आजमिति २०८० साल वैशाख ११ गते मंगलवार व तदअनुसार अप्रिल २३ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु शुक्ल पक्ष पुर्णीमा तिथी, चित्रा नक्षत्र, । बज्र योग छ । चन्द्र राशि कन्या। यो अशुभ योग हो ।
अभिजित् मुहूर्त: बिहान ११:३७ देखि १२:२९ सम्म,
• काठमाण्डौंमा सुर्योदय: बिहान ०५:३१
• सुर्यास्त: बेलुका ०६:३३ बजे
वैदिक ज्योतिषमा आधारित तपाँईको आजको राशिफल यसप्रकार रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज समय ठीकै छ । मनमा उत्साह र उमङ्गको कमी देखिन सक्छ । सवारी चलाउँदा ध्यान दिनुहोला । अ राज्यपक्ष र सरकारी काममा विलम्ब हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न थोरै बोलेको राम्रो हुन्छ । प्रेम तथा परिवारमा विवादबाट बच्नुहोला ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ५
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज समय राम्रो छ । प्रतिस्पर्धामा विजयी हुने योग छ । कार्यक्षेत्रमा अरुले गरे भनेका कुरामा चित्त नबुझ्न सक्छ, प्रेम तथा पढाईमा आज राम्रो छ । रमाइलो यात्राको छ । स्वास्थ्य सबल रहने छ । काममा संघर्ष हुनेछ । खर्च बढ्न सक्छ ।
शुभ रगं ः हरियो
शुभ अंक ः ९
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज समय मध्यम छ । स्वास्थ्यमा सामान्य समस्या आउन सक्छ । बोल्दा विचार पुर्याउनुहोला । मनमा चिन्ता रहनेछ । प्रेम तथा परिवारमा विवाद हुन सक्छ, सतर्क हुनुहोला ।
शुभ रगं ः खैरो
शुभ अंक ः ७
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज समय राम्रो छ । काममा मिहेनतको फल मिल्नेछ । पारिवारिक सुख मिल्नेछ । प्रेम तथा साथिभाईबाट सहयोग मिल्न सक्छ । स्वास्थ सुधार हुने छ । काममा हतार नगर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ४
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज समय ठिक छ । आँट र साहस बढ्नेछ । कार्य पुर्ण हुनसक्छ । बौद्धिकताको प्रशंसा हुनेछ । प्रेम तथा परिवारमा शान्ती मिल्नेछ ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ५
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः पहेलो
शुभ अंक ः ४
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ७
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज समय राम्रो छ । मनमा सामान्य चिन्ता भएतापनि दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नसक्छ । सन्तानबाट सुख प्राप्त हुनसक्छ । विपरीत लिङ्गी मित्रसँग मन फुकाएर आफ्ना कुरा राख्न सकिने समय छ ।
शुभ रगं ः कालो
शुभ अंक ः ८
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । विदेशको काममा सफलता मिल्नसक्छ । खर्च भने बढ्न सक्छ ।समय शुभ छ उपयोग गर्नुहोला ।
शुभ रगं ः निलो
शुभ अंक ः ४
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज समय ठिकै छ । शरिरमा आलस्यता आउनसक्छ । सङ्कटको सामना गर्दै उपलब्धी हासिल गर्नु पर्नेछ । कडा मिहिनेतपछि गरिएको कामबाट लाभ हुने सम्भावना छ । शत्रुपक्ष सकृय हुनेछन् । प्रेम तथा परिवारमा अनावश्यक जिद्धी नगर्नुहोला ।
शुभ रगं ः सुन्तला
शुभ अंक ः ७
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज समय राम्रो छ । पराक्रम बढ्नेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । प्रेममा सफलता हुनेछ । समग्रमा दिन राम्रो छ ।
शुभ रगं ः कालो
शुभ अंक ः १
