२०८३ श्रावण २३
२०८३ श्रावण २३

धनुषा ।  धनुषाको औरही गाउँपालिकाको पौडेसर तनावग्रस्त भएको छ ।

प्रहरीका अनुसार करिब दुई साता अघि दुई जना युवकले दुई जना युवती भगाएर लगेको विषयमा अहिलेसम्म दुवै जोडी नआएपछि छोरी पक्षले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरेका थिए ।

पौडेसरका दुई जना युवतीलाई हंसपुर नगरपालिका–४ का दुई जना युवकहरूले भगाएर लगेको र उनीहरु परिवारको सम्पर्कमा अहिलेसम्म नरहेको बताइएको छ । प्रहरीले आफ्नो छोरीहरू खोज्न पहल नगरको र केटा पक्षले पनि छोरीहरू खोजी नगरेको भन्दै केटी पक्ष आक्रोशित बनेको हो ।

प्रदर्शनका क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुङ्गा हानेर सिसा फुटाई दिए पछिको स्थिति तनावग्रस्त बनेको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको जनाएको छ । प्रहरीले अहिले स्थिति नियन्त्रणमा आएको बताएको छ ।न्युज कारखाना

काठमाडौँ । काठमाडौँको राष्ट्रिय सभा गृहमा वैशाख ११ गतेदेखि सुरु भएको ‘महिला पुस्तक प्रदर्शनी’ जारी रहेको छ । प्रदर्शनीमा महिला लेखक, सम्पादक र अनुवादक तथा पुरुष लेखकले महिलाका विषयमा लेखेका, अनुवाद गरेका तथा सम्पादन गरेका पुस्तक राखिएका छन् ।

जसमा करिब ५ सय लेखिका/लेखकका १ हजार भन्दा धेरै शीर्षकका पुस्तक छन् । काठमाडौँ महानगरपालिकाको सहयोगमा पारिजात स्मृति केन्द्र र फिनिक्स बुक्सले प्रदर्शनीको आयोजना गरेका हुन् ।

प्रदर्शनीमा नेपाली, अंग्रेजी, हिन्दी, नेपाल भाषा, तामाङ् भाषा, राई भाषाका पुस्तक छन् । यीमध्ये अंग्रेजी र हिन्दी भाषाका पुस्तकको खरिदमा १० प्रतिशत र नेपालीसहित भाषाभाषीका पुस्तकमा २० प्रतिशत छुट दिइएको छ ।

प्रदर्शनीमा ‘मैले चिनेको पारिजात’ विषयक सम्वाद कार्यक्रम सञ्चालन गर्ने गरिएको छ । यस सम्बादमा पारिजातलाई चिनेका र संगत गरेका व्यक्तित्वलाई बोलाएर उहाँको स्मृतिमा पारिजात कस्ती हुनुहुन्थ्यो, अनुभव सुनाउन लगाइन्छ । सम्वादमा नारी विषयक लेखनमा सम्भावना, चुनौती र समस्या समाधानका विषयमा समेत छलफल हुने गरेको छ । प्रदर्शनी १५ गतेसम्म चल्नेछ ।न्युज कारखाना

काठमाडौं । विहिबार नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा रोकिएको छ ।

त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.१० प्रतिशतले घटेर ३४८.१८ विन्दुमा रोकिएको छ । आज ३०३ कम्पनीका ६३ लाख १२ हजार ५५२ कित्ता सेयर ४२ हजार १६ पटक कारोबार हुदै २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा कारोबार भएका थिए ।

त्यस्तै आज मल्टीपर्पोज फाइनान्सको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने पोखरा फाइनान्सको शेयर मुल्य ८.०५ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सबैको लघुवित्तको शेयर ५.८३ प्रतिशतले घटेको छ भने माइ खोला हाइड्रोको शेयर मुल्य ५.४५ प्रतिशतले घटेको छ ।

आज ५ समूहको उपसूचकबाहेक अन्यको सूचक नकारात्मक रहेका छ, जसमा फाइनान्स समूहको उपसूचक सबैभन्दा बढी ३.१३ प्रतिशतले बढेको छ ।

आज कारोबार रकमको हिसाबले सबै भन्दा बढी पोखरा फाइनान्सको शेयर कारोबार भएको छ । आज पोखरा फाइनान्सको ११ करोड २६ लाख ४६ हजार ८१७ बराबरको कारोबार भएको छ ।
न्युज कारखाना

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५  घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।

पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो ।

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।न्युज कारखाना

काठमाडौँ । बलिउड अभिनेता सञ्जय दत्त र अभिनेत्री तमन्ना भाटियालाई महाराष्ट्र साइबर सेलले समन पठाएको छ । महादेव अनलाइन गेमिङ र बेटिंग एपसँग सम्बन्धित फेयरप्ले एपको विषयमा सोधपुछका लागि समन पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

