२०८३ श्रावण २१
२०८३ श्रावण २१
लालबन्दी ।प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाहीले संगठनको लेटरहेड र छाप किर्ते गर्नेलाई कार्वाही गर्न माग गरेको छ । शुक्रवार संगठनले आफ्नो लेटरहेड र छाप दुरुपयोग गरी भ्रम सृजना गरेको भन्दै गम्भिर आपत्ति जनाउँदै सो कार्यमा संलग्नहरुलाई हदैसम्मको कारवाहिको लागी जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई आग्रह गरेको हो । संगठनका अध्यक्ष सिंग बहादुर थापा ९श्रवण० को हस्ताक्षर सहित जारी प्रेस बिज्ञप्तीमा गैर कानुनी कार्यमा संलग्नहरुलाई कानुनी कठघरामा ल्याउन माग गरिएको छ ।
केहि दिन अघि नेपाल पत्रकार महासंघ अन्तर्गत मधेश प्रदेशका ८ जिल्लाका जिल्ला शाखा अध्यक्षहरुले गरेको एक सामुहिक निर्णयको बिरोध भन्दै रानिगंज घर भएका रमेश अधिकारी ९रितिक० ले आफुलाई प्रेस सेन्टरको जिल्ला सचिव दाबि गर्दै प्रेस बिज्ञप्ति जारि गरेका थिए । यस अघि पनि अधिकारीले आफुलाई सचिव र सिन्धुली घर भएका शंखर पहाडीले आफुलाई अध्यक्ष रहेको दाबि गर्दै प्रेस सेन्टरको लेटरहेड र छाप अनाधिकृत रुपमा प्रयोग गर्दै आएका थिए ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाहीको दोश्रो जिल्ला अधिवेशन हुनु पुर्व पहाडी अध्यक्ष र अधिकारी सचिव रहेको तदर्थ कमिटि रहेकोमा संगठनको नीति बिपरित पत्रकारीताको आचार संहिताको धज्जि उडाउने कृयाकलापमा संलग्न भएको पाईए पछि प्रेस सेन्टर नेपाल मधेश प्रदेश समितिले तदर्थ समिति नै खारेज गरिदिएको थियो । त्यसपश्चात तत्कालिन जिल्ला इन्चार्ज एवं केन्द्रिय सदस्य जनार्दन पोखरेललाई नयाँ समिति गठनको जिम्मेवारी तोकिएको थियो । सोही अनुसार गत २०७९ चैत्र ८ गते बागमती स्थित एक रिसोर्टमा दोश्रो जिल्ला सम्मेलन मार्फत नयाँ समिति गठन गरिएको होे ।
केन्द्रिय सदस्य पोखरेलको अध्यक्षता तथा संगठनका केन्द्रिय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज गोबिन्द देवकोटा, महासचिव सन्तोष पौडेल, मधेश प्रदेश कमिटि अध्यक्ष किरण कर्ण, महासचिव गोपाल गुप्ता लगाएतको आतिथ्यतामा भएको दोश्रो जिल्ला सम्मेलनले थापा अध्यक्ष रहने गरि १३ सदस्यिय नयाँ समन्वय समिती गठन गरेको थियो । तत्कालिन तदर्थ समितिका अध्यक्ष पहाडी र सचिव अधिकारीले निरन्तर संगठनको बिरुद्ध लागेर अराजक गतिविधि प्रस्तुत गरेपछि उनीहरुलाई संगठनले थप कारवाही गर्दै साधारण सदस्यता समेत खारेज गरेको थियो ।
‘प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिती सर्लाही जनपक्षिय पत्रकारीताको पक्षमा निरन्तर लागि रहेकै छ । यस्तो अवस्थामा संगठनले साधारण सदस्य समेत नरहने गरि कारवाही गरेका ब्यक्तिहरुबाट आफ्नो निजि स्वार्थ पुर्तिका लागी संगठनको नाम, लेटरहेड र छाप दुरुपयोग गरेको हुँदा निज ब्यक्तिहरुलाई कानुन बमोजिम कारवाहिको लागी स्थानिय प्रशासनसँग जोडदार माग गर्दछौँ’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
थापा नेतृत्वको प्रेस सेन्टर सर्लाही आधिकारीक हो स् उपाध्यक्ष देवकोटा यता संगठनका केन्द्रिय उपाध्यक्ष एवं मधेश प्रदेश इन्चार्ज गोबिन्द देवकोटाले थापा नेतृत्वको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही आधिकारीक रहेको बताएका छन् । यस पहिलाको तदर्थ समिति विघटन गरिएको भन्दै प्रदेश इन्चार्ज समेत रहेका देवकोटाले गत चैत ८ गते सर्लाहीमा दोस्रो जिल्ला भेलाबाट थापाको नेतृत्वमा समिति गठन भएको स्पष्ट पारे ।
संगठनले साधारण सदस्य समेत नरहने गरि कारवाही गरिसकेका ब्यक्तिले संगठनको लेटरहेड, छाप प्रयोग गर्नु गैर कानुनी रहेको भन्दै त्यस्ता ब्यक्तिलाई खोजेर कारवाहि गर्न उनले प्रहरी प्रशासनसँग आग्रह समेत गरे । त्यसैगरि मधेश प्रदेश कमिटि अध्यक्ष किरण कर्णले सर्लाहीमा श्रवण थापाको अध्यक्षतामा गठित १३ सदस्यीय कमिटि नै आधिकारीक भएको र अन्य कुनै विवाद र समस्या नरहेको भन्दै संगठनको नाम बद्नाम गराउने नियतले ब्यक्तिगत स्वार्थमा लिप्त रहेका केही उच्छृङ्खखल तत्वले गैरकानुनी कार्य गरेको प्रति कडा शब्दमा भत्र्सना गरे । त्यस्ता ब्यक्तिहरु संगठन र यो समाजका लागी समेत घातक हुने उनको भनाई थियो । उनीहरुलाई जतिसक्दो छिटो कानुनी कठ्घरामा ल्याई कानुनी कारवाहि गर्नुको बिकल्प नभएको संगठनका प्रदेश अध्यक्ष कर्णले बताए ।