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज समय मध्यम छ । नयाँ ठाउँमा आर्थिक लगानी गर्दा ध्यान दिनुहोला । काममा ढिलाई हुनसक्छ । प्रेममा अनावश्यक मनमुटावबाट बच्नुहोला । पारिवारलाई समय दिनुहोला । दिँउसोबाट तपाइमा उर्जा थपिनेछ । हतारमा निर्णय नगर्नुहोला ।
शुभ रगं ः सेतो
शुभ अंक ः ५
राशिफलमा राम्रो नराम्रो जे लेखेको भएका पनि तपाई आफ्नो नियमित कार्यबाट विचलित नहुनुहोला । राशिफल भनेको तपाईँको जन्मकुण्डलीमा रहेको चन्द्रमाको राशिलाई लिएर हाल भएका ग्रहहरूको अबस्थालाई हेरेर तयार गरीएको हुन्छ । जन्मकुण्डलीको अन्य आठ ग्रहको अवस्था युती, दृष्टि, भाव, उच्च, नीच, आदि कुराहरूले फरक पर्न सक्छ । निर्णय गर्दा तपाईंको आफ्नै अन्तर्ज्ञान र निर्णय प्रयोग गर्न सधैं महत्त्वपूर्ण छ।
राशिफल लेखक युवा ज्योतिष जनक खड्का, ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन्। उनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । न्युज कारखाना
काठमाडौँ ।
बलिउड अभिनेता रणवीर सिंहले आफ्नो डिपफेक भिडियोविरुद्ध उजुरी दिएका छन् । रणवीरका आधिकारिक प्रवक्ताले उजुरी दर्ता गरेको पुष्टि गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
एक विज्ञप्ति जारी गर्दै प्रवक्ताले भने, ‘हो, हामीले पुलिसमा उजुरी दर्ता गरेका छौं र रणवीर सिंहको एआई-जेनरेट गरिएको डीपफेक भिडियोको प्रचार गर्ने ह्यान्डल विरुद्ध एफआईआर दर्ता गरिएको छ।’ उजुरी दर्ता गर्नु बाहेक, रणवीरले हालै सोशल मिडियामा आफ्ना फलोअरहरूलाई चेतावनी दिएका थिए र लेखेका थिए, ‘साथीहरू, डीपफेकहरूबाट जोगिनुहोस् ।’
डीपफेक भिडियोमा रणवीर राजनीतिक दललाई समर्थन गरेको देखिएका छन् । यो भिडियो रणवीरको भर्खरै वाराणसी भ्रमणको हो जसमा उनले शहरसँग सम्बन्धित आफ्ना अनुभवहरू साझा गरिरहेका थिए ।
डीपफेक भिडियोमा रणवीरलाई यसो भन्दै देखाइएको थियो- ‘मोदी जीको उद्देश्य हाम्रो दुखी जीवन मनाउनु हो। हाम्रो पीडा, हाम्रो बेरोजगारी र हाम्रो मुद्रास्फीति। किनकी हामी भारत अहिले अन्यायको युगमा यति गतिमा अघि बढिरहेका छौँ तर हामीले आफ्नो विकास र न्यायको माग गर्न बिर्सनु हुँदैन । त्यसैले सोचेर भोट गरौ ।’
यसअघि अभिनेता आमिर खानको एउटा नक्कली भिडियो पनि भाइरल भएको थियो जसमा उनी राजनीतिक दललाई समर्थन गरेको देखिएका थिए ।
भिडियो भाइरल भएपछि आमिरले यसमा प्रतिक्रिया दिँदै आफू कुनै पनि पार्टीलाई समर्थन नगर्ने र यो भिडियो नक्कली भएको बताए । अभिनेताले यस विषयमा साइबर सेलमा एफआईआर पनि दर्ता गराएका थिए ।
वर्कफ्रन्टमा, रणवीरको अर्को फिल्म अजय देवगन स्टारर ‘सिंघम अगेन’ मा आउदै छन् । रोहित शेट्टी निर्देशित यस फिल्ममा अजय र रणवीरका अलावा करीना कपूर, अक्षय कुमार, टाइगर श्राफ, दीपिका पादुकोण र अर्जुन कपूर पनि देखिनेछन् । यसपछि उनले फरहान अख्तरको फिल्म ‘डन ३’ को सुटिङ सुरु गर्नेछन् ।
न्युज कारखाना
काठमाडौँ ।
नेपाली सैनिक वार कलेज नगरकोटमा संचालित सि.सं. १२ हायर कमाण्ड तथा म्यानेजमेन्टमा तालिमरत ३५ जना नेपाली सेनाका अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकको अवलोकन भ्रमण गरेका छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपाली सेनाका प्रशिक्षार्थी अधिकृतहरुसँगको अन्तरक्रियाका क्रममा देशमा शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरी बल नेपालले नेपाली सेनासँग आपसी समन्वय र सहकार्यकासाथ कार्यसम्पादन गर्दै आईरहेको बताउनुहुँदै यस प्रकारको समन्वय र अन्तरक्रियाले सुरक्षा संगठनहरुबीचको आपसी सहयोग र सहकार्य थप प्रभावकारी भई देश र जनताको सुरक्षामा थप प्रेरित भएर लाग्न हौसला मिल्ने उल्लेख गरे ।
