२०८३ श्रावण २३
२०८३ श्रावण २३

काठमाडौं । छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ हुने भएको छ । अवार्डको छैटौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।

‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा २०८० बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।

सगरमाथा म्युजिक अवार्डका पाँच संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । छैटौं संस्करण भने विदेशमा आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।

छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् । अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपालले जनाएको छ ।

त्यस्तै एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान गरिने छ । अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले बताए । छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ आयोजक समितिमा कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत र कुशल खत्री रहेका छन् ।न्युज कारखाना

काठमाडौँ । सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई मृत्युदण्डको सजाय सुनाइएको छ । उनको वकिलले यसको पुष्टि गरेको बिबिसीले उल्लेख गरेको छ ।

२०२२ सालमा महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएपछि सुरु भएको आन्दोलनलाई तुमाज सालेहीले आफ्ना गीतमार्फत समर्थन गरेका थिए । सालेहीका वकिलले सजायविरुद्ध अपील गर्ने बताएका छन् । यसबारे इरानी प्रशासनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

सालेही पहिलो पटक सन् २०२२ को अक्टोबरमा पक्राउ परेका थिए । त्यसबेला सालेहीले प्रदर्शनको समर्थनमा सार्वजनिक वक्तव्य दिएका थिए । उनीमाथि धेरै आरोप लागेका थिए । जुलाई २०२३ मा उनलाई छ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको थियो।

तर यस वर्षको जनवरीमा, इस्फाहानको क्रान्तिकारी अदालतले सालेही विरुद्ध नयाँ आरोप लगाए, उनका वकिलले भने ।

अदालतले सालेहीलाई भ्रष्टाचार, सरकारविरुद्ध अपप्रचार र दंगा भड्काउनेलगायतका कैयौं अभियोगमा दोषी ठहर गरेको छ । अब उनीसँग यस मृत्युदण्डको सजायविरुद्ध अपील गर्न २० दिनको समय छ ।न्युज कारखाना

काठमाडौँ । चलचित्र विकास बोर्डले २४औं वार्षिकोत्सवको अवसरमा विभिन्न विधामा राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार प्रदान गर्न आवेदन मागेको छ । बोर्डले सूचना प्रकाशित भएको मिति बैशाख १२ गतेदेखि २१ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

बोर्डले राष्ट्रिय चलचित्र पुरस्कारका लागि गत वर्ष २०८० वैशाख १ गतेदेखि २०८० चैत्र मसान्तभित्र सार्वजनिक प्रदर्शन भएका चलचित्रहरूको लागि आवेदन दिन सकिने जनाएको छ । साथै विशेष चलचित्रका लागि गत वर्ष २०८० वैशाख १ गतेदेखि चैत्र मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रहरूको लागि आवेदन दिन सकिने छ ।

त्यस्तै आदिवासी, जनजाति तथा मातृभाषी चलचित्रका लागि २०८० वैशाख १ गते देखि चैत्र मसान्तभित्र चलचित्र जाँच समितिबाट जाँच भएका चलचित्रहरू राष्ट्रिय चलचित्र तथा विशेष चलचित्र पुरस्कारमा सहभागी हुन सक्नेछन् । तर, आदिवासी जनजाति तथा मातृभाषाका चलचित्रहरु विधागत रुपमा राष्ट्रिय चलचित्र पुरस्कार वा आदिवासी, जनजाति तथा मातृभाषी राष्ट्रिय चलचित्र पुरस्कार मध्ये कुनै एकमा मात्र सहभागिता जनाउन पाउनेछन् । विधागत रुपमा सहभागी हुने चलचित्र सार्वजनिक प्रदर्शन भएको हुनुपर्ने बोर्डले जनाएको छ ।

साथै आवेदनसँग सम्बन्धित चलचित्र निर्माताको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित सम्बन्धित निर्माता वा निजले अधिकार दिएको व्यक्ति आफै उपस्थित भई वा ई-मेल ठेगाना मार्फत आवेदन दिन आग्रह गरको छ ।

