काठमाडौँ ।
युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनल र बायर्न म्युनिख बराबरीमा रोकिएका छन् ।
च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लिग अन्तर्गतको खेलमा आर्सनल र बायर्न म्युनिख २-२ गोलको बराबरीमा रोकिएका हुन् ।
आर्सनलको घरेलु मैदानमा सम्पन्न खेलमा बायर्नका लागि फेर्गी ग्नाब्री र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यस्तै आर्सनलका लागि बुकायो साका र लीन्द्रो ट्रोसार्डले एक एक गोल गरेका थिए ।
अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १८ मा बायर्न म्युनिखको घरेलु मैदानमा हुने छ ।
न्युज कारखाना
काठमाडौँ ।
युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी बराबरीमा रोकिएका छन् ।
गएराती रियल म्याड्रिडको घरेलु मैदानमा सम्पन्न खेलमा रियल म्याड्रिड र म्यानचेस्टर सिटी ३-३ गोलको बराबरीमा रोकिएका हुन् ।
रियल म्याड्रिडका लागि रोड्रीगो र फेदेरिको भल्भेर्डेले एक एक गोल गरेका थिए भने एक गोल सिटीका रुबेन डियाजले आत्मघाती गोल गरेका थिए ।
त्यसैगरी म्यानचेस्टर सिटीका लागि बेर्नार्डो सिल्भा, फिल फोडेन र जोसको गाभार्डिओलले एक एक गोल गरेका थिए ।
पहिलो लिगमा बराबरी खेलेपछि अब दोस्रो लिग रोमाञ्चक हुने भएको छ । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १८ मा म्यानचेस्टर सिटीको घरेलु मैदानमा हुने छ ।
न्युज कारखाना
क्वालालम्पुर, २८ चैत ।
विवादास्पद लोगोका कारण मलेसियामा जुत्ता उत्पादन गर्ने कम्पनी विवादमा परेको छ ।
जुत्ता उत्पादन गर्ने भेर्न होल्डिङ्स नामको कम्पनीले विवाद बढेपछि माफी मागेको छ । कम्पनीले विवादित लोगो भएको जुत्ता बिक्रीमा तत्काल प्रतिबन्ध लगाइएको जनाएको छ ।
वास्तवमा बजारमा बिक्री भइरहेको भेर्न होल्डिङ्स कम्पनीको जुत्ताको लोगो अरबी भाषामा ‘अल्लाह’ शब्दसँग मिल्दोजुल्दो रहेको भन्दै मुस्लिम समुदायले आपत्ति जनाएका थिए । मुस्लिम समुदायले तत्काल बजारबाट सबै जुत्ता हटाउन आग्रह गरेका छन् । विवाद बढेपछि कम्पनीले माफी मागेर डिजाइनमा त्रुटि भएका कारण लोगो गलत भएको स्वीकार गरेको थियो ।
आफ्नो स्पष्टीकरण प्रस्तुत गर्दा भेर्न होल्डिङ्सले सामाजिक सञ्जालमा लेखेको छ, ‘यस गल्तीका लागि व्यवस्थापनले माफी मागेको छ । हाम्रो नियत कुनै धर्म वा आस्थालाई अपमान गर्ने थिएन, कसैको अपमान गर्ने हाम्रो उद्देश्य थिएन। हामी क्षमाको लागि आशा गर्दछौं ताकि हामीले त्यो गल्ती सच्याउन सकौं।
यो विषयलाई लिएर विवाद चर्किएपछि प्रहरी कारबाहीमा आयो । घरेलु जुत्ता ब्राण्ड भेर्नविरुद्ध प्रहरी चौकीमा ८ वटा उजुरी परेको थियो । उजुरी परे पछि प्रहरीले कुल ११ सय जुत्ता बरामद गरेको थियो ।
प्रहरी महानिरीक्षक राजरुद्दीन हुसेनले स्थानीय सञ्चारमाध्यमलाई उक्त कम्पनीमाथि दण्ड संहिताको दफा २९८ अन्तर्गत अनुसन्धान भइरहेको बताए । यो खण्डले जानाजानी अरूको धार्मिक भावनामा चोट पुर्याउने नियतसँग सम्बन्धित छ। यससँगै सञ्चार तथा मल्टिमिडिया ऐन, १९९८ को दफा २३३ अन्तर्गत पनि अनुसन्धान भइरहेको छ ।
यस घटनापछि मलेसियाको इस्लामिक मामिला हेर्ने एजेन्सी इस्लामिक विभागले यसप्रति कडा आपत्ति प्रकट गर्दै कम्पनीका संस्थापक एनजी चुहान हुलाई बोलाएको थियो। अनुसन्धानमा कम्पनीले नियतवश यस्तो गरेको पाइएमा कडा कारबाही गरिने विभागले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले पञ्जाव किंग्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा सनराइजर्सले पञ्जावलाई रोमाञ्चक २ रनले पराजित गरेको हो ।
सनराइजर्सले दिएको १८३ रनको लक्ष्य पछाएको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउदै १८० रन मात्र बनाए पछि खेल २ रनले हारेको थियो ।
यस अघि पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ९ विकेट गुमाउदै १८२ रन बनाएको थियो ।
यो जितपछि सनराइजर्सको ५ खेलमा ३ जित र २ हारसहित ६ अंक भएको छ भने पञ्जावले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ । न्युज कारखाना