अवलोकन भ्रमण एवं अन्तरक्रिया कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतमले प्रशिक्षार्थी अधिकृतहरूले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी राखेका विविध जिज्ञासाहरूका बारेमा प्रष्ट पारेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले सशस्त्र प्रहरी बल नेपालको काम, कर्तव्य र जिम्मेवारी लगायतका विविध विषयमा प्रस्तुतीकरण गरेका थिए ।
प्रशिक्षार्थी अधिकृतहरुले सशस्त्र प्रहरी बल नेपालको पृष्ठभूमि, सांगठानिक संरचना, कार्यादेश, शान्ति र द्वन्द्वको समयमा सशस्त्र प्रहरी बल नेपालको भूमिका, सीमा सुरक्षा तथा विपद् व्यवस्थापन, नेपाली सेनाबाट सशस्त्र प्रहरी बल नेपाललाई प्राप्त सहयोग र सहकार्य, सुरक्षा चुनौती लगायतका विषयमा अन्तरक्रिया गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक नेत्र बहादुर कार्कीले प्रधान कार्यालयमा अवस्थित बोर्डर रिसोर्स एण्ड रिचार्च सेन्टरले सम्पादन गर्दै आईरहेको कामकारवाही सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए ।
सो अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतम र नेपाली सेनाका उपरथी सागर बहादुर थापाले संगठनको तर्फबाट एक आपसमा मायाको चिनो आदान–प्रदान गरेका थिए ।
कार्यक्रममा महासेनानी हरि विश्वकर्माले अवलोकन भ्रमणमा सहभागी तालिमरत अधिकृतहरूको तर्फबाट धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । अवलोकन भ्रमणमा नेपाली सेनाका ३५ जना प्रशिक्षार्थी तथा ६ जना प्रशिक्षक अधिकृतहरूको सहभागिता रहेको थियो । न्युज कारखाना
काठमाडौँ ।
हाल हिरासतमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले डाक्टरसँग परामर्श लिन नपाउने भएका छन् । सोमबार दिल्लीको राउज एभिन्यू अदालतले उनको याचिका खारेज गर्दै डाक्टरको परामर्श लिन नसक्ने बताएको हो ।
अदालतले एम्स अस्पताललाई केजरीवालको मधुमेहको उपचारको लागि इन्सुलिन आवश्यक रहेका वा नरहेको यकिन गर्न मेडिकल बोर्ड गठन गर्न निर्देशन दिएको छ । साथै अदालतले एम्स अस्पताललाई उनका अन्य स्वास्थ्य समस्या पत्ता लगाउन समेत निर्देशन दिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
केजरीवालले अदालतसँग आफूलाई मधुमेह रोग रहेको भन्दै डाक्टरसँग हरेक दिन १५ मिनेट परामर्श गर्न अनुमति मागेका थिए । उनलाई जेलमा इन्सुलिन दिइएको छैन ।
यस अघि पर्वर्तन निदेशानालय (ईडी) ले अदालतमा केजरीवलले जानाजानी जेलमा आँप र मिठाई खाइरहेका दाबी गरेको थियो । न्युज कारखाना
बुटवल ।
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–५ स्थित दोगरा ईलाकाबाट बैशाख ९ गते सशस्त्र प्रहरीले करीव ५ लाख ३० हजार रुपैयाँ बराबरको १० हजार ४ सय के.जी. प्याज र बोरा सिलाउने मेशिनसहितको गाडी नियन्त्रणमा लिएको छ ।
भारतबाट अबैध रुपले नेपालमा ल्याई राखेको प्याज र मेशिन ग १ ख ९२२६ नम्बरको आईचर गाडीमा लोड गरिरहेको अवस्थामा नं. २७ गण रुपन्देहीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको सामान र गाडी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाईएको छ । गाडीको भन्सार दाखिला मूल्य २५ लाख कायम भएको छ ।
न्युज कारखाना
काठमाडौँ ।
आइपिएल टिम रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का सुपरस्टार खेलाडी विराट कोहलीलाई ठुलो जरीवाना लागेको छ ।
