आरके श्रीवास्तव,रौतहट,भदौ २३ गते ।
रौतहट । गणिनाथ–गोविन्द जयन्तीको अवसरमा कानु समाज कल्याण समिति रौतहटले विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरेको छ । जिल्लाको मध्य भाग गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको गणिनाथ–गोविन्द मन्दिर प्रांगणमा सो कार्याक्रम आयोजन गरिएको छ ।
निर्माणाधीन धर्मशालामा सहयोग गरेको भन्दै समाजले प्रदेश सांसद सुनिल कुमार यादव उर्फ जितेन्द्र, देवाहीगोनाहीका नगर प्रमुख प्रेमलाल साह कानु, गरुडा नगर प्रमुख कन्थमनि प्रसाद कलवार सहित विभिन्न वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यलाई सम्मानित गरिएको छ ।
कार्यक्रमको अध्यक्षता कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले गर्नु भएको थियो । लोकदेवतालाई गणिनाथ–गोविन्द कूलदेवता मान्ने समुदायले गणिनाथ–गोविन्द जयन्ती मनाएका छन् । हरेक वर्ष कृष्णाष्टमीको लगत्तै आउने शनिवारका दिन विश्वभर गणिनाथ गोविन्द जयन्ती मनाइने गरिन्छ । गणिनाथ–गोविन्दको पूजा दशौँ शताब्दीदेखि गरिँदै आएको विश्वास गरिन्छ । कानु, हलुवाई, कान्दु, मधेसिया आदि नामले चिनिने जाति समुदायले कूलदेवताको रुपमा गणिनाथ–गोविन्द जयन्ती मान्ने गरेका छन् ।
नेपालको सबै प्रदेश तथा भारतको विभिन्न प्रदेशमा कानु समुदायका साथै अन्य जातिले पनि गणिनाथ–गोविन्द पूजा भव्यताका साथ गर्दै आएका छन् । शुक्रबार साँझदेखि सुरु हुने तीन दिवसीय पूजा आइतवार बिहान गंगास्नान गरी सूर्यलाई अध्र्य दिएर सम्पन्न गरिए पनि मूलपूजा शनिवार नै हुने गर्दछ । गणिनाथ, गोविन्दसँगै सूर्य र हनुमानको पूजा पनि गरिने चलन छ ।
नेपालको रौतहट, सर्लाही, झापालगायतका जिल्लामा लोकदेवता गणिनाथ–गोविन्द भगवानको मन्दिर निर्माण गरिएका छन् । जबकी तराई मधेशका हरेक जिल्लाका साथै काठमाडौँ र चितवन आदि ठाउँमा समेत भव्यतापूर्वक पूजा हुने गरेको पाइन्छ । शिवनगरमा भएको वार्षिक पूजामा सर्लाही, रौतहट र बारा जिल्लाका साथै भारतको विभिन्न ठाउँबाट हजारौँ भक्तजनको उपस्थिति भएको समितिका जिल्ला अध्यक्ष सर्फलाल प्रसाद गुप्ताले जनाएका छन् ।
आरके श्रीवास्तव,रौतहट,२३ गते भदौ ।
रौतहटको माधवनारायण नगरपालिकामा आज जनता समाजवादी पार्टीको युवा समिति गठन भएको छ । नगर स्तरीय यूवा भेला बाट श्याम सुन्दर यादवको अध्यक्षतामा २१ सदसीय कार्य समिति गठन गरिएको जसापाका जिल्ला अध्यक्ष श्याम बिहारी यादवले जानकारी गराउनु भएको हो ।

