२०८३ श्रावण १३
२०८३ श्रावण १३

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

दोस्रो चरणको अनुसन्धानका क्रममा पक्राउ परेका झालाई आइतबार प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं मार्फत जिल्ला अदालत काठमाडौंबाट हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउने अनुमति लिएको हो ।

झाविरुद्ध लिखित किर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराध मुद्दामा अनुसान्धान गर्ने भएको छ । उनी पक्राउसँगै भुटानी शरणार्थी प्रकरणको अन्य राजनीतिक संलग्नता रहेको आरोप लगाएको छ । न्युज कारखाना

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघको चौथो महाधिवेशनबाट भारी मतान्तरका साथ केन्द्रीय अध्यक्षमा अर्जुन रसाईली विजयी भएका छन् ।

शनिबार सिल्भर वक काठमाडौंमा सम्पन्न भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार अर्जुन रसाईलीले २५० मत प्राप्त गर्दै विजयी भएका हुन् ।

अर्का अध्यक्ष पदका उम्मेद्वार विपेन्द्र रामुदामु विपिनले १८४ मत प्राप्त गरेका थिए । महासंघको वरिष्ठ उपाध्यक्षमा दियेश रत्न शाक्य विजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष शाक्यले २८३ मत ल्याउँदा उनका प्रतिद्धन्दी मोहनकाजी शाक्यले १४८ मत प्राप्त गरेका थिए । प्रथम उपाध्यक्षमा धर्म सुन्दर बज्राचार्यले २७४ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी केश बहादुर सुनारले १५९ मत प्राप्त गरेका छनु । द्धितिय उपाध्यक्षमा बुद्धि बहादुर वि.के दियालीले २६४ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका प्रतिद्धन्दी मान ब.विश्वकर्मा(एम.वि)ले १६६ मतमा चित्त बुझाउन प-र्यो । तृतीय उपाध्यक्षमा रुपदल विश्वकर्मा (राजु धमला)ले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी मनोजकुमार साहले १८७ मत प्राप्त गरेका छन् ।

त्यस्तै महासचिवमा किरणभाइ बज्राचार्यले २३३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी रविन शाक्यले १३६ मतमा चित्त बुझाउन प¥र्यो । कोषाध्यक्षमा सुदिप श्रेष्ठले २४३ मत प्राप्त गर्दै विजयी भएका छन् । उनका प्रतिद्धन्दी सुबिन बज्राचार्यले १८४ मत प्राप्त गरेका छन् ।

सचिव दुई जनामा टुलक प्रसाद विश्वकर्मा र निर्मल दियाली विजयी भएका छन् । विश्वकर्माले २३५ मत पाउँदा अर्का उम्मेद्वार २६१ दियालीले मत पाएका थिए । उनीहरुका प्रतिद्धन्दी भीमबहादुर सुनारले १५६ मत प्राप्त गरे भने अर्का उम्मेद्वार राजेन्द्र विश्वकर्माले १६७ मतमा चित्त बुझाउन प-र्यो । त्यस्तै सहकोषाध्यक्षमा पद्म सुन्दर शाक्य २६३ मत सहित निर्वाचित भएका छन् । उनका प्रतिद्धन्दी किसन मास्केले १५७ मत प्राप्त गरेका छन् ।

असार १५ गते दिउँसो २ बजेदेखि दिउँसो ४ः३० बजे सम्म भएको निर्वाचनमा ४३५ जना प्रतिनिधिहरुले मतदान प्रक्रियामा भाग लिएका थिए । महाधिवेशनमा ४४६ जना प्रतिनिधिहरु रहेका थिए। २०५३ सालदेखि सुनचाँदी पेशामा संलग्न रसाईली २०६५ सालमा नेपाल सुनचाँदी व्यवसायी संघ चितवन शाखाको अध्यक्ष भएका थिए ।

नवनिर्वाचित अध्यक्ष रसाईली २०६९ सालमा गठित नेपाल सुनचाँदी व्यवसायी महासंघको तदर्थ समितिको सदस्य समेत रहेका थिए । २०६९ सालदेखिको महासंघको सांगठनिक यात्रामा १२ वर्षमै केन्द्रीय अध्यक्ष हुने अवसर नवनिर्वाचित अध्यक्ष रसाईलीलाई मिलेको छ ।न्युज कारखाना

 रौतहट । रौतहटबाट प्रहरीले २४ लाख भन्दा बढीको बिभिन्न प्रकारको अबैध सामान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरु बाट खटेको गस्ती टोलीले असार १ गतेदेखि १५ गतेसम्म उक्त मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको हो। ७ लाख ३ हजार ५७९ बराबरको लतताकपडा,३ लाख,१ हजार ९८० को किराना तथा खाद्यान,६ लाख ४ हजार८०० बराबरको औषधी,८ लाख ५० हजाबराबरको सुपारी , बिभिन्न सवारी साधन गरी कुल २४ लाख,६० हजार ३०९ बराबरको अबैध सामान बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी एलिजा गिरीले बताएकी छिन् ।

