आरके श्रीवास्तव,गरुडा,वैशाख ११ गते ।
रौतहटको देवाहीगोनाही नगरपालिका ३ को वडा कार्यालय भवनको उद्घाटन भएको छ । वडा अध्यक्ष संजय प्रसाद पटेलले बिधिवत रूपमा पुजापाठ गरि नवनिर्मित वडा कार्यालय भवनको उदघाटन गर्नुभयो ।
भवनको उदघाटन गर्दै वडा अध्यक्ष पटेलले वडाको विकासको निम्ति निरन्तर लागिपर्ने बताउनुभयो । उनले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र प्रसाद साहले पालिकाभित्र वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । देवाहिगोनाहि नगरपालिका र जिल्ला समन्वय समितिको सहकार्यमा कुल ३२ लाख ७२ हजार रुपैयाँ खर्च भएको अधिकृत साहले बताउनु भयो ।
सो उद्घाटन कार्यक्रममा उपमेयर परनिया देविपटेल,प्रमुख प्रशािकिय अधिकृत सिकेन्दर साह ,पुर्व मेयर धर्मेन्द्र पटेल , वडा अध्यक्ष उपेन्द्र यादव, बिरबहादुर साह, उपेन्द्र साह, जिल्ला समन्वय समिति को पुर्व उपसभापति राम अशिस यादव, प्रहरी , संचारकर्मी सहित ब्यक्तिहरूको सहभागिता रहेको थियो ।
रन्धिर साह,११ गते वैशाख ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ३ मा नेकपा एमालेको वडा कमिटी गठन भएको छ । नेकपा एमालेका नगर कमिटी संयोजक ब्राह्मदेव प्रसादको अध्यक्षता तथा मधेस प्रदेश कमिटी सदस्य एवम् देवाहीगोनाही नगरपालिकाकी नगर प्रमुख परनिया देविको प्रमुख आतिथ्यमा वडा कमिटी तथा “मिसन ग्रासरुट” अभियान सम्मपन्न भएको हो । नेकपा एमाले “मिसन ग्रासरुट” पार्टी सुदृढीकरण तथा बिस्तार अभियान अन्तर्गत देवाहि गोनाही नगरपालिका वडा नम्बर ३ स्थित रहेको देवाहीमा अभियान सम्पन्न भएको हो ।
सो कार्यक्रम अझै अगाडी बढाउन तथा रौतहटको प्रत्येक पालिकाहरुमा यो अभियानलाई संचालनमा रहेको छ । यो अभियानले पार्टी भित्र रहेका अविश्वास तथा मन मोटापनलाई हटाउँनमा सहयोग गर्ने देवाही गोनाही नगरपालिकाकी नगर उप प्रमुख पटेलले बताएकी छिन् ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी उपसचिब रुपेश पटेल, जिल्ला कमिटी सदस्य भरत पटेल तथा कार्यकर्ताहरु लगायतको आतिथ्यमा वडा भेला सम्पन्न भएको हो । सो भेलाबाट रामसकल साहको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ ।
कालीकोट, ११ वैशाख
सुस्त मनस्थिति भएकी १४ वर्षीया बालिका बलात्कारको आरोपमा तिलागुफा-१० रानावाडाका ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाम्मा राना रहेको प्रहरीले जनाएको छ ।
फागुनदेखि लगातार बलात्कारको सिकार हुँदै आएकी बालिकाका बुबाको जाहेरीका आधारमा रानालाई प्रहरीले पक्राउ गरेको हो । उनी अपांगता भएको कारण जोखिममा रहेकी बालबालिकाभित्र वडा बालअधिकार समितिले सूचीकृत गरेको छ ।
बलात्कारको मुद्दा गाउँमा मिलाउन रकम लेनदेनको कुरा भए पनि बालिकाको बुवाले नमानेपछि कुरा बाहिर आएपछि चिल्खाया प्रहरी चौकीले आरोपितलाई पक्राउ गरेर मान्म ल्याएको हो । कालीकोटका प्रहरी प्रमुख डिएसपी जयश्वर रिमालका अनुसार जिल्ला अस्पतालमा मेडिकल गरेपछि मंगलबार मुद्दा दर्ता गरिने छ ।
काठमाडौं, ११ वैशाख
बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पुर्याएका छन् ।
जसपाका अध्यक्षसमेत रहेका यादवले २७७०, जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले ९२९ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले ३५१ मत पाएका छन् । आम जनता पार्टीका अरुण ज्ञवालीले २०६ मत पाएका छन् ।
धनगढी, ११ वैशाख
धनगढीको सुदूरपश्चिमाञ्चल क्याम्पसका एक प्राध्यापक यौन दुर्व्यवहार आरोपमा पक्राउ परेका छन् ।
एसपीए क्याम्पसमा प्ल्सटु अन्तर्गत कार्यविधि कानुन पढाउने प्राध्यापक चेतराज भट्टलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
भट्टले क्याम्पसमा अध्ययनरत आधा दर्जन छात्रालाई अनालाइनमार्फत यौन दुर्व्यवहार गर्ने गरेको आरोप लागेको छ । छात्राहरूलाई भिडिओ र म्यासेजमार्फत अश्लिल कुरा गर्ने गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
