काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच द्विपक्षिय भेटवार्ता शुरु भएको छ ।
मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा द्विपक्षिय भेटवार्ता शुरु भएको हो । यस अघि प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भएको थियो ।
द्विपक्षिय भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता शुरु भएको छ ।
मङ्गलवार नेपाल आइपुगेका कतारका राजा थानी र प्रधानमन्त्री प्रचण्डबीच होटल सोल्टीमा भेटवार्ता शुरु भएको हो । अहिले प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर थानीबीच वान टू वान भेटवार्ता भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्ता पछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।
परराष्ट्र मन्त्रालयका अनुसार कतारसँग विभिन्न ६ एमओयुमा हस्ताक्षर हुनेछन् । नेपाल र कतारको सरकारी समाचार एजेन्सी, महान्याधिवक्ताको कार्यालय र इन्स्टिच्युट अफ फरेन अफेयर्ससँग सम्बन्धित विषयमा तालिम र सहयोग आदान प्रदान सम्बन्धी हस्ताक्षर हुने कार्यक्रम रहेको छ । यसैगरी शिक्षा र संस्कृति आदान प्रदानसँग सम्बन्धित विषयमा पनि हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।
प्रधानमन्त्रीसँगको भेट पछि प्रधानमन्त्री प्रचण्डले राजा थानीका लागि होटल द्वारिकामा दिवा भोजको आयोजना गरेका छन् । उनको आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ ।न्युज कारखाना
काठमाडौँ । अमेरिकी सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बिडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्ने बताइएको छ ।
यस प्याकेजमा युक्रेनका लागि ६१ अर्ब डलर छुट्याइएको छ । पेन्टागनले युद्धग्रस्त युक्रेनले केही दिनभित्रै यो सहयोग प्राप्त गर्न थाल्ने जनाएको छ । सिनेटमा यो प्याकेजको पक्षमा ७९ र विपक्षमा १८ मत परेको थियो ।
बाइडेनले प्याकेजको प्रशंसा गर्दै भने, ‘यो प्रस्ताव महत्त्वपूर्ण छ र यसले हाम्रो देश र विश्वलाई पहिले भन्दा पहिले भन्दा सुरक्षित बनाउनेछ किनकि हामीले हमास जस्ता आतंककारी र पुटिन (रूसी राष्ट्रपति भ्लादिमिर पुटिन) जस्ता तानाशाहहरूसँग लड्ने हाम्रा साथीहरूलाई मद्दत गर्छौं । हामी बचाउन लडिरहेका छौं।’
यस प्याकेजमा, इजरायललाई २६.४ बिलियन डलर सैन्य सहायता दिइएको छ, जसमा गाजामा मानवीय सहायताका लागि ९.१ बिलियन डलर छुट्याएको छ । त्यस्तै ताइवानलाई ८.१ बिलियन डलर दिने भएको छ ।न्युज कारखाना
लुम्बिनी । लुम्बिनी विकास परिषरको केन्दिय नहर स्थित मण्डलामा रहेको नेपालको झण्डाको अवस्था । पर्यटकलाई लक्षित गरि यस क्षेत्रकै ठूलो झण्डाको रुपमा बनाइएपनि लुम्बिनी विकास कोषले लामो समयदेखि न त च्यातिएको झण्डा फेर्न सकेको छ, न त झण्डा राखिएको पाइप पेन्ट नै गर्न सकेको छ । पर्यटकीय केन्द्रको रुपमा यहाँँ लुम्बिनी आउने पर्यटकले सेल्फी र फोटो खिची जाने गरेका छन ।
तस्बिर: मोहम्मद हबिब/भैरहवा न्युज कारखाना
न्युयोर्क, १२ बैशाख । अमेरिकी अन्तरिक्ष एजेन्सीले आफ्नो भ्वाएजर–१ प्रोबले महिनौंसम्म भ्रामक कुराहरू गरेपछि पुनः पृथ्वीमा प्रयोग योग्य जानकारी पठाउँन सुरू गरेको छ ।
४६ वर्ष पुरानो नासाको यो अन्तरिक्षयान मानव जातिले बनाएको र पृथ्वी भन्दा बाहिर पुगेको सबैभन्दा टाढाको वस्तुसमेत हो।
