२०८३ आश्विन १०
२०८३ आश्विन १०

०१ वैशाख,
इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटअन्तर्गत शुक्रवार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई २३ रनले हराउँदै सनराइजर्स हैदराबादले जितेको छ ।

शुरूआती ब्याटिङ गरेको हैदराबादले २२८ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको कोलकाताले ७ विकेटमा २०४ रन मात्रै बनाउन सक्यो ।

कोलकाताका लागि खेलेका रिंकू सिंहले ४र४ चौका र छक्का हानेर अन्तिमसम्म आउट भएनन् भने आईपीएलमा पहिलो अर्धशतक बनाए । अर्कोतिर नीतीश राणाले ४१ बलमा ७५ रन बनाए पनि टीमलाई जिताउन सकेनन् ।

हैदराबादका लागि मैदानमा उत्रिएका हेरी ब्रूकले शतक बनाएर टीमलाई बलियो बनाएका थिए । यस सिजनको आईपीएलमा यो नै पहिलो शतक हो, शतकको यात्रा पूरा गर्न उनले ५५ बल खेलेका थिए ।

बज्जिकाञ्चल,०१ गते वैशाख
बज्जिकाञ्चल क्षेत्रमा आज ‘जुड–शितल’ पर्व मनाइँदै छ । बढ्दो गर्मीबीच यो क्षेत्रमा नयाँ वर्ष २०८० प्रारम्भसँगै जीवनमा शीतलताको कामना गर्दै मनाइने ‘जुड–शितल’ पर्व मनाइँदैछ ।
नयाँ वर्षका दोस्रो दिन (वैशाख सङ्क्रान्ति) चना (बदाम), जौँ, मकै, कँगनो, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र माटोको अङ्खरामा सखरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरिन्छ ।

बढ्दो गर्मीमा शीतल दिने चना, मुँग र जौँका परिकार यस पर्वमा विशेष मानिन्छन् । पहिलो दिन सातु र सर्वत दान दिएर यिनै परिकार खाइने यो विधिलाई बज्जिकाञ्चलमा ‘सतुवाइन’ भन्ने गरिएको छ । ‘जुड–शीतल’ पर्वको पहिलो दिन ‘सतुवाइन’ मनाएका छन् ।

पर्वको दोस्रो दिन अर्थात् वैशाख २ गते आज घर–घरमा परिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्दछन् ।

 

काठमाडौं, २७ चैत ।

मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः बार्ता हुने भएको छ ।

गृह मन्त्रालयका सह सचिव प्रदिप कोइरालाको नेतृत्वको सरकारी बार्ता टोली र मिटरब्याज विरुद्ध किसान–मजदुर संघर्ष समिति बिच मंगलबार पनि बार्ता हुन लागेको हो ।

 

दुई दिनसम्म चलेको बार्तामा पनि सहमति हुन नसके पछि आज वार्ता गरेर सहमतिमा पुग्ने प्रयास गरिने भएको हो ।

 

संघर्ष समितिले अघि सारेका मागका बारेमा आइतवार र सोमवार छलफल भए पनि सहमति नभए पछि मंगलबार पुनः छलफल गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए ।

उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टिबन्धक, रजिष्ट्रेसन र चेकलगायत मन्त्रीपरिदषकाे निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुदेँ मागमा सरकारी बार्ता टोली समक्ष राखिएको छ ।

 

पहिलो र दोस्रो दिनको बार्तामा सहमति हुन नसके पछि पुनः मंगलबार वार्ता हुन लागेको हो।

 

काठमाडौं, २८ चैत ।

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।

 

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी  भू–भागको मौसम सामान्यतया सफा रहने छ।

 

 

राती भने  देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।  गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भु–भागहरुका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

 

 

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरुमा र बाँकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा मेघ गर्जन रचट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्गबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।