पोखरा, १८ बैशाख । मुस्ताङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीको घुम्तीमा काठमाडौंबाट विद्यार्थी लिएर गएको गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका हुन्।
प्रदेश नं.३–०१००६ख ६२२ को गाडी मुक्तिनाथबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। अनामनगरको लिवरटी कलेजका ३३ जना विद्यार्थी लिएर गएको गाडी दुर्घटनामा परेको प्रहरीको भनाइ छ।
बसमा सवार २१ जना सामान्य घाइते भएका छन्। उनीहरुको जोमसोम अस्पतालमा उपचार भइरहेको छ। घाइते हुनेहरूमा सिराहा लहान १२ का २० वर्षीय आदेश आचार्य, भक्तपुर मध्यपुर ठिमी ३ बस्ने वर्ष २० का अनुज न्यौपाने, सिराहा गोलबजार ६ बस्ने वर्ष २१ कि ज्योति कुमारी साह, गुल्मी रुरु ५ बस्ने वर्ष २१ कि समीक्षा ज्ञवाली, काठमाडौं कीर्तिपुर ८ बस्ने वर्ष २० कि प्रतिक्षा खड्का छन्।
यस्तै, ओखलढुंगा घर भई भक्तपुर चाँगुनारायण बस्ने वर्ष २० कि बिन्दा दाहाल, काठमाडौं ९ एयरपोर्ट बस्ने १९ वर्षकी अनामिका थापा, कैलाली गोदावरी १० बस्ने वर्ष २१ को ध्रुवराज जोसी, भोजपुर ९ बस्ने वर्ष २० का पेसल बस्नेत, महोत्तरी जलेश्चर १ बस्ने वर्ष २२ कि रम्मा कुमारी, पाँचथर कुम्भायोग १ बस्ने वर्ष २३ को आदेश लावती पनि घाइते छन्।
सुनसरी हरहरी ८ बस्ने २२ वर्षका निशान रसाइली, बटेश्वर २ बस्ने वर्ष २४ का सुरज कुमार परियार, बर्दिया मधुवन ६ का २० वर्षीय सुवास नेपाल, काभ्रे तेमाल ६ बस्ने २१ वर्षका सौगात त्रिपाठी, सर्लाही कौदेना १ बस्ने वर्ष २० को राहुल साह, काठमाडौँका साईरस तामाङ, सुर्यबिनायककी अनामितका सुवार, जनकपुर ११ का दीपक कुमार निधी, हरिवन ४ का २२ वर्षीय निरञ्जन साह र डोटी शिखर ८ बस्ने २१ वर्षका रोहित बलायर पनि घाइते रहेका मुस्ताङ प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेले बताए।न्युज कारखाना
पर्सा, १८ बैशाख । वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोटसहित प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत-४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षीया हलिमा खातुन रहेका छन्।
वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो। प्रहरीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।न्युज कारखाना
पोखरा । कास्कीको पोखरा महानगरपालिका–६ बैदामस्थित फेवातालमा बैशाख १७ गते सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीले विपद् उद्धार सम्बन्धी कृतिम घटना अभ्यास गरेको छ ।
बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, स्थानीय भद्रभलाद्मी र विभिन्न संघसंस्थाका प्रमुखहरुको समेत उपस्थित रहेको थियो ।
कार्यक्रममा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजले हावाहुरी, आँधिबेरी तथा चट्याङ्गबाट उत्पन्न हुने विपद् प्रकोपको घटनामा परेकाहरुको उद्धार सम्बन्धी अभ्यास प्रदर्शन गरेका थिए ।न्युज कारखाना
काभ्रे, १८ बैशाख । धुलिखेल नगरपालिका-१२ ठूलीचौरस्थित ठुलीचौर जंगलमा गाईको हत्या गरी बोरामा मासु ल्याउँदै गरेको अवस्तामा तीन जना पक्राउ परेका छन्।
गाईको हत्या गरी नमोबुद्ध ११ तर्फ जाँदै गरेको भन्ने सूचनाको आधारमा प्रहरी जिल्ला प्रहरी कार्यालयको टोलीले बोरामा पोको पारी राखेको मासुसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
डिएसपी राजकुमार श्रेष्ठका अनुसार पक्राउ पर्नेमा नमोबुद्ध नगरपालिका वडा नम्बर ११ जिमिरेका ५६वर्षीय ईन्द्र बहादुर तामाङ, चिल्लेका ३५ वर्षीया शान्ता लामा र झापा घर भइ हाल काभ्रे डाँडा कटेरी माइती घर बस्दै आएकी ३६ वर्षीया ठुलीमाया तामाङ रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।न्युज कारखाना