कम्प्युटरको त्रुटिले नोभेम्बरमा पढ्न योग्य डाटा फिर्ता गर्न रोकेको थियो तर इन्जिनियरहरूले अब यसलाई ठीक गरेको नासाले जनाएको छ।
यस क्षणको लागि भोइजरले यसको अनबोर्ड प्रणालीहरूको बारेमा स्वास्थ्य डेटा मात्र पठाउन सुरू गरेको छ । नासाका वैज्ञानिकहरूले यसका उपकरणहरूमा थप काम गरे पछि अनलाइनमार्फत सही सुचना पठाउन थालेको हो ।
भोइजर–१ २४ बिलियन किलोमिटर भन्दा धेरै टाढा पुगिसकेको छ । यसको रेडियो सन्देशहरू हामी सम्म पुग्न २२.५ घण्टा लाग्न थालेको छ । यो खासमा ब्रम्हाण्डमा अर्को पनि मानवजीवन रहेको ग्रह छ कि भन्ने अनुसन्धानमा लागेको छ ।
‘भोइजर–१ अन्तरिक्ष यानले आफ्नो जहाजको इन्जिनियरिङ प्रणालीको स्वास्थ्य र स्थितिको बारेमा प्रयोगयोग्य डेटा फिर्ता गरिरहेको छ,’ नासाले एक विज्ञप्तिमा भन्यो, ‘अब अर्को चरण भनेको अन्तरिक्ष यानलाई फेरि विज्ञान डेटा फर्काउन सुरु गर्न सक्षम गर्नु हो।’
भ्वाएजर– १ लाई सन् १९७७ मा पृथ्वीबाट बाहिरी ग्रहहरूको भ्रमणका लागि प्रक्षेपण गरिएको थियो । त्यस पछि यो निरन्तर यात्रामा रहेको छ ।न्युज कारखाना
टेक्सास, १२ बैशाख । एलन मस्कको कम्पनि टेस्लाले हाल कार्यरत कर्मचारी हटाउने क्रम जारी राखेको छ ।
यसैबिच, टेस्लाले आफ्नो टेक्सास कारखानामा कार्यरत २ हजार ६८८ कर्मचारीहरूलाई हटाउने भएको छ ।
इलेक्ट्रिक वाहन निर्माण कम्पनिले एक सुचनामार्फत कर्मचारी हटाउने घोषणा गरेको जनाइएको छ । कर्मचारी समायोजन र पुनः प्रशिक्षण सबन्धी सूचनासँगै कर्मचारी कटौती गर्ने जनाएको हो ।
१९८८ को चेतावनी ऐन एक अमेरिकी श्रम कानून हो जसमा १०० वा सो भन्दा बढी कर्मचारीहरू भएका कम्पनीहरूलाई योजनाबद्ध बन्द वा सामूहिक कटौतीको ६० दिन अगाडि सूचित गर्न आवश्यक रहेको छ । सोही कानुन अनुसार कर्मचारी कटौती गर्न लागेको जनाएको हो ।
न्युज कारखाना
लन्डन, १२ बैशाख । बेलायत प्रवेश गर्न लागेका ५ आप्रावासीको मृत्युले तरंग ल्याएको छ ।
सानो डुङ्गामा इंगलिस च्यानल पार गर्ने क्रममा सात वर्षीया बालिकासहित पाँच जनाको मृत्यु भए पछि बेलायतमा हंगामा मच्चिएको हो ।
बीबीसीका अनुसार मानिसहरूलाई डुङ्गामा चढेको र उनीहरूलाई रोक्न प्रहरीले प्रयास गरेको देखिएको छ । महिनौंको आन्तरिक कलह पछि बेलायतको संसदले प्रधानमन्त्री ऋषि सुनकको प्रमुख रुवाण्डा विधेयक पारित गरे लगत्तै यो घटना भएको हो ।
विधेयकले रुवान्डालाई सुरक्षित देश तोकेको छ तर विपक्षी र अधिकार समूहहरूले यो योजनाको कडा आलोचना गरेका छन् । प्रधानमन्त्री सुनक भन्छन्, ‘आजको मृत्युले उनी किन तस्करहरूलाई रोक्न चाहन्छन् भनेर सम्झाउने काम गर्दछ।’न्युज कारखाना
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ चुनौतीहरू देखापरिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताएका छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखापर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्याउनुपर्ने बताए ।
“स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतिको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भने, “अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।”
नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिए ।