बरामद सामानहरू आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौर र राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ। पछिल्लो समय रौतहट स्थित प्रहरीको सक्रियताले तस्करहरु निरुत्साहित भएर तुलनात्मक रूपमा तस्करी न्यून भएको जानकारहरुले बताएका छन।न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीले आफ्नो महाधिवेशन प्रतिवेदनमा आफ्नो बारेमा ‘अस्थिर’ भनेर टिप्पणी गरेपछि असन्तुष्टि व्यक्त गरेका छन् ।

आइतबार एकीकृत समाजवादीको १०औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफु अस्थिर नभएर गतिशील रहेको दाबी गरेका छन् ।

उनले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितअनुसार निष्कर्ष निकाल्नु मार्क्सवाद भएको बताउदै आफु अस्थिर नरहेको जिकिर गरे । उनले भने- ‘आज नेपाल संविधानसभामा गयो, संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो। शान्ति प्रक्रियामा गयो । प्रचण्ड अस्थिर नभएको भए हुँदैनथ्यो। प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध हुँदैनथ्यो ।’

साथै उनले किलोजस्तै ठोकिएर बस्नु मार्क्सवाद हो कि ? जमेको पोखरीजस्तो मार्क्सवाद हो ? भन्दै प्रश्न समेत गरेका थिए । उनले अगाडी भने- ‘माओवादी आन्दोलनसँग जोडिएका साथी, यहाँ विप्लवजी पनि हुनुहुन्छ। एक ठाउँमा बस्ने भन्ने हुँदैन। हामी दौडिराख्या हुन्छौं, हामी दौडिराख्या हुन्छौं ।’

कार्यक्रममा उनले नेकपा(एस) र नेकपा(माओवादी केन्द्र) एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै देशका सबै देशभक्त र क्रान्तिकारीहरू एकताबद्ध भएर जनताको आवश्यकता र चाहनालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए । न्युज कारखाना

राैतहट,१६ गते असार । राैतहटमा बिधालयलाई हरियाली बनाउन व्यक्तिगत खर्चबाट एक जना शिक्षकले बिरुवा राेपिदिएका छन् । जिल्लाकाे कटहरिया नगरपालिका वडा नम्बर ३ मा रहेकाे श्री आधारभूत बिधालयमा बिरुवा राेपिएकाे छ । केही दिन अघि उक्त बिधालयमा भएको एक सार्वजनिक कार्यक्रममा बिधालयमा एउटा पनि बिरुवा नदेखिए पछि वक्ताहरूले प्रश्न उठाएका थिए । Open photoबिरुवा उत्पादनबाट चिनिएको पहिलो गाउँ बिर्ती प्रष्टाेकामा रहेको बिधालयमा हरियाली नदेखिनु लज्जास्पद विषय रहेकाे भन्दै सम्बन्धित सराेकारवालाहरूलाई ध्यानाकर्षण गराईएकाे थियाे । साेही कार्यक्रममा सम्बाेधन गर्ने क्रममा ताप्लेजुङ जिल्लाकाे मैवाखाेला गाउँपालिका वडा नम्बर ६ रहेकाे श्री महावीर आधारभूत विधालयमा कार्यरत प्राथमिक तहका शिक्षक तथा साेही गाउँका निवासी शिक्षक जयलाल प्रसाद यादवले बिरुवा राेपिदिएका हुन् । Open photoउनले आफनाे व्यक्तिगत तलब बाट १५ हजार रूपैयाँ बराबरको विभिन्न जातका विरूवाहरू वृक्षारोपण गरिदिएका छन् । उनले अशोककाे विरूवा ४५ वटा,धुपि १० वटा,नयाँ प्रजातिको फुलहरु १५ वटा र निम २ वटा लगायतका विरूवाहरू राेपेका हुन् । साे वृक्षारोपणकाे अवसरमा श्री आधारभुत बिधालय बिर्तिप्रष्टोका प्रधानाध्यापक लक्षमण यादव ,वडा अध्यक्ष श्यामाकान्त यादव ,स्थानीय अबुलैस आलम,साविर आलम,नुर महम्मद सहितका व्यक्तिहरूकाे सहभागीता रहेको थियोे ।

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १०औं राष्ट्रिय महाधिवेशनमा सत्तारुढ दल नेकपा एमालेलाई पनि निम्ता गरेको तर नआएको बताएका छन् ।

आजदेखि सुरु भएको एकीकृत समाजवादीको महाधिवेशन एमालेका नेताहरु अनुपस्थित भएपछि अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० पटक फोन गरेको दाबि गरेका हुन् । महाधिवेशन एमोलेले बहिष्कार गरेको विषय कार्यकर्ताले उठाएपछि आफूले १० पटक फोन गरेको उनले बताए । उनले भने- ‘मैले ओलीलाई १० पटक फोन गरेर सम्पर्क गर्दा पनि लागेन । उहाँका पीएहरुलाई, म्यासेज पनि पठाएको छु, पाएको पनि सूचना पाएको छु । ३ वर्षको घाउ आलो भएर नआउनु भएको होला । राजनीतिमा घृणा भाव राख्नुपर्ने आवश्यक छैन ।’