गठित युवा समितिको उपाध्यक्षमा अजित कुमार यादव,सचिवमा कृष्णा चौधरी,सह सचिवमा जयनारायण पासवान,कोषाध्यक्षमा गजेन्द्र प्रसाद यादव रहेका छन् ।
त्यस्तै सदस्यहरुमा अनिल कुशवाहा,प्रदीप यादव,राधाचन्द्र यादव,शम्भु कुमार यादव,जयलाल राम,राहुल राम,रुपेश ठाकुर,रुपेश कुमार यादव,सरोज कुमार पासवान,विकेश राय लगायतका व्यक्तिहरु रहेका छन् । सो अवसरमा मधेश प्रदेश सरकारका पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादव,पूर्व नगरप्रमुख विरेन्द्र यादव, माधवनारायण नगरपालिकाकी उपप्रमुख निर्मलादेवी रमन,युवा संघका जिल्ला अध्यक्ष पूनप्रताप पटेल लगायतका जसपाका नेता कार्यकर्ताहरुको उपस्थिती र
आरके श्रीवास्तव,रौतहट,भदौ २३ गते ।
रौतहट जिल्लाको मध्य भाग गरुडा रौतहट रियल स्टेट प्रा.ली. सञ्चालनमा आएको छ । गरुडा नगरपालिका वडा नम्बर ४ गरुडामा शुक्रवारदेखि सञ्चालन भएको संचालक मो.सनमले जानकारी गराउनु भएको हो । उनले दिएको जानकारी अनुसार विधिवत उद्धघाटन भइ सञ्चलनमा आएको छ ।
यसले घर,जग्गा किन्न बेच गर्न चाहने ब्यक्तिहरुको चाहना पुरा गर्ने छ । कम्पनी दर्ता,कम्पनी नामसारी, प्रा.ली दर्ता, लिमिटेड दर्ता,लोन प्रोपोजल,लोन सम्बन्धी परामर्श दिने तथा घर जग्गा बिक्रीको विज्ञापन पनि गरिने उनले बताए ।
घर , जग्गा किन्नको लागी रौतहट रियल स्टेट प्रा.ली.मा सम्पर्क गर्न प्रोपराइटर प्रशान्त कर्णले सेवाग्राही संग आग्रह गर्नु भएको छ । जिल्लाको मध्य भागमा यस्तो सुविधा पाउने भएपछि जग्गा ,जमिन र घर किन्ने ब्यक्तिहरु हर्षित भएका छन् ।
चन्दन कुमार महतो ,गाैर,भदौ २२ गते ।
आज रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटे परेकोलाई पहिलो पटक शल्यक्रिया सफलतापूर्वक गरेकाे छ । लैपरोटॉमीको अप्रेसन डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिम द्वारा सफलतापूर्वक गरेको छ ।
जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी भन्नुभयो त्यो दिन देखि प्रादेशिक अस्पतालमा सबै बिमारीको राम्रो ईलाज भईरहेको छ किनभने आज डा.फिरोज अंजुमको टिम र डा.उज्जवल ठाकुरको सहकार्य द्वारा लैपरोटॉमी को सफलतापूर्वक अप्रेसन गरि नया जीवन दान गर्नु भएको छ ।
पुरा आन्द्रामा प्वाल परेको भएर पनि डाक्टर अंजुमको टिम द्वारा सफलतापूर्वक सल्यक्रिया गरिएकाे छ । बिरामीको आफन्तहरुले भने प्रादेशिक अस्पतालको डाक्टरहरु मेरो लागि भगवान छ, मेरो छोरालाई कहाँ कहाँ सम्म इलाज गराए तर राम्रो भएन आज हजुरहरूले मेरो छोरालाई नयाँ जिवन दिनुभयोमा हृदय देखि धन्यवाद ब्यक्त गर्न चाहन्छु।
डा.फिरोज अंजुम, डा. उज्जवल ठाकुर , लगायत सम्पुर्ण टिम लाई प्रादेशिक अस्पताल गौरको बिकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव कुमार सिंह,लगायत सदस्य हरुले धेरै धेरै धन्यवाद दिएका छन् ।
बज्जिकाञ्चल,रौतहट,२२ गते भदौ ।
रौतहट । रौतहटमा मन्दिरको पुजारीमाथि सांघातिक आक्रमण भएको छ । पुजारीमाथि धारिलो हतियार प्रहार गरी आक्रमण भएको हो ।
जिल्लाको दुर्गा भगवती गाउँपालिका–३ देवीपर्सा टोल स्थित रामजानकी मन्दिरका पुजारी ( महंन्थ) माथि सांघातिक आक्रमण भएको छ । मन्दिरका पुजारी मिश्रीलाल साह माथि दुध उमाली रहेका अवस्थामा अज्ञात समूहले बिहीबार बिहान ११ बजे धारिलो हतियार प्रहार बाट आक्रमण गरिएको प्रहरीले जनाएको छ ।
उनको टाउकोमा धारिलो हतियार प्रहार भएको छ । घाइते महंन्थको उपचार स्थानिय बागमती अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको हो । आक्रमण कसले र किन गरेको हो भन्ने बारेमा खुल्न नसकेको प्रहरीको भनाइ छ । पुजारीको बयानको आधारमा आक्रमण गर्ने व्यक्तिको खोज तलास भइरहेको र थप अनुसन्धान प्रकिया अगाडी बढ़ाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आरके श्रीवास्तव,रौतहट, २१ गते भदौ ।
रौतहट । जिल्लाको राजपुर नगरपालिकाले नगरको शान्तिसुरक्षा कायमगर्न नगर प्रहरी भर्ना गरी आधारभूत तालिम समापन गरी नगर प्रहरीलाई दिक्षान्त÷पास आउट गरिएको छ ।

