काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई क्रिकेटमा ५ वर्षको प्रतिबन्ध लगाएको छ । उनीमाथि श्रीलंका, युएई र वेस्ट इन्डिजको क्रिकेट लिगमा फिक्सिङ गरेको आरोप लागेको थियो ।
आइसीसीले लगायेको आरोप उनले स्वीकार गरेपछि उनको सजाय १८ महिना कम गरिएको छ ।
३४ वर्षीय थोमसलाई श्रीलंका क्रिकेट (एसएलसी), इमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) र क्यारेबियन प्रिमियर लिग (सीपीएल) ले भ्रष्टाचारको ७ वटा आरोप लगाएको आइसीसीले जनाएको छ ।
थोमसले आरोपमा दोषी स्वीकार गरे, जसको परिणामस्वरूप उनको सजाय १८ महिनाले घटाइएको छ । उनको सजाय २३ मे २०२३ मा सुरु भएको छ भने २२ मे २०२८ सम्म उनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेट खेल्न पाउने छैनन् ।
थोमसले वेस्ट इन्डिजका लागि तीनवटै फर्म्याटमा खेलेका छन् ।
उनले एक टेस्ट, २१ एकदिवसीय र १२ टी-२० खेलेका छन् । उनले २०११ को एकदिवसीय विश्वकप पनि खेलेका छन् ।न्युज कारखाना
काठमाडौँ । राप्रपाले सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोप लागेकी आफ्नी सांसद गीता बस्नेतमाथि छानबिन गर्न माग गरेको छ ।
राप्रपाको विहिबार बसेको बैठक कार्यसम्पादन समितिको बैठकले आफ्नी सांसद बस्नेतमाथि छानबिनको माग गरेको हो ।
साथै राप्रपाले सहकारीको रकम अपचलनको छानबिनमा सहयोग पुऱ्याउन आफ्नै सांसदलाई निर्देशन दिएको छ भने सरकारसँग निष्पक्ष छानबिनको माग गरेको छ । त्यस्तै राप्रपाले सहकारी घोटालामा संलग्न अन्य जोसुकैलाई पनि छानबिनको माग गरेको छ ।न्युज कारखाना
काठमाडौँ । राप्रपाको केन्द्रीय कार्य समितिको बैठक आगामी जेठ १०, ११ र १२ गते काठमाण्डौंमा बस्ने भएको छ ।
राप्रपा प्रवक्ता मोहन कुमार श्रेष्ठले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय समितिको बैठक तय गरेको जानकारी दिएका छन् ।
बैठकले समसामयिक राजनीतिक अवस्था र राप्रपाको आगामी आन्दोलनका कार्यक्रम बारे छलफल गर्ने बताइएको छ ।
न्युज कारखाना
काठमाडौँ । इजरायल र हमासबीच विगत २०० दिनदेखि चलिरहेको भीषण युद्ध रोकिएको छैन । यसैबीच, टर्कीले गाजाको मानवीय अवस्थालाई उद्धृत गर्दै तेल अवीभबाट सबै आयात र निर्यात रोकेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार टर्कीको व्यापार मन्त्रालयले यो घोषणा गरेको हो ।
टर्कीले इजरायल संलग्न आयात र निर्यात सबै उत्पादनहरू सहित रोकिएको घोषणा गरेको हो ।
इजरायली सरकारले गाजामा मानवीय सहायताको निर्बाध र पर्याप्त प्रवाहलाई अनुमति नदिएसम्म टर्कीले यी नयाँ उपायहरूलाई कडा र निर्णायक रूपमा लागू गर्नेछ ।
इजरायली विदेशमन्त्री इजरायल काट्जले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बन्दरगाहबाट इजरायलको आयात र निर्यातमा बाधा पुर्याएर सम्झौता उल्लंघन गरेको आरोप लगाएपछि टर्कीबाट यो घोषणा गरिएको हो ।
मन्त्रालयले स्वदेशी उत्पादन र अन्य देशबाट आयातमा जोड दिएको छ । सन् २०२३ मा दुई देशबीचको व्यापार ६.८ बिलियन अमेरिकी डलर थियो । गत वर्ष टर्कीले इजरायलमाथि व्यापार प्रतिबन्ध लगाएको थियो र इजरायलले गाजालाई हवाई सहयोग रोक्ने र यस क्षेत्रमा सैन्य कारबाही गरेको आरोप लगाएको थियो।
न्युज कारखाना
काठमाडौँ । आज ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका नेपालसहित विश्वभर मनाइँदै छ ।
‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रूपमा मनाइने गरेको छ ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो ।
जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सृजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो ।न्युज कारखाना
दोलखा, २१ वैशाख । रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ। बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
डढेलोका कारण बस्तीका दुई घर जलेका छन्। साथै ४८वटा पशु पनि आगलागीमा परेर मरेको रामेछाप प्रहरीले जनाएको छ।न्युज कारखाना
काठमाडौं, २१ वैशाख । सूर्यज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दैछ। इन्स्योरेन्सले सभामा ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। सभामा गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ।
बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ। यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ।
यता, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ। वैशाख ७ गते बुक क्लोज गरिएको हो।
यसकारण वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे सुरु हुनेछ।न्युज कारखाना
काठमाडौं, २१ वैशाख । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ। आज अमेरिकी डलरको भाउ बढेको छ । बिहिबार स्थिर रहेको अमेरिकी डलरको भाउ आज ०७ पैसाले बढेको हो।
शुक्रबार अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ २६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा रहेको छ। यसअघि बिहिबार डलरको खरिददर १३३ रुपैयाँ १९ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७९ पैसा थियो।
त्यसैगरी, शुक्रबार युरोपियन युरो एकको खरिददर १४२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १४३ रुपैयाँ २३ पैसा रहेको छ। अघिल्लो दिनको तुलनामा युरो ४६ पैसाले बढेको हो । बिहिबार युरोको खरिददर १४२ रुपैयाँ १३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ७७ पैसामा कारोबार भएको थियो।
आज बेलायती पाउन्ड ५१ पैसाले बढेर पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६७ रुपैयाँ ४६ पैसा तोकिएको छ। बिहिबार भने यसको खरिददर १६६ रुपैयाँ २० पैसा र बिक्रीदर १६६ रुपैयाँ ९५ पैसा कायम गरिएको थियो।
त्यसैगरी शुक्रबारको लागि अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३६ पैसा कायम गरिएको छ। शुक्रबार क्यानेडियन डलर एकको खरिददर भने ९७ रूपैयाँ १० पैसा र बिक्रीमा ९७ रूपैयाँ ५४ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ६५ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४० पैसा तथा बिक्री दर १८ रूपैयाँ ४९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ७० पैसा तथा बिक्री दर ९ रुपैयाँ ७४ पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ७० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ५३ पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ४५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार २८ रूपैयाँ ०३ पैसा र बिक्रीदर २८ रूपैयाँ १५ पैसा कायम गरेको छ।
यसैगरी, शुक्रबारको लागि कुवेती दिनार एकको खरिददर ४३२ रुपैयाँ ८७ र बिक्रीदर ४३४ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ०२ पैसा निर्धारण भएको छ। न्युज कारखाना
काठमाडौँ । उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो मनोरञ्जनका लागि ‘प्लेजर स्क्वाड’ बनाउने गरेको खुलासा भएको छ । हालै उत्तर कोरियाबाट भागेकी एक महिला येओन्मी पार्कले बेलायती सञ्चारमाध्यम डेली स्टारलाई दिएको अन्तर्वार्तामा यो खुलासा गरेकी हुन् ।
