सुर्खेत ।
कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो ।
नेकपा माओवादी र एमालेमा विश्वासको मत लिने कि नलिने भन्ने विषयमा सहमति नजुटेको बेला बैठक स्थगित गरिएको छ ।
आज स्थगित भएको बैठक बुधबार ३ बजे बस्ने प्रदेश स्वाहा सचिवालयले जनाएको छ ।
न्युज कारखाना
काठमाडौं, २० चैत ।
माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका खाम ठमेलबाट पक्राउ परेका हुन्।
रामेछाप घर भई काठमाडौंको कोटेश्वरकमा व्यापार गरी बस्दै आएका श्रेष्ठको हत्यामा संलग्न भएको अभियोग उनीविरुद्ध छ। खाम रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार रहेको बताइएको छ।
माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन्।
२०६५ सालमा श्रेष्ठको अपहरणपछि हत्या भएको थियो। २०६५ जेठ १२ गते चितवनको साविक कविलाश गाविस १ जुगेडीस्थित त्रिशूली नदी किनारमा श्रेष्ठको शव भेटिएको थियो। २०६५ वैशाख १५ गते श्रेष्ठ कोटेश्वरस्थित आफ्नै घरबाट अपहरणमा परेका थिए।
न्युज कारखाना
धनगढी, २० चैत ।
कैलालीका एक युवा हिमाञ्चल प्रदेश भारतको सिमलाबाट घर फर्किने क्रममा बेपत्ता भएका छन्।
कैलालीको कैलारी गाउँपालिका–२ उत्तर मझराका २९ वर्षीय कालीचरण चौधरी गत चैत ११ गतेबाट बेपत्ता भएका हुन्। गत माघमा दाजु प्यारेलाल चौधरी र बलिराम चौधरीसँग कालीचरण कामको खोजीमा सिमला पुगेको कालीरामका छिमेकी मनोज चौधरीले बताए।
चैत ११ गते सिमलाबाट घर आउन हिँडेका चौधरी अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन्। कालो वर्ण, अन्दाजी साढे पाँच फिट उचाइका चौधरीलाई देख्ने जोकोहीले नजिकको प्रहरी कार्यालय तथा मोबाइल नम्बर ९७६६९९२९५४ मा सम्पर्क गरि सहयोग गरिनदिन परिवारका सदस्यले आग्रह गरेका छन्।न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संविधानको प्रगतिशील कार्यान्वयनका लागि आपसी एकतालाई सुदृढ गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।
‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेकपा (माआवादी केन्द्र) का अध्यक्ष ‘प्रचण्ड’ले नेपालका समाजवादी, देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुनेहो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिने विश्वास व्यक्त गरे ।
“नेपाल यस्तो परिस्थितिमा छ, यहाँका समावादी एवं देशभक्त र राष्ट्रवादीहरू एक ठाउँमा केन्द्रित हुने हो भने समाजवादलाई तीब्र गतिमा अगाडि बढाउन सकिन्छ । यस्तो सम्भावना भएको देश नेपाल नै हो,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसकारण यही विषयलाई आत्मसात गरेर मैले केही जोखिम र चुनौती मोलेरै भएपनि देशभक्त वामपन्थीहरूलाई एकतामा ल्याउने जमर्को गरेकै हो ।”
समाजवादको जन्म कहाँबाट हुन्छ ? भन्ने तर्क आउने गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “अन्ततः समाजवाद जन्मने भनेको सडकबाटै हो, किनकि जनता सडकमा हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । समाजवाद जन्माउने जनताले हो ।”
पार्टीहरू जनतासँग जोडिए मात्रै शक्तिशाली हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समाजवादको तयारीका लागि सरकार, सदन र सडकलाई अधिकतम उपयोग गर्नुपर्ने तर्क गर्नुभयो । उहाँले हरेक राजनीतिक दलले जनतालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए ।
यसपटक सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा आगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पूरानो गठबन्धनबाट जनताको आकांक्षाअनुसार काम हुन नसकेकाले समाजवादको आधार तयार गर्न नयाँ समीकरण बनाएको स्पष्ट पारे ।
