२०८३ श्रावण २४
२०८३ श्रावण २४

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए ।

“स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।”

नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिए ।

स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सवल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताए ।

सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।”

प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको उनले उल्लेख गरे ।

प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिनै पर्दछ ।” नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए ।  न्युज कारखाना

काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकाल्न आग्रह गरेकी छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग भएको बताएकी हुन् ।

उनले भनेकी छन्-

साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने अवस्थाको अन्त्य हुनु पर्छ भन्नेमा थाहा पाएर खुसी लाग्यो । हामीहरू सबै सहमत छौँ भने पछि यसमा विवाद हुनु पर्ने जस्तो केहि पनि नहुनु पर्ने हो । बरू राजनीतिक दलहरूले शिक्षालयमा बनाएका शिक्षकका दलीय संगठन र शिक्षकहरूको आफ्नो पार्टीमा भएको सदस्यता खारेज गरियो भन्ने आधिकारिक विज्ञप्ति आउनु पर्ने हो ।

माछा देख्दा दुलोभित्र हात, सर्प देख्दा दुलो बाहिर हात गर्ने दलहरूको चरित्र थाहा पाएर शिक्षकहरू स्वयमले पनि दलबाट स्वतन्त्रता खोज्नु पर्ने हो । दलीय शिक्षक संगठन खारेज हुनु पर्छ भन्ने मत हुँदाहुँदै पनि खारेज नहुनुको कारण राजनीतिक स्वार्थ र कहिलेसम्म उपयोग गर्ने भन्ने भन्दा अरू के होला र ?

अनुरोध गर्छु, शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो । शिक्षकको आदर्श र महत्वको प्रदुषण हो । शिक्षकहरूको सरुवा, बढुवा र समग्र वृत्तिविकासको लागि राजनैतिक दलको झण्डा बोक्नै पर्ने अवस्था छ भन्ने गुनासो सुनेको छु । त्यसको लागि पारदर्शी प्रकृया तोकौं, मेरिटको आधारमा गरौं, दलको अघि शीर झुकाउनु पर्ने नबनाऔँ । शिक्षकहरूलाई सम्मानपूर्वक आफ्नो काम गर्न दिउँ । सबै शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौँ । विश्वास छ, यति प्रष्टरूपमा दलका शिक्षक संगठन चाहिदैन भन्ने साथीहरूले यो अभियानमा सहयोग गर्नुहुनेछ । न्युज कारखाना

मुम्बई, १२ बैशाख । छोरी सुहानासँग मिलेर शाहरुख खानले ‘किंग’ बनाउँदै छन्  ।

 

उनले छोरी सुहानाका लागि २०० करोड लगानी गर्ने पनि जनाइसकेका छन् ।

 

यसैबिच, किंगमा शाहरूखको भुमिकालाइ लिएर नयाँ अपडेट आएको छ । पिंकभिलाले एक स्रोतलाई उद्धृत गर्दै सुहाना खानको फिल्म ‘द किङ’ मा शाहरुख खानले डनको भूमिका निर्वाह गर्ने बताएको छ ।

 

यो एक खैरो रंगको वर्णमा देखिनेछन । फिल्ममा शाहरुख खानको लुकको बारेमा कुरा गर्दा उनको चरित्र लामो कपाल र हल्का दाह्री हुने बताइएको छ ।

 

रिपोर्टमा यो पनि भनिएको छ कि फिल्मका क्यारेक्टरहरूको लुक्स तय भइसकेको छ र अब सिद्धार्थ आनन्द अन्तर्राष्ट्रिय स्टन्ट टोलीसँग एक्सन सिक्वेन्समा काम गरिरहेका छन्।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता हुँदैछ ।

मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच बिहान १० बजे होटल सोल्टीमा भेटवार्ता हुने कार्यक्रम रहेको छ । भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।न्युज कारखाना