धनगढी, १८ बैशाख । सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ।
मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सांसद टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गगरेका हुन्। आजै १ बजे थापाको शपथ ग्रहणको तयारी गरिएको छ। वैशाख ६ गते मुख्यमन्त्रीमा सोडारी नियुक्त भएका थिए।
सोही दिन मुख्यमन्त्री सोडारीले भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई नियुक्त गरेका थिए। आज बिहान मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको सत्ता गठबन्धनको बैठकमा मुख्यमन्त्री सोडारीले २१ गते विश्वासको मत लिने विषयमा पनि समझदारी भएको छ।न्युज कारखाना
पर्सा । वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोटसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत-४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षीया हलिमा खातुन रहेका छन् । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । न्युज कारखाना
काठमाडौँ । इलाम- २ बाट चुनाव जितेपछि नेकपा एमालेका सुहाङ नेम्वाङले आफुलाई मत दिएबापत कहिल्यै पनि पछुताउनु नपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा एक सन्देश लेख्दै सुहाङले आफ्ना पिता सुबास नेम्वाङले देखाएको निष्ठाको बाटो र दिएर गएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम : सुखी इलामेली’ को साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उनले भनेका छन्-
हार्दिक आभार तथा धन्यवाद ! अति आदरणीय इलामेली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरु !
इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य पदमा आफ्नो अमूल्य मत दिएर अत्याधिक मतले विजय गराउनुभएकोमा इलाम–२ का अति आदरणीय मतदाताहरुप्रति हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । हजुरहरुको मनमा रहेको हामीप्रतिको अगाध माया, गहिरो विश्वास र भरोसालाई मतमा परिणत गरेर आफ्नो प्रतिनिधिको रुपमा मलाई छनोट गर्नुभएको छ ।
हाम्रा अग्रजहरुले गर्नुभएको कष्टसाध्य संघर्ष, बलिदान र असाधारण त्यागको जगमा आज हामी उभिएका छौं । इलामको माटोमा जन्मिएर पञ्चायती व्यवस्थाविरुद्ध देशभरी क्रान्तिको उज्यालो फैलाउने आदरणीय शहीदहरु रत्नकुमार वान्तवा, बमप्रसाद वान्तवाप्रति हार्दिक श्रद्धा-सुमन व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माणको नेतृत्वकर्ता इलामेली जनताका प्रिय नेता मेरो बुवा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धा–सुमन व्यक्त गर्दछु ।
सर्वप्रथम उहाँले देखाउनुभएको निष्ठाको बाटो र दिएर जानुभएको इमानको उज्यालोलाई शिरमा राखेर ‘समृद्ध इलाम : सुखी इलामेली’ हाम्रो साझा सपना र संकल्प पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चहान्छु । इलामको माटोको कसम खाएर म यहाँहरुलाई विश्वास दिलाउन चाहन्छु, ‘मलाई मत दिएबापत तपाईँहरुले कहिल्यै पनि पछुताउनुपर्ने छैन ।’
तपाईं हामीलाई थाहा छ, परिवर्तनको आन्दोलनमा इलामेली अग्रजहरुले गौरवमय इतिहास निर्माण गर्नुभएको छ । उहाँहरुको नाम लिदा सबैको शिर श्रद्धाले झुक्छ । हाम्रो छाती गर्वले चौडा हुन्छ । यही गरिमा र गौरवलाई पछ्याएर हामीले समृद्धिको महाअभियानमा उज्यालो इतिहास निर्माण गर्नु छ । मैले अभियानको दौरानमा हजुरहरुसँग भनेको थिएँ, ‘वैशाख १५ गते इलामको समृद्धिको नयाँ अध्याय आरम्भ गर्ने दिन हो । मलाई एकपटक विश्वास जित्ने मौका दिनुहोस् ।’ हो, त्यो मौका दिनुभएको छ । अब समृद्धिको नयाँ अध्याय सुरु भएको छ ।
