२०८३ श्रावण २६
२०८३ श्रावण २६

काठमाडौँ ।

भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो गिरफ्तारी बारे दिल्ली उच्च अदालतले दिएको आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका छन् ।

प्रवर्तन निर्देशनालय (इडी) ले केजरीवाललाई गत मार्च २१ मा पक्राउ गरेको थियो र उनी हाल न्यायिक हिरासतमा छन् ।

मंगलबार दिल्ली उच्च अदालतले अरविन्द केजरीवालको गिरफ्तारीविरुद्ध दायर गरेको याचिका खारेज गरेको थियो । अब केजरीवलले सो आदेशलाई सर्वोच्च अदालतमा चुनौती दिएका हुन् ।

यस मामिलामा तत्कालिन उपमुख्यमन्त्री मनिष सिसोदिया, सञ्जय सिंहलाई समेत पक्राउ गरिएको थियो । तर, गत हप्ता सर्वोच्च अदालतले राज्यसभा सांसद सञ्जय सिंहलाई जमानतमा रिहा गर्ने आदेश दिएको थियो ।
न्युज कारखाना

काठमाडौ, चैत २८ ।

मनकामना स्मार्ट लघुवित्त संस्था लिमिटेडको वार्षिक साधारण सभा बिहीबार चैत २९ गते बस्दैछ । लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । जसअनुसार यसवर्ष सेयरधनीहरुको हात खाली रहने छ । यसैगरी यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भइसकेको छ । कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सन्नेछन् । सभा, होटल पौवा सिद्धार्थनगर–६, रुपन्देहीमा हुनेछ । न्युज कारखाना

काठमाडौँ ।

प्रतिनिधिसभाको आजको बैठकको गृहमन्त्री रवि लामिछानेले पेश गर्ने राजनीतिक दल सम्बन्धि विधेयकलाई कार्यसूचीबाट हटाइएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय छानबिन समिती गठनको माग राखिरहेको बेला गृहमन्त्री रोष्टममा गएर विधेयक पेश गर्ने कार्यसूची आजको बैठकबाट हटाइएको छ ।

कांग्रेसले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न नदिने अडान लिदै आएको छ ।न्युज कारखाना

काठमाडौं ।

नेपाली बजारमा सुनचाँदीको मुल्य बढ्नेक्रम रोकिएको छैन ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ । यो नेपाली बजारमा अहिलेसम्मको सुनको उच्च मुल्य हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३६ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३६ हजार ६०० रुपैयाँ किनबेच भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ६५० रुपैयाँ निर्धारण भएको थियो ।

यता, आज चाँदीको मुल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मुल्य प्रतितोला १५ रुपैयाँ बढेर १७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।न्युज कारखाना

रौतहट २८ चैत।

रौतहटको मौलापुर नगरपालिका -२ मर्यादपुर एकीकृत दलित वस्तीमा गएराती भएको आगलागी बाट तीनवटा घरगोठ जलेर नष्ट हुनुका साथै चार चौपायाको मृत्यु भएको छ।

आगलागीबाट ब्रम्हदेव महरा चमार ,जगदेव महरा चमार ,रामचन्द्र महरा चमारको फुसको घर गोठ जलेर नष्ट भएको छ। , घर गोठभित्र रहेका गैस सिलिन्डर, खदान्न समाग्री , लत्ताकपडा पुर्ण रूपमा जलेर नष्ट हुनुका साथै ४ वटा बाख्राको मूल्य भएको ईलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर कुशल बर्तौलाले बताएका छन। आगलागी बाट पाँचलाख,४५ हजार रुपैयाँ बराबरको क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन। आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

गर्मी संगै हावाहुरी चल्न सुरुभएपछि रौतहटमा दैनिकजसो आगलागीको घटना भईरहेको छ। जिल्लाको १८ स्थानियतह मध्ये गौर नगरपालिका र चन्द्रपुर नगरपालिकामा मात्र बारुण यन्त्र दमकल रहेकाले आगलागीको घटना हुँदा तुरुन्तै नियन्त्रणमा समस्या हुनेगरेको जानकारहरुले बताउँदै आएका छन।न्युज कारखाना

