२०८३ आश्विन ९
२०८३ आश्विन ९

काठमाडौं, २३ असार । नेपाल राष्ट्र बैंकले शनिबार पनि राजस्व संकलनको व्यवस्था गर्न निर्देशन दिएको छ ।

 

महालेखा नियन्त्रक कार्यालयको अनुरोधमा शुक्रबार निर्देशन जारी गर्दै राष्ट्र बैंकले असार २३ र ३० गते शनिबार राजस्व संकलन, चेक क्लियरिङ एवम् विद्युतीय रकम ट्रान्सफर (ईएफटी)को फण्ड सेटलमेन्ट गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थालाई व्यवस्था गर्न अनुरोध गरेको हो ।

राष्ट्र बैंकका अनुसार असार २३ र ३० गते बिदाका दिन र २४ गतेसमेत राति ८ बजेसम्म सिस्टम खुला राख्नुपर्नेछ ।

 

आरके श्रीवास्तव,रौतहट, २० गते असार
रौतहट । बज्जिकाञ्चल खबर।दैनिकको समाचारको प्रभाव परेको छ । खाल्डो खनेर छोडेका ठेकदारले लगाए घेराबेरा लगाएका छन् । कटहरिया–सन्तपुर–कलैया सडकखण्डमा लालबककैया पुल भन्दा अलि अगाडी बाँधको छेउँमा कजवे निर्माणको क्रममा ठेकेदारले चरम लापरवाही गरेको भनि समाचार प्रकाशन भएको थियो । समाचार बाहिर आएपछि ठेकदारको ध्यानाकृष्ट भएको हो । खाल्डो खनेको कारण सो बाटो भएर आउजाउ गर्न दुर्घटनाको जोखिम बढेको थियो ।
उक्त ठाउँमा गिता निर्माण सेवाले कजवे निर्माणको लागि जिम्मा पाएको हो । कजवे निर्माणको लागि खाल्डो खनेका छन् । खाल्डो खनेको ठाउँमा ब्रेकर या घेराबेरा गर्नुपर्ने थियो । तर त्यस्तो नगरेर खुला रुपमा नै छाडेका थिए । जसकारण दिनहुँजसो साइकल,मोटरसाइकिल र पैदलयात्रीहरु लडिरहेका थिए ।


एका पट्टी ढुंगा राख्ने र अर्को पट्टी सडकको छेउमामा खाल्डो खनेर छाडेपछि सो बाटो भएर आउ–जाउ गर्ने सवारी साधनहरुले ठूलो सास्ती खेप्नु परेको थियो । ठेकेदारको लापारवाहीले सर्वसाधारणहरु लाइ सस्ती बेहोर्नुपरेको थियो ।
यता निर्माण सेवाका सञ्चालक सुरेन्द्र यादव सँग बुझदा आफूले छिट्टै घेराबेरा लगाउने र कामलाइ तिव्र गतिले अगाडी बढाउने जनाएका थिए ।


ठेकेदारहरुबाट यस्तो लापारवाही यसअघि पनि बेला–बेला हुने गरेको छ । यसअघि विरेन्द्र राजमार्गमै खनेको खाल्डोमा साइकिलयात्रीको खसेर दुर्घटना भइ मृत्यु भएको थियो ।

आरके श्रीवास्तव,रौतहट,२० गते असार
रौतहटको दक्षिणी भेग बौद्धिमाइ नगरपालिकाको कोपवा बजार चौकमा वृक्षारोपण गरिएको छ । सो नगरपालिकाका नगर प्रमुख प्रदिप यादवले कोपवा स्थित चौकमा वृक्षारोपण गर्नु भयो ।


उनले धुपीको विरुवा रोपेर शुभारम्भ गरिएको कार्यक्रममा टिकी,क्रेटोन,साइकस लगायतका विरुवाहरु रोपिएको थियो ।
उक्त अवसरमा मेयर यादवले रोपिएको विरुवालाई संरक्षण गरी हुर्काउनु सबैको कर्तव्य रहेको बताए । बौद्धीमाइ वडा नं. ५ का वडा अध्यक्ष लक्ष्मीनारायण यादवले पिपरिया चौकको संरक्षणका लागि आफूहरु सधैं सकारात्मक रहेको बताए । साथै सो चौकको सौन्दर्यीकरणका लागि रोड डिभाडर भित्र विरुवाहरु रोपिएको उनले बताए ।

रौतहट,असार १० गते

रौतहट । नेपाल नागरिकता पहिलो सन्सोधन ऐन २०७९ को दफा ३ र ८ बमोजिम जिल्ला प्रशासन कार्यालय रौतहटबाट सर्व प्रथम दुई जनाले जन्मको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले दिएको जानकारी अनुसार मौलापुर नगरपालिका वडा नम्बर ४ का २७ वर्षिय अरुण कुमार यादव र वौधिमाई नगरपालिका वडा नम्बर ३ का १९ वर्षिय जय प्रकाश गिरीले जन्मको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र पाएका हुन् ।

