काठमाडौँ ।
अभिनेताद्वय सौगात मल्ल र विपिन कार्कीको मुख्य भूमिका रहेको फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्म ‘द रेड सुटकेस’ को ट्रेलर सार्बजनिक गरिएको हो ।
फिल्ममा सौगातले ड्राइभरको भूमिका निभाएका छन् भने विपिनले पूर्वआर्मीको भूमिका रहेको बुझ्न सकिन्छ ।
फिडेल देवकोटाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा प्रविन खतिवडाको पनि मुख्य भूमिका छ । फिल्ममा सुशन प्रजापतिको छायांकन र समन अलभितिगाको सम्पादन छ । रामकृष्ण पोखरेल, शोभा थापा र फिडेल देवकोटा निर्माता रहेको फिल्मको सह-निर्माता श्रीलंकाका विमुक्ति जयसुन्दरा हुन् । निर्माता पोखरेलले यसअघि ‘ऐना झ्यालको पुतली’ र ‘हल्कारा’ निर्माण गरेका थिए ।
जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल र भारतको मुम्बई फिल्म फेस्टिभलमा छनोट भएको यो फिल्मले विश्वविख्यात भेनिस फिल्म फेस्टिभल तथा जाफ्ना इन्टरनेशनल फिल्म फेस्टिभलमा अवार्ड जितिसकेको छ । नयाँ वर्षको अवसर पारेर ‘डिग्री माइला’सँग भिडन्त गर्ने गरि चैत ३० गतेबाट प्रदर्शन गरिदै छ । न्युज कारखाना
ट्रेलरको लिंक:
https://youtu.be/BC4-OANlS4Q
काठमाडौँ ।
चीनले अरुणाचल प्रदेशका ३० स्थानलाई नयाँ नाम दिएको विषयमा भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिएको छ ।
यस विषयमा पत्रकारको प्रश्नको जवाफमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भने, ‘चीनले भारतको अरुणाचल प्रदेशका ठाउँहरूलाई नयाँ नाम दिने बेतुका प्रयास जारी राखेको छ । हामी यस्तो कुनै पनि प्रयासको कडा विरोध गर्दछौं । अरुणाचल प्रदेशको वास्तविकता यस्ता नयाँ नामहरूले परिवर्तन हुने छैन ।
चीनले भारतको अरुणाचल प्रदेशका अन्य केही ठाउँलाई नयाँ नाम दिएको छ । यसको चौथो सूचीमा ३० स्थानका नयाँ नाम समावेश छन् ।’
अरुणाचल प्रदेशमा आफ्नो दाबी बलियो बनाउन चीनले यहाँका ठाउँको नयाँ नाम जारी गर्दै आएको छ । यद्यपि भारतले उनीहरुलाई अस्वीकार गर्दै आएको छ ।
चीनको नयाँ नामले सत्य परिवर्तन नहुने र अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको उनको भनाइ छ ।
चीनको सरकारी अखबार ‘ग्लोबल टाइम्स’ को रिपोर्टका अनुसार चीनको नागरिक मामिला मन्त्रालयले जाङ्गन (चीनको अरुणाचल प्रदेशको नयाँ नाम) मा ३० स्थानको नयाँ नाम जारी गरेको छ ।
रिपोर्टमा २०१७ मा चीनले अरुणाचल प्रदेशको नयाँ नामहरूको पहिलो सूची जारी गरेको थियो । त्यसमा छ नयाँ नाम समावेश गरिएको छ । त्यस्तै २०२१ मा १५ ठाउँमा नयाँ नाम दिइएको थियो । त्यसपछि २०२३ मा ११ नयाँ नामहरूको सूची जारी गरिएको थियो ।
हालै चीनले प्रधानमन्त्री नरेन्द्र मोदीको अरुणाचल प्रदेश भ्रमणमा आपत्ति जनाएको थियो । त्यहाँ प्रधानमन्त्रीले सेनासँग सम्बन्धित केही आयोजनाको उद्घाटन गरेका थिए । चीनले यस विषयमा आपत्ति जनाएपछि भारतले यसको जवाफ दिएको हो । विदेश मन्त्रालयले अरुणाचल प्रदेश भारतको अभिन्न अंग भएको बताएको थियो ।न्युज कारखाना
चैत्र २० वीरगन्ज ।
वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जना चोरलाई रङ्गेहात पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताका २६ बर्षिय विजय गोसाई र वडा नम्बर २६ अठराहा सुगौलीका २५ बर्षिय सरफराज अन्सारी रहेका छन् । दुवै जनालाई वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले सोमबार बेलुकी चोरीको मोटरसाइकल र स्कुटीसहित पक्राउ गरेको हो ।