नेपालको राष्ट्रिय स्वाधीनतालाई सुदृढ गर्ने उद्देश्यका साथ समाजवादको आधार तयार गर्न आफूले पछिल्लो कदम चालेको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले जनतालाई डेलिभरी दिनेगरी काम गरेर यसको औचित्य पुष्टि गर्नुपर्ने बताए । न्युज कारखाना
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन् ।
एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका खामलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
तत्कालीन जनयुद्धका कमाण्डरसमेत रहेका खाममाथि श्रेष्ठको अपहरण गरी हत्या गरेको आरोप छ । माओवादीको केन्द्रीय सदस्यसमेत रहेका उनी फरार रहँदै आएका थिए ।
यो घटना २०६५ मा भएको थियो । न्युज कारखाना
काठमाडौँ ।
नेपालले बरोडा क्रिकेट एसोसियसनको टिमलाई १५७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १५६ रन बनाएको हो ।
नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।
बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए । न्युज कारखाना
काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संरक्षक रेशम चौधरीले बोलाएको केन्द्रीय समितिको बैठक आधिकारिक नभएको बताएकी छिन्।
मंगलबार श्रेष्ठले सूचना निकाल्दै रेमश चौधरी पक्षले बोलाएको बैठक आधिकारिक नभएको स्पष्ट गरेकी हुन् ।
उनले केन्द्रीय सदस्य तथा पदाधिकारीलाई सम्बोधन गर्दै उनले निकालेको सूचनामा २३ र २४ गते बोलाएको बैठक आधिकारिक नभएको बताएकी छन् ।
रेशम पक्षका गंगा चौधरीले २३ र २४ गते बैठक आह्वान गरेका थिए । रेशम चौधरीले समेत चैत्र २३ र २४ गते बस्ने बैठकले नै पार्टीको विवाद बारे निर्णय गर्ने बताएका थिए । न्युज कारखाना
काठमाडौँ ।
इङल्याण्डका अलराउण्डर बेन स्टोक्स आगामी टी-२० विश्वकप नखेल्ने भएका छन् । स्टोक्सले २०२४ को पुरुष टी-२० मा आफु छनौटको लागि उपलब्ध नहुने स्पष्ट गरेको आइसीसीले उल्लेख गरेको छ ।
इङल्याण्डको क्रिकेट बोर्डका अनुसार स्टोक्स अहिले आगामी दिनमा हुने वेस्ट इन्डिज र श्रीलंकाविरुद्धको टेस्ट सिरिजको तयारीमा लागेका छन् ।
स्टोक्सले भनेका छन्- ‘म कडा मेहनत गरिरहेको छु र क्रिकेटका सबै ढाँचामा अलराउन्डरको रूपमा पूर्ण भूमिका निर्वाह गर्न मेरो बलिङ फिटनेस ब्याकअपमा ध्यान केन्द्रित गरिरहेको छु । आईपीएल र विश्वकपबाट बाहिर निस्कनुले मलाई निकट भविष्यको लागि म बन्न चाहने अलराउन्डर बन्न अनुमति दिनेछ ।’
उनले अगाडी भनेका छन्- ‘भारतको भर्खरैको टेस्ट भ्रमणले मेरो घुँडाको शल्यक्रिया र नौ महिना बिना बलिङपछि बलिङको दृष्टिकोणबाट म कति पछाडि छु भन्ने कुरालाई उजागर गर्यो । म हाम्रो टेस्ट समर सुरु हुनु अघि काउन्टी च्याम्पियनसिपमा डरहमको लागि खेल्न उत्सुक छु । म जोस बटलर, मोटी म्याथ्यू मोट र सबै टोलीलाई हाम्रो उपाधि रक्षा गर्न शुभकामना चाहन्छु ।’
इङल्याण्ड टी-२० विश्वकपको डिफेन्डिङ च्याम्पियन हो र स्टोक्सले नै इङल्यान्डका लागि विअज्यी रन हानेर २०२२ मा पाकिस्तानलाई हराउदै उपाधि जिताएका थिए ।न्युज कारखाना
काठमाडौ ।
शहरी विकास मन्त्रालय धनबहादुर वुढा र काठमाण्डौं महानगरपालिकाका मेयर बालेन शाहबीच नुवाकोटको बञ्चरेडा“डा ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनमा सहकार्य गरेर अघि बढ्ने बिषयमा छलफल भएको छ ।
शहरी विकास मन्त्री बुढा र काठमाण्डौका मेयर शाहबीच मंगलवार सिहदरवारस्थित मन्त्रालयमा भएको भेटवार्तामा उपत्यकाको फोहोर व्यवस्थापनका लागि दिर्घकालिन योजनामा काम गर्ने र आपसी सहकार्यवाट अघि वढ्ने विषयमा छलफल भएको हो ।
