२०८३ श्रावण २२
२०८३ श्रावण २२

काठमाडौँ । वेस्ट इन्डिज ए का जोन्सन चार्ल्सले शतक बनाएका छन् ।

नेपालविरुद्धको तेस्रो खेलमा टस जितेर ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का लागि चार्ल्सले आफ्नो शतक पुरा गरेका हुन् । उनले ५५ बलमा ११ चौका र ६ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १७ ओभरमा २ विकेट गुमाएर १८२ रन बनाएको छ ।न्युज कारखाना

काठमाडौँ । नेपालले दोस्रो विकेट लिएको छ । नेपाली बलर सागर ढकालले वेस्ट इन्डिज ए का ब्याट्सम्यान आन्द्रे फ्लेचरलाई आउट गरेका हुन् । फ्लेचर ५३ रन बनाएर आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले १५.५ ओभरमा २ विकेट गुमाएर १७२ रन बनाएको छ ।
न्युज कारखाना

बैतडी । नेकपा एमालेका उप महासचिव तथा स्कुल बिभाग प्रमुख प्रदिप ज्ञवालीले इलाम र बझाङको उपनिर्वाचनले एमालेको लोप्रियता प्रमाणित गरेको बताएका छन् ।

पार्टीको तीन दिने कार्यकर्ता प्रशिक्षणका क्रममा बैतडी आउनु भएका ज्ञवाललीले इलाममा बियज कायम राख्नु र बझाङमा सिट थप्नुले एमालेको लोकप्रियता र राष्ट्रिय राजनीतिमा एमाले अपरिहार्य रैछ भन्ने प्रमाणित भएको बताएका हुन् । उनले यो उपनिर्वाचनले नयाँ हौँ भन्नेहरु र राजा ल्याउछौं भन्नेहरुको अवस्था पनि थाहा भएको बताए ।

‘इलाम र बझाङको निर्वाचनले नयाँ हौँ भन्नेहरुको अवस्था पनि देखियो, राजा फर्काउछौं भन्नेहरुले हजार भोट पनि कटाउन सकेनन्,  ज्ञवालीले भने । उनले पानी कति तातो चिसो छ भन्ने थाहा पाउन एउटा ओैला डुबाएर परिक्षण गर्दा थाहा हुने बताउदै यो चुनावले एमालेको अवस्था थाहा भएको दाबी गरे ।

कार्यकर्ताहरुमाझ उनले यो चुनावले एमालेलाई उत्साहित बनाएको र यो उत्साहलाई पार्टी निर्माणमा लगाउनु पर्ने धारणा राखे। नेता ज्ञवालीले एमालेलाई चुम्बक जस्तो बनाउने बताउदै ‘जसका वरिपरि सबै सक्कली कम्युनिष्टहरु, सक्कली देशभक्तहरु टासिन आउने’ बताए ।

नेता ज्ञवालीसँगै पार्टीका स्कुल बिभागका सचिव घनश्याम कोइराला, संगठन बिभाग प्रमुख कासीनाथ अधिकारी, पोलिट ब्युरो सदस्य तथा सुदूरपश्चिमका पुर्व मुख्यमन्त्री राजेन्द्र रावल, पोलिट ब्युरो सदस्य निरु पाल लगायतका नेता बैतडी आइपुगेका छन् ।न्युज कारखाना

काठमाडौँ । अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शनको बीचमा कोलम्बिया विश्वविद्यालयमा तनाव भएको छ ।

विश्वविधालयमा १०० भन्दा बढी प्रहरी प्रवेश गरेपछि तनाव भएको अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । उनीहरू र्‍याम्प प्रयोग गरेर विश्वविद्यालयको ह्यामिल्टन भवनमा झ्यालबाट प्रवेश गरेको र उनीहरुले भवनलाई आन्दोलनकारीबाट मुक्त गराएको बताइएको छ ।

इजरायल विरोधी प्रदर्शनकारीहरूले सोमबार राति विश्वविद्यालयको भवन ह्यामिल्टन हललाई कब्जा गरेका थिए । न्यूयोर्क टाइम्सका अनुसार उनीहरूले विश्वविद्यालयको फर्निचर र भेन्डिङ मेसिनसहित भवनको गेट अवरुद्ध गरेका थिए ।

झ्यालहरूमा अखबारहरू टाँसिएको थियो, ताकि भित्र केही देख्न नसकोस् । त्यसपछि उनले झ्यालबाट प्यालेस्टाइनको झण्डा फहराए । प्रदर्शनकारीले प्यालेस्टाइनको स्वतन्त्रताको लागि नारा समेत लगाएका थिए ।

यसपछि प्रदर्शनकारीहरूले विश्वविद्यालय भवनको नाम ह्यामिल्टनबाट ‘हिन्द हल’ राख्ने घोषणा गरेका थिए । वास्तवमा, हिन्द रजब गाजामा बस्ने ६ वर्षीया बालिका थिइन्, जसको इजरायली आक्रमणमा मृत्यु भएको थियो । आन्दोलनकारीले विश्वविद्यालयका धेरै ठाउँमा तोडफोड समेत गरेपछि प्रहरी बोलाउन बाध्य भएको विश्वविद्यालय प्रशासनले जनाएको छ ।