प्रहरी निरीक्षक बोगटीका अनुसार, गत शुक्रबार वीरगन्ज १० आदर्शनगरस्थित पूजन होटल अगाडि पार्किङ गरि राखिएको बीआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइलक चोरी भएको थियो । होटलकै रिसेप्सनमा कार्यरत ककर्मचारीको उक्त मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रममा प्रहरीले उक्त मोटरसाइलक चलाउँदै गरेको अवस्थामा गोसाईलाई सोमबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएका थिए ।
पक्राउ परेका गोसाईले उक्त मोटरसाइकल अन्सारीले दिएको बयान दिएपछि सोमबार बेलुकी नै प्रहरीले अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरी निरक्षिक बोगटीले जानकारी दिए ।अन्सारीको साथबाटपनि चोरीकै ना १६ प २५२६ नम्बरको स्कुटी बरामद भएको बोगटीले बताए ।
दुवैलाई चोरीको मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मंगलबार जिल्ला प्रहरी कार्यालय पर्साामा बुझाइएको बोगटीले जानकारी दिए ।न्युज कारखाना
काठमाडौँ ।
नेपालले फ्रेन्डसिप कप अन्तर्गत आज बरोडा क्रिकेट एसोसियसनको टिमसँग खेल्दै छ ।
गुजरातको भापीमा हुने यो खेलमा बरोडाले टस जितेर पहिला बलिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला ब्याटिंग गर्ने भएको छ ।
नेपालले यस फ्रेन्डसिप कपमा पहिलो खेलमा गुजरात क्रिकेट एसोसियसनलाई ८ विकेटले पराजित गरेर विजयी शुरुवात गरेको थियो । त्यस्तै सोमबार सम्पन्न खेलमा गुजरात क्रिकेट एसोसियसनले बरोडालाई ५ विकेटले पराजित गरेको छ ।
नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।न्युज कारखाना
काठमाडौं ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा उठेका प्रश्नको जवाफ संसदमै दिन पाउनुपर्ने माग गरेका छन् ।
मंगलबार संसद बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लामिछानले सहकारी लगायतका विषयमा संसदमा उठेका प्रश्नको जवाफ संसदमै जवाफ दिने अवसर पाउनुपर्ने बताएका हु्न् ।
उनले सहकारी प्रकरणको संसदीय समिति बनाउन आवश्यक नरहेको बताउदा पार्टीका अन्य नेताहरु सहकारीमा जोडिनु प्रचारबाजी मात्र भएको बताएका छन् ।
मंगलबारको बैठकमा दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले सहकारी प्रकरणमा गृहमन्त्रीसँगै रास्वपाका उपसभापति समेत रहेका श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम आएको भन्दै उनीहरूमाथि छानबिन हुनुपर्ने माग गरेका थिए ।
कांग्रेसले संसदमा लगातार सहकारी प्रकरणको संसदीय छानबिनको माग गर्दै आएको छन्
।न्युज कारखाना
चैत्र २० रौतहट ।
जिल्ला प्रशासन कार्यालय रौतहटले एसईई परीक्षामा विद्यार्थीलाई चिट चोराउने एक शिक्षक गार्डलाई पक्राउ गरेको छ ।
रौतहटको मौलापुर नगरपालिका वडा नम्बर ३ गम्हरिया घर भएका र सोही स्थानमा रहेको श्री प्राथमिक विधालय गम्हरियामा कार्यरत शिक्षक राम अमोद प्रसाद यादवलाई मोबाइलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेकोमा पक्राउ गरेको हो ।
शिक्षक यादवलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । अहिले सबै भन्दा बढ़ी मधेशका जिल्लाका एसईई परीक्षामा चिट चोराउने देखि प्रश्न पत्र बाहिरिने गरेका घटनाहरु सार्वजनिक हुँदै आएको छ । न्युज कारखाना
धनगढी ।
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । सरकारले विश्वासको मत लिने सम्बन्धि प्रस्ताव प्रदेश सभामा दर्ता गरको हो ।
नेकपा माओवादी केन्द्र र समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह फागुनको २३ गतेदेखि अल्पमतमा परेका थिए । संबिधान अनुसार चैत्र २२ गते विश्वासको मत लिने अन्तिम दिन पनि हो ।
५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८ सांसद रहेका छन् भने नाउपाका ७ सांसद रहेका छन् । सुदूरपश्चिममा बहुमतका लागि २७ प्रदेश सभा सदस्य आवश्यक पर्दछ । नाउपामा विवाद बढेपछि मुख्यमन्त्री शाहको संकट बढेको हो । नाउपाले विश्वासको मत दिने नदिने स्पष्ट रहेको छैन ।
