२०८३ श्रावण २८
२०८३ श्रावण २८

 पर्सा,२८ गते फागुन ।

वीरगञ्ज–वीरगञ्ज उधोग वाणिज्य संघको ४८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगञ्ज बिर्ता स्थित हरि प्रसाद गिरी सभाहल वीरगञ्ज उधोग वाणिज्य संंङ्घ विर्ता वीरगञ्जमा सम्पन्न भएको हो । ४८ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि नेपाल उधोग वाणिज्य महासंघका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले दिप प्रज्वलन गरी कार्यक्रमको सुभारम्भ गर्नुभएको थियो ।

No description available.

कार्यक्रमका प्रमुख अतिथी नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको पहलमा दशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने बताए । उनले वीरगञ्ज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा सम्बोधन गर्ने क्रममा उक्त जानकारी दिएका हुन् ।

No description available.

अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पुँजी १० अर्ब रुपैयाँ हुनेछ । यसमा महासंघका सदस्यबाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले जानकारी दिए । कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि बताए ।

No description available.

राजनीतिक दलहरूको आर्थिक विषयमा एकै एजेन्डा हुन नसक्दा समन्वय र सुधार नभएको बताउँदै उनले महासंघको चैत अन्तिम साता आयोजना हुने वार्षिक साधारणसभामा सबै दलहरूको ऐक्यबद्धता खोजिने जानकारी पनि गराए । महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोसेढुंगा भएको जानकारी पनि उनले दिए । बृहत् आर्थिक बहसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराए ।

 

ढकालले त्यसपछि वित्तीय क्षेत्रमा सुधार भएको बताए । ‘अझै हामीले प्रयास गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ ।’ त्यस्तै सम्बोधनकै क्रममा वीरगंञ्ज उधोग वाणिज्य संङ्घका अध्यक्ष अनिल कुमार अग्रवालले भने, ६ वर्ष बितिस्कदा पनि औद्योगिक क्षेत्रको विद्युत कटौती हुने समस्याको अन्त्य नभएको बताए ।

 

सो अवसरमा नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायत अन्य सञ्चारकर्मी र उत्कृष्ट आयातकर्ता तथा निर्यात कर्ता व्यवसायीहरुलाइ सम्मान पनि गरिएको विरगञ्ज उधोग वाणिज्य संघका उपाध्यक्ष माधवराज पालले जानकारी गराएका हुन् ।

काठमाडौं, २९ फागुन ।

हङकङमा जारी टी-२० सिरिज अन्तर्गत आज दुई खेल हुदैछन् ।

 

आज पहिलो खेल नेपाल र पीएनजीबीच हुदै छ । यो खेल नेपाली समय अनुसार बिहान ७: १५ बजेदेखि शुरु हुदै छ ।

नेपाल र पीएनजीबीच अहिलेसम्म चार टी-२० खेल भएका छन् । जसमा नेपालले ३ र पीएनजीले एक खेलमा जित हासिल गरेको छ ।

त्यसैगरी आज दोस्रो खेल हङकङ र पीएनजीबीच हुदै छ । यो खेल नेपाली समय अनुसार ११: ४५ बजेदेखि शुरु हुने छ ।

यसअघि आइतबार सम्पन्न नेपाल र हङकङबीचको सिरिजको पहिलो खेल बर्षाले रद्ध हुदा दुवै देशले एक एक अंक बाँडेका थिए ।

अब नेपालले पीएनजीसँगको खेल जितेमा फाइनलमा आफ्नो स्थान सुरक्षित गर्ने छ ।

मार्च १३ मा त्रिकोणात्मक टी-२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए सँग तेस्रो स्थानको लागि खेल्ने छ ।न्युज कारखाना

 

काठमाडौं, २९ फागुन ।

तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेको ‘सुनौलो बिहानी’ गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतको भिडियोमा आफ्नो सन्तानको ईच्छा रहर पुरा गर्न आफ्नी आमाले कतिसम्मको त्याग र बलिदान गर्न सक्छन भन्ने यथार्थ बास्तबिकता देखाउने कोशिस गरिएको छ ।

गीतमा यथार्थ र बास्तबिकतालाई मिठो शब्द बानाएर सृजना गरेकी छन गीतकार, साहित्यकार र कविकार कमला न्यौपानेले । गीतमा संगीत येदीन गजमेर, एरेन्ज संजीव बराइली, मिक्सिङ मास्टरिङ कृष्ण कुमार महर्जनको रहेको छ । गीतलाई गुञ्जन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । गीतमा लोकप्रिय गायिका बानीका प्रधानले सुधुर आवाज दिएकि छन ।