‘मकै गोड्ने, चिया टिप्ने, तरकारी रोप्न, अलैची स्याहार्ने’ अनेकन कामलाई थाँती राखेर निर्वाचन अभियानमा अहोरात्र खट्नुभएका आमाबुवा, दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक आभार प्रकट गर्दछु । घर–दैलोको क्रममा वृद्ध आमाबुवाहरुले दिनुभएको आशीर्वादलाई शिरमा सजाएको छु । कलिला नानी बोकेर घर–दैलो गर्नुहुने आमा दिदीबहिनीहरु, भबिष्यप्रतिको उज्यालो आशासहित अहोरात्र निर्वाचनमा खट्नुभएका इलामेली नौजवान साथीहरुको समर्पण र साथ अवर्णनीय छ । ‘अल द बेस्ट सुहाङ दादा’ भन्दै मसँग झुम्मिने कलिला नानीहरुका आँखामा प्रतिविम्बित निश्छल माया मनभरी सजाएको छु । समयको सीमाले कति ठाउँमा पुग्न सकिनँ । अभियानको क्रममा भेट्न नसके पनि आँखा रसाउनेगरी पठाउनु भएको भिडियो शुभकामना र सन्देशहरुले भावुक र अवाक बनाएको छ । सबैलाई एकमुष्ट धन्यवाद भन्छु । ती सबै भिडियो सन्देश, शुभकामनाहरु मसँग सुरक्षित छन् । तपाईहरुसँग सकेसम्म छिट्टै भेट्ने बाचा पनि गदर्छु ।
मेरो हात समाएर ‘बाबु, अब युवाहरु तयार हुनुपर्छ । अब तिमी इलामेली जनताको सेवाको लागि तयार हुनुपर्छ’ भनेर इलामेली जनताको न्यानो काखमा पठाउनुहुने हाम्रो पार्टी नेकपा (एमाले)का श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीज्यू प्रति आभारी छु । नेकपा (एमाले) इलाम जिल्ला कमिटीका आदरणीय नेतृत्वगण, इलामका सबै आदरणीय नेता कमरेडहरुप्रति आभारी छु । इलामबाट राष्ट्रिय सन्देश प्रवाह गर्ने गहिरो संकल्पका साथ अहोरात्र खट्नुहुने नेकपा (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी, नेपाल परिवार दलका आदरणीय नेता तथा कार्यकर्ताहरुप्रति आभार व्यक्त गर्दछु ।
म उम्मेदवार बन्दै गर्दा आफ्नो जिन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनुभएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु । उहाँहरुको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधारण योगदानप्रति सधैं नतमस्तक छु । उहाँहरुप्रति असाध्यै ऋणी छु ।
हाम्रो सपना र संकल्पलाई जनताका वीचमा प्रवाह गरिदिनुहुने सबै सञ्चारकर्मीहरु, निर्वाचन सम्पन्न गराउने कार्यका लागि मुख्य निर्वाचन अधिकृत, प्रशासन, सुरक्षाकर्मीहरू र कर्मचारी मित्रहरुलाई पनि हार्दिक धन्यवाद दिन चाहन्छु ।
गएको एक महिनायता सफलताको संकल्प बोकेर निर्वाचनमा खटिने पार्टी कमरेडहरु, मत दिनकै लागि प्रवास, काठमाडौंदेखि समेत आइपुग्नुभएका प्रियजनहरुप्रति कृतज्ञ छु । स-शरीर इलाम उपस्थित हुन नसके पनि प्रवास र देशभरीबाट विभिन्न माध्यमबाट मलाई शुभकामना व्यक्त गर्नुहुने एवं प्रत्यक्ष–अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सबैप्रति धन्यवाद व्यक्त गर्दछु ।
अन्तमा, फेरि पनि भन्छु, ‘हाम्रा अग्रजहरुले परिर्वतनको आन्दोलनमा गौरवमय इतिहास निर्माण गर्नुभएको छ । त्यही गरिमा र गौरवलाई बचाइराख्दै अब समृद्धिको अभियान सुरु गर्नेछौं ।’
हाम्रो समाज इन्द्रेणी जस्तै धेरै रङ मिलेर बनेको छ । सात रङ मात्रै मिलेको इन्द्रेणी त त्यति राम्रो छ, अझ हाम्रो देश त सयौं जातजाति, भाषाभाषी, धर्म, संस्कृति र भूगोलका जनता मिलेर बनेको छ । हाम्रो राष्ट्रगानले भने जस्तै यो सयौं थुङ्गा फूलहरु मिलेर बनेको माला जस्तै छ । यो विविधता हाम्रो सम्पदा हो, हाम्रो शक्ति हो । विविधतायुक्त पहिचान हाम्रो साझा सम्पत्ति, अजस्र शक्ति र सामथ्र्य हो । इलामको निर्वाचनमा यही भावना प्रतिबिम्बित भएको मैले पाएको छु । हाम्रो सप्तरङ्गी समाजको शक्तिलाई थप बलियो र दरिलो बनाएर समृद्धिको बाटोमा मुलुकलाई लैजाने ऐतिहासिक जिम्मेवारी हाम्रो हो ।
इमान र निष्ठाको साथ मन, वचन र कर्मले लाग्ने वाचाको साथ फेरि पनि सबैप्रति आभार र धन्यवाद !
