२०८३ श्रावण ७
२०८३ श्रावण ७

 

काठमाडौं, २६ साउन ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले हिजो आफना पार्टीका सांसद सुनिल शर्मा पक्राउ गरे पछि सो पार्टीका नेताहरु भने सशंकित हुन पुगेका छन ।

 

पछिल्लो समयमा सुन तस्करी प्रकरणमा ‘कडा’ रुपमा प्रस्तुत हुदैँ आएका सांसद शर्मालाई झन्डै ३० बर्ष अघिको नक्कली सर्टिफिेकट प्रकरणमा हाल पक्राउ गरे पछि सत्तारुढ कांग्रेसका नेताहरु नै सशंकित हुन पुगेका हुन् ।

 

कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले सो पक्राउ प्रकरणलाई लिएर ‘सुन तस्कर’हरुलाई प्रोत्साहन गरेको त होइन ? भन्ने आशंका ब्यक्त गरेका छन ।

 

‘भारतको बीडीबीकेएस कलेज बाट १९९६ मा आईएस्सी उत्तीर्ण गरेको प्रमाण–पत्र बारे  को छानबिन  ‘अपरेशन क्वाक’ ले  ७ वर्ष अघि नै अनुसन्धान सुरु गर्यो  र छाड्यो,ण् त्यही केस हाल आएर सिआईवि  ‘फोक्सट्रोट चार्ली’ अपरेसनले माननीय सुनिल शर्मालाई पक्राउ गरेको छ,’ केसीले सामाजिक सञ्जालमा भनेका छन, ‘संसदमा सुन तस्करी काण्ड विरुद्ध सशक्त आवाज उठाउँदै अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा मागकै कारण यो प्रकरण  पुनः युद्धस्तरमा ताते को हो ? या संयोग मात्र हो ? यो गम्भीर र आम चासोको विषय बनेको छ।’

 

काठमाडौं, २६ साउन ।

एक माओवादी नेताले गौर हत्याकाण्ड पीडितसँग हालै भएको सम्झौता गलत भएको बताएका छन्  ।

 

नेकपा माओवादी केन्द्रका नेता रामकुमार शर्माले उक्त सम्झौता गलत भएको भन्दै पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफनो गल्ति सच्चाउन आग्रहसमेत गरेका छन् ।

 

‘नेपाल सरकार र मधेसी जनअधिकार फोरम नेपाल विच  २०६४ भदौं १३ मा भएको २२ बुँदे सम्झौताको बुद्धा नं ३ र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र नेपाल सरकार विच भएको ८ बुँदे सम्झौताको बुँदा नं ७ मा स्पष्ट रूपमा  भनिएको छ, मधेस आन्दोलनका शिलशिलामा फोरमका नेता तथा कार्यकर्ता माथि लगाएका मुद्दाहरु खारेज गर्ने छ,’ उनले भनेका छन, ‘तसर्थ गृह मन्त्रालयले रूप सागर देवी उपाध्यायसँग २०८० साउन २३ गते गरेको ५ बुँदे सम्झौताको १ नं बुँदा मधेसी जन अधिकार फोरम र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सँग गरिएको सम्झौताको विपरीत रहेको छ।’

 

तत्कालिन मधेसी जनअधिकार फोरमका महासचिवसमेत रहेका माओवादी नेता शर्माले उक्त समुहसँग सहमति गरेर गल्ति गरेकोसमेत बताउँदै सो गल्ति सच्चाउन आग्रहसमेत गरेका छन । ‘साथै  गृह मन्त्रालयको यस प्रकारको सम्झौताले सरकारमा रहेको गठबन्धन दललाई समेत उत्तेजित गर्ने कार्य गरेको छ। तसर्थ नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गल्तीलाई सच्याएर जसपा अध्यक्ष उपेन्द्र यादवलाई विश्वासमा लिन गम्भीर ध्यानआकर्षण गर्दछु,’ उनले भनेका छन् ।

 

आज भन्दा १७ बर्ष अघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालिन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ता बिच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए । बिभत्स तरिकाले २७ जना मारिएको उक्त घटनाका बारेमा हालै सरकारले छानबिन बढाउने औपचारिक सहमति गरे मुख्यतः उपेन्द्र यादव सशंकित भएका छन् । शर्मा भने साे घटना हुदाँ फाेरमका महासचिव थिए ।

 

काठमाडौं, २६ साउन ।

गौर हत्याकाण्डका बारेमा जनता समाजवादी पार्टी नेपालले आज आफनो धारणा सार्बजनिक गर्ने भएको छ ।

 

सरकारले गौर हत्याकाण्ड पीडितसँग छानबिन गर्ने सम्झौता गरे पछि सरकारसँग सशंकित रहेको जसपा नेपालले उक्त घटनाका बारेमा आफनो धारणा सार्बजनिक गर्न लागेको हो ।

