काठमाडौ, चैत २८ ।
नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । बिहिबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहिबार पनि अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६१ पैसा कायम गरिएको छ । अघिल्लो दिन अर्थात बुधबार सोहिमूलयमा डलरको कारोबार भएको थियो ।
बिहिबार यूरोपियन युरो एकको खरिदमूल्य १४४ रूपैयाँ ५६ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ २१ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा युरोको भाउ ५५ पैसाले बढेको हो । बुधबार भने यसको खरिददर १४४ रूपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रूपैयाँ ६६ पैसा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५० पैसा कायम गरिएको छ । बुधबारको तुलनामा ८१ पैसाले याउण्डको भाउ बढेको छ । बुधबार पाउण्डको खरिददर १६७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ ११ र बिक्रीदर ८८ रूपैयाँ ५० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ र बिक्रीमा ९८ रूपैयाँ ४५ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८० पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ४७ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ८३ पैसा तथा बिक्री दर ९ रुपैयाँ ८७ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, बिहिबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६३ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहिबार २८ रूपैयाँ ०२ पैसा र बिक्रीदर २८ रूपैयाँ १४ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३२ रूपैयाँ ६८ पैसा र बिक्रीदर ४३४ रूपैयाँ ६३ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ७९ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ३८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युज कारखाना
काठमाडौँ ।
काठमाडौँ विश्वकै सबै भन्दा बढी वायु प्रदूषण भएको शहर बनेको छ । वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर रहेको छ । अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स २४५ रहेको छ ।
त्यसैगरी दोस्रो स्थानमा भारतको नयाँ दिल्ली रहेको छ । नयाँ दिल्लीको एयर क्वालिटी इन्डेक्स २१४ रहेको छ ।
अहिले काठमाडौँ र नयाँ दिल्लीको एयर क्वालिटीको अवस्था अति अस्वस्थको अवस्थामा रहेको छ । त्यस्तै पाकिस्तानको लाहोर, बंगलादेशको ढाका, इराकको बग्दाद, भारतको कोलकोता, थाइल्याण्डको चियांग माई, चीनको हांगझोउ, भियतनामको हानोई, सेनेगलको डाकर र म्यान्मारको यांगुन अस्वस्थ रहेको छ ।
१५० सम्मको एयर क्वालिटी इन्डेक्सलाई सन्तोषजनक मानिन्छ भने २०० सम्मलाई अस्वस्थ र २०१ देखि ३०० सम्म अति अस्वस्थ तथा ३०१ भन्दा माथिलाई आपत्कालीन अवस्था मानिएको छ ।
अहिले काठमाडौँको वायु प्रदुषण बढ्नुमा जङ्गल लागेको डढेलो, धुलाम्मे सडक आदि कारण मानिएको छ ।
मौसम विभागले काठमाडौँमा अझै केहि दिन वायु प्रदुषणको यो अवस्था रहने र यो केहि दिन पुर्णरुपमा हट्ने सम्भाना नरहेको बताएको छ ।न्युज कारखाना
