साओ पाउलो, १० बैशाख ।
ब्राजिलमा यस वर्ष डेंगुका कारण अहिलेसम्म १,६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
समाचार अनुसार थप २ हजार ६१ जना गम्भिर रूपमा बिरामी भएका माथी अनुसन्धान भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशव्यापी रूपमा डेंगुको कुल ३.५ मिलियन संदिग्ध केसहरू रिपोर्ट गरिएको छ । र, दक्षिण अमेरिकी देशमा डेंगु ज्वरोको घटना दर हाल प्रति १ लाख बासिन्दामा १ हजार ७४१ जनामा डेंगुका शङ्कास्पद लक्षणहरू देखा परेका छन ।
पुष्टि भएको मृत्युको संख्या २०२३ मा कुल १,१७९ मृत्युको तुलनामा ३५ प्रतिशत बढी हो। शुक्रबारसम्म अद्यावधिक गरिएको तथ्याङ्क अनुसार महिलाहरू यो रोगको चपेटामा धेरै परेका छन्, पुष्टि भएका घटनाहरूको ५५.२ प्रतिशत महिलाहरूमा देखिएको छ । सबैभन्दा महत्त्वपूर्ण रूपमा प्रभावित जनसांख्यिकीय समूह २० देखि २९ वर्षको उमेरको दायरा भित्र पर्दछ।
सरकारले यो रोग विरुद्ध देशको खोप कार्यक्रम पालना गर्न सर्वसाधारणलाई आह्वान गरेको छ। डेंगु एडिस एजिप्टाई लामखुट्टेबाट सर्छ र गम्भीर अवस्थामा घातक हुन सक्छ।न्युज कारखाना
जकार्ता, १० बैशाख ।
इन्डोनेसियामा रेल बसमा ठाेक्किदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् ।
सो दुर्घटना दिउँसो करिब १३ः१० बजे दक्षिण सुमात्रा प्रान्तको पूर्वी ओगान कोमेरिङ उलु रिजेन्सीको क्रसिङमा भएको हो।
अजहर जाकी अस्जारी, रेल्वेका जनसम्पर्क प्रबन्धकका अनुसार उक्त दुर्घटना अकल्पनीय थियो । ‘एकजनाको घटनास्थलमा मृत्यु भएको छ, चार जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ, र अन्य १५ जना घाइते भएका छन्,’ अस्जारीले मिडियासँग भने, ‘घटनाको समयमा रेल चालकले बारम्बार हर्न बजाए तर बस चालकले ध्यान दिएन, त्यसैले ठक्कर बाट बच्न सकेन ।’
उनका अनुसार सो टक्कर अघि रेल चालकले ट्रेन रोक्न प्रयास गरेको थियो। तर, नजिकैको दुरीका कारण ट्रेनले बसलाई नराम्ररी ठक्कर दियो र बसलाई करिब ५० मिटरसम्म उछिटाइदियो ।
उद्धार कार्यमा संलग्न उद्धारकर्ताका संयोजक मुहम्मद त्रियोनोका अनुसार सबै पीडितहरूलाई नजिकैका अस्पतालहरूमा लगिएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।न्युज कारखाना
नयाँ दिल्ली, १० बैशाख ।
भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ।
चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा गर्मी हावाको लहरका कारण समाचार पढ्दै गर्दा बेहोस भएकी छिन् । समाचार पढदै गर्दा उनको रक्तचाप अचानक घट्यो। दूरदर्शनको कोलकाता शाखाको एङ्कर लोपामुद्रा सिन्हा गर्मीका समाचार पढ्दा बेहोस भइन । उनी बेहोसीमा नै समाचार पढीरहेको सुन्न सकिन्छ।
