विशाल बस्नेत/ महोत्तरी, ९ असाेज ।
मधेशको चुरे काक्षमा पानी पुनर्भरण गर्ने उदेश्यले बनेका ताल र पोखरीहरु पछिल्लो समय पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएका छन ।
सर्लाहीको बागमती नगरपालिकामा बनेको बहुचर्चित भरत तालको निर्माणले पर्यटकिय हिसावले मात्र आकर्षण बनेको छैन, किसानहरुको लागि समेत उपयोगी सावित बन्दै गएको छ । चुरे अतिक्रमणका कारण पानीका मुहानहरु सुकिरहेको जनगुनासो बढीरहेको वेला स्थानिय सरकारले समेत रिचार्ज पोखरी र ताल निर्माणमा ध्यान दिन थालेका छन ।
यसै सन्दर्भमा महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिबासमा बन्न लागेको मधेश कै सवैभन्दा ठूलो तालले स्थानिय सरकारहरु चुरे संरक्षणमा संवेदनशील वन्दै छन भन्ने बिषयलाई प्रमाणित समेत गरेको छ । बर्दिवास-३ स्थित पुछर पाटुमा रहेको नदी उकास जग्गा अतिक्रमण भैइरहेको गुनासोलाई मध्यनजर गर्दै स्थानिय सरकारले विशाल पर्यटकिय तालको गुरुयोजना अगाडि बढाएको हाे । जसका लागि प्रारम्भिक चरणमा काम गर्न नगरले २० लाख बजेट समेत बिनियोजित गरिसकेको
रातु नदीको छेउमा नै रहेको उक्त ठाउँ झण्डै ३ किलोमीटर वरपरसम्म फैलिएको छ । रातु नदीकाे नदी उकास जग्गालाई उपयोग गर्दै मधेश कै सवैभन्दा ठुलो ताल निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ । बर्षौदेखी हकभोग गर्दै आएका जग्गालाई समेत मुआब्जा प्रदान गर्ने र पानीको समस्यालाई समेत ताल बनाएर होल्ड गर्दा पानीको अभाव समेत परिपुर्ति हुने भएकाले तालको परिकल्पना गरिएको नगरप्रमुख प्रल्हाद कुमार क्षेत्रीले वताए । २०५० को दशकमा आएको बाढीले ताल निर्माण गर्ने भनिएको ठाउँमा बगर बनाएको थियो । स्थानियहरुले थप बाढीले असर नपुर्याओस भन्ने उदेश्यले केही साल, सिसौको बिरुवा रोपे तापनी त्यस्को उचित संरक्षण हुन सकेको थिएन । रातु नदिको दायाँबायाँ किनारामा राष्ट्रपती चुरे संरक्षणले बलियो तटबन्धन गरे पछी उक्त जग्गालाई स्थानियहरुले नै अतिक्रमण गर्दै आएका छन ।
चुरे जलाधार संरक्षणमा चुरे क्षेत्रमा तालतलैया र पोखरी बनाए पछिल्लो समय बढदै गएको पानीको समस्यालाई न्यूनीकरण गर्न सकिने बताउदै मधेश प्रदेश वन तथा वातावरण मन्त्री रमेश प्रसाद कुर्मीले पनि नगरको पवित्र उदेश्यमाथी हातेमालो गर्ने प्रतिबद्धता जनाएका छन । गत अाइतबार मात्रै स्थलगत अवलोकन गरेका मन्त्री कुर्मीले पारिस्थितिक प्रणालीलाई सन्तुलन बनाई राख्न र चुरे संरक्षण गर्न यस्ता खाल्का कामहरुको जरुरी भएको वताए ।
यता महोत्तरी जिल्ला वन कार्यालयका कार्यालय प्रमुख सन्तोष यादवले पनि बनको अधिकार क्षेत्रमा आईपरेका कामहरुमा सहजीकरण गर्ने बताएका छन । मधेशमा नै सवैभन्दा ठुलो तालको निर्माणले पर्यटन क्षेत्रमा श्रीबृदी हुने सरोकारवालाहरुको बिस्वास छ । नदी उकास जग्गाको नाममा चरम अतिक्रमणको चपेटामा पर्दै आएको यस क्षेत्रमा नगरको गुरुयोजनाअनुसार ताल निर्माण भए स्थानियहरुको आयआर्जनमा मात्र हैन, नगरको समेत मुख्य आयस्रोत बन्न सक्ने अनुमान गरिएको छ ।
वडा अध्यक्ष बिराट बिष्टले विशाल मानवनिर्मित ताल बनाउने बिषयमा वडावासीहरुसगँ पारम्भिक छलफल अगाडी बढाईसकिएको जानकारी दिए छ । न्युज कारखाना
