२०८३ असार ३२
२०८३ असार ३२

रौतहट १ फागुन।
रौतहटको मौलापुर नगरपालिकामा  “फ्री बिजुली र फ्री पानी” कार्यक्रम जनता माझ लोकप्रिय बनेको छ। सोही कार्यक्रम अन्तर्गत नगरपालिका द्वारा मंगलबार विद्युत् महसुलबापत लाखौं बराबरको चेक हस्तन्तरण गरिएको छ।

सम्पूर्ण  नगरवासीको घरेलू तथा कृषि सिंचाई मिटरको महशुल बापतको ३१ लाख रुपैयाँको चेक मेयर रिना कुमारी साहले नेपाल बिद्युत प्राधिकरण मौलापुर शाखालाई हस्तान्तण गरेकी हुन्।  यस आर्थिक बर्षमा खर्च भएको बिद्युतको हालसम्मको महशुल मध्ये बक्यौता रकम ३१  लाख रुपैयाँको चेक मेयर साहले हस्तान्तण गरेको प्रमुख प्रसासकिय अधिकृत रामबाबू साहले बताएका छन्।

मौलापुर नगरपालिकाको मेयर पदमा दोस्रो पटक निर्वाचित रिना कुमारी साहको सक्रियतामा सञ्चालित उक्त कार्यक्रमले आम जनतामा ठुल्लो राहत एवं उत्साह प्रदान गरेको स्थानीयहरूले बताएका छन।मेयर साहकै सक्रियतामा नगरक्षेत्रमा निःशुल्क बिजुली पानीसँगै मालपोत शुल्क पनि नलाग्ने फ्री गरिएको छ।

त्यसैगरी समय समयमा किसानलाई बिभिन्न बालीको उन्नत बीउ समेत नगरपालिकाले निःशुल्क वितरण गर्दै आएको छ। पूर्व मन्त्री तथा आमजनता पार्टीका अध्यक्ष प्रभु साहकी धर्मपत्नी रिना कुमारी साह मौलापुरमा दोस्रो पटक मेयर बनेकी हुन। पहिलो पटक २०७४ को स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रको टिकटबाट र दोस्रो पटक गत निर्वाचनमा नेकपा एमालेको टिकटबाट मेयर पदमा विजयी भएकी थिइन्।  न्युज कारखाना

काठमाडौँ, १ फागुन ।

नेकपा माओवादी केन्द्र अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धमा योगदान गर्ने सम्पूर्ण परिवर्तनका पक्षधरलाई एकताबद्ध हुन अपिल गरेका छन् ।  माओवादी केन्द्रले आयोजना गरेको २९ औँ जनयुद्ध दिवसको आज यहाँ उद्घाटपछि शुभकामना व्यक्त गर्दै परिवर्तनका लागि बलिदान गर्ने योद्धाहरुलाई आरोपित गर्ने अधिकार कसै पनि अधिकार नभएको उल्लेख गरेका हुन् ।

 

सबै क्रान्तिकारी एकताबद्ध हुने राम्रो अवसर भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “एकै मोर्चा र केन्द्रमा एकता बद्ध गर्न आग्रह गर्दछु । ढिलो नगरी आनुहोस् बसौं, समीक्षा गरौं । नयाँ लहर सिर्जना गरौँ । माओवादी युद्धका सहयात्रीहरु आउनुहोस् । यो मोर्चालाई एकताबद्ध गरौँ ।”

 

सामाजिक न्याय र सुशान कायम गरेर अगाडि बढ्ने अवसर भएको बताउँदै अध्यक्ष प्रचण्डले संकल्प गर्ने यस दिनमा सबै एकताबद्ध हुन अपिल गर्नुभयो । जनयुद्ध नेपालको इतिहासको दूरगामी महत्त्वको रहेको र आगामी दिनमा पनि रहने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले नेपालमा जनयुद्ध सम्भव छ भन्ने निष्कर्षसहित आफूहरु अगाडि बढेको र सोहीअनुसार जनताले अभियानमा सहयोग प्रदान गरेको स्मरण गरे ।

 

जनयुद्धको दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै पार्टीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवस मनाउन बिदा दिएको भए पनि अदालतको निर्णयलाई स्वीकार गर्नुपरेको बताउनुभयो । सरकारले बिदा नदिए पनि क्रान्तिकारीहरुले यस बिदालाई भब्यरुपमा मनाउने बताउँदै यस दिनलाई उच्च सम्मान गर्नुपर्ने बताए ।

 

“नेपालमा ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णयक भूमिका कमरेड प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन,” उपाध्यक्ष श्रेष्ठले भने, “शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ, उहाँ दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।”

 

संघीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवाद उन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताए । समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धीको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताए ।न्युज कारखाना

 