सो कार्यक्रमलाइ सम्बोध गर्नु हुदै रौतहट प्रहरी प्रमुख महेन्द्र कुमार श्रेष्ठले देश संघियतामा प्रवेश गरेपछि स्थानिय सरकारको अवधारण अन्तर्गत पालिकाहरुले न्यायिक समिति लगायतका काम सहयोग पुर्याउनका लागि नगर प्रहरीको भूमिका महत्वपूर्ण हुने कुरामा जोड दिनु भयो । राजपुर नगरपालिकाका नगर प्रमुख डा.मो.राजिक आलमले नगर प्रहरीहरुलाइ तालिम सफतापूर्वक समापन गरेकामा बधाइ दिदै कार्यकाल सुखद रहोस् भनी कामना समेत गर्नु भएको थियो ।

उनले नगर प्रहरीको काम कर्तब्य गर्दा बिधिलाई मान्न आग्रह समेत गर्न भयो । उनले भने,२०७२ को संविधानले जुन तीन तहको सरकारकोे परिकल्पना गरेको थियो । त्यसै अनुरुप आज स्थानिय सरकार सक्षम रुपमा आफूलाइ प्रस्तुत गर्न सफल भएको बताउनु भयो । स्थानिय सरकारको कार्याविधिलाइ नै टेकेर राजपुर नगरपालिकाले नगर प्रहरी जवान खडा गरेको बताए । आफू निर्वाचित भएदेखि नै हाम्रो आफनै नगर प्रहरीहोस् ।

नगरप्रहरी राख्नुको मूल उदेश्य शान्तिसुरक्षा होस् ,विधिको शासन कायम होस् भन्ने रहेको बताउनु भयो । भेदभाव नहुने कुरामा राजपुर नगरपालिका दृढ रहेको बताउनु भयो । नगरप्रहरी राख्दै गर्दा नगरको शान्ति सुरक्षा कायम हुनेमा विश्वास व्यक्त गर्नु भयो । नगरप्रमुख आलमले नगरप्रहरीलाई बिधिमा रहेर अनुशासनमा रहेर, नगरप्रहरीलाई काम कर्तव्य गर्न आग्रह गर्नु भयो । साथै अनुशासित भएर कर्तव्य पालना गर्न आग्रह गर्दै । कार्य सम्पादनको आधारमा दर्जा प्रदान गरिने विश्वास दिलाउनु भयो । स्थानीय सरकारको काम, कारवाहीलाई प्रभावकारी बनाउन नगर प्रहरीको भर्ना गरिएको र त्यसै अनुरुप जिल्ला प्रहरी कार्यालय संगको समन्वयमो आधारभुत तालिम आयोजना गरिएको बताउँदै सिकेको सीपलाई व्यवहारमा कार्यान्वयन गरिनुपर्नेमा नगर प्रमुख आलमले जोड दिए ।

त्यस्तै कार्याक्रममा स्वागत मन्तव्य राख्दै नि.प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले स्थानिय सरकारले कार्यविधि तयार पारी नगर प्रहरी भर्ना गरेको जानकारी गराउनु हुँदै । हामीले सोचे अनुसार नगरप्रहरीले आफनो कर्तव्य पालन गर्नेमा विश्वास व्यक्त गर्नु भयो । राजपुर नगरपालिकाले गराएको नगर प्रहरीको तालिममा २८ जनाको सहभागिता रहेको थियो । जसमा २ जना महिला र २६ जना पुरुष रहेका छन् ।

