२०८३ श्रावण २९
२०८३ श्रावण २९

मस्को, २५ फागुन ।

पछिल्लो दुई वर्षदेखि रुस र युक्रेनका सेना युद्धको मैदानमा आमनेसामने छन् ।

 

यसैबीच, जागिरको बहानामा रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको खबर आइरहेको छ । मृतक हैदरावादका बासिन्दा थिए । उनको पहिचान मोहम्मद अफसानको रुपमा भएको छ । अफसान मात्र ३० वर्षको थियो ।

 

भारतीय सञ्चारमाध्यमका अनुसार अफसानलाई रुसले गत वर्ष डिसेम्बरमा सहायक भूमिकाका लागि बोलाएको थियो । तर, त्यहाँ पुगेपछि उनलाई बलपूर्वक रुसी सेनामा भर्ती गरियो। त्यसयता उनी युक्रेनविरुद्ध चलिरहेको युद्धमा लडिरहेका थिए।

 

भर्खरै हैदरावादका सांसद असदुद्दीन ओवैसीले जबरजस्ती रुसी सेनामा भर्ती भएका भारतीय युवालाई बचाउन अपील गरेका थिए । त्यसपछि उनको मृत्यु मस्कोस्थित भारतीय दूतावासले पुष्टि गरेको छ ।

 

मृतक भारतीय नागरिकका भाइको नाम इमरान हो । इमरानले हालै आफ्नो भाइको सम्बन्धमा भारतीय दूतावासलाई सम्पर्क गरेका थिए । यस क्रममा हैदराबादका सांसद असदुद्दीन ओवैसी पनि उनीसँगै थिए ।

 

अफसानले त्यहाँको एजेन्टको सहयोगमा रसियामा काम पाएका थिए । उनको मृत्युपछि उनको परिवारले एजेन्टसम्म पुग्ने प्रयास गरिरहेको छ । तर, अहिलेसम्म भेट्न सकेको छैन । यस विषयमा एजेन्टले अफसानको मृत्यु नभएको बताएको छ ।

 

ति मात्र होइन, एजेन्टको कुरामा विश्वास गर्ने हो भने अफसानलाई पोस्ट गरिएको ठाउँ युक्रेनको सीमा क्षेत्रभन्दा धेरै टाढा थियो । एजेन्टका अनुसार अफसान जिउँदै छन् । उनलाई मस्कोबाट टाढा पोस्ट गरिएको छ। त्यसैले उनले अहिले नै केही पुष्टि गर्न सक्दैनन् । अफसानका श्रीमती र २ छोराछोरी छन् ।न्युज कारखाना

इस्लामबाद, २५ फागुन ।

मुस्लिम राष्ट्र पाकिस्तानमा  महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाइँदैछ ।

 

त्यहाँको महाशिवरात्रि पर्वमा सहभागी हुनका लागि गत बुधबार भारतबाट ६२ हिन्दूहरु वाघा सीमा नाका हुँदै लाहोर पुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन ।

 

इवेक्यू ट्रस्ट प्रपर्टी बोर्डका प्रवक्ता आमिर हाश्मीले समाचार एजेन्सीसँग कुरा गर्दै यस सम्बन्धमा जानकारी दिएका हुन ।

 

‘महाशिवरात्रि पर्वमा सहभागी हुन भारतबाट कुल ६२ हिन्दू तीर्थयात्री लाहोर आइपुगेका छन,  ‘ईटीपीबीले लाहोरमा आयोजना गरिरहेको महाशिवरात्रिको मुख्य समारोह लाहोरबाट करिब ३०० किलोमिटर टाढा रहेको चकवालको ऐतिहासिक कटासराज मन्दिरमा मार्च ९ मा आयोजना गरिने छ ।’

 

प्रबत्ता हासमीका अनुसार यस कार्यक्रममा राजनीतिक, सामाजिक र धार्मिक नेताहरुको सहभागिता रहनेछन । उनका अनुसार वाघामा विश्वनाथ बजाजको नेतृत्वमा आएका हिन्दुहरुलाई धार्मिक स्थलका अतिरिक्त सचिव राणा शाहिद सलिमले स्वागत गरेका थिए ।

 

पाकिस्तानमा बनेको यो कटास राज मन्दिरलाई हिन्दूहरूले पवित्र मान्ने कटास नामक पोखरीले घेरेको छ। यो मन्दिर पाकिस्तानको पञ्जाब प्रान्तको पोतोहर पठार क्षेत्रमा अवस्थित छ। आफ्नी पत्नी सतीको मृत्युपछि शोकमा पृथ्वीमा भौंतारिरहेका शिवको आँसुबाट मन्दिरको पोखरी बनेको जनविश्वास छ ।न्युज कारखाना

रौतहट,२५ फागुन ।

डिभिजन वन कार्यालय रौतहटका कर्मचारीको विरुद्धमा नेकपा एमाले समर्थित राष्ट्रिय युवा सङ्घ नेपालले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा एक घण्टा चक्काजाम गरेको छ ।

 

युवा संघ नेपालका कार्यकर्ताहरूले पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर स्थित डिभिजन वन कार्यालय अगाडि टायर बालेर एक घण्टा चक्काजाम गरेका थिए ।

 

