२०८३ श्रावण २२
२०८३ श्रावण २२

 रौतहट । कांग्रेस नेताहरुले पूर्वाधार विकास कार्यालय गौरमा चारदिन अघि गरेको तालाबन्दी तालाबन्दी नेताहरुले नै आईतवार  खुला गरेका छन् ।

सिडियो हिरालाल रेग्मीको पहलमा जिल्ला प्रशासन कार्यालय रौतहटमा आईतवार बिहान बसेको सर्वपक्षिय बैठकमा भएको सहमती पछि पूर्वाधार विकास कार्यालयको ताला खुला गरिएको थियो ।

नेपाली कांग्रेसका जिल्ला सभापति सुनिल कुमार यादव जितेन्द्र अगुवाईमा गएका कांग्रेसका नेता कार्यकर्ताहरुले पूर्वाधार कार्यालयको ताला खोलेका थिए।

उक्त अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य अजय कुमार गुप्ता, सिडियो रेग्मी, नेपाल प्रहरीका एस्पी दिलीप रेग्मी, सशस्त्रका एसपी बिक्रम हुमागाईं, राष्ट्रीय अनुसन्धानका एस्पी अभिनय कुमार सिंहका साथै बिभिन्न राजनितिक दलका नेताहरुको उपस्थिति रहेको थियो।

जिल्ला प्रशासन कार्यालय रौतहटमा बिहान बसेको सर्वपक्षिय बैठकले एमाले केन्द्रीय सदस्य गुप्ता, कांग्रेस जिल्ला सभातपी जितेन्द्र र पूर्वाधार कार्यालयका प्रमुख बिनोद कुमार ठाकुर सहित तीन सदस्यीय समिती गठन गरेको छ।

उक्त समिती मधेश प्रदेश सरकारका बर्तमान भौतिक पुर्वाधार विकास मन्त्री सरोज कुमार यादव संग बार्ता गरी सहमती अनुसार विकास बजेट सञ्चालन गर्ने निर्णय भएको बैठकमा सहभागी पूर्वाधार कार्यालयका लेखा अधिकृत सुदिप गौतमले जानकारी दिएका छन।

यस अघि योजनाकै लागी प्रदेश सरकारबाट बाहिरिएका कांग्रेस नेता कार्यकर्ताहरुले पूर्वाधार कार्यालयमा गत बुधबार भ्रष्टाचारको आरोप लगाउँदै  तालाबन्दी गरेका थिए।

तालाबन्दीकाे भोलिपल्ट गत बिहिबार जिल्ला समन्वय समिति सभापती राम अयोध्या यादव लाई ज्ञापनपत्र बुझाउँदै सभापती जितेन्द्रले पूर्वाधार विकास कार्यालयको बेथिति अन्त्य गर्न आग्रह गर्दै आर्थिक बर्ष २०८०÷०८१ मा रातो कितावमा रहेका मधेश प्रदेश सरकार मार्फत यस जिल्लामा परेको योजनाहरु पूर्वाधार विकास कार्यालयका प्रमुख र कर्मचारीको योजनाको पत्र दिनु अघि कमिशन लिई रहेको आरोप लगाएका थिए।

उता भौतिक पूर्वाधार कार्यालय गौरका प्रमुख बिनोद कुमार ठाकुरले कांग्रेसले लगाएको सम्पूर्ण आरोपको खण्डन गरेका थिए ।उनले कसैको काम गरेको बापत एक टुक्रा सुपारी खाएको भएपनि पुष्टि गर्न कांग्रेस पक्षलाई चुनौती दिएका छन्। अब मात्र मेरो जागिर डेढ महिना बाँकी छ यदी मेरै कारण कांग्रेसका नेता कार्यकर्तालाई कठिनाई भएको छ भने म अहिले राजीनामा दिन तयार छु प्रमुख ठाकुरले बताएका थिए।

