२०८३ श्रावण ७
२०८३ श्रावण ७

काठमाडौँ ।

गृहमन्त्री रमेश लेखकले प्रहरी नायब महानिरीक्षक (डिआइजी) मनोज केसीलाई सरूवा गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेका फरार रहेका बेचन झालाई पक्राउ गर्ने केसीको गत बुधबार गृहमन्त्री स्तरीय निर्णयबाट सरुवा गरिएको हो । उनलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज पठाइएको छ भने प्रतिष्ठानमा रहेका डिआइजी राजन अधिकारीलाई ब्युरोमा पठाइएको छ ।

केसीको दुई महिना नबित्दै सरूवा गरिएको हो । केसी र अधिकारी गत जेठ ४ गते सँगै बढुवा सिफारिसमा परेका थिए । बढुवा हुनुअघि केसी नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालय नक्सालमा कार्यरत थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा र प्रतीक थापालाई पक्राउ गर्न केसीको भूमिका थियो । दुवैलाई असार १४ गते शुक्रबार पक्राउ गरेको थियो ।

न्युज कारखाना

रौतहट,श्रावण १३।

गरुडा–स्थित समुदाय दलित विकास केन्द्र नेपालको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समुदाय दलित विकास केन्द्र नेपाल माधवनरायण नगरपालिका–६ ले शनिबारका दिन एक कार्यक्रमका विच गरूडा बजार स्थित अनुष पार्टी प्यालेसमा सो साधारणसभा सम्पन्न गरेको हो।

Open photo

केन्द्रका अध्यक्ष सुब्बा साहेब हजारीको अध्यक्षता तथा माधव नरायण नगरपालिकाका नगर प्रमुख वैजु प्रसाद यादवको प्रमुख आतिथ्यमा सो साधारणसभा सम्पन्न भएको हो । कार्यक्रममा संस्थाको बार्षिक गतिविधि तथा साँगठनिक प्रतिवेदन सो संस्थाका कार्यकारिणी निर्देशक धर्मदेव पासवानले प्रस्तुत गरेका थिए।

 

सो कार्यक्रममा प्रमुख अथितिको रुपमा बोल्दै,माधव नरायणका नगर प्रमुख यादवले,मुक्त हरवाचरवाको न्यायिक पुःनस्थापना सरोकार र शिक्षा,स्वास्थ्य,रोजगारी र सामाजिक सुरक्षा अभियानका साथै दलित, गरिब, सुकुम्बासी, भुमिहिन शोषित पिडितको अधिकारका निम्ति समाजमा निरन्तर आवाज उठाइरहेको तथा पैरवी गरिरहेको सो संस्था र संस्थाका पदाधिकारीहरुलाई धन्यवाद दिदै समाज परिवर्तनका लागि सामुदाय दलित विकास केन्द्रको ठूलो भुमिका देखिएकोले आफुले सो संस्थााई सधै सहयोग गरिरहने प्रतिबद्धता जाहेर गरे।

 

त्यसैगरी कार्यक्रमका विशिष्ट अथितिको रुपमा बोल्दै ईसि डिसी का अध्यक्ष तथा दलित अगुवा धर्मेन्द्र पासवानले एउटा नयाँ संस्था रको रुपमा स्थापित भई समाजमा निरन्तर काम गरिरहे ता पनि पारदर्शी रुपले साधारणभा गर्नु संस्थाको सराहनीयकार्य रहेको बताउदै सो संस्थाको उन्नति प्रगतिको लागि शुभकामना समेत व्यक्त गर्नु भयो ।

 

त्यस्तै विशिष्ट अथितिकू रुपमा बोल्दै दलित अधिकार कर्मी तथा मानव अधिकार कर्मी रामविनय पासवानले दलित समुदाय शिक्षा र स्वास्थ्यको मामिलामा अझ पनि सबभन्दा पछाडि रहेकोले संस्थाले शिक्षा र स्वास्थ्यमा सबभन्दा बढी जोड दिएर काम गर्न आग्रह गरे।

