काठमाडौँ ।
बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको छ ।
युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लिगमा बार्सिलोनाले पिएसजीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा राफिन्हाले २ गोल गरेका थिए भने आन्द्रेज क्रिस्टियनसेनले एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि ओसुमान डेम्बेले र भिटिन्हाले एक एक गोल गरेका थिए ।
यो जितपछि बार्सिलोनाले पहिलो लिगमा ३-२ को अग्रता लिएको छ । अब क्वाटरफाइनलको दोस्रो लिग अप्रिल १७ मा बार्सिलोनाको घरेलु मैदानमा हुने छ ।न्युज कारखाना
काठमाडौं, २९ चैत ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच खेल हुदैँछ ।
मुम्बईको वान्खडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार ७ : ४५ बजेदेखि खेल शुरु हुने छ ।
जारी आइपिएलमा शुरुवाती तीन खेल हारेको मुम्बई इण्डियन्सले पछिल्लो खेलमा जित हासिल गरेर विजयी लयमा फर्किने प्रयास गरेको छ । मुम्बईले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म ५ खेलमा केवल एक खेल जितेको छ भने चार खेलमा हार बेहोरेको छ ।
मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
त्यस्तौ फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैंगलुरुका लागि विराट कोहलीसहित मोहमद सिराज, अनुज रावत, दिनेश कार्तिक जस्ता भारतीय खेलाडी महत्वपूर्ण हुने छन् भने कप्तान फाफसहित ग्लेन म्याक्सवेल, क्यामरुन ग्रीन, अल्जारी जोसेपजस्ता विदेशी खेलाडी यस सिजनमा महत्वपूर्ण खेलाडी हुने छन् । त्यस्तै रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म आइपिएलको उपाधि जित्न सकेको छैन । गत सिजनमा बैंगलुरु छैटौं स्थानमा रहेको थियो ।
न्युज कारखाना
ब्रसेल्स, २९ चैत ।
युरोपेली संसदले ईयूको आप्रवासन र शरणसम्बन्धी नियममा ठूलो सुधार गरेको छ ।
लामो छलफल र बार्ता पछि इयुले शरण र आप्रवासन सन्धिका बारेमा २०१५ देखि सुरू गरेको छलफल टुंग्याउँदै नयाँ सुधार अनुमोदन गरेको हो । जुन यो दुई वर्षमा लागू हुनेछ।
शरण प्रक्रियालाई गति दिन र अनियमित आप्रवासीहरूलाई स्वदेशमा फर्काउनको लागि नयाँ नियम बनाएको हो । जुन नयाँ नियमले इयु सदस्य राष्ट्रहरूलाई शरणार्थीहरूको लागि जिम्मेवारी बाँड्न पनि सजिलो हुनेछ ।
गत वर्षहरूमा लगभग ३ लाख ६० हजार मानिसले गैरकानूनी रूपमा इयुको सिमानामा प्रवेश गरेका थिए, जुन जुन २०१६ यताको उच्च संख्या हो।
माइग्रेसन सम्झौतालाई दुई मुख्य राजनीतिक समूह युरोपेली पीपुल्स पार्टी (ईपीपी) र प्रगतिशील गठबन्धन समाजवादी र एस एन्ड डिले समर्थन गरेका छन ।
युरोपेली संसदका अध्यक्ष रोबर्टा मेत्सोलाले भने कि यसबाट एकता र जिम्मेवारी बीचको सन्तुलन हुुने भएकाे छ ।
यद्यपि, वामपन्थी र अति दक्षिणपन्थी समूहहरूले सम्झौताको विरोध गरेका छन । साथै, धेरै गैरसरकारी संस्थाहरूले पनि याे सुधारलाई अस्वीकार गरेका छन् । एम्नेस्टी इन्टरनेशनलले चेतावनी दिदै भने, इयु राष्ट्रमा लागु हुने नयाँ नियमले शरणार्थीहरूको लागि थप पीडा दिनेछ ।
न्युज कारखाना
काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज शुभकामना सन्देश जारी गर्नुहुँदै इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । उनले आपसी सद्भावको चाडको रुपमा मनाइने इदले सबै नेपालीबीच बन्धुत्वको भावना बढाउन, सामाजिक सद्भाव अभिवृद्धि गर्न योगदान पुग्ने तथा राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानका साथ प्रेरणा मिल्ने विश्वाससमेत लिएका छन् ।
“बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति इदलगायतका पर्व कुनै समुदाय विशेषका मात्र नभएर राष्ट्रिय पर्वका रुपमा स्थापित भएका छन्”, प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा उल्लेख छ, “हरेक चाडपर्वको आफ्नो ऐतिहासिक र विशिष्ट महत्व हुने गर्दछ, मानव जातिले जीवन वृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्व विकसित र स्थापित हुँदै आएका छन् ।”
नेपालको धार्मिक विविधतालाई समृद्ध तुल्याउन तथा सहिष्णुता एवं सहकार्यको संस्कृतिलाई सवलीकृत तुल्याउन इद पर्वको महत्वपूर्ण भूमिका रहँदै आएको र मान्यजनबाट आशीर्वाद लिने तथा आफ्नो आम्दानीको केही अंश दान गर्नुपर्ने धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गरेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।न्युज कारखाना
गाजा, २९ चैत ।
उत्तरी गाजामा इजरायली आक्रमणमा हमास प्रमुख इस्माइल हानियाहका तीन छोराको मृत्यु भएको छ ।
इजरायलले मुस्लिमहरूको ईद अल फित्रको छुट्टीमा घेराबन्दी गरिएको एन्क्लेभमा भएको बमबारीमा तीनजनाको मृत्यु भएको हो ।
अल जजीरा अरबीसँगको एक अन्तर्वार्तामा हानियाले बुधबार आफ्ना छोराछोरी हाजेम, आमिर र मोहम्मद र उनका धेरै नातिनातिनाहरूको हत्या भएको पुष्टि गरेका छन् ।
शती शरणार्थी शिविरमा इद मनाउन आफन्तलाई भेट्न गएको बेला उनीहरुलाई निशाना बनाइएको उनले बताए ।
‘शहीदहरूको रगत र घाइतेहरूको पीडाबाट, हामी आशा जगाउँछौं, हामी भविष्य सिर्जना गर्छौं, हामी हाम्रा जनता र हाम्रो राष्ट्रको लागि स्वतन्त्रता र स्वतन्त्रता सिर्जना गर्छौं,’ हानियाले भने । उनका अनुसार भतिजीसहित परिवारका करिब ६० सदस्य युद्ध सुरु भएदेखि मारिएका छन्।
‘हामीले गाजाको भूमिमा सबै कुरा उल्लङ्घन गरेको देख्यौं, त्यहाँ जातीय सफाया र नरसंहारको युद्ध छ, त्यहाँ सामूहिक विस्थापन छ’ उनले भने ।
न्युज कारखाना
काठमाडौं, २९ चैत ।
इदको चन्द्रमा देखिने बित्तिकै रमजान महिना समाप्त हुन्छ र भोलिपल्ट इद उल फित्र मनाइन्छ।
इद विश्वभरी ११ अप्रिल २०२४ मा मनाइनेछ। मुस्लिम समुदायमा ईदको पर्वलाई लिएर केही विशेष नियमहरू छन्, जसमध्ये एक हो जकात र फित्रा।
रमजान पछि ईद मनाइन्छ। तर ईद मनाउनु अघि मुस्लिमहरूले जकात र फित्रा तिर्नुपर्छ। इदको नमाज अगावै जकात र फित्रा तिर्नुपर्ने हुन्छ, यो भनेकोण्धनी गरिब सबैले इद मनाउनुपर्छ, कसैलाई पनि अभाव नहोस् र खुशीको पर्व इदमा हरेक घर खुसीले भरियोस् ।
तर, जकात र फित्रा के हो ? जकात र फित्रा के हो ? के दान दिनुपर्छ ? कति दान गर्नुपर्छ र कहिले दान गर्नुपर्छ भन्ने विषयमा मानिसहरूको मनमा धेरै प्रश्न छन् । हामीलाई यसको बारेमा विस्तृत जानकारी दिनेछौं ।
जकात र फित्रा एक प्रकारको दान हो, जुन ईदको नमाज अघि दिइन्छ। जकात पनि इस्लाम को ६ स्तम्भ भित्र पर्दछ, जो पूरा गर्नको लागी प्रत्येक मुस्लिमको कर्तव्य हो। इस्लाम धर्म अनुसार प्रत्येक सक्षम व्यक्तिले जकात तिर्नु पर्छ।
के हो फित्राह ?