तेल अहिव, २८ चैत ।
हमासको ‘आपतकालीन समिति’ का प्रमुख हातेम अल–घामरी मारिएका छन् ।
मध्य गाजामा रहेको शरणार्थी शिविरमा गएराति इजरायलले गरेको हवाई आक्रमणमा हमासको ‘आपतकालीन समिति’ का प्रमुख घामरी मारिएका हुन ।
सो समिति नगरपालिकाहरूमा सार्वजनिक व्यवस्था र नागरिक नियन्त्रण कायम राख्ने जिम्मा लिएको हमासको निकाय हो।
इजरायली रक्षा सेवाका अनुसार घामरी हमासको सैन्य शाखामा पनि एक प्रमुख अपरेटिभको रूपमा रहेका थिए, जो माघाजी शरणार्थी शिविर क्षेत्रबाट रकेट आक्रमणका लागि जिम्मेवार थिए। साथै, सो आक्रमणमा परी अन्य पाँच जनाको मृत्यु भएको प्यालेस्टिनी मिडियाले जनाएको छ ।
उता, युद्धविराम सम्झौताका लागि हमासको माग पूरा गर्न इजरायलले अस्विकार गरेकाे छ । इजरायलले हमासको कुनै पनि माग पूरा नगर्ने जनाएकाे हाे । तर, युद्धविरामको प्रस्ताव अघि बढाएको उग्रवादी समूह हमासले जनाएको छ।
इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले काइरोमा इजरायलसँग युद्धविराम गर्नका लागि बोलाइएको वार्तामा हमासलाई प्रस्ताव पठाइएको थियो, जसमा दुबै पक्षबाट कैदी आदानप्रदानको बदलामा लडाई रोकिने छ।न्युज कारखाना
काठमाडौँ ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ ।
आज राजस्थान रोयल्स र गुजरात टाइटन्सबीच भिडन्त हुदै छ । जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा राजस्थान रोयल अपराजित रहदै चार खेलमा जित हासिल गरेर ८ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ । त्यस्तै गुजरात टाइटन्सले ५ खेलमा २ जित र ३ हार बेहोरेको छ ।
राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।
त्यस्तै गुजरात टाइटन्स यस सिजनमा शुभमन गिलको कप्तानीमा खेल्दै छ । गुजरातले टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेर बलियो टिमको उदाहरण दिएको छ । यस टिममा गिलसहित रिद्धिमान शाह, साइ किसोर, साइ सुदर्शन, राहुल तेवातिया, उमेश यादव, अभिनव मनोहर जस्ता भारतीय खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ भने डेविड मिलर रशिद खान, अज्मतुल्लाह ओमरजाइ, केन विलियम्सन जस्ता विदेशी खेलाडीको भूमिका ठुलो हुने देखिएको छ ।
गुजरात टिम खेलेको पहिलो सिजनमै विजेता र गत सिजनमा उपविजेता बनेको थियो ।न्युज कारखाना
काठमाडौं, २८ चैत ।
उप निर्वाचनका लागि आजवाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।
इलाम–२ र बझाङ– १ (क) मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका आयोगले आचारसंहिता लागू गर्न लागेको हो ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचार संहिता, २०७९ को दफा एकको उपदफा दुईले दिएको अधिकार प्रयोग गरी इलाम र बझाङ जिल्लाभरमा लागू हुने गरी बुधबारदेखि निर्वाचन सम्पन्न नभएसम्म निर्वाचन आचार संहिता, २०७९ को व्यवस्था लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवम प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए ।
निर्वाचन आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र निकायका पदाधिकारी, नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी स्थानीय कार्यपालिका र कार्यपालिकाका सदस्यको हकमा लागू हुनेछ ।
साथै, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारीमा पनि आचारसंहित लागु हुने जनाएको आयोगले राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ताको हकमा पनि लागू हुने जनाएको छ ।
आयोगका अनुसार पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, तथा त्यसका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, त्यसका शिक्षक तथा कर्मचारी, मतदाता, विकास साझेदार संस्था, सरकारी वा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा त्यस संस्थाका कर्मचारीको हकमा पनि निर्वाचन आचारसंहिता लागू हुनेछ ।
