२०८३ श्रावण २८
२०८३ श्रावण २८

काठमाडौँ ।

नेपाल प्रहरीले सम्पर्कबिहीन रहेका २३ जना विभिन्न कर्मचारीलाई ७ दिन भित्र हाजिर हुन सूचना जारी गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै खोजतलास गर्दा पनि सम्पर्कमा नआएका २३ जना कर्मचारीलाई ७ दिनभित्र सन्तोषजनक स्पष्टीकरणसहित हाजिर हुन सूचना प्रकासित गरेको हो ।

तोकिएको अवधिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली २०७१ को उपनियम १ को खण्ड च अनुसार कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ ।

सम्पर्कबिहीन हुनेमा नेपाल प्रहरीका चार प्रहरी सहायक निरीक्षकसहितका २३ कर्मचारी रहेका छन् ।न्युज कारखाना

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल चीन भ्रमणमा गएका छन् ।

बोआओ फोरममा सहभागी हुन उपाध्यक्ष पौडेल आज चीन प्रस्थान गरेको उनको सचिवालयले जानकरी दिएको छ ।

बोआओ फोरम मार्च २६ देखि २९ मार्चसम्म चीनको हैनान राज्यमा आयोजना हुँदैछ ।न्युज कारखाना

काठमाडौँ

नेपाल र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदै छ ।

यस खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसँगै आयरल्याण्ड वोल्भ्सले पहिला बलिङ गर्ने भएको छ ।

नेपाली राष्ट्रिय टिमले नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ए टिमसँग आज दोस्रो खेल खेल्न लागेको हो । यस अघि सोमबार सम्पन्न पहिलो खेलमा नेपालले आयरल्याण्ड वोल्भ्सलाई ६ विकेटले पराजित गरेको थियो ।

आजको खेलमा सोमबार खेलेका दिपेन्द्र सिंह ऐरी र ललित राजबंशीलाई बाहिर राखिएको छ भने उनीहरुको ठाउमा विवेक यादव र अनिल शाहलाई प्लेइङ ११ मा सामेल गरिएको छ ।

यस सिरिज खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, बिबेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी र अविनाश बोहोरा रहेका छन् ।

यो सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतको गुजरात र बरोडासँग भारतको गुजरातको भापीमा टी-२० फ्रेन्डसिप कप खेल्दै छ । मार्च ३१ देखि अप्रिल ७ सम्म हुने यस टी-२० कप त्रिकोणीय सिरिज हुने छ ।

नेपालले आगामी टी-२० क्रिकेट विश्वकपको तयारी स्वरूप यो फ्रेन्डसिप कप खेल लागेको हो ।न्युज कारखाना

काठमाडौँ ।

ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका-२ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ-२ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार घटनाका मुख्य आरोपी विजय राई यसअघि आगुऔषध मुद्दामा दोषी ठहर भई २ वर्ष जेल बसेर छुटेका थिए ।

आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको मृत्यु भएको थियो ।न्युज कारखाना

सर्लाही १३ चैत।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–९, नयाँ रोडमा मङ्गलबार बिहान रोकिराखेको बसमा मोटरसाइकल आएर ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।

 

दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । मङ्गलबार बिहान साँढे ३ बजेतिर विष्णुपुरबाट नयाँ रोडतर्फ आउँदै गरेको बा ३८ प ४२८५ नम्बरको मोटरसाइकल रोकिराखेको ग १ ख ८६०९ नम्बरको बसमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको हो ।

 

दुर्घटनामा गम्भीर घाइते भएका २५\२६ वर्षका दुई युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याउँदा एक जनालाई चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पन्जियार थारुले जानकारी दिए ।

 

उहाँका अनुसार गम्भीर घाइते अर्का युवकको प्रादेशिक अस्पताल वीरगन्जमा उपचार भइरहेको छ ।

डिएसपी थारुका अनुसार मृतक र घाइते दुवैको पहिचान खुल्न बाँकी छ । घाइतेका अभिभावक सम्पर्कमा आएका र उनीहरू आएपछि मृतक र घाइतेको सनाखत हुने प्रहरीले जनाएको छ ।

