२०८३ श्रावण २२
२०८३ श्रावण २२

भैरहवा, १७ बैशाख । सिद्धार्थनगर मेयर कप क्रिकेट प्रतियोगिताको उापधि वडा नम्बर ३ ले जितेको छ। सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भैरहवामा सम्पन्न नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगितामा वडा नम्बर १ को टिमलाई पराजित गर्दै वडा नम्बर ३ ले उपाधि जितेको हो। भैरहवास्थित सिद्धार्थ रंगशालामा आइतबार भएको फाइनल खेलमा वडा नम्बर ३ ले वडा नम्बर १ लाई ६ विकेट पराजित गर्दै उपाधि चुम्न सफल भएको छ।

टस जितेर वडा नम्बर ३ ले वडा नम्बर १ लाई व्याटिङको निम्तो दिएको थियो। कूल १२ ओभरको खेलमा ११ ओभर २ बलमा वडा नम्बर १ को टिमले अलआउट हुँदै ११२ रन जोडेको थियो। जस्को लागि वडा नम्बर १ का गौतम बारीले ४२, मनिस थापाले २२ र कन्हैया यादवले अविजित १७ रन जोडेका थिए। वलिङ तर्फ वडा नम्बर ३ का समिर मुसलमानले ३, अर्जुन चौहान र अरमान मुसलमानले २–२ विकेट त्यस्तै रमेश कुर्मी र मैनुदिन शेखले समान १–१ विकेट लिए।

११३  रनको लक्ष्य पाएको वडा नम्बरले ३ ले प्रतिउत्तरमा १० ओभर ५ बलमा लक्ष्य पार गर्दै जित निकाल्यो। जसका लागि विजय सुनारले ४१, आनन्द गौडले अविजित ३४ रन बनाए । बलिङ तर्फ वडा नम्बर १ का आजाद खान, सोहेल खान, सोनु धवल र गौतम बारीले १–१ विकेट लिए। फाइनल खेलको म्यान अफ द म्याचबाट वडा नम्बर ३ का समिर मुसलमान पुरस्कृत भई एक हजार रुपैयाँ प्राप्त गरेको खेल संयोजक तथा वडा नम्बरका ६ का अध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले जानकारी दिए।

जितसँगै वडा नम्बर ३ ले नगद ५१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेतामा वडा नम्बर १ ले २५ हजार ५ सय रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त पारेको छ। उपविजेता टिमले पुरस्कार रकम मध्येबाट त्यस वडामा भएको दुर्घटनामा घाइतेहरूका लागि उपचार सहयोग गर्ने घोसणा गरेको छ।

प्रतियोगितामा वडा नम्बर ६ का प्रवेज आलम प्लेयर अफ द सिरिज (उत्कृष्ट खेलाडी) भई ५ हजारसहित ट्रफी र प्रमाण पत्र पाए भने वडा नम्बर ११ का जुबैर आलम उत्कृष्ट बलर हुँदा वडा नम्बर ३ का आनन्द गौड उत्कृष्ट ब्याट्स म्यान बने। उनीहरू दुवैजनाले जनही २ हजार २ सय ५०  का दरले नगदसहित ट्रफी र प्रमाणपत्र पाए।

विजेता र उपविजेता खेलाडीहरूलाई सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खा, उपमेयर उमा अधिकारी, प्रमुख प्रशासकीय अधिकृत जनक थापा, वडाध्यक्षहरूलगायतले पुरस्कार प्रदान गरेका थिए। प्रतियोगिताको अवसरमा नगरपालिकाले पूर्व राष्ट्रिय खेलाडीलाई समेत सम्मान गरेको छ। स्थानीयस्तरबाट नयाँ–नयाँ खेलाडी उत्पादन गर्न टेवा पुगोस् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