मुम्बइ, १२ बैशाख । गत वर्ष एउटा खबर भाइरल भएको थियो कि आमिर खानले आफ्नो एक्टिङ्ग ब्रेक तोड्न लागेका छन् ।

 

खासमा अब उनले जोया अख्तरसँग फिल्म बनाउने भएका छन् । केही समय पछि यी समाचारहरू लुकाइएको थियो ।

 

तर, अब आमिर र जोयाले मिलेर चाँडै नै अर्को फिल्म बनाउने बताइएको छ । पिंकभिलाको भर्खरैको रिपोर्ट अनुसार यो जीवन शैलीको फिल्म हुनेछ। यो एक मध्यम उमेरको व्यक्तिको कथा हुनेछ।

जोयाका धेरैजसो फिल्महरू जस्तै यो पनि हलुका ड्रामा फिल्म हुनेछ । फिल्मको कथा र कन्सेप्ट तयार भइसकेको छ । त्यसलाई पटकथाको आकार दिन मात्र बाँकी छ ।न्युज कारखाना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका लागि विभिन्न सुरक्षात्मक उपाय अवलम्बन गर्दै जानुपर्ने र यसबारे जनचेतना बढाउँदै जान आवश्यक रहेको बताएका छन् ।

नवौँ भूकम्प स्मृति दिवसको अवसरमा सन्देश दिदै राष्ट्रपति पौडेलले भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अवलम्बन गर्ने र सुरक्षात्मक उपायबारे जनचेतना फैलाउन जरुरी रहेको बताए ।

उनले भनेका छन्- ‘भूकम्प एक प्राकृतिक विपद् भए पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिए पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार छ ।’

नेपाल प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु उत्तिकै जरूरी रहेको बताए । भूकम्पीय जोखिम न्यूनीकरणका लागि प्रभावकारी कदम चाल्न उनले सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने र विगतका अनुभवबाट शिक्षा लिई पूर्वतयारी तथा जोखिमको चुस्त व्यवस्थापन भएमात्र भूकम्पको सामना गर्न सकिने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

गोरखाको बारपाक केन्द्रविन्दु भई २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाउनु हुनेप्रति राष्ट्रपति पौडेलले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । त्यस्तै, भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने पनि उनले कामना गरेका छन् ।

नेपाल सरकारले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमार्फत भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाको पुनःनिर्माण कार्य सम्पन्न गरिसकेको र बाँकी रहेका काम सम्पन्न गर्ने जिम्मेवारीसमेत राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट सम्बन्धित निकायलाई हस्तान्तरण भइसकेको छ । यसरी पुनःनिर्मित भौतिक संरचनामा हाम्रो मौलिकता झल्किनुका साथै भूकम्प प्रतिरोधात्मक प्रविधिकोसमेत प्रयोग गरिएकामा राष्ट्रपति पौडेलले खुसी व्यक्त गरेका छन् ।न्युज कारखाना

अलस्का, १२ बैशाख । कुनै पनि नयाँ सहर स्थापना गर्न ठूलो जग्गा अधिग्रहण गर्नुपर्छ । त्यसपछि सो जग्गामा आवासीय आयोजनासँगै विद्यालय, बजार, अस्पताल, क्लब, मललगायतका सबै सुविधा ठूलो क्षेत्रमा तयार हुन्छन् ।

 

अब एउटै भवनमा पूरै सहर बसाउन सकिन्छ भनेर सोधियो भने पक्कै पनि तपाईको जवाफ होईन हुनेछ वा तपाईले भन्नुहुनेछ कि यसको लागि धेरै ठूलो भवन वा बरु बुर्ज खलिफा जस्तो भवन चाहिन्छ।

 