काठमाडौं, ९ असोज । काठमाडौंमा आन्दोलनरत राहतका शिक्षकहरुसँग नेपाली कांग्रेसले बार्ता गर्ने भएको छ ।
नेपाल शिक्षक महासंघले सरकारसँग हालै गरेको सहमति प्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत शिक्षकहरुसँग कांग्रेसले बार्ता गर्न लागेको हो ।
बार्ताका लागि कांग्रेसले शिक्षकहरुलाई सानेपास्थित केन्द्रिय कार्यालयमा बोलाएको छ ।
रौतहट, ६ असोज ।
सकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औ बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । जनज्योती बहुमुखी क्याम्पस चन्द्रनिगाहपुरको प्राङ्गणमा भएको साधारण सभाको संस्थाकी जेष्ठ सदस्य ९२ बर्षिय शिबमाया बस्नेतले उदघाटन गरेकी छिन ।
बार्षिक साधारण सभामा संस्थाका उपाध्यक्ष कृष्णचन्द्र पोखरेलले स्वागत मन्तब्य राखेका थिए । सो सहकारी संस्थाका अध्यक्ष बिभु पोखरेलले २०६५ सालमा १ सय ११ जना सदस्य बाट संकलित ३१ लाख १९ हजार १ सय रुपैया बाट सहकारी शुरु भएको र अहिले २०७९/२०८०को असार मसान्त सम्ममा ४ हजार ६४ जना शेयर सदस्य ६२ करोड ८० लाख ४ हजार ३ सयको शेयर पुजी ६३ करोड ४१ लाख ३७ हजार ८ सय ४२ को कुल सम्पति, ४० करोड ४३ लाख ८९ हजार ७ सुय ७ रुपैया, निक्षेप ५० करोड, ४५ लाख, ८१ हजार, ६ सय ४० ऋण लगानी १३ हजार ७ सय ६६, बचत खाता १ हजार ५६ जना ऋणी रहेको जानकारी दिएका छन ।
सहकारीको माध्यम बाट समाजको आर्थीक, सामाजिक र सांस्कृतिक रुपान्तरण गर्न मद्दत पुग्ने हुदा बढी भन्दा बढी मानिस सहकारीमा जोडिन समेत अध्यक्ष पोखरेलले आग्रह गरेका छन । उक्त सहकारी संस्थाका सचिब कुल बहादुर थापाको बार्षिक प्रतिबेदन प्रस्तुत गरेका छन । सचिव थापाले संस्थामा महिला शेयर सदस्य २ हजार ९५ र पुरुष शेयर सदस्य १ हजार ९ सय ६९ रहेको जानकारी दिए ।
संस्थाको बिभिन्न उपसमिति, ऋण परिचालन, प्रबिधिक पुर्बाधार, तालिम तथा गोष्ठिमा सहभागिता, स्थापना दिबस, सामाजिक हित कोष, हजार हातमा खुत्रुके साथमा, बेहुली भेटघाट कार्यक्रम, लघुबित कार्यक्रम, सम्मान तथा पुरस्कार,
अबलोकन तथा तिर्थाटन भ्रमण, सदस्य शिक्षा कार्यक्रम, जन्म दिन मनाउने कार्यक्रम संचालन हुँदै आएको बताईएक छ । संकल्प सहकारी संस्थाका कोषाध्यक्ष बलराम गौतमले आर्थीक बर्ष २०७९/२०८० मा ८ करोड २२ लाख ८२ हजार ३ सय २५ रहेको र खुद आम्दानी १ करोड ५९ लाख ५० हजार ४ सय ९५ रहेको उल्लेख गरेका छन । कार्यक्रममा लेखा सुपरिबेक्षण समितिका गणेश पौडलले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सयौ शेयर सदस्यहरुले सहभागिता जनाएका थिए ।
बारा, ६ असोज ।
बारामा बोल्न नसक्ने बालिका बलात्कृत भएकी छन् । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन्। पक्राउ पर्नेमा निजगढ नगरपालिका १२ बस्ने राना साइँला भन्ने सोमबहादुर लुम्बा रहेका छन्।
११ वर्षीया ती बलिकालाई जबरजस्ती गरेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले तत्कालै उनलाई उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुर्याएको थियो। लुम्बालाई सोही रात पक्राउ गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।