 

बातावमै गीत एकदम सुमधुर बनेको छ, गीत जत्तिकै मिठास भिडियोमा पनि हामीले उतारेका छौं भन्छन, भिडियो निर्देशक युवराज वाईबा, गीतको भिडियोमा छायांकन निश्चल पौडेल, सहायक निर्देशक नबिन बिष्ट, सम्पादन बिकाश दाहालको रहेको छ।

भिडियोमा पोस्ट प्रोडक्सन म्यानेजरको रुपमा कार्य गायक अनुप रेग्मीले गरेका हुन् । गीतको भिडियोमा लगानीकर्ता प्रकाश न्यौपाने रहेका छन् । भिडियोमा लोकप्रिय कलाकार रिचा थापा र सोनी लामाको मार्मिक अभिनय देख्न पाईन्छ । गीतको भिडियोलाई तरंग वेभ क्रियशनको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

आउनुहोस हेरौं उक्त सुमधुर गीतको भिडियो ।

काठमाडौं, २९ फागुन ।

राष्ट्रियसभाको भावी अध्यक्षका लागि आज मतदान हुदैँछ ।

 

संसद सचिवालयले हिजो सार्बजनिक गरेको उम्मेदवारीको अन्तिम नामावली अनुसार नेकपा माओवादी केन्द्रका उम्मेद्वार नारायणप्रसाद दाहाल र नेपाली कांग्रेसका उम्मेद्वार युवराज शर्मा बिचमा प्रतिस्पर्धा हुदैछ ।

 

संसद सचिवालयका अनुसार बिहान ११:०० बजे निर्वाचन प्रकिया सुरू हुनेछ ।

 

संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार दाहाल र प्रतिपक्षीवाट शर्माले आफ्नो उम्मेदवारी दर्ता गरेका हुन् ।

 

दाहालको प्रस्तावकमा गोपीबहादुर सार्की आछामी (माओवादी केन्द्र) र समर्थकमा देवेन्द्र दाहाल (एमाले), बेदुराम भुसाल (नेकपा एस) र  मोहम्मद खालिद (जसपा) रहेका छन् ।

उता प्रतिपक्षबाट
राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार शर्माको प्रस्तावकमा आनन्द प्रसाद ढुङ्गाना
समर्थकमा किरणबाबु श्रेष्ठ र शेखर कुमार सिंह (लोसपा) रहेका छन्। न्युज कारखाना

आजमिति २०८० साल फागुन २९ गते तदअनुसार मार्च १२, सन् २०२४ मंगलवार, शुक्लपक्षको द्वितीया विहान ७:२६ बजेसम्म तत्पश्चात तृतीया तिथि, रेवति नक्षत्र, शुक्ल योग ,मिन राशिमा चन्द्रमा, यो योगमा गरेको सम्पुर्ण कार्य शुभ हुनेछ।

अभिजित् मुहूर्त: बिहान ११:५२ देखि १२:३९ सम्म,

• काठमाण्डौमा सुर्योदय: बिहान ०६:१७ बजे

• सुर्यास्त: बेलुका ०६:११बजे

 

 

मेष: समय ठिकै छ । आराम गर्नुहोस्। आर्थिक वित्तीय योजना बनाएर खर्चबाट बच्नुहोस् । प्रेम र परिवारसँग समय बिताउनुहोस् , अनावश्यक विवादबाट वच्नुहोस।

. शुभ रंग: कालो

• शुभ अंक – ७

वृष: समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि समय दिनुहोस् र आराम लिनुहोस्। आर्थिक संगठन र निवेश गर्नुहोस्। वित्तीय सावधानी राख्नुहोस्। प्रेम संबंध बलियो बनाउनुहोस् र आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारसँग धेरै समय बिताउने प्रयास गर्नुहोस्।

• शुभ रंग: रातो

• शुभ अंक : ७

मिथुन: समय मध्यम छ । आराम लिनुहोस् र शारीरिक र मानसिक स्वास्थ्यको ध्यान गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र वित्तीय सम्पत्ति विकसित गर्नुहोस्। साथीसँग आत्मीयता र सहजताको साथमा संबंध बढाउनुहोस्। परिवारसँग समय बिताउदै उनीहरूको समर्थन गर्नुहोस्।समय ठिक छ । ध्यान दिनुहोस् र आराम गर्नुहोस्।