‘टेलिप्रम्प्टर धमिलो भयो र म बेहोस भएँ, म मेरो कुर्सीमा लडेँ,’ लोपामुद्रा सिन्हाले आफ्नो फेसबुक पेजमा साझा गरेको भिडियोमा भनेकी छिन् । लोपामुद्रा सिन्हाले भनिन्, ‘अत्यधिक गर्मी र रक्तचापमा अचानक गिरावट आएपछि म बेहोस भएँ ।’ उनका अनुसार कूलिङ सिस्टममा केही गडबडीका कारण स्टुडियो भित्र अत्यधिक गर्मी भएको उनको भनाइ छ ।
बिहानको समाचार प्रसारण हुनुअघि लोपामुद्रा सिन्हाले बंगालीमा आफू अस्वस्थ र तिर्खा लागेको बताइन्। उनले भनिन्, ‘म कहिल्यै पानीको बोतल साथमा बोक्दिनँ। पन्ध्र मिनेटको प्रसारण होस् वा आधा घन्टाको प्रसारण। २१ वर्षको करियरमा प्रसारण गर्दा पानी पिउनुपर्ने आवश्यकता महसुस नै गरिनँ तर यसपटक समाचार समाप्त हुनु भन्दा १५ मिनेट अघि मलाई अचानक तिर्खा लाग्यो र मेरो अनुहारको सट्टा टिभीमा कुनै दृश्यहरू बजिरहेको थिएन, त्यसैले मैले भुइँ प्रबन्धकलाई संकेत गरें र पानीको बोतल मागेँ।’
लोपामुद्रा सिन्हाले भने बाइट बिना सामान्य समाचार मात्रै बजिरहेकोले पानी पिउने मौका नपाएको बताइन् । ‘बुलेटिनको अन्त्यमा एक टेक आयो र मैले पानी पिउने मौकाको सदुपयोग गरें। पानी पिएपछि केही बेर बेहोस भएँ । मेरो स्वर अस्पष्ट हुन थाल्यो,’ उनले भनिन् ।
ओडिशा, झारखण्ड र पश्चिम बङ्गालका केही भागहरूलाई असर गरिरहेको तातो हावाको लहर यस महिनाको दोस्रो गर्मीको लहर हो। पहिलो गर्मीको लहरले तेलंगाना, आन्ध्र प्रदेश, तमिलनाडु र गुजरातका केही भागमा अत्याधिक थियो। शनिबार केही स्थानको अधिकतम तापक्रम सामान्यभन्दा सातदेखि आठ डिग्री बढी रेकर्ड गरिएको थियो । पश्चिम बंगालको मिदनापुर र बांकुरामा क्रमशः ४४.५ डिग्री सेल्सियस र ४४.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।न्युज कारखाना
कोलम्बो, १० बैशाख ।
श्रीलंकामा भएको एक कार रेस दुर्घटना हुदाँ ७ जनाको मृत्यु भएको छ ।
मध्य श्रीलंकाको दियातलावा सहरमा आयोजित कार्यक्रममा एक रेसिङ कार ट्र्याकबाट हटेर भीडमा ठोक्किँदा सात जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सो दुर्घटनामा परी अन्य २० जना घाइते भएका छन् ।
दियातलावामा फक्स हिल सुपर क्रस २०२४ रेसिङ इभेन्टमा कारले नियन्त्रण गुमाएर दर्शकको समूहलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको स्थानिय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
श्रीलंकामा सवारीसाधनको दुर्घटना सामान्य मानिन्छ । सन् २०२३ मा श्रीलंकामा २,२०० घातक ट्राफिक दुर्घटनाका कारण २ हजार ५ सय ५७ जनाको मृत्यु भएको थियो।न्युज कारखाना
बेइजिङ, १० बैशाख ।
चीनले १.२ः५ मिलियन स्केलको चन्द्रमाको भौगोलिक नक्सा जारी गरेको छ ।
जुन संसारको पहिलो पूर्ण उच्च परिभाषासहितको चन्द्रमा भूगर्भीय एटलस हो, जसले आधारभूत नक्सा डेटा उपलब्ध गराएको चिनिया सञ्चारमाध्यमले जनाएका छन ।
