२०८३ श्रावण २१
२०८३ श्रावण २१

 

 आरके श्रीवास्तव,राैतहट,२४ गते

कार्तिक राैतहट जिल्लाकाे फतुवा बिजयपुर नगरपालिकाकाे एक बिधालयमा आज छात्रवृत्ति र पाेशाक वितरण गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ५ स्थित रहेकाे श्री प्राथमिक बिधालय डुमरियामा छात्रवृत्ति र बिधालयकाे हाउस ड्रेस प्रदान गरिएको हाे । मंगलबार र शुक्रबार लगाउने साे ड्रेस प्रदान गरिएको बिधालयले जनाएको हाे ।

बिधालयका जग्गा दाता श्रीमती भावना बस्नेतले उपलब्ध गराएको ४५ हजार बराबरकाे पाेशाक वितरण भएको हाे । शुक्रबार नगरपालिका बाट आएको आर्थिक २०७९/०८० काे छात्रवृत्ति वितरण गरिएको हाे । बिधालयमा अध्ययनरत सम्पूर्ण छात्रा,दलित छात्र,छात्राहरू लाई कुल ३० हजार ८ सय रूपैयाँ वितरण गरिएको प्रधानाध्यापक संताेष कुमार जयसवालले जानकारी गराउनु भएको हाे ।

साे बिधालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका बिद्यार्थीहरू लाई वितरण गरिएको हाे । बिधालय व्यवस्थापन समितिका अध्यक्ष शम्भु महताे काेईरीकाे अध्यक्षतामा वितरण गरिएको हाे । साथै बिधालय व्यवस्थापन समितिका पदाधिकारीहरू र स्थानीय भद्रभलादमीहरूले बिधालयमा निर्माण भएको भवनकाे हिसाबकिताब प्रअ जयसवाल सँग लिएका थिए ।

छात्रवृत्ति वितरणकाे अवसरमा पूर्व अध्यक्ष भाेला महताे काेईरी,पूर्व अध्यक्ष रघुवंश यादव,वडा सदस्य शिवशंकर यादव,प्रमाेद कुशवाहा,स्थानीय भद्रभलादमी, बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

आरके श्रीवास्तव,राैतहट,कार्तिक २२ गते ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाको वडा नम्बर ४ मा अवस्थित श्री मावि टेंग्राहाको जग्गा ठेक्का सम्पन्न भएको छ । जग्गा ठेक्का सम्बन्धी पूर्व निर्धारित सूचना अनुसार कार्तिक २२ गते बुधबार विद्यालयको प्राँगनमा बैठक बसी ठेक्का पट्टाको कार्य सम्पन्न गरिएको हो । बिधालय व्यवस्थापन समितिका अध्यक्ष जयमंमगल यादवकाे अध्यक्षता र फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहाको वडा अध्यक्ष सतिश कुमार यादव उर्फ गाैरवकाे राेहबरमा बैठक बसी ठेक्का पट्टाको कार्य अगाडी बढाइएको थियो ।
विद्यालयको नाममा २१ बिगहा ३ कठ्ठा जग्गा डाँक बढाबढ बाट प्रत्येक वर्षको ९ लाखका दरले ५ वर्षका लागि कुल लाख ४५ लाखमा ठेक्का सम्पन्न भएको हो । सोही नगरपालिकाकाे वडा ८ ठाउँ बस्ने स्थानीय श्रीभगवान राय यादव सञ्चालक रहेको श्री त्रिशक्ती बिज वृद्धि उधाेगले ठेक्का साकार गरेकाे हाे । पोखरीको ठेक्का यही मिति २०८०/०७/२२ गते बुधबार देखी ५ वर्षका लागि उधाेगले साकार गरेकाे प्रधानाध्यापक अनिल यादवले जानकारी गराउनु भयो । डाँक बढाबढ प्रक्रियामा जादा तीन जना ठेकेदारहरू सहभागी थिए ।
जसमा जियालाल यादव,कपिल ढकाल र त्रिशक्ती बिज वृद्धि उधाेग गरि तीन जना थिए । बिधालयले ठेक्काकाे न्यूनतम मूल्यांकन ९ लाख राखेको थियोे । जुन त्रिशक्ती उधाेगले सुरुमै धराैटी जम्मा गरेको थियो । तर अन्य ठेकेदारहरूले बाेल नलगाएपछि संवत:त्रिशक्तीकै नाउँमा ठेक्का गएको हाे । जग्गा ठेक्का पट्टा तथा डाक बढ़ाबढ़ कार्यक्रममा विद्यालयका सहायक लेखापाल प्रवीण यादव, बिधालय व्यवस्थापन समितिका अध्यक्ष जयमंगल प्रसाद यादव,शिक्षक राजेश यादव,प्रमाेद यादव,पत्रकार लगायत स्थानीय भद्र भलादमीरूको उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,कार्तिक २२ गते ।
राैतहट । उज्यालो वडा अभियान अन्तर्गत आज जिल्लाकाे फतुवा बिजयपुर २ शितलपुरमा वडाभरी पाेलपाेलमा पाेल बत्ति जडान गरिएको छ । आउँदै गरेको शुभ दिपावली र छठ पर्वलाई मध्यनजर गरि बिजुली बत्ती लगाइएको हाे । साे वडाका वडा अध्यक्ष अनिरूद्व प्रसाद यादव उर्फ संजयले तत्काल आफ्नै लगानीमा बत्ती लगाएका हुन् ।
पाेहाेर साल पनि उनले आफनाे वडामा यसरी नै बत्ती जडान गराएका थिए । चुनावको बेला आफ्ना जनताहरु लागि गरेको वाचा अनुसार वडाध्यक्ष यादवले हरेक वर्षको यसरी नै पाेल पाेलमा बत्ती जडान गरि वडालाई झिलिमिलि बनाउने गरेका छन् । साे वडाकाे हरेक चौक,बजार र सार्वजनिक ठाउँमा बिजुलीकाे पाेलमा बत्ती जडान गराएका हुन् ।
पाेलपाेलमा बत्ती बले पछि स्थानीय बासीहरु अत्यन्तै हर्षित भएका छन् । त्यसैगरी बत्ती जडान भएपछि वडाका स्थानीय जनता अत्यन्तै खुशी व्यक्त गर्दै वडा अध्यक्ष यादवलाई बधाई तथा धन्यवाद व्यक्त गरेका छन् ।