युवा सङ्घ नेपालका केन्द्रीय सदस्य विक्रम लामालाई डिभिजन वन कार्यालय रौतहटले वन मुद्दामा पक्राउ गरेपछि युवा संघले चक्काजाम गरेको हो । चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा रहेको महादेव स्थान सामुदायिक वन उपभोक्ता समूहले गोप्य रूपमा सूचना निकाली काठ बिक्री गर्न लागेको थाहा पाएपछि युवा संघ नेपालका केन्द्रीय सदस्य लामाले आफूहरूले समेत टेन्डर लिन पाउनुपर्ने भन्दै टेन्डर फर्म माग गरेपछि उनलाई वन मुद्दा लगाएर थुनिएको युवा संघ नेपाल रौतहटका अध्यक्ष मुन्ना यादवले बताए । गोप्य रूपमा सूचना निकालेर बिक्री वितरण गर्न लागिएको काठको विषयमा लामाले थाहा पाएपछि उनले आफूले पनि टेन्डर पर्न पाउनुपर्ने भन्दै डिभिजन वन कार्यालयमा टेन्डर फर्म लिन गएका बेला वनले पक्राउ गरी वनको हिरासतमा लामालाई राखेको छ ।

दुई महिना पहिला चन्द्रपुर २ को राष्ट्रिय वनमा भएको खयर फडानीमा लामाको नाम हाल्न लगाएर सहायक वन अधिकृत सुरेश महतोले लामालाई वनको हिरासतमा लिएको चन्द्रपुर २ का स्थानीय बासिन्दाहरुले बताएका छन् ।

 

सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केशव पुलामी र सहायक वन अधिकृत महत्त्वको मिलेमतोमा लामालाई पक्राउ गरिएको विरोधमा युवा संघ नेपालले चन्द्रनिगापुरमा चक्काजाम गरेको हो । बिना आधार प्रमाण लामालाई वन मुद्दा लगाएर फसाउने षड्यन्त्र भएको भन्दै युवा संघले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा र सहायक वन अधिकृत महत्त्वको विरुद्ध चर्को नाराबाजी गर्दै डिभिजन वन कार्यालय अगाडि टायर बालेर चक्काजाम गरेका थिए ।

युवा सङ्घ नेपालको नाराबाजी सहित टायर बालेर गरिएको सडक बन्दका कारण पूर्व पश्चिम राजमार्गको चन्द्रनिगापुरमा सयौं सवारी साधन एक घण्टा रोकिन बाध्य भएका थिए ।

 

सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षले आफूलाई सहायक वन अधिकृत महतोले वनफडानीमा लामाको समेत संलग्नता रहेको छ। चिठी लेख्नुस् हामी पक्राउ गर्छौ भनेपछि आफूले चिठी लेखेर डिभिजन वन कार्यालयमा दिएको अध्यक्ष पुलामीको भनाइ रहेको छ ।

 

सो सामुदायिक वनले २२ सय क्युफिट काठ बिक्रीका लागि गोप्य सूचना निकालेपछि पक्राउ परेका लामाले थाहा पाएर त्यसको टेन्डर आफूहरूले समेत साकार गर्न पाउनुपर्ने भन्दै पटकपटक डिभिजन वन कार्यालयमा टेन्डर फोरम लिन गएर अवरोध सिर्जना गर्न लागेको भन्दै वन कर्मचारीकै मिलो महत्वमा लामालाई फसाउने काम भएको भन्दै युवा संघ नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

 

चक्काजाम पछि आयोजित कोणसभालाई सम्बोधन गर्दै युवासघ नेपालका रौतहट अध्यक्ष मुन्ना यादवले डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रा र सहायक वन अधिकृत सुरेश महत्वलाई तत्काल विभागीय कारबाही गर्न माग गरेका छन् । लामालाई तत्काल रिहाई गर्नुपर्ने र मिश्र र महत्वलाई विभागीय कारबाही नभए आइतबारबाट युवा संघले डिभिजन वन कार्यालय रौतहटमा तालाबन्दी गर्ने लगायतका कार्यक्रम गर्ने बताएका छन् । न्युज कारखाना

 

 

बिरगञ्ज, २५ फागुन ।

वीरगञ्जमा आफ्नै छोराको हत्या आशंकामा बाबा आमालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

आर्यघाटमा गाडिएको अवस्थामा एक बालकको शब निकालेर प्रहरीले ति बालकका बाबा आमालाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो । वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली निवासी शम्भु महतो धानुक र आमा सबितालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

 

वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई नजिकको सिर्सिया नदि छेउको आर्यघाटमा खाल्डो खनेर गाडिएको अवस्थामा १२ वर्षीय दिलिप मण्डल धानुकको शब निकालेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । थापाका अनुसार प्रहरी तथा छिमेकीलाई समेत खबरै नगरी शब गाडेको हुँदा घटना शंकास्पद देखिएको छ । वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको सयुँक्त टोलीले आर्यघाटबाट शब निकालेको थापाले बताए ।

 

आमा–बुबाले बिहीबार घरकै एक कोठामा दिलिपलाई थुनेर ज्याला मजदुरीका लागि घरबाट निस्किएको छिमेकीले बताएका छन् । प्रहरी नायब उपरीक्षक थापाका अनुसार कामबाट बिहीबार साँझ घर फर्किदाँ दिलिप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको बुबा शम्भुले स्विकार गरेका छन् ।

 