काठमाडौ, चैत २८ ।

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी छनोट भएका छन् । नेपाल राष्ट्र बैंकले अन्तिम नतिजा सार्वजनिक गर्दै रोशनकुमार अधिकारी छनोट भएको जनाएको हो । यस्तै प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा वैकल्पिक उमेदवारमा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रिय बैंकले प्रकाशित गरेको सुचना अनुसार छनोटमा परेका मुख्य उम्मेदवारले नियुक्तिका लागि २०८१ वैशाख २ गतेभित्र राष्ट्र बैंकमा सम्पर्क राख्नु पर्ने हुन्छ । उक्त मितिभित्र सम्पर्कमा नआएमा योग्यताक्रम अनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने राष्ट्र बैंकले जनाएको छ । न्युज कारखाना

काठमाडौँ ।

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै परेको रिटको सुनुवाई आज हुदै छ ।

गण्डकी कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

अधिकारी सोमबार मात्र मुख्यमन्त्री बनेका हुन । उनले मुख्यमन्त्री बन्नका लागि सभामुखसहितको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएको विषय विवादित बनेको छ । यस अघि कोशी प्रदेशमा सरकार गठनमा सभामुखको मत गणना गर्न नपाइने सर्वोच्चको नजिर विपरित गण्डकीमा सरकार गठन भएपछि कांग्रेस अदालत गएको हो ।

सभामुख समेत रहेका कृष्ण धितालसमेतलाई गणना गरेर नयाँ सरकारको दाबी गरेका नेकपा एमालेका संसदीय दलका नेता खगराज अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री नियुक्त गरेका थिए ।न्युज कारखाना

काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी–व्यवसायी लगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय प्रणालीको स्वस्थ र सवल नियमनलाई उच्च प्राथमिकतामा राख्ने र निजी क्षेत्रलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध रहेका बताए ।

सम्पूर्ण निजी क्षेत्रका सङ्घसंस्था र प्रतिनिधिहरूलाई उच्च मनोबलका साथ अगाडि बढ्न  अपील गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “यहाँहरूले देखाउनुभएको चासो र मागलाई सम्बोधन गर्न सरकार र निजी क्षेत्रको बलियो एकता आवश्यक छ ।”

लगानी र रोजगारी सिर्जना गर्न एवं उत्पादन र रोजगारी बढाउन निजी क्षेत्रले अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले राज्यका तिनै तहका सरकारहरूले नीति तथा योजना निर्माणमा निजी क्षेत्रसँग समन्वय गर्दै आएको बताए ।

सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्ने, सन् २०२६ मा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र द्रूत साथै सन्तुलित विकास र समृद्धि हासिल गर्ने दिशातर्फ नेपाल केन्द्रित भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले निर्धारित लक्ष्य हासिल गर्नका लागि सरकार र निजी क्षेत्र दुवैबाट हुने लगानी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए ।

आगामी वैशाखमा हुने लगानी सम्मेलनलाई अधिकतम प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले भने, “देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्राउन हाम्रा नीति, कानुन, सोच, संरचना र कार्यशैलीमा काफी चुनौती र सीमाहरू छन् । त्यसलाई सम्बोधन गर्न सरकारले आवश्यक परे अध्यादेश नै ल्याएर भए पनि लगानी भित्राउन प्रतिकूल देखिएका ऐनहरू संशोधन गरी लगानीका लागि सरलीकृत नीति र प्रक्रियाका तयारी गरिएको छ ।”

सरकारले गरेको तयारीबाट लगानीका नयाँ–नयाँ क्षेत्रहरूको पहिचान र छनोट एवं प्रतिबद्धताबमोजिम लगानी भित्राउन महत्त्वपूर्ण योगदान पुग्ने सरकारको विश्वास रहेको प्रधानमन्त्री प्रचण्डले बताए ।