तर, विश्वको नक्सामा एउटा यस्तो सहर छ, जुन एउटा मात्र १४ तले भवनमा भित्र रहेको छ । हो हामी अमेरिकाको अलास्काको ह्वाइटियर टाउनको कुरा गर्दैछौं। अमेरिकाको उत्तरी राज्य अलास्काको एउटा सानो सहर ह्वाइटियर १४ तले बेगिच टावर भित्र अवस्थित छ। उत्कृष्ट बसोबास र व्यवस्थाका कारण विश्वमै यस टावरको आफ्नै पहिचान छ । यो टावरमा अवस्थित भएकोले यसलाई ठाडो सहर पनि भनिन्छ।

 

बेगिच टावरमा जनताका लागि विद्यालय, अस्पताल मात्र नभई चर्च र बजार जस्ता आधारभूत आवश्यकताको पनि पूर्ण व्यवस्था गरिएको छ । साथै, एक प्रहरी चौकी पनि निर्माण गरिएको छ, जसमा कसैले कानून उल्लंघन गरेमा उजुरी दर्ता गर्न प्रहरीहरू तैनाथ गरिएको छ।

 

वर्टिकल टाउनमा कति परिवार बस्छन् ?
भर्टिकल टाउन अर्थात् बेगिच टावरमा जम्मा २०० परिवार बस्छन्। यस भवनमा बस्ने परिवारहरूको लागि लुगा धुने र सामान्य स्टोरहरू पनि छन्। यस भवनमा मालिक र कर्मचारीहरू सँगै बस्छन्। पूर्ण सहर भएकाले बेगिच टावरमा सामान्य भवनभन्दा बढी सुविधा दिइएको छ । यही कारणले गर्दा यस भवनमा बस्ने मानिसको जीवनशैली अन्य ठाउँभन्दा निकै फरक छ ।

 

बेगिच टावरमा मानिसहरू कसरी बस्न थाले ?
बेगिच टावर अमेरिकाको शीतयुद्धको समयमा सेनाको ब्यारेक थियो। शीत युद्धकालका धेरै रहस्यमय कुराहरू आजसम्म गोप्य नै छन् । शीतयुद्ध समाप्त भए पछि सर्वसाधारणले यस भवनमा आफ्नो घर बनाएका थिए । यस क्षेत्रको मौसम अधिकांश महिना धेरै खराब रहन्छ। जसका कारण यहाँका मानिसहरु अधिकांश समय बेगिच टावरमा बस्छन् । उनीहरु भवनबाट धेरै बाहिर निस्कन पाएका हुन्नन् ।

 

ह्वाइटियर टाउन कसरी पुग्ने ?
ह्वाइटियर टाउनबाट बेगिच टाउनमा पहुँच सजिलो छैन। अधिकांश समय खराब मौसमको कारण सडकबाट ठाडो सहर पुग्न धेरै गाह्रो छ। यसका साथै सडक सिधा नहुँदा पनि सर्वसाधारणलाई निकै समस्या हुने गरेको छ । सडक मार्गमा धेरै पहाडी सुरुङहरू र कठिन मार्गहरू पार गर्न आवश्यक छ। यस सहरमा पुग्न धेरैजसो मानिसले समुद्री मार्ग प्रयोग गर्छन्। वास्तवमा यो मार्ग सडक मार्ग भन्दा सजिलो छ। यो शहर अमेरिकामा यसको शिपिंग व्यवसायको कारण धेरै प्रसिद्ध छ।न्युज कारखाना

न्युयोर्क, १२ बैशाख । पुल भत्काउने कार्गो कम्पनिसँग क्षतिपुर्ति माग गर्दै बाल्टिमोर राज्यले मुद्दा दर्ता गराएको छ ।

 

बाल्टिमोर राज्यले फ्रान्सिस स्कटको ब्रिजमा दुर्घटनाग्रस्त कार्गो जहाज डालीको मालिक र अपरेटर विरुद्ध मुद्दा दर्ता गरेको हो ।

 