यस अघि कृष्ण यादव भौतिक पूर्वाधार मन्त्री हुँदा रौतहटको लागी विनियोजन गरेको सम्पूर्ण याेजना उहाँहरुकै निर्देशन अनुसार बितरण भएको थियो।

भौतिक पूर्वाधार मंत्रालय मातहत पछि डिवीजन सडक कार्यालय मर्ज गर्दा सोही कार्यालय संग सम्बन्धित २० करोडको योजना बाँकी रहेको छ।  कांग्रेस जिल्ला सभापति सुनिल कुमार यादव जितेन्द्र लगायत नेता कार्यकर्ता ती सबै योजना हाम्रो पालामा आएको हो,  हामीले भने अनुसारको हुनुपर्ने भन्दा नमानेकै कारण आफूमाथि झुठा आरोप लगाएको प्रमुख ठाकुरले प्रतिक्रिया दिएका छन्।न्युज कारखाना

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

रोहितले ३४ बलमा ४ चौका र एक छक्का प्रहार गर्दै अर्धशतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १६ ओभरमा ७ विकेट गुमाएर ११८ रन बनाएको छ ।न्युज कारखाना

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना जारी रहेको छ ।

प्राप्त पछिल्लो मत गणनाको विवरण अनुसार एमालेका दमनबहादुर भण्डारीले २५० मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १९० मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ८० मत र एकीकृत एकीकृत समाजवादीका दिलबहादुर सिंहले ६२ प्राप्त गरेका छन् । न्युज कारखाना

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तराष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् ।

काठमाडौंमा आज शुरु इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्वोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ती, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन् ।

अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्याङक छ, श्रम लागत पनि निकै सस्तो छ । यहा“ लगानी मार्फत उत्पादन भएका बस्तुहरुलाई  विश्वका झण्डै ३ अर्व जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्याउन सकिन्छ, ।’

आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हि“ड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आव्हान समेत गरे । लगानीको सुनिश्चितताका लागि सरकारले कानुनी वातावरण बनाएको अध्यक्ष अग्रवालको भनाई छ ।
नेपालमा पर्यटन, जलविद्युत, पूर्वाधार र सूचना प्रविधिको क्ष्ँेत्रमा लगानीका लागि अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय लगानीकर्तालाई आव्हान गरे ।

विदेशी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न कानुनी वातावरणसंगै लाभयुक्त परियोजनाहरु छनोट गरेको अग्रवालले बताए । उनले भने, ‘अन्तराष्ट्रिय लगानीकर्ताका लागि सहज आवागमन, प्रतिफलको सुनिश्चितता र सहज बर्हिगमनको व्यवस्था एकद्धार नीतिबाटै गरिएको छ, ।’

काठमाडौंमा भईरहेको तेस्रो अन्तराष्ट्रिय सम्मेलनले अर्थतन्त्रमा दिर्घकालिन महत्व राख्ने उनले बताए । लगानी सम्मेलनमा प्राथमिकताका क्षेत्रसहित लगानीको आव्हान गरिएको र निजी क्षेत्र पनि साथै रहेकाले सम्मेलन फलदायी हुने अध्यक्ष अग्रवालले बताए ।
अन्तराष्ट्रिय लगानी सम्मेलनमा चेम्बर अफ कमर्सका तर्फबाट करिव १ दर्जन आयोजनालाई सोकेसका रुपमा राखिएको छ ।
न्युज कारखाना

इलाम । इलाम -२ को मत गणनाको पहिलो अपडेट आएको छ । प्राप्त विवरण अनुसार फाकफोकथुम गाउँपालिका वडा नम्बर १ को मतगणना सम्पन्न भएको छ ।

जसमा नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले अग्रता बनाएका छन् । खड्काले ६५७ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले ५३४ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ मत प्राप्त गरेका छन् भने रास्वपाका
मिलन लिम्बुले ११५ मत प्राप्त गरेका छन् ।

