प्रदीप कुमार दास, रौतहट । ज्येष्ठ १४ गते
राष्ट्रिय तत्मा समाज नेपाल महोत्तरीको जिल्ला अधिवेशन महोत्तरी गाउँपालिकामा अवस्थित मडई बजारमा भव्यताका साथ सम्पन्न भएको छ । अधिवेशन कार्यक्रम सोनेलाल दासको अध्यक्षता तथा राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रीय अध्यक्ष रामअशिष दास तत्माको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा खुल्ला सत्र सम्पन्न भई बन्द सत्रबाट ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो ।
महोत्तरी जिल्लाको दोस्रो अधिवेशन सम्पन्न भई अध्यक्ष पदमा उमेश दास तत्मा , उपाध्यक्ष सरिता देवी दास ,सचिव पदमा सन्दीप दास तत्मा लगायत ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको केन्द्रीय अध्यक्ष राम आशिष दासले जानकारी गराएका हुन् । कार्यक्रममा प्रदेश भरिका केन्द्रीय प्रधिकरीहरु लगायत महोत्तरी जिल्लाको तत्मा स्वाजातिय बन्धुहरुको पनि उपस्थितिमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

राष्ट्रिय तत्मा समाज नेपालको केन्द्रीय बरिष्ठ उपाध्यक्ष झगरु दास तत्मा, उपाध्यक्ष सिकीन्द्र दास , राम ईश्वर दास, राजदेव दास, महासचिव शंकर दास तत्मा, प्रवक्ता रामप्रित दास,सिराहा जिल्ला अध्यक्ष धनेश्वर दास , सदस्य बिनोद दास लगायत विभिन्न केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
त्यसैबीच , राष्ट्रिय तत्मा समाज नेपालको हकमा प्रचार प्रसारको काम निस्वार्थ रूपले गर्दै तत्मा समाज नेपालको गरिमा बढाउँदै आएकोले शिलादीप अनलाइन खबर प्रालि रौतहटका अध्यक्ष एवं पत्रकार प्रदीप कुमार दासलाई केन्द्रीय अध्यक्ष दासले माला ,टीका र खाँदा ओढाई कदर पत्रसमेत दिई अधिवेशनकै अवसर पारेर सम्मान गरिएको महासचिव शंकर दास तत्माले बताएका हुन् ।
आरके श्रीवास्तव,रौतहट,जेठ १४ गते
रौतहट । बिभिन्न कारणले पत्रकारितामा सक्रिय नरहेका पत्रकारहरुले नेपाल पत्रकार महासंघको शुद्धीकरण अभियानलाई स्वागत गर्दै महासंघको सदस्यता परित्याग गर्ने क्रम शुरु भएको छ । रौतहटमा पनि महासंघको सदस्यता परित्याग गर्ने क्रम सुरु भएको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाका पूर्व सचिव एवम् साधारण सदस्य राजेन्द्र कुमार क्षेत्रीले महासंघको शुद्धीकरण अभियानलाई सहयोग गर्दै आफनो सदस्यता परित्याग गरेका छन् ।
क्षेत्रीले शनिबार पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झालाई आफूले सदस्यता परित्याग गरेको पत्र बुझाएका हुन् ।
क्षेत्रीले आफू पत्रकार महासंघ रौतहट शाखाको साधारण सदस्य रहेपनि वर्तमान अवस्थामा पत्रकारितामा समय दिन नकेको हुनाले महासंघको सदयस्ता शुद्धीकरण अभियानलाई सफल बनाउन सहयोग गर्दै आजकै मितिदेखि लागूहुने गरी सदस्यता परित्याग गरेको पत्रमा उल्लेख गरेका छन् ।
उनले पत्रमा लेखेका छन् महासंघको स्थापना कालदेखि सदस्यता रहँदै विभिन्न वि.स.२०६४ सालमा जिल्ला सचिव समेत भइ नेपाल पत्रकार महासंघको हितमा र श्रमजीवी पत्रकारहरुको हकहितमा आवाज उठाउँदै नेपाल पत्रकार महासंघ रौतहट शाखाको भवन निर्माणमा सफल भूमिका खेलेको कुरा पनि उल्लेख गरेका छन् ।