१८ वैशाख २०८१
इलाम
उही तपाईंहरुको स्नेही
सुहाङ नेम्वाङ न्युज कारखाना
कर्णाली । कर्णाली प्रदेश सरकारले आज पूर्णता पाउने भएको छ । मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताएका छन् ।
उनले यही वैशाख १२ गते विनाविभागीयमन्त्रीका रुपमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक रनसिंह परियारलाई नियुक्त गरेका थिए ।
उनले आज एमालेको भागमा परेका भौतिक पूर्वाधार तथा सहरी विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
त्यस्तै माओवादीको भागमा परेका आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण, जलस्रोत तथा ऊर्जा विकासमन्त्री नियुक्त हुने जनाइएको छ ।
नियुक्त हुने मन्त्रीहरुको नाम मुख्यमन्त्री कँडेललाई दिइसकिएको माओवादी केन्द्रले जनाएको छ ।
मन्त्रीहरु नियुक्त गरेर पद तथा गोपनीयताको शपथ आजै खुवाउने गरी गृहकार्य भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । मुख्यमन्त्री कँडेलले गत चैत २७ गते कर्णाली प्रदेश सरकारको नेतृत्व ग्रहण गरेका थिए । न्युज कारखाना
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बारा र इलाममा जमानत जफत भएको विषय विचार गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उपनिर्वाचन बारे टिप्पणी गर्दै राउतले रास्वपा नेतृत्वलाई एक्लै दुई तिहाइ ल्याइन्छ भनेर ढुक्क बसेकोमा बारा र इलाममा जमानत जफत भएको सम्झाएका हुन् ।
उनले भनेका छन्- ‘रास्वपाको नेत्तृत्व र साथीहरूले पनि बुझ्नु पर्ने हो – मैले आन्दोलनको लागि पटकपटक आग्रह गर्दा उहाँहरू २०८४ मा दुई-तिहाई एक्लै ल्याइन्छ भनेर ढुक्क बस्नु भएको थियो। बारा र इलाममा जमानत जफ्त भएको भोग्नु भयो, विचार गर्नुहोला। शुभचिन्तकको नाताले मात्रै खुल्लेआम भन्दैछु ।’
उनले आफ्नो समेत धरातल देखिएको भन्दै नयाँलाई जनताले मत दिन्छ र उथलपुथल हुन्छ भने अपेक्षा राख्नु गलत भएको टिप्पणी गरेका छन् । साथै उनले नयाँ किसिमको व्यवस्था नगरे ८४ मा पनि अहिलेको भन्दा फरक केहि नहुने दाबि गरेका छन् ।
इलाम- २ मा जनमतका उम्मेदवार प्रेम कुमार थाम्सुहाङले ११८ मत प्राप्त गरेका थिए । न्युज कारखाना
काठमाडौँ । इलाम- २ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा घण्टी नबजाएर सचेत गराएको टिप्पणी गरेको छ ।
रास्वपाका महामन्त्री डा. मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै इलाम -२ मा अपेक्षा अनुसार मत नआउनुमा कैयन कमीकमजोरी रहेको इंगित गरेको उल्लेख गरेका छन् ।
उनले इलामका जनताको मतको सम्मान गर्ने भन्दै निर्वाचनको गहन समिक्षा गर्ने बताएका छन् ।
इलाम- २ मा रास्वपाका उम्मेदवार मिलन लिम्बुले ५०५० मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका थिए ।
न्युज कारखाना