दिलिप लागूपदार्थको कूलतमा फसेको र अरुको घरघरमै पसेर मोबाइल लगायतका सामान चोरेर हैरान पार्न थालेपछि आफुहरु कामका लागि बाहिर जाँदा दिलिपलाई कोठामै थुनेर जाने गरेको बुबा दिलिपले प्रहरीसमक्ष बयान दिएका छन् । दिलिपको शबलाई पोष्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ । पोष्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा प्रहरी अगाडि बढ्ने प्रहरी नायब उपरीक्षक थापाले बताए ।न्युज कारखाना

जनकपुर, २५ फागुन ।

मधेश प्रदेश स्वास्थ मन्त्रालय द्वारा खरीद गरिएको सिटी स्क्यान मेसिनमा घोटाला भएको बिभिन्न सञ्चार माध्यममा समाचार आएपछि त्यसको बारेमा छानबिन गर्न समिती गठन गरिएको छ।

 

स्वास्थ्य मन्त्री वीरेन्द्र सिंहको सेटिङमा मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रले सर्लाही र सिरहाका लागि खरिद गर्नलागेको सिटी स्क्यान प्रकरणमा घोटाला भएको समाचार आएपछि  प्रदेश सकारकाले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो।

 

छानबिन समितिमा नवौँ तहका अधिकृत डाक्टर ईन्द्रजीत रजक, बायोमेड इञ्जिनियर शैलेन्द्र यादव र शाखा अधिकृत रवीन्द्र यादव रहेका छन् । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट छानबिनका लागि उनीहरुलाई आधिकारिक समितिको पत्र पुगेको छ ।

 

आपूर्ति केन्द्रले खरिद गर्न लागेको २० करोड रुपैयाँको दुई वटा सिटी स्क्यान मेसिन खरिदका लागि मेडिकल व्यवसायी विशाल पण्डितको हस्पिटेक कम्पनीले मात्र खरिद गर्न पाउने गरी २०१२ को १२ वर्ष पुरानो फिलिप्सको मेसिन किन्ने उद्देश्यले टेन्डर स्पेसलक गरेको थियो ।  स्वास्थ्यमन्त्री सिंह र विशाल पण्डितको काठमाडौँस्थित बसेरा होटलमा सिटी स्क्यान मेसिन खरिद बारे वार्ता गरेको आरोप लगाइएको थियो ।

पण्डितलाई ठेक्का दिनकै लागि मुख्यमन्त्री सरोजकुमार यादवसँग सल्लाह गरेर निर्देशक नागेन्द्र यादवलाई सरुवा गरेर मन्त्री सिंहले आफ्ना विश्वासपात्र डा. मनीष पाण्डेलाई निमित्त निर्देशक बनाएको स्रोतको दाबी रहेको छ।

 

पण्डितको कम्पनीलाई ठेक्का दिने प्रोजेक्ट बनाउन पण्डितकै कम्पनीका पूर्व कर्मचारी वन्दना मिश्रलाई परामर्शदाता नियुक्त गरिएको छ । दरबन्दीका बायोमेड इन्जिनियर शैलेन्द्र यादवलाई सरुवा गरिएको थियो ।  सरुवा गरिएका ईन्जिनियर शैलेन्द्र यादवलाई सरकारले अहिले छानबिनमा जिम्मेवारी दिएको छ ।

 

व्यावसायी पण्डितको सेटिङमा खरिद प्रकरण अघि बढेपछि कैयौं मीडियाले लगातार खबरदारी गर्दै आएको थिए । मधेश प्रदेश मुख्यमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र मधेश प्रदेश सभाको सार्वजनिक लेखा समितिमा अर्का मेडिकल व्यवसायी नारायण कार्कीले एउटा कम्पनीलाई मात्र ठेक्का दिने काम रोकेर सबैलाई प्रतिस्पर्धा गर्न पाउने गरी टेन्डर आव्हान गर्न माग गरेका थिए।

 

साथै यस प्रकरणमा मुछिएका पण्डित, पाण्डे र मिश्रमाथि छानबिन गरी कारबाही गर्न ब्यवसायी कार्कीले माग गरेका थिए  न्युज कारखाना

 

बारा, २५ फागुन ।

बाराको तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको तीन वर्ष बित्दा पनि सडक छेउछाउबाट अधिग्रहण भएको जग्गाबापत जग्गाधनीहरुलाई सरकारले अझै मुआब्जा नदिएको भन्दै प्रभावित स्थानियहरुले सुरु गरेको आन्दोलन र त्यसपछि सुरु भएको रिले अनशन १५ दिनपछि तोडिएको छ ।

सरकारले निर्धारण गरेको मुआब्जा रकम सरकारलाई पटकपटक अनुरोध गर्दासमेत रकम नपाएको विरुद्ध गत फागुन १० गते बिहिबारबाट आन्दोलनरत थिए।

 

तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराको अगुवाइमा भएको रिले अनशन पुर्ब मन्त्री मकुन्द न्यौपाने र पुरूषोतम पौडेलले अनशनकारीलाई फलफुल खुवाएर अनशन तोडाएका थिए ।

पुर्ब मन्त्री पौडेलले नयाँ समीकरणमा सरकार रहेको र मन्त्रिपरिषद पुनर्गठन भएको हुदाँ अहिले सरकारले गृहकार्यमा व्यस्त भएको तथा सरकारसंग वाता गर्ने वातवरण निर्माण गर्ने आफु लागिपर्ने र बक्यौता रकम उपलब्ध गराउन पहलगर्ने बताएपछि जग्गाधनीहरु अनशन स्थगित भएको हो ।