बैशाख १३ गते देखि सुरु भई १६ गतेसम्म भएको प्रतियोगितामा सिद्धार्थनगरका १३ वटै वडाका टिमहरूको सहभागिता रहेको थियो। गत वर्ष उपविजेता बनेको वडा नम्बर ३ अहिले विजेता बनेको छ। आइतबार नै भएको सेमिफाइनल खेलमा वडा नम्बर १ ले वडा नम्बर २ दुईलाई ७ विकेटले पराजित गर्दै र वडा नम्बर ३ ले वडा नम्बरल ६ लाई ५ विकेटले पराजित गर्दै फाइनलमा पुगेका थिए।

स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानीय स्तरमा रहेका क्रिकेटरको प्रतिभा प्रस्फुटन गर्ने र युवाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो यसलाई आगामी वर्षमा अझै व्यवस्थि तगर्दै लैजाने योजना नगरपालिकाको रहेको छ। न्युज कारखाना

न्युयोर्क, १७ बैशाख । संयुक्त राज्य अमेरिकाका गुप्तचर अधिकारीहरूले एलेक्सी नाभाल्नीको मृत्युमा भ्लादिमर पुटिनको हात नरहेको जनाएका छन ।

 

अमेरिकी सञ्चारमाध्यमका अनुसार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले जेलमा रहेका विपक्षी नेता एलेक्सी नाभाल्नीको गत फेब्रुअरीमा आर्कटिक जेल शिविरमा  मृत्यु भए पनि उनलाइ मार्ने योजना पुटिनले नबनाएको उल्लेख गरिएको छ ।

वाल स्ट्रिट जर्नलले नाम नलिई यस विषयमा परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै अमेरिकी गुप्तचर एजेन्सीहरूले नाभाल्नीको मृत्युमा पुटिन दोषी नभएको बताएका हुन । रूसी राष्ट्रपतिले नाभाल्नीको मृत्युमा कुनै आदेश नदिएको निष्कर्ष निकालेका हुन ।

यो खोज खुफिया समुदाय भित्र व्यापक रूपमा स्वीकार गरिएको छ । अमेरिकन केन्द्रीय गुप्तचर एजेन्सी राष्ट्रिय खुफिया निर्देशकको कार्यालय र राज्य विभागको गुप्तचर इकाई सहित धेरै एजेन्सीहरूले संयुक्त रूपमा गरिएको अनुसन्धान पछि यो कुरा निष्कर्ष निकालिएको हो । उनीहरूका अनुसार पुटिनले नाभाल्नीको मृत्युको बारेमा सचेत थिए, त्यसैले उनको रेखदेख गर्न बरू सीधा आदेश दिएका थिए।

 

त्यो प्रतिवेदनले यो पनि जोड दिएको छ कि वाशिंगटनले नाभाल्नीको मृत्युको लागि पुटिन अन्ततः जिम्मेवार भने रहेको भने जनाएका छन । उनको स्वास्थ्यका बारेमा पुटिन गुम्भिर नहुदाँ उनले जेलमा क्रूर अवस्था भने सहनु परेको थियो ।

४७ वर्षीय नाभाल्नी रुसका चर्चित विपक्षी राजनीतिज्ञ र पुटिनका कट्टर आलोचक थिए। फेब्रुअरी १६ मा उनको मृत्युको भएको थियो । उनी अतिवादको आरोपमा १९ वर्षको जेल सजाय भोगिरहेका थिए ।
न्युज कारखाना

ग्वाङ्झाउ, १७ बैशाख । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

 

सो आँधीबेहोरीमा परी दर्जनौं घाइते भएका छन भने यतिखेर धमाधम मानिसहरूले सहर र घर सरसफाइ गरिरहेका छन्।

 

राज्य मिडिया द्वारा प्रकाशित हवाई तस्बिरहरूले शनिबार दिउँसो एक गर्जनको समयमा गुआन्झाउको बाईयुन जिल्लामा धेरै समुदायहरूमा आँधीबेहरी आए पछि विनाशको मात्रा देखाएको छ।

 

