काठमाडौँ, ७ चैत ।
‘जात्रा’ र ‘जात्रै जात्रा’पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । प्रिमियरमा फिल्म हेर्ने पुगेकाले यसलाई ‘जात्रा’ शृङ्खलाकै उत्कृष्ट फिल्म भन्ने प्रतिक्रिया दिएका छन् ।
प्रिमियरमा सहभागी कलाकर्मीले मिडिया र सोसल मिडियामार्फत फिल्म हलमै गएर हेर्न दर्शकलाई आग्रह गरेका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशन, हरिवंश आचार्यको नेताको पात्र, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका सम्पूर्ण कलाकारको अभिनयको तारिफ भएको छ ।
प्रिमियरमा अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जीतु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, अभिनेत्री निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, गायक प्रकाश सपूत, निर्देशक रामबाबु गुरुङ,पुर्नेन्दु झा, सौरभ चौधरी, प्रचण्डमान श्रेष्ठ, अभिनेता गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, मोडल आश्मा विश्वकर्मा लगायतका सेलिब्रेटीले फिल्म हेरेर प्रतिक्रिया दिएका छन् ।
अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरिरहदा समय वितेको पत्तै नपाएको बताए । उनले फिल्मको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र संदेशको खुलेर तारिफ गरे । ‘फिल्म राम्रो र रमाइलो बनेको छ । कुनै फिल्म राम्रो हुन्छ, कुनै रमाइलो हुन्छ, यो दुवै विधामा अब्बल छ । यसले संदेश दिन्छ तर जात्राकै शैलीमा । परिवार एकसाथ बसेर हेर्ने फिल्म बनेको छ’, अभिनेता श्रेष्ठले भने ।
अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले निर्देशक भट्टराईबाट अपेक्षा गरिने मनोरञ्जनात्मक र संदेशमुलक फिल्म बनेको प्रतिक्रिया दिइन् । ‘फिल्म हेरिरहदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिँदैन । समग्रमा नै फिल्म राम्रो बनेको छ । कलाकार पनि निकै मेहनत गरेका छन् । उनीहरू रेगुलर देखिरहने भन्दा फरक देखिएका छन्’, अभिनेत्री निरौलाले भनिन् ।
अभिनेत्री निशा अधिकारीले ‘जात्रा’ शृङ्खलाबाट बढिरहेको अपेक्षालाई आइरहेको फिल्मले पूरा गरेको बताइन । ‘हामीले लिएर आउने अपेक्षालाई जात्रा टिमले महाजात्रासम्म आइपुग्दा पनि घट्न दिएको छैन, पुरा भएको छ । यसको कथा, पटकथा, संवाद सबै उत्कृष्ट छ । यो एक हेर्नै पर्ने फिल्म बनेको छ । नेपालसँगै विश्वभर एकसाथ भव्य रुपमा रिलिज हुने महाजात्रा जस्ता फिल्मले हाम्रो बजार बढाउन र विस्तार गर्न मदत गर्छ । यो धित मर्ने फिल्म बनेको छ’, अभिनेत्री अधिकारीले भनिन् ।
गायक तथा अभिनेता प्रकाश सपूतले समसामयिक विषयवस्तुमा सुन्दर फिल्म बनाएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए । ‘जात्रा देखि नै बनिरहेजो शृङ्खलामा मनोरन्जनसँगै जीवनका सबै रङ्गहरू समेटिएका छन् । एकदमै हास्न पाइन्छ, रुन पाइन्छ, विचार समेटिएको छ, एउटा दर्शकले फिल्म हेर्दा जे–जे खोज्छ त्यो सबै समेटिएको छ । म महाजात्रा निर्माण समुहलाई धन्यवाद दिन चाहन्छु, एउटा सुन्दर फिल्म हेर्न पाएँ । यहाँ देखाईएको विषय गम्भीर छन् तर प्रस्तुती दर्शकलाई बुझ्ने किसिमले तयार गरिएको छ । यो पर्फेक्ट फिल्म हो’, गायक सपूतले भने ।