सप्तरी, २२ कात्तिक ।

खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-२ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितलाई ५ राउण्ड गोली र किशोरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

 

आरके श्रीवास्तव,राैतहट,२० गते कार्तिक

राैतहट जिल्लाकाे कटहरिया नगरपालिकाकाे एक बिधालयमा आज छात्रवृत्ति वितरण गरिएको छ । साे नगरपालिकाकाे वडा नम्बर ७ स्थित रहेकाे श्री मावि बगहीमा छात्रवृत्ति प्रदान गरिएको हाे । साेमबार नगरपालिका बाट आएको आर्थिक २०८९/०८० काे छात्रवृत्ति बाट ४ सयका दर वितरण गरिएको हाे । बिधालयमा अध्ययनरत सम्पूर्ण छात्रा,दलित छात्र,छात्राहरू लाई कुल १ लाख ८६ हजार ८ सय रूपैयाँ वितरण गरिएको प्रधानाध्यापक सराेज साहले जानकारी गराउनु भएको हाे । साे बिधालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका छात्राहरू लाई वितरण गरिएको हाे ।

वडाध्यक्ष सहिद मिया धाेवीकाे अध्यक्षतामा वितरण गरिएको हाे । छात्रवृत्ति वितरणकाे अवसरमा कटहरिया नपाका शिक्षा संयाेजक अनिल निधी,प्रधानाध्यापक सराेज साह,वडा सदस्य रामकिशाेर यादव,स्थानीय भद्रभलादमी,बुद्धिजीवीहरूकाे उपस्थिति रहेकाे थियाे ।

 

मुकेश कुमार यादव,सिरहा, २० कात्तिक ।

सिरहाको गोलबजार नगरपालिका- ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिव कुमार साह मृत्यु प्रकरणकाे छानबिनगरी दोषीमाथि कारबाहीकाे माग गर्दै मृतकका परिवार र आफन्तले पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैयाको सडकखण्ड अवरुद्ध गरेका छन् ।