रियो दि जिनरियो, २८ चैत ।
दक्षिण अफ्रिकाका पुर्व राष्ट्रपति ज्याकोब जुमाले चुनाव लडन पाउने भएका छन् ।
दक्षिण अफ्रिकाको एक अदालतले पूर्व राष्ट्रपति ज्याकोब जुमालाई चुनाव लड्न प्रतिबन्ध लगाउने यसअघिको निर्णय उल्टाइदिए पछि उनी चुनाव लडन पाउने भएका हुन ।
अदालतले पहिलेको निर्णयलाई उल्टाउँदै देशमा हुन लागेको आम चुनावमा पदमा उम्मेदवार हुन सक्ने फैसला गरिदिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
निर्वाचन आयोगले यसअघि जुमाको उम्मेदवारीमा आपत्ति जनाउँदै आपराधिक अभिलेखका कारण पदमा उम्मेदवार हुन नसक्ने फैसला गरेको थियो। ‘निर्वाचन आयोगको निर्णय खारेज गरिएको छ,’ अदालतले आफ्नो फैसलामा लेखेको छ ।
सन् १९९४ मा प्रजातन्त्रको आगमन पछि सबैभन्दा प्रतिस्पर्धात्मक मतदान हुने अपेक्षा गरिएको दक्षिण अफ्रिकामा मे २९ मा आम निर्वाचन हुँदैछ।
जुन २०२१ मा जुमालाई आफ्नो राष्ट्रपतिको कार्यकालमा गरेको भनिएको आर्थिक भ्रष्टाचारमा बयान दिन अस्वीकार गरेपछि १५ महिनाको जेल सजायसमेत सुनाइएको थियो।न्युज कारखाना
काठमाडौं, २८ चैत ।
नाइजेरियाले निलम्बित मन्त्रीबाट ३० अर्ब नाइरा (२४ मिलियन) बरामद गरेको छ ।
मानवीय मामिला र गरिबी निवारण मन्त्री बेट्टा एडु विरुद्ध चलिरहेको भ्रष्टाचार अनुसन्धानको भागको रूपमा ३० अर्ब नाइरा (२४ मिलियन अमेरिकन डलर) बरामद गरेको छ हो ।
नाइजेरियाको वित्तीय निगरानी संस्थाका अनुसार उक्त रकम ५० भन्दा बढी बैंक खातामा फेला परेका थिए ।
मानवीय मामिला र गरिबी निवारण मन्त्री बेट्टा एडुलाई गत जनवरीमा सार्वजनिक पैसाको ६ लाख ४० हजार अमेरिकन डलर व्यक्तिगत बैंक खातामा फेला परे पछि निलम्बन गरिएको थियो। राष्ट्रपति बोला टिनुबुले त्यसपछि उनको मन्त्रालय र उनीमाथी छानबिन गर्न आदेश दिएका थिए ।
त्यसबेला ३७ वर्षीय डा एडुले कुनै गल्ती गरेको अस्वीकार गर्दै आएका थिए तर उनको कार्यालयले उनको नाममा नभएको व्यक्तिगत खातामा स्थानान्तरणलाई अनुमोदन गरेको खुलेको थियो ।
आर्थिक र वित्तीय अपराध आयोगले करिब ६ हप्ताको अनुसन्धान पछि धेरै प्रमाणहरू फेला पारेको थियो ।
‘अहिले हामीले ५० भन्दा बढी बैंक खाताहरू छानबिन गरिरहेका छौं, जसमा हामीले उनको पैसा फेला पारेका छौं, यो कुनै बच्चाको खेल होइन, यो ठूलो कुरा हो,’ बित्तिय आयोगका अध्यक्ष ओला ओलुकोयेडेले एजेन्सीसँग भने ।न्युज कारखाना
मुम्बई, २८ चैत ।
आरआरआरको सफलतापछि जुनियर एनटीआर आफ्नो अर्को फिल्म लिएर आउँदैछन् ।
हाल उनको खातामा धेरै ठूला फिल्महरू छन्, जसमध्ये एक वाइआरएफ युनिभर्सको फिल्म समावेश छ। यस वर्ष उनको आगामी फिल्म ‘देवरा पार्ट १’ हो। फिल्मको काम सकिएको छ, अहिले पोस्ट प्रोडक्सनको चरणमा छ । यो फिल्ममा उनीसँगै जान्हवी कपुर र सैफ अली खान पनि देखिनेछन् । तर जुन फिल्मकाका लागि उनी हेडलाइनमा छन्, त्यो त ऋतिक रोशनको ‘वार २’ हो ।
उनी केही समयअघि यो ब्रह्माण्डमा प्रवेश गरेका छन् । फिल्ममा उनी भारतीय एजेन्टको भूमिकामा देखिनेछन् भन्ने सबैलाई थाहा छ तर त्योभन्दा पनि ठूलो कुरा हुन लागेको छ । जसको बारेमा ठूलो अपडेट बाहिर आएको छ।