काठमाडौं, २८ भदौ । नेकपा एकीकृत समाजवादीले २१ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ। अध्यक्ष माधवकुमार नेपालले बिहीबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा गत ५–७ भदौको केन्द्रीय कमिटी बैठकले केन्द्रीय सदस्य मनोनीत गरेको उल्लेख छ।

 

एकीकृत समाजवादीले अजयबहादुर मल्ल (बाजुरा), ओमचरण अमात्य (भक्तपुर), गौतम राई (काठमाडौं), गोविन्द चेपाङ (मकवानपुर), चन्द्रा श्रेष्ठ (झापा), चिरञ्जीवी भट्टराई (सुनसरी), जयप्रकाश यादव (बारा) र दीपक केसी (काठमाडौं) लाई केन्द्रीय सदस्य मनोनीत गरेको छ।

 

यस्तै धनबहादुर कार्की (रामेछाप), धर्म शाही (मुगु), नन्द बञ्जाडे (काठमाडौं), बरुनाथ योगी (दैलेख), बैकुण्ठ भुसाल (पर्वत), भक्तिमान सुब्बा (पाँचथर), मीना लामा (मकवानपुर), रामप्रसाद ढुंगाना (काठमाडौं), लंक हमाल (कपिलवस्तु), शालिकराम भट्टराई (नवलपरासी पूर्व), शिवकुमारी खनाल (काठमाडौं), शैलेन्द्र उपाध्याय (रुपन्देही) र सुदेश पराजुली (काठमाडौं) लाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो।

वासिंग्टन डिसी, २९ भदौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले बिहीबार यूएफओमा आधारित आफ्नो बहुप्रतिक्षित प्रतिवेदन सार्वजनिक गरेको छ ।