बोर्डले राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार तथा आदिवासी जनजाति तथा मातृभाषी चलचित्र पुरस्कारको प्रतिस्पर्धामा सहभागी हुन बोर्डबाट उपलब्ध हुने आवेदन फाराम पूर्णरूपमा भरी पेश गर्नुपर्ने बताएको छ ।

बोर्डले आवेदन दिदा ध्यान दिन निम्न बुँदामा जानकारी दिएको छ-

– आवेदन फाराममा उल्लेख गरिएका विवरण र चलचित्रमा देखिने विधागत नाममा मेल खानु पर्नेछ।
– चलचित्र अवलोकनका लागि अवलोकन पश्चात फिर्ता हुने गरी बोर्डबाट माग गरिएको ढाँचामा चलचित्र उपलब्ध गराउनु पर्नेछ।
– आवेदन दिइने चलचित्र कथानक हुनुपर्नेछ।
– आवेदनसाथ बोर्डबाट उपलब्ध गराईएको ढाँचामा मञ्जुरीनामा समेत संलग्न गरी पेश गर्नुपर्नेछ ।
– विशेष चलचित्रको हकमा चलचित्रको संक्षिप्त कथासार पेश गर्नुपर्नेछ ।
– सहभागिता सम्बन्धी अन्य शर्तहरु आवेदन फाराममा उल्लेख भए बमोजिम हुनेछन् ।
– सहभागिता सम्बन्धी सर्वाधिकार बोर्डमा निहित रहनेछ ।
– यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
– यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
–  आवेदन फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाइट www.film.gov.np बाट डाउनलोड गरी  प्राप्त गर्न सकिनेछ ।
– आवेदन फारम र आवश्यक कागजात संलग्न गरी बोर्डको अवार्डको ई-मेल ठेगाना  fdbnationalaward2080@gmail.com मा पठाउन सकिनेछ ।
– चलचित्र निर्माताले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनु पर्नेछ ।आवेदनसाथ चलचित्र जाँच प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।
– अन्य सर्तहरु आवेदन फारममा उल्लेख गरिए बमोजिम हुनेछ ।न्युज कारखाना

काठमाडौँ । जाभी हर्नानडेज बार्सिलोनाको प्रशिक्षकमा रहिरहने भएका छन् । यस अघि यस सिजनको अन्त्यपछि बार्सिलोना छोड्ने घोषणा गरेका जाभीले क्लबका अध्यक्ष र व्यवस्थापनका सिनियर पदाधिकारीहरुसँगको भेटपछि क्लबमै रहन सहमत भएका हुन् ।

यस अघि जाभीले पटक पटक आफ्नो निर्णय नबदल्ने बताउदै आएका थिए ।

तर पछिल्लो छलफलमा क्लबको अवस्था र भविष्यको योजनाको विषयमा स्पष्ट भएपछि उनले आफ्नो निर्णय बदलेको मिडिया रिपोर्टमा बताइएको छ । बार्सिलोनाका अध्यक्ष जोन लापोर्टाले केहि दिनमै यस विषयमा घोषणा गर्ने बताइएको छ ।

जाभी २०२१ को नोभेम्बर ६ मा बर्सिलोनोको प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा बार्सिलोनाले २३९ खेलमा १५२ खेल जितेको छ भने ४६ खेल हारेको छ । त्यस्तै ४१ खेल बराबरी खेलेको छ ।

उनको नेतृत्वमा बार्सिलोनाले २-२२-२३ को ला लिगा र सुपर कोपा जितेको थियो ।

यस सिजनमा भने बार्सिलोना च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ भने ला लिगामा पनि ६ खेल खेल्न बाँकी हुदा रियल म्याड्रिडसँग ११ अंकले पछाडी रहेको छ ।न्युज कारखाना

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले हाल सामाजिक सञ्जालमा भाइरल भएको भिडियोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

हाल सामाजिक सञ्जालमा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगि गरेको भन्दै फेसबुकमा कमेन्ट गरेको आधारमा साइबर ब्युरोले आफुलाई तनाव दिएको भन्दै एक युवाले आफुले विष सेवन गर्न बाध्य भएको उल्लेख गरको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । काठमाडौँको किर्तिपुर बस्ने जाजरकोटका गणेशमान सिंहले जारी गरेको सो भिडियोप्रति साइबर ब्युरोले आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