ऋतिक रोशन अहिले ‘वार २’ को सुटिङमा व्यस्त छन् । केही समयअघि उनीहरुको सेटका केही तस्विरहरु पनि लिक भएका थिए । त्यसपछि उनले जुनियर एनटीआरको बडी डबलबाट सुटिङ सुरु गरेको खुलासा भयो । फिल्ममा दुबैले एक्सन सिन देखिने छन् । अभिनेता जुनियर एनआरटीको चरित्र उनले पहिले खेलेका भूमिकाहरू भन्दा धेरै फरक हुनेछ।
जुनियर एनटीआर ‘वार २’ मा भारतीय एजेन्टमा हुनेछन् । अब सिनेजोस नामक वेबसाइटबाट एउटा रिपोर्ट आएको छ । यस अनुसार जुनियर एनटीआरको ‘वार २’ मा दोहोरो भूमिका हुने भएको छ । ऋतिक रोशन र जूनियर एनटीआरलाई यो प्यान इन्डिया मल्टिस्टारर फिल्ममा सँगै हेर्नका लागि फ्यानहरू निकै उत्साहित छन्। जुनियर एनटीआर फिल्ममा नकारात्मक र सकारात्मक दुवै भूमिकामा देखिने बताइएको छ । तर, फिल्ममा उनको दोस्रो भूमिका निकै महत्वपूर्ण हुने भएको छ, त्यो भने अन्तरालमा खुल्नेछ । साथै यो कथा फिल्मको एक महत्वपूर्ण भाग हुनेछ।
जुनियर एनटीआर र ऋतिक रोशन स्क्रिन सेयर गर्दै देखिने खबर आएपछि फ्यानहरुको खुसीको सीमा रहेको छैन । वास्तवमा, यो वाइएफआर ब्रह्माण्डको महत्त्वपूर्ण फिल्महरू मध्ये एक हुन गइरहेको छ । किनकि, यसपछि शाहरुख–सलमानको ठूलो तस्विरको लागि स्टेज सेट हुनेछ।
सन् २०१९ मा ‘वार’ आएको थियो, जसले बक्स अफिसमा राम्रो प्रतिक्रिया पाएको थियो । जुनियर एनटीआरले फिल्मका लागि १०० करोड भारु लिने बताइएको छ ।न्युज कारखाना
मेक्सिको सिटी, २८ चैत
मेक्सिकोको बिदेश मन्त्रालयले इक्वेडरको क्विटोमा रहेको आफ्नो दूतावासमा प्रहरीले छापा मारेको फुटेज जारी गरेको छ ।
.
इक्वेडरको सो कार्यलाइ मेक्सिकोले अनधिकृत र हिंसात्मकको रूपमा अर्थाएको छ ।
मंगलबार स्पेनिस र अङ्ग्रेजी दुवै भाषामा प्रकाशित बिज्ञप्ति अनुसार इक्वेडरको प्रहरी हस्तक्षेपबाट दूतावासलाई जोगाउने अन्तर्राष्ट्रिय सम्झौताहरू उल्लङ्घन गरेको आरोप लगाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘विश्वले इक्वेडरको पुलिसको हातमा हाम्रा मेक्सिकन कर्मचारीहरूको हिंसा, दुर्व्यवहार र दुर्व्यवहार देखेको छ र इक्वेडरमा हाम्रो दूतावासको प्रतिरोधात्मक क्षमताको उल्लङ्घन गरेको छ, मेक्सिकोले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घनलाई अन्तर्राष्ट्रिय अदालत र न्यायाधिकरणमा मित्र राष्ट्रहरूको समर्थनमा ल्याउनेछ।’
सो भिडियोमा इक्वेडोरका पूर्व उपराष्ट्रपति जर्ज ग्लासलाई पक्राउ गर्ने शुक्रबार इक्वेडरका प्रहरी मेक्सिकोको राजदुतावासमा पुगेका थिए । भ्रष्टाचार सम्बन्धी आरोपमा दोषी ठहरिए पछि दूतावासको पर्खाल भित्र शरण खोजिरहेका ग्लासलाइ दुतावासवाट पक्राउ गरिएको थियो ।
भिडियो क्लिपमा इक्वेडोरका पुलिसहरू मेक्सिकोको दूतावासको पर्खाल बाहिर राति अबेर जम्मा भएको र एक अधिकारीले हातमा बन्दुक लिएर अवरोध गरिरहेको देखिन्छ ।न्युज कारखाना
काठमाडौं, २८ चैत ।
लामो प्रतिक्षापछि गुगलले अन्ततः ‘फाइन्ड माई डिभाइस नेटवर्क’ सुरु गरेको छ ।
गत वर्ष गुगलले ‘फाइन्ड माई डिभाइस नेटवर्क’ घोषणा गरेको थियो र त्यसबेलादेखि यसको निरन्तर परीक्षण गरिरहेको थियो । गत हप्ताको एक रिपोर्टमा ‘फाइन्ड माई डिभाइस’ नेटवर्क चाँडै रिलिज हुने बताइएको थियो ।