विशेष महत्व रहेको इद उल फित्रमा फित्राह थपिएको छ । फित्र वा फित्राहबाट व्युत्पन्न हुन्छ, जसको अर्थ धनी, धनी वा सक्षम परिवारका मानिसहरूले आर्थिक रूपमा कमजोर वा खाँचोमा परेकाहरूलाई दिने पैसा हो। गरिब परिवारका मानिसहरूले पनि ईद मनाउन सकून् भनेर यो इदको नमाज अघि दिइन्छ।
जकात के हो ?
इदको नमाज अघि वा रमजानको समयमा जकात दिने चलन छ। फित्रा जस्तै, जकात पनि गरिब, दरिद्र वा अनाथहरूलाई दिइन्छ।
कति जकात तिरिन्छ ?
जकात ईद अघि भुक्तानी गरिन्छ। तर जकात कति कटौती गर्नुपर्छ भन्ने प्रश्न हो। एक वर्षभन्दा बढी समयसम्म आफूसँग राखिएका सुनका गरगहना र नगदको कुल रकममा २.५ प्रतिशत जकात काटिन्छ । यसरी जकात तिर्दा अल्लाहको दया कायम रहन्छ भन्ने धार्मिक विश्वास छ ।
फितरा कति निकालिन्छ ?
इदको दिन इदको नमाज अघि फित्रा पनि निकालिन्छ । नगद र सुनका गरगहनाको कुल रकमको साढे दुई प्रतिशत जकात दिइन्छ। जबकि फित्रामा साढे दुई किलो गहुँ वा सो बराबरको रकम दिइन्छ । तर यदि इस्लाम धर्मालम्बी धनी वा सक्षम छ भने यो भन्दा बढी दिने गर्छन ।
न्युज कारखाना
काठमाडौँ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा गुजरातले राजस्थानलाई ३ विकेटले पराजित गरेको हो ।
राजस्थानले दिएको १९७ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि राजस्थानले पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो ।
जारी आइपिएलमा राजस्थानको यो पहिलो हार हो । ५ खेलमा ४ जित र एक हारसहित राजस्थान ८ अंक हासिल गर्दै शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै गुजरातको भने यो तेस्रो जित हो । ६ खेलमा ३ जित र ३ हार बेहोर्दै गुजरात ६ अंकसहित छैटौं स्थानमा रहेको छ ।
न्युज कारखाना
काठमाडौं, २९ चैत ।
आज सार्बजनिक बिदा दिइएको छ ।
इस्लाम धर्मावलम्वीले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत हिजो पूरा गरे पछि ‘इद उल फित्र’ विहिबार मनाउने भए पछि आज सार्बजनिक बिदा दिइएको हो ।
गृह मन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको थियो ।
इदको दिनमा नमाज पूरा गरे पछि एक अर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।
यो पर्वको ७० औँ दिनमा बकरिद अर्थात ‘इद उल अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना प्रस्थान गर्ने चलन छ ।
न्युज कारखाना
काठमाडौँ ।
आज इस्लाम धर्मावलम्वीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै ‘इद-उल-फित्र’ मनाइदै छ ।
आज सरकारले सार्बजनिक बिदा समेत दिएको छ । गृहमन्त्रालयले बुधवार एक सूचना जारी गर्दै विहिबार सार्बजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन भने घरमा विभित्र परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोको अनुसार नवौँ महिना हो ।
यो पर्वको ७०औँ दिनमा बकरिद अर्थात ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरु ‘हज’ का लागि साउदी अरबको मक्का मदिना जाने पनि गर्दछन् ।न्युज कारखाना
काठमाडौं, २९ चैत ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती भने कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरू साथै बाँकी पहाडी भू-भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेश लगायत कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको हुँदा त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।न्युज कारखाना