ब्युरोले फेसबुकमा अश्लिल सामग्री प्रकाशन गरेको बिषयमा ब्युरोले अनुसन्धान गर्न बोलाएको स्पष्ट गर्दै सोहि क्रममा उनले २ स्ट्रिप सिटामोल खाएको जानकारी प्राप्त हुनासाथ उनलाई वीर अस्पताल लागिएको बताएको छ ।

साथै साइबर ब्युरोले अनुसन्धानमा बाधा पुर्याउन उनले फेसबुकमा गलत भिडियो बनाएर पोष्ट गरेको र सो भिडियोमा उल्लेख गरिएका विषयमा कुनै सत्यता नभएको बताएको छ ।न्युज कारखाना

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् ।

राष्ट्रिय विकास परिषद्को बैठकको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको व्यावसायीकरण, उत्पादनमूलक उद्योग, रोजगारमूलक शिक्षा तथा स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा १६ औँ योजना केन्द्रित हुने बताएका हुन् ।

“पर्यटन प्रवर्द्धधन र आन्तरिक रोजगार अभिवृद्धि एवं एकीकृत बस्ती विकासमा उच्च प्राथमिकता दिनुपर्ने छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यसका लागि योजनाले स्वदेशी तथा वैदेशिक लगानी अभिवृद्धिसहित युवा केन्द्रित शुरूआती पुँजी लगानीमार्फत नविनता र उद्यमशीलता विकासमा जोड दिन आवश्यक छ ।”

आर्थिक समृद्धिको सम्वाहकका रूपमा निजी क्षेत्रलाई आत्मसात गर्दै सहकारी, सामुदायिक एवं गैरसरकारी क्षेत्र र विकास साझेदारलाई सहयोगी भूमिकामा योजनाले अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सोच, लक्ष्य र लगानीको अनुमान उपयुक्त हुनेगरी योजना तयार हुने विश्वास व्यक्त गरे ।

योजना सफल कार्यान्वयनका लागि तीनै तहका सरकारको सहकार्य, सहयोग र समन्वय अपरिहार्य रहनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले पर्याप्त लगानी तथा सार्वजनिक खर्च जुटाउनका लागि सबै तहका सरकारले विवेकपूर्ण राजस्व परिचालन गर्नुपर्नेमा जोड दिए ।

“योजना अवधिमा विभिन्न स्रोतको साथै निजी क्षेत्रको ठूलो लगानीको अनुमान गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यस क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउन लिइएका लक्ष्य, उद्देश्य तथा रणनीतिबाट योजना अवधिमा लगानी, उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि गरी आर्थिक क्रियाकलाप विस्तारमा सहयोग पुग्ने अपेक्षा छ ।”

सबै पक्षलाई समेटेर नियमित र नतिजामूलक अनुगमन तथा मूल्याङ्कन प्रणाली विकास गरी कार्यान्वयनमा जोड दिनुपर्ने बताउँदै प्रधानमन्त्रीले अब आर्थिक सुधारको एकीकृत ढाँचा राष्ट्रिय योजना आयोगले सबैं निकायको समन्वयमा तयारगरी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, “तीनै तहका सरकार, निजि क्षेत्र, सहकारी र विकास साझेदार लगायतका सबैको सहकार्य र प्रभावकारी समन्वयबाट योजनाले लिएको औसत आर्थिक वृद्धि हासिल हुनुका साथै अन्य सामाजिक तथा पर्यावरणीय लक्ष्य हासिल हुनेमा म विश्वस्त छु ।”न्युज कारखाना

काठमाडौँ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आफ्नी पत्नी विरुद्धको अदालतले प्रारम्भिक अनुसन्धान सुरु गरेपछि आफ्नो सार्वजनिक काम रोकेका छन् ।

यस अवधिमा उनले पदमा निरन्तरता दिने कि रोक्ने भन्ने बारे विचार गरिरहेको बताएका छन् । प्रधानमन्त्री पेड्रो सान्चेजले एक विज्ञप्तिमा आफुले सरकारको नेतृत्व गरिरहने र यो सम्मानित पद छाड्ने भन्ने विषयमा छिट्टै निर्णय गर्ने बताएका छन् ।