 

सरकारको ध्यानाकर्षण गराउँदै चरणबद्धरुपमा संघर्ष गर्दै आएको तामागढी–सिम्रौनगढ संघर्ष समितिले अनशन कार्यक्रम सकिए लगतै थप आन्दोलनको कार्यक्रमको घोषणा गरिने जनाएका छन । समितिले आन्दोलनको सोरूप परीबर्तन गरी प्रभाबकारि बनाउने निर्णय समेत गरेको छ ।

अहिले नयाँ समीकरणमा सरकार रहेको र मन्त्रिपरिषद पुनर्गठन भईरहेको बेलामा सरकारमा रहेका दलका नेता तथा बारा क्षेत्र नम्बर १ का सांसद अच्युत प्रसाद मैनाली, पुर्ब मन्त्री मकुन्द न्यौपाने, पुरूषोतम पौडेल, कोल्हवी सपही क्याम्पसका अध्यक्ष ढुण्डिराज उप्रेती, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुर्दशन प्रसाद कोइराला लगायतले सबै सांसद तथा शिर्ष नेतृत्व मार्फत लबिङ गर्ने र आवश्यकता अनुसार कडा दवावमुलक कार्यक्रमहरु तयार गरी अघि बढ्ने लगायतका कार्यक्रमहरु बताएपछि रिले अनशन तोडिएको तामागढी–सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष सिम्रौनगढ नगरपालिका ६ का अनवर अन्सारीले बताए ।

 

‘हामी यता आन्दोलन र रिले अनशन गरिरहेका थियौँ तर यहीँ बिचमा यता गठबन्धन परिवर्तन भयो यस्तो बेलामा नयाँ समीकरणमा सरकार रहेको एमालेका नेताहरुले आएर बाचा गर्नुभएकाले हाललाई सबै कार्यक्रम स्थगित गरेको हौँ।’ अध्यक्ष अन्सारीले भने । अबपनि सरकारले ध्यान नदिएमा र वार्ताका निम्ती आह्वान नगरेमा दवावमूलक आन्दोलन पुनः गरिने बताए ।

 

संघीय सरकारअन्तर्गत हुलाकी मार्ग आयोजना वीरगन्ज कार्यालयको कार्य क्षेत्रभित्र पर्ने यो सडक बन्दा दायाँ बाँयाबाट १५/१५ मिटर अधिग्रहण गरिएको थियो । ३९.७५ किलोमिटर लम्बाईको यो सडक दक्षिणमा भारतीय सिमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौं ‘फास्टट्रयाक’ जोड्ने जिल्लाको महत्वपूर्ण सडक हो ।

करिव ६५ देखि ७० बिघा जग्गाधनीले सरकारबाट पाउनुपर्ने २ अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँ बराबरको मुअब्जा रकम उनीहरुले नपाएका हुन् । साविकको १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका तथा बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिका अन्तर्गत पर्ने यो सडक ७ मिटर चौडाइमा बनेको छ ।न्युज कारखाना

 

महाेतरी, २५ फागु ।

अखिल नेपाल महिला संघ महोत्तरीले महिला दिवसको अवसरमा गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।

 

जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय मार्फत महिला हिंसा र विभेदप्रती ध्यानाकर्षण गराउदै गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।

 

ज्ञापन पत्रमा लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण हिस्सा रहेको महिलाहरु अझैपनी कार्यस्थलमा हुने यौनजन्य दुर्ववहार, बेचबिखन, ओसारपसारका साथै संस्कृति र परम्पराका नाममा हुने हिंसा र आधुनिक प्रबिधिको माध्यमवाट हुने हिंसामा प्रताडित वनिरहेकोप्रती ध्यानाकर्षण जनाईएको छ ।

 

समाजका संवेदनहिन क्रियाकलापले गर्दा महिलाहरु वाच्न पाउने अधिकारवाट समेत वन्चित हुनुपरेको वताउदै राज्य दायित्व निर्वाह गर्नवाट चुकेको अखिल नेपाल महिला संघ महोत्तरी कि अध्यक्ष सरस्वती चौधरीले वताईन । यिनै बिषय ध्यानाकर्षण गराउन पनि ज्ञापन पत्र दिनुपरेको अध्यक्ष चौधरीको भनाई छ ।

 

महिला आन्दोलनको परिणामस्वरूप महिला  विरुद्ध हुने हिंसा नियन्त्रण र न्यूनीकरणका लागि सवैधानिक तथा कानुनी व्यवस्था भएतापनी अनुसन्धान प्रक्रियामा ढिलासुस्ती, कानुनी कार्यान्वयनमा आएको उदासिन्ताले पिडितले न्याय पाउने अवस्था न्यून देखिएकोप्रती महिला संघले गृहमन्त्रालयलाई ध्यानाकर्षण गराएको छ ।

 

विद्यालय, घर, कार्यालय, सार्वजनिक स्थल, कतैपनी महिलाहरुले सुरक्षाको अनुभूति गर्न नपाएको भन्दै उनिहरुले राज्यको जिम्मेवारीप्रती खवरदारी पनि गरेका छन ।

 