जन्मको आधारमा नेपाली नागरिकता पाउन आवश्यक कागजात प्रमाण सहितको अनुसुची फारम सहितको आवेदन पेश गरेको आवश्यक प्रकृया पूरा गरि दुवै जनालाई जन्मको आधारमा नेपाली नागरिकता दिईएको जिल्ला प्रशासन कार्यालय रौतहटका सुचना अधिकारी मणीभुषण साहले बताए ।

रौतहट,असार १० गते

रौतहट । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्ब प्रधानमन्त्री माधव कुमार नेपालले जनताको सेवामा समर्पित हुन आफ्ना गृह नगरका जनप्रतिनिधिलाई आग्रह गरेका छन ।
गौर नगरपालिकाको १२औं नगर अधिवेशनलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै जनप्रतिनिधिलाई राम्रो रचनात्मक काम गर्न सुझाव दिएका छन ।

रौतहट क्षेत्र नम्बर १ का सांसद समेत रहेका नेता नेपालले राम्रो काम गर्ने नगरपालिका गाउँ पालिकालाई थप विकास रकम उ्पल्बध गराउन नेपाल सरकार संग माग समेत गरे का छन । नेता नेपालले नगरपालिकाका गरिब घर परिवारलाई पहिचान र परिचयपत्र प्रदान गरि रोजगारीको अवसर प्रदान गर्न गौर नगर प्रमुखसंग आग्रह गरेका छन ।

रौतहट जिल्लामै ठुलो समस्याको रुपमा देखिएको मिटर व्याजी पिडितको पक्षमा स्थानीय प्रशासनलाई छिटो छरितो ढंगले काम गर्न आहवान गर्दै मिटर व्याज खाई थोरै दिनमा धेरै कामाउनेहरुलाई गोरख धन्धा बन्द गर्न भन्दै मरेपछी के लिएर जानू हुन्छ सचेत गराउदै गरिब लाई दुख दिएर पैसा कमाउने अर्काको सम्पति लिलाम गर्ने ,बेच दिने, हडपने जस्ता कार्य रोक्न पुर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले सम्न्धित व्यक्तिको ध्यानाकर्षण गराएका छन ।

आफ्नो गृह नगरमा विकासका गतिविधि तिब्रता पाएको हेरेर सुनेर निकै खुशि भएको बताउदै वितिय सुशासन कार्यमा गौर नगरपालिका मधेस प्रदेशमा पहिलो भएकोमा जनप्रतिनिधि तथा कर्मचारीलाई बधाई दिदै अझै राम्रो गर्न आग्रह गरेका हुन । गौर नगरप्रमुख शम्भुसाह ले नगर अधिवेशनमा आर्थिक वर्ष ०८०र०८१को नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन । सो बजेट तथा नगर अधिवेशन सफलताको लागि कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य नागेन्द्र साह र सविधान सभा सदस्य सरला यादवले शुभकामना दिए ।

सो अवसरमा नगरपालिकाका नगर उपप्रमुख शैलदेवीको तर्फबाट नगर प्रवक्ता अर्जुन सिहले आर्थिक वर्ष २०८०र०८१को लागि ६८ करोड ३६ लाखको बजेट प्रस्तुत गर्नु भएको थियो । अधिवेशनमा फरक दलको तर्फबाट वडा नम्बर ७ का वडा अध्यक्ष शिव शंकर पाण्डेले शुभकामना व्यक्त गरेका थिए ।
गौर नगरपालिका का निमित प्रमुख सुभाष कुमार ठाकुर लेखापरीक्षण अधिकारी सरोज लाल दास र नायव सुब्बा जितेन्द्र भारती सहित विभिन्न पदमा कार्यरत ९ जना कर्मचारीहरुलाई प्रमुख अतिथि नेपालले प्रसंसा पत्र प्रदान गर्नु भएको थियो ।

 

रौतहट, १० असार । एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी मोर्चा गठनबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा खुसी भएको बताएका छन् ।

गृहजिल्ला रौतहट आएका अध्यक्ष नेपालले गौर नगरपालिकाको आइतबार सुरु भएको १२औं नगर अधिवेशनको उद्घाटन समारोहमा बोल्दै समाजवादी मोर्चा देखेर देउवा खुसी भएको प्रतिक्रिया दिएका हुन् ।