• शुभ अंक – ९

• शुभ रंग : हरियो

कर्कट: समय मध्यम छ । आवेशमा निर्णय नगर्नूहोस् । स्वास्थ्यमा ध्यान दिनुहोस् र निजी क्षेत्रमा आराम लिनुहोस्।आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। प्रेमकालागि साथीसँग भ्रमण गर्नुहोस् र उनीसँग सम्बन्ध बढाउनुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।

. शुभ रंग: बैजनी

• शुभ अंक – ८

सिंह: समय मध्यम छ। मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् आर्थिक वचत गर्नुहोस्। प्रेम संबंध बलियो बनाउन समय दिनुहोस् । परिवारसँग आत्मियता देखाउनुहोस् ।

• शुभ रंग: रातो

• शुभ अंक – ३

कन्या: आफ्नो क्षेत्र व्यवस्थित बनाउनुहोस्। आर्थिक स्थिति नियन्त्रण बाहिर हुन सक्छ। धन खर्च गर्दा विचार गर्नुहोस्। साथीसँग आत्मीयता र समर्थन बढाउने तथा परिवारसँग समय बिताउने प्रयास गर्नुहोस।

• शुभ रंग: हरियो

• शुभ अंक – २

तुला: समय मध्यम छ । शारीरिक र मानसिक स्वास्थ्यको लागि ध्यान दिनुहोस् र समय दिनुहोस्। आर्थिक सुधारका लागि उचित प्रयास गर्नुहोस् र बचत गर्नुहोस्। प्रेममा साथीसँग आत्मीयता र समर्थन बढाउनुहोस्। परिवारको साथमा समय बिताउनुहोस् ।

• शुभ रंग: सेतो

• शुभ अंक – ७

बृश्चिक: समय राम्रो छ । स्वास्थ्यको लागि समय दिनुहोस् र कार्यमा आनन्द लिनुहोस्। आर्थिक संकटहरूको समाधान हुने समय हो। वित्तीय योजना बनाउनुहोस्। प्रेम आत्मीयता र सहजताको साथमा संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूलाई समर्थन गर्नुहोस्।

• शुभ रंग: पहेलो

• शुभ अंक – ८

धनु: आज समय राम्रो छ । स्वास्थ्य सुधार होला । आर्थिक स्थिति सुधार हुने संकेत छ। मनोबल बढाउने समय हो। प्रेम तथि परिवारसँग समय बिताउनुहोस् ।

• शुभ रंग: चादी

• शुभ अंक – ९

मकर: समय ठिक छ। वित्तीय सावधानी गर्नुहोस् र वचत गर्नुहोस्। प्रेम संबंधमा संजीवता ल्याउनुहोस् र समर्थन प्रदान गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।

• शुभ रंग: वैजनी

शुभ अंक – ४

कुम्भ: समय ठिक छ । स्वस्थ जीवनशैली अनुसरण गर्नुहोस्। आर्थिक योजना बनाउनुहोस् र निवेश गर्नुहोस्। साथीसँग संबंध विकसित गर्नुहोस् र उनीसँग समय बिताउनुहोस्। परिवारसँग समय दिनुहोला ।

शुभ रंग: रातो

• शुभ अंक – १

मिन: समय ठिकै छ । धन वचत गर्नुहोस् र आर्थिक स्थिति सुधार गर्नुहोस्। साथीसँग सम्बन्ध बलियो बनाउनुहोस् र आत्मीयता देखि संबंध विकसित गर्नुहोस्। परिवारसँग समय बिताउनुहोस् र उनीहरूको समर्थन गर्नुहोस्।

. शुभ रंग: निलो

• शुभ अंक – २

राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।

(राशिफल लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिषका विज्ञ मानिन्छन् उनि ज्योतिष परामर्श केन्द्रको सञ्चालक समेत हुन्।)

न्युज कारखाना

काठमाडौं, २८ फागुन ।

नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसदीय दलको बैठक सोमबार दिउँसो ३ बजे संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नगरी बोलाइएको छ।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन्। त्यस अगाडि एमालेको संसदीय दलको बैठक बस्न लागेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए।

यही फागुन २१ गते माओवादी केन्द्रले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। माओवादीले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन पार्टीका सांसदहरूलाई ह्वीप जारी गरिसकेको छ।न्युज कारखाना

