काठमाडौँ ।
ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६ रेक्टर स्केल मापन गरिएको थियो ।
भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५.५ किलोमिटर तल रहेको मौसम विभागले जनाएको छ । भूकम्पबाट हुआलीएनमा दुईवटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको र एउटा भवन भत्किएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो ।
यसअघि अप्रिल ३ मा ताइवानमा ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो जसमा १४ जनाको मृत्यु भएको थियो । त्यसबेला हुआलियन सहरमा पनि भूकम्प गएको थियो । यसको केन्द्र पृथ्वीबाट ३४ किलोमिटर तल थियो ।
ताइवानको केन्द्रीय मौसम ब्यूरोका अनुसार यो २५ वर्षयता ताइवानमा आएको सबैभन्दा शक्तिशाली भूकम्प हो । ताइवान टेक्टोनिक प्लेटहरूको संगममा अवस्थित छ । ताइवान दुई टेक्टोनिक प्लेटको संगममा अवस्थित एउटा देश हो, जसलाई भूकम्पका लागि संवेदनशील मानिन्छ ।
सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा परी १०० जनाभन्दा बढीको मृत्यु भएको थियो । यसअघि सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।न्युज कारखाना
काठमाडौँ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आज दुईदिने नेपालको राजकीय भ्रमण गर्दै छन् । दुई दिने भ्रमणका क्रममा उनी आज करिब साढे ५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपतिको कार्यालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न स्वयं राष्ट्रपति पौडेल जाने भएका छन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताईएको छ ।
सरकारले अमिर थानीको भ्रमणको अवसरमा आज नेपालभर सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ ।
कतारी अमिरले मङ्गलबार नै राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने छन् ।
त्यस्तै कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुने छन् ।
भ्रमणका क्रममा नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोगसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । त्यस्तै दुवै सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धान क्षेत्रमा सहयोग विषयक सम्झदारीपत्रमा हस्ताक्षर हुने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
यस भ्रमणका क्रममा नेपालले कतारलाई दुई हात्ती उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका ‘रुद्रकली’ र ‘खगेन्द्रप्रसाद’ नामक हात्तीलाई उपहार स्वरूप दिइने तयारी गरिएको छ ।
कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भएपनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन् । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।
मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ ।ं कतारमा हाल झण्डै चार लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत छन् । कतारका अमिर थानी वैशाख १२ गते नै अपराह्न काठमाडौँबाट प्रस्थान गर्ने छन् ।न्युज कारखाना
काठमाडौँ ।
हलिवुड अभिनेता टम हल्याण्ड चौथो पटक स्पाइडर म्यान बन्ने भएका छन् ।
हालै, पुरानो स्कटल्याण्ड शहर सेन्ट एन्ड्रयूजमा आयोजित‘स्यान्ड्स इन्टरनेशनल फिल्म फेस्टिभल’ मा भाग लिएका अभिनेता हल्याण्डले आफु चौथो पटक स्पाइडर म्यान बन्न लागेको बताएका हुन् ।
उनलाई आगामी ‘स्पाइडर म्यान’ मा देखिने बारे प्रश्न सोधिएको थियो । यस प्रश्नको जवाफमा टम भन्छन्, ‘स्पाइडर म्यान’ को चौथो किस्ताको हिस्सा बन्न लागेको खबर तपाईसँग साझा गर्न पाउँदा म निकै खुसी छु ।