अभिनेत्री केकी अधिकारीले फिल्म हेरिरहदा ‘बलिदान’ फिल्मको हरिवंश आचार्यको याद आएको प्रतिक्रिया दिईन् । ‘जात्राका पात्रहरूसँगै थपिएका पात्र पनि महत्वपूर्ण छन् । यहाँ अनुहारका लागि मात्र अभिनय गराइएको छैन । मैले हेरुञ्जेल कहिकतै दिक्क फिल गरिन्, म दर्शकलाई पनि फिल्म हलमा स–परिवार हेर्न आग्रह गर्छु’, अभिनेत्री अधिकारीले भनिन् ।
अभिनेता तथा हास्य कलाकार जीतु नेपालले फिल्ममार्फत राजनीतिज्ञले संदेश पाउने बताए । ‘फिल्म पूर्ण प्याकेज बनेको छ । एउटा पक्ष मात्र राम्रो भएर फिल्मले यत्तिको तारिफ पाउदैन । यो प्रिमियरमा उपस्थित सबैले तारिफ गरेका छन् । दर्शक ले छुटाउन नहुने फिल्म बनेको छ’, कलाकार नेपालले भने ।
अर्का हास्यकलाकार किरण केसीले फिल्मले सम्पूर्ण वर्गका दर्शकलाई आकर्षित गर्ने बताए । ‘यो फिल्म परिवार नै बसेर हेर्न मिल्छ । यसले फिल्मी शैलीमा दिएको संदेश महत्वपूर्ण छ । यो जात्रा शृङ्खलाको उत्कृष्ट फिल्म हो’, कलाकार केसीले भने ।
अभिनेत्री ऋचा शर्माले समय सान्दर्भिक र दर्शकले हेर्न चाहेको कुरा फिल्ममा पाएको बताइन । ‘हलमा केही संवादमा सिठ्ठी र ताली बज्नेमा विश्वस्त छु । प्रिमियरमै हामी पात्रको सुखदुःखसँग जोडिएका थियौँ । यसमा कडा म्यासेज, हसाइ हसाइ दिनुभएको छ । हामीले शब्दमा व्याख्या गर्नु भन्दा पनि दर्शकले हलमै गएर हेर्नु भयो भने बढी पाउनु हुनेछ’, अभिनेत्री शर्माले भनिन् ।
अभिनेता हरिवंश आचार्यले लेखिएको भन्दा प्रिमियरमा हेरेको फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । ‘मैले भन्दै आइरहेको कुरा नै आज फिल्म हेरेपछि सबैले भन्नु भयो । स्क्रीप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हास्ने फिल्म बनाउछन् भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यहि भन्दा डबल हर्षित छु’, अभिनेता आचार्यले भने ।
अभिनेत्री वर्षा राउतले सबैले दिएको प्रतिक्रियाले आफूलाई दंग बनाएको बताइन । ‘म आज टिम भएर फिल्म हेर्दा र प्रतिक्रिया बटुल्दा निकै उत्साहित छु । अब दर्शकसँग फिल्म हेर्न निकै उत्सुक छु । फिल्मको पात्रसँग हलमा रहेका दर्शकहरू कनेक्ट भएको पाउदा म निकै खुसी छु’, अभिनेत्री राउतले भनिन् ।
अभिनेता विपिन कार्कीले ‘जात्रा’ र ‘जात्रै जात्रा’ भन्दा बढी मनोरञ्जन ‘महाजात्रा’ मा पाउने दावी गरे । ‘अघिल्ला शृङ्खला भन्दा बढी माया पाउनेमा विश्वस्त छु । मलाई हिरो बनाएको र चिनाएको फिल्म नै जात्रा शृङ्खला हो । यो मेरो करिअरलाई अगाडि बढाउने फिल्म हो । जात्रा झैँ महाजात्राले पनि मलाई नयाँ उचाईमा प¥ुयाउने छ’, अभिनेता कार्कीले भने ।

लेखक तथा निर्देशक भट्टराईले फिल्मले प्राप्त गरिरहेको प्रतिक्रियाले डर भागेको बताए । ‘हामीलाई मन परेर र राम्रो लागेर नै फिल्म बनाएका थियौँ । हाम्रो प्रस्तुतीकरणमा आज प्रिमियरमा फरक ठाउँ र फरक वर्गका दर्शकले उत्कृष्ट छ भन्नु हुँदा हाम्रो टिम र समुहलाई विश्वास गरेर हलसम्म आउने दर्शकको पैसा र समयको सदुपयोग हुन्छ । जात्रामा हामीले तीन साथीको कथा भनेका थियौँ भने यसपटक राष्ट्रिय विषयलाई पनि जोडेका छौँ’, निर्देशक भट्टराईले भने ।