फाकफोकथुम गाउँपालिका वडा नम्बर १ मा एक हजार ५४१ मत खसेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
न्युज कारखाना

पर्सा । पर्साको कालिकामाई गाउँपालिका-१ तिनदुबिया बस्ने ४१ वर्षीय बृजेश प्रसाद कुर्मीलाई उनकै घरबाट चरेस जस्तो देखिने पदार्थ १७ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

रौतहट, कटहरिया नगरपालिका-२ छेदिचोकबाट अवैध लागूऔषध गाँजा १० किलो ५ सय ग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा निजगढ नगरपालिका-९ बजार टोल बस्ने अटो चालक ४२ वर्षीय अनन्त बराइली र उनकै श्रीमती ३५ वर्षीय मन्जु बराइली रहेका छन् । अस्थायी प्रहरी पोष्ट छेदिचोकबाट खटिएको प्रहरीले प्र.२-०३-००१ ह ३१५ नम्बरको अटो जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

झापा, झापा गाउँपालिका-५ पन्थपाडास्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम र नगद ११ हजार रूपैयाँसहित झापा बाह्रदर्शी गाउँपालिका-४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ५६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक जफिरलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

धनुषा, औरही गाउँपालिका-५ स्थित औरही चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम र नगद ३८ हजार २ सय २० रूपैयाँसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिरहा सिरहा नगरपालिका-१५ बस्ने ३६ वर्षीय श्याम सुन्दर यादव र भारत घर भएका ३२ वर्षीय सुधिर कुमार ठाकुर रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीले विआर ३२ एएफ ९३४७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ र नगदसहित पक्राउ गरेको हो ।

यसैगरी धनुषा, जनकपुर उपमहानगरपालिका-४ मुरली चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१ बस्ने २२ वर्षीय अर्जुन बैठा र २१ वर्षीय ईन्द्रजीत भण्डारी रहेका छन् । प्रहरी चौकी हनुमाननगर र लागूऔषध नियन्त्रण व्यूरो जनकपुरबाट खटिएको प्रहरीले ज.१० प १२८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ १ ग्राम ६५ मिलिग्रामसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१ पुष्पलाल चोक बस्ने १९ वर्षीया दिक्षा लामिछाने र सोही उपमहानगरपालिका-२ मिलनचोक बस्ने १८ वर्षीया किशोरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । न्युज कारखाना

काठमाडौँ । नेपालले पाँचौं विकेट गुमाएको छ । वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले पाँचौं विकेट गुमाएपछि दबाबमा देखिएको छ ।

नेपाली ब्याट्सम्यान गुलशन झा २६ रन बनाएर आउट भएका छन् । यस अघि लिकेश बमले १७, कुशल भुर्तेलले २, अनिल शाहले १  र कुशल मल्ल शुन्यमा आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ९ ओभरमा ५ विकेट गुमाएर ६७ रन बनाएको छ ।न्युज कारखाना

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, बलम्बुले बैशाख १६ गते मनसुनको सुरुवातसंगै हुने विपद्का घटनाहरुलाई मध्यनजर राखी काठमाडौँको कीर्तिपुर नगरपालिका–६ टौदहमा विपद् प्रतिकार्य अभ्यास (मनसुन–२) संचालन गरेको छ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको प्रमुख आतिथ्यमा सम्पन्न भएको अभ्यासमा गृहमन्त्रालय अन्तर्गत नेशनल इमर्जेन्सी अप्रेशन सेन्टरका प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण लगायत विभिन्न सुरक्षा निकायका प्रतिनिधीहरु तथा स्थानीय जनप्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।