आफ्नो जीवन र करियरको श्रेय ‘स्पाइडर म्यान’ लाई दिदै हल्याण्डले भने, ‘आज म जे छु ‘स्पाइडर म्यान’ को कारणले हो । मैले जति नाम र ख्याति पाएको छु, यही चरित्रकै कारण हो । यो पहिलो पटक फिल्मको प्रारम्भिक प्रक्रियामा भाग लिएको छु र म धेरै रमाइलो गरिरहेको छु । यो अवधिमा मैले पनि धेरै कुरा सिक्ने मौका पाएँ । जे होस्, सबैले मलाई यो फिल्मको हिस्सा बनाउन चाहन्थे र म पनि त्यही चाहन्थे। दर्शकलाई निराश नगर्ने प्रयास गर्नेछौं ।’
फिल्म ‘स्पाइडर–म्यान: नो वे होम’ ‘स्पाइडर–म्यान’ सिरिजको तेस्रो फिल्म थियो । जुन सन् २०२१ मा सिनेमाघरमा रिलिज भएको थियो । यस फिल्ममा अभिनेत्री जेन्डायासँग टम हल्याण्ड देखिएका थिए । मिडिया रिपोर्टका अनुसार, ‘स्पाइडर म्यान: नो वे होम’ ले आफ्नो पहिलो सप्ताहन्तमा २६० मिलियन डलर कमाएको थियो ।
अब यसको चौथो सिरिज आउने भएपछि दर्शकको उत्साह बढेको छ ।न्युज कारखाना
काठमाडौं ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै छ । आज चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टबीच खेल हुदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राती ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा चेन्नई सुपर किंग्सले ७ खेलमा ४ जित हासिल गरेको छ भने ३ खेलमा हार बेहोरेको छ । ८ अंक रहेको चेन्नई अंकतालिकामा चौथो स्थानमा रहेको छ ।
त्यसैगरी लखनउ सुपर जाइन्टले पनि ७ खेलमा ४ खेल जितेको छ भने ३ खेलमा हार बेहोरेको छ । ८ अंक रहेको लखनउ पाँचौं स्थानमा छ ।
यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो ।
यसअघि दुई सिजन खेलेको लखनउ सुपर जाइन्ट दुवै सिजनमा प्लेअफसम्म पुगेको थियो । लखनउ केएल राहुलको कप्तानीमा यो सिजन पनि खेलिरहेको छ । यस टिममा कप्तान राहुलसहित दिपक हुडडा, रवि विस्नोई, क्रुनाल पाण्डेय, यश ठाकुर र देवदत्त पाडीकल जस्ता भारतीय खेलाडी यस सिजनमा महत्वपूर्ण हुने देखिन्छन् ।
त्यस्तै यसै सिजनमा डेभ्यु गरेका लखनउका तिब्र गतिका बलर मयंक यादव भने यो खेलमा उपलब्ध हुने बारे स्पष्ट भएको छैन । उनले डेभ्यु खेलमा १५५.८ किमी प्रति घण्टाको गतिमा बलिङ गरेर सबैको ध्यानकेन्द्रित गरेका थिए । उनले यस आइपिएलमा अहिलेसम्म १५६.८ किमी प्रति घण्टाको गतिमा बल फालेर नयाँ रेकर्ड बनाइसकेका छन् ।
त्यस्तै निकोलस पुरन, मार्क्स स्टोइनिस, क्वेंटन डिकक, काइल मेयर्स र नविन उल हक जस्ता विदेशी खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।न्युज कारखाना
काठमाडौँ ।
वेस्ट इन्डिजले नेपाल टूरमा आउने ए टिमको छनौट गरेको छ । वेस्ट इन्डिज क्रिकेटको छनोट समितिले अप्रिल यहि २५ देखि मे १५ सम्म नेपाल भ्रमण गर्ने वेस्ट इन्डिज पुरुष ए टिमका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
वेस्ट इन्डिजले कप्तानको रूपमा अनुभवी रोस्टन चेसको नेतृत्वमा र उप-कप्तानको रूपमा एलिक एथानाजलाई चयन गरेको छ ।
वेस्ट इन्डिज ए टिमले नेपालमा पाँच टी- २० सिरिज खेल्ने कार्यक्रम रहेको छ । विश्वकप छनौट अघि हुन लागेको यस सिरिजलाई महत्वपूर्ण तयारी सिरिजको रुपमा हेरिएको छ ।
यो कुनै पनि वेस्ट इन्डिज क्रिकेट टिमले नेपाल आउन लागेको पहिलो पटक भएकाले यसलाई ऐतिहासिक अवसरको रुपमा समेत हेरिएको छ ।
वेस्ट इन्डिज ए टिम- रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श ।
प्रशिक्षण टिम: मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषक: अवनेश सीताराम ।
सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ ।
टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् । न्युज कारखाना
काठमाडौँ ।
इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा राजस्थानले मुम्बईलाई ९ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १८० रनको लक्ष्य पछाएको राजस्थानले १८.४ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