सिरहा, ६ असोज।
सिरहाको विष्णुपुर बजारमा रहेको एक कपडा पसलमा आगलागी हुदाँ लाखौं मुल्य बरवरकोे धनमाल जलेर नष्ट भएको छ।
विष्णुपुर गाउँपालिका ५ का चन्देश्वर महतोले विष्णुपुर १ बजारमा सञ्चालन गर्दै आएको कपडा पसलमा आगलागी हुँदा ८० लाखभन्दा बढीको धनमाल जलेर काम नलाग्ने भएको हो।

आगलागीबाट पसलमा रहेका सवै कपडा, र्याक, नगद तथा पसल रहेको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक तत्थाङ्क अनुसार ८० लाखभन्दा बढीको धनमाल जलेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रविन्द्रराज पाण्डेले जानकारी दिएका छन ।
उनका अनुसार क्षतिका विवरणहरु अझै संकलन हुन बाँकी रहेकोले तत्कालै क्षतिको एकीन गर्न नसकिने बताए। बिधुत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीको भनाई रहेको छ। नजिकै रहेको चिया पसलेले पसलबाट धुवा निस्किरहेको देखेपछि तत्काल प्रहरीलाई खवर गरेका थिए। प्रहरी आएर पसल खोल्ने प्रयास गरे पनि सम्भव नभएपछि पसलका साहुलाई बोलाइएको थियो।

पसलले आउँदा सम्ममा धेरै सामान जलिसकेको प्रहरीले बताएको छ। सिरहा र गोलबजार नगरपालिकाबाट गएका बारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो। घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
आरके श्रीवास्तव,रौतहट,०४ गते असोज ।
रौतहट । रौतहट जिल्लाको गढीमाई नगरपालिकामा आज नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठक समपन्न भएको छ । नगरपालिकाको आयोजनामा संचालन भएको बैठकमा, नगर उपप्रमुख स्मिता कुमारी यादवको अध्यक्षतामा नगरस्तरीय परियोनजा सल्लाहकार समितिमा शिक्षा, स्वास्थ्य, साामाजिक, योजना, महिला तथा बालबालिका विकास शाखा, नगरपालिकाको वडा अध्यक्षहरु, कार्यपालिकाको सदस्यहरु र आमन्त्रित संस्था आसमान नेपालको पदाधिकारी र एसओडिसिसि संस्थाको पदाधिकारीहरु सहभागी भएका थिए ।

यू.के.ऐड.को आर्थिक सहयोग र पिपुल इन निड नेपालको प्राविधिक सहयोगमा एसओडिसिसि पर्साको समन्वयमा आसमान नेपालद्धारा संचालित रौतहट जिल्लाको गढीमाई नगरपालिकामा आरम्भ परियोजना अन्र्तगत नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा आसमान नेपालको आरम्भ परियोजनाको परियोजना संयोजक जगदिप बन्ठाले हाल सम्म पालिकामा गरिएको कामहरुको प्रगति प्रतिवेदन पेश गरेका थिए ।

साथै सो प्रगति प्रतिवेदनमाथी परियोजना सल्लाहकार समितिकोे बैठकले छलफल गरिएको थियो । साथै विद्यालय भन्दा बाहिर रहेको किशोरीहरुलाई आसमान नेपालद्धारा सामुदायिक सिकाई केन्द्रमा सहजिकरण गरी विद्यालयमा भर्ना भएको किशोरीलाई कसरी दिगो रुपमा निरन्तरता गर्ने, सामुदायिक सिकाई केन्द्र स्थापपना र संचालनका, साक्षर पालिका अभियान आदि विषय वस्तुमा रही यो परियोजना सल्लाहकार समितिको बैठकमा छलफल गरिएको थियो ।
विद्यालय भन्दा बाहिर रहेको किशोरीहरुलाई आसमान नेपालद्धारा सामुदायिक सिकाई केन्द्रमा सहजिकरण गरी विद्यालयमा भर्ना हुनकोे लागि मदत आसमना नेपालले ३१२ जना गढीमाई नगरपालिकाको किशोरीहरुलाई गरिएको थियो ।