गत महिना ९८५ फिट अग्लो जहाज पुलको सपोर्टिङ स्तम्भहरू मध्ये एउटामा ठोक्किएको थियो, जसले गर्दा बाल्टिमोरको पुल भत्किएको थियो। जुन दुर्घटनामा ६ निर्माण मजदुरको ज्यान गयो ।

 

बाल्टिमोर मेयर ब्रान्डन स्कट र सिटी काउन्सिलका लागि वकिलहरूले अब दुबै कम्पनीहरूको तर्फबाट घोर लापरवाही गरेको भन्दै अनिर्दिष्ट क्षतिको माग गरेका छन । बाल्टिमोर भन्छ, ‘फ्रान्सिस स्कट की ब्रिज लापरवाहीको कारणले भत्किएको हो ।’

 

कार्गो जहाज ग्रेस ओशन प्राइभेट लिमिटेडको स्वामित्वमा छ र सिनर्जी मरिन पीटीई लिमिटेड द्वारा व्यवस्थापन गरिएको छ। बाल्टिमोरले दुबै कम्पनीहरूलाई घातक दुर्घटनाको लागि जिम्मेवार ठहराउँदै जहाज असुरक्षित अवस्थामा रहेको बताएका छन । ‘यस मध्ये कुनै पनि हुनुहुँदैन थियो, रिपोर्टले बन्दरगाह छोड्नु अघि नै डलीमा अनियमित विद्युत आपूर्ति देखाउने अलार्म बजेको संकेत गरेको थियो तर कुनै काम गरिएन, जहाज रोकिएन,’ दर्ता गरिएको मुद्दामा भनिएको छ।

 

बाल्टिमोरका मेयर र सिटी काउन्सिलका वकिलहरूले दुबै कम्पनीहरूलाई कार्गो जहाजका चालक दलले अक्षम कार्य गरेको आरोप लगाएका छन । जसमा उचित प्रशिक्षण र सीपको अभाव रहेको जनाइएको छ ।

बाल्टिमोर सिटी कानून कार्यालयले आउटलेटलाई थप भन्यो, ‘मेयरले गत हप्ता आफ्नो घोषणामा भनेझैं  शहरले ब्रिज विपत्तिका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध आफ्नो कानुनी दाबीहरू गर्नेछ ताकि शहरका बासिन्दाहरू र यसका व्यवसायहरू पर्याप्त रूपमा सुरक्षित छन्। आफ्नो घाटाको लागि क्षतिपूर्ति। यो मुद्दा अहिले सक्रिय मुद्दाको विषय भएकोले हामी उपयुक्त न्यायिक फोरमको लागि थप टिप्पणी आरक्षित गर्नेछौं।’न्युज कारखाना

काठमाडौँ । नेकपा एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतविरुद्ध शोभा पाठक सुनियोजित ढंगले लागेको पुष्टि भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले पाठकले पेश गरेका कागजातहरु नक्कली भएको तथा कपोकल्पित ढंगले पेश गरेको भन्दै मुद्धा नचल्ने निर्णय गरेपछि बस्नेतलाई फसाउन लागेको पुष्टि भएको हो ।

पाठकले एमाले नेता बस्नेतविरुद्ध जिल्ला प्रहरी परिसर टेकुमा २०८० चैत १३ गते ‘भ्रुणहत्या, जवर्जस्ती करणी र डाँका चोरी’ मुद्धा दर्ता गरेकी थिइन् । प्रहरी परिसर टेकु, काठमाडौँले २१ दिन लगाएर अध्ययन तथा अनुसन्धान गरेपछि मुद्धा नचल्ने राय सहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाएको थियो । सरकारी वकिल कार्यालय काठमाडौँकाले २०८१ वैशाख ४ गते मुद्धालाई तामेलीमा राख्ने निर्णय गरेका थिए । सरकारी वकिल कार्यालयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को परिच्छेद २ को दफा ११ को उपदफा २ बमोजिम तामेलिमा राख्ने निर्णय गरेको हो ।