सदस्यता परित्याग गरेका क्षेत्रीलाई महासंघले सम्मान सहित बिदाई गर्ने महासंघ रौतहटका अध्यक्ष झाले बताउनु भएको छ । उनले भनेका छन् महासंघका पूर्व सचिव क्षेत्रीको यो कदम सराहनिय छ । यसको पति प्रशंसा गरेपनि कमै हुन्छ । यस्तै किसिमले अन्य पेशामा लागेकाहरुले पनि स्वस्फूर्त तरिकाले महासंघको शुद्धीकरण अभियानलाई सहयोग गरिदिए सहज हुने थियो ।
अझै थुप्रै दोहोरो भूमिकामा रहेकाहरूलाई स्वयं इमान्दारिताका साथ मार्ग प्रसस्त गरिदिन महासंघ रौतहट अध्यक्ष झाले आग्रह गरेका छन् ।
अध्यक्ष झाले सरकारी जागिरमा रहेका, विभिन्न संघसंस्थामा आबद्ध भएका, राजनीतिक दलको कार्यकर्ता भएर बसेकाहरूलाई महासंघको यस शुद्धीकरण अभियानलाई सहयोग गर्न विनम्रतापूवैक आग्रहसमेत गरेका छन् ।
यता पूर्व सचिव क्षेत्रीले राजिनामा दिएको कुरालाई रौतहटका सञ्चारकर्मीहरु बिच चर्चाको विषय बनेको छ । उनको राजिनामाले रौतहटमा सदस्यता शुदीकरण सफल हुने सवैले विश्वास व्यक्त गरेका छन् । पत्रकार महासंघको सदस्य रहेका तर पत्रकारिता नगरिरहेकालाई राजिनामा गर्न प्रेरित समेत गरेको एक पत्रकारले वताएका छन् ।
पूर्व सचिव क्षेत्रीको राजिनामाको विषयमा महासंघ रौतहटका पूर्व अध्यक्ष रविन्द्र साहले भनेका छन्,“ स्वागतयोग्य मित्र ,तिमी सदाको लागि एक उदाहरणीय ब्याक्तित्वको रूपमा अमर रहिरहने छौ । ”
महासंघ रौतहटका अर्का पूर्व अध्यक्ष शैलेन्द्र गुप्ताले राजिनामा दिएर राम्रो काम गरेको भन्दै सराहना गरेका छन् । बरिष्ठ पत्रकार प्रभात झाले क्षेत्रिको राजिनामालाइ स्वागतयोग्य कदम भनेका छन् ।
प्रेस मञ्च रौतहटका अधयक्ष किशोरी यादवले,“ नेपाल पत्रकार महासंघ रौतहट लाई लामो दिन सम्म सेवा दिनू भएको वापत सम्मान गर्नू पर्यो” भनेका छन् । समाजवादी प्रेस संगठन रौतहटका अध्यक्ष दिनेश यादवले पनि क्षेत्रीको राजिनामालाइ सराहना गरेका छन् ।
पूर्व सचिव क्षेत्रीको राजिनामाको विषयमा सञ्चारकर्मी अखिलेश कुमार यादवले भनेका छन्,“यस्तै पत्रकारिता पेशामा सक्रिय न भएको र अरु पेशामा लागेकाहरुले सदस्यता त्याग गर्यो भने कति राम्रो हुन्थ्यो । ”
काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलले आफ्नो नेतामा उपेन्द्र यादवलाई चयन गरेको छ । सोमबार संसदीय दलले पार्टी अध्यक्षसमेत रहेका यादवलाई नेतामा चयन गरेको हो ।
यसअघि दलको नेतामा चयन भएका रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि दलको नेताको पद रिक्त रहँदै आएको थियो ।
गत १० वैशाखमा भएको प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनमा बारा–२ बाट निर्वाचित यादव दलको नेतामा चयन भएका हुन् ।
काठमाडौं, ८ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ ।
जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो । टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दिपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम (मौसम) ढकाल र अभिनास बोहरा रहेका छन् ।