दुर्घटनापछि रोकिराखेको बस प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी थारुले बताए ।न्युज कारखाना

काठमाडौं ।

आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।

रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ ।

पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसीयाली  प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।

होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्व रहेको छ । नीलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा  रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतिकको रुपमा होली पर्व मनाउने गरिएको छ ।

होलीको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजानिक विदा दिएको छ । न्युज कारखाना

मुम्बई, ११ चैत ।

बलिउडका चर्चित अभिनेता इमरान हाशमीले आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेका छन् ।

 

इमरानले आफ्नो ‘सिरियल किसर’ छविबाट धेरै लोकप्रियता कमाए । कहिल्यै अभिनेता बन्न चाहने इमरान आज बलिउडमा मात्रै होइन, साउथ फिल्ममा पनि चर्चित हुन लागेका छन् ।

 

इमरान हाशमीको आगामी तेलुगु फिल्म  ‘दे कल हिम ओजी’ हिन्दीमा पनि रिलिज हुँदैछ। यस फिल्ममा इमरान हाशमीले खलनायकको भूमिका निभाएका छन । उनको फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ ।

 

इमरान हाशमीले फिल्म ‘दे कल हिम ओजी’बाट आफ्नो ‘फस्ट लुक’ सेयर गरेका छन् । उनले क्याप्सनमा लेखेका छन्,  ‘गम्भीर, तिमी बम्बई आउँदैछौ भन्ने सुनेको छु । म वाचा गर्छु, हामी मध्ये एक पक्कै टाउको काटिनेछ।’ यससँगै इमरानले पवन कल्याणलाई पनि ट्याग गरेका छन् ।

 

सुजितको निर्देशनमा बन्न लागेको चलचित्र ‘दे कल हिम ओजी’ मा पवन कल्याण महत्वपूर्ण भूमिकामा देखिने छन् । इमरान हाशमीको लुक हेर्दा यो फिल्ममा उनी खलनायकको भूमिकामा देखिने देखिन्छ । फिल्म ‘ओजी’ २७ सेप्टेम्बर २०२४ मा रिलिज हुँदैछ र फ्यानहरु यो फिल्मको उत्सुकताका साथ पर्खिरहेका छन् ।

 

बलिउडमा सिरियल किसरको रूपमा आफ्नो पहिचान बनाएका इमरान हाश्मीले पछिल्ला केही वर्षयता आफ्नो छवि परिवर्तन गरेका छन् । उनको पछिल्लो रिलिज ‘टाइगर ३’ थियो र यसमा पनि उनले खलनायकको भूमिका निर्वाह गरेका थिए । इमरानको लुक र अभिनयको सामाजिक सञ्जालमा निकै चर्चा भयो र मानिसहरूले उनको कामको तारिफ पनि गरिरहेका छन् ।न्युज कारखाना

काठमाडौं, ११ चैत ।

क्रिस्टोफ बाउमगार्टनरले ६ सेकेन्डमा गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा छिटो गोलको कीर्तिमान बनाएका छन् ।

 

ब्राटिस्लाभामा अस्ट्रियाले स्लोभाकियालाई हराउने क्रममा बाउमगार्टनरले सबैभन्दा छिटो गोल गरेर नयाँ किर्तिमान कायम गरेका हुन ।

 

२४ वर्षीय मिडफिल्डरले किक–अफबाट तीनवटा चुनौतीलाई बेवास्ता गर्दै घरेलु गोलकिपर मार्टिन डुब्राभकाको अगाडि कम शट हानेका थिए । उनको प्रयास २०१३ मा इक्वेडर विरुद्ध जर्मनीको लागि लुकास पोडोल्स्कीको स्ट्राइक भन्दा दोस्रो छिटो थियो।

 

बाउमगार्टनरको उल्लेखनीय प्रयास पछि शनिबार साँझ लगभग बराबरी भएको थियो, जब फ्लोरियन विर्ट्जले फ्रान्समा जर्मनीलाई अगाडि राख्यो, २५ यार्ड प्रयासको साथ जुन डेयोट उपमेकानोलाई भित्र पस्ने क्रममा क्रसबारको मुनिको छेउमा काट्नु अघि विचलित भएको देखिन्छ।