महाराष्ट्र साइबर सेलले अभिनेत्री तमन्नालाई २९ अप्रिलमा उपस्थित हुन आग्रह गरेको छ । साइबर सेलका अनुसार यस मुद्दामा तमन्नाको बयान लिइनेछ । अभिनेत्रीलाई फेयरप्लेका लागि कसले सम्पर्क गर्यो र त्यसका लागि कति पैसा पाएको भनेर सोधिने बताइएको छ ।

यसअघि २३ अप्रिलमा अभिनेता सञ्जय दत्तलाई पनि यस प्रकरणमा बोलाइएको थियो । सञ्जय मुम्बईमा नभएका कारण प्रहरीमा उपस्थित नभएको भन्दै समय मागेको बताइएको छ ।

यसअघि सोही केसमा महाराष्ट्र साइबर सेलले गायक बादशाह, सञ्जय दत्त र ज्याकलिन फर्नान्डेजका प्रबन्धकहरूको बयान रेकर्ड गरेको थियो । यी तीनजना सेलिब्रेटीले फेयरप्ले एपको प्रचार गरेका थिए । महादेव एप अवैध लेनदेन र सट्टेबाजीको लागि विभिन्न अनुसन्धान एजेन्सीहरूको स्क्यानरमा छ।

फेब्रुअरी २०२३ मा, टाइगर श्राफ र नेहा कक्कडसहित बलिउडका धेरै सेलिब्रेटीहरू युएई शहर रस अल खैमाहमा आयोजित एक विलासी विवाहमा सहभागी भएका थिए । सो विवाहमा करिब २०० करोड भारु खर्च भएको र सम्पूर्ण भुक्तानी हवाला वा नगदमा गरिएको बताइएको छ ।

यो विवाहपछि सौरभ र उनको महादेव बेटिंग एप अनुसन्धान एजेन्सीको रडारमा आएका थिए । सोही विषयमा ईडीले रणवीर कपूर र कपिल शर्मा जस्ता सेलिब्रेटीहरूलाई पनि समन पठाएको थियो । यस मामिलामा अहिलेसम्म दर्जनौं बलिउड सेलिब्रेटीको नाम बाहिर आएको छ ।न्युज कारखाना

सल्यान । सल्यानको कुमाख गाउँपालिका-६ बस्ने वर्ष २१ को बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका-५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई फर्कने क्रममा मानसिंह लगायतका व्यक्तिहरूको समुहले बिकास वली समेत ३ जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका वलीको मिशन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम

नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै कुटपिटबाट घाइते भएका १ जना मिशन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको नर्सिङ होममा उपचार भइरहेको छ । न्युज कारखाना

काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने भएका छन्  । बिहीबार फिल्मका निर्माताले धमलासँग कागजी सम्झौता गरेका हुन् ।

फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी दिएका छन् । धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने भएका छन् ।

उनले यसअघि २०१६ मा रिलिज भएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका थिए ।

‘छड्के’ निर्देशक निगम श्रेष्ठले निर्देशन गर्ने यस फिल्ममा विशाल ताम्राकार र महेश लामिछानेको संयुक्त निर्माण रहेको छ । फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठसहित लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको पनि अभिनय रहनेछ ।

फिल्म लमजुङ बाहेक गोरखा र चितवनमा छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।
न्युज कारखाना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १५ गते हुने इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालनको स्वीकृति दिएका छन् ।

राष्ट्रपति कार्यालयले उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा निकायहरू समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आधारमा मन्त्रिपरिषद्को निर्णय अनुसार उपनिर्वाचनमा नेपाली सेना परिचालन गर्न राष्ट्रपति पौडेलले स्वीकृति प्रदान गरेको जानकारी दिएको छ ।न्युज कारखाना

काठमाडौं । वैदेशिक रोजगार कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका-२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन् ।

एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।

वैदेशिक रोजगार कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि बैदेशिक रोजगार विभाग अनुसन्धान तथा मुद्दा शाखा ताहाचल काठमाडौंबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी २ मा रेड नोटिस जारी भएको थियो ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।    न्युज कारखाना

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालिन निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको छ ।

अख्तियारले निमित्त प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, असिस्टेन्ट इन्जिनियर हर्कधन बुढाले सडक निर्माणको कामको क्रममा काम भएको भन्दा बढी मुल्यांकन गरि २ लाख २२ हजार ५०३ भुक्तानी लिएको आरोप लगाएको छ ।

साथै अख्तियारले उपभोक्ता समितिका अध्यक्ष मनजित रोकाया, सचिव धनपति ऐडी र कोशाध्यक्ष पुनी ऐडी तथा चंखेली गाउँपालिका वडा नम्बर ३ का तत्कालिन वडा अध्यक्ष सालिग्राम ऐडीलाई समेत यस प्रकरणमा आरोपी बनाएर विशेष अदालतमा मुद्धा दायर गरेको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।