२०८३ असार ३०
२०८३ असार ३०

काठमाडौँ ।

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता पोष्टबहादुर बोगटीको पार्टीमा सधै अभाव महशुस हुने गरेको बताएका छन् ।

शनिबार बिहान पेरिसडाँडामा पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको आठौँ वार्षिक साधारण सभा तथा स्मृति दिवसमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘पोष्टबहादुर बोगटी एक जना इमान्दार नेता हुनुहुन्थ्यो, यहाँको सम्पूर्ण जीवन त्याग र निष्ठाले भरिपूर्ण छ। उहाँ एक जना सहयोगी भावनाको, आफ्नो जिम्मेवारीप्रति प्रतिवद्ध, सक्षम र समन्वयकारी नेता हुनुहुन्थ्यो ।’

बोगटीको निधनपछि पार्टीमा समन्वयको अभाव महशुस हुने गरेको प्रधानमन्त्रीले स्मरण गरे । उनले भने, ‘अप्ठ्यारो परेको बेला उहाँले समन्वय गर्नुहुन्थ्यो। पार्टीमा उहाँको अभाव खड्किरहन्छ ।’न्युज कारखाना

काठमाडौं, २४ चैत ।

अभियन्ता सुमन सायमीसँग मिलेर तराइ मधेस केन्द्रित नेता राजेन्द्र महतोले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् ।

 

नेवाः राष्ट्रिय परिषदका संयोजक सायमी र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको संयुक्त आयोजनामा काठमाडौंमा आन्दोलन गर्ने भएका हुन ।

 

आज हुने काठमाडौं केन्द्रित आन्दोलनमा बसन्तपुरवाट सुरू भइ खुल्ला मञ्चमा समापन हुदैँछ ।   न्युज कारखाना

काठमाडौं, २४ चैत।

आम जनता पार्टी (आजपा) ले दलतन्त्र र भ्रष्टाचारको विरुद्धमा आज शनिबार काठमाडौंमा जनप्रदर्शन गर्दैछ ।

जनआन्दोलन दिवसको अवसरमा हुने सो प्रदर्शनमा दशौं हजारको सहभागिता हुने बताइएको छ । जनप्रदर्शन पश्चात काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने सभालाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

 

आजपा उपमहासचिव चन्द्रभुषण साहका अनुसार देशमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, लुटतन्त्रको बिरुद्धमा जनप्रदर्शन हुन लागेको हो । देशमा व्यापक रुपमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितताको अन्त्य नभएसम्म बिकास सम्भव नभएको बताउँदै उनले दलिय भ्रष्टाचारले देशको आर्थिक अवस्था कमजोर भएको बताए ।

आजपा स्थायी कमिटीका सदस्य रविन्द्र सिंहका अनुसार दलतन्त्रको ठेकेदारहरुलाई खबरदारी गर्न, जनआन्दोलनका मुद्धाहरुको रक्ष ागर्न, देशलाई बर्बाद गर्ने नेताहरुबाट जवाफ माग्न, जनतालाई धोखा दिने गद्धारहरुलाई दण्डित गर्न, देशलाई आर्थिक संकटबाट बचाउँन, काण्डैकाण्डका नाइकेहरुलाई कारवाही गराउँन दबाब दिने उदेश्यले जनप्रदर्शन गर्न लागिएको हो ।

 

यसैगरी देश लुटेर विदेश लानेहरुको सम्पती जफत गराउँन, खुद्धा व्यापारी, कवाड तथा गार्मेन्ट व्यवसायीहरुको रक्षा गर्न, लघुवित तथा बैंकहरुको मनोमानी बन्द गर्न, सहकारी पीडितहरुलाई न्याय दिलाउँन, सरकारी बजेटको भागबण्डा बन्द गर्न, घुस कमिशन तथा भ्रष्टाचार रोक्न, मनपरी कर तथा महंगाई नियन्त्रण गर्न, भन्सार कानूनको ४५ प्रतिशत लुटकारी प्रावधान खारेज गर्न, सुकुम्बासी एवं गरिबलाई आवास तथा रोजगारीको व्यवस्था गर्न, युवाहरुलाई स्वदेशमै रोजगारी दिलाउँन आजपाले जनप्रदर्शन गर्न लागेको आईटी आर्मीका केन्द्रीय सदस्य रामसरण यादवले  बताए ।

यसैगरी बैदेशिक रोजगारका ठगहरुलाई कारवाही गराउन, दलित तथा अल्पसंख्यकमाथिको विभेद अन्त्य गर्न, महिलालाई राज्यको हरेक अंक र क्षेत्रमा ५१ प्रतिशत अधिकार सुनिश्चित गराउन, अधिकार र पहिचानको मुद्धाहरु स्थापित गर्न, किसानलाई पेन्सन र मजदुरलाई सामाजिक सुरक्षा दिलाउँन, देशको निराश जनतालाई उत्साहित गर्ने उदेश्यले जनप्रदर्शनको आयोजना गरिएको आजपाले जनाएको छ ।न्युज कारखाना

चितवन ।

रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रबार भएको  थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । खामले अदालतमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।

व्यापारी श्रेष्ठको २०६५ सालको बैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो ।

शिविरभित्रै श्रेष्ठको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमाण्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गंगाबहादुर थापा लगायतविरुद्ध जाहेरी दिएकी थिइन् । यो मुद्दामा बटला आफैँ प्रहरीमा उपस्थित भएर ६८ सालमा तीन वर्षकाे कैद सजाय पाए पनि अरू कोही पक्राउ परेका थिएनन् । खामलाई गत मंगलबार प्रहरीले काठमाडौँको ठमेलमा पक्राउ परेका थिए ।न्युज कारखाना