 

सन् १९९३ मा विश्वकप छनोट खेलमा सान मारिनोका लागि ८ सेकेन्डमा गोल गरेर इङ्ल्यान्डलाई स्तब्ध बनाएको डेभिड ग्वाल्टेरीले र २०१७ मा जिब्राल्टरविरुद्ध बेल्जियमका लागि क्रिस्टियन बेन्टेकेको गोलभन्दा पनि उनको गोल दुई सेकेन्ड छिटो थियो।

 

प्रिमियर लिगमा अहिलेसम्म रेकर्ड गरिएको सबैभन्दा प्रारम्भिक गोल साउथह्याम्प्टनका लागि शेन लङले २०१९ मा वाटफोर्डसँगको भेटमा ७.६९ सेकेन्डमा गरेको थियो।

 

रोय मकायले च्याम्पियन्स लिगमा त्यो भिन्नता कायम राखेका छन्, मार्चमा रियल म्याड्रिड विरुद्धको अन्तिम(१६ टाईको दोस्रो लेगमा बायर्न म्युनिखको लागि १०।१२ सेकेन्डमा नेट खोज्दै।न्युज कारखाना

काठमाडौं, ११ चैत ।

नेकपा एमालेले उप चुनावका लागि उम्मेदवार तय गरेको छ ।

 

पार्टी मुख्यालयमा बसेको एमाले सचिवालय बैठकले इलाम र बझाङका लागि उम्मेदवार चयन गरेको हो ।


जसअनुसार  बझाङमा हुने प्रदेशसभा–१ को उपनिर्वाचनमा दमन भण्डारी र इलाम–२ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो  ।

 

आगामी बैशाख १५ गते उप निर्वाचन हुदैँछ ।न्युज कारखाना

बारा, ११ चैत ।

प्रथम जीतपुरसिमरा क्रिकेट कपको उपाधि मकवानपुर क्रिकेट संघले जितेको छ ।

 

जीतपुरसिमरा ४ स्थित सेज क्रिकेट मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा पर्सा क्रिकेट संघलाई ७ विकेटले पराजित गर्दै मकवानपुरले उपाधि उचालेको हो ।

 

टस जितेर ब्याटिङ रोजेको पर्सालाई कम स्कोरमा रोक्दै उपाधि उचाल्ने क्रममा मकवानपुरले सानदार प्रदर्शन गरेको थियो । समूह ‘ए’ विजेता बन्दै फाइनलमा प्रवेश गरेको पर्साले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९० रन जोडेको थियो ।

 

पर्साका लागि सुरज पटेलले ४५ र हासिम अंसारीले १० रन बनाउँदा अन्य व्याटरले दोहोरो संख्यामा रन बनाउन सकेनन् । पर्सालाई सस्तैमा रोक्ने क्रममा मकवानपुरका अशिम श्रेष्ठले तीन, पियुश शर्माले दुई, बिशाल फुयाल र रोहित ठाकुरले समान एक–एक विकेट लिए ।

 

पर्साले दिएको ९१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मकवानपुरका लागि तक्षक सिम्ख्डाले ३०, बिशाल फुयालले १५ र सक्षम बस्ताकोटीले अविजित १४ रन बनाए । पर्साका लागि सम्साद मन्सुरीले तीन विकेट लिए ।

 

उपाधि विजेता मकवानपुरले एक लाख प्राप्त गरेको छ भने उपविजेता पर्साले ५० हजार नगद पाएको छ । यसैगरी मकवानपुरका शुभ कंसाकार प्लेयर अफ दि टुर्नामेन्ट र बेस्टर ब्याटर घोषित भएका छन् भने खुकुरी क्रिकेट क्लब भैरहवाका सन्तोष यादव बेस्ट बलर घोषित भए । फाइनल खेलको प्लेयर अफ दि म्याचको पुरस्कार मकवानपुरका विशाल फुयालले प्राप्त गरेका छन् ।