निजी क्षेत्रका बैङ्क तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, त्यसका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु वा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदारको हकमा पनि लागू हुने आयोगले जनाएको छ ।
न्युज कारखाना
काठमाडौं, २८ चैत ।
राष्ट्रियसभा बैठक बस्दैँछ ।
संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १ः१५ बजे बोलाइएको छ ।
संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभावाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्द स्वच्छता तथा गुणस्तर बिधेयक २०७७’ का सबन्धमा प्रतिनिधिसभावाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने छन् ।
माननीय दुर्गा गुरूङले ‘माननीय सदस्य बिष्णुदेवी पुडासैनीलाइ राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।
साथै, माननीय भगवती न्यौपानेले ‘माननीय सदस्य बिमला घिमिरेलाइ राष्ट्रियसभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस’ भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।
साथै, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाइ निर्णायार्थ प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।न्युज कारखाना
काठमाडौं, २८ चैत ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर आंशिक बदली रहेको छ।
दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।न्युज कारखाना
आजमिति २०८० साल चैत्र २८ गते वुधवार तदअनुसार अप्रिल १० तारिख,
नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्षको द्वितिया तिथी भरणी नक्षत्र, विष्कुम्भ योग छ । चन्द्र राशि मेष । यो अशुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:४० देखि १२:३० सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:४५
• सुर्यास्त: बेलुका ०६:२६ बजे
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगंः सुन्तला
शुभ अंकः ८
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) : आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं: हरियो
शुभ अंक: २
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) :आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं: खैरो
शुभ अंक : १
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : आज समय राम्रो छ । मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ ।
शुभ रगं : निलो
शुभ अंक : ५
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं : पहेलो
शुभ अंक : ३
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) :आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं : हरियो
शुभ अंक : ४
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते): आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं: सेतो
शुभ अंक: ७
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं : रातो
शुभ अंक : ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं: पहेलो
शुभ अंक : ७
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) : आज समय शुभ छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम तथा दाम्पत्य सुखमा रमाउने समय छ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । खुशि मिल्नसक्ने समय छ ।
शुभ रगं : निलो
शुभ अंक : ३
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) : आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं : कालो
शुभ अंक : ४
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) :आज समय मध्यम छ । परिवारिक माहोल राम्रो रहनेछ । प्रेममा अनावश्यक झगडा हुनसक्छ । शिक्षामा मन नजान सक्छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।
शुभ रगं : चाँदी
शुभ अंक : ७
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन्।
न्युज कारखाना