प्रहरी ह्यामिल्टन हल कब्जा गरेको करिब २० घण्टापछि विश्वविद्यालय पुगेको थियो । सीएनएनका अनुसार प्रहरीले कोलम्बिया विश्वविद्यालय र सिटी कलेजमा करिब १०० प्रदर्शनकारीलाई पक्राउ गरेको छ। उनलाई अहिले विश्वविद्यालयबाहिर बसमा राखिएको छ । विश्वविद्यालयले जेठ १७ गतेसम्म क्याम्पसमा बस्न प्रहरीलाई आग्रह गरेको छ ।

विश्वविद्यालय प्रवेश गरेको २ घण्टाभित्रै प्रहरीले ह्यामिल्टन भवनलाई प्रदर्शनकारीहरूबाट मुक्त गराएको थियो । यद्यपि उनीहरूले प्रदर्शनकारीहरूलाई पक्राउ गर्न शहरका अन्य क्षेत्रहरूमा अझै अनुसन्धान गरिरहेका छन् ।

अमेरिकाका विभिन्न विश्वविद्यालयमा अहिले इजरायल विरोधी प्रदर्शन लगातार भइरहेका छन् । अहिलेसम्म प्रहरीले प्रदर्शनमा सहभागी भएका एक हजार भन्दा बढीलाई नियन्त्रणमा लिएको सिएनएनले जनाएको छ ।न्युज कारखाना

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर–८ ढोडेकोलमा श्रीमान्–श्रीमती मृत फेला परेका छन् ।

बुधबार बिहान साढे ८ बजेतिर उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

६० वर्षका श्रीमान् टेकलाल भुसाल र ५५ वर्षकी श्रीमती जुठी भुसाल घरभित्रै मृत फेला परेको इलाका प्रहरी कार्यालय पिपराले जानकारी दिएको छ ।

मृतक श्रीमान् भर्‍याङमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए भने श्रीमती खाटमा फेला परेकी छन् । घटना हुँदा घरमा कोही नभएको बताइएको छ । प्रहरीको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको बताएको छ । न्युज कारखाना

काठमाडौँ । नेपालले पहिलो विकेट लिएको छ । टस जितेर पहिला ब्याटिंग गरिरहेको वेस्ट इन्डिज ए का एलिक अथानाज खेलको चौथो ओभरमा रनआउट भएका छन् ।  उनी १७ रन बनाएर आउट भएका हुन् ।

यो समाचार तयार गरुन्जेल वेस्ट इन्डिज ए ले ३.२ ओभरमा एक विकेट गुमाएर २७ रन बनाएको छ ।
न्युज कारखाना

झापा । झापा जिल्लाको मेचीनगर नगरपालिका- ७ गौरिगाउँ र सालघारीस्थित मकैवारीबाट बैशाख १८ गते करीव ३८ लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको  छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले बरामद गरेको हो ।

बरामद लत्ताकपडा मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।न्युज कारखाना

महाेतरी,१९ गते वैशाख । राष्ट्रिय हरवाचरवा अधिकार मञ्च र राष्ट्रिय दलित नेटवर्क नेपाल (आरडिएन) ले दासप्रथाको अवशेषका रुपमा रहेका हरवाचरवालगायत कृषि मजदूरका समस्या समाधानका लागि आग्रह गरेका छन् । १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज संयुक्त प्रेस विज्ञप्ति जारी गरी सबैप्रकारका श्रम शोषणको अन्त्य गर्दै मुक्त हरवाचरवा, हलिया तथा कमैयाको पूर्ण पुनःस्थापनाका लागि सङ्कल्प गर्न सरकारलाई आग्रह गरेका हुन् ।Open photo “नेपालको संविधानको धारा २४ (छुवाछूतविरुद्धको हक), २९ (शोषणविरुद्धको हक) र ४० (दलित हक) विपिरित आज पनि पश्चिम नेपालका मुक्त कमैया, कम्लरी तथा हलियाहरूको पुनःस्थापनाको काम अझै पूरा हुनसकेका छैनन । त्यसैले उनीहरुको पुनःस्थापनाको लागि सरकारले गठन गरेको मुक्त कमैया, हलिया तथा हरवाचरवा अध्ययन समितिको प्रतिवेदन कार्यान्वयन गर्न, पुनस्र्थापनासम्बन्धी कार्यविधि पारित गरी सोही अनुसार तत्काल पुनःस्थापनाका बाँकी काम अगाडि बढाउन आग्रह गर्दछौँ”, विज्ञप्तिमा उल्लेख छ । Open photoत्यसैगरी नेपालको पूर्वी तराई अर्थात मधेशका आठ जिल्लामा विद्यमान हरवाचरवा प्रथा मुक्तिको घोषणा गरिए पनि पुनःस्थापनाका प्रारम्भिक कामसमेत अगाडि बढ्न नसकेकामा सरोकारवालाहरूको ध्यानाकर्षण गराउँदै कृषि तथा सेवालगायत श्रमका विभिन्न क्षेत्रमा श्रम र सीप लगानी गरी मधेश प्रदेशको समृद्धिमा योगदान गरिरहेका एक लाखभन्दा बढी हरवाचरवा परिवारको तथ्याङ्क सङ्कलन, प्रमाणीकरण तथा वैज्ञानिक वर्गीकरणसहित पुनःस्थापनाको कामअघि बढाउन पनि माग गरिएको छ । “दासप्रथाको अवशेषको रुपमा रहेका कृषि मजदूरको अवस्था सदाका लागि अन्त्य गर्दै मर्यादित श्रम, उचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर श्रमिक दिवसले सबैलाई प्रेरणा प्रदान गरोस्”, अधिकार मञ्चका अध्यक्ष दशनलाल मण्डल र आरडिएनका अध्यक्ष मोहन ओडद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