निर्माता म्याक्स दीपेश खत्रीले नेपालसँगै विश्वभर ‘महाजात्रा’ चैत ९ मा प्रदर्शन हुने जानकारी दिए । ‘मध्यपूर्वका देशमा मार्च २८ मा प्रदर्शन हुँदैछ । अन्य ठाउँमा हाम्रो शोहरू खुलिसकेका छन् भने अष्ट्रेलियाको राजधानी क्यानबेरामा पहिलो शो ‘सोल्ड आउट’ भईसकेको छ । साथै, साउदी अरेबियामा पहिलोपटक नेपाली फिल्मको रुपमा महाजात्रा प्रदर्शन हुँदैछ’, निर्माता खत्रीले भने ।
प्रिमियरबाट प्राप्त प्रतिक्रिया र फिल्मको शृङ्खलाले बनाएको हाइपको आधारमा नेपालमा यसलाई मल्टीप्लेक्सले उच्च शो दिएका छन् । अधिकाँस हलमा यसको शो समय अनलाइन टिकेट बिक्री सुरू भईसकेको छ । यसवर्षको प्रतिक्षित फिल्म ‘महाजात्रा’ सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउने भएका छन् । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई हेर्दै ‘यु’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिएको छ । अर्थात् चैत ९ गतेदेखि नेपालसहित विश्भर एकसाथ प्रदर्शन हुने फिल्म सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउनेछन् ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म संयुक्त राज्य अमेरिका र क्यानाडामा नाम्लो इभेन्ट्स र कोसेली कोलोराडो, मिडलइस्ट अन्तर्गतका देशमा कन्सेप्ट भिजन र सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन, युरोप अन्तर्गतका देशमा एनएमटी डेनमार्क, जापानमा आन्वी इन्टरटेनमेन्ट्स, कोरियामा विशाल आवाज मल्टिमिडिया प्राली, न्युजिल्यान्डमा लाखे इभेन्ट्स र अष्ट्रेलियामा स्वयम् एमएसएम इन्टरटेनमेन्टस् र रोटे पिङले फिल्मलाई वितरण र प्रदर्शन गर्दैछ ।
यो फिल्म मार्च २८ देखि साउदी अरेबियामा प्रदर्शन हुँदैछ । पहिलोपटक कुनै नेपाली फिल्म साउदी अरेबियामा प्रदर्शन हुन् लागेको हो ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ ।फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । न्युज कारखाना
काठमाडौं, ७ चैत ।
सुनको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा बुधबार सुनको मूल्य स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार छापावाल सुन तोलामा १ लाख २५ हजार २०० रुपैयाँमा र तेजाबी सुन तोलामा १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।न्युज कारखाना
काठमाडौं, ७ चैत ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी रकम हिनामिना गरेको प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नको लागि संसदीय समिति गठनको अल्टिमेटम दिएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति आगामी बैठकसम्म गठन गर्न अल्टिमेटम दिएको छ।
बैठकमा सांसद ईश्वरीदेवी न्यौपानेले गृहमन्त्री लामिछानेको प्रतिपक्षले चार वर्ष सदन अवरुद्ध गरोस् हामी सरकार चलाइरहन्छौँ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाइन्।