आजसम्पन्न एकीकृत समाजवादीको महाधिवेशनको उद्घाटन समारोहमा एमाले बाहेक अन्य सबै दलका शिर्ष नेताहरुको उपस्थिति रहेको थियो । न्युज कारखाना

काठमाडौँ । भ्रष्टाचार मुद्दामा सरकारी साक्षीको रूपमा बयानको प्रतिकूल हुने गरी बकपत्र गर्ने एक जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके डुडुवा गाउँपालिका वडा नम्बर ६ घर भएका मकरध्वज पाण्डेविरुद्ध मुद्दा दर्ता गरेको हो ।

पाण्डेलाई आयोगबाट विशेष अदालत काठमाडौँमा दर्ता भएको मुद्दा नं.०८०-सिआर-०१२६ नेपालगन्ज सव-डिभिजन वन कार्यालय राँझाका तत्कालीन सहायक वन अधिकृत नारायण पार्धेले घुस लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएको थियो । तर, उनले आयोगमा गरेको बयानको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए ।

पाण्डेले विशेष अदालतसमक्ष बकपत्र गर्दा आयोगबाट अनुसन्धानको क्रममा गरिएको बयान ब्यहोराको प्रतिकूल हुने गरी बकपत्र गरेको पुष्टि भएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुरमा सात हजार रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय गरी घुस रिसवत रकम जफत हुन मागदावी लिई आज विशेष अदालतमा आरोप-पत्र दायर गरिएको छ ।न्युज कारखाना

काठमाडौँ । नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक १४.८३ अङ्कले घटेर दुई हजार ३७. ०९ विन्दुमा कायम भएको छ ।

आज विभिन्न ३२० कम्पनीको ९१ लाख ७८ हजार ८९५ कित्ता शेयर ५० हजार ९५२ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६० करोड ७१ लाख ९८ हजार ४०७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज सबैभन्दा धेरै मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्य ७. ०६ र मैलुङ खोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्य ५. ७६ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९. ३० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु १२ करोड ८८ लाख ७४ हजार १५४ बराबरको कारोबार भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सानिमा इक्विटी फन्डको दुई लाख २९ हजार २१० कित्ता शेयर कारोबार भएको छ । न्युज कारखाना

काठमाडौं । नेकपा एकीकृत समाजवादीको महाधिवेशन सुरु भएको छ ।

महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सीके राउत, उपेन्द्र यादव, रवि लामिछानेलगायत पुगेका छन् । यता प्रमुख सत्तारुढ दल नेकपा एमालेबाट भने कुनै पनि नेता उपस्थित भएका छैनन् ।

असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना हुने महाधिवेशनका लागि ७७ जिल्ला र विभिन्न संगठनबाट एक हजार आठ सय प्रतिनिधि छानिएका छन् । यी प्रतिनिधिहरुले वरिष्ठ उपाध्यक्षसहित २१ पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्ने छन् ।

नेकपा एमालेबाट अलग भएर गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक महाधिवेशन गर्न लागेको हो । पार्टीले एमालेकै निरन्तरताबाट एकीकृत समाजवादी जन्मेको हुनाले यस महाधिवेशनलाई दशौं महाधिवेशन भनेको छ ।न्युज कारखाना

काठमाडौँ । प्रहरीले बारा, काठमाडौँ र वीरगन्जगरी तीन ठाउबाट २०९ किलो भन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ ।

बाराको सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवालबाट अवैध लागूऔषध गाँजा २ सय  १ किलोग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ निलकण्ठ नगरपालिका-८ बस्ने २२ वर्षीय सुजन अधिकारी र धादिङ ज्वालामुखी गाउँपालिका-१ बस्ने २३ वर्षीय रमेश नेपाली रहेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय सिम्रनगौढबाट खटिएको प्रहरीले सिम्रौनगढ नगरपालिका-५ ठुलो ईट्टवाल बस्ने मनोज कुमार साहको घरमा लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले लागूऔषध ओसारपसारमा प्रयोग गरेको बागमती प्रदेश ०१-०२९ च ६७५२ नम्बरको पिकअप गाडी समेत बरामद गरेको छ । प्रहरीले हाल फरार मनोजको खोजी गरिरहेको छ ।

त्यस्तै काठमाडौं महानगरपालिका-१६ बालाजु सुकुम्बासी टोलबाट अवैध लागूऔषध गाँजा २ किलो १ सय २० ग्राम, नगद १ लाख ८० हजार ३ सय ५० रूपैयाँसहित सोही ठाउँ बस्ने मोरङ बेलबारी गाउँपालिका-६ घर भएकी ३० वर्षीया निकु राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको कोठाभित्र लुकाई छिपाई राखेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

त्यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वा भन्सार मेनगेटस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५ किलो ७ सय २० ग्राम सहित पर्सा जगरनाथपुर गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बल नेपाल वीरगंज पर्साबाट खटिएको प्रहरीले ती किशोरलाई उक्त गाँजासहित पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा भारत पुर्वी चम्पारण मोतिहारी थाना भेलाही मुसहरवा-२ बस्ने २२ वर्षीय नवरेज आलमको समेत उक्त लागूऔषध ओसारपसारमा संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनलाई पनि पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।