काठमाडौं, १९ बैशाख । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदैँछ ।
आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्सबीच हुदै छ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ ।
जारी आइपिएलमा चेन्नई अहिलेसम्म ९ खेलमा ५ जित र ४ हारसहित १० अंक हासिल गर्दै तेस्रो स्थानमा रहेको छ । त्यसैगरी पञ्जाव किंग्सले यस सिजनमा ९ खेलमा केवल ३ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ६ अंक हासिल गरेको पञ्जाव अंक तालिकामा आठौं स्थानमा रहेको छ ।
यस सिजनमा महेन्द्र सिंह धोनीले भने चेन्नईको कप्तानी छोडेपछि रुतुराज गायकवाडले कप्तानी गर्दै छन् । चेन्नईका लागि कप्तान गायकवाडसहित रविन्द्र जडेजा, अजिख्य रहाने, समीर रिज्वी, महेन्द्र सिंह धोनी, दिपक चहर यस सिजनमा महत्वपूर्ण हुने छन् भने रचिन रविन्द्र, मुस्ताफिजुर रहमान, डार्यल मिचेल, मथीसा पाथिराना जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
चेन्नई आइपिएलकै सबैभन्दा सफल टिम मध्ये एक टिम हो । अहिलेसम्म चेन्नईले ५ आइपिएल उपाधि जितेको छ भने आइपिएलको डिफेन्डिङ च्याम्पियन समेत हो ।
त्यस्तै पञ्जाव किंग्सको कप्तानी शिखर धवनले गरिरहेपनि इन्जुरीका कारण पछिल्लो खेल खेलेका थिएनन् । उनको अनुपस्थितिमा पछिल्ला खेलहरुमा साम कुरानले पञ्जावको कप्तानी गरिरहेका छन् ।
त्यस्तै पञ्जावका भारतका जितेश शर्मा, प्रभसिमरन सिंह, अर्शदीप सिंह, हर्षल पटेल, शशांक सिंह, आसुतोष शर्मा जस्ता खेलाडीको भूमिका महत्वपूर्ण देखिएको छ भने जोनी बैरस्ट्रव, कागीसो रावडा, लियम लिभिङस्टोन, साम कुरान जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।
आइपिएलमा पञ्जाव किंग्स २०१४ मा उपविजेता बनेको थियो । यो नै उसको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन हो । गत सिजनमा पञ्जाव आठौ भएको थियो । न्युज कारखाना
नयाँदिल्ली, १९ बैशाख । भारतका पुर्व प्रधानमन्त्री एचडी देवेगौडाको परिवार सेक्स स्क्यान्डलमा फसेको छ ।
एचडी देवगौडाका नाति र कर्नाटकको हसनका सांसद प्रज्वल रेवन्नाको यौन काण्ड बाहिरिएपछि उनलाई जनता दल (सेक्युलर) बाट हटाउने माग पार्टीभित्र उठ्न थालेको छ । हुबल्लीमा जेडीएस कोर कमिटीको बैठक बस्दैछ, जसमा प्रज्वल रेवन्नालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गर्न सक्छ ।
यहाँ विशेष अनुसन्धान टोलीले कारबाही थालेको छ । प्रज्वल रेवन्ना हाल विदेशमा छन् । उनका बुबाले यी अडियो–भिडियो क्लिपलाई आफ्नो परिवार विरुद्धको षड्यन्त्र भनेका छन् । उही समयमा कुमार स्वामीले आफूलाई आफ्नो भाइको परिवारभन्दा भिन्न भएको बताएका छन । कर्नाटकको हसनमा जेडियु सांसद र वर्तमान एनडिए उम्मेद्वार प्रज्वल रेवन्नालाई गिरफ्तार गर्न माग गरेका छन, जनता सडकमा निस्किएका छन् ।
हालै बरामद पेन ड्राइभमा करिब २८ सय अश्लील अडियो–भिडियो क्लिप र अश्लील तस्विर रहेको बताइएको छ । सबै क्लिपमा स्वर प्रज्वल रेवन्नाको रहेको बताइएको छ । कतिपय महिलासँग जबरजस्ती पनि हुने गरेको छ । तर, प्रज्वल रेवन्नाको सिकार भएका अधिकांश महिलाले विरोध गर्न भने अझै सकेका छैनन् । प्रज्वल आफैंले यी भिडियो रेकर्ड गरी महिलालाई ब्ल्याकमेल गरेको आरोप पनि लागेको छ ।
सामाजिक अभियन्ता इरशाद देसाई भन्छन्, ‘हामी प्रज्वललाई गिरफ्तार गर्न माग गर्छौं, एसआईटीको सट्टा न्यायिक छानबिन पनि चाहन्छौं। पेन ड्राइभको जुन कथा बाहिर आएको छ, त्यो नितान्त डरलाग्दो छ। यो सार्वजनिक डोमेनमा रहेको बताइएको छ। निम्न रूपमा वितरण गरिएको छ।’