राैतहट,१९ गते वैशाख । चालिस डिग्रीभन्दा बढी तापक्रम हुन थालेपछि मधेशको जनजीवन प्रभावित हुन थालेको छ । सबैभन्दा बढी बालबालिकालाई प्रभाव पर्न थालेको देखिएको छ । अत्यधिक गर्मी र तातोले घरबाहिर हिँड्न मुस्किल हुन थालेपछि मधेश प्रदेशका केही पालिकाले विद्यालयको समय परिवर्तन गरेका छन् भने केहीले पठनपाठन नै बन्द गरेका छन् । सर्लाहीको हरिवन नगरपालिकाले शनिवारसम्म पालिकाका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । अत्यधिक गर्मी बढेर बालबालिकाको स्वास्थ्यमा असर पर्न थालेपछि शनिवारसम्मको लागि पालिकाका सबै विद्यालय बन्द गरिएको शिक्षा शाखाका प्रमुख एवं शिक्षा अधिकृत रुस स्टालिन चौलागाईँले जानकारी गराएका छन् । हरिवन नगरपालिकाभित्रका सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालय शनिवारसम्म बन्द गर्ने नगर शिक्षा समितिको निर्णय भएको चौलागाईँले सार्वजनिक गरेका छन् । यसै गरी पर्साको वीरगंज महानगरपालिकाले पनि विद्यालयको समय परिवर्तन गरी बिहानको समयमा कक्षा संचालन गर्न सूचना जारी गरेको छ । विद्यालयको पठनपाठनको कूल समयमा फरक नपर्ने गरी बिहानको सत्रमा कक्षा संचालन गर्न महानगरपालिकाले सूचना जारी गरेको हो । अत्यधिक गर्मीले विद्यालयको छानो तातो हुने गरेको तथा कतिपय विद्यालयमा जस्ताको छानो हुँदा भित्र बस्ने नसक्ने अवस्था सिर्जना भएकोले बिहानको समयमा कक्षा संचालन गर्न धेरैतिरबाट सुझाव दिइएको छ । बिहानको दश बज्दा नबज्दै कक्षाकोठामा तातो हावा पस्न थाल्ने गरेको तथा सबै बालबालिकालाई शीतल खानेपानीको साथै गर्मीबाट जोगिन बिजुली र पंखाको व्यवस्थापन सबै विद्यालयमा सम्भव नहुनाले विद्यालयहरुलाई गर्मी चर्किनु अगावै घर पठाउन थालिएको हो । मधेशका अधिकांश विद्यालयमा बैसाखदेखि असारसम्म बिहानी सत्रमा कक्षा संचालन हुने गर्दछ ।

काठमाडौँ । नेपाल र वेस्ट इन्डिज ए बीचको तेस्रो खेल आज हुदै छ । टियु क्रिकेट मैदानमा हुने यस खेलमा वेस्ट इन्डिज ए ले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेका छन् । योसंगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।

आजको खेलमा नेपालले कप्तान रोहित पौडेललाई आराम दिएको छ । यस खेलमा नेपालको कप्तानी दिपेन्द्र सिंह ऐरीले गर्दै छन् ।

आज नेपाली टिममा चार परिवर्तन गरिएको छ । आज कप्तान रोहितसहित कुशल भुर्तेल, सोमपाल कामी र आकाश चन्दलाई बाहिर राखिएको छ भने करण केसी, विवेक यादव, विनोद भण्डारी र कमल सिंह ऐरी खेल्दै छन् ।

यस सिरिजमा नेपाल र वेस्ट इन्डिज ए ले एक एक खेल जितेका छन् र सिरिज १-१ को बराबरीमा रहेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले ४ विकेटको जित हासिल गरेको थियो भने दोस्रो खेलमा वेस्ट इन्डिज ए ले १० रनको जित हासिल गरेको थियो ।

नेपालको प्लेइङ- ११ : दिपेन्द्र सिंह ऐरी (कप्तान), अनिल शाह, आरिफ सेख, कुशल मल्ल, गुलशन झा, करण केसी, बिबेक यादव, विनोद भण्डारी, सागर ढकाल, कमलसिंह ऐरी र लोकेश बम रहेका छन् ।

सिरिजको चौथो खेल मे २ मा र पाचौं खेल मे ४ मा हुने छ ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।