नासाले एक वर्षसम्म यूएफओको विषयमा अध्ययन गरी अहिले विश्वको ध्यानाकर्षण भएको प्रतिवेदन सार्वजनिक गरेको हो । ३३ पृष्ठको यो प्रतिवेदनमा नासाले यस विषयमा विस्तृत अध्ययनका लागि नयाँ वैज्ञानिक प्रविधि र उन्नत उपग्रह आवश्यक पर्ने बताएको छ ।

 

रिपोर्टमा नासाले स्वीकार गरेको छ कि युएफओ हाम्रो ग्रहको सबैभन्दा ठूलो रहस्य हो। प्रतिवेदन सार्वजनिक गर्दै नासाका प्रबन्धक बिल नेल्सनले पृथ्वीबाहेक यस ब्रह्माण्डमा जीवन छ भन्ने विश्वास रहेको बताएका छन् ।

काठमाडौं, २८ भदौ ।

सरकारले आज सार्बजनिक बिदा दिएको छ ।

 

सरकारले संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष एवं एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा आज सार्बजनिक बिदा दिएको हो ।

 

आज उनको राजकीय सम्मानका साथ अन्त्येष्टीसमेत गरिदैँछ ।

 

गत मंगलबार हृदयघातवाट निधन भएका नेकपा एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टी गरिन लागिएकाे हाे । दिउँसो १२ बजे हिन्दु र किराँत दुवै अनुसार उनको अन्तिम दाह संस्कार गरिने जनाईएको छ ।

मंगलबार बिहान बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि गर्ने निर्णय गर्दै सोही दिन सार्वजनिक बिदा दिनेसमेत निर्णय पनि गरेकाले आज सार्बजनिक बिदा दिईएको हो ।

राैतहट,भदौ २७ गते ।
रौतहट जिल्लामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको परोहा नगरपालिका वडा नं–९ रामपुर टोलका अन्दाजी ४० वर्षिय अवधेश पटेल बुधबार बिहान करीब ११ बजेर ४५ मिनेटको समयमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
पटेलले विहानको समयमा आफनै खेतमा मोटरले पानी तान्ने क्रममा सोही ठाउँमा बिधुत प्रवाह भएर करेन्ट लागि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयका निमित प्रहरी प्रवक्ता उमाशंकर प्रसाद गुप्ताले जानकारी दिनु भयो । मृत्क पटेलको शव प्रदेशिक अस्पताल गौरमा पोस्मार्टम पछि परिवाजनलाई जिम्मा लगाईएको र घटनाबारे अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

 

 आरके श्रीवास्तव,रौतहट,भदौ २३ गते ।

रौतहट । गणिनाथ–गोविन्द जयन्तीको अवसरमा कानु समाज कल्याण समिति रौतहटले विभिन्न व्यक्तित्वहरुलाइ सम्मान गरेको छ । जिल्लाको मध्य भाग गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको गणिनाथ–गोविन्द मन्दिर प्रांगणमा सो कार्याक्रम आयोजन गरिएको छ ।

निर्माणाधीन धर्मशालामा सहयोग गरेको भन्दै समाजले प्रदेश सांसद सुनिल कुमार यादव उर्फ जितेन्द्र, देवाहीगोनाहीका नगर प्रमुख प्रेमलाल साह कानु, गरुडा नगर प्रमुख कन्थमनि प्रसाद कलवार सहित विभिन्न वडाका वडाध्यक्ष र कार्यपालिका सदस्यलाई सम्मानित गरिएको छ ।

कार्यक्रमको अध्यक्षता कटहरिया वडा नम्बर ५ का वडा अध्यक्ष सर्फलाल गुप्ताले गर्नु भएको थियो । लोकदेवतालाई गणिनाथ–गोविन्द कूलदेवता मान्ने समुदायले गणिनाथ–गोविन्द जयन्ती मनाएका छन् । हरेक वर्ष कृष्णाष्टमीको लगत्तै आउने शनिवारका दिन विश्वभर गणिनाथ गोविन्द जयन्ती मनाइने गरिन्छ । गणिनाथ–गोविन्दको पूजा दशौँ शताब्दीदेखि गरिँदै आएको विश्वास गरिन्छ । कानु, हलुवाई, कान्दु, मधेसिया आदि नामले चिनिने जाति समुदायले कूलदेवताको रुपमा गणिनाथ–गोविन्द जयन्ती मान्ने गरेका छन् ।

