२०८३ श्रावण २२
२०८३ श्रावण २२

काठमाडौँ । कप्तान रोहित पौडेल ८२ रन बनाएर आउट भएका छन् ।

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका रोहितले ४७ बलमा ८२ रन बनाएर आउट भएका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल १३.३ ओभरमा ५ विकेट गुमाउदै १२४ रन बनाएको छ ।
न्युज कारखाना

काठमाडौँ । कप्तान रोहित पौडेलले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका छन् ।

कप्तान रोहितले ३५ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

वेस्ट इन्डिज ए ले दिएको २१० रनको लक्ष्य पछाएको नेपालले यो समाचार तयार गरुन्जेल ११ ओभरमा ४ विकेट गुमाउदै ८३ रन बनाएको छ ।न्युज कारखाना

अजिरकोट (गाेरखा)– परम्परागत पेशालाई आधुनिकीकरण गर्न अजिरकोटमा ‘हनी हन्टिङ’ गरिएको छ ।

 

बुधवार अजिरकोट गाउँपालिका-२, खरिबोट ओलाङमा परम्परागत पेशालाई व्यवस्थित गर्दै पर्यटन विकास गर्ने उद्देश्यले हनी हन्टिङ फेस्टिभल भएको हो ।

 

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तरगतको पर्यटनमैत्री नमुना गाउँ तथा जीविकोपार्जन सुधार परियोजना अन्तरगत परम्परागत पेशालाई आधुनिकीकरण गर्न खरिबोटमा एक दिने हनी हन्टिङ फेस्टिभल सम्पन्न भएको पालिका अध्यक्ष दीपक देवकोटाले बताए ।

 

साबिकको खरिबोट वडा न ३ को ओलाङमा परम्परागत पेशालाई व्यवस्थित गर्दै पर्यटन विकास गर्ने उद्देश्यले गाउँपालिकाले हनी हन्टिङ फेस्टिभल गरेको हो । ओलाङमा परम्परागत रूपमा भीर मौरीको मह निकाल्ने अर्थात् हनी हन्टिङ गर्ने कुनै समय मेला नै लाग्ने गर्थ्यो।

 

यो पेशाबाट जीविकोपार्जन गर्नेहरू भीरमा डोरीमा झुन्डिएर जोखिमपूर्ण ढंगले भीर मौरीको मह निकाल्ने गर्छन् । हनि हन्टिङका लागि मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममा एक लाख बजेट सो कार्यक्रम सम्पन्न भएको हो ।

 

ओलाङका करिब १० जना भन्दा बढिले परम्परागत रूपमा अंगाल्दै आएका हनी हन्टिङ पेशालाई व्यवस्थित र आधुनिकीकरण गर्दै पालिकामा पर्यटक ल्याउने उद्देश्यले १ दिने पर्व मनाएको वडा न २ का वडाध्यक्ष कृष्णबहादुर गुरुङले बताए ।न्युज कारखाना

काठमाडौँ । झापाको बिर्तामोड नगरपालिका-३ पन्चकन्या टोलबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ ग्राम ६० मिलिग्राम, १६ हजार ३ सय ६५ नेपाली रूपैयाँ र ३ हजार ९ सय ६० भारतीय रूपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्राउ पर्नेहरुमा भारत पश्चिम बंगाल बस्ने २५ वर्षीय सन्नी साह र इलाम माई नगरपालिका बस्ने २२ वर्षीया मनिसा राई रहेका छन् । प्रहरी चौकी बिर्ताबजार र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुर, बेलौरी नगरपालिका-७ कालोपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ३५ मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय ओमप्रकाश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकी होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८२ मिलिग्रामसहित सोही नगरपालिका-११ बस्ने २० वर्षीय अरूण रानालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो महेन्द्रनगर, इलाका प्रहरी कार्यालय दोधारा र इलाका प्रहरी कार्यालय गडडाचौकीबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै बाजुरा, बुढिगंगा नगरपालिका-५ घर भई हाल सोही नगरपालिका-६ फालासैनमा होटल गरी बस्ने २५ वर्षीय बिनोद थापालाई अवैध लागूऔषध हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ९७ मिलिग्राम र नगद ३६ हजार २ सय ८० रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध र नगद फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।न्युज कारखाना

काठमाडौँ ।  विभिन्न मितिमा हराएका २४ दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले विहिबारसम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमकाबीचकार्यालयका प्रवक्ताप्रहरीवरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १९ ओटा मोटरसाइकल र ५ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममाकेही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, गौशाला, बौद्ध,माछापोखरी, सीतापाइला, स्वयम्भू, जावलाखेल, इमाडोल र थलि लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो ।

आज बुझाइएका २४ ओटा सहित ३३५ओटा सवारी साधन चालु आर्थिक वर्षको हाल सम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रुपमा नेपाल भित्रिएका १७ ओटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका  प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताउनु भयो । चालु आर्थिक वर्षको हाल सम्म चोरीका २४ ओटा २ पाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जना व्यक्तिलाई पनि कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ । न्युज कारखाना

काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ३ विकेट गुमाएर २०९ रन बनाएको हो ।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक अविजित ८४ रन बनाएका थिए भने जोन्सन चार्लेजले ५८ रन बनाएका थिए । त्यसैगरी फाबियन एलेनले ३३ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर कुशल भुर्तेलले २ विकेट लिए भने प्रतिस जिसीले एक विकेट लिएका थिए ।न्युज कारखाना

झापा ।  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको बुद्धशान्ति गाउँपालिका-२ जयपुर बस्ने २३ वर्षीय आयन भन्ने हर्क बहादुर धमलालाई प्रहरीले पक्राउ गरेको छ ।

धमलाले ती किशोरीलाई वैशाख १ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । न्युज कारखाना