पाठकले जाहेरीमा आफु र महेश बस्नेत विगत ५ वर्षदेखि लिभिङ टुगेदरमा रहेको साथै २ पटक गर्भपतनसमेत गराएको भनि उल्लेख गरेको बारेमा २०८० बैशाख १४ मा काठमाडौँ जिल्ला अदालतमा कपिल शाहीसँग कानुनी रुपमा वैवाहिक  सम्बन्ध कायम गरेको भनि खुलाएको हुँदा उक्त स्वेइच्छाले २ पटक गर्भपतन गराएको हो या होइन, हो भने पनि गर्भ कसको हो भन्ने एकिन गर्न सक्ने अवस्था छैन । मेघा र चरक अस्पतालमा दुई पटक गर्भपतन गराएको भनि निजले दावी गरेको विषयमा चरक मेमोरियल अस्पतालको मन्जुरीनामा सम्बन्धको पत्रको विषयमा चरक अस्पताललाई पत्राचार गर्दा प्राप्त जवाफ उक्त पत्र अस्पतालबाट जारी नभएको, अस्पतालमा निजको कुनै पनि उपचार नभएको भनि खुल्न आएको देखिदा जाहेरी दरखास्तमा उल्लेखित प्रमाण खण्डमा पेश गरेको चरक अस्पतालको मन्जुरीनामा पत्र नै झुठ्ठा रही जाहेरवाला आफैले तयार गरी समावेश गरेको देखिन्छ । साथै मेघा अस्पतालको मिति २०८० चैत २२ गतेको पत्रको जवाफमा अस्पतालको रेकर्ड अनुसार मिति २०८० पौष २६ गतेका दिन पाठक गरेको व्यक्ति अस्पतालको आकस्मिक विभागमा आई उपचार गराई विभिन्न किसिमको ल्याव टेस्ट गराएको र ज्वरो आएको बाहेक अन्य कुनै खास किसिमको रोग नदेखिएको भन्ने चिकित्सकको रिपोर्टबाट देखिएको हुँदा उक्त अस्पतालमा गर्भपतन गराएको भनि गरिएको दावी झुटा, कपोकल्पित तथा भ्रमपूर्ण रहेको पत्र अस्तालले प्रहरीलाई पठाएको छ ।

साथै महेश बस्नेतले २०७२ पौष २६ गते नै स्थायी बन्ध्याकरण गरेको भन्ने विषयमा बुझ्दा भक्तपुर अस्पतालको मिति २०८० चैत २७ गतेको पत्र जवाफमा आव २०७२÷७३ को अस्पतालको मुल दर्ता रेकर्ड अनुसार वर्ष ४१ को महेश बस्नेतले २०७२ पौष २६ गते भक्तपुर अस्पतालमा स्थायी बन्ध्याकरण गरेको देखिएको व्यहोरा प्रमाणीत गरि अस्पतालको मुल दर्ता रजिष्टर समेत पाठाएको छ । यी आधारमा सरकारी वकिल कार्यालयले जाहेरीकर्ताको आरोप झुटा, बनावटी, तथ्यहिन, भ्रामक तथा कपोकल्पित भएको भन्दै मुद्धा नचलाउने निश्कर्षमा पुगेको हो ।

प्रहरी वृत नयाँबानेश्वरको २०८० चैत २३ गतेको पत्रको जवाफमा निवेदक पाठक निज बस्ने गरेको सनसाईन अपार्टमेन्टमा २०८० फागुन ०८ गते अपरिचित व्यक्तिहरु आई लुटपाट तथा कुटपिट गरेको घटना सम्बन्धमा बानेश्वर प्रहरी परिसरबाट भएको प्रारम्भिक अनुसन्धानको क्रममा भए गरेको कागजातहरु संलग्न राखी पठाइएको छ । साथै सोही दिन नेपाल कम्युनिष्ट पार्टी (एमाले)को  केन्द्रीय कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा बसेको र उक्त बैठकमा पार्टीको पोलिटव्युरो सदस्य महेश बस्नेत उपस्थित रहेको व्यहोराको पत्रको हाजिरीको प्रतिलिपी एमाले केन्द्रीय कार्यालयले पठाएको छ । जसका आधारमा पाठकले फागुन ८ गते डाँका चोरी वारदातमा निज संलग्न रहेको भनि झुटा दावी गरेको प्रहरी अनुसन्धानको निष्कर्श रहेको कुरा सरकारी वकिलको कार्यालयको निर्णयमा उल्लेख छ ।