ज्ञापन पत्रमा महिलामाथी भएका हिंसा र अपराधजन्य क्रियाकलापको अभिलम्ब छानविन गरि पिडितहरुलाई न्याय र उचित क्षतिपूर्तिको व्यवस्था गर्ने कामलाई प्रभावकारी वनाउन जोडदार माग गरिएको छ ।

 

आर्थिक बर्ष २०७९/८० मा प्रहरीमा परेका उजुरीलाई मात्र हेर्दा घरेलु हिंसाका १६ हजार ५ सय १२ घटना दर्ता भएका छन । यसैगरी जवर्जस्ती करणीका घटना २ हजार ३ सय ८७, जवर्जस्ती करणी उधोगका घटना ५ सय १८, अपहरण तथा जवर्जस्ती करणिका घटना ५९ वटा, जवर्जस्ती करणी पछि हत्या गरिएका ५, बोक्सीको आरोपका घटना ४३ वटा, मानव बेचबिखनका घटना १ सय २४ वटा, वहुविवाहका घटना ७ सय २३, बालविवाहका घटना ५२ वटा, छुवाछूतका घटना २७ वटा, तेजाव हानेको घटना ३, अवैध गर्भपतनका घटना ३२ वटा छन न्युज कारखाना

 

 

काठमाडौं :
अनेक हन्डर भोगेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको व्यथा कहालीलाग्दो छ। जुन कमै मात्र सार्वजनिक हुने गरेका छन्। यस्तै व्यथा भोगेकी छन् तेस्रो लिङ्गी महिला माया गुरुङ्गले। उनले नेपालमा रोजगारीका अवसर नपाउँदा विदेश हानिनु पर्‍यो आज भन्दा १६ वर्ष अगाडी।
कामको सिलसिलामा उनी खाडी मुलुक साउदी अरब पुगिन। अरू श्रमिक जस्तै समान काम गरिन, तर ज्याला समान पाउन सकिनन्। त्यति मात्रै होइन, फरक यौनिकता तथा लैङ्गिकता भएकै कारण कामबाट समेत निकालिनु पर्‍यो उनले।
काम दिने कम्पनीका सञ्चालकले मात्रै होइन, उनको फरक लैङ्गिकतालाई लिएर सहकर्मी साथीबाट पटकपटक यौन दुर्व्यवहारको सिकार समेत बन्नु पर्‍यो। मालिकसँग रोइकराई गरेर लिएको पारिश्रमिक पाकिस्तानी सहकर्मी श्रमिकले लुटेको मायाको स्मरणमा ताजा मात्रै छैन, सम्झेर पिर समेत लाग्ने गरेको छ।
मायाले आफ्नो वास्तविक पहिचान लुकाएरै काम गरिन् साउदी अरबमा। कामकै सिलसिलामा उनको आफू जस्तै एक जना ‘गे’ साथीसँग भेट भयो। साउदीमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिका लागि कडा कानुन छ। उनले भनिन्,‘पहिचान खुलाएर त परै जाओस्, म यस्तो हुँ भन्दा नै जेल कोच्ने गरिन्छ भनौँ कठोर सजाय भोग्नु पर्छ।’
उनले तेस्रो लिङ्गी हुँ भनेको भए सायद जेल बस्नु पर्ने समेत हुन सक्थ्यो। ‘यदि म यो हो भन्ने बित्तिकै जेलमा लगेर बन्धक बनाउने गर्थे। मसँगैको एक जना साथी भेटे म जस्तै फिलिङ्स भएको,’मायाले भनिन्,‘उसले म एउटा गे हो भन्दै सबै साथीलाई भनेछ र साथीहरूले म्यानेजरलाई कुरा लाइदिएछन्, उसलाई साहुले प्रहरी बोलाएर थुनामा पठायो।’
देशको अवस्थाले गर्दा माया जस्ता धेरै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय खाडी मुलुक पुगेका छन्। महिला र पुरुषभन्दा बेग्लै फिलिङ्स भएका व्यक्तिहरू अझै पनि विदेश जानु पर्ने बाध्यतामा छन्। ‘बाँचिए नेपाल फर्किउँला घरपरिवार भेटौँला। यदि मरिएछ र बन्धक भइएछ भने मेरा सपनाहरू अपुरो रहनेछ भनेर काम गर्नुपर्थ्यो’ मायाले संक्षिप्त आफ्नो पीडा सुनाइन।
घर परिवारको आर्थिक अवस्था सुधार्नका लागि हातका नङ्ग्रा खियाउँदै अर्काको देशमा काम गर्न पुगेकी मायाले एक पटक त आत्महत्याको प्रयास समेत गरेको सुनाइन। ‘एक पटक मैले साउदीमै आत्महत्याको प्रयास पनि गरे,’उनले विगत सुनाउँदै भनिन्,‘झट्टै आफूलाई कठोर बनाइहाले र आत्मबल बढाउँदै अर्को कम्पनीमा काम गर्न सुरु गरे।’
उनले एउटा कम्पनीमा मात्रै पीडा भोग्नु परेन। अर्को कम्पनीमा काम गर्न जाँदा पनि उनले त्यही पहिलेको कम्पनीको जस्तै दुर्व्यवहार भोग्नु पर्‍यो। ‘कम्पनी चेन्ज गरेर अर्को कम्पनीमा जाँदा पनि फेरि म माथि हरेसमेन्ट र काम दलाई एउटै भयो,’उनले भनिन्,‘न त मलाई नेपाल फर्कनको लागि टिकट नै दिए, मैले जसो तसो गरेर ७ वर्ष काट्नु पर्‍यो। न खानाको ठेगान, न बस्नको ठेगान घरपरिवारले सन्चै छस् भन्दा सन्चै छु भन्नुपर्थ्यो।’