तस्बिरहरूले सबैभन्दा कठिन प्रभावित क्षेत्रहरूमा विनाशको ब्लकमा ब्लक देखाउँदछ र विनाशको बीचमा केही भवनहरू उभिएका छन्, एउटा ट्रक यसको छेउमा पल्टिएको छ र कारहरू भग्नावशेषले कुचिएको छ। कतिपय भवनका छाना उदांगो भएका छन् ।

 

गत हप्ता मूसलधारे वर्षाले चीनको सबैभन्दा बढी जनसंख्या भएको प्रान्त गुआङ्डोङमा गम्भीर बाढी र चार जनाको ज्यान लिए पछि चीनको औद्योगिक केन्द्रमा चरम मौसम सबैभन्दा नयाँ समस्यामा परेको थियो। यस क्षेत्रमा १२७ मिलियन मानिसहरू बस्छन भने हजारौं कारखानाहरू रहेका छन् ।

 

शनिबारको आँधीमा परी कम्तीमा ३३ जना घाइते भएका र १४१ कारखानामा क्षति पुगेको सिन्ह्वाले जनाएको छ। चीनमा यस्तो मौसम प्रणाली असामान्य छैन।

 

गत सेप्टेम्बरमा देशको पूर्वी जियाङ्सु प्रान्तको सुकियानमा आँधीबेहरीमा परी १० जनाको मृत्यु भएको थियो।

 

२०२१ मा एकै दिनमा दुईवटा आँधीबेहरीले देशलाई प्रहार गर्‍यो, जसमा वुहानको मध्य शहरमा आठ सहित १२ जनाको मृत्यु भयो।न्युज कारखाना

धनगढी, १७ बैशाख । नेपाली लेखक संघ धनगढीले स्थापना दिवस मनाएको छ। आइतबार एक समारोहकाबीच स्थापना दिवस मनाइएको अध्यक्ष तिर्थराज पाण्डेयले बताए।

२००८ सालमा स्थापना भएको लेखक संघले कला र साहित्यको विकासमा अतुलनीय योगदान पु्र्‍याउँदै आएको कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका शिक्षा विद् धर्मदेव भट्टले बताए। उनले मुलुकको परिवर्तनमा लेखकहरूको ठूलो भूमिका रहेको स्मरण गर्दै लेकखहरूलाई एकै थलोमा ल्याउने काम लेखक संघले गर्दै आएको बताए।

‘लेखकहरू देशको बौद्धिक वर्ग हो। उहाँहरूले लेखेका कुराले समाजमा ठूलो अर्थ राख्छ र ठूलो प्रभाव पनि पार्छ। त्यसैले लेखकहरूको योगदानलाई भुल्नु हुँदैन। उहाँहरूलाई सम्मान गर्दै लेख्न थप प्रेरित गर्नुपर्छ। हाम्रो देशको सन्दर्भमा भने त्यो अलि कमै पाइन्छ,’ भट्टले भने।

यस्तै कार्यक्रमका  विशिष्ट अतिथिसमेत रहेका नेपाली लेखक संघका केन्द्रीय सदस्य गणेश नेपालीले मुलुकको लोकतान्त्रिक आन्दोलनमा साहित्यिक मियोका रूपमा रहेर लेखक संघले भूमिका निर्वाह गर्दै आएको स्मरण गरे।

कार्यक्रममा नरेन्द्र भट्ट, पदम राना, मेघा भट्ट, मोहन भण्डारी, चित्रराज भट्टलगायतले आफ्नो धारणा राखेका थिए। यसका साथै विभिन्न श्रष्टाहरूले आफ्ना रचना वाचन गरेका थिए।न्युज कारखाना

नयाँदिल्ली, १७ बैशाख । पूर्व प्रधानमन्त्री एचडी देवगौडाका छोरा एचडी रेवन्ना र नाति प्रज्वल रेवन्नाविरुद्ध यौन शोषणको आरोपमा एफआईआर दर्ता भएको छ ।

 