मिर्चैया नगरपालिका ७ का प्रधानाध्यापक साहको हत्या भएको भन्दै परिवारजनले उचित न्यायको माग गर्दै मिर्चैयाको कटारीचौकमा टायर बालेर सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्धका कारण सयौं सवारी साधन अलपत्र परेका छन्। प्रहरीले सडक क्लियर गराउने प्रयास भईरहेको जनाएको छ।

 

उनीहरुले घटनाको प्रकृति हेर्दा भर्याङ्ग र पासो लागेको कोठामा रगत देखिएकाले हत्या भएको आरोप लगाएको छ। साहका श्रीमती सहितका परिवार र स्थानीयले घटना सूनियोजित भएको आरोप लगाएको छ।

साेमबार बिहानैबाट साहकी श्रीमती मिना साहसहितका आफन्त र मिर्चैयाका स्थानीयहरुले सडक जाम गरेर बसेका छन्। उनकी श्रीमतीले ‘म मर्न तयार छु, न्याय नपाउँदा सम्म कतै जान्न र केहि खान्न’ भन्ने अडान लिएकी छिन्।
घटनास्थल पुगेका आफन्तले घटनाको प्रकृति हेर्दा त्यहाँका स्थानीयले गरेको व्यवहारले हत्या गरेको आशंका लागेको बताए। उनले भने, ‘घटनास्थलमा देखिएका रगतका डोभले र पासोको अवस्था हेदा झुड्याएको जस्तो देखिन्छ। यसको उचित छानबि हुनु पर्छ।’

प्रधानाध्यमपक साह आइतबार बिहान आफ्नै विद्यालयको कार्यालय भवनको तेस्रो तल्लामा पासो लागेको अवस्थामा भेटिएका थिए। उनको शव पोष्ट मार्टमकोलागि टिचिङ्ग हस्पिटल काठमाडौं लगिएको छ।

यता प्रहरीले अहिलेसम्मको घटना प्रकृतिले आत्महत्याको सङ्केत गरे पनि अनुसन्धान जारी रहेको बताएको छ। प्रहरीले थप अनुसन्धान भइरहेको र पोष्टमार्टमको रिपोर्टपछिमात्र केही बताउन सकिने सक्ने बताए।

आरके श्रीवास्तव,राैतहट,२० गते कार्तिक

प्रभु साह नेतृत्वकाे आम जनता पार्टीले धनुषाकी आरती साहको हत्या प्रकरणमा ऐक्यबद्धता जनाउने भएको छ । विगत १४४ दिनदेखि अनवरत न्यायको पर्खाईमा राजधानी काठमाडौंकाे माईतीघरमा संघर्षरत पीडित परिवारको आन्दोलनप्रति साे पार्टीले प्रारम्भिक समयदेखि नै सडकदेखि सदनसम्म नैतिक एवं भौतिक साथ-सहयोग र ऐक्यबद्धता रहदै आएको जनाएको छ । आउँदो कार्तिक २२ गते दिनको १:०० बजे आजपा पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको सहभागिता एवं नेतृत्वमा पीडित परिवारको धर्ना कार्यक्रममा ऐक्यबद्धता कार्यक्रम र २३ गते दिनको ११:०० बजे मानव अधिकार आयोगको कार्यालयमा गम्भीर ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाउने कार्यक्रम समेत तय गरिएको आजपाका केन्द्रीय प्रवक्ता चन्द्र भुषण साह द्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