‘गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ रु त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैरजिम्मेवार पूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा । सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ। बजेटको छलफलको विषयमा हामी तयार छौँ,’ उनले भनिन् । न्युज कारखानान्युज कारखाना
मुम्वइ, ७ फागुन ।
होम्बल फिल्म्स निस्सन्देह भारतीय सिनेमाको सबैभन्दा ठूलो प्रोडक्शन हाउस हो।
यो अग्रणी प्रोडक्सन हाउसले केजीएफ च्याप्टर २, कान्ताराः अ लिजेन्ड, र प्रभास–प्रशान्त नीलको ‘सालार पार्ट १ः सीजफायर जस्ता ब्लकबस्टर फिल्महरूबाट भारतीय सिनेमालाई हल्लाएको छ।
तर उसको अर्को सबैभन्दा ठूलो प्रोजेक्ट ‘कान्ताराः च्याप्टर १’ को फ्यान र दर्शकले उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन् । यो फ्रेन्चाइजको पहिलो फिल्म ‘कान्ताराः ए लिजेण्ड’ ले दर्शकलाई पहिले कहिल्यै नदेखेको सिनेमामा परिचय गराएको कुरालाई नकार्न सकिँदैन।
नाटकीय अनुभवले दर्शकको मन, दिमाग र सम्झनामा ठाउँ बनाएको छ । यस्तो अवस्थामा ऋषभ शेट्टी र होम्बाले फिल्म्सले ‘कान्ताराः च्याप्टर १’ घोषणा गर्दा दर्शकमा अर्को दिव्य थिएटरको अनुभव हेर्ने उत्सुकता बढेको देखियो । अहिले फिल्मको सुटिङ चरणमा छ तर यसैबिच भएको एउटा ठूलो घोषणाले सबैलाई चकित बनाएको छ ।
वास्तवमा अमेजन प्राइम भिडियोमा प्राइम भिडियो स्लेटहरूको एक ठूलो भव्य घोषणा गरिएको छ। थियेटरमा रिलिज भए पछि बहुप्रतिक्षित कान्ताराः च्याप्टर १ को एक्सक्लुसिभ स्ट्रिमिङ अमेजन प्राइम भिडियोमा हुने बताइएको छ ।
रिलिज मिति घोषणा नभएसम्म यो घोषणाले सबैको मुहारमा मुस्कान ल्याउने छ । अमेजन प्राइम भिडियोले कान्तारालाई होम्बेल फिल्मसँग आधिकारिक डिजिटल पार्टनर बन्ने अवसर दिएको जनाएको छ। प्रिक्वेलले बहुआयामिक ऋषभ शेट्टी अभिनेता निर्देशकको रूपमा फर्किनेछ र होम्बले फिल्म्सले यसको ठूलो बजेट बैंक रोल गर्नेछ।
यसैबीच, होम्बाले फिल्म्सले सालार पार्टः २, शौर्यङ्ग पर्व लगायतका चलचित्रहरूको रोचक लाइनअप राखेको छ।न्युज कारखाना
मुम्बइ, ७ चैत ।
शैतानले १०० करोडको किर्तिमानी कमाइ गरेको छ । योसँगै अजय देवगनको नाममा दुई कीर्तिमान पनि बनेको छ ।
भारतीय समाचार माध्यमका अनुसार ‘शैतान’ १०० करोड क्लबमा सामेल भएपछि अजयको यो फिल्म १०० करोड कमाउने उनको करियरको १४औँ फिल्म बनेको छ ।
यससँगै अजयले यस मामिलामा बलिउडका किंग खान अर्थात् शाहरुख खानलाई निकै पछाडी छाडेका छन । ध्यान दिनु पर्ने कुरा के छ भने सबैभन्दा धेरै १०० करोड फिल्म दिने मामिलामा सलमान खान पहिलो नम्बरमा छन्, उनले १७ वटा फिल्मलाइ १०० करोडको क्लबमा रखाउन सफल भएका छन ।
यसैगरी, अक्षय कुमार यस लिस्टमा दोस्रो नम्बरमा छन्, उनले अहिलेसम्म १६ वटा फिल्मवाट कम्तिमा १६०० करोड कमाइदिएका छन ।
यस्तो अवस्थामा अजय देवगन सबैभन्दा बढी १०० करोड कमाउने फिल्मको सूचीमा तेस्रो स्थानमा रहेको छन्, उनले शैतानसहित १४ वटा फिल्म १०० करोड क्लबमा पुर्याएका छन ।
त्यसपछि मात्रै वलिउडका बादशाह शाहरुख खानको नाम आउँछ, उनी चौथो स्थानमा छन् ।न्युज कारखाना