काठमाडौं, २८ फागुन ।

राष्ट्रिय  प्रजातन्त्र पार्टीको कार्यसम्पादन समिति बैठकले १४ वटा निर्णय गरेको छ।

सोमबार पार्टी कार्यालयमा बसेको बैठकले सरकारमा सहभागी नहुनेसहित १४ वटा निर्णय गरेको हो।

यस्ता छन् अरू निर्णय:

१. राप्रपाले नेपाल सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन जनदबाब सिर्जना गर्न चैत १६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने पार्टीको पूर्ववत निर्णय रहेकोमा एसईइ परीक्षाको समय र लाखौं विद्यार्थी, अभिभावकको असुविधा र संवेदनशीलतालाई ध्यान दिई काठमाडौं केन्द्रित जनप्रदर्शनको मिति परिवर्तन गर्ने र चैत २७ गते गर्ने निर्णय गरिएको छ। साथै पार्टीले गर्न लागेको बृहत् जनप्रदर्शनको स्वरूप तय गर्न पार्टीका वरिष्ठ नेता उपाध्यक्षहरू र सबै उपाध्यक्षहरू रहने गरी समिति गठन गर्ने र सो समितिले तीन दिनभित्र अध्यक्षलाई प्रतिवेदन दिने निर्णय गरिएको छ।

२. राप्रपा वर्तमान सत्ता गठबन्धनमा सहभागी नहुने, विपक्षमा मतदान गर्ने र विपक्षमा बस्ने निर्णय गरिएको छ। प्रदेश सरकारमा पनि तत्काल सहभागी नहुने, समर्थन गर्नुपर्ने परिस्थिति आएमा पार्टी अध्यक्षले उपयुक्त समयमा सम्बन्धित प्रदेशको परामर्श लिएर निर्णय लिने निर्णय गरिएको छ।

३. राष्ट्रिय राजनीतिमा केन्द्रीय स्तरमा हुने निर्णय प्रदेशस्तरमा हुनु, गरिनु उपयुक्त होइन यो दृष्टिकोणलाई हाल कोसी प्रदेशको सभामुखको चुनावमा उपेक्षा भएको छ। भविष्यमा यस्तो घटना दोहोरिन नदिने निर्णय भएको छ।

४. फागुन २७ गते कार्यसम्पादन समितिको बैठकका क्रममा खानाका लागि बैठक स्थगन गरेको समयमा कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठमाथि अप्रत्यासित रूपमा भएको आक्रमण आपत्तिजनक र निन्दनीय भएको ठहर गर्दै आक्रमणप्रति बैठक गम्भीर खेद व्यक्त गर्दछ। तत्काल सामाजिक सञ्जालमा आएका भिडिओ, घटनास्थलमा देखिएका नेता र पीडित समेतबाट जानकारी लिएर थप अनुसन्धान समेत गरी ४८ घण्टामित्र अनुशासनको अधिकतम कारबाहीका लागि पेश गर्न केन्द्रीय अनुशासन समितिमा कार्यसम्पादन समितिका सदस्य डा. ठाकुरमोहन श्रेष्ठको निवेदन पठाइनेछ। अनुशासन समितिको सिफारिसलाई कार्यान्वयन गर्ने जिम्मा पार्टी अध्यक्षलाई प्रदान गरिएको छ। अन्य कानुनी कारबाहीका लागि पीडित डा. श्रेष्ठले सम्बन्धित निकायमा निवेदन दिनेछन्।

५. इलाममा हुने प्रतिनिधि सभाको र बझाङमा हुने प्रदेश सभाको उपनिर्वाचनमा पार्टी सहभागी हुने निर्णय गरिएको छ। साथै, उम्मेदवार छनोटका लागि सम्बन्धित प्रदेशका अध्यक्षले सम्बन्धित जिल्लाको अध्यक्षसँग समन्वय गरी उम्मेदवार सिफारिस गर्न जिम्मेवारी दिने निर्णय गरिएको छ।

६. चालिस वर्ष मुनिका केन्द्रीय सदस्यलाई कार्यसम्पादन समितिमा र चालिस वर्ष मुनिकालाई खुला रूपमा केन्द्रीय सदस्यमा चयन गर्ने वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेतृत्वको कार्यदलले तयार पारेको आधारलाई परिमार्जनसहित स्वीकृत गरिएको छ। साथै, खुला केन्द्रीय सदस्य छनोट गर्न वरिष्ठ नेता उपाध्यक्ष ध्रुब बहादुर प्रधानको संयोजकत्वमा डा. गीताभक्त जोशी र डा. जयन्तनाथ खनाल सदस्य रहने समिति गठन गरिएको छ।