उनीहरुले सफलतापूर्वक तालिम समापन गरी आज(बिहिवार) पास आउट भएका हुन् । कार्यक्रममा नगरप्रहरीकोृ तालिममा प्रशिक्षक रुपमा खटिएका प्रहरी कर्मचारीलाइ सम्मान गर्नुका साथै नगरप्रहरीहरु लाइ प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । उनीहरूलाई प्रहरी अनुशासन, सुरक्षाकर्मीको काम–कर्तव्य, कार्यालय सुरक्षा विधि, तनाव व्यवस्थापन, मेला पर्वको सुरक्षा, जुलुस तथा आमसभाको सुरक्षा व्यवस्था लगायतका तालिम दिइएको तालिमका संयोजक प्रहरी निरिक्षक झलक प्रसाद शर्माले बताए ।

नगर प्रहरीलाई घाइते उद्धार, बजार अनुगमन तथा व्यवस्थापन, छाडा चौपाया व्यवस्थापन र शारीरिक व्यायाम, खेलकुद, कवाज, खालीहात लडाइँल गायतका बाह्य गतिविधिमा समेत संग्लन गराई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालिम दिइएको उनले बताए ।



राैतहट,भदौ २० गते ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम संगठन र समितिहरु अद्यावधिक भएको हुनुपर्ने भएको छ ।
अद्यावधिक नभएका कुनै पनि संगठन र समितिबाट महाधिवेशनको प्रतिनिधि हुन पाइने जनाइएकाे छ । केन्द्रीय समिति महाधिवेशन आयोजक भएपनि स्वतः महाधिवेशन प्रतिनिधि हुने यस अघिको व्यवस्थालाई नयाँ विधानले हटाएको छ । फलस्वरुप पार्टीका केन्द्रीय समिति सदस्यहरु पनि तल्लो समिति वा संगठनबाटै निर्वाचित भएर महाधिवेशन प्रतिनिधि बन्नुपर्ने छ ।
संगठन र समितिलाई नयाँ विधानबमोजिम अद्यावधिक गर्नका लागि पार्टीले ३ महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान सञ्चालन गरेको छ । संगठन र समिति पुनर्गठन र रुपान्तरण कार्य सम्पन्न भएसँगै पार्टी महाधिवेशनको प्रक्रियामा अगाडि बढ्ने बताईएकाे छ ।
आरके श्रीवास्तव,रौतहट,२० गते भदौ ।
रौतहट । रौतहटका नयाँ प्रहरी प्रमुख प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठसँग पत्रकारहरूको परिच्यात्मक कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम गौर स्थित जिल्ला प्रहरी कार्यालयमा आज सो कार्यक्रमको आयोजन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा सरुवा भएर आएका नयाँ प्रहरी उपरीक्षक श्रेष्ठसँग परिच्यात्मक कार्यक्रम तथा प्रहरी सुरक्षासँग सम्बन्धित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटमा रहेको एसपी श्रेष्ठकै कार्यकक्षमा यस जिल्लामा क्रियाशिल रहेका पत्रकारहरुसँग जिल्लाको समसामायिक शान्ती सुरक्षाको वस्तुस्थिती, प्रहरीले अवलम्बन गर्नु पर्ने रणनिती, स्थानिय स्तरमा सुरक्षासँग सम्बन्धित समस्याहरु र समुदायको प्रहरीसँगको अपेक्षाको बारेमा अन्तरक्रिया गरिएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रममा पत्रकारहरुले सिमा नाकाको चोरी तस्करी,अपराधिक गतिविधि, अवैध मदिरा विक्री वितरण, प्रहरी यूनिटको इन्चार्ज बदल्ने,कानुन पूर्ण रुपमा पालन गर्नुपर्ने,महिला हिंसा,लागूऔषध तस्करी,प्रहरीलाइ दिएको सूचना चुहावट,प्रहरी कार्यालयमा दलालहरुको हाबि लगायतका गम्भीर प्रश्नहरु उठाएका थिए ।

पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिदै रौतहट प्रहरी प्रमुख एसपी श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा आउने गरेको विभिन्न किसिमको मुद्धाहरुको बारेमा आफूले गम्भीरता पूर्वक लिएको बताएका छन् । मुद्धाका कुरामा व्यापक सुधार गर्ने बताए । साथै जति पनि विषयहरु एठेका छन् । त्यसलाइ विस्तारै सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाउनु भयो ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा,सचिव मदन ठाकुर, महासंघको पूर्व अध्यक्ष शैलेन्द्रकुमार गुप्ता, पूर्व अध्यक्ष रविन्द्र साह सहितका संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।