काठमाडौं, ७ चैत ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ५६ पैसा र बिक्रीदर १३३ रूपैयाँ १६ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा डलरको भाय २० पैसाले बढेको हो । यसअघि मंगलबार यसको खरिददर १३२ रूपैयाँ ३६ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९६ पैसामा कारोबार भएको थियो ।
बुधलबार ५६ पैसाले घटेर एक युरोको खरिदमूल्य १४३ रूपैयाँ ७७ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ४३ पैसा तोकिएको छ । मंगलबार भने यसको खरिददर १४४ रूपैयाँ ३३ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ९८ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ २२ पैसा र बिक्रीदर १६८ रूपैयाँ ९८ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ३६ र बिक्रीदर ८६ रूपैयाँ ७५ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ ६९ पैसा र बिक्रीमा ९८ रूपैयाँ १४ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ८१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ९० पैसा तथा बिक्री दर ९ रुपैयाँ ९५ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५१ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३५ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५१ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १० पैसा र बिक्रीदर ३६ रूपैयाँ २६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार २८ रूपैयाँ ०१ पैसा र बिक्रीदर २८ रूपैयाँ १३ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ०६ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ०१ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३५३ रूपैयाँ २६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युज कारखाना
रौतहट ७ चैत।
पूर्व मन्त्री प्रभु साह नेतृत्वको आमजनता पार्टीका केन्द्रीय सदस्य एवं आईटी आर्मीका केन्द्रीय बरिस्ठ उपाध्यक्ष निमेष यादव जनता समाजबादी पार्टीमा प्रवेश गरेका छन।
रौतहटको राजदेवी नगरपालिका ७ मुडवलबा घर भएका निमेष यादव आजपा परित्याग गरि जसपा मा प्रवेश गरेका हुन्।
मंगलवार काठमाण्डौ स्थित जसपा पार्टी कार्यालयमा एक कार्यक्रमका बीच यादव संगै आजपाका कैयौं नेताहरुलाई जसपामा प्रवेश गरेको पूर्व मन्त्री योगेन्द्र यादवले बताएका छन।
नवप्रवेशीलाई जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले खादा ओठाएर स्वागत गरेका छन। निमेष लामो समय देखि प्रभु साहको साथ रहेर समाचार क्षेत्र हेर्दै आएका थिए।
यस अघि प्रभु साह एमालेमा छँदा गत निर्वाचनमा राजदेवी नगरपालिकामा मेयरको टिकटको दावेदारी समेत गरेका थिए।
न्युज कारखाना
मुम्बई, ७ चैत ।
अजय देवगन बलिउडका सबैभन्दा प्रतिभाशाली अभिनेता मध्ये एक हुन् । अजयले आफ्नो करियरमा अहिलेसम्म धेरै किसिमका क्यारेक्टरमा देखा परेका छन र धेरै ब्लकबस्टर फिल्म दिएका छन्।
जसका कारण पनि उनका फ्यानहरू अजयको अभिनयका लागि पागल छन् र उनको हरेक फिल्मको उत्सुकतापूर्वक प्रतीक्षा गर्छन्। हाल अजयले आफ्नो भर्खरै रिलिज भएको फिल्म ‘शैतान’ बाट बक्स अफिसमा तहल्का मच्चाइरहेका छन् । यो अलौकिक फिल्मले तुफान गतिमा कलेक्सन गरेको छ र योसँगै अजयको नाममा दुई रेकर्ड पनि कायम भएको छ ।