त्यसै गरी पाठकले मंसिर ७, ८ र ९ गते बस्नेतले आफुलाई सनसाईन अपार्टमेन्टमा राखेको र मनोबैज्ञानिक समस्या भएको कारणले सो दिनहरुमा ७ र ८ गते अनमोल बस्नेत र ९ गते सञ्जिव कुमार झाले अपार्टमेन्टमा कुरेको भनि दावी गरेको सन्दर्भमा अनमोल बस्नेत मंसिर ७ गते युवा संघको कार्यक्रममा सहभागि भई बुद्ध एयरलाइन्सबाट पोखरा गई ९ गते फर्किएको देखिन्छ । सो विषयमा बुद्ध एयरको २०८० चैत २५ गतेको पत्रको जवाफ अनुसार अनमोल बस्नेत टिकट नं. १८४७११९० बाट सन् २३ नोभेम्बर २०२३ (मिति २०८०÷०८÷०७ गते १५ः५०) काठमाडौँदेखी पोखरा र टिकेट नं.१८४७१२५० बाट सन् २५ नोभेम्बर २०२३ (मिति २०८०÷०८÷०९ गते) पोखरादेखी काठमाडौँको गन्तव्यको लागि उडान गरेको देखिन आएको प्रमाणीत गरेको छ ।

साथै ९ गते सञ्जिव झासमेत यति एयरलाइन्सको ११ः३० को फ्लाईटबाट काठमाडौँबाट जनकपुर गएका देखिएको छ । सो मितिमा २०८० चेत २५ गतेको पत्रको जवाफमा कम्पनीको रेकर्ड अनुसार सञ्जिव कुमार झाले खल्ति एप्सबाट यति एयरलाईन्सको टिकट नं. ९९९२१०८०९७१३४ काटी सन् २५ नोभेम्बर २०२३ (मिति २०८०÷०८÷०९) गतेका दिने ११ः३० बजे नेकपा (एमाले) पार्टीको परिचयपत्र देखाई वाईटी ५७१ फ्लाईट नम्बर मार्फत काठमाडौँबाट जनकपुर यात्रा गरेको देखिन्छ । जसमा जाहेरीकर्ताले ७ र ८ गते अनमोल बस्नेत र ९ गते संञ्जिव झालाई अपार्टमेन्टमा कुरुवा राखेको भनि जोहेरी दरखास्तमा दावी गरेको व्यहोरा झुटो ठहरिएकोले रिट निवेदन तामेलिमा राख्ने निर्णय भनिएको छ ।

युट्युवर मनोज मानवले सार्वजनिक गरेको शोभा पाठक र महेश बस्नेतको टिकटकमा शोभाले नै साईवर व्युरोमा दिएको उजुरीमा आफ्नो भिडियोमा आएको दृष्य जस्तो सम्बन्ध नभएको उल्लेख गरेकी थिइन् । मनोजले इडिट गरी भिडियो बनाएको भन्दै कारवाहीको माग गर्दै उजुरी दिएकी थिइन । सोही उजुरीको आधारमा साइवर व्युरोले मनोजलाई कारवाही समेत गरेको थियो । उक्त भिडियो एआईको माध्यमबाट इडिट गरी चरित्र हत्या गरिएको प्रमाणीत भएको थियो ।