सरकारको निरन्तर प्रयासका कारण अर्थतन्त्रका आन्तरिक र बाह्य सूचकहरू सकारात्मक बन्दै गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय नीति र मौद्रिक नीतिबीच तादाम्य कायम एवं निजी क्षेत्रसँग बलियो सहकार्य अर्थतन्त्रका आधारभूत सूचकाङ्कहरू सकारात्मक हुँदै जानु सुखद् कुरा भएको बताए ।  उनले  राष्ट्रिय आकाङ्क्षा र आवश्यकताअनुरूप अर्थतन्त्रले अपेक्षित प्रगति हासिल गर्न बाँकी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, “अर्थतन्त्र सुधारको प्रक्रियालाई तीव्रता दिनका लागि थप दृढताका साथ अगाडि बढ्न सरकार प्रतिबद्ध छ ।”

परम्परागत ढाँचाको नीति तथा कार्यक्रम र बजेटले देशको समृद्धि र रूपान्तरण सम्भव छैन भन्ने यथार्थ आत्मसात गरी यस वर्ष सरकारले अध्यादेश नै ल्याएर बजेटसम्बन्धी नीति, ढाँचा र कार्यतालिका परिमार्जन गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले यसपटक नीति तथा कार्यक्रममाथि जनप्रतिनिधिहरू, उद्योगी–व्यवसायीहरू, बुद्धिजीवीहरू र आम जनसमुदायका बीचमा गहन छलफल र अन्तरक्रिया हुने जानकारी दिए ।  “सरकारले असीमित आकाङ्क्षा र सीमित साधनस्रोतका बीच पनि वैज्ञानिक नीति–कार्यक्रम र बजेट तर्जुमा गर्नेछ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसलाई मैले आर्थिक क्षेत्रमा नयाँ क्रमभङ्गको एउटा महत्त्वपूर्ण आधारविन्दु मानेको छु ।”

परम्परागत सोंच र कार्यक्रमबाट आम जनतामा आत्मविश्वास जगाउन र विद्यमान चुनौतीहरूलाई अवसरमा बदल्न सम्भव नभएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी नीति तथा कार्यक्रम र बजेटले उत्पादन र रोजगारी एवं कृषिजन्य उद्योगमा जोड लगाउनुपर्नेमा जोड दिए ।  “आन्तरिक उत्पादन र रोजगारी बढ्न नसकेमा अन्य क्षेत्रका उपलब्धि दिगो रहन सक्दैन भन्ने कुरा यसअघि अन्य मुलुकको उदाहरणबाट देख्थ्यौँ, अहिले हामी आफैले भोगिरहेका छौँ । यसपटक यो समस्यालाई सम्बोधन गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भने ।

खर्च हुन नसक्ने ठाउँमा थुप्रिएर रहेको आयोजना र बजेटलाई अर्थतन्त्रलाई सवलीकरण गर्ने र पुँजीगत खर्च बढाउने आयोजनातर्फ स्थानान्तरित गर्नेबारेसमेत सरकारले गृहकार्य गरिरहेको जानकारी दिए । न्युज कारखाना

काठमाडौ, चैत २८ ।

नेपाल धितोपत्र बोर्ड अध्यक्षका प्रतिस्पर्धीहरुले बिहीबार आफ्ना कार्यायोजना प्रस्तुत गर्ने भएका छन् ।

बोर्डका लागि ५ जनाले चैत २९ गते आ आफ्नो कार्ययोजना प्रस्तुत गर्ने भएको छ । अध्यक्ष छनोट समितिले बिहीबार कार्ययोजना प्रस्तुत गर्न ‘सर्टलिस्ट’ मा परेका ती ५ जनालाई बोलाएको हो । कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम ‘सर्टलिस्ट’मा परेको छ ।

साथै ‘सर्टलिस्ट’मा परेका ५ जनाको कार्ययोजना मूल्यांकन गरी उत्कृष्ट ३ जनाको नाम छनोट समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने छ । मन्त्रिपरिषद्मा सिफारिस भएका तीनमध्ये १ जनालाई अध्यक्षमा नियुक्त गरिने बोर्डले जनाएको छ । न्युज कारखाना