काठमाडौं, १ फागुन ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाकाजी श्रेष्ठले सरकारले बिदा नदिए पनि धुमधामका साथ जनयुद्ध दिवस मनाउन अपिल गरेका छन्।

 

काठमाडाैँमा आयाेजित कार्यक्रममा बाेल्दै गृहमन्त्री श्रेष्ठले फागुन १ अर्थात् जनयुद्ध दिवस क्रान्तिकारीहरुकाे महान दिन भएकाे बताउँदै यसलाई उत्साहपूर्वक मनाउन अपिल गरेका हुन्।

 

‘सरकारले औपचारिक रुपमा बिदा दिओस् नदिओस् आजकाे दिन एतिहासिक जनयुद्ध दिवस हाे र क्रान्तिकारीहरुले, नेपाली जनताले यसलाई मनाउँछन्, मनाइरहेका छन्’, गृहमन्त्री श्रेष्ठले भने, ‘र, आज हामीले त्यसकारण पनि याे मनाइरहेका छाैँ।’

 

उनले सर्वाेच्च अदालतले जनयुद्ध दिवस मनाउन सरकारले दिएकाे बिदालाई राेक लगाए पनि फेरि सरकारले अर्काे निर्णयबाट राष्ट्रिय उत्सवकाे रुपमा जनयुद्ध मनाउने व्यवस्था गर्ने बताएका छन्।न्युज कारखाना

सिरहा, १ फागुन।

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले आइतबार पालिकामा भएको तोडफोडमा संलग्नहरुलाई तत्काल कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरेका छन् । पालिकामा तोडफोड घटनाभएको २४ घण्टा वितिसक्दा पनि स्थानीय प्रशासनको मौनताले आफूहरु सश‌कित भएको भन्दै उनीहरुलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्ने आज पत्रकार सम्मेलन गरी माग गरेको हो।


मेयर यादवले विना कारण गुण्डा शैलिमा प्रशासनकै अगाडि पालिकामा भएको ढुङ्गामुडाको घटनामा संलग्नहरुलाई कानुनी दायरामा ल्याउन आफ्नो तर्फबाट सबैखालको प्रयास भइरहेको बताए। उनले भने, ‘हामी यसप्रकारको गुण्डाशैलीको घोर भर्त्सना गर्दछौं। घटनामा संलग्नहरुलाई कानुनी कार्वाहीमा ल्याउन माग पनि गर्दछौं। तर, स्थानीय प्रहरीको व्यवहारले हामीलाई ससंकित बनाएको छ।’


श‌ंकाकै बिच पनि हामीले न्यायको आशा गरेको मेयर यादवले बताए। उनले भने, ‘हामीले प्रहरीलाई श‌ंकाको बावजुत प्रहरीको अनुसन्धान प्रभावित पार्ने पक्षमा छैनौं। उहाँहरु आफैँ पनि घाइते हुनु भएको छ। दोषीमाथि कारबाही हुनेमा हामी विश्वस्त छौं।’


मिर्चैया नगरपालिका ३ का खगेश्वर गोहिवार यादवससहित ३०/४० जनाको समूहमा आएका उछृङ्खल समूहले अन्धाधुन्ध ढुङ्गामुडा प्रहरगरी कार्यलयमा क्षति पुर्‍याएको नगरपालिकाले जनाएको छ। गोहीवार वडा अध्यक्ष पवित्रि देवी यादवको श्रीमान हुन्।


गोहिवारले यस अघिदेखि नै वडा कार्यालयमा कार्यरत कर्मचारी, स्वास्थ्य चौकीका कर्मचारी र शिक्षकहरुलाई दुव्यवहार र गालीगलौज गर्ने गरेको आरोप छ।  उनले वडा कार्यालयका सबै कागजातहरु कब्जामा लिएको र काम गर्ने वातावरण समेत खलबल्याएको कर्मचारीहरुले पत्रकार सम्मेलनमा बताए।


पत्रकार सम्मेलनमा सम्पूर्ण विभागीय शाखा प्रमु,  विद्यालयका प्रधानाध्यापक र स्वास्थ्य चौकीका प्रमुखहरुको उपस्थिति रहेको थियो। उनीहरुले यस्ताखालका घटना तत्काल रोक्न सम्बन्धित निकायसँग अपिल गरे।न्युज कारखाना

काठमाडौँ, १ फागुन।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन् ।

 

मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन ।न्युज कारखाना

भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु। लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ। तपाईहरूको सुझाव पनि म हेर्छु। यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो।’न्युज कारखाना

काठमाडौं, १ फागुन ।

मेडिकल ब्यावसायी दुर्गा प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ ।

 

राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिबिधि गर्दै आएका प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुन लागेको हो ।

 

राजाबादी र हिन्दुबादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाइ राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।