कांग्रेस सभापति देउवाले समेत मोर्चाको विरोध गरेको भन्दै केही मिडियामा झुठो समाचार आएको उनको भनाइ थियो ।‘बाहिर मिडियामा झुठो प्रचार गरियो । सिँगापुर पुगेर देउवाले मोर्चा गठनको विरोध गरे भनेर प्रचार गरियो । यो सरासर गलत हो,’ उनले भने ।

यस क्रममा अध्यक्ष नेपालले अब हातमा हात मिलाएर अघि बढ्नु पर्ने भन्दै देउवाले सुझाव दिएको पनि बताएका थिए । मोर्चा गठनले केहीको ‘निद हराम’ भएको र केहीलाई हैरान गरेको पनि उनको जिकिर छ ।

आरके श्रीवास्तव,रौतहट,असार ०६ गते
रौतहटमा अतिरिक्त हुलाक खारेज विरूद्ध प्रदर्शन गरिएको छ । नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसन नेपाल जिल्ला समिति रौतहटको आयोजनामा मंगलवार विरोध रैली निकालिएको छ । उनीहरुले अतिरिक्त हुलाक खारेजको निर्णय तत्काल फिर्ता गर, अतिरिक्त हुलाकमा लामो समय देखि कार्यरक्त कर्मचारीहरुको रोजगारी खोस्न पाइँदैन्,हुलाकको संरचना खारेज हैन यसको सेवा पुनः संरचना गर,राजिनामा दिइ सेवा बाट नियमित रुपमा अवकाश भएका वा हुने कर्मचारीहरुको सेवा अवधिको आधारमा सेवा सुविधा सुनिश्चत गर लागायतका मागहरु राखि विरूद्ध प्रदर्शन गरेका छन् ।
एसोसिएसनले एक प्रेस विज्ञप्ती जारी गरी अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीहरुले सरकारले बजेट भाषण मार्फत कार्यालय खारेजी गर्ने घोषणा प्रति घोर आपक्ती प्रकट गरेका छन् । अतिरिक्त हुलाक कर्मचारीहरुलाइ निर्मम मर्माहित कुठाराघात भएको हुनाले सो निर्णय फिर्ता लिनु हुन सरकारलाइ विनम्र आग्रह गरिएको छ ।

अतिरिक्त हुलाक खारेजी गर्ने निर्णयको विरोधमा कर्मचारीहरुले जेठ १६ देखि नै सेवा ठप्प बनाएका छन् । मंगलवार देखि जिल्ला हुलाक कार्यालय र इलाका हुलाक कार्यालयमा अतिरिक्त हुलाक कार्यालय पिडित परिवारले कालो पट्टि बाँधी देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने एसोसिएसनका जिल्ला अध्यक्ष राजेन्द्र चौधरी हस्ताक्षरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनका जिल्ला अध्यक्ष चौधरीले सरकारले अतिरिक्त हुला कार्यालय खारेजीको निर्णय तत्काल फिर्ता लिनु पर्ने बताउनु भयो ।

रौतहट जिल्लामा २ सय जना भन्दा बढीको दरवन्दीमा अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारी छन् । पत्र वितरक, डाक बाहक र हुलाक प्रतिनिधि गरि अतिरिक्त हुलाक कार्यालय अन्तर्गत तीन प्रकारका कर्मचारी काम गर्छन् । जिल्लामा यी तिनै खालका कर्मचारीहरुको संख्या २ सय २३ रहेकोमा ५ जनाको मृत्यु र २ जनाले स्वेच्छीक अवकास लिएको अध्यक्ष चौधरीले जानकारी गराउनु भयो ।

अतिरिक्त हुलाक कार्यालयमा कर्मचारीहरुले पाउँदै आएको पारिश्रमीक बढाउन वर्षाैदेखि आन्दोलन गरिरहेका कर्मचारीहरुको माग सुन्नुको सट्टा सरकारले कार्यालय नै खारेज गरेर अपमान गरेको उनीहरूले बताएका छन् । यो कार्यालयमा १० वर्ष देखि ५० वर्ष सेवा गरेका ब्यक्तिहरु पनि छन् ।

 

काठमाडौं, २७ जेठ ।

खराब खानेकुरा छनोट गर्दा तपाईको रगतमा खराब कोलेस्ट्रोल अर्थात एलडीएल कोलेस्ट्रोलको स्तर बढ्न सक्छ। चिल्लो पदार्थ खाने, मदिरा सेवन गर्ने र दिनभर अल्छी रहँदा कोलेस्ट्रोल र मोटोपना बढ्छ र हृदयघातको सम्भावना पनि बढ्छ ।