चीनले चन्द्रमाको पुर्ण नक्सा जारी गरे पछि भविष्यमा चन्द्रमाको अनुसन्धान र अन्वेषणका लागि निकै उपयोगी हुने बैज्ञानिकहरूले जनाएका छन् ।
चिनियाँ र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध यो भौगोलिक एटलस सेटमा लुनार ग्लोबको भूगर्भीय एटलस र चन्द्रमाको भौगोलिक एटलसको नक्सा चतुर्भुजहरू समावेश गरिएको चिनियाँ एकेडेमी अफ साइन्सेस (सिएअस) को जियोकेमिस्ट्री संस्थानले जनाएको छ ।
‘चन्द्रमाको भौगोलिक एटलस चन्द्रमाको विकासको अध्ययन गर्न, भविष्यको चन्द्र अनुसन्धान स्टेशनको लागि साइट चयन गर्न र चन्द्र स्रोतहरू प्रयोग गर्नको लागि ठूलो महत्त्वको हुने उसको दावी रहेको छ । ‘यसले हामीलाई पृथ्वी र सौर्यमण्डलका अन्य ग्रहहरू राम्रोसँग बुझ्न मद्दत गर्न सक्छ, जस्तै मंगल ग्रहको पनि’ ओइयु जियाङले भने । उनी सिएअसका शिक्षाविद् र एक प्रसिद्ध चन्द्रमा वैज्ञानिक हुन्।
‘विगतका दशकहरूमा चन्द्रमा अन्वेषण र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा विश्वले महत्त्वपूर्ण प्रगति देखेको छ, जसले चन्द्रमाको बारेमा हाम्रो बुझाइमा धेरै सुधार गरेको छ। यद्यपि अपोलो युगमा प्रकाशित चन्द्र भूगर्भीय नक्साहरू लगभग आधासम्म परिवर्तन भएका छैनन्, शताब्दी पुरानो सो नक्साले अझै पनि चन्द्र भूवैज्ञानिक अनुसन्धानको लागि प्रयोग भइरहेको छ तर ती पुराना नक्साहरूले भविष्यको वैज्ञानिक अनुसन्धान र चन्द्र अन्वेषणको आवश्यकताहरू पूरा गर्न सक्दैन थिए,’ जियोकेमिस्ट्री संस्थानका वरिष्ठ अनुसन्धानकर्ता लिउ जियानझोङले भने।
अब चीनले चन्द्रमाको पुर्ण नक्सा प्रकाशित गरे पछि चन्द्रमाका बारेमा अनुसन्धान गर्न, खोज गर्नका लागि थप सहज हुने उनीहरूको भनाइ छ ।न्युज कारखाना
लन्डन, १० बैशाख ।
केन्याका अलेक्ज्याण्डर मुन्याओ र पेरेस जेपचिरचिरले लन्डन म्याराथनको क्रमशः पुरुष र महिलाको उपाधि जितेका छन्।
जेपचिर्चिरले विश्व कीर्तिमान धारक इथियोपियाकी टिग्स्ट एसेफा र पूर्व लन्डन म्याराथन विजेता जोयसिलिन जेपकोसगेईसँग हराउँदै दौडिएकी थिइन् । तर ३० वर्षीया पेरेसले ले २ः१६ः१६ मा कडा दौड जित्दै केही सय मिटरको दुरीमा आफूलाई अगाडि बढाएकी थिइन्।
गत वर्ष बर्लिन म्याराथनमा २ः११ः५३ को नयाँ विश्व कीर्तिमान कायम गरेकी आसेफाले यसपटक भने २ः१६ः२३ सेकेण्डमा रहेर दोस्रो स्थानमामा रहिन् । न्याकी जेपकोसगेईले केही सेकेण्ड मात्रै अगाडी रहेर बिजेता बनेकी हुन् ।
जेपचिरचीरको नतिजा एसेफाको विश्व कीर्तिमान भन्दा धेरै ढिलो थियो । तर यो महिला मात्र म्याराथनमा सबैभन्दा छिटो समय हो ।
‘मैले विश्व कीर्तिमान तोड्ने आशा गरेको थिइनँ। मलाई थाहा थियो कि हामी जित्छौं तर मैले यो म होस् भन्ने आशा गरेको थिएन,’ दौडपछि जेपचिरिरले भने।
केन्याले अब यस गर्मीमा पेरिसमा हुने आफ्नो ओलम्पिक उपाधि रक्षा गर्ने लक्ष्य राखेको छ। ‘मलाई थाहा छ यो सजिलो हुने छैन तर म सक्दो प्रयास गर्नेछु,’ उनले भने ।