त्यस्तै सुदूरपश्चिममा माओवादीका सभामुख सहित ११, एमालेका उपसभामुख सहित १०, एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ सांसद रहेका छन् ।
यसैबीच केन्द्रमा रहेको नयाँ समीकरणमा रहेका दलहरुबीच सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएको छ । न्युज कारखाना
काठमाडौँ ।
योग गुरु रामदेव र उनका सहयोगी बालकृष्ण पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा मंगलबार सर्वोच्च अदालतमा हाजिर भएका छन् । सर्वोच्च अदालतले आफ्नो निर्देशन पालना नगरे कारबाहीका लागि तयार रहन भनेको थियो ।
पतञ्जली आयुर्वेदको ‘भ्रामक विज्ञापन’ सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई चेतावनी दिएको छ । पतञ्जलीले गत महिना यस विषयमा माफी पनि मागेको थियो तर अदालतले कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको बताएको थियो ।
अदालतले माफीको मुद्दामा असन्तुष्टि व्यक्त गरेपछि रामदेवका वकिलले रामदेव र बालकृष्ण दुवै व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको बताएका छन् । रामदेवका वकिलले भने, ‘हामी माफी माग्न चाहन्छौँ र अदालतले जे भन्छ त्यही गर्न तयार छौँ ।’
फेब्रुअरी २७ गते सर्वोच्च अदालतले पतञ्जलीलाई विद्युतीय र छापा माध्यमबाट आफ्नो औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो ।
सर्वोच्च अदालतले यस मामिलामा कुनै कारबाही नगरेकोमा केन्द्र सरकारलाई पनि तान्दै यी मानिसहरू आँखा चिम्लिएर बसेको बताएको छ । अदालतले सरकारले तत्काल केही कदम चाल्नुपर्ने बताएको थियो । न्युज कारखाना
काठमाडौँ ।
‘सहकारी ठगी’ प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डिपी) अर्यालको संलग्नता रहेको विषय संसदमा उठेको छ ।
मङ्गलबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले अर्याल मन्त्री अर्याल र रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी ‘सहकारी ठगी’ मा मुछिएको बताएका हुन् ।
सांसद यादवले भने- ‘श्रममन्त्री डीपी अर्याल हाम्रो कृषि सहकारीको उपाध्यक्ष हुँदा निक्षेपकर्ताले चार करोड बढी फिर्ता नपाएको विषय छ । अर्याल मात्रै होइन, सोही सहकारीमा रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी त्यति बेला सञ्चालक थिए । अचम्म त के छ भने सो सहकारीमा पनि अस्वाभाविक रूपमा गोर्खा मिडियाका अध्यक्ष जीबी राईलाई भित्र्याइएको छ । त्यो भित्र्याउने काम श्रममन्त्रीको हो भन्ने आरोप छ । समस्याग्रस्त सहकारीमाथिको छानबिन प्रभावित पार्न खोजिएको समाचार सार्वजनिक भइरहेको छ ।’
हाम्रो कृषि सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि सरकारले समस्याग्रस्त घोषणा गरिसकेको छ ।
नेपाली कांग्रेसले रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगीमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गरिरहेको छ । न्युज कारखाना
काठमाडौँ ।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर्न माग गरेका छन् ।
हाल काठमाडौँमा रहेका मेयर हर्कले काठमाडौँमा एकल प्रदर्शन गर्दै २०८४ को आम निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर्न माग गरेका हुन् । उनले ‘०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागु गर’ लेखिएको प्लेकार्ड बोकेर एकल प्रदर्शनमा गरेका थिए ।
काठमाडौंमा रहेका मेयरले प्रधानमत्री, उपप्रधान तथा गृहमन्त्री, अर्थमन्त्री, खानेपानीमन्त्री र शिक्षामन्त्रीलगायतलाई भेट गरेर धरानका समस्याको बारेमा अवगत गराउदै बजेटमा व्यवस्था गर्न माग गरेका छन्।न्युज कारखाना