सोही विषयलाई लिएर पीडित छात्राहरुका आफन्त, साथी र विद्यार्थीले विरोध जनाएपछि भट्ट पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनलाई समातेर जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।
बारा, ११ वैशाख
बारा २ को जारी मतगणनामा जसपाका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन् ।
पछिल्लो मत गणना अपडेट अनुसार यादवले १८७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिव चन्द्र कुशवाहाले १६६१ मत ल्याए ।
यस्तै एमालेका पुरुषोतम पौडेलले ७२९ तथा रास्वपाका रमेश खरेलले २६९ मत पाएका छन् ।
आम जनता पार्टीका अरुण ज्ञवाली १५४ मतका साथ प्रतिस्पर्धामा छन् ।
काठमाडौं, ११ वैशाख
उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले १७ सय मतको अग्रता लिएका छन् ।
मतगणनाको पछिल्लो अपडेटअनुसार रास्वपाका रवि लामिछानेले ४३५८ मत पाउँदा नेकपा एमालेका रामप्रसाद न्यौपानेले २५८५ मतसहित उनलाई पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसका जीत नारायण श्रेष्ठ २२०५ मतसहित तेस्रो स्थानमा छन् ।
तनहुँ, ११ वैशाख
पृथ्वी राजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका –२ माथिल्लो गुणादीमा सोमबार दिउँसो २:४५ बजे दुई यात्रुबस दुर्घटना हुँदा १३ यात्रु घाइते भएका छन् ।
दमौलीबाट पोखरा जाँदैगरेको ग १ ख ३८२३ नम्बरको बस र बिपरित दिशाबाट आउँदैगरेको ना ५ ख २११३ नम्बरको बस एकापसमा ठक्कर खाँदा दुवै तर्फका गरी सो सङ्ख्यामा घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणका अनुसार पोखरा महानगरपालिका –३ बस्ने वर्ष ४३ की श्याममाया मग्राती सोही महानगरका वडा २ बस्ने अभिषेक सुनार र वर्ष २२ की पुजा सुनार घाइते भएका हुन् ।
उनीहरु सबैको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भइरहेको छ । यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका –४ बस्ने वर्ष ४० को बलबहादुर गर्बुजा व्यास नपा. – ५ पतेनी बस्ने वर्ष ६३ की हिरा बिक, सोही ठाउँमा बस्ने वर्ष ६६ को त्रिलाल बिक, व्यासकै वडा –१३ बस्ने वर्ष ४५ की रुपा रम्तेल, वर्ष ४० को यमबहादुर रम्तेल, म्याग्दे गाउँपालिका –४ थर्पु बस्ने वर्ष ५४ को शारदा कुमाल घाइते भएका छन् ।
इसैगरी, गोरखा पालुङटार न.पा. –२ बस्ने वर्ष ७५ की सुकुन्धरा नेपाली, कास्की अन्नपूर्ण गाउपालिका –१ बस्ने वर्ष १९ कि इल्का लिम्बु घाइते हुनुभएको छ । उनीहरू सबैको दमौली अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, कास्कीको पोखरा महानगरपालिका –३ बस्ने अग्नि सुनार घाइते भएको र उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
तनहुँ, ११ वैशाख
तनहुँ क्षेत्र नम्बर १ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णि वाग्लेले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो विवरण अनुसार वाग्लेले ९ हजार ३४९ मतान्तरसहित अग्रता कायम गरेका छन् ।
४३ हजार ७१ मत गन्दा वाग्लेले २२ हजार २६० मत ल्याएका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराई १२ हजार ९११ का साथ उनलाई पछ्याइरहेका छन् । नेकपा एमालेका सर्वेन्द्र खनाल ६ हजार ५९५ मतसहित तेस्रो स्थानमा छन् ।
काठमाडौं, ११ वैशाख
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाई स्थगित भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपक ढकालको इजलासमा रहेको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ समय अभावका कारणले स्थगित भएको सन्दीपका अधिवक्त सरोजकृष्ण घिमिरेले बताए ।
सरकारी वकिल र जाहेरवालाहरूको केही अधिवक्ताको वहस भएको र जाहेरवालाहरूले लामो वहस भएकाले आजको सुनुवाइ नभ्याइएको उनले बताए । अर्को पेशी २४ गतेलाई तोकिएको छ ।