एचडी रेवन्ना कर्नाटक सरकारमा पूर्व मन्त्री भइसकेका ब्यक्ति हुन । । प्रज्वल रेवन्ना कर्नाटकको हसन लोकसभा सीटबाट सांसद र जीडिएसका उम्मेदवार हुन्।

 

उनीहरुले घरमा भान्सामा काम गर्ने एक महिलाको उजुरीको आधारमा होलेनारसीपुर प्रहरी चौकीमा उजुरी दर्ता भएको हो । यसअघि सामाजिक सञ्जालमा अश्लील भिडियो भाइरल भएको थियो । त्यसपछि राज्य सरकारले २७ अप्रिलमा एसआईटीलाई अनुसन्धान गर्न आदेश दिएको थियो।न्युज कारखाना

वीरगन्ज, १६ बैशाख । वीरगन्ज महानगरपालिकाले एक्सेल कलेजको नाममा अवैधरूपमा सञ्चालित शैक्षिक संस्थामा आइतबार सिलबन्दी गरिएको छ। शैक्षिक सत्र सुरु भएसँगै महानगरले दर्ता नभई सञ्चालनमा रहेको तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको भेटिएपछि सिलबन्दी गरेको हो।

महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँभन्दा फरक ठाउँमा अवैधरूपमा कलेजको नाममा सञ्चालन भएको भेटिएकाले त्यसमा सिल गरिएको हो।’

कंचनजंघा इंग्लिस स्कुल र ज्ञानबाटिका बोर्डिङ स्कुलको ११ र १२ कक्षाको अनुमतिलाई दुरुपयोग गर्दै वीरगंजको वडा नम्बर ११ मा एक्सेल कलेजको नाममा महानगरमा दर्ता नै नगरी शैक्षिक संस्था संचालन गरेको भेटिएपछि त्यसमा सिल लगाइएको शिक्षा अधिकृत लामिछानेले जानकारी दिए। गएको वर्ष पनि महानगरले विभिन्न ९ वटा शैक्षिक संस्थामा सिलबन्दी गर्दै जरिबाना असुल गरेको थियो।

‘विद्यार्थीको शैक्षिक प्रमाण पत्रमा कंचनजंघा र ज्ञानबाटीका बोर्डिङ स्कुलको हुने तर पढाइ हुने फरक भवनमा विद्यालयको राखिएको नाम, विद्यार्थीको आइडी कार्ड, लगायत एक्सेल कलेज किर्ते नाममा चलेको पाइयो। जुन नाम महानगरपालिकामा दर्ता छैन,’ उनी भन्छन्, ‘दर्ता नभएपछि महानगरपालिकाले चिन्ने कुरा आउँदैन यस्ता नचिनिएका अवैधानिक विद्यालयहरू शैक्षिक सत्रको सुरुवातबाटै सिल गर्न सुरु गरेका हौं।’

महानगरपालिकाले दर्ता नभई सञ्चालन भइरहेका छद्म नामका कलेज, मन्टेसरी, कोचिङ सेन्टर, कन्सल्टेन्सी पनि सिल गर्ने तयारी गरेको छ। आइतबार सिलबन्दी गर्न नियमन समितिका संयोजक इश्वरचन्द्र यादब, नगर प्रमुखज्यूको जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, शिक्षा अधिकृत आनन्द लामिछाने, नगर प्रहरी इन्चार्ज हरि भुषाल लगायतको टोली पुगेको थियो।न्युज कारखाना

 

रौतहट १८ बैशाख। रौतहटको राजदेवी नगरपालिका स्थित आज बिहान एक घरमा भएको आगलागी बाट झण्डै १२ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।

 