त्यस्तै नगरस्तरीय परियोजना सल्लाहकार समितिको बैठकमा एसओडिसिसिका अमरेन्द्र यादवले हाल सम्म पालिकामा गरिएको कामहरुको प्रगति प्रतिवेदन पेश गरेका थिए ।
मुकेश मुमार यादब,सिरहा, ५ असोज।
सिरहाको मिर्चैयामा राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले एक कपडा पसलसहितको घरमा छापा मारेको छ ।
विशेष सुचनाको आधारमा आएको राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले पसलसहितको घरमा छापा मार्ने क्रममा घरको चारैतिरबाट सशस्त्र प्रहरीले घेरेर बसेपछि स्थानीय व्यवसायी आतङ्कित बनेको छन ।
बुधवार करिव ३ बजेको समयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख कार्यालय प्रमुख सुरेश अाचार्ययको नेतृत्वमा आएको हतियार सहितको सशस्त्र प्रहरीले २० घण्टाभन्दा लामो समयदेखि मिर्चैया नगरपालिका ५ संस्था चौकमा रहेको कल्याण ट्रडेर्सको पसलसहतिको घरमा चारैतिरवाट घेरा हाले पछि स्थानीय व्यावसायी आतङ्कीत बनेका हुन ।
टोलिले पसल, गोदाम र घर खानलासी गरिसकेर पनि हतियारसहितका प्रहरीले घर घेरेर बस्दा आफूहरु रातभरी सुत्न नसकेको व्यासायी बताउँछन्। उनीहरुले अनुसन्धान टोलिले पसल, गोदाम, घरका प्रत्येक दराज देखी बच्चाहरुको झोलासमेत खोलेर हेरेका थिए । रातभर हतियारधारी प्रहरीको घेराबन्दिमा बस्नुपर्दा निकै नै तनाब भएको उनीहरूकाे कुराे छ ।
स्थानीय व्यसायी तथा समाजसेवी अशोक साहले व्यवसायमा तलमाथि भएको भए आवश्यक कारबाही गर्दा हुन्छ तर पसलमा बम, बारुद्ध राखेको जस्तो प्रहरीले घेरा हालेर बस्दा व्यासायीहरुमा थप मानसिक तनाव भएको बताए । उनले भने, ‘यो पसल यहाँका हाेलसेल व्यासायी गर्छ ।’ साे सक्षेत्रका व्यसायीहरुलाई कपडा आपुर्ति गर्ने पसलमा प्रहरी लगाएर राजश्वले अनुसन्धान र खानतलासी गरे पछि सिरहाका ब्यावसायी अातंकित बनेकाे उनकाे भनाइ छ ।
व्यासायी साहले भने, ‘व्यसायीहरुले व्यापार गर्दा कुनै कसुर गरेको भए उनलाई दण्ड जरिवाना गर्दा हुन्छ तर व्यावसाय ठप्प भएर मानसिक तनाव खेपिरहेका व्यासायीलाई यो व्यवहारले थप पीडा दिएकाे छ ।’
राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले गोदाममा खानतलासी गरी विल विजक,भन्सारका प्रज्ञा पत्र, खरिद बिक्री खाता लगायतका आवश्यक कागजात लिएर छापा मार्ने पसल तत्कालको लागि शिल गरिएको उधोग वाणिज्य संघ मिर्चैयाका महासचिव भरत महासेठले जनाए ।
इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र बस्नेतले राजस्व अनुसन्धान कार्यालय इटहरीले छापा मारेको र प्रहरीले निगरानी गरिरहेको विषयमा आफू जानकार भएपनि औपाचारीक जानकारी नभएको बताए। यस सम्वन्धमा थप जानकारी लिन पुग्दा राजस्व अनुसन्धान कार्यालय इटरीबाट खटिएको टोलीले सम्पर्कमा आउन चाहेनन्। कार्यालयमा फोन सम्पर्क गर्दा कार्यालयको फोन समेत उठेन।
आरके श्रीवास्तव,रौतहट,०४ गते असोज ।
रौतहट । रौतहटमा बाइकको ठक्करबाट एक पैदलयात्री महिलाको ज्यान गएको छ । जिल्लाको कटहरियामा ती महिलाको ज्यान गएको हो । मोटरसाइकिलको ठक्करले कटहरिया नगरपालिका ४ बहादुरपुरकी अन्दाजी ४० वर्षीया रिता देवी दासको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