आइतबार कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा अम्पायरसँग विवाद गरेका कोहलीलाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले म्याच फीको ५० प्रतिशत जरिवाना गरेको छ ।
आइतबार इडेन गार्डेनमा भएको खेलमा कोलकोताले कोहलीको टिम बैंगलुरुलाई एक रनले पराजित गरेको थियो ।
कोलकोता र बैंगलुरुबीचको खेलमा कोहलीलाई आउट भएको विषय विवादित बनेको थियो र कोहलीले तेस्रो अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउदै मैदानमा अम्पाएरसँग विवाद गरेका थिए । खेलको तेस्रो ओभरमा हर्षित रानाको बलमा कोहलीले आफ्नो विकेट गुमाए । कोहलीले रिभ्यु लिए तर अम्पायरले उनलाई आउटनै घोषित गरे ।
तेस्रो ओभर बलिङ गर्न आएका हर्षितले पहिलो बलमै अफ स्टम्पको कम्मरमा फुल टस बलिङ गरेर कोहलीलाई सरप्राइज गरेका थिए । कोहली बललाई अन साइडमा घुमाउन चाहन्थे, तर उनले पहिले ब्याटघुमाए र बल भित्री किनारा लागेर सिधै हर्षितको हातमा पुग्यो र कट एण्ड बोल्ड आउट भए । कोहलीले तत्कालै रिभ्यु लिए । कोहलीले बल कम्मरभन्दा माथि आएको र त्यो नो बल भएको भन्दै रिभ्यु लिएका थिए । यद्यपि टिभी अम्पायरले हक आई सिस्टम प्रयोग गरे र कोहली क्रिजभन्दा बाहिर गएका कारण नियम अनुसार कोहली आउट रहेको निर्णय सुनाए तर तेस्रो अम्पायरको निर्णयबाट कोहली आक्रोशित हुन पुगेका थिए ।
बोर्डले कोहलीले आईपीएलको आचार संहिताको धारा २.८ को लेभल-१ अपराध गरेको र आफूमाथि लागेको आरोप र म्याच रेफ्रीले लगाएको जरिवाना स्वीकार गरेको जनाएको छ । न्युज कारखाना
काठमाडौं ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकाल एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै कारण देखाउ आदेश जारी गरेको छ ।
नाउपाका लक्ष्मणकिशोरले आफूले बहुमत सांसदको समर्थनसहित दाबी पेस गरेकाले मुख्यमन्त्री नियुक्त गर्नुपर्ने जिकिर गर्दै आइतबार रिट दायर गरेका थिए ।
तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २ वैशाखसम्म समय दिएका थिए । नाउपाका सांसद चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलको नेताको समर्थनसहित २ वैशाखमा दाबी पेस गरेका थिए । नाउपाका लक्ष्मणकिशोर र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबि गरेपछि प्रदेश प्रमुख नजिर मियाँले दुवै दाबिलाई अस्वीकार गर्दै फेरी दुई दिनको समय दिएर सरकार बनाउन दाबि गर्न आव्हान गरेका थिए ।
त्यसपछि सोडारीले यस अघि नाउपाका लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिदै एमाले, माओवादी, नाउपाको रन्जिता पक्षको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरे र प्रदेश प्रमुखले उनलाई बैशाख ६ गते मुख्यमन्त्री नियुक्त गरेका थिए ।न्युज कारखाना
काठमाडौं ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाल पुर्पक्षका लागि थुनामा रहेका १० प्रतिवादीको रिटको सुनुवाई सर्वोच्च अदालतमा आज पनि ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।
यस प्रकरणमा हाल थुनामा रहेका १० प्रतिवादीले दायर गरेको रिटको आजको सुनुवाई पनि हेर्दा हेर्दैमा सकिएको हो ।
आजको पेसी न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाई भएको थियो । यो रिट आजसहित ११औँपटक हेर्दाहेर्दैमा परेको छ ।
तत्कालीन गृहसचिव टेक नारयाण पाण्डेसहित थुनामा रहेका १० अभियुक्तले आफूमाथि लागेको आरोप र पुर्पक्षका लागि थुनामा पठाउने आदेशका विरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालतसहितलाई विपक्षी बनाएर बन्दिप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।न्युज कारखाना