राजदेवी ९ ब्रहमपुरी कालिमन्दिर बस्ने बच्चा सिंहको जस्ताले छाएको ४ कोठे पक्की घरमा खाना पकाउने चुलोबाट सल्किएर आज बिहान करिब पौने २ बजे अचानक आगलागि भएको थियो। आगलागबाट घरमा रहेको मोटरसाईकल १ थान, साईकल ३ थान, १ लाख बराबरको लत्ताकपडा, गहुँ २५ सय मिलिग्राम, धान १ हजार किलोग्राम, चामल १ हजार किलोग्राम,२ लाख बराबरको सुन चँदीको गहना,नगद एक लाख, घर १ वटा ४ लाखगरी कुल ११ लाख ७३ हजार पाँच सय बराबरको धनमाल जलेर नष्ट भएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी बिक्रम हुमागाईंले बताएका छन।

 

घटना लगत्तै सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवाबाट सई सुवाष खत्रीको कमाण्डमा ११ जना ,प्रहरी चौकी लक्ष्मीपुर बेलविछवाबाट असई हृदेश राउतको कमाण्डमा ४ जना, गौर नगरपालिकाको दमकल र स्थानियको सहयोगमा उक्त आगो बिहान साढे २ बजेको समयमा पुर्ण रुपमा नियन्त्रण हुँदा ठूलो क्षतीबाट जोगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 

घटनामा मानविय तथा पशु चौपाया क्षति नभएको प्रहरीले जनाएको छ। गर्मी संगै तातो हावा चल्न सुरुभए यता पछिल्लो समय जिल्लामा दैनिकजसो भईरहेको आगलागीबाट दर्जनौं घर गोठ, लता कपडा, अन्नपात जलेर करोडौं बराबरको क्षती भएको अनुमान गरिएको छ।न्युज कारखाना

इलाम, १७ बैशाख । मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन स्थानबाट गर्ने तयारी गरेको छ। आइतबारदेखि जारी मतगणना कार्यलाई चाँडो सम्पन्न गर्न तीन स्थानमा मतगणनाको तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयको भनाइ छ।

सोमबार बिहानसम्म दुई गाउँपालिकाको मात्र मतगणना सकिएको छ। अहिले माङ्सेबुङको गणना जारी छ। अझै तीन पालिकाको मतगणना बाँकी छ।

तीन स्थानमा मतगणना गर्दा थप सहज हुने भएकाले गणना स्थल थप्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताए।न्युज कारखाना

काठमाडौं, १७ बैशाख । इराकको संसदले समलिङ्गी सम्बन्धलाई अपराध मान्ने विधेयक पारित गरेको छ ।

 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार इराकमा समलिङ्गी सम्बन्ध राख्नेलाई अब १० देखि १५ वर्षसम्मको जेल सजाय हुन सक्छ।

 

नयाँ कानुन अनुसार तेस्रोलिङ्गीलाई पनि ३ वर्षसम्मको जेल सजाय हुन सक्नेछ । यस निर्णयको समर्थन गर्नेहरूले नयाँ कानून मार्फत देशमा धार्मिक भावनाको रक्षा गर्ने बताएका छन्।

 

अल जजीराका अनुसार समलैंगिकता वा वेश्यावृत्तिलाई बढावा दिने र लिंग परिवर्तनको शल्यक्रिया गर्ने डाक्टरहरूलाई अब इराकमा जेल सजायसमेत हुनेछ। यसबाहेक जानीजानी महिलाजस्तो व्यवहार गर्ने र पत्नी आदानप्रदानमा संलग्न पुरुषलाई पनि नयाँ कानुनअनुसार जेल सजाय हुन सक्छ।

 

साथै, समलिङ्गी यौन प्रवद्र्धन गर्ने समलिङ्गी पुरुषलाई ७ वर्षको जेल सजाय सुनाइएको छ । समलिङ्गी सम्बन्धलाई प्रोत्साहन गर्नेलाई ७ वर्ष जेल सजायको व्यवस्था छ । वास्तवमा इराकमा १९८० मा वेश्यावृत्ति कानून परिवर्तन गरियो र यसले समलिङ्गी सम्बन्धलाई मृत्युदण्डको सजाय थप्यो। यस निर्णयको अमेरिकासहित धेरै पश्चिमी देशहरूले विरोध गरेपछि यसमा परिवर्तनहरू गरियो।