पाठकले तीन जनासँग औपचारिक रुपमा विवाह गरेकी हुन् । तीन जनासँग विवाह गरे पनि उनले पहिलो पति मरेको  हो भने दोर्शो संग  सम्बन्ध विच्छेद समेत गरेकी छैनन् । सम्बन्ध विच्छेद समेत नगरेकी पाठकले ज्वालामुखी गाउँपालिका वडा नं. ७ बाट आफु कुमारी भएको पत्र समेत लिएकी छिन् भने २०४३ सालको जन्ममिती भएको सरकारी ढड्डा भएता पनि उनको नागरिकतामा भने २०४९ सालको रहेको छ । जसबाट नागरिकतासमेत किर्ते गरेको देखिएको छ ।

स्नेतलाई फसाउने रणनीति लिएकी पाठकले २०८० फागुन ८ गते विहान आफ्नै कोठामा दुई पुरुष लगेर राखेर बसेको स्रोतले जानकारी दिएको छ । सोही दिन आफु नाइट ड्रेसमा रहेको समयमा दुई जना युवा आएर आफ्नो मोवाइल खोसेर लगेको भनि पाठकले झुटा प्रचारवाजी गरेकी थिइन ।न्युज कारखाना

बेइजिङ, १२ बैशाख । दक्षिण चीनमा भारी वर्षा र बाढीका कारण एक लाखभन्दा बढी मानिसलाई विस्थापित गरिएको छ ।

 

सरकारले प्रभावित क्षेत्रमा मंगलबार र बुधवार भारी वर्षा हुने चेतावनी दिए लगत्तै उनीहरूलाइ स्थानतरण गरिएको हो ।

 

हालैका दिनहरूमा ग्वाङ्डोङमा भीषण वर्षा भइरहेको छ, जसका कारण नदीको स्तर उकालो लागेका छन् र गम्भीर बाढीको सम्भावना बढेको छ।

 

मंगलबार सेन्जेनको मेगासिटीमा धेरै भारी वर्षा भएको छ, जो बाढी प्रभावित क्षेत्रहरू मध्ये एक थियो र बाढीको जोखिम धेरै उच्च रहेको सहरको मौसम विभागले भन्यो।

 

तर पछि आँधी कमजोर भएपछि चेतावनी कम गरिएको थियो । यद्पी मानिसहरूलाई विपदवाट सतर्क रहन आग्रह गरिएको छ । बेई नदीको सहायक नदीले घेरिएको छिङयुआनबाट ४५ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन ।

राज्य समाचार एजेन्सी सिन्ह्वाले साताको अन्त्यमा भारी वर्षा सुरु भएदेखि गुआङडोङका १ लाख १० हजार बासिन्दालाई स्थानान्तरण गरिएको बताएको छ।

 

चीनमा बाढीले हालसम्म चार जनाको ज्यान लिइसकेको छ भने १० जना बेपत्ता भएका छन् । प्रान्तको केन्द्रमा रहेको फोशान सहरमा एउटा जहाज पुलमा ठोक्किए पछि अन्य चारजना बेपत्ता भएका छन्, सम्भवतः बाढीको प्रभावका कारण, सिन्ह्वा समाचार एजेन्सीले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार बताएको छ ।

 

ग्वाङडोङ चीनको उत्पादन केन्द्र हो, जहाँ करिब १२ करोड ७० लाख मानिस बस्छन्। शेन्जेन अधिकारीहरूले मंगलबार रातो अलर्ट जारी गर्दै भनेका छन्, ‘कृपया चाँडै सावधानी अपनाउनुहोस् र बाढीको सम्भावना भएका तल्लो क्षेत्रहरू जस्ता खतरनाक क्षेत्रहरूबाट टाढा रहनुहोस्। भारी वर्षा र त्यसबाट उत्पन्न हुने प्रकोपहरू जस्तै जल जम्मा, अचानक बाढी, पहिरो, माटो खस्ने र भू–क्षयमा ध्यान दिनुहोस्।’न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।