बाराको निजगढ नगरपालिका वडा नम्बर ६ स्थित
बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले २८ औँ वार्षिकोत्सवको अवसरमा संस्थाले निजगढ नगरपालिका ८ स्थित शहिद चोकमा बिक्री केन्द्रको स्थापना गरेको छ । सोमबार प्रधानमन्त्री कृषि आघुनिकीकरण परियोजना बाराका प्रमुख प्रदीप ठाकुर बरहीले बिक्री केन्द्रको उद्घाटन गरेका हुन् ।
बरहीले बागदेव दुग्ध उत्पादकले तयार गरेका दुग्ध जन्य पदार्थको निजगढ चोकमा बिक्री केन्द्र बनाउनु उपयुक्त रहेको बताए । उनले बागदेवको बिक्री केन्द्र बढ्दै जाँदा उपभोक्तालाई सहजता आउने देखिएको बताउँदै निजगढमा बिक्री केन्द्र हुँदा बागदेव दुग्धको उत्पादन प्रयोगमा सहज हुने विश्वास लिएको सुनाए ।
त्यस्तै बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले संस्थाले धेरै जनसङ्ख्या भएको क्षेत्रमा क्रमश बिक्री केन्द्रहरूलाई अभियानकै रूपमा अगाडि बढाउने बताए । उनले उपभोक्ताहरुको सहजताको लागि बिक्री केन्द्र निजगढ चोकमा स्थापना गरिएको बताए । लामो समयदेखि निजगढको चोकमा बिक्री केन्द्रको स्थापना गर्न खोजेको र केही छलफलपछि पूरा भएको बताए । कार्यक्रममा बिभिन्न संघ संस्थाका अध्यक्ष, जनप्रतिनिधि लगाएतको उपस्तिथि रहेको थियो ।
यसैबिच, वार्षिकोत्सवको अवसरमा बागदेव दुग्ध उत्पादक सहकारी संस्था र कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रबिच दुई वर्षका निम्ती भएको सम्झौतामा उद्यमशिलता तालिम संचालन गरि कृषकको नेतृत्व तथा सीप बिकाश गर्न दुई पक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार दुग्धको बिभिन्न बस्तु विविधिकरण संगै गोठ सुधार, ग्रामिण पशु स्वास्थ्य, त्रेडिट लिंकेज तथा पशु विमा अमिमुखिकरणलगाएतका कार्यक्रम गर्ने दुई पक्षबिच सहमति भएको कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोइरालाले जानकारी दिए ।
यस्तै, वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्र्तगत बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले निजगढ ५ स्थित श्री जनजागृति अधिरभुत विद्यालयलाई दुई थान सिलिङ पंखा सहयोग समेत गरेको छ । कार्यक्रममा निजगढ नगरपालिका ५ का वडा अध्यक्ष सुर्य बहादुर थापा मगर, बारा जिल्ला दुग्ध उत्पादक सहकारी संघका जिल्ला अध्यक्ष पुरुषोत्तम भट्टराई, संस्थाका व्यवस्थापक सौरभ अधिकारीलगाएतको उपस्तिथि रहेको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका सचिब प्रकाश प्रसाद सापकोटाले गरेका थिए ।न्युज कारखाना
काठमाडौँ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्तिको विरुद्धमा परेको रिटको आजको सुनुवाई ‘हेर्दाहेर्दै’ मा सकिएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा पुर्व मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दायर गरेको रिट न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा आज सुनुवाई भएको थियो ।
आजको सुनुवाई नसकिएपछि यस रिटलाई ‘हेर्दाहेर्दै’ मा राखिएको छ ।
यसअघि यस रिटमा चैत्र २८ गते सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले मुख्यमन्त्री अधिकारीलाई दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो भने इजलासले यस रिटको पूर्ण सुनुवाई आज गर्न आदेश दिएको थियो ।
मुख्यमन्त्री अधिकारीले सरकारको दाबि गर्दा सभामुखको मत जोडेर बहुमत पुर्याएको भन्दै कांग्रेस नेता पाण्डेले प्रदेशप्रमुखसहितलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।न्युज कारखाना