पुरुषको एलिट दौडमा, मुन्याओले इथियोपियाका लिजेन्ड केनेनिसा बेकेलेको आफ्नो पहिलो लन्डन म्याराथन उपाधि जित्ने सपनालाई चकनाचुर पारेका छन्, किनकि २७ वर्षीय केन्यालीले २ः०४ मा अन्तिम रेखासम्म पुग्ने गरी करिब तीन किलोमिटर मात्रै दौडको नेतृत्व गरेका थिए ।
५,००० मिटर र १०,००० मिटर दौडमा तीन ओलम्पिक स्वर्ण र पाँच विश्व च्याम्पियनसिपको उपाधि जितेका ४१ वर्षीया बेकेले २ः०४ः१५ सेकेन्डमा दोस्रो र स्थानीय धावक एमिल केरेसले २ः०६ः४६ सेकेन्डमा पुरा गरेर दोस्रो स्थान हासिल गरेका थिए ।
न्युज कारखाना
काठमाडौँ ।
म्यानचेस्टर युनाइटेड एफए कपको फाइनलमा पुगेको छ ।
गएराती सम्पन्न सेमिफाइनलमा कोभेन्ट्री सिटीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै म्यानचेस्टर युनाइटेड फाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेटको खेलमा ३-३ गोलको बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । अतिरिक्त समयमा कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो । पेनाल्टी सुटआउटमा म्यानचेस्टर युनाइटेड ४-२ ले विजयी भएको थियो ।
अब एफए कपको फाइनल म्यानचेस्टर डर्बी हुने भएको छ । आगामी मे २५ मा हुने फाइनल खेलमा म्यानचेस्टरका दुई प्रतिद्वन्दी युनाइटेड र सिटी भिड्ने भएका छन् ।
न्युज कारखाना
काठमाडौँ ।
स्पेनिस ला लिगा अन्तर्गतको एल क्लासिको रियल म्याड्रिडले जितेको छ ।
गएराती सम्पन्न एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा भिनिसियस जुनियर, लुकास भाजक्वेज र जुडे बेलिंगघमले एक एक गोल गरेका थिए ।
त्यसैगरी बार्सिलोनाका लागि आन्द्रेज क्रिस्टटेनसेन र फेर्मिन लोपेजले एक एक गोल गरेका थिए ।
यो जितपछि रियल म्याड्रिडले बार्सिलोनामाथि आफ्नो अग्रता बढाएको छ । ३२ खेलमा ८१ अंक रहेको रियल म्याड्रिड बार्सिलोना भन्दा ११ अंकले अगाडी भएको छ । त्यस्तै बार्सिलोनाको ३२ खेलमा ७० अंक रहेको छ ।न्युज कारखाना
तेलअहिव, १० बैशाख ।
अमेरिकाले इजरायल डिफेन्स फोर्स (आईडीएफ) को नेजाह येहुदा बटालियनलाई प्रतिबन्ध लगाएको छ।
अन्तराष्ट्रिय मिडियामा यो खबर आएसँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु आक्रोशित भएका छन् । साथै, उनले अमेरिकाको यो निर्णयको निन्दा गरेका छन् ।
प्रधानमन्त्री नेतान्याहुले भने, ‘अमेरिकाको यो निर्णय बेतुक छ, यो गर्नु हुँदैनथ्यो । मैले नेतृत्व गरिरहेको सरकारले यी कदमहरू विरुद्ध हरसम्भव रूपमा कारबाही गर्नेछ।’
यो प्रतिबन्ध वेस्ट बैंकमा प्यालेस्टाइनीहरू विरुद्ध मानवअधिकार उल्लङ्घनको आरोपमा लगाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन । बाइडेन प्रशासनले यस बटालियनलाई कालोसूचीमा राख्ने निर्णय पनि गर्न सक्ने पनि उनीहरूले उल्लेख गरेका छन । यदि यसो भयो भने नेत्जाह येहुदा सिपाहीहरूले अमेरिकी सैनिकहरूसँग तालिम लिन सक्षम हुने छैनन्। अमेरिकी कोष पनि बन्द हुनेछ। अमेरिकी हतियारमाथि पनि प्रतिबन्ध लगाइने छ।