अजय देवगनको फिल्म ‘शैतान’ मार्च ८ मा सिनेमाघरमा रिलिज भएको थियो । फिल्मको ट्रेलर सार्वजनिक भएदेखि नै फ्यानहरु फिल्मको प्रतिक्षामा थिए । जब यो हरर थ्रिलर थिएटरमा पुग्यो, दर्शकको भीड यसलाई हेर्न जम्मा भयो। ‘शैतान’ ले समीक्षकबाट मात्रै होइन, दर्शकबाट पनि निकै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।
गुजराती फिल्म ‘वश’ को हिन्दी रिमेक ‘शैतान’ मा अजय देवगनबाहेक आर माधवन, ज्योतिका र जानकी बडीवालाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । यो फिल्मको कथाले दर्शकलाई रुचाएको छ । योसँगै यो फिल्मले १० दिनमा १०० करोडको आँकडा पार गरेर चमत्कार गरेको छ ।
सिद्धार्थ मल्होत्राको ‘योधा’ र अदा शर्माको ‘बस्तर द नक्सल स्टोरी’ जस्ता नयाँ फिल्मबाट ‘शैतान’ले बक्स अफिसमा प्रतिस्पर्धा पनि गरिरहेको छ तर पनि यसले अन्धाधुन्ध पैसा छापिरहेको छ । सैकनिल्कको रिपोर्ट अनुसार, ‘शैतान’ ले रिलिजको ११ औं दिनमा ३ करोड कमाएको थियो भने योसँगै ११ दिनको घरेलु बजार कलेक्सन १०६.०५ करोड पुगेको छ ।
वास्तवमा सन् २०१० यता बनेका सबै हरर विधाका फिल्म मध्ये ‘शैतान’ सबैभन्दा धेरै कलेक्सन गर्ने फिल्मसमेत बनेको छ । याे सूचीमा ‘राज ३’ दोस्रो स्थानमा छ । यसले ७० करोड रुपैयाँ कमाएको थियो । जहाँ ‘रागिनी एमएमएस’ यो सूचीमा तेस्रो नम्बरमा छ । यो फिल्मले ४६=७८ करोडको व्यापार गरेको छ ।
‘शैतान’ लाई विकास बहलले निर्देशन गरेका हुन् । चलचित्र दुष्ट शक्तिको चंगुलबाट आफ्नी छोरीलाई बचाउने बाबुको वरिपरि घुम्छ। ‘दृश्यम २’ पछि अजय देवगनले यो फिल्ममा फेरि एकपटक पारिवारिक पुरुषको भूमिकामा कमब्याक गरेका छन् ।न्युज कारखाना
काठमाडौं, ७ चैत ।
युट्युब म्युजिक प्रयोग गर्ने प्रयोगकर्ताका लागि खुसीको खबर छ ।
यो धेरै पटक हुन्छ जब तपाईंलाई गीत सुन्न मन लाग्छ तर तपाईं संगीत एप वा इन्टरनेटमा कुनै पनि प्लेटफर्ममा खोज्न सक्षम हुनुहुन्न, किनभने तपाईंलाई त्यो गीतको शब्द याद छैन।
त्यो गीतको ट्युन गुनगुनाएर शव्द सम्झन खोज्छौ तर ठ्याक्कै शब्द सम्झन नसक्दा कयौं पटक आफ्नो मन पर्ने गीत खोज्न सकिन्न । अब युट्युबले आफ्ना प्रयोगकर्ताको यो समस्या हटाएको छ ।
वास्तवमा युट्युबले आफ्नो म्युजिक प्लेटफर्म युट्युब म्युजिकको लागि एउटा नयाँ फिचर तयार गरेको छ, जुन छिट्टै आफ्नो एपमा ल्याउन लागेको छ। यो सुविधा मार्फत तपाईले युट्युब म्युजिकमा कुनै पनि गीत गाएर खोज्न सक्नु हुनेछ। यसको मतलब यो हो कि अब तपाईंले गीतहरूको लिरिक्स लेखेर वा भ्वाइस सर्चमा बोलेर खोज्नु पर्दैन। त्यो गीतको धुन याद आयो भने त्यो धुन गाएर गीत खोज्न सक्नुहुन्छ।
यद्यपि, हामी तपाईलाई बताउछौं कि गुगलले अक्टोबर २०२० मा यस्तै फिचर लन्च गरेको थियो तर त्यसबेला त्यो सुविधा गुगल सर्च र गुगल असिस्टेन्ट एपमा मात्र उपलब्ध थियो। पछि, कम्पनीले आफ्नो होम टु सर्च फिचर युट्युबमा पनि उपलब्ध गराएको छ र अब त्यही सुविधा युट्युब म्युजिक एपमा पनि उपलब्ध गराउने भएको छ ।