विज्ञप्तिमा भनिएको छ,’चाडपर्वहरुको समयमा पीडितलाई न्याय दिलाउनुको सट्टा उल्टै काठमाडौंको कठ्ठयाग्रींदो जाडोमा खुल्ला आकाशमुनि शान्तिपूर्ण धारणामा रहेका पीडित परिवारमाथि यहीं असोज २४ गते करीब १०:०० बजे रात्रिको समयमा चार जनाको अज्ञात समुहले गरेको संघातिक हमला र त्यसको छानबीन गरी दोषी उपर कार्यवाहीको सट्टा पीडित परिवारलाई नै यहीं असोज २७ गते विहान ८:०० बजेतिर अभद्र गालीगलौज एवं लछारपछाड गर्दै अनामनगर प्रहरी वृत्तले गरेको अमानवीय एवं अवैधानिक हिरासतको हर्कत जस्ता विभिन्न श्रंखलाबद्ध घटनाक्रमले यस विषयमा राज्य कति संवेदनहीन, उदाशीन एवं गैरजिम्मेवार रहेको कुरा प्रष्ट भएको छ । ‘ तसर्थ, यी र यस्ता मानव अधिकार र कानुनी शासनको धज्जिया उडाउने हर्कतहरुप्रति आम जनता पार्टी कडा शब्दमा गम्भीर आपत्ति एवं घोर भर्तस्ना गर्दै तत्काल वार्ता र संवादमार्फत पीडित पक्षको न्यायिक मागहरुलाई यथाशीघ्र सम्बोधन गर्न नेपाल सरकार सहित सबै सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । साथै, न्याय प्राप्तिको यस संघर्षमा ऐक्यबद्धता प्रकट गर्दै थप बल पुर्याउन आ-आफ्नो स्थान र स्तरबाट सक्रिय साथ-सहयोग र सहभागिता जनाई योगदान पुर्याउन सम्पूर्ण न्यायप्रेमी आम जनसमुदाय, मानव अधिकारकर्मी, कानुन व्यवसायी, सञ्चारकर्मी, नागरिक अगुवा, युवा, विद्यार्थी लगायत सबै सबै पेशाकर्मीमा हार्दिक अहान एवं अनुरोध समेत गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,कार्तिक १७ गते ।
राैतहटमा भन्सार छलिकाे सामान,पिकअप गाडी सहित मानिस पक्राउ परेका छन् । भन्सार छली पैठारी गरी गहुँको बिउ पिकअप गाडीमा लोड गरी नेपाल तर्फ ल्याउदै गरेको सुचना प्राप्त हुनसाथ खटिएको प्रहरी टोलीले पक्रेको हाे । जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी प्रवक्ता डिएसपि दामोदर केसीले दिएको जानकारी अनुसार शुक्रबार बिहान अन्दाजी करिब साढे १० बजेकाे समयमा गौर नगरपालिका वडा नम्बर ७ स्थित प्रदेश २-०३-००१ च.२१३८ नम्बरको पिकअप गाडी रोकी चेकजाँच गर्ने क्रममा पक्राउ परेको हाे ।
उनका अनुसार प्रहरी लाई प्राप्त सूचना अनुरुप नै भन्सार छली गरी ल्याइएकाे गहुँको बिउ १३९ बोरा १ बोरामा २० के.जी.को दरले जम्मा २,७८० के.जी. र पिकअप गाडी सहित चालक जिल्ला रौतहट गौर न.पा.वडा नं.७ बस्ने बर्ष ४४ को विरेन्द्र राय यादवलाई नियन्त्रणमा लिई रु.चौबिस लाख सत्तर हजार बराबरको मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको हाे ।

राैतहट,कार्तिक १७ गते ।

राैतहटमा करेन्ट लागेर महिलाकाे मृत्युु भएको छ । कटहरिया नगरपालिका–५ बहादुरपुर टाेल बस्ने बिजय साहकाे श्रीमती अन्दाजी ४० वर्षीया अनिता देवीको करेन्ट लागेर शुक्रबार अपरान्ह मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय गरूडाका प्रहरी प्रमुख ओमप्रकाश खनालले दिएको जानकारी अनुसार उक्त महिलाले आफ्नै घरको चापाकलमा जाेडिएकाे पानी तान्ने माेटरमा अचानक करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतककाे शवलाई पोस्मार्टमका लागी प्रदेशिक अस्पताल गौर पठाईएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कार्तिक १८ गतेके ,रौतहट ।

रौतहटको कटहरीया नगरपालिका ४ बलरामपुरमा धान कुट्ने मिल भएको एक घरमा आगलागी हुँदा १० लाख भन्दा बढीको क्षति भएको छ । आगलागीका कारण ६ चौपायाको जलेर मृत्यु भएको छ।स्थानीय गनिलाल साह तेलीको घरमा गए राति १२ बजे आगलागी भएको थियो। आगलागी बाट घर, ३ वटा भैँसी, ३ वटा खसी बाख्रा जलेर मरेका छन् भने एउटा मोटरसाइकल, विद्युतीय मोटर, मिलको पार्टपुर्जा जल्दा १० लाख बढीको क्षति भएको अनुमान गरिएको छ । आगो निभाउने क्रममा घरधनी गनिलाल साह घाइते भएका छन्। आगलागीको कारण भन्ने खुल्न सकेको छैन। राताेपाटी

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।