अदालतले बेगोना गोमेज विरुद्ध भ्रष्टाचारको आरोपमा कारबाही गरिरहेको बताएको छ । प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीले आफ्नो सम्मानको रक्षा गर्ने  बताएका छन् । बेगोना गोमेज विरुद्ध भ्रष्टाचार विरोधी अभियानकर्ता मानोस लिम्पियासले उजुरी गरेका थिए, जसले हालैका वर्षहरूमा धेरै उच्च प्रोफाइल अदालत मुद्दाहरूमा भाग लिएका थिए ।

स्पेनका प्रधानमन्त्रीले आफुले आफ्नो भविष्यको निर्णय मे २९ मा सञ्चारमाध्यममा प्रस्तुत गर्ने बताएका छन् । अदालतले बेगोना गोमेजमाथि लगाइएको आरोपबारे विस्तृत जानकारी दिएको छैन।न्युज कारखाना

काठमाडौँ । नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त टोलीले गस्ती गरेको छ ।

बुधबार नेपाल र मित्र राष्ट्र चीनको सिमाना कोरला स्थित २४ नं पिलरदेखि पश्चिम २३ नम्बर पिलरसम्म प्रहरीको संयुक्त टोलीले गस्तो गरेको हो ।

सीमाको करिब २ किमी क्षेत्रमा हुन सक्ने अपराधको नियन्त्रण तथा न्यूनिकरणको लागि इलाका प्रहरी कार्यालय लोमान्थाङ र चीनको लिजी प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले संयुक्त गस्ती गरेको थियो ।न्युज कारखाना

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ ।

बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासास्थित नेपालको महावाणिज्य दूतावासले जानकारी दिएको छ । बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाहरुको प्रारुप छनोट, कार्यान्वयन एवं अनुगमनबारे छलफल भएको महावाणिज्य दूतावासले जनाएको छ ।

दुवै पक्षले यो वर्षको मध्यतिर दुईपटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका छन् । बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भूभागका जनताको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति भएको छ ।

बैठकमा नेपाली पक्षको नेतृत्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले गर्नुभएको थियो भने चिनियाँ पक्षको नेतृत्व तिब्बतको विदेश मामिला कार्यालयका उच्च अधिकारीले गरेका थिए ।

बुधबार नै नेपाली प्रतिनिधिमण्डलका नेता भट्टराईले तिब्बत सरकारका कार्यकारी उपाध्यक्ष छन छेङ्कीसँग शिष्टाचार भेट गरेका थिए । भेटमा आपसी हितका विविध विषयमा विचार आदानप्रदान हुनुका साथै नेपाल–चीन सम्बन्ध अभिवृद्धि गर्ने सामाजिक–आर्थिक मामिलामा छलफल भएको महावाणिज्य दुतावासले जनाएको छ ।

सहायता परियोजनाको अर्को बैठक दुवै पक्षलाई अनुकूल हुने समयमा आगामी महिना आयोजना गरिने छ ।न्युज कारखाना

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टिमको घोषणा गरेको हो ।

नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव र आकास चन्द रहेका छन् ।

यस अघि वेस्ट इन्डिज ए टिम बुधबार नै काठमाडौँ आइसकेको छ ।

नेपाल टुरमा आउने वेस्ट इन्डिज ए टिम-  रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् । त्यस्तै प्रशिक्षण टिममा मुख्य प्रशिक्षक- फ्लोयड रेफर, सहायक कोच- रेयन ग्रिफिथ, फिजियोथेरापिस्ट- नील ब्यारी, स्ट्रेन्थ एण्ड कन्डिसन कोच- शेन कूपर, प्रबन्धक र विश्लेषक: अवनेश सीताराम रहेका छन् ।

सार्बजनिक खेल तालिका अनुसार नेपाल र वेस्ट इण्डिज ए बीच पहिलो खेल अप्रिल २७ मा हुने छ भने दोस्रो खेल अप्रिल २८ मा, तेस्रो मे १ मा चौथो मे २ मा र पाचौं ४ मे मा हुने छ । टियु मैदानमा हुने यो सिरिजका सबै खेल अपराहन्न १ बजेदेखि शुरु हुने छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।