नेपालको सबै प्रदेश तथा भारतको विभिन्न प्रदेशमा कानु समुदायका साथै अन्य जातिले पनि गणिनाथ–गोविन्द पूजा भव्यताका साथ गर्दै आएका छन् । शुक्रबार साँझदेखि सुरु हुने तीन दिवसीय पूजा आइतवार बिहान गंगास्नान गरी सूर्यलाई अध्र्य दिएर सम्पन्न गरिए पनि मूलपूजा शनिवार नै हुने गर्दछ । गणिनाथ, गोविन्दसँगै सूर्य र हनुमानको पूजा पनि गरिने चलन छ ।

नेपालको रौतहट, सर्लाही, झापालगायतका जिल्लामा लोकदेवता गणिनाथ–गोविन्द भगवानको मन्दिर निर्माण गरिएका छन् । जबकी तराई मधेशका हरेक जिल्लाका साथै काठमाडौँ र चितवन आदि ठाउँमा समेत भव्यतापूर्वक पूजा हुने गरेको पाइन्छ । शिवनगरमा भएको वार्षिक पूजामा सर्लाही, रौतहट र बारा जिल्लाका साथै भारतको विभिन्न ठाउँबाट हजारौँ भक्तजनको उपस्थिति भएको समितिका जिल्ला अध्यक्ष सर्फलाल प्रसाद गुप्ताले जनाएका छन् ।

 

 आरके श्रीवास्तव,रौतहट,२३ गते भदौ ।

रौतहटको माधवनारायण नगरपालिकामा आज जनता समाजवादी पार्टीको युवा समिति गठन भएको छ । नगर स्तरीय यूवा भेला बाट श्याम सुन्दर यादवको अध्यक्षतामा २१ सदसीय कार्य समिति गठन गरिएको जसापाका जिल्ला अध्यक्ष श्याम बिहारी यादवले जानकारी गराउनु भएको हो ।

गठित युवा समितिको उपाध्यक्षमा अजित कुमार यादव,सचिवमा कृष्णा चौधरी,सह सचिवमा जयनारायण पासवान,कोषाध्यक्षमा गजेन्द्र प्रसाद यादव रहेका छन् ।

 

त्यस्तै सदस्यहरुमा अनिल कुशवाहा,प्रदीप यादव,राधाचन्द्र यादव,शम्भु कुमार यादव,जयलाल राम,राहुल राम,रुपेश ठाकुर,रुपेश कुमार यादव,सरोज कुमार पासवान,विकेश राय लगायतका व्यक्तिहरु रहेका छन् । सो अवसरमा मधेश प्रदेश सरकारका पूर्व कृषि राज्यमन्त्री योगेन्द्र राय यादव,पूर्व नगरप्रमुख विरेन्द्र यादव, माधवनारायण नगरपालिकाकी उपप्रमुख निर्मलादेवी रमन,युवा संघका जिल्ला अध्यक्ष पूनप्रताप पटेल लगायतका जसपाका नेता कार्यकर्ताहरुको उपस्थिती र

 

 

 आरके श्रीवास्तव,रौतहट,भदौ २३ गते ।

रौतहट जिल्लाको मध्य भाग गरुडा रौतहट रियल स्टेट प्रा.ली. सञ्चालनमा आएको छ । गरुडा नगरपालिका वडा नम्बर ४ गरुडामा शुक्रवारदेखि सञ्चालन भएको संचालक मो.सनमले जानकारी गराउनु भएको हो । उनले दिएको जानकारी अनुसार विधिवत उद्धघाटन भइ सञ्चलनमा आएको छ ।

यसले घर,जग्गा किन्न बेच गर्न चाहने ब्यक्तिहरुको चाहना पुरा गर्ने छ । कम्पनी दर्ता,कम्पनी नामसारी, प्रा.ली दर्ता, लिमिटेड दर्ता,लोन प्रोपोजल,लोन सम्बन्धी परामर्श दिने तथा घर जग्गा बिक्रीको विज्ञापन पनि गरिने उनले बताए ।