गत भदौ ३१ गते आइतवारका दिन बेलुकी साढे ७ बजे कटहरिया सन्तपुर सडकखण्डको लालबकैया पुलपारी मोटरसाइकिलको ठक्कर बाट दास घाइते भएकी थिइन् । उनको विरगंज स्थित सुर्या हसिपटलमा उपचारको क्रममा आज मृत्यु भएको हो ।
देवाहिगोनाही नगरपालिका वडा नम्बर ५ का २३ वर्षीय राजाबाबु यादवले चलाएको ना ५५ प ९५७८ को १५० सिसी पल्सर मोटरसाइकलको ठक्करले दासको ज्यान गएको जिल्ला प्रहरी प्रवत्ता प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी गराए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
काठमाडौं, ४ असोज । आज देखी सामुदायिक बिद्यालय अनिश्चितकालिन बन्द हुने भएको छ ।
आफना माग पुरा गराउनका लागि शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन आए पछि देशैभरीका सामुदायिक बिद्यालय बन्द हुन लागेको हो ।
आफना मागहरु सम्बोधनको सुनिश्चितता नभएसम्म आन्दोलन जारी रहने नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
‘बुधबार देखी देशैभरीका शिक्षकहरु आन्दोलनमा छौं, बिहिबार देखी अनिश्चितकालिन बिद्यालय बन्द हुदैँछ,’ उनले भने, ‘तर, आन्दोलनको क्रममा जति दिन बिद्यालय बन्द हुन्छ, त्यति दिन बिदाको दिन पढाउने काम गरेर क्षतिपुर्ति मिलाउँछौं ।’ उनका अनुसार सरकार आफना मागहरु प्रति गम्भिर नभए पछि बाध्य भएर सडकमा आउनु परेको हो ।
आरके श्रीवास्तव,रौतहट, असोज ०३ गते
गरुडा नगर उधोग वाणिज्य संघको नव निर्वाचित अध्यक्ष तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम आज सम्पन्न भएको छ । नव निर्वाचित अध्यक्ष एवं सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएका छन् । गत भदौ १९ गते सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा सतिश साह निर्वाचित भएका थिए ।
निवर्तमान अध्यक्ष हरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा भएको सपथग्रहण कार्यक्रममा निर्वाचन समिती संयोजक एवं रौतहट उद्योग वाणिज्य संघका अध्यक्ष पंण्डित प्रसाद जयसवालले सपथ गराएका थिए ।
एक जना अध्यक्ष सहित १३ जना सदस्य पदका लागि भएको निर्वाचन साहले चार सय ८८ मत प्राप्त गरि निर्वाचित हुदाँ चौधरी १ सय ३९ मतान्तरले पराजित भएका थिए ।
कुल ९ सय ५२ जना मतदाता रहेको संघमा भएको मतदानमा ८ सय ४४ मत खसेको थियो । संघको सदस्यहरुमा रामबाबु साह तेलीले ४ सय ६, बिनोद साह बनियाले ३ सय ८०, सुशिल कुमार साहले ३ सय ७८, उपेन्द्र कुमार चौधरीले ३ सय ७३, चुनचुन प्रसाद यादवले ३ सय ६५, मनोज प्रसाद गुप्ताले ३ सय ५८, शिवजी प्रसाद चौधरीले ३ सय ५८ मत प्राप्त गरी सदस्य पदमा विजयी भएका थिए ।

त्यस्तै सदस्यहरुमा गजेन्द्र महतो कोइरीले ३ सय ५७, रामइश्वर साहले ३ सय ५५, छठुप्रसाद साहले ३ सय ५४, सुशिला देवीले ३ सय ५४, महाशक्ती साह निरालाले ३ सय ४५ र रमेश कुमार रौनियरले ३ सय ४४ मत प्राप्त गरि सदस्य पदमा विजयी भएका थिए ।
अध्यक्षमा विजयी उम्मेदवार सतिश साहको प्यानल बाट ७ जना सदस्य चौधरीको प्यानल बाट ६ जना सदस्य निर्वाचिन भएका थिए । सपथग्रहण पछि प्रतिक्रिया दिदै नव निर्वाचित अध्यक्ष साहले अबको केही दिनमै संघको पदाधिकारी चयनको प्रक्रिया अगाडी बढ्ने बताउनु भयो ।