षित अर्थात् अभिषेक बच्चनले नै दिएका छन् । हिजोआज अभिषेक स्पोर्ट्स ड्रामा बनेको फिल्म घूमरको चर्चामा छन् र सैयामी खेरसँगै अंगद बेदी पनि महत्वपूर्ण भूमिकामा हुनेछन् । फिल्मको ट्रेलरलाई दर्शकले मन पराएका छन् र अहिले रिलिजको प्रतिक्षामा छन् ।
तसर्थ फिल्मको प्रमोशनको क्रममा एक अन्तर्वार्तामा अभिषेकलाई धूम ४ को बारेमा एक सीधा प्रश्न सोधिएको थियो र अभिषेकले बिना कुनै हिचकिचाहटको सीधा जवाफ दिए।
उनका अनुसार धुम ४ को बारेमा अहिले केही पनि भइसकेको छैन । फिल्म अझै बन्न सकेको छैन । यद्यपि यो जवाफले फ्यानहरूलाई निराश पार्न सक्छ, तर यसले निश्चित रूपमा सबै अटकलहरूको अन्त्य गरेको छ।
धूममा अभिषेक बच्चन र जोन अब्राहम सँगै देखिएका थिए भने अलीको भूमिकामा उदय चोपडालाई निकै मन पराइएको थियो । यसपछि धूम २ मा जोन अब्राहमलाई रिप्लेस गरियो र ऋतिक रोशनको सट्टा चोरको भूमिका निभाएकी ऐश्वर्या राय उनको अपोजिटमा देखिएकी थिइन् । धूम ३ ले पनि मानिसमा निकै क्रेज बनाएको थियो । फिल्ममा आमिर खानले दोहोरो भूमिका निर्वाह गरेका थिए भने कट्रिना कैफ नायिका थिइन् ।
काठमाडौं, ३१ साउन ।
नेपाल प्रहरीको सरुवा, बढुवा र पदस्थापनमा कार्यक्षमता, अनुभव र सेवा विशिष्टीकरण अनुकुलको मापदण्ड लागु भएको छ।
“प्रहरी कर्मचारीको सरुवा सम्बन्धी मापदण्ड २०७९” अनुसार ठूलो संख्याका प्रहरी निरीक्षकहरूको सरुवा भएसँगै सो मापदण्ड कार्यान्वयनमा आएको हो।
तालिमपश्चात पासआउट भएका नयाँ तथा पुराना गरी ९५८ जना प्रहरी निरीक्षकको कार्यालय प्रमुख एवम् सहायक दरबन्दीतर्फ सरुवा भएको छ। त्यस्तै ६४ जना प्रहरी निरीक्षकहरूको बढुवा र पदस्थापन भएको छ। यी सबै सरुवा, बढुवा र पदस्थापन मापदण्डअनुसार भएका हुन्।
मापदण्डमा प्रहरी निरीक्षक प्रमुख हुने कार्यालयलाई जनघनत्व, यातायातको पहुँच, आपराधिक घटनाको संख्या, भौगोलिक अवस्थिति लगायतका आधारमा ‘क’ ‘ख’ र ‘ग’ श्रेणीमा वर्गीकरण गरिएको छ। त्यसमध्ये ‘क’ र ‘ख’ श्रेणीका कार्यालयमा ज्येष्ठता एवम् कार्यसम्पादन स्तर समेतको आधारमा नदोहोरिने र आलोपालो हुने गरी कार्यालय प्रमुखको अवसर प्रदान गरिएको छ।
पहिलो पटक कार्यालय प्रमुखको अवसर प्रदान गर्दा भने अनिवार्य रुपमा ‘ख’ र ‘ग’ श्रेणीका कार्यालयमा मात्र सरुवा गरिएको छ। त्यस्तै यसअघि नै काज सरुवामा मापदण्ड प्रतिकूल हुने गरी कार्यालय प्रमुखको रुपमा गएका प्रहरी निरीक्षकलाई फिर्ता बोलाइ मापदण्ड बमोजिम कार्यालय प्रमुख वा सहायक दरबन्दीमा सरुवा गरिएको छ। यसरी श्रेणी छुट्याएर मापदण्ड अनुसार सरुवा, बढुवा र पदस्थापन हुन थालेपछि कुनै पनि दबाब र प्रभावको अर्थ नहुने गृह मन्त्रालयले जनाएको छ।
पहुँचवालाले लगातार अवसर पाइरहने र पहुँच नहुनेहरू अवसरबाट बञ्चित हुनुपर्ने अवस्था अन्त्यका लागि उक्त मापदण्ड बनेको हो। नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री तथा गृहमन्त्रीको कार्यभार सम्हाले देखि नै सुशासन र पारदर्शीतालाई महत्व दिँदै आएका छन् ।