 

त्यसका लागि दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछ । ‘आज दिउँसो २ बजे गौर हत्याकाण्डलगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा पार्टीको धारणा सार्बजनिक गर्दैछौं,’ प्रवक्ता मनिष सुमनले भने ।

 

सरकारले गौर हत्याकाण्ड पीडितसँग उक्त घटनाका बारेमा छानबिन गर्ने प्रतिवद्धता हालै जनाएको थियो । पुष्पकमल दाहाल नेतृत्वको सरकारले उक्त घटनाका बारेमा छानबिन गर्ने प्रक्रिया अघि बढाउने लिखित प्रतिबद्दता जनाएपछि मुख्यतः जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीका नेताहरु, गठबन्धनमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहालसँग चासो ब्यक्त गरेका थिए ।

 

आज भन्दा १७ बर्ष अघि रौतहटको गौरस्थित, राइस मिल मैदानमा तत्कालिन नेकपा माओवादी र यादवले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम, नेपालका कार्यकर्ता बिच भएको झडपमा २७ जना माओवादी कार्यकर्ता मारिएका थिए ।

 

बिभत्स तरिकाले २७ जना मारिएको उक्त घटनाका बारेमा हालै सरकारले छानबिन बढाउने औपचारिक सहमति गरे मुख्यतः उपेन्द्र यादव सशंकित भएका छन् ।

 

काठमाडौँ, २५ साउन ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को एक टोलीले बुधबार परराष्ट्रमन्त्री एनपी साउदसँग सिंहदरबारमा भेटवार्ता गरेको छ ।

 

उपाध्यक्ष आरके शर्मासहितको टोलीले भेटका क्रममा इराकमा रहेका नेपालीको समस्या समाधानका साथै एनआरएनएसँग सम्बन्धित विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएको बताइएको छ । इराकमा कार्यरत झण्डै ४०० जना नेपालीको पासपोर्टको म्याद सकिन लागेकाले पासपोर्ट नवीकरणका लागि सहजीकरण गर्न मन्त्रीलाई ध्यानाकर्षण गराएएको उपाध्यक्ष शर्माले जानकारी दिए ।

 

यस्तै लामो समयदेखि इराकमा रोजगारी गर्नेहरुलाई पुनः श्रमस्वीकृति दिनका लागि व्यवस्था मिलाउन पनि अनुरोध गरिएको उनको भनाइ छ । ‘यो कुरामा उहाँ सकारात्मक हुनुहुन्छ’, शर्माले भने, ‘मध्यपूर्वका दूतावासको घुम्ती टोली वा परराष्ट्रमार्फत नै विशेष व्यवस्था मिलाएर समस्या समाधान गर्न ध्यानाकर्षण गराएका छौँ ।’ यो समस्या समाधानमा सरकारले आवश्यक सहजीकरण गरेको खण्डमा इराकमा कार्यरत २० हजार नेपाली लाभान्वित हुने शर्माको भनाइ छ ।

 

अहिले सरकारले इराक नखुलाएकाले दलालको सेटिङमा ठूलो रकम खर्चेर नेपालीहरु इराक पुग्ने गरेका छन् । सो क्रममा मन्त्री साउदले इराक रोजगारीका लागि खुलाउने वातावरण भए–नभएकोबारे पनि जिज्ञासा राखेका थिए । तर, एनआरएनएको टोलीले तत्कालका लागि पुनः श्रमस्वीकृति र पासपोर्ट नवीकरणको समस्या समाधान गर्न आग्रह गर्दै पछि आवश्यकता हेरर निर्णय गर्न सकिने जवाफ दिएको थियो । सो क्रममा माल्टा र पोर्चुगलमा दूतावास राख्न पनि अनुरोध गरिएको शर्माले बताए ।

 

यस्तै मध्यपूर्वसहित नेपाली श्रमिक भएका मुलुकमा उनीहरुलाई सहज हुने गरी दूतावासहरुमार्फत सेवा प्रवास गर्न पनि ध्यानाकर्षण गराइएको थियो । भेटका क्रममा गैरआवासीय नागरिकता छिटो दिने वातावरण मिलाउन पनि टोलीले परराष्ट्रमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराएको थियो ।

 

यसैबीच टोलीले बुधबार नै श्रम सचिवसँग पनि छलफल गरेको छ । सो क्रममा श्रमिकका हितका विषयमा नीति निर्माणका सवालमा ध्यानाकर्षण गराइएको बताइएको छ । उक्त भेटमा एनआरएनए आईसिसि उपाध्यक्ष शर्मा,उपाध्यक्ष नरेन्द्र भाट,पुर्व उपाध्यक्ष टिबि कार्की,युरोप संयोजक सन्तोष भट्टराई,एनआरएनए कम्बोडियाका अध्यक्ष लालसिंह खड्कालगाएतको उपस्थिति रहेको थियो ।