तर, सबै कोलेस्ट्रोल खराब हुँदैनन्, शरीरमा एचडीएल कोलेस्ट्रोल कायम राख्न धेरै महत्त्वपूर्ण छ। रातो मासु, प्रशोधित मासु, भुटेको खानेकुरामा खराब कोलेस्ट्रोलको मात्रा धेरै हुन्छ भने राम्रो कोलेस्ट्रोल प्राप्त गर्न घिउ, अण्डा, चिजलाई आहारमा समावेश गर्नुपर्छ ।

स्याऊ
कोलेस्ट्रोल घटाउने सन्दर्भमा स्याउलाई सबैभन्दा राम्रो फल मानिन्छ। स्याउमा प्रशस्त मात्रामा घुलनशील फाइबर हुन्छ, जसले हाम्रो मुटुको स्वास्थ्यको ख्याल राख्छ। यस बाहेक स्याउमा पोलिफेनोल पाइन्छ जसले हाम्रो कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ।

केरा
केरामा पाइने फाइबर र पोटासियमले कोलेस्ट्रोल र ब्लड प्रेसरको स्तर कम गर्छ। केरामा घुलनशील फाइबर हुन्छ, जसले शरीरलाई स्वस्थ राख्न र रोग प्रतिरोधात्मक क्षमतालाई राम्रो बनाउन मद्दत गर्छ।

अंगूर
अंगूरले रगतको प्रवाहमा प्रवेश गर्छ र सबै खराब कोलेस्ट्रोललाई कलेजोमा लैजान्छ, जहाँ यसलाई प्रशोधन गरिन्छ। कोलेस्ट्रोलको स्तरलाई स्वस्थ राख्न अंगूरको सेवन गर्न सकिन्छ ।

जामुन
ब्ल्याकबेरी र स्ट्रबेरीलाई शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन सहयोगी मानिन्छ। तिनीहरूले एलडीएल कोलेस्ट्रोललाई अक्सिडाइज हुनबाट रोक्छन्, जुन हृदय रोगको लागि एक प्रमुख जोखिम कारक मानिन्छ।

अनानास
अनानास भिटामिन, मिनरल्स र पोषणको राम्रो स्रोत हो। अनानासमा पाइने ब्रोमेलेनले धमनीमा जम्मा भएको कोलेस्ट्रोललाई तोड्छ, जसले स्वस्थ रक्तप्रवाहलाई समर्थन गर्छ र हृदय रोगको जोखिम कम गर्छ।

एभोकाडो
तिनीहरू ओलिक एसिडमा भरपूर हुन्छन्, जसले रगतमा खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्दछ। एभोकाडो सलाद, स्यान्डविच, टोस्ट, स्मूदी र अन्य धेरै तरिकामा उपभोग गर्न सकिन्छ।

 

काठमाडौं, २७ जेठ

देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता तातो हावा तथा ुलुु देशका धेरैजसो स्थानमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्हरूले देशभरको तापक्रम बढ्ने बताएका हुन् ।

कार्यक्रममा मौसमविद् शान्ति कँडेलले यस वर्ष देशका धेरैजसो भू–भागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको बताइन् । नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन ुहिट वेभु बढ्ने बताइएको छ ।

गर्मीका कारण ुलुु लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने समस्या देखापर्न थालेका छन् ।

काठमाडौं, १५ जेठ । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप एकदिवसीय छनोटको लागि १६ सदस्य टोली घोषणा गरेको छ ।

 

क्यानका अनुसार रोहित पौडेलको नेतृत्वका १६ सदस्सीय टोलीले एकदिवसीय छनौट खेल्ने पक्का गरेको हो ।

 

नेपालले एसिसी प्रिमियर कपमा रहेका १४ खेलाडीलाई नै निरन्तरता दिएको क्यानले अर्जुन साउद र किशोर महतोले टोलीमा फर्काएको छ ।

 

एक साताअघि बन्द प्रशिक्षणमा २२ सदस्य टोली राखेको भए पनि बन्द प्रशिक्षणमा रहेका देव खनाल, अभिनाश बोहरा, कमलसिंह ऐरी, सूर्य तामाङ, मौसम ढकाल र सन्दीप जोरालाई भने नयाँ टोलीमा समावेश गरेको छैन ।

 

आगामी महिना जिम्बावेमा हुने आइसिसी विश्वकप छनोटको तयारीको लागि जेठ १८ गते अफ्रिका जानेछ, सोही क्रममा नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग वार्मअप खेल खेल्नेछ । त्यहाँ १० दिन बिताएपछि नेपाल दक्षिण अफ्रिकाबाट जेठ २८ मा जिम्बावे जानेछ । लगत्तै भोलीपल्ट नेपालले जेठ ३० मा युएई र जेठ ३२ मा ओमानसँग वार्मअप खेल खेल्ने तयारीका साथ नेपालले क्रिकेट टोलीको घोषणा गरेको हो ।

 

नेपाली टोलीः

 

रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल,  ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।