काठमाडौ, ३१ साउन ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ४३ पैसा र बिक्री दर १३३ रूपैयाँ ०३ पैसामा काराेबार हुदाँ युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ८० पैसा र बिक्री दर १४५ रूपैयाँ ४६ पैसामा काराेबार गर्न सकिने छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ २३ पैसा र बिक्री दर १६८ रूपैयाँ ९९ पैसामा खरिदबिक्री हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.७२ रुपैयाँ रहेको छ भने बिक्री दर ८६.१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६० पैसामा काराेबार गर्न सकिने छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १ पैसा र बिक्रीदर ९ रुपैयाँ १४ पैसामा काराेबार गर्न अनुमति दिएकाे राष्ट् बैकले दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९५ पैसा कायम गरेकाे छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ३४ पैसा र बिक्री दर ३६ रूपैयाँ ५१ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.४७ रुपैयाँमा, मलेसियन रिंगिट एकको खरिद दर २८.५७ रुपैयाँ रहेको छ भने बिक्री दर २८.७० रुपैयाँ तथा कुवेती दिनार १ को खरिदमूल्य ४३०.४१ पैसा विक्रीदर ४३२.३६ पैसामा काराेबारकाे अनुमति दिएकाे छ ।
न्युयोर्क, ३१ साउन ।
‘मानव अनुहार’ भएको कुकुरको तस्बिर सार्वजनिक भएको छ । जुन निकै अचम्मको कुरा हो । यी तस्विरहरु अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् ।
‘मानव अनुहार’ भएको यो कुकुरको नाम ‘योगी’ हो। ऊ शिह पू जातको कुकुर हो। उनी गत महिना मात्रै एक वर्षको भइन् । मानिसहरुले उनको अनुहार मानिसजस्तै भएको ठान्छन् ।
मिररको रिपोर्ट अनुसार यो कुकुरको तस्बिर फेसबुक र टविटरजस्ता प्लेटफर्ममा भाइरल भइरहेको छ। पोस्ट भएपछि ‘मानव अनुहार’ भएको यो कुकुरको तस्विरले इन्टरनेटमा आतंक मच्चाएको छ । ‘मानव अनुहार’ भएको यो कुकुरको तस्विरलाई लिएर नेटिजन्सले आश्चर्य व्यक्त गरेका छन् ।
एक प्रयोगकर्ताले क्याप्सनमा लेखेका छन्, ‘यो मानिसको अनुहार जस्तो देखिन्छ, मलाइ जस्तै धेरैलाई यस्तै लाग्छ होला ।’
अर्का प्रयोगकर्ताले भने, ‘मैले कुकुरमा देखेको यो कुकुरको सबैभन्दा धेरै मानिसजस्तै आँखा छ।’
केही समयमै यो तस्विर ट्विटरमा देखा पर्यो, जहाँ मानिसहरूले यो कुकुरलाई मन पराउन थाले।
तर, अहिलेको डिजिटल युगमा तस्बिरमा सम्पादन गर्न निकै सजिलो छ तर यो शंकालाई लिएर ‘मिरर अनलाइन’ले यस कुकुरका मालिक चान्टल देसजार्डिनसँग कुरा गरेको छ । चान्टल देसजार्डिन्सले तस्बिरमा कुनै किसिमको छेडछाड नगरिएको बताइन् । तस्वीर सम्पादन गरिएको छैन। तिनीहरू उनीहरू कुकुरहरू हुन्।
चान्टल देसजार्डिन्स भन्छिन् कि, उनी आफ्नो कुकुरलाई फरक नजरले हेर्दैनन्। तिनीहरूका लागि साधारण कुकुर जस्तै छन ।’