 

पुर्व राजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाइले प्रचार गरे पनि उनी भने नआउने भएका छन् । साता दिनका लागि चीतवन गएका पुर्व राजा नभए पनि प्रसाइको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागिएको हो । न्युज कारखाना

गरुडा, २९ माघ ।

नयाँ नेतृत्वको लागि भएको नेकपा एमाले रौतहटको अधिवेशनबाट अध्यक्षमा सचिदानन्द साह निर्वाचित भएका छन्।

साह १९३ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकिटम प्रतिद्वन्दी अखिलेश्वर चौधरी १७५ मतमात्र ल्याउन सके।

यस्तै उपाध्यक्ष पदमा रुपेश कुमार पटेल निर्वाचित भएका छन्।

उपाध्यक्ष पदमा ६ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। पटेलका निकटम प्रतिद्वन्दी सुरेश राई यादवले ८९ मत ल्याएर पराजित भए। मनिलाल सहनीले ४४, चन्दन कुमार कुशवाहाले ३७, उपेन्द्र राई यादवले ३१, राम अशिष साह तेलीले १२ मत प्राप्त गरे।

यस्तै सचिव पदमा बाबुराम दाहाल निर्वाचित भएका छन्। दाहाल २०२ मत ल्याएर सचिव पदमा निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्दी शिवप्रसाद आचार्य १४७ मत ल्याए।

यस्तै उपसचिव पदमा अवधेशकुमार यादव निर्वाचित भएका छन्। उपसचिव पदमा पाँच जनाको उम्मेदवारी रहेको थियो।

यादव १२९ मत ल्याएर निर्वाचित हुँदा उनका निकटम प्रतिद्वन्दी अशोक कुमार पहाडीले ७५ मत प्राप्त गरे। फेजल अहमद ६८ मत, कमलेश कुमार मिश्र ३७ मत र सोविन्द्र चौधरी ३३ मतमात्र ल्याए।

एमाले रौतहटको दशौं जिल्ला अधिवेशनमा सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट नयाँ नेतृत्व चयन भएको हो।

सोमबार पार्टी कार्यालय गरुडामा बिहान १० बजेबाट दिउँसो २ बजेसम्म मतदान भएको थियो। निर्वाचनमा कुल ४ सय २६ मतदाता मध्ये ३९१ मतमात्र खसेको थियो।

काठमाडौं, १ फागुन । सर्वोच्च अदालतको आदेश बिपरित माओवादी केन्द्रले बिजयी हासिल गरेका स्थानिय तहमा  ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ ।

कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यान देखी बाग्मती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानिय तहले फागुन १ गतेको ‘जनयुद्द दिवस’मा बिदा दिएका हुन ।

 

कालिकोटको पलाता गाउँपालिका, महाबै गाउँपालिका, पचाल झरना गाउँपालिका र रास्कोट नगरपालिका तथा हुम्लाका ताँजाकोट गाउँपालिका र सिमकोट

 

साथै, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका र लिसंखु पाखर गाउँपालिका पनि अदालतको आदेश लत्याउँदै फागुन १ गते सार्वजनिक बिदा दिएका छन् ।

काठमाडौं, १ फागुन ।

नेकपा माओवादी केन्द्रको बिधान सम्मेलन आजबाट सुरू हुदैँछ ।

 

नेपाल प्रज्ञा भवन, कमलादीमा उक्त अधिवेसन सुरू हुनेछ । अधिवेसन बिहान ११ बजे देखी बोलाइएको छ ।

 

जम्बो केन्द्रिय समिति निर्माण गरेको माओवादीले बिधान अधिवेसनबाट १ सय ९९ सदस्सीय केन्द्रिय समिति बनाउने प्रस्ताव पेश गर्दैछ । गत शनिवार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिएको थियो ।

 

जसअनुसार आजबाट सुरू हुने बिधान अधिवेसनमा १ सय ९९ सदस्सीय केन्द्रिय समितिको प्रस्ताव हुन लागेको हो ।

 

गत आइतवार र सोमवार सम्पन्न केन्द्रिय कमिटीको बैठकमा केही समय अघि माओवादीले सञ्चालन गरेको रूपान्तरण अभियानका बारेमा समिक्षा गरेको थियो । सो अभियानले माओवादीलाइ थप बलियो बनाएको जनाउँदै केन्द्रिय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनले पार्टीलाइ घाटा भएको जनाउँदै पुनर्बिचार गर्नु पर्नेमा जोड गरेका थिए ।

 

पार्टी अध्यक्ष प्रचण्डको सो प्रस्तावका बारेमा पनि बिधान सम्मेलनमा समिक्षा हुने जनाइएको छ ।न्युज कारखाना