लोकसभा चुनावमा प्रज्वल रेवन्नाको सेक्स स्क्यान्डलले राजनीतिक तरंग मच्चाएको छ । उनी सानो नेता भने होइनन् । उनी पूर्व प्रधानमन्त्री एचडी देवगौडाका नाति र पूर्व मुख्यमन्त्री एचडी कुमार स्वामीका भतिजा हुन्। तर कुमारस्वामीले आफ्नो परिवार रेवन्नाको परिवारभन्दा फरक रहेको बताउँन थालेका छन् र प्रज्वलका बुबा एचडी रेवन्नाले यो कुरालाई षड्यन्त्र भनेका छन् ।
प्रज्वलका बुबा एचडी रेवन्नाले यस विषयमा स्पष्टिकरण दिँदै भने, ‘कस्तो षड्यन्त्र भइरहेको छ मलाई थाहा छ। म डराएर भाग्ने मान्छे होइन। उनीहरूले केही जारी गरेका छन् जुन ४–५ वर्ष पुरानो थियो। एसआईटीले छानबिन गरिरहेकोले पार्टी हाई कमान्डलाई छोडेको छ, म थप टिप्पणी गर्दिन।’
कर्नाटकमा जेडीएससँग मिलेर चुनाव लडिरहेको बीजेपीले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन। कर्नाटकको गुलबर्गामा उपस्थित प्रियंका गान्धीले यस विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग सीधा जवाफ मागेकी छिन् । अप्रिल २६ मा मतदान गरेपछि प्रज्वल जर्मनी गएका थिए । प्रशासनले किन रोकेन भनेर सोधिएको छ । कर्नाटक प्रशासनले प्रज्वल रेवन्नाको सेक्स पेन ड्राइभको बारेमा आफूलाई जानकारी नभएको स्पष्ट पारेको छ ।
उपायुक्त हसन सत्य भामाले निर्वाचनका कारण हामी सबै निकै व्यस्त भएकाले थाहा नभएको बताए । जिल्ला प्रशासनले यसबारे जानकारी नभएको बताएको छ । चुनाव सकिए लगत्तै अभियुक्त प्रज्वल रेवन्ना विदेश फरार भएका थिए । त्यसपछि मात्र महिला आयोगको अनुरोधमा राज्य सरकारले एफआइआर दर्ताका साथै एसआईटी गठन गर्ने घोषणा गरेको थियो । यसले सिद्धरामैया सरकारको नियत र उच्च प्रोफाइल मामिलाहरूमा प्रणालीले कसरी काम गर्छ भन्नेमा पनि प्रश्न उठाइरहेको छ।
अप्रिल २६ मा हसनमा मतदान भएको थियो र चुनावको दोस्रो दिन प्रज्वल जर्मनी गएका थिए । सोही दिन राज्य महिला आयोगबाट एसआईटी अनुसन्धानको माग गरिएको थियो । यसपछि २८ अप्रिलमा प्रज्वल र उनका बुबाविरुद्ध हसनमा एफआईआर दर्ता भएको थियो । एडीजीभी बीके सिंहको नेतृत्वमा एसआईटी गठन गरिएको थियो, जसमा एसपी श्रेणीका दुई महिला अधिकारीहरू पनि समावेश छन्। एसआईटीले घटनाको अनुसन्धान सुरु गरेको छ। यसैबीच, हसनमा केही संगठनहरूले विरोध प्रदर्शन गरे र एफआईआरमा बलात्कार सम्बन्धी धारा थप्न माग गरे।न्युज कारखाना
काठमाडौँ । अफगानिस्तानले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि अफगानिस्तानले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।
विश्वकप खेल्ने अफगानिस्तानको टिममा राशिद खान (कप्तान), रहमानउल्लाह गुरबाज (विकेटकीपर), इब्राहिम जद्रान, अजमातुल्लाह ओमरजाई, नजिबुल्लाह जद्रान, मोहम्मद इशाक, मोहम्मद नाबी, गुलबादिन नाइब, करिम जनात, नांग्याल खरोती, मुजीब उर रहमान, नूर अहमद, नवीन उल हक, फजलहक फारुकी र फरीद अहमद मलिक रहेका छन् ।
त्यसैगरी टिमसँगै जाने रिजर्भ खेलाडीमा सेदिक अटल, हजरतुल्लाह जाजई र सलीम साफी रहेका छन् ।
टी-२० विश्वकपमा अफगानिस्तान समुह सी मा रहेको छ । यस समुहमा अफगानिस्तानसँगै न्यूजील्याण्ड, वेस्ट इन्डिज, पिएनजी र युगाण्डा रहेका छन् । विश्वकपमा अफगानिस्तानको पहिलो खेल जुन ३ मा युगाण्डासँग रहेको छ ।न्युज कारखाना
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लिगमा रियल म्याड्रिड र बायर्न म्युनिख बराबरी खेलेका छन् ।
बायर्नको घरेलु मैदानमा गएराती सम्पन्न खेलमा रियल म्याड्रिड र बायर्न म्युनिख २-२ को बराबरी खेलेका हुन् ।
खेलमा पहिलो गोल रियल म्याड्रिडका भिनिसियस जुनियरले गरे पनि दोस्रो हाफको ५३ र ५७औं मिनेटमा बायर्न म्युनिखले गोल गर्दै खेलमा २-१ को अग्रता लिएको थियो । बायर्नका लागि लिरोय साने र ह्यारी केनले एक एक गोल गरेका थिए । त्यसपछि खेलको ८३औं मिनेटमा रियल म्याड्रिडले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको थियो । रियलका लागि भिनिसियसले नै दोस्रो गोल गरेका थिए ।