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटलाई वस्तुनिष्ठ र समयसापेक्ष बनाउनका लागि पूर्वप्रशासक र अर्थ क्षेत्रका जानकारहरूको सहयोग जरुरी रहेको बताएका छन् । मन्त्री पुनले पूर्वअर्थसचिव, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसँग बजेटका सन्दर्भमा सुझाव लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

छलफलका सहभागीले यथार्थपरक र कार्यान्वयन हुनसक्ने बजेट ल्याउन सुझाए । पुँजीगत खर्च बढाउनुपर्ने र साधारण खर्च घटाउन, आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धनको नीति अख्तियार गर्न सुझाव दिएका थिए । यस्तै प्रदेश र स्थानीय तहको क्षेत्रमा पर्ने साना आयोजनामा बजेट विनियोजन नगर्न, सहकारी समस्या समाधान गर्न, बजेट खर्च गर्ने निकायको संरचनागत सुधार गर्नुपर्ने उनीहरूको कथन थियो ।

त्यस्तै सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन, चालु ठूला आयोजनाका काम सम्पन्न गर्न, वैदेशिक सहायता वृद्धि गर्न,  तथा कर्मचारी संयन्त्रको मनोबल उकास्न सुझाव दिए ।

छलफलमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डा पुष्पराज कँडेल, डा दिनेशचन्द्र देवकोटा, दीपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रपुरुष ढकाल, पूर्वमुख्यसचिव विमल कोइराला, पूर्वअर्थसचिवहरू कृष्णहरि बाँस्कोटा, सुमन शर्मा, शङ्कर अधिकारी, राजन खनाल, रामशरण पुडासैनीलगायत सहभागी थिए ।

पूर्वप्रशासक र विज्ञको सुझाव लिएपछि अर्थमन्त्री पुनले आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्नेबारे सरकार, राजनीतिक दल, निजी क्षेत्र, प्रशासन संयन्त्र र अर्थ क्षेत्रका विज्ञहरु क्रियाशील र चिन्तित भएको रहेको बताए ।

उनले भने- ‘आर्थिक शिथिलताबाट मुलुकलाई कसरी माथि उठाउने भन्ने विषयमा सिङ्गो देश नै एक ढिक्का छ र चिन्तित पनि छ । यो धेरै सकारात्मक कुरा हो ।’  उनले गत वर्षको तुलनामा अर्थतन्त्रका धेरै सूचकमा सुधार देखिए पनि केही क्षेत्रमा अझै सुधारको खाँचो रहेको बताए ।

उनले सरकारको वित्तीय नीति र राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिमा तालमेल मिलाएर काम गर्नुपर्ने उल्लेख गरे । अर्थतन्त्रमा सङ्कट हुँदा गरिएका कडाइहरूमा विस्तारै खुकुलो जानुपर्ने भन्दै मन्त्री पुनले त्यसबारे राष्ट्र बैंकसँग छलफल भइरहेको जानकारी दिए ।

निजी क्षेत्र र प्रशासन संयन्त्रको कमजोर मनोबल उठाउने गरी सरकार अघि बढेको उनको भनाइ थियो । उनले भने- ‘निजी क्षेत्र र प्रशासन संयन्त्रको मनोबल कमजोर छ । राजनीतिक नेतृत्वले मुलुकको विकासमा गति पैदा गर्न जोखिम मोल्नुपर्ने अवस्था आएको छ ।’

मन्त्री पुनले उच्चस्तरीय कर सुधार सुझाव आयोगको प्रतिवेदन अध्ययन क्रममा रहेको र आयोगका सुझावका आधारमा बजेटमार्फत सुधारका कार्यक्रम ल्याउने पनि उल्लेख गरे । सरकारले लगानी सम्मेलनमा अध्यादेशमार्फत ऐन संशोधन गरेर लगानी वातावरण बनाएको चर्चा गर्दै उनले अर्थतन्त्रको ९० प्रतिशत हिस्सा धान्दै आएको निजी क्षेत्रको मनोबल उठाउन सरकार प्रयासरत रहेको बताए ।न्युज कारखाना

काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए को तेस्रो विकेट लिएको छ ।  कुशल भुर्तेलले वेस्ट इन्डिज ए का किची कार्टीलाई आउट गरेका हुन् ।

टस जितेर पहिला ब्याटिंग गरिरहेको वेट्स इन्डिज ए ले यो समाचार तयार गरुन्जेल १३.२ ओभरमा ३ विकेट गुमाएर १२६ रन बनाएको छ । न्युज कारखाना

काठमाडौं, बैशाख २० । मेरो माइक्रोफाइनान्सको ८४६.३० प्रतिशतले खुद नाफा बढेको छ । बम्पनीका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको खुद नाफा ह्वातै बढेको हो । उक्त अवधिसम्म मा खुद नाफा ८४६.३० प्रतिशतले बढेर १२ करोड ३८ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड ३० लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

यसअवधिमा खराब कर्जा १.४९ प्रतिशत विन्दुले र इम्पेयरमेन्ट चार्ज घट्दा खुद नाफा बढेको हो । गत वर्ष १३ करोड ४९ लाख ८० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज ३ करोड ८८ लाख ७ हजार रुपैयाँमा सीमित भएको छ ।
गत वर्ष १ करोड ३६ लाख ६७ हजार रुपैयाँ रहेको सञ्चालन नाफा यो वर्ष १७ करोड ५८ लाख ८४ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी १५.५५ प्रतिशतले बढेर ६० करोड ९२ लाख ५८ हजार रुपैयाँ पुगेको छ । चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । प्रतिसेयर आम्दनी ११ रुपैयाँ १९ पैसाले बढेर १२ रुपैयाँ ५१ पैसा पुगेको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।