 

काठमाडौं, २६ साउन ।

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

नयाँ बानेश्वरस्थित् सघीय संसद भवनको ल्होत्से बैठक कक्षमा बस्न लागेको उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर गरेको संसद अबरोध देखी हिजो मात्रै पक्राउ परेका पार्टीका सांसद सुनिल शर्मालगायत समसमायिक राजनीतिक बिषयमा छलफल गरिनेछ ।

काठमाडौं, २६ साउन ।

प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।

 

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।

 

संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।

 

उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।

 

साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।

 

उता, बिषयगत समितिको सदस्य हेरफेर देखी १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली बाचन गरेर सुनाइनेछ ।

 

काठमाडौं, २४ साउन ।

२८ जनाको ज्यान जाने गरी भएको गौर हत्याकाण्डको १७ वर्षपछि छानबिन गर्ने सहमति भएपछि सत्ता गठबन्धनमा असन्तुष्टि बढेको छ । मंगलबार सरकार र गौर हत्याकाण्ड संघर्ष समितिबीच पाँच बुँदे सहमति भएपछि जसपालाई सरकार छाड्न दबाब बढेको छ । उसलाई सरकारबाट बाहिरिन र समर्थन नै फिर्ता लिन दबाब बढेको हो ।

७ चैत २०६३ मा रौतहटको गौरस्थित सुगर मिल्स मैदानमा तत्कालीन मधेसी जनअधिकार फोरम र नेकपा माओवादीबीच झडप हुँदा घटनास्थलमा २७ माओवादी कार्यकर्ता मारिएका थिए भने उपचारका क्रममा एकजनाको मृत्यु भएको थियो ।

आमसभाको कार्यक्रम एकैदिन एकै स्थानमा तोकिएपछि दुई पार्टीबिच झडप हुँदा सो हताहती भएको थियो । तर, अहिले माओवादी नेतृत्वको सरकारले समितिसँग घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्ने सहमति गरेर आफूविरुद्ध षड्यन्त्र गरेको जसपाको बुझाइ छ । यसबारे जसपाले पार्टीको आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।

तर, रौतहटबाट मधेश प्रदेशका पूर्वमन्त्री तथा जसपा नेता योगेन्द्रराय यादव नेतृत्वको टोली काठमाडौं आएर सरकारबाट बाहिरिन दबाब सृजना गरेको छ । यादवको टोलीले आफूविरुद्ध षड्यन्त्र भइरहेकाले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएर संघर्ष उत्रिन नेतृत्वलाई दबाब दिइरहेको छ । यसबारे अध्यक्ष उपेन्द्र यादवले सत्तासाझेदार कांग्रेस सभापति शेरबहादुर देउवालाई जानकारी गराइसकेका छन् भने देउवाले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जानकारी गराएका छन् ।

गौर घटना माओवादीको ज्यादतीको विरोध सर्वसाधारण व्यक्तिले गरेको प्रतिकार रहेको पूर्वमन्त्री योगेन्द्रराय यादवले बताएका छन् ।

प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर संघर्षमा उत्रिनुपर्ने भन्दै उनले भनेका छन्, ‘‘जसपाले प्रचण्डलाई दिएका समर्थन फिर्ता लिई संघर्ष गर्नुबाहेक अर्को कुनै विकल्प छैन । गौर घटना माओवादीका  ज्यादतीका विरोधमा सर्वसाधारणले गरेका प्रतिकार थियो। उपेन्द्र यादव र मधेशी नेताहरुलाई घेर्ने र सिध्याउने षडयन्त्रको भण्डाफोर गर्न सक्नुपर्छ ।’

 

काठमाडौं, २४ साउन ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सबै सरकारी निकायले मालिक हौं भन्ने नभइ जनताका सेवक हौं भन्ने भावले काम गर्नु पर्ने बताए।

रक्षा मन्त्रालयको आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समिक्षा एवं मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्वोधन गर्दै उपप्रधानमन्त्री खड्काले सरकारी निकायले अनावश्यक समय लिने, तथा फाइल अड्काएर राख्ने प्रवृति देखिएको भन्दै त्यसलाइ तत्काल अन्त्य गर्न निर्देशन दिए।

उपप्रधानमन्त्री खड्काले भने, ‘समय तालिका बनाउनुस्, कुन कामलाइ कति समय लाग्ने हो, जनताले देख्ने गरि सार्वजनिक जानकारी दिनुस् । सरकारी निकायमा काम गर्ने कार्यलय सहयोगि देखि मन्त्रीसम्म सबैले कुन काममा कति समय लाग्ने हो त्यो भन्नु पर्यो, तर ढिला सुस्ती गर्न पाइँदैन।’