अब सेमिफाइनलको दोस्रो लिग रियल म्याड्रिडको घरेलु मैदानमा मे ९ मा हुने छ ।न्युज कारखाना
काठमाडौं, १९ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकभित्र मर्यादित श्रम गर्ने वातावरण निर्माण गरी आन्तरिक उत्पादन र उत्पादकत्व बढाइनुपर्ने बताएका छन् ।
विश्व मजदुर दिवस, २०२४ को शुभकामना सन्देश दिदै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक समृद्धि र आत्मनिर्भरउन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत हुनुपर्ने बताएका हुन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्, ‘मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिक दुवैको योगदान उत्तिकै महत्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ ।’
विश्व मजदुर दिवसले स्वदेशी उत्पादनको प्रयोगमा जोड दिँदै श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा मिल्ने विश्वास पनि उनले व्यक्त गरे ।
श्रमिकको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाइन्छ । यस वर्ष ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ भन्ने नाराकासाथ एक सय ३५ औँ विश्व मजदुर दिवस मनाइँदैछ । यस दिवसले श्रमिकको हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने राष्ट्रपति पौडेलले विश्वास व्यक्त गरेका छन् ।
नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारीको हक एवं श्रमको हक सुनिश्चित गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई प्रत्याभूत गरेको छ ।
त्यस्तै, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नगरिने व्यवस्था समानताको हकमा छ । राष्ट्रपति पौडेलद्वरा जारी शुभकामना सन्देशमा मुलकमा लोकतन्त्रमा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्तरूप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने उल्लेख छ ।न्युज कारखाना
काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादनसँगै रोजगारीलाई प्राथमिकतामा राखेर श्रमको सम्मानसहित समृद्धिको जग बसाल्न सरकार गम्भीरताका साथ लागिरहेको बताएका छन् ।
विश्व श्रमिक दिवस, २०२४ का अवसरमा आज शुभकामना दिदै उनले श्रमिकको हितरक्षालाई केन्द्रमा राखेर विदेशमा रहेका नेपाली, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको बताए ।
नेपालको संविधानमा श्रमसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदाबाजी गर्ने हकलाई प्रत्याभूत गरिएको बताए ।
श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत रहेको उल्लेख गर्दै उनले श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव नहुने स्पष्ट पारे ।
“यही यथार्थलाई आत्मसात् गरेर नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो”, प्रधानमन्त्रीले भने, “श्रमसम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिबद्ध छ ।”
उनले युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन सरकार निरन्तर क्रियाशील रहेको बताए । प्रधानमन्त्री दाहालले स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यम वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेमा जोड दिए ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि संस्थाका रूपमा क्रियाशील ट्रेड युनियन श्रमिकको हकहित संरक्षणका निम्ति सङ्गठित, सक्षम, पेसामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकामा खुसी व्यक्त गर्दै उनले नेपाल तथा विश्वभरिका मजदुर तथा श्रमजीवीमा शुभकामना व्यक्त गरेका हुन् ।
मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणमा श्रमिक दिवस मनाइँदै आइएको छ ।
प्रधानमन्त्री दाहालले मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । न्युज कारखाना
काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर क्रमशः ०.०२ र २.४५ रुपैयाँले घटेको निगमले जनाएको छ । निगमले हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरेको छ ।
मूल्य बढेसँगै हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर एक सय ३७ र हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिलिटर अमेरिकी डलर १.०४२ पुगेको छ ।
पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।न्युज कारखाना
काठमाडौं, १९ बैशाख । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदैँछ ।
५ खेलको टी-२० सिरिजको तेस्रो खेल आज टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार अपराहन्न १२: १५ बजेदेखि शुरु हुने छ ।
यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ ।
सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।
यस सिरिजका लागि नेपालले २० सदस्यीय टिम छानेको छ । टी-२० विश्वकपको टिम छनौट गर्न यस सिरिजलाई नेपालले अभ्यास खेलको रुपमा लिएको छ । नेपालले टी- २० विश्वकपको टिम सम्भवत: आजै सार्बजनिक गर्दै छ । आज टी-२० विश्वकपको टिम सार्बजनिक गर्न आइसीसीले दिएको डेडलाइनको अन्तिम दिन हो ।
नेपाली टिममा कप्तान रोहितसहित आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ सेख, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, बिबेक यादव, आकास चन्द, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।
त्यस्तै नेपाल टुरमा आएको वेस्ट इन्डिज ए टिममा रोस्टन चेस (कप्तान), एलिक एथानाजे (उपकप्तान), फेबियन एलन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याककोय, गुडाकेश मोटी, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन् ।
नेपालले सिरिजको चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।
न्युज कारखाना
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपर जाइन्टले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा लखनउले मुम्बईलाई ४ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १४५ रनको लक्ष्य्य पछाएको लखनउले १९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि मुम्बईले पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनाएको थियो ।
यो जितपछि लखनउ सुपर जाइन्ट तेस्रो स्थानमा उक्लिएको छ । १० खेलमा ६ जित र ४ हारसहित १२ अंक बटुल्दै लखनउ तेस्रो स्थानमा उक्लिएको हो ।
त्यसैगरी यो हारपछि मुम्बईको प्लेअफको सम्भावना सकिएको छ । १० खेलमा ३ जित र ७ हार बेहोरेको मुम्बईको ६ अंक छ र नवौं स्थानमा झरेको छ ।
न्युज कारखाना
काठमाडौं, १९ बैशाख । सरकारले आज सार्बजनिक बिदा दिएको छ ।
मे १ अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सरकारले सार्बजनिक बिदा दिएको हो ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका यस अवसरमा नेपालमा विभिन्न मजदुर संघ संगठनहरूले बिभिन्न कार्यक्रम गरी मनाउँदै छन । यस दिवसको अवसरमा देशैभरी बिभिन्न अन्तरक्रिया, गोष्ठी आदि कार्यक्रमको आयोजना हुनेछ । विश्वका साथै नेपालमा पनि विविध कार्यक्रम गरी यो श्रमिक दिवस मनाइँदै आइएको छ ।
सन् १८८६ मा अमेरिकाको सिकागो राज्यमा ८ घण्टा काम, आठ घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग गर्दै आन्दोलन भएको थियो । मजदुरहरूले गरेको सो विश्व प्रख्यात आन्दोलन दबाउनका लागि अमेरिकन प्रहरी बम प्रहार गरिएको घटनाको सम्झनामा विश्वभरी मे १ मा अन्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आएको छ ।
सोही आन्दोलनका कारण विश्वभरी मजदुरहरूले आठ घण्टा मात्र काम गर्न गरी नयाँ व्यवस्था विश्वभर प्रचलनमा आएको हो ।न्युज कारखाना