२०८३ श्रावण ९
२०८३ श्रावण ९

काठमाडौं, १९ साउन । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।

 

गत बुधवार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ आफनो धारणा राखिसकेका छन् ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन ।

 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

 

काठमाडौं, १८ साउन ।

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महाराले आफु सुन काण्डमा संलग्न नभएको जनाएका छन् ।

 

चाइनिज ब्यापारीसँग मिलेर इलेक्ट्रिक सिगरेट (भेप) मार्फत सुन तस्करी गरेको आरोप लागिरहेको बेला महराले सो स्पष्टीकरण दिएका हुन ।

उनले सो प्रकरणमा अनुसन्धान गर्न आफुले सघाउने पनि जनाएका छन् । ‘केहि दिन यता संचारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आईरहेको बिषय यस अघि नै प्रष्ट पारिसकेको जानकारी गराउन चाहान्छु । फेरी पनि थप स्पष्ट गर्न चाहान्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहान्छु,’ महराले भनेका छन, ‘जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्वर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रष्ट पार्न चाहान्छु साथै आवश्यक परे निष्पक्ष छानबिनमा मा सहयोग गर्ने  प्रतिबद्धता जनाउछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु।’

काठमाडौं, १८ साउन ।

राष्ट्रियसभा बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

संसद् सचिवालयले सार्बजनिक गरेको सम्भाबित कार्यसुची अुनसार राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराइनेछ ।साथै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

 

यसैगरी, आजको बैठकमा ‘संविधानअनुसार बन्न बाँकी कानुनहरूको अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गरिने भएको छ ।

काठमाडौं, १८ साउन ।

सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संबैधानिक परिषदको बैठक बस्दैछ ।

 

गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाईएको हो । बैठक साँझ ५ बजे बस्नेछ ।

 

आज बस्ने बैठकले सम्भवतः प्रधानन्यायधिसको नाम सिफारिस गर्ने बुझिएको छ ।

 

आगामी साउन २० गते देखी हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिँने र सर्वोच्च अदालत पहिला झै कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भए पछि संबैधानिक परिषद बैठक बस्न लागेको हो ।

वासिंगटन डिसी, १८ साउन ।

अमेरिकी संसद भवन परिसरमा बन्दुकधारी प्रवेश गरेको खबर आएपछि त्यहाँ हलचल मच्चिएको छ ।

 

यसपछि अमेरिकी क्यापिटल प्रहरीले सिनेटको कार्यालयमा खोजी गरेको थियो । आदेश जारी गर्नुका साथै सुरक्षित स्थानमा बस्न मानिसहरूलाई भनिएको थियो। तर प्रहरीले खोजी गर्दा शंकास्पद वस्तु फेला परेन ।

 

वाशिंगटन मेट्रो पोलिटन प्रहरी विभागका प्रवक्ता ह्युग केर्युले कम्प्लेक्सको खोजी पछि प्रहरीले युएस क्यापिटल कम्प्लेक्समा कुनै गोली हानेर र कुनै चोटपटक नपाएको बताए। उनले शंकास्पद बन्दुकधारीका बारेमा फोन आएको बताए । यो गलत कल थियो जस्तो देखिन्छ। खोजी अभियानमा गोली चलाउने कोही भेटिएन।

 

यसअघि युएस क्यापिटल पुलिसले बुधबार ट्वीट गर्‍यो कि यदि तपाईं सिनेट भवन भित्र हुनुहुन्छ भने सक्रिय शूटर अफिसमा प्रवेश गरेको डरले सबैजना सुरक्षित रहनुपर्छ। तर, गोली हानाहानको पुष्टि हुन नसकेको प्रहरीले जनाएको छ ।

 

मिडिया रिपोर्टहरूले दाबी गरेका छन, सो हल्ला पछि अधिकारीहरुले सिनेट भवन खाली गरेको थिए । कार्यालयमा कार्यरत कर्मचारी र पत्रकारलाई इमेलमार्फत बन्द कोठामा बस्न निर्देशन दिइएको थियो । यस बाहेक उनीहरुलाई शान्त रहन र आफ्नो इलेक्ट्रोनिक उपकरण बन्द राख्न निर्देशन दिइएको छ।

रौतहट, १७ साउन ।

गौर हत्याकाण्डको दोषीलाइ कारबाहीको माग गर्दै पाँच दिन देखी धर्ना जारी छ ।

 

रौतहटको चन्द्रपुरमा पीडित परिवारले पाँच दिन देखी धर्ना जारी राखेका हुन ।

 