कामका लागि निवेदन दर्ता देखि मन्त्रीको कार्यकक्षमा पुग्ननै हप्तौ दिन भन्दा बढी समय लाग्दा जनताले परिवर्तनको अनुभूति गर्न नसकेको भन्दै रक्षा मन्त्री समेत रहनु भएका उपप्रधानमन्त्री खड्काले राजनीतिक परिवर्तन भएर मात्र नपुग्ने भन्दै कार्यशैली तत्काल परिवर्तन गर्न मातहतका निकायलाइ निर्देशन दिए।

विकाश निर्माणका काम गर्न होस वा जनतालाइ दिनु पर्ने दैनिक सेवा प्रभाव संवन्धी विषय होस,  निर्णय प्रकृयामा निकै ठूलो परिवर्तन आवश्यक देखिएकाले अब समय तालिका बनाएरै काम गर्नु पर्ने र समयमा तोकिएको काम नगर्ने वा गर्न नसक्नेलाइ के गर्ने भन्ने विषयमा समेत निर्णयगर्न उच्च सरकारी अधिकारीहरूलाई निर्देशन दिए।

कुनै पनि सरकारी काममा ढिला सुस्ती नगर्न निर्देशन दिँदै खड्काले भने, ‘निर्णयमा अल्मल्याने, सकेसम्म ढिला गरेकोमा मजा मान्ने, सकेसम्म फाइल थन्काएर यसो एक दुइ पटक हात जोडेर मेरो काम ढिला हुन थाल्यो, मेरो काम गरिदिनुसन भनेको कुरामा रमाउने जुन प्रवृति छ यो मालिक प्रवृति हो। हामी मलिक होइन, जनताका सेवक हौं, सेवक भएर सेवा दिनुस्।’

 

काठमाडौं, २४ साउन ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघका दुई समूहबीच विवाद भएको छ।

संस्थापन र असन्तुष्ट समूहका दुई पक्षबीच नेविसंघको नयाँ समिती विस्तारको विषयलाई लिएर विवाद भएको हो।

दुवै समूह एकै पटक उत्रिएर नाराबाजी गर्दा अवस्था नियन्त्रणबाहिर जान नदिन प्रहरी परिचालनसमेत गरिएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार नेविसंघ केन्द्रीय समितिमा ७१० जनालाई मनोनीत गरेपछि विवाद बढेको छ

 

नेता कृष्ण सिटौलासहित असन्तुष्ट समूहले बुधबार दिउँसो सानेपामा प्रदर्शन गरेका थिए। उनीहरूले समानान्तर समिति गठन र विद्रोहसहिताका योजना लिएर सानेपामा नाराबाजी गरेका हुन्।

 

 

काठमाडौं, २४ साउन ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कलाको माध्यमबाट दुई भूगोल र समुदायलाई जोड्न सकिने  बताएका छन् । काठमाडौंमा बुधबार आयोजित नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको क्रस कन्ट्री आर्ट एक्जिबिसनको उद्घटान गर्दै उनलले कला र साहित्यले इतिहासदेखि वर्तमानसम्म नै फरक भूगोल र समुदायलाई जोड्दै आएको धारणा राखेका हुन्  ।

 

कला प्रर्दशनीमा राखिएका कलाकृतिहरु साँच्चिकै सुन्दर र जीवन्त रहेको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले देश र समाजको विविधता अनुसार नै कलाकृतिमा पनि विविधता रहेकको बताए ।

 

एक देशले अर्को देशलाई, एकजातिले वा समुदायले अर्को जाति वा समुदायलाई बुझ्न र बुझाउन तथा इतिहासलाई वर्तमानसँग सामिप्यता गराउन पनि कला प्रर्दशनीको महत्व रहेको भन्दै अध्यक्ष तिमिल्सिनाले जनता–जनताको बीचमा सामिप्यता बढाउन र आपसी सम्बन्ध विस्तार गर्न पनि प्रर्दशनीले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

नेपाल सेन्टर इन्टरनेशनलका संस्थापक निर्मलकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा आर्टस फर पिपल पोर्चुगलकी प्रमुख अन्ना अन्टुनेस, पोर्चुगलका लागि अवैतनिक राजदुत राजेन्द्र खेतान, नेपाल–जर्मन चेम्बर अफ कर्मसका सन्तोष कुवँर लगायतले कला प्रर्दशनीका बारेमा धारणा राखेका थिए ।

 

कार्यक्रममा नेपाल, पोर्चुगल, अर्जेन्टिना, बंगलादेश, पेरु र स्पेन गरि ६ देशका ११ जना कलाकारले तयार पारेका कलाकृतिहरु प्रर्दशनीमा राखिएको छ । प्रर्दशनी हुकुम दरबार कमलपोखरीमा ३ दिनसम्म चल्नेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।