७. पार्टीको जिल्ला कार्यसमितिको निर्वाचन गर्नुपर्ने अवस्थाका लागि पार्टीका केन्द्रीय सम्पादन समितिका सदस्य तोरण बहादुर गुरूङलाई निर्वाचन समितिको अध्यक्ष तोक्ने र सदस्यको हकमा पछि अध्यक्षले मनोनयन गर्ने गरी निर्णय गरिएको छ।

८. राष्ट्रिय प्रजातान्त्रिक इन्जिनियर्स संगठनको भेलाले इन्जिनियर अमित ढुंगानाको अध्यक्षतामा गठन भएको कार्यसमितिलाई मान्यता प्रदान गर्ने निर्णय गरिएको छ।

९. नविन राप्रपा कार्ययोजना २०८० को म्याद २०८० चैतसम्म रहेकोमा पार्टीको आन्दोलनका कारण भूगोल केन्द्रित जिम्मेवारीमा रहेका सदस्यहरू आन्दोलनको कार्यक्रममा सहभागी हुनुपर्ने भएकोले भूगोल केन्द्रित जिम्मेवारीको म्याद २०८१ असारसम्म थप गर्ने निर्णय गरिएको छ।

१०. पार्टीको अनुशासन उल्लंघन सम्बन्धमा परेका उजुरीहरूमाथि केन्द्रीय अनुशासन समितिबाट प्राप्त सिफारिसहरूमध्ये बाँके र शंखरापुर नगर कार्यसमिति बाहेकका विषयमा समितिको सिफारिस अनुसार गर्ने, बाँके तथा शंखरापुरको हकमा बरिष्ठ नेता उपाध्यक्ष विक्रम पाण्डे र बागमती प्रदेश अध्यक्ष बिक्रम बहादुर थापालाई शंखरापुर र बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र लुम्विनी प्रदेश अध्यक्ष प्रदीपकुमार उदयलाई बाँकेको समस्या समाधानका लागि एकपटक मेलमिलापको प्रयास गर्ने जिम्मेवारी प्रदान गरिएको छ। गत आमनिर्वाचनमा बाँके क्षेत्र नं. १ को प्रतिनिधि सभा र प्रदेश सभामा क्रमशः प्रदीप शाह र अर्जुनजंग शाहले पार्टीको निर्णयविपरीत उम्मेदवारी दिई पार्टी अनुशासन उल्लंघन गरेकाले एक वर्षका लागि पार्टीबाट निष्कासन गर्ने। तर, निजहरूले आत्मालोचनासहित पार्टीमा फर्किन चाहे साधारण सदस्यता लिई पार्टीमा प्रवेश गर्नसक्ने निर्णय गरिएको छ।

१९. मिटरब्याज, सहकारी, लघुवित्त, बैंक तथा वित्तीय संस्थाका कारबाहीका कारण समस्यामा परेका ऋणी तथा बचतकर्ताहरूको समस्या समाधानका लागि भइरहेको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उक्त समस्या तत्काल समाधान गर्न राप्रपा सरकारको ध्यानाकर्षण गर्ने निर्णय गराउँदछ।

१२. रूसी सेनामा कार्यरत नेपालीलाई स्वदेश फिर्ताको व्यवस्थाका लागि कूटनीतिक पहल गर्न, युद्धका क्रममा ज्यान गुमाउन पुगेकाहरूको शव ल्याउन आवश्यक पहल गर्न तथा पीडित परिवारलाई क्षतिपूर्ति प्रदान गर्न नेपाल सरकारसँग राप्रपा माग गर्दछ।

१३. दुग्ध किसान तथा उखु किसानको भुक्तानी दिन बाँकी रकम तत्काल भुक्तानी पाउने व्यवस्था गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँदछ।

१४. सुन तस्करीमा पूर्वउपराष्ट्रपति नन्द बहादुर पुन र उनका छोरा जितेन्द्र पुनको संलग्नतासम्बन्धी भिडिओ सन्चार माध्यममा सार्वजनिक भएको विषयमा छानबिन गरी तत्काल कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन राप्रपा सरकारसँग माग गर्दछ।न्युज कारखाना