मायाले १२ वर्षको उमेर आफू तेस्रो लिङ्गी भएको पहिचान गरेकी हुन्। ‘म अरूभन्दा बेग्लै छु भन्ने १२ वर्षको उमेरमा थाहा भएको हो,’उनले भनिन,‘म सानैदेखि केटीको कपडा लगाएर नृत्य गर्ने गर्थे, मेरो उमेर बढ्दै गयो र मलाई महिलाप्रति होइन पुरुषप्रति नै आकर्षण बढ्दै गयो।’
आफ्नो फरक यौनिकता तथा लैङ्गिकताका कारण नेपालमा भोगेको विभेद उनले विदेश पुगेका नेपालीबाट समेत भोग्नु पर्‍यो। उनी घरपरिवारले जबरजस्ती महिलासँग विवाह गराइदिँदा मानसिक समस्यामा समेत परेकी थिइन। उनी घरपरिवारको दबाब झेल्न नसकेकै कारण पनि विदेश पुगेकी थिइन।
घर परिवारको एउटा पीडा र विदेशको अर्को तनाव भोगेर मायाले जसोतसो ७ वर्ष साउदी अरबमा काम गरिन। ‘अरू देशका व्यक्तिले त मलाई हेपे हेपे नेपाली व्यक्तिहरूले पनि मलाई हेप्ने गर्थे,’उनले भनिन्,‘मेरो फिलिङ्स अरूभन्दा बेग्लै भए पनि म यो हो भनेर खुलेर हिँड्न पाउँदिन थिए।’
माया ७ वर्ष अगाडि नेपाल फर्किन। आफ्नो देशमा काम पाउने अवस्था नहुँदा उनले ठेलागाडामा व्यवसाय सञ्चालन गरिन्। ठेलागाडा चलाउँदा पनि मायाले प्रहरी प्रशासनबाटै विभेदको सिकार बन्नुपर्‍यो। ‘तेस्रो लिङ्गीले ठेलागाडा चलाउने? भनेर प्रहरीले लखेट्थे,’मायाले भनिन्,‘अरू महिला र पुरुषलाई भने केही गर्दैनथे।’
माया अहिले दक्षिण एसियामै पहिलो पटक नेपालमा समलिङ्गी विवाह गरेर कानुनी रूपमा दर्ता गर्न सफल भएकी छन्। मायाको पहिचान नेपाल संस्था स्थापना गरेर उनी अध्यक्ष बनेकी छन्। संस्था त खोलेकी छन् समुदायका सदस्यहरूलाई सहभागी गराएर। तर, उनले संस्था चलाउनका लागि सहयोग भने कतैबाट पाउन सकेकी छैनन्।
विदेश जाने तेस्रो लिङ्गीले मात्रै होइन समलिङ्गीले पनि भोग्ने पीडा पनि लगभग समान नै छन्। आजभन्दा ९ वर्षअघि कतारको खलिफा सहरमा पुगेका परिवर्तित नाम सुरेश अधिकारीले पहिचान लुकाएरै काम गर्नुपर्‍यो। उनी ३३ वर्षका भए।
कतार मुस्लिम देश हो। ज्यानको बाजी थापेर सात समुन्द्र पारी घरको आर्थिक अवस्था सुधार्न पुगेका उनले एक सेक्युरिटी सर्भिसेस कम्पनीमा काम गरे। ‘जब पहिलो पटक म मदिना खलिफा सहरमा कामको सिलसिलामा पुगे त्यहाँ अन्तर्राष्ट्रिय स्तरको मदिना स्टेडियम बन्दै गरेको थियो,जसको लागि अन्य देशहरूबाट कामदारहरू माग गरिएको थियो,’उनले भने,‘म आफैमा एक समलिङ्गी पुरुष भएकोले र कतार जस्तो मुस्लिम देशमा समलिङ्गी तेस्रो लिङ्गी जस्ता यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई हेयको भावले हेर्ने हुँदा आफैमा आफ्नो लैङ्गिक पहिचान लुकाएर काम गर्नुपर्ने बाध्यता आयो।’
उनले दुई वर्ष कतारमा काम गरे। तर हरेक दिन बाँचेर पनि मरेको अनुभूति गरिरहे। ‘जहाँ आफ्नो लैङ्गिक इच्छा अनुसार बाच्न र काम गर्न पाउने अधिकार छैन, जसलाई अप्राकृतिक र अपराध मानिन्छ त्यस्तो ठाउँमा सहज र सुरक्षित कसरी महसुस गर्न सकिन्छ?’उनले प्रश्न गरे।
उनले धेरै व्यक्तिहरू यौन झुकाव, लिङ्ग र लैङ्गिकताका आधारमा हिंसामा परेको सुनाए। हिंसामा पर्दा समेत कानुनी उपचार पाउन नसकेका कतिपयले अकालमा ज्यान नै गुमाउनु परेको छ। यस्तो पीडा भोगिरहेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि सुरक्षित र मर्यादित रोजगारी छैन।
नेपालमा पढे लेखेका काम गर्न सक्ने उमेर समूहका व्यक्तिहरू रोजगारीका अवसर शून्य प्राय हुँदा विदेश पलायन हुनु परेको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू पनि आफ्नो रोजीरोटीका लागि विदेश पलायन भइरहेका छन्।
आज भन्दा छ वर्ष अघि साउदी अरब पुगेका परिवर्तित नाम पुकार माझीले माया र सुरेशको जस्तै पीडा भोगे। ‘पहिलो पटक साउदी आए, सुरु सुरुमा न भाषाको ज्ञान थियो न त्यहाँको नीति नियम नै थाहा थियो,’उनले भने,‘सफाइ कर्मचारीको रूपमा म साउदी अरब रियाद सहरको एक म्यानुफ्याक्चरिङ्ग कम्पनीमा काम गर्न पुगेको थिए।’