स्वास्थ्य सेवाको पहुँच ग्रामीणस्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औंल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सवल र सुदृढ भएमात्र आम नेपालीले सर्वसुलभ स्वास्थोपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताए ।
सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, “स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारकतत्त्व पहिचान सहितको विशिष्टिकृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।”
प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बीमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको उनले उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, “सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिनै पर्दछ ।” नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको उनले जानकारी दिए । न्युज कारखाना
काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकाल्न आग्रह गरेकी छन् ।
सामाजिक सञ्जालमा टिप्पणी गर्दै मन्त्री श्रेष्ठले शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग भएको बताएकी हुन् ।
उनले भनेकी छन्-
साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने अवस्थाको अन्त्य हुनु पर्छ भन्नेमा थाहा पाएर खुसी लाग्यो । हामीहरू सबै सहमत छौँ भने पछि यसमा विवाद हुनु पर्ने जस्तो केहि पनि नहुनु पर्ने हो । बरू राजनीतिक दलहरूले शिक्षालयमा बनाएका शिक्षकका दलीय संगठन र शिक्षकहरूको आफ्नो पार्टीमा भएको सदस्यता खारेज गरियो भन्ने आधिकारिक विज्ञप्ति आउनु पर्ने हो ।
माछा देख्दा दुलोभित्र हात, सर्प देख्दा दुलो बाहिर हात गर्ने दलहरूको चरित्र थाहा पाएर शिक्षकहरू स्वयमले पनि दलबाट स्वतन्त्रता खोज्नु पर्ने हो । दलीय शिक्षक संगठन खारेज हुनु पर्छ भन्ने मत हुँदाहुँदै पनि खारेज नहुनुको कारण राजनीतिक स्वार्थ र कहिलेसम्म उपयोग गर्ने भन्ने भन्दा अरू के होला र ?
अनुरोध गर्छु, शिक्षकलाई दलीय राजनीतिमा प्रयोग गर्नु शिक्षकको गरिमाको दुरूपयोग हो । शिक्षकको आदर्श र महत्वको प्रदुषण हो । शिक्षकहरूको सरुवा, बढुवा र समग्र वृत्तिविकासको लागि राजनैतिक दलको झण्डा बोक्नै पर्ने अवस्था छ भन्ने गुनासो सुनेको छु । त्यसको लागि पारदर्शी प्रकृया तोकौं, मेरिटको आधारमा गरौं, दलको अघि शीर झुकाउनु पर्ने नबनाऔँ । शिक्षकहरूलाई सम्मानपूर्वक आफ्नो काम गर्न दिउँ । सबै शिक्षालयलाई दलीय राजनीतिको चपेटाबाट बाहिर निकालौँ । विश्वास छ, यति प्रष्टरूपमा दलका शिक्षक संगठन चाहिदैन भन्ने साथीहरूले यो अभियानमा सहयोग गर्नुहुनेछ । न्युज कारखाना
मुम्बई, १२ बैशाख । छोरी सुहानासँग मिलेर शाहरुख खानले ‘किंग’ बनाउँदै छन् ।
उनले छोरी सुहानाका लागि २०० करोड लगानी गर्ने पनि जनाइसकेका छन् ।
यसैबिच, किंगमा शाहरूखको भुमिकालाइ लिएर नयाँ अपडेट आएको छ । पिंकभिलाले एक स्रोतलाई उद्धृत गर्दै सुहाना खानको फिल्म ‘द किङ’ मा शाहरुख खानले डनको भूमिका निर्वाह गर्ने बताएको छ ।
यो एक खैरो रंगको वर्णमा देखिनेछन । फिल्ममा शाहरुख खानको लुकको बारेमा कुरा गर्दा उनको चरित्र लामो कपाल र हल्का दाह्री हुने बताइएको छ ।
रिपोर्टमा यो पनि भनिएको छ कि फिल्मका क्यारेक्टरहरूको लुक्स तय भइसकेको छ र अब सिद्धार्थ आनन्द अन्तर्राष्ट्रिय स्टन्ट टोलीसँग एक्सन सिक्वेन्समा काम गरिरहेका छन्।न्युज कारखाना