तत्कालका लागि स्थानियहरुको सरोकारलाई सम्बोधन हुने गरि बन्चरेडाडामा फोहर व्यवस्थापन गर्ने र उनीहरुको माग सम्वोधन गर्ने विषयमा शाहसँग मन्त्रीले मिलेर अघि वढ्न प्रस्ताव गरेका थिए । मेयर शाहले फोहोर व्यवस्थापनमा आफू सहकार्य गर्न तयार रहेको भन्दै उनले महानगरले केही वडावाट शुन्य फोहोर कार्यक्रम शुरु गर्न लागेको र यसमा मन्त्रालयको सहयोग मागेका थिए ।
भेटमा मेयर शाहले बन्चरे डा“डास्थित ल्याण्डफिल साइटमा फोहर व्यवस्थापनका लागि बनाएको संरचनामा थप सुधार गरि फोहरको व्यवस्थापन गर्न महानगरकाले आवश्यक सहकार्य र सहजीकरण गर्ने बताए ।
मन्त्री बुढाले बन्चरेडा“डामा जाने फोहरको परिमाणलाई कम गर्न आफुले मातहतका निकायलाई निर्देशन दिइसकेको भन्दै फोहर व्यवस्थापनको दिर्घकालिन समाधानमा काठमाण्डौ र ललितपुर महानगरपालिकास“ग मन्त्रालयले समन्वय र सहकार्य गर्न चाहेको उल्लेख गरे ।
मन्त्रालय मातहत निकायबाट काठमाण्डौं महानगरपालिकाभित्र भइरहेका कामलाई प्रभावकारी बनाउन तथा विकास निर्माणलाई गति दिने विषयमा मन्त्री बुढाले मेयर शाहस“ग सुझाव समेत मागे । ‘संघिय सरकार स्थायित्व यहा“लाई थाह नै छ, तर स्थानिय सरकारले आफ्नो पुरा कार्यकाल काम गर्न पाउने भएकाले काठमाण्डौंको विकासमा महानगरपालिकाले गर्न चाहेका विकास निर्माणको काममा हामी हातेमालो गरेर अघि बढ्न तयार छौ ’ उनले भने ‘शुन्दर, सफा र व्यवस्थित राजधानी बनाउने अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्छ । ’
जवाफमा मेयर शाहले काठमाण्डौं उपत्यकामा ट्राफिक जामको व्यवस्थापन र उपत्यकाका खोला किनारमा रहेका अवव्यवस्थित बस्तीहरुलाई हटाउनका लागि आवश्यक समन्वय गरेर अघि बढ्न आग्रह गरे । काठमाण्डौंको ट्राफिक जामलाई कम गर्न नया“ प्रविधि ‘पोड वे’ को सम्भाव्यतावारे समेत मन्त्री बुढाले चासो राखेका थिए । मेयर शाहले विकसित मुलुकहरुमा समेत पोड वे सफल भएको उदाहरण आफुले नदेखेका भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेर अघि बढ्न मन्त्री बुढालाई सुझाव दिए ।
छलफलमा मेयर बालेनले काठमाण्डौ उपत्यकाको जाम कम गर्न बानेश्वर, लैनचौर जस्ता बढी जाम हुने क्षेत्रमा पलाईओभर वा अण्डरपास बनाउन सके राजधानीवासीलाई ठुलो राहत हुने बताए । छलफलमा शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, भवन विभागका महानिर्देशक कुमार घिमिरे र स्थानीय पूर्वाधार विभागका महानिर्देशक भरत अर्याल लगायत छलफलमा सहभागी भएका थिए ।न्युज कारखाना
काठमाडौँ ।
भारतको सर्वोच्च अदालतले आम आदमी पार्टीका नेता सञ्जय सिंहलाई जमानत दिएको छ । दिल्लीको मदिरा नीति र मनी लान्ड्रिङ मुद्दामा पक्राउ परेका सञ्जय सिंह गत अक्टोबर ४ मा पक्राउ गरिएको थियो ।
प्रवर्तन निर्देशनालय (ईडी) ले दिल्ली मदिरा घोटाला मामिलामा सञ्जय सिंहको नाम आफ्नो चार्जशीटमा थपेको थियो । यस विषयमा सञ्जय सिंहले निकै हंगामा मच्चाएका थिए ।
ईडीको चार्जशीटमा सञ्जय सिंहमाथि ८२ लाख रुपैयाँको चन्दा लिएको आरोप छ । दिल्ली मदिरा नीति प्रकरणमा ईडीको दोस्रो पूरक चार्जशीट मे २ मा जारी गरिएको थियो। जसमा आम आदमी पार्टीका राज्यसभा सांसद राघव चड्डाको नाम पनि देखिएको थियो । यद्यपि उनलाई अभियुक्त बनाइएको छैन ।
दिल्लीको मदिरा नीतिमा भएको अनियमितता प्रकरणमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, उपमुख्यमन्त्री मनिष सिसोदियासहितका नेताहरु अहिले पनि हिरासतमा रहेका छन् । न्युज कारखाना