प्रभु साह नेतृत्वको आम जनता पार्टीको नेतृत्वमा रौतहटमा पछिल्ला दिनमा निरन्तर संघर्ष जारी रहेको छ ।

काठमाडौं, १८ साउन ।

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ ।

हिजो देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म १७ जनाले आ आफनो धारणा राखिसकेका छन् ।

मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।

 

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।

 

बज्ज्किाञ्चल, फतुवा बिजयपुर,साउन १६ गते ।

रौतहट । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा कृषकहरुलाइ सिंचाइमा सहजताको लागि पैनी सरसफाइ गरिएको छ । सो नगरपालिकाको वडा नम्बर ५ सन्तपुरको पचमौजामा पैन सफाइ गरिएको हो । रोपाँइ गर्ने बेला किसानहरुलाइ खेती गर्न पानीको अभाव हुन थालेपछि । कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको बजेट बाट स्थानिय बन्ती राय यादवले पैनी सरसफाइ गराएका हुन् । नगर प्रमुुख खातुनको सहयोगमा सो पैनी सरसफाइ गरेको हो ।

सरसफाइ भएपछि अरुवा नदीको पानी बाट किसानहरुले सिंचाइ गर्न पाइरहेका छन् । जसबाट किसानलाइ प्रत्यक्ष फाइदा पुगेको छ । पैनीमा ठाउँ ठाँउमा पुरेपछि स्थानीयहरु लाइ सिचाईँबाट प्रभावित भएका थिए । स्थानीयहरुले कृषकहरुले सम्बन्धित निकायलाई सफाइको लागि गुनासो समेत गरेका थिए ।

स्थानीयको गुनासो आएपछि कार्यवाहक नगरप्रमुख खातुनले सरसफाई गराएकी हुन् । पैनी सरसफाई भएपछि स्थानीय समेत हर्षित भएका छन् । यता सो चौरीतिर निविभन्न नयाँ कृषि सडकहरुपनि विस्तार गरिएको स्थानिय समाजसेवी राजा हुसेनले जानकारी गराउनु भयो ।

काठमाडौं, १६ साउन ।

कमल थापा नेतृत्वको राप्रपा नेपाल र तारानाथ लुइँटेलको संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच पार्टी एकता भएको छ।

राष्ट्रियसभा गृहमा मंगलबार आयोजित एक समारोहबीच पार्टी एकीकरण गरिएको हो। कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टी एकता राष्ट्रवादी शक्ति निर्माण गर्न कोशेढुंङ्गा साबित हुने बताए।

यस्तै मोर्चाका नेता तारानाथ लुइँटेलले हिन्दु राष्ट्रको मुद्दा लिएको राजेन्द्र लिङ्देन नेतृत्वको  राप्रपालाई पनि पार्टी विचार स्थापनाका लागि सडकमा आउन आह्वान गरेका थिए। दुवै नेताले पार्टी एकता पत्रमा हस्ताक्षर गरेका थिए।

काठमाडौं, १६ साउन । नेकपा एमालेका नेता बिष्णु रिजालले सुन तस्करीको सुई माओवादी तिरै घुम्ने बताएका छन् ।

 

सुन तस्करी प्रकरणको छानबिन गर्न सरकारले आनाकानी गरिरहेको बेला एमाले नेता रिजालले सो आरोप लगाएका हुन ।

 

‘सुन तस्करीको सुई जताबाट घुमाए पनि माओवादी नेताहरु तिरै सोझिएको छ । पक्राउ परेका चिनियाँ नागरिकको उनीहरुसँग फोन सम्पर्क, खानपिन, बस उठ, नातासम्बन्ध र मित्रताले नै कसका आडमा तिनले नेपालमा आएर यति ठूलो अपराध गरिरहेका रहेछन् भन्ने छर्लंग हुन्छ,’ उनले भनेका छन, ‘छानबिन गर्ने रनगर्ने सरकारको कुरा भयो–यति ठूलो तस्करीमा कसको संलग्नता छ भन्नेमा अब कुनै दुविधा रहेन । ’

 

उनले सरकारले छानबिनलाई प्रभाबित गर्ने काम पनि गरिरहेकोसमेत जनाएका छन । ‘अपराधको तहमा सरकारी निकायले गरिरहेका छानबिनलाई प्रभावित नगरी संसदीय छानबिन मात्र होइन, हिम्मत भए सरकारले न्यायिक आयोग गठन गरेर छानबिन गरोस्, सबै खुल्छ ।’

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।