‘हाम्रा सिपाहीहरू आतंककारी राक्षसहरूसँग लडिरहेका छन्, उनीहरूले उल्टै हामीलाई प्रतिबन्ध लगाएका छन्,’ बेन्जामिन नेतान्याहुले भने, ‘अमेरिकाबाट यो अपेक्षा थिएन, हाम्रा सैनिकहरू आतंकवादी राक्षससँग लडिरहेका बेला यस्तो अवस्थामा पनि प्रतिबन्ध लगाइँदैछ । प्रतिबन्ध लगाउने मनसाय बेतुक छ।’
यसै क्रममा इजरायली मन्त्री इटामार बेन ग्वीर र बेजलेल स्मोट्रिचले पनि अमेरिकाको निर्णयको कडा आलोचना गरेका छन् । ग्वीरले भने, ‘हाम्रा सैनिकमाथि प्रतिबन्ध लगाउनु खतराको संकेत हो। इजरायल आफ्नो अस्तित्वको लागि लडिरहेको बेला बटालियनहरूमा प्रतिबन्ध स्वीकृत गर्ने कदम पूर्ण पागलपन हो। यो कदम अत्यन्त गम्भीर छ र नेत्जाह येहुदा सदस्यहरूलाई सुरक्षित गरिनुपर्छ।’ उनले रक्षा मन्त्री योभ ग्यालान्टलाई अमेरिकी आदेशको अगाडि नझुक्न पनि आग्रह गरेका छन् ।
इरान–इजरायल युद्धपछि अमेरिकाले इजरायललाई आक्रमण नगर्न निरन्तर दबाब दिइरहेको छ । यसैबीच इरानमा हवाई आक्रमणको खबर पनि बाहिर आएको छ । अहिले अमेरिकाको यो कदमबाट धेरै अर्थ निकालिएको छ ।न्युज कारखाना
काठमाडौं, १० बैशाख ।
इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदै छ ।
आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुदै छ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा राजस्थान रोयल्स ७ खेलमा ६ जित र एक हारसहित १२ अंक हासिल गरेर शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी मुम्बई इण्डियन्सको यो सिजन भने औसत रहेको छ । अहिलेसम्म मुम्बईले ७ खेलमा ३ खेल जितेको छ भने ४ खेलमा हार बेहोरेको छ ।
राजस्थान यस सिजनमा पनि सन्जु सामसनको कप्तानीमा खेल्दै छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने २०२२ को उपविजेता टिम हो । राजस्थानमा कप्तान सामसनका अलावा आर आश्विन, युजवेन्द्र चहल, यशस्वी जैसवाल, आवेश खान, ध्रुव जुरेल, रियाँ पराग जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने छन् भने जोस बटलर, शिमरोन हेटमायर, ट्रेन्ट बोल्ट जस्ता विदेशी खेलाडीको भूमिका बढी हुने देखिन्छ ।
त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ र राम्रो शुरुवात गर्न सकेको छैन । मुम्बईका लागि कप्तान पाण्डेय, रोहित शर्मा, इशान किसन, जसप्रित बुमराह, तिलक बर्मा लगायतका भारतीय खेलाडीको भूमिका प्रमुख हुने देखिन्छ । त्यस्तै मुम्बईमा मोहमद नावी, टिम डेविड र डेवाल्ड ब्रेभिस, रोमारियो शेफार्ड जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ । न्युज कारखाना