फाइन्ड माई डिभाइस नेटवर्कले एप्पलको फाइन्ड माई एप जस्तै काम गर्नेछ, जसको मद्दतले मोबाइलबाहेक अन्य स्मार्ट ग्याजेटहरू पनि ट्र्याक गर्न सकिन्छ ।
गुगलले आफ्नो एक ब्लग मार्फत ‘फाइन्ड माई डिभाइस नेटवर्क’ को सुरुवातको बारेमा जानकारी दिएको छ । गुगल फाइन्ड माई डिभाइस नेटवर्क अमेरिका र क्यानडाबाट सुरु भएको छ र यसको अपडेट अन्य देशहरूमा पनि जारी भइरहेको छ । गुगलले ब्लगमा फाइन्ड माई डिभाइस नेटवर्कको मद्दतले आफ्नो एन्ड्रोइड उपकरण सजिलै र सुरक्षित रूपमा पत्ता लगाउन सकिने बताएको छ ।
सामान्यतया सबैभन्दा ठूलो समस्या उपकरणको अफलाइन मोडमा हुन्छ । गुगलले फाइन्ड माई डिभाइस नेटवर्क मार्फत यो समस्या समाधान गरेको बताएको छ । गुगलले फाइन्ड माई डिभाइस नेटवर्कमा जडान भएको डिभाइस ट्र्याक गर्नका लागि उक्त डिभाइस इन्टरनेटमा जडान हुनु आवश्यक नरहेको बताएको छ ।
पिक्सेल ८, पिक्सेल ८ प्रो प्रयोगकर्ताहरूले फोन बन्द गरेपछि पनि आफ्नो फोन ट्र्याक गर्न सक्षम हुने गुगलले बताएको छ । पिक्सेल बाहेक, अन्य कम्पनीका फोन र ग्याजेटहरूमा उपलब्ध यो सेवा छिटै उपलब्ध हुने गुगलले बताएको छ ।न्युज कारखाना
काठमाडौ, चैत २८ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १६०, कालो अंगुर २५०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १३०, नेपाली मेवा ८० चुकुन्दर ६० र आभोकाडो ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार लोकल सानो गोलभेडा ३५ र भारतीय ठूले गोलभेडा ६०, अदुवा २४०, रातो आलु ४० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २०, लौका ५०, कागती २४०, लोकल काक्रो ९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २५, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ९० रुपैयाँ, राजमा घिउ सिमी १६० रुपैयाँ र टाटे सिमी ७० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ३० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग १०० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग १४० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ ।
गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ५० र पुदीना १५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १४० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा १५, भिण्डी १०० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ ।
उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३३० र मंगुरी माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ ।
न्युज कारखाना
काठमाडौं, २८ चैत ।
प्रतिनिधिसभा बैठक बस्दैँछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका माननीय सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेस गर्नेछन् ।
संघीय संसद् सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८०’ पेस गर्नेछन् । अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा राखिएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