अफ्रिका, २८ चैत ।

पश्चिम अफ्रिकामा अवस्थित सिएरा लियोनका राष्ट्रपतिले लागूऔषधका सम्बन्धमा राष्ट्रिय आपतकाल घोषणा गरेको घटनाले धेरैलाइ  छन् ।

 

यो औषधिको नाम ‘कुश’ हो, जुन लत लाग्ने पदार्थको साइकोएक्टिभ मिश्रण हो। यो लागूपदार्थले यो देशमा धेरै वर्षदेखि मानिसहरूलाई यसको लत बनाउँदै आएको छ। राष्ट्रपति जुलियस माडा बायोले यो औषधिलाई मृत्यु जालको रूपमा वर्णन गर्दै संकट सिर्जना गरेको बताएका छन्।

 

यो औषधि बनाउन प्रयोग हुने सामग्री मध्ये एक मानव हड्डी हो। यसको लतमा परेका मानिसहरूले चिहान खन्ने गरेको देखिन्छ। यसलाई रोक्नका लागि चिहानमा सुरक्षा व्यवस्था कडा पारिएको छ। बीबीसीको एक रिपोर्टका अनुसार सियरा लियोनमा यो औषधिको अत्यधिक सेवनका कारण अंगहरू सुन्निएका व्यक्तिहरू सडकको छेउमा बसेको देख्नु सामान्य कुरा हो। यसको लतमा परेका एक व्यक्तिले भने, ‘मलाई यो मन पर्दैन तर छोड्न सक्दिन् ।’

 

यो औषधिका कारण कतिले ज्यान गुमाएका छन् भन्ने आधिकारिक तथ्यांक उपलब्ध छैन । राजधानी फ्रिटाउनमा पछिल्ला केही महिनामा सयौं युवाको मृत्यु भएको एक डाक्टरले बताएका छन् । अत्याधिक औषधि सेवनका कारण उनको अंगले काम गर्न छाडेको थियो, जसका कारण उनको ज्यान गयो । यो औषधिले शरीरमा साइड इफेक्टको साथसाथै मानिसको मानसिक स्वास्थ्यमा पनि निकै नराम्रो प्रभाव पारेको चिकित्सकहरु बताउँछन् ।

 

सियरा लियोन मनोचिकित्सा अस्पतालका अनुसार सन् २०२० देखि २०२३ सम्म ‘कुश’ औषधिका कारण भर्ना हुनेको संख्या ४ हजार प्रतिशतले बढेको छ । तपाईलाई बताउन दिनुहोस् कि यो देशमा यस प्रकारको एक मात्र अस्पताल हो। यसको प्रयोग बढ्दै गएपछि फ्रीटाउनका चिहान सञ्चालन गर्नेहरूले सुरक्षा बढाउन माग गरेका छन्। राष्ट्रपति बायोले  गत बिहीबार राति एक सम्बोधनमा भने कि देशमा अहिले यो औषधिको कारण अस्तित्वको संकटको सामना गरिरहेको छ।

 

राष्ट्रिय संकटकाल घोषणा गर्दै राष्ट्रपतिले यसको दुरुपयोग रोक्न राष्ट्रिय कार्यदल गठन गर्न निर्देशन दिइएको बताए । यो कार्यदलले मुख्यतया कुश संकट समाधानमा केन्द्रित हुनेछ । प्रत्येक जिल्लामा केन्द्रहरू स्थापना गरिनेछ, जसमा प्रशिक्षित पेशेवरहरूले दुर्व्यसनमा फसेका मानिसहरूलाई मद्दत गर्नेछन्। तपाईलाई बताउन दिनुहोस् कि वर्तमानमा फ्रीटाउन यो देशको एक मात्र शहर हो, जहाँ ड्रग रिह्याबिलिटी सेन्टर काम गरिरहेको छ। यो वर्ष सेना प्रशिक्षण केन्द्रमा निर्माण गरिएको थियो।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।