राजस्थानको जितमा यशस्वी जैसवालले १०४ रनको शतकीय पारी खेलेका थिए भने कप्तान सन्जु सामसनले अविजित ३८ रन बनाएका थिए ।
यसअघि मुम्बईले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाएर १७९ रन बनाएको थियो । मुम्बईका लागि तिलक बर्माले सर्बाधिक ६५ रन बनाएका थिए । त्यस्तै राजस्थानका बलर सन्दीप शर्माले ५ विकेट लिएका थिए ।
यो यस सिजनमा राजस्थानको सातौं जित हो । ८ खेलमा ७ जित र एक हार बेहोरेको राजस्थानको १४ अंक रहेको छ र शिर्ष स्थानमा रहेको छ ।
त्यसैगरी मुम्बईको भने यो यस सिजनमा पाँचौं हार हो । ८ खेलमा ३ खेल जितेको मुम्बईले योसहित पाँच खेल हारेको छ र ६ अंकसहित सातौं स्थानमा रहेको छ ।न्युज कारखाना
काठमाडौँ ।
इन्टर मिलानले यस सिजनको इटालियन सिरी ए को उपाधि जितेको छ ।
गएराती सम्पन्न खेलमा एसी मिलानलाई २-१ गोल अन्तरले पराजित गर्दै इन्टर मिलानले यस सिजनको सिरी ए को उपाधि ५ खेल अघि नै जितेको हो ।
इन्टर मिलानको जितमा फ्रान्सिस्को असेरबी र मार्कस थुरामले एक एक गोल गरेका थिए । त्यस्तै एसी मिलानका लागि फिकायो टोमोरीले एक गोल गरेका थिए ।
यस खेलमा एसी मिलानका २ र इन्टर मिलानका एक खेलाडीले खेलको ९० मिनेटपछि रातो कार्ड पाएका थिए ।
यो जितपछि इन्टर मिलानको ३३ खेलमा ८६ अंक भएको छ र लिगमा ५ खेल बाँकी हुदै सिरी ए को उपाधि जितेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको मिलानको भने ३३ खेलमा ६९ अंक रेहको छ ।
इन्टर मिलानले योसहित सिरी ए को उपाधि २० पटक जितेको छ । सिरी ए को उपाधि अहिलेसम सबैभन्दा बढी जित्ने क्लब भने युभेन्टस हो । युभेन्टसले अहिलेसम्म ३६ पटक यो उपाधि जितेको छ । युभेन्टसले २०१९- २० सिजन यता सिरी ए उपाधि जितेको छैन । न्युज कारखाना
काठमाडौँ । आज कतारका अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउदै छन् । कतारका अमिर थानीको राजकीय भ्रमणको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
कतारका अमिर थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गर्दै छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार अमिर थानीलाई आज अपराहन्न ५: ३५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलले स्वागत गर्ने कार्यक्रम तय भएको छ ।
अमिर थानीले भेटका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग औपचारिक भेटवार्ता गर्न छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षिय भेटवार्ता हुने कार्यक्रम रहेको छ ।
कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्ने लगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।
न्युज कारखाना
आज चैत्र शुक्ल पुर्णिमा अर्थात हनुमान जयन्ती । पञ्चाङका अनुसार पूर्णिमा तिथी काठमाण्डौको समय अनुसार ११ गते विहान ३: ४७ बजेदेखि १२ गते विहान ५:४३ वजेसम्म रहेको छ अर्थात मंगलबार दिनभित्र रहेको छ ।
हनुमान जयन्तीमा, दिनको शुरुवात धार्मिक स्नानबाट सुरु गर्नुपर्छ।
यसदिन भक्तहरू हनुमान मन्दिर जान्छन् वा घरमा पूजा गर्छन्। यसका लागि हनुमानजीको मूर्तिमा सिन्दूर लगाउनु राम्रो हुन्छ। यदि तपाई पुजा गर्न चाहनुहुन्छ भने धूप, दीप नैवेद्य अर्पण गर्नुहोस् र मन्त्र जप गरी हनुमानजीको पूजा गर्नु राम्रो हुन्छ। त्यसपछि हनुमान चालिसा, आरती र बजरंग बान पाठ गर्नुहोस्। यदि असहाय वा वृद्धलाई सहयोग गर्दा हनुमान खुशि हुने विश्वास छ ।
यसपटक हनुमान जयन्तीलाई विशेष मानिन्छ । वास्तवमा, हनुमान जयन्तीमा केही विशेष संयोगहरू हुन गइरहेका छन्। वास्तवमा मंगलबार हनुमान जयन्ती परेको छ । साथै यस दिन हनुमान जयन्ती चित्र नक्षत्र र वज्र योगको संयोग भएको छ । यी शुभ योगहरूमा पनि हनुमान जीको पूजा गर्न सकिन्छ।
केहि मन्त्रहरू
ॐ श्री हनुमते नमः
ॐ ऐं भ्रीं हनुमंते, श्री राम दूताय नमः