तर, उनको हाउभाउलाई लिएर विभिन्न उपनाम सहनु पर्‍यो। समलिङ्गी पुरुष भएकै कारण काम गर्ने ठाउँमा आनीबानीलाई लिएर छक्का हिजडा समेत भनेको उनले सुनाए। ‘बङ्गलादेश, पाकिस्तान, भारत, श्रीलङ्का साथै आफ्नै देशका नेपाली मानिसहरूले पनि काम गर्ने ठाउँमा केटीको जस्तो हाउभाउ छ छक्का,हिजडा हो भन्ने गर्थे,’उनले भने,‘साथीहरू माझ मलाई हेरेर कानेखुसी पनि गर्थे।’
उनले बङ्गलादेशी रुम पार्टनरबाट यौन हिंसा समेत भोगे। ‘बस्ने ठाउँमा बङ्गलादेशी रुममेटबाट यौन शोषणमा परेको छु, किन कि साउदी एक यस्तो देश हो जहाँ महिलाहरूलाई पुरुष सरह स्वतन्त्रता छैन र यौन चाहाना पूरा गर्न महिलासँगको पहुँच गाह्रो छ र महिलाको कानुन पनि कडा छ जसले गर्दा लुकिछिपी पुरुषले यौन चाहना मेटाउन पुरुष नै प्रयोग गर्ने गर्दछन्।’
यसकै कारण उनी मानसिक रूपमा समस्यामा समेत परे। ‘कुनै कुनै बेला त आत्महत्या गर्दिऊ कि भन्ने नआएको पनि होइन एकातिर गाउँबाट साहुको ऋण लिएर परदेश आइयो अर्को तिर काम भने जस्तो छैन र लैङ्गिकताको कारण सहज रूपमा काम गर्ने वातावरण छैन,’उनले भने,‘साउदी अरब आफैमा समलिङ्गी सम्बन्धलाई अपराध मान्ने देश हो जहाँ खुलेर म यो हो भनेर हिँड्न सक्ने कानुन छैन।’
उनले समलिङ्गी, तेस्रो लिङ्गी विदेशी कामदारलाई सधैँको लागी आउन नपाउने गरी डिपोर्ट गर्ने गरेको सुनाए। ‘साउदीमा धेरै देशबाट काम गर्ने मानिसहरू आउने हुनाले त्यो देशका मानिसहरू साथै अन्य कामदारहरूबाट पनि मैले विभेद भोगेको छु,’उनले भने,‘आफ्नो यौनिकता र लैङ्गिकता अनुसार काम गर्ने वातावरण त्यहाँ छैन, कसो कसो ज्यानै जोखिममा राखेर ६ वर्ष  बाध्यताले  साउदी जस्तो कट्टर मुस्लिम देशमा समय बिताएर आइयो।’
मायाको पहिचान नेपालका उपाध्यक्ष मधु केसीले देशमा रोजगारीका अवसर नहुँदा कामको सिलसिलामा समुदायका धेरै व्यक्तिको श्रम गन्तव्य खाडी मुलुक हुने गरेको सुनाए। ‘स्वदेशमा काम पाइँदैन, कामका लागि विदेश जानु पर्ने बाध्यता छ,’उपाध्यक्ष केसीले भने,‘विदेशमा थाहा पाउने बित्तिकै कामबाट निकालिदिने मात्रै नभई देश निकालिएपछि स्वदेश फर्किएकाहरूको पीडा सुन्ने कोही छैनन्।’
नेपालसहित विश्वका अधिकांश देशमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मैत्री श्रम अभ्यास भएको पाइँदैन। अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) अभिसन्धि १८९ मा समलिङ्गी तेस्रोलिंगीको अधिकार उल्लेख गरिएको छैन।
अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले आइएलओ अभिसन्धि १८९ मा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक श्रमिकको अधिकार सुनिश्चित गरिएको छ/छैन सोधे।
सचिव पाण्डेले विदेश गएका समुदायका साथीहरूको पीडा अन्त्य गर्नका लागि ट्रेड युनियनहरूसँग लबिङ गरिरहेको बताए। उनले दक्षिण एसियाली ट्रेड युनियनसँग समुदायले रोजगारीका क्रममा भोग्दै आएको समस्या समाधानका लागि पहल गरिदिन अनुरोध गरेको बताए।
नेपाल सरकारलाई यो अभिसन्धि अनुमोदन गर्न दबाब दिँदै आएकी विजया राईले यौनिक तथा लैङ्गिकताको आधारमा श्रममा विभेदको कल्पनै नगरिएको बताइन। ‘समलिङ्गी तेस्रो लिङ्गी शब्द अभिसन्धिमा नपरेको हुनसक्छ,’उनले भनिन्,‘हरेक श्रमिकको अधिकार अभिसन्धिले सुनिश्चित गरेको छ, नेपाल सरकारले अनुमोदन गर्न ढिला गर्नु हुँदैन।’
पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई रोजगारीमा समान अधिकार दिन माग गरे। उनले समुदायका सदस्यका लागि वैदेशिक रोजगार सुरक्षित हुन नसकेको बताए।
पन्तले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय मैत्री श्रम कानुन बनाउनु पर्ने बताए। ‘एक जना तेस्रो लिङ्गीलाई उसको यौनिकताका आधारमा कम्पनीले कामबाट निकालिदिएछ,’उनले भने,‘त्यो देशले पनि निकाला गरे पछि उनी नेपाल फर्किएछन्।