मंगलबार प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले अबरोध गरे पछि उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेले प्रस्तुत गर्ने भनिएको राजनीतिक दल सबन्धी बिधेयक आजको कार्यसुचीमा हटाइएको छ । न्युज कारखाना
काठमाडौं, २८ चैत ।
भारतीय फुटबलको सुनौलो युग देखाउने प्रशिक्षक सैयद अब्दुल रहीमको जीवनीमा आधारित फिल्म ‘मैदान’ अप्रिल १० मा रिलिज हुँदैछ । अजय देवगन अभिनित यो वास्तविक जीवनमा आधारित फिल्म ३ घण्टा १ मिनेट लामो छ ।
भारतीय फुटबलको स्वर्णिम काल १९५२ देखि १९६२ सम्म थियो । यो केवल एक व्यक्ति सैयद अब्दुल रहीम (अजय देवगन) को कारणले सम्भव भयो । फिल्मको कथा उनको जीवनमा आधारित छ । कथाको सुरुमा सैयद अब्दुल रहिमले देशभरका खेलाडीहरू जम्मा गरेर देशका लागि खेल्न तालिम दिन्छन् भन्ने देखाइएको छ । यसैबीच, उनले भारतीय फुटबल महासंघ भित्रका केही क्षेत्रीयवादीहरूसँग सामना गरेको फिल्ममा देखाइएको छ ।
महासंघका तत्कालिन पदाधिकारीहरू चाहन्थे कि बंगालका खेलाडीहरूलाई टीम इन्डियामा बढी अवसर मिलोस्, तर सैयद अब्दुल रहीमको सोच अर्कै थियो । वास्तविक प्रतिभालाई अवसर दिनुपर्छ भन्ने उनको मान्यता थियो । १९५२ र १९५६ ओलम्पिकमा भारतीय टोलीको प्रदर्शन उत्कृष्ट थियो, यद्यपि टोली फाइनलमा पुग्न सकेन ।
यही कारण रहिमलाई प्रशिक्षक पदबाट हटाइयो । यसैबीच उनलाई क्यान्सर पनि हुन्छ तर उनको हिम्मत टुट्दैन । उनी फेरि भारतको प्रशिक्षक बने र एसियाली खेलकुदमा टोलीलाई गौरव दिलाए ।
पक्कै पनि फिल्ममा अजय देवगन मात्रै देख्नुहुनेछ । अजय देवगनले सैयद अब्दुल रहीमको भूमिकामा उत्कृष्ट काम गरेका छन् । अजय देवगन आँखाले अभिनय गर्नका लागि चिनिन्छन्, यस फिल्ममा पनि उनले प्रायः आफ्नो आँखाले अभिनय गरेका छन् ।
श्रीमतीको भूमिकामा प्रियमणिले पनि राम्रो काम गरेकी छिन् । खेलकुद पत्रकारको भूमिकामा गजराज रावले पनि राम्रो काम गरेका छन् । भारतीय खेलाडीको भूमिकामा सबै कलाकारले प्रभाव पारेका छन् ।
‘बधाइ हो’ जस्ता सफल चलचित्र बनाएका अमित शर्माले चलचित्र निर्देशन गरेका हुन् । पहिलो हाफमा उनले कथालाई पूर्ण रूपमा बोरिङ र ढिलो राखेका छन् । पहिलो हाफ अलि बोरिंग छ । दोस्रो हाफ, विशेष गरी क्लाइमेक्स अनुक्रम, शानदार छ । फुटबल म्याच सिक्वेन्समा क्यामेराको काम उत्कृष्ट छ, तपाईले लाइभ म्याच हेर्दै हुनुहुन्छ जस्तो लाग्छ ।
फिल्मको संगीत पक्ष सबैभन्दा निराशाजनक छ । चलचित्रको संगीत ए.आर. रहमान जस्ता दिग्गज संगीत निर्देशकले दिएका छन् । उनको उचाइका हिसाबले यो फिल्मको संगीत खासै राम्रो छैन । सामान्यतया खेलकुद नाटक फिल्मको संगीतले ऊर्जा दिन्छ, यो फिल्ममा त्यस्तो छैन । फिल्म सकिएपछि गीत र ब्याकग्राउन्ड स्कोर पनि याद रहँदैन ।
भारत प्रारम्भिक समय देखि क्रिकेट र हक्की को लागी परिचित छ, यद्यपि एक समय आयो जब भारतीय फुटबल एशियाको ब्राजिल भनिन्थ्यो । यो केवल एक व्यक्ति सैयद अब्दुल रहीमको कारणले सम्भव भएको थियो । यदि उनको कथा जान्न चाहानुहुन्छ भने तपाइँ यो चलचित्र हेर्न सक्नुहुन्छ ।न्युज कारखाना