नेपालले गत चैतमा सम्पन्न लिग २ श्रृंखनाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो । जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ ।
काठमाडौं, ८ जेठ
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई संगठित ठगी र राज्यविरुद्धको कसूर मुद्दा चलाउन राय दिएको बताइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार मुद्दामा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौंलाई बुझाएको हो ।
मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ भने एक जनाको नाम खुलेको छ । अरु दुई जनाको भने नामथर र ठेगानासमेत खुलेको छैन ।
अभियुक्तहरुबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ विगो माग दाबी गर्न राय दिइएको प्रहरीको भनाइ छ ।
आरके श्रीवास्तव, रौतहट, जेठ ८ गते ।
रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ स्थित रहेको प्रसिद्ध धार्मिक स्थल शिवनगर धाम महादेव मन्दिरमा स्नान घर र शौचालय निर्माण हुने भएको छ । सो मन्दिरमा दर्शानार्थीहरुका लागि ब्यवस्थित चेन्जिङ्ग रूम (स्नान घर) र शौचालय निर्माणका लागि आज (सोमबार) को एक कार्यक्रमका बीच गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमनीप्रसाद जयसवाल र वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनोद साहले संयुक्त रूपमा शिलान्यास गरेका छन् ।

सो मन्दिरमा श्रद्धालुहरुको घुँइचो हुँदै आएको तथा देश विदेशबाट भक्त जनहरु दर्शन गर्न शिवनगर मन्दिरमा आउने गरेका छन् । तर मन्दिरामा व्यवस्थित शौचालय नरहेको मध्यनजर गर्दै आज स्नान घर र शौचालय भवनको शिलान्यास गरेको गरुडा नगरपालिकाका नगर प्रमुख जयसवालले बताएका छन् ।

उनका अनुसार नगर स्तरिय योजनाबाट २० लाखको लागतमा शौचालय र चेन्जिङ्ग घर निर्माण हुन लागेको उपभोक्त्ता समितिका अध्यक्ष रामाकान्त राउतले जानकारी गराएका हुन् । शिलान्यास कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष कृष्णनन्दन सहनी , वडा सदस्यहरु, स्थानीय बुद्धिजीवी डा.नन्दकिशोर झा, एमाले नेता करिमुल्लाह, शिव मन्दिरको महन्त कृष्णदेव गिरि, कार्यपालिका सदस्य द्रुव गिरि, भुपु.मुखिया रामाकान्त राउत, कार्यपालिका सदस्य ध्रुव साह, वडा नम्बर ६ का अध्यक्ष रामबाबु चौधरी तथा स्थानीयहरु लगायतको उपस्थिति रहेको थियो ।

बज्जिकाञ्चल संवाददाता,कटहरिया,जेठ ०३ गते ।
रौतहट जिल्लाको कटहरिया नगरपालिका वड़ा नम्बर ९ मा रहेको तरहारी खोलामा निर्माण हुने दुइ वटा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । पुलको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालले बुधवार शिलान्यास गरेका हुन् ।
आवत जावत गर्न सजिलो हुने उद्देश्यले सो ठाउँमा झोलुङ्गे पुल निर्माण गर्न लागिएको हो । पुलको अनुमानित लागत १ करोड २८ लाख रुपैयाँ रहेको भएको नगरप्रमुख जयसवालले बताए ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि लगायत सर्वसाधारण सहभागी भएका थिए । शिलान्यास पछि पत्रकारहरु सँग कुराकानी गर्दै नगर प्रमुख जयसवालले डुमरिया गाउँका स्थानियवासीहरु लाइ नदी वारीपारी गर्न सहज होस् भन्ने उदेश्यले झोलुङ्गे पुल निर्माण हुन लागेको बताए ।
नदी पारी पनि बस्ती भएकोले यो झोलुङ्गे पुलको आवश्यकता पर्न गएको बताए । उनले भने अन्य ठाउँमा पक्की पुलको लागि पहल गरेको जानकारी गराए । शिलान्यास सँगै आजदेखि सुरु भएको पुल निर्माणको काम अब तिन महिना सकिने उनले जनाकारी गराए ।
काठमाडौं, १ जेठ ।
संघीय संसद अन्र्तगतको प्रतिनिधिसभा बैठकमा एक कार्यसुची थप भएको छ ।
संघिय संसद सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसुची भन्दा थप एक बिषय थपेर नयाँ कार्यसुची सार्वजनिक गरिएको छ ।
जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संसोधन समिति गठन गरियोस’ भनी समितिमा रहने माननीय सदस्यहरुको नामावली प्रस्ताव प्रस्ताव हुने भएको छ ।
प्रतिनिधिसभाको दोस्रो अधिवेसनको पाँचौ बैठक सुरू हुन लागेकाे छ । बैठक अपरान्ह १ बजे, वानेश्वरस्थित संघीय संसद भवनमा बस्ने भनिएकाे थियाे ।