काठमाडौं ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जानु हुने भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लाग्नु भएको हो ।

२६ फागुन (शनिबार) मन्त्री चौधरीको नेतृत्वमा  मन्त्रालयका सचिव सुमनराज अर्यालसँगै २ सहसचिव सहित ७ जनाको टोली सम्मेलनमा भाग लिन जानेछ । मन्त्री चौधरीको नेतृत्वको टोलीलाई सम्मेलनमा भाग लिन बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृति दिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको नेतृत्वमा सम्मेलनमा भाग लिने भनेर अघिल्लो गठबन्धनको सरकारको मन्त्रिपरिषद्ले नै निर्णय गरेको थियो । सोहि निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीले प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको हो । देशको प्रतिनिधित्व गर्दै मन्त्रीकै नेतृत्वमा सम्मेलनमा भाग लिन जाने अन्तराष्ट्रिय प्रचलन रहेकोले मन्त्री चौधरीले भ्रमणको नेतृत्व गर्नु भएको हो ।

सम्मेलनमा महिला आयोगबाट ३ जना पदाधिकारी र २ कर्मचारीसहित ५ जना, राष्ट्रिय योजना आयोगबाट महिला मामिला हेर्ने सदस्य, समाज कल्याण परिषदबाट २ जनासहित महिला अधिकारवादीहरु समेतको सहभागिता रहनेछ । कार्यक्रममा सहभागी हुन विभिन्न महिला अधिकारवादी संघ संस्थाबाट पनि प्रतिनिधिहरु गइरहेका छन् ।

यसैविच सामाजिक सञ्जालमा आएको अफवाह प्रति महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको सचिबालयले ध्यानाकर्षण भएको जनाएको छ । अघिल्लो गठबन्धन सरकारको मन्त्रिपरिषद्ले सम्मेलनमा भाग लिन जाने निर्णय गरेकोमा सरकार परिवर्तन भएसँगै अघिल्लो मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नवनियुक्त मन्त्री चौधरीको नेतृत्वमा सम्मेलनमा जान लागिएको सचिवालयले जनाएको छ ।

मन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा अमेरिकास्थित नेपाली दूतावासबाट ३ जना सहभागी हुने बताइएको छ । मन्त्रालयका अधिकारी सहित मन्त्री र सचिवको भ्रमण खर्च सरकारले ब्यहोर्ने छ । अन्यहरु व्यक्तिगत खर्चमा अमेरिका जानेछन् ।

चौधरी बुधबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त हुनुभएको हो । बुधबारै मन्त्रालयको कार्यभार सम्हालेसँगै मन्त्री चौधरीले सचिव, सहसचिव लगायत कर्मचारीहरुसँग महिला, बालबालिका तथा ज्येष्ठ नागरिकका सवालमा प्रत्यक्ष देखीने कार्यहरु गर्न आफु आएकोले सकारात्मक र रचनात्मक सहयोग गर्न अनुरोध गर्नुभएको थियो । सोही बखत मन्त्री चौधरीले महिलाका सवालमा ग्रासरुटसम्मै काम गर्न ७७ वटै जिल्लाहरुमा पुग्ने गरी आउँदो आर्थिक वर्षको बजेट तथा कार्यक्रम बनाउन पनि निर्देशन दिनुभएको थियो ।

काठमाडौं, २५ फागुन ।

साउदी प्रो लिग अन्तर्गत अल नासर पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा अल रइदले अल नासरमाथि ३-१ गोलको शानदार जित हासिल गरेको हो ।

अल रइदको जितमा क्रिम एल बेर्काओउइ, मोहमद फोउजैर र अमिर सयोउदले एक एक गोल गरेका थिए । त्यसैगरी अल नासरका लागि एक गोल आइम्यान याहयाले फर्काएका थिए ।

यो अल नासरको लगातार दोस्रो हार हो । यस अघि एसियन च्याम्पियन्स लिग अन्तर्गतको खेलमा अल ऐनसँग १-० को हार बेहोरेको थियो ।

यो हारपछि अल नासरको लिगमा २३ खेलमा ५३ अंक रहेको छ र शिर्ष स्थानमा रहेको अल हिलालभन्दा ९ अंकले पछाडी रहेको छ । यद्यपी अल हिलल एक खेल कम खेलेको छ ।

त्यसैगरी अल रइदको यो जितपछि २३ खेलमा २३ अंक भएको छ र लिगमा १३औं स्थानमा रहेको छ ।

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।