 

इराकी सांसद अमीर अल मामुरीले शफाक न्यूजलाई भने कि इस्लामिक र सामाजिक मूल्यमान्यताहरू विरुद्ध जानेहरूलाई लगाम लगाउन यो कानून धेरै महत्त्वपूर्ण छ। यो विधेयक अप्रिलको सुरुमा पारित हुने भनिएको थियो तर इराकी प्रधानमन्त्री मोहम्मद शिया अल सुदानीको अमेरिका भ्रमणका कारण स्थगित भएको थियो।न्युज कारखाना

काठमाडौं, १७ बैशाख । टाइटानिक जहाजमा सवार सबैभन्दा धनी यात्रुको सुनको घडी लिलामी भएको छ ।

 

बीबीसी न्यूजका अनुसार व्यापारी जोन ज्याकब एस्टरको यो घडी १९ करोड रूपैयाँ बढीमा बिक्री भएको छ । लिलामी अधिकारी एन्ड्रयू एल्ड्रिजले भने कि यो विश्व कीर्तिमान हो।

 

रिपोर्टका अनुसार यो घडीसँग जोनको सुनको कफलिङ्कहरू पनि छन्। यो अमेरिकाका एक निजी कलेक्टर हेनरी एल्ड्रिज एन्ड सन्सले किनेका थिए।

यसअघि टाइटानिक जहाज डुब्दा त्रसित यात्रुलाई शान्त पार्न बजाइएको भायोलिन सन् २०१३ मा लिलामी भएको थियो । लिलामी सुरु भएको १० मिनेटमै यो भायोलिन १९ करोड भन्दा बढी मुल्यमा बिक्री भएको हो ।

 

लिलामी गर्ने एन्ड्र्युले भने, ‘यो लिलामी कति अनौठो छ भन्ने प्रमाण हो। यसले यो पनि देखाउँछ कि मानिसहरू अझै पनि टाइटानिकको कथालाई लिएर उत्साहित छन्। ११२ वर्षअघि डुबेको जहाजका कथाहरू आज पनि सुनिन्छन्। यसका कथाहरू पनि छन्। २२०० मानिसहरू जो यो जहाजमा थिए।’

 

बीबीसी न्यूजका अनुसार टाइटानिक डुब्दा घडीका मालिक जोन ज्याकबले लाइफबोट प्रयोग गरेर आफ्नो ज्यान बचाउनुको सट्टा जहाजमा रहेका अन्य व्यक्तिसँग कुरा गरिरहेका थिए । वास्तवमा, सुरुमा जोनलाई जहाजमा कत्तिको ठूलो खतरा छ भनी थाह थिएन। तर पछि टाइटानिक डुब्न थाल्यो र क्याप्टेनले लाइफ बोटमार्फत जहाजबाट मानिसलाई निकाल्न थाले । जोनले खतरा महसुस गर्दा धेरै ढिलो भइसकेको थियो। यस्तो अवस्थामा उनले पहिलो पटक आफ्नी श्रीमती मेडेलिन एस्टरलाई चौथो लाइफबोटमार्फत पठाए र आफैं जहाजमै बसे ।

टाइटानिक डुबेको एक हप्तापछि जोनको शव समुन्द्रमा फेला परेको थियो । खल्तीमा सुनको घडी थियो । जोन त्यो जहाजमा उपस्थित सबैभन्दा धनी व्यक्ति थिए। त्यसबेला उनको सम्पति ७२५ करोड रुपैयाँ थियो, जुन आजको करोडौं डलर बराबर हुनेछ। जोनका छोरा भिन्सेन्ट एस्टोरले आफ्नो बुबाको घडी आफ्नो कार्यकारी सचिवका छोरा विलियम डोबिनलाई दिएका थिए। जुन लिलामी भएको हो । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।