नाइन टु फाइभ गुगलको पछिल्लो रिपोर्ट अनुसार यु ट्युब फिचरको यो नयाँ फिचर एन्ड्रोइड एपमा आउन थालेको छ । तर हामीले हाम्रो एन्ड्रोइड उपकरणमा युट्युव टयुब म्युजिकको यो नयाँ फिचर फेला पारेनौं। यसको मतलब कम्पनीले हाल परीक्षण चरणमा आफ्नो सुविधा राखेको छ र चयन गरिएका प्रयोगकर्ताहरूका लागि रोल आउट गरेको छ। यद्यपि, कम्पनीले चाँडै नै यो सुविधा आफ्ना सबै प्रयोगकर्ताका लागि रोल आउट गर्न सक्ने जनाइएको छ ।
यो सुविधा प्रयोग गर्नको लागि तपाईले तल दिइएको चरणहरू पालना गर्नु पर्छः
१) आफ्नो फोनमा युटयुब एप अपडेट गर्नुहोस्।
२) त्यसपछि आफ्नो फोनमा यो एप खोल्नुहोस् र माथि रहेको सर्च आइकनमा जानुहोस्।
३) खोज पट्टीको छेउमा रहेको माइक आइकनमा क्लिक गर्नुहोस्।
४) अब शीर्षमा रहेको गीत बटन टगल गर्नुहोस्।
५) अब तपाईले खोज्न चाहनु भएको गीतको धुन गुनाउनुहोस् र त्यसपछि त्यो गीत बज्नेछ।न्युज कारखाना
काठमाडौं, ७ चैत ।
शहर र गाउँमा बसोबास गर्ने मानिसहरु प्राय उस्तै देखिन थालेका छन् । उनीहरुको जीवनशैली, उनीहरुको खानपान, सबै कुरा लगभग उस्तै हुन थालिसकेको छ ।
तर, जङ्गलमा बस्ने जनजातिहरू अझै पनि आम मानिसभन्दा बिल्कुलै भिन्न रहने गरेका छन् । विभिन्न जनजातिहरू फरक फरक तरिकाले बस्छन्, त्यसैले आज हामी तपाईलाई एक विशेष जनजातिको बारेमा बताउन गइरहेका छौं, जुन आधुनिकताबाट धेरै टाढा छ र आफ्नो पुरानो परम्पराको आधारमा बाँचिरहेको छ।
आज नामिबियाको एउटा यस्तो जनजातीको कुरा गर्नेछौं, जो उनीहरूका मौलिक रहनसहनका कारण अद्वितीय रहेका छन । नामिबिया अफ्रिकाको दक्षिणी भागमा अवस्थित एउटा देश हो, जहाँ आज पनि धेरै जनजातिहरू शताब्दीयौं पहिले जस्तै जंगलमा बस्दै आएका छन्। संसारको सबैभन्दा फरक देखिने हिम्बा जनजाति यहाँ बस्छन् ।
द गार्डियनका अनुसार नामिबियामा हिम्बा जनजातिका मानिसहरू मुख्यतया किसान हुन्। यी मानिसहरू शताब्दीयौं देखि खेतीपाती गर्दै आएका छन् र पशुपालन गरेर आफ्नो जीवन बिताइ रहेका छन्। विशेषगरी गाई, भेडा र बाख्रा पालेर उनीहरुले आफ्नो जीवन बिताउँछन् । यस जनजातिमा महिलाको महत्वपूर्ण भूमिका हुन्छ । वास्तवमा यी हिम्बाहरू बाहिर बस्छन् र शिकार गर्छन् र जनावरहरूको हेरचाह गर्छन्। जहाँ महिलाले घरको हेरचाह गर्ने र खाना र पानीको व्यवस्था गर्ने गर्दछन् ।
हिम्बा जनजातिमा बालिकाको विवाह सानै उमेरमा गरिन्छ । यहाँ एक पुरुषलाई एक पटक भन्दा बढी विवाह गर्न अनुमति दिइएको छ। भनिन्छ, यी महिला विवाहको दिन मात्र पानीले नुहाउने गर्छन्, नत्र उनीहरू जीवनभर बाफले मात्र नुहाउँने गर्छन् तिनीहरूको रातो छालाको रहस्य नामिबियाको रातो माटो हो। वास्तवमा हिम्बा मानिसहरूले यो रातो माटोमा जनावरको बोसो मिसाएर पेस्ट बनाउँछन् र त्यसपछि आफ्नो शरीरमा लगाउँछन्।
तिनीहरू प्रत्येक दोस्रो वा तेस्रो दिन यो गर्छन्। यही कारण उनीहरुको पूरै शरीर रातो देखिन्छ । यो पेस्टले आफ्नो छालालाई जोगाउँछ भन्ने हिम्बा समुदायको विश्वास छ । विशेष गरी संक्रमण र चर्को घामबाट जोगाउने उनीहरूको विश्वास रहेको छ ।न्युज कारखाना