रौतहट २८ फागुन ।

रौतहटको कटहरिया बजारस्थित एक हार्डवेयरको गोदामामा आगलागी हुँदा लाखौंको प्लास्टिक पाइप जलेर नष्ट भएको छ।

गोदाममा आगलागी हुँदा झण्डै दुई लाख रुपैयाँभन्दा बढीको पाइप जलेर नष्ट भएको हो। सोमबार अपरान्ह विधुत सर्ट भएर गोदाममा भएको आगलागीबाट दुई लाख बढी मूल्यको ९५ क्वाएल पाइप जलेर नष्ट भएको पीडित साहले बताएका छन्।

घटना लगतै इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ट सई अरूण कुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोली र स्थानीय मिलेर आगलागी नियन्त्रणमा लिएको थियो। आगलागीबाट दुई लाख बढीको क्षति भएको तथा घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ।न्युज कारखाना

काठमाडौं, २८ फागुन । 

साहित्यकार कृष्ण पनेरु वञ्चित सम्मानित भएका छन्। कैलालीको अत्तरिया निवासी साहित्यकार वञ्चितलाई गोदावरी नगरपालिका-२ तेघरीस्थित श्री जनकल्याण इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो २५औं वार्षिकोत्सवका अवसरमा सम्मानित गरेको हो।

पनेरुका आधि दर्जनबढी पुस्तकसमेत प्रकाशित छन्। उनी डोटेली भाषामा पनि साहित्य सिर्जना गर्दै आएका छन्। प्रतिभा पुस्तकालयका पूर्वअध्यक्ष समेत रहेका वञ्चित साहित्यिक संघ-संस्थाको विकासमा समेत उत्तिकै सक्रिय छन्।

विद्यालयले आफ्नो योगदानको कदर गर्दै सम्मान गरेकोमा यस क्षेत्रमा थप सक्रिय र जिम्मेवार हुन ऊर्जा प्राप्त भएको उनले बताए। आगामी दिनमा पनि यसै क्षेत्रमा रहेर साहित्य क्षेत्रमा सक्रिय रहने पनेरुको भनाइ छ।न्युज कारखाना

रौतहट २८ फागुन ।

देशकै आर्थिक नगरी वीरगञ्ज–रक्सौलबीच मितेरी पुलबाट चेकपोष्ट हटेसँगै आवतजावत गर्ने यात्रुलाई सहज भएको छ। गत असोजदेखि स्थापना भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को चेकपोस्ट सोमबारदेखि हटाइएसँगै यात्रुलाई सहज भएको हो।

पाकिस्तानलगायत तेस्रो मुलुकबाट आउने नागरिकको निगरानी गर्ने भन्दै एसएसबीले गत असोज ३ गतेदेखि मितेरी पुलमा चेकपोस्ट खडा गरेको थियो। एसएसबीको केन्द्रीय निर्देशन अनुसार बिरगञ्ज नाका हुँदै आवतजावत गर्ने तेस्रो मुलुकका नागरिकमाथि निगरानी बढाउनुपर्ने भएकाले चेकपोस्ट स्थापना गरिएको थियो।

एसाएसबिको चेकपोष्टको कारण पुलको बाटो सांघुरो भएकाले आवतजावत गर्न यात्रुहरूलाई सास्ती भएपछि  चेकपोस्ट हटाउने निर्णय गरिएको एसएसबीका अधिकारीहरूले बताएका छन्।

चेकपोस्ट स्थापनाले नेपाली यात्रुलाई सास्ती भएको जनगुनासो बढेपछि स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी र नागरिक समाजका अगुवाहरूले वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको  ध्यानाकर्षण समेत गराएका थिए। एसएसबीका जवानहरूले केहीदिन अघी नेपाली युवकसँग दुर्व्यवहार गरेपछि पोस्ट हटाउने दबाब  बढेको थियो।

दुवै देशका सुरक्षा अधिकारी बीच केहीदिन अघि भएको छलफल पछि चेकपोस्ट हटाईएको बिरगंजका सुरक्षा अधिकारीले बताएका छन्।

दुईदेशबीच सदियौं देखि चलेको बेटी रोटीको सम्बन्धलाई मध्यनजर गर्दै हाल मितेरी पुलबाट चेकपोस्ट हटाउने निर्णय गरिएको भारतीय प्रहरीले जनाएको छ।न्युज कारखाना

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।