विपद् प्रतिकार्य अभ्यासले सम्भावित विपद्का घटनामा प्रतिकार्यको लागि तयार रहन सुरक्षा फौजको क्षमता अभिबृद्धी र सामाग्रीहरुको अध्यावधिक गर्नुकासाथै सरोकारवाला निकायहरु वीच समन्वय कायम गरी एक आपसमा सीप आदान–प्रदान गर्न र विपद्को समयमा हुनसक्ने क्षती न्यूनिकरण गर्नको लागि प्रभावकारी रुपमा सुरक्षा फौज परिचालन गर्न मद्दत पुग्नेछ ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दाहालले विपद् प्रतिकार्यमा सम्वद्ध सम्पूर्ण सरोकारवाला निकायहरुवीच सहकार्य र समन्वयको भावना विकास होस् भन्ने अभिप्रायले सशस्त्र प्रहरी बल, नेपालले जल उत्पन्न प्रकोप, आगलागी, भूकम्प जस्ता विभिन्न विपद्जन्य घटनाहरुमा खोज तथा उद्दार कार्यलाई चुस्त, दुरुस्तकासाथ थप प्रभावकारी बनाउनको लागि समय–समयमा यस्ता अभ्यासहरुको आयोजना गर्दै आईरहेको बताए ।

कार्यक्रममा बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम थापाले विपद् जोखिम न्युनिकरण तथा तयारी गर्ने कार्यमा स्थानीय तह र सरोकारवाला निकायहरुसँग बाहिनी तथा मातहत कार्यालयहरु सदैव समन्वय तथा सहकार्य गरी अगाडी बढिरहेको बताए ।

कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजहरुले स्थानीय श्रोतसाधनको प्रयोग गरी राफ्ट बोट, मोटर बोट, डकी बोटको सहायताले पिडितहरुको छिटो र छरितो गर्न सकिने उद्धारको अभ्यास गरेका थिए भने गोताखोर तालिम प्राप्त सुरक्षा फौजले पानीको गहिराईमा डुबेका पिडितहरुको उद्धार कसरी गर्न सकिन्छ भन्ने अभ्यास समेत गरेका थिए ।

यसअघि गत फागुन १५ गते सो बाहिनीको आयोजना र चन्द्रागिरी हिल्स लिमिटेडको सहकार्यमा केवलकार आपतकालिन उद्धार अभ्यास समेत संचालन गरेका थियो ।न्युज कारखाना

काठमाडौँ । नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगका क्रममा घाइते भएका छन् ।

वेस्ट इन्डिजले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालका ब्याट्सम्यान लोकेस बम ब्याटिंगको क्रममा घाइते भएपछि रिटायर्ड हर्ट भएका छन् । उनी १७ रन बनाएर खेलिरहेका थिए ।

त्यसैगरी नेपालका अर्का ब्याट्सम्यान कुशल भुर्तेल र अनिल शाह पनि आउट भएका छन् । कुशलले २ र अनिल एक रन बनाएर आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ४.४ ओभरमा २ विकेट गुमाएर २३ रन बनाएको छ ।न्युज कारखाना

काठमाडौँ । आजदेखि शुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन दुई विषयमा सम्झौता भएको छ ।

लगानी बोर्डका अनुसार डेटा सेन्टर निर्माण तथा सञ्चालनका लागि बिएलसी ग्रुप नेपाल र योट्टा डाटा सर्भिसेस् भारतबीच सम्झौता भएको हो ।

बीएलसी ग्रुपका प्रतिनिधि मेघा चौधरी र योट्टाका सीईओ सुनील गुप्ताले सम्झौतामा हस्ताक्षर गरेका हुन् । नेपालमा विश्वस्तको डेटा सेन्टर, क्लाउड सर्भिस र आर्टिफिसियल इन्टेलीजेन्स प्लेटफर्म निर्माणका लागि एमओयु भएको हो ।

सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ र नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, मलेसियाबीच व्यापार तथा लगानी प्रवर्धन गर्ने गरी सम्झौता भएको छ । महासंघका अध्यक्ष चन्द्र ढकाल र नेसनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसियका अध्यक्ष टान स्री दातो सो थीयान लाईले हस्ताक्षर गरेका हुन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।