रौतहट २९ माघ । 

स्थानिय फतुवा विजयपुर नगरपालिकामा भ्रष्टाचार बढेको भन्दै आम जनता पार्टीका नगर अध्यक्ष बिजय यादवले १० बुदेँ ज्ञापनपत्र बुझाएका छन्।

मेयर प्रत्याशी समेत रहेका यादवले मेयर अम्ब्या खातुन र प्रमूख प्रशासकिय अधिकृत उपसचिव सुरेन्द्र प्रधान लाई सोमवार १० बुँदे ज्ञापन पत्र बुझाएका हुन्।

‘देशमा आर्थिक मन्दीका कारण आम जनताको जनजिवन कष्टकर बन्दै गएको र आर्थिक संकटबाट सबै भन्दा बढी हाम्रो नगरपालिका प्रभावित भएकोछ । यस नगरपालिकामा आर्थिक उत्पादनको श्रोत साधन सिमित रहेको, परम्परागत खेतीप्रणलीमा आश्रित कृषि रहेको, व्यापार व्यवसाय सुक्दै गएको, बेरोजगार गुणात्मक ढंगले बढिरहेको तथा मजदूरहरु बाधयभएर कष्टकर बैदेशिक रोजगारबाट जिवनयापन गर्नु परेको अवस्था छ । यस्तो संकटपूर्ण अवस्थामा जनता माथी अनावश्यक करको भार थुपार्ने र जनताको खुन पसिनाबाट निर्माण भएको सरकारी बजेटलाई केही मुठ्ठीभर निर्वाचित जनप्रतिनिधिहरु आफु खुशी भागवण्डा गरि चाटने कार्यले नगरको बिकास सम्भव छैन ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

जनताको पिरमार्कामा राज्यको विभिन्न निकाय र तहहरुद्वारा सहयोग गर्नुको सट्टा आज कर आतंक खडा गरिएकोछ । जनताको आमदानीमा कर लिने तर उत्पादन नोक्सान हुदाँ वा घाटामा पर्दा हेर्न समेत नआउने उल्टै समयमा कर नतिर्दा सजायको भागीदार बनाउने जस्ता जनबिरोधी कार्य खुलेआम भईरहेकोछ । यो नगरपालिकाले समेत जन्मिदा देखि मर्दा सम्म अर्थात जन्मदर्ता देखि मृत्युदर्तासम्म समेत कर लगाउने, कर संकलन तथा सदुपयोग नगर्ने, आन्तरिक राजस्वलाई समेत पारदर्शी नबनाउने जस्ता कार्य गरिरहेको उल्लेख गरिएकाे छ ।

 

यस्ता गलत कार्यहरु पुनः हुन न दिन र जनताका अधारभूत समस्या समयमा समाधान गर्न तथा यस नगरपालिका प्रति आम जनताको विश्वसनियता अभिवृद्धि गर्न निम्न मागहरु सहित यो ज्ञापन पत्र पेश गरेका छौं मेयर प्रत्याशी बिजय यादवले भने।

 

‘नगरपालिकाले शून्य कर नीति लागू गरोस अर्थात् जनताबाट उठाउने प्रत्येक कर माफ होस् ।नगरपालिकामा बसोवास गर्ने सम्पूर्ण जनताको बिजुली र पानी महशुल फ्रि होस् । यस नगरपालिकामा भइरहेको सम्पूर्ण भागवण्डा बन्द होस् । उपभोक्तालाई नेपाल विद्युत प्राधिकरणले नगरपालिकाले समयमा पैसा न तिर्दा आम नागरिकको लाईनको समस्या समधान गरियोस। सेप्टी टयानकी सरसफाई निःशुल्क होस, मालपोतको कर निःशुल्क होस, शिक्षक, कर्मचारी र समाजिक सुरक्षा भता वितरण कार्य समयमा गरियोस, नगर भरीको सम्पूर्ण सुकुम्बासीको समस्या चाडै समधान गरियोस,नगर भरीका सम्पूर्ण अस्पतालमा औषधी आपृती गरियोस,सिँचाइको ब्यवस्था प्रत्येक वडामा अनिवार्य हुनुपर्ने , हाम्रा मागहरु प्रति बेवस्ता गरिएमा हामी चरणबद्ध आन्दोलनमा जान बाध्य हुनेछौ,’ ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

 

उक्त अवसरमा मेयर प्रत्यासी विजय यादवसँगै आजपा स्थायी कमिटी सदस्य पूर्व उपमेयर कान्त्ती देबी महतो, प्रदिप पटेल, केन्द्रीय सदस्य ब्रहृमानरायण यादव, रामासंकर पासवान, सहेन्द्र साह, रामशरण यादव, मुकेश साह महिला नेतृ सुनिता महतो लगायतका उपस्थीती रहेको थियो।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।