यस समूहको काम किम र उनका सहयोगीहरूलाई मनोरञ्जन दिने भएको उनले बताएकी छन् ।
योन्मीका अनुसार हरेक वर्ष ‘प्लेजर स्क्वाड’ मा २५ कुमारी केटी छनोट हुने गरेको छ । यी महिलालाई हेरचाह र सरकारप्रतिको वफादारीका आधारमा छनोट गरिन्छ । पार्कले आफू पनि दुई पटक यो टोलीमा छनोट भए पनि पारिवारिक अवस्थाका कारण यो समूहमा सामेल हुन नसकेको बताइन् ।
यस टिमको छनोट गर्न सरकारी अधिकारीहरू देशभरका विद्यालयमा पुग्ने गरेको उनले बताएकी छन् । कुनै पनि सुन्दर केटीलाई नछुटोस् भनेर उनीहरु यस्तो गर्ने गरेको उनले खुलासा गरेकी छन् । युवतीहरु लाई शुरुमा छनौट गरेपछि उनीहरूले केटीको पारिवारिक पृष्ठभूमि जाच्ने गरेको उनले बताएकी छन् ।
उनीहरूले परिवारका सदस्यहरू उत्तर कोरियाबाट भागेको वा दक्षिण कोरियामा आफन्त रहेका युवतीलाई यस टिममा छनौट नगरिने उनले दाबी गरेकी छन् ।
योन्मीले पहिलो चरणमा केटी छनोट गरेपछि उनीहरुको मेडिकल चेकअप गर्ने बताइन् । यदि केटीहरूको शरीरमा दाग वा तिल जस्ता अपूर्णताहरू छन् भने, उनीहरूलाई अस्वीकार गरिन्छ । यति धेरै जाँच पछि, केहि चयन गरिएका केटीहरू मात्र बाँकी छन्, जसलाई राजधानी प्योङयाङ पठाइन्छ।
एक पटक यो टोलीमा केटी छनोट भएपछि, तिनीहरूको एकमात्र उद्देश्य किम र तिनका अधिकारीहरूलाई खुसी पार्नु रहेको उनको दाबी छ ।
रिपोर्टका अनुसार दिवंगत कोरियाली पूर्व तानाशाह किम जोङ इलले कुमारी केटीसँग सम्बन्ध राख्दा मानिस लामो समयसम्म बाँच्ने विश्वास थियो । किम जोङ इलको सन् २०११ मा ७० वर्षको उमेरमा हृदयघातका कारण मृत्यु भएको थियो । यो टोली बनाउने विचार पनि किम जोङ इलको नै थियो । उनले सन् १९७० मा यो टोली सुरु गरेका थिए ।
किम जोङ इलले केही सुन्दर केटीहरूलाई आफ्नो बुबासँग राख्दा आफूलाई धेरै खुसी हुने विश्वास थियो । त्यसैले उनले उत्तर कोरियाबाट धेरै केटीहरू छानेर किम सुङको रिसोर्टमा राख्न शुरु गरेका थिए ।
सन् १९८३ मा किम जोङ इलले आफ्नो प्रयोगको लागि दोस्रो डिभिजन बनाए । पार्कले यस टोलीको श्रृंगार वर्षौंमा धेरै पटक परिवर्तन भएको बताए । किम सुङलाई परम्परागत महिला मन पर्थ्यो । त्यसैले उनको पोचोम्बो इलेक्ट्रोनिक एन्सेम्बल नामको आफ्नै समूह थियो । उही समयमा किम जोङ-इलको आफ्नै छुट्टै मनोरञ्जन समूह वाङ्जासन लाइट म्युजिक ब्यान्ड थियो ।
तिनीहरूको शरीरको आकार पनि धेरै फरक थियो । किम जोङ इललाई अग्लो केटी मन पर्दैनथ्यो । उसलाई प्रायः गोलो मुख भएका केटीहरू मन पर्थ्यो । जबकि किम जोङलाई पश्चिमा महिला मन पर्छ ।
किमको डरले यी युवतीका परिवारले पनि यो काममा पठाउँछन् । त्यसपछि यी युवतीहरू २० वर्ष पुगेपछि नेताका अंगरक्षकसँग विवाह गर्छन् । प्लेजर स्क्वाडका सदस्यहरूका लागि यो सम्मानको विषय भएको पार्क बताउँछिन् । उत्तर कोरियाबाट भागेकी पार्कले किमको परिवार आफूलाई भगवानजस्तै मान्ने ‘पेडोफाइल’ भएको बताउँछिन् ।
न्युज कारखाना
काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेल्सीले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
चेल्सीको जितमा ट्रेभोह चालोबाह र निकोलस ज्याक्सनले एक एक गोल गरेका थिए ।
यो जितपछि चेल्सीको ३४ खेलमा ५१ अंक भएको छ र लिगमा आठौँ स्थानमा रहेको छ ।
त्यसैगरी टोटनहामको भने ३४ खेलमा ६० अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
न्युज कारखाना