घर , जग्गा किन्नको लागी रौतहट रियल स्टेट प्रा.ली.मा सम्पर्क गर्न प्रोपराइटर प्रशान्त कर्णले सेवाग्राही संग आग्रह गर्नु भएको छ । जिल्लाको मध्य भागमा यस्तो सुविधा पाउने भएपछि जग्गा ,जमिन र घर किन्ने ब्यक्तिहरु हर्षित भएका छन् ।

 

 चन्दन कुमार महतो ,गाैर,भदौ २२ गते ।

आज रौतहट जिल्लाको प्रादेशिक अस्पताल गौरले आन्द्रा फुटे परेकोलाई पहिलो पटक शल्यक्रिया सफलतापूर्वक गरेकाे छ । लैपरोटॉमीको अप्रेसन डा.फिरोज अंजुम र डा.उज्जवल ठाकुरको टिम द्वारा सफलतापूर्वक गरेको छ ।

जहिले देखि प्रादेशिक अस्पताल गौरको व्यवस्थापक समितिको अध्यक्ष मोहम्मद अनवर हाशमी भन्नुभयो त्यो दिन देखि प्रादेशिक अस्पतालमा सबै बिमारीको राम्रो ईलाज भईरहेको छ किनभने आज डा.फिरोज अंजुमको टिम र डा.उज्जवल ठाकुरको सहकार्य द्वारा लैपरोटॉमी को सफलतापूर्वक अप्रेसन गरि नया जीवन दान गर्नु भएको छ ।

पुरा आन्द्रामा प्वाल परेको भएर पनि डाक्टर अंजुमको टिम द्वारा सफलतापूर्वक सल्यक्रिया गरिएकाे छ ‌। बिरामीको आफन्तहरुले भने प्रादेशिक अस्पतालको डाक्टरहरु मेरो लागि भगवान छ, मेरो छोरालाई कहाँ कहाँ सम्म इलाज गराए तर राम्रो भएन आज हजुरहरूले मेरो छोरालाई नयाँ जिवन दिनुभयोमा हृदय देखि धन्यवाद ब्यक्त गर्न चाहन्छु।

डा.फिरोज अंजुम, डा. उज्जवल ठाकुर , लगायत सम्पुर्ण टिम लाई प्रादेशिक अस्पताल गौरको बिकास समितिका अध्यक्ष मोहम्मद अनवर हाशमी, मेडिकल सुपरिटेन्डेन्ट डा.संजिव कुमार सिंह,लगायत सदस्य हरुले धेरै धेरै धन्यवाद दिएका छन् ।

 

 बज्जिकाञ्चल,रौतहट,२२ गते भदौ ।

रौतहट । रौतहटमा मन्दिरको पुजारीमाथि सांघातिक आक्रमण भएको छ । पुजारीमाथि धारिलो हतियार प्रहार गरी आक्रमण भएको हो ।

जिल्लाको दुर्गा भगवती गाउँपालिका–३ देवीपर्सा टोल स्थित रामजानकी मन्दिरका पुजारी ( महंन्थ) माथि सांघातिक आक्रमण भएको छ । मन्दिरका पुजारी मिश्रीलाल साह माथि दुध उमाली रहेका अवस्थामा अज्ञात समूहले बिहीबार बिहान ११ बजे धारिलो हतियार प्रहार बाट आक्रमण गरिएको प्रहरीले जनाएको छ ।

उनको टाउकोमा धारिलो हतियार प्रहार भएको छ । घाइते महंन्थको उपचार स्थानिय बागमती अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको हो । आक्रमण कसले र किन गरेको हो भन्ने बारेमा खुल्न नसकेको प्रहरीको भनाइ छ । पुजारीको बयानको आधारमा आक्रमण गर्ने व्यक्तिको खोज तलास भइरहेको र थप अनुसन्धान प्रकिया अगाडी बढ़ाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।