काठमाडौँ ।

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले इलाम-२ को उपनिर्वाचनमा पहिचानवादी उम्मेदवार डेकेन्द्र सिंह थेगिमलाई समर्थन गर्न भएको छ ।

नेपाल समाजवादी पार्टीका प्रवक्ता कृष्ण शर्माले एक विज्ञप्ति जारी गर्दै इलाम-२ मा थेगिमलाई समर्थन गर्ने जानकारी दिएका हुन् । थेगिमलाई जसपा नेपालले पनि समर्थन गरेको छ ।न्युज कारखाना

धनगढी ।

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख नजिर मियाँले  संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनको दावी पेश गर्न आह्वान गरेका हुन् । उनले दलहरूलाई वैशाख २ गतेसम्मको समय दिएका छन् ।

केन्द्रको सत्ता समीकरण फेरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहीले विश्वासको मत नपाउने भएपछि बिहीबार राजीनामा दिएका थिए ।न्युज कारखाना

दाङ, २३ चैत ।

लुम्बिनिको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन् ।

 

नेपालको संबिधानको धारा १६८ उपधारा २ बमोजिम उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको प्रदेश प्रमुख अमिक शेरचनले जानकारी दिए ।न्युज कारखाना

रौतहट २३ चैत।

भारतीय सिमाना संग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान ग्याँस लिक भएर एक घरमा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ।

 

स्थानिय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएर लाखौंको क्षती भएको हो। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छन्।

आगलागि बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी  छ लाख ५० हजार  बराबरको सरसमान पुर्ण रुपमा जलि नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकि छन।, स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा  बिहान ९ बजेको समयमा आगलागी पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गर्मियाम संगै हावाहुरी चल्न सुरुभए यता रौतहटमा आगलागी बाट झण्डै १ दर्जन घर जलेर लाखौं लाखको क्षती भएको प्रहरीले जनाएको छ।

न्युज कारखाना

गोरखा, २३ चैत ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेटमा जनताले परिवर्तन एवं विकासको महसुस गर्ने बताएका छन ।

 

नेकपा (माओवादी केन्द्र) जिल्ला पार्टीले आज गोरखामा आयोजना गरेको कार्यकर्ता भेटघाट एवं प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष २०८१/८२ मा विकास र निर्माणका क्षेत्रमा प्रभावकारी आयोजना लिएर आउने बताएका हुन् ।

आगामी आर्थिक वर्षको बजेट विगत आर्थिक वर्षको जस्तो नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले अध्यादेशमार्फत ऐन संशोधन गरेर जनताको सुझावलाई समेटेर नीति तथा कार्यक्रम निर्माण भइरहेको स्पष्टसमेत पारेका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणबारे जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले परिणाम दिने आयोजनालाई मात्र बजेटको व्यवस्था गरिने स्पष्ट पारे ।

 

“गोरखा जिल्लाको जनप्रतिनिधिको हैसियतले गोरखाको सडक पूर्वाधारमा मेरो ध्यान जानेछ”, प्रधानमन्त्री प्रचण्डले भने,  “जलविद्युत, जडीबुटी र एवं अन्य पूर्वाधार क्षेत्रमा विशेष ध्यान दिनेछु यो पटक जनताले बुझ्नेगरी बजेट बिनियोजन हुनेछ ।”

 

“आगामी आर्थिक वर्षमा देशभर सुशासन एवं सामाजिक न्यायका पक्षमा महत्त्वपूर्ण काम भएका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ।”

 

माओवादीले मात्र सामाजिक न्यायको क्षेत्रमा लाखौं मिटर ब्याजबाट पीडितलाई न्याय दिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यही सरकारले मात्र विदेशमा रहेका श्रमिक एवं देशभित्रका न्यून आयभएका श्रमिकलाई सामाजिक सुरक्षामा सामावेश गराएकोसमेत दाबी गरेका छन् ।

 

गोरखा जिल्ला जनयुद्धको समयमा पनि अग्रणी भूमिका रहेको उल्लेख गर्दै उहाँले विकास निर्माण र सामाजिक न्यायको विषयमा जनताले गरेको अपेक्षालाई सम्बोधन गर्ने विश्वास ब्यक्त गरेका छन ।

 

गत वर्ष बजेट तथा नीति तथा कार्यक्रममा जनताको चाहनाअनुसार गर्न नसकिएको उल्लेख गर्दै प्रधानन्त्री प्रचण्डले गत आवमा परम्परागत बजेट निर्माण भयो र त्यसले अपेक्षित उपलब्धी हासिल गर्न नसकिएको बताए ।न्युज कारखाना

काठमाडौं, २३ चैत ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले आफ्नो १२ औँ महाधिवेशन गर्ने भएको छ ।

 

आगामी २०८१  पुस मसान्तभित्र १२ औं महाधिवेसन सम्पन्न गर्ने निर्णय गरेको हो ।

हालै सम्पन्न केन्द्रीय समितिको बैठकले १२ औँ महाधिवेशनको मिति तोकेको हो ।

 

नेविसंघ मुख्यसचिव विजय खड्काका अनुसार दुजाङ शेर्पाको अध्यक्षतामा बसेको पहिलो केन्द्रिय समिति बैठकले महाधिवेशन, सांगठनिक गतिविधिसहित २४ वटा निर्णय गरेको छ ।न्युज कारखाना

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।