यसअघि सार्वजनिक भएकाे कार्यसुचीमा दुइवटा मात्र बुदाँ उल्लेख थियाे ।
जसअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टचार निवारण (पहिलो संसोधन) बिद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाईयोस भन्ने प्रस्ताव पेश गर्नेछन् ।
यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसुचीमा संविधानसभा सदस्य पुरोषत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिए ।
बस्नेतको गत २०८० बैशाख २९ गते ७८ बर्षको उमेरमा निधन भएको थियो ।
काठमाडौ, ३० बैशाख । भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन भएको छ ।
काठमाडौं, नक्सालस्थित नारायण चौरमा उपस्थित भएका सयौं प्रदर्शनकारीले भ्रष्टचारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन ।

भ्रष्टचारीलाई कारबाही गर, सामुहिक भ्रष्टचार राज्य बिरुद्धको अपराध हो जस्ता प्लेकार्ड बोकेर प्रदर्शनकारीरु जम्मा भएका थिए । पुर्व प्रधानमन्त्री बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलगायत उक्त कार्यक्रममा उपस्थित भएका थिए ।
लसएन्जल्स, ३० बैशाख । हलिउड अभिनेता जोनी डेप २६ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् ।
उनले बायोपिक ‘मोदी’ मार्फत निर्देशनमा कमव्याक गर्न लागेका हुन् । इटालियन चित्रकार एमेडियो मोदिग्लिआनीको जीवनमा आधारित यो बायोपिकमा इटालियन स्टार रिकार्डो स्कैमार्सियोले शीर्ष भूमिका निर्वाह गर्नेछन् ।
जोनीले यसअघि सन् १९९७ मा रिलिज फिल्म ‘द ब्रेव’ निर्देशन गरेका थिए । यो फिल्ममा जोनी र मार्लन ब्रेडो प्रमुख भूमिकामा थिए ।
पूर्व पत्नी एम्बर हर्डसँग लामो समयको कानूनी लडाई जितेपछि जोनी पुनः पर्दामा कमव्याक गर्न लागेका हुन् । उनको फिल्म ‘जीन डू बेरी’ कान्स फिल्म फेस्टिभलमा प्रिमियर हुँदैछ । रिकार्डोले ‘जोन विकः च्याप्टर २’, ‘द वेस्ट अफ यूथ’ र पाओलो सोरेन्टिनोको ‘लोरो’ जस्ता फिल्ममा अभिनय गरेका छन् ।
फिल्मका लागि पहिलो चरणमा कलाकार फाइनल भइसकेको छ । यसमा पियरे नाइनी र हलिउड अभिनेता अल पाकिनोको पनि अभिनय रहनेछ । फिल्मको सुटिङ आगामी केही महिनामा बुडापेस्टबाट सुरु हुनेछ । अहिले फिल्मका लागि सहायक अभिनेत्रीको खोजी भइरहेको छ । फिल्म डेनिस मेकइन्टायरले लेखेको एक नाटकमा आधारित हुनेछ । यसका लागि जेरजी र मेरी क्रोमोलोव्स्कीले पटकथा तयार पारिरहेका छन् ।
मोदिग्लिआनी एक महान चित्रकार र मूर्तिकार थिए । जोनीको फिल्मले पेरिस सहरमा एमेडियोको सन् १९१६ ताकाको समयको अवस्थालाई देखाउनेछ । फिल्मको कथा दुई दिनको समय सीमामा समेटिने छ । जसमा मोदिग्लिआनी केही हिंस्रक घटनाको सामना गर्छन ।