ॐ आंजनेय विद्महे वायुपुत्राय धीमहि। तन्नो हनुमन्त प्रचोदयात्
हनुमान चालिसा
दोहा :
श्रीगुरु चरन सरोज रज, निज मनु मुकुरु सुधारि।
बरनऊं रघुबर बिमल जसु, जो दायकु फल चारि।।
बुद्धिहीन तनु जानिके, सुमिरौं पवन-कुमार।
बल बुद्धि बिद्या देहु मोहिं, हरहु कलेस बिकार।।
चौपाई :
जय हनुमान ज्ञान गुन सागर।
जय कपीस तिहुं लोक उजागर।।
रामदूत अतुलित बल धामा।
अंजनि-पुत्र पवनसुत नामा।।
महाबीर बिक्रम बजरंगी।
कुमति निवार सुमति के संगी।।
कंचन बरन बिराज सुबेसा।
कानन कुंडल कुंचित केसा।।
हाथ बज्र औ ध्वजा बिराजै।
कांधे मूंज जनेऊ साजै।
संकर सुवन केसरीनंदन।
तेज प्रताप महा जग बन्दन।।
विद्यावान गुनी अति चातुर।
राम काज करिबे को आतुर।।
प्रभु चरित्र सुनिबे को रसिया।
राम लखन सीता मन बसिया।।
सूक्ष्म रूप धरि सियहिं दिखावा।
बिकट रूप धरि लंक जरावा।।
भीम रूप धरि असुर संहारे।
रामचंद्र के काज संवारे।।
लाय सजीवन लखन जियाये।
श्रीरघुबीर हरषि उर लाये।।
रघुपति कीन्ही बहुत बड़ाई।
तुम मम प्रिय भरतहि सम भाई।।
सहस बदन तुम्हरो जस गावैं।
अस कहि श्रीपति कंठ लगावैं।।
सनकादिक ब्रह्मादि मुनीसा।
नारद सारद सहित अहीसा।।
जम कुबेर दिगपाल जहां ते।
कबि कोबिद कहि सके कहां ते।।
तुम उपकार सुग्रीवहिं कीन्हा।
राम मिलाय राज पद दीन्हा।।
तुम्हरो मंत्र बिभीषन माना।
लंकेस्वर भए सब जग जाना।।
जुग सहस्र जोजन पर भानू।
लील्यो ताहि मधुर फल जानू।।
प्रभु मुद्रिका मेलि मुख माहीं।
जलधि लांघि गये अचरज नाहीं।।
दुर्गम काज जगत के जेते।
सुगम अनुग्रह तुम्हरे तेते।।
राम दुआरे तुम रखवारे।
होत न आज्ञा बिनु पैसारे।।
सब सुख लहै तुम्हारी सरना।
तुम रक्षक काहू को डर ना।।
आपन तेज सम्हारो आपै।
तीनों लोक हांक तें कांपै।।
भूत पिसाच निकट नहिं आवै।
महाबीर जब नाम सुनावै।।
नासै रोग हरै सब पीरा।
जपत निरंतर हनुमत बीरा।।
संकट तें हनुमान छुड़ावै।
मन क्रम बचन ध्यान जो लावै।।
सब पर राम तपस्वी राजा।
तिन के काज सकल तुम साजा।
और मनोरथ जो कोई लावै।
सोइ अमित जीवन फल पावै।।
चारों जुग परताप तुम्हारा।
है परसिद्ध जगत उजियारा।।
साधु-संत के तुम रखवारे।
असुर निकंदन राम दुलारे।।
अष्ट सिद्धि नौ निधि के दाता।
अस बर दीन जानकी माता।।
राम रसायन तुम्हरे पासा।
सदा रहो रघुपति के दासा।।
तुम्हरे भजन राम को पावै।
जनम-जनम के दुख बिसरावै।।
अन्तकाल रघुबर पुर जाई।
जहां जन्म हरि-भक्त कहाई।।
और देवता चित्त न धरई।
हनुमत सेइ सर्ब सुख करई।।
संकट कटै मिटै सब पीरा।
जो सुमिरै हनुमत बलबीरा।।
जै जै जै हनुमान गोसाईं।
कृपा करहु गुरुदेव की नाईं।।
जो सत बार पाठ कर कोई।
छूटहि बंदि महा सुख होई।।
जो यह पढ़ै हनुमान चालीसा।
होय सिद्धि साखी गौरीसा।।
तुलसीदास सदा हरि चेरा।
कीजै नाथ हृदय मंह डेरा।।
दोहा :
पवन तनय संकट हरन, मंगल मूरति रूप।
राम लखन सीता सहित, हृदय बसहु सुर भूप।।
लेखक युवा ज्योतिष जनक खड्का, वैदिक ज्योतिष परामर्श केन्द्रको सञ्चालक हुन्। उनी वैदिक ज्योतिषका विज्ञ मानिन्छन् । सल्लाह र परामर्शको लागि मा ह्वाट्सएपमा ९८५१२१४३९९ सम्पर्क गर्न सक्नुहुनेछ।
न्युज कारखाना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडि भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई देशका बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहने छ | गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा कोशी र बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश लगायत कोशी, मधेश, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका तराइका केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।
त्यसैगरी आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरुमा हावाहुरीको सम्भावना रहेको छ ।न्युज कारखाना