 

विजेता तथा उपविजेता खेलाडीलाई पूर्व युवा तथा खेलकुद मन्त्री एवम् संविधान सभाका सदस्य पुरुषोत्तम पौडेल, संविधान सभाका सदस्य जयराम दहाल, मधेस प्रदेशसभा सदस्य देवनारायण चौधरी, नेकपा एमाले मधेस प्रदेश सचिव मनोज पौडेललगायतले पुरस्कार वितरण गरेका थिए ।

 

समापन समारोहमा आयोजकले सिमरा महिला क्रिकेट क्लबका पूर्व प्रशिक्षक विष्णु लामिछानेसहित महिला क्रिकेटर, सिमरा क्रिकेट क्लबका पूर्व कप्तान नाजिर हुसेनलाई सम्मानित गरिएको थियो ।

 

प्रतियोगिता संयोजक सोमलाल बम्जनको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा जीतपुरसिमरा २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, वडा नं. १४ की वडाध्यक्ष चयन गुरुङ, ५ का वडाध्यक्ष दीपेन्द्र चौधरी, १३ का वडाध्यक्ष हेमनारायण चौधरी, कार्यपालिका सदस्य अर्जुन रसाईली, जीतपुरसिमरा ३ की कार्यबाहक वडाध्यक्ष माया विक, मधेस प्रदेश क्रिकेट संघका कोषाध्यक्ष सुवास जयसवाल, एमाले नेता किशोर शर्मा, अमृतलाल श्रेष्ठ, रवीन्द्र खकुरेल, बरुण गौतम, आयोजक अभियान नेपालका संरक्षक त्रिलोक बिक्रम शाह, अध्यक्ष लक्ष्मी तिमिल्सिनालगायतको सहभागिता रहेको थियो ।

 

अभियान नेपालको आयोजना र जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा ६ टिमले सहभागिता जनाएका थिए । न्युज कारखाना

 

ताजा अपडेट

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी,  काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ ।  बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ ।  बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।  बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ ।  निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ ।  बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ ।  यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न ३० अर्ब निक्षेप संकलन गर्दैएभरेष्ट न्यूज एजेन्सी, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक महिनाका लागि ३० अर्ब बराबरको निक्षेप संकलन उपकरणको बोलकबोलमार्फत निष्काशन गर्ने भएको छ । बैंकको मौद्रिक व्यवस्थापन विभागले आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत मात्र आवेदन दिन सकिने जानकारी दिएको छ । सोही दिन उपकरण निष्काशन हुनेछ । बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० करोडदेखि, बढीमा १० करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने छ भने ब्याजदर बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने छ । निक्षेप संकलनको अवधि आगामी भदौ ३१ गतेसम्म रहनेछ । सो मितिमा साँवा तथा ब्याज भुक्तानी गरिनेछ। बोल स्वीकृत गर्दा सबैभन्दा कम ब्याजदरलाई प्राथमिकता दिइने र समान ब्याजदर भएमा प्रो-राटा आधारमा बाँडफाँड गरिनेछ । बैंकले आंशिक वा पूर्ण रूपमा बोल स्वीकृत वा अस्वीकृत गर्ने अधिकार खुला बजार सञ्चालन समितिलाई रहने स्पष्ट पारेको छ । स्वीकृत बोलको रकम सम्बन्धित बैंकको खाताबाट कट्टा गरी राष्ट्र बैंकमा छुट्टै खातामा जम्मा गरिनेछ । पर्याप्त मौज्दात नभए सम्बन्धित संस्था कालोसूचीमा राखिने चेतावनी समेत दिइएको छ । यो रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ र अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाइने छैन । तर, तरलता अनुपात (एसएलआर) र तरलता अनुपातमा भने गणना गर्न सकिनेछ । भुक्तानी मिति अघि रकम फिर्ता वा पूर्वभुक्तानी नहुने पनि राष्ट्र बैंकले स्पष्ट गरेको छ ।

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।