Open photo

त्यसैगरी अथितिको रुपमा बोल्दै राष्ट्रिय दलित पत्रकार संघ नेपाल रौतहटका अध्यक्ष राजेश पासवान(निर्माणी)लेआफु दलितहरुको उत्थान तथा न्यायका लागि निरन्तर आवाज उठाउदै र वकालत गर्दै आइरहेकोले आफुले दलितको पक्षमा काम गर्ने हरेक संघ संस्थालाई सम्मान टक्रेयाइरहने बताउदै आफु र संघले त्यस्ता संस्थाको पक्षमा निरन्तर कलम चलाइरहने बताए।

 

कार्यक्रममा बोल्दै माधव नरायण नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष राजकुमार साहले आफु निर्वाचित भएको ठाउँमा दलितको संख्या ठुलै रहेकोले आफुले दलितको हरेक समस्यालाई नजिकैबाट नियालिरहेको बताए। उनका अनुसार दलित समुदाय शिक्षा र स्वास्थ्यको मामिलामा अझै पनि कमजोर नै रहेको बताउदै संस्थाले दलित समुदायको शिक्षा र स्वास्थ्यमा सुधार ल्याउनका निम्ति जनचेतना मुलक कार्यक्रमहरु संचालन गर्न आग्रह गर्दै सो कार्यमा आफसले सक्दो धेरै भन्दा धेरै सहयोग गर्ने प्रतिबद्ध जाहेर समेत गर्नुभयो।

कार्यक्रममा शुभकामना मन्तव्य दलित अगुवा शिव शंकर पासवानले राखेका थिए। भने कार्यक्रम संचालन सो संस्थाका कार्यकारिणी निर्देशक धरेमदेव पासवानले गरेका थिए। उक्त कार्यक्रममा सो संस्थाका सम्पुर्ण पदाधिकारीहरुको साथै पत्रकार तथा विभिन्न विशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियोे ।

राैतहट,१२ गते साउन ।  नेकपा एमालेका केन्द्रीय सदस्य अजयकुमार गुप्ताले रौतहटमा दुई अग्रज पत्रकारलाई शनिवार सम्मानित गरेका छन् । रौतहटदृष्टि साप्ताहिकको १७औँ वार्षिकोत्सवको अवसरमा सञ्जय साह मित्र र श्रीमन नारायण मिश्रलाई केन्द्रीय सदस्य गुप्ताले सम्मानित गरेका हुन् । No description available. रौतहटको पत्रकारितामा स्वच्छ छवि भएका दुई अग्रज पत्रकारलाई सम्मानित गर्न पाउँदा आफू स्वयं गौरवान्वित भएको केन्द्रीय सदस्य गुप्ताले बताएका छन् । No description available.गुप्ताले भने – देशमा सम्मानपूर्वक चिनिएका दुवै पत्रकारको योगदानको कदर आफ्नो हातबाट सम्मानपत्र हस्तान्तरण गर्न पाउँदा गौरवबोध भएको छ । मित्र बज्जिका र नेपाली भाषामा र मिश्र नेपाली भाषामा स्वतन्त्र पत्रकारिता गर्दै आएका छन् । सम्मानित दुवै प्रतिभा विगत तिन दशकदेखि पत्रकारितामा सक्रिय छन् । दुवै जनालाई जनही दुई हजार पाँच सय रुपैया नगद पनि प्रदान गरिएको छ । No description available. उक्त अवसरमा बोल्दै केन्द्रीय सदस्य गुप्ताले देशको समग्र आर्थिक क्षेत्र प्रभावित भएकोले पत्रकारिता पनि प्रभावित भएको हो । कठिन परिस्थितिमा आम नागरिकलाई सुसूचित गरिरहेका सञ्चारकर्मी र सञ्चार माध्यमलाई नेपाल सरकारले प्राथमिकतामा राखेर सहयोग गर्नुपर्ने गुप्ताको भनाइ छ । No description available. रौतहटदृष्टि साप्ताहिकका प्रकाशक सम्पादक शैलेन्द्र झाको अध्यक्षतामा भएको कार्यक्रमलाई प्रेस चौतरी नेपाल, रौतहटका अध्यक्ष आदर्श उपाध्याय, नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, समाजवादी प्रेस संगठन नेपाल, रौतहट शाखाका दिनेश संगम, रेड टेलिभिजनका अध्यक्ष जयप्रकाश यादवलगायतले मन्तव्य व्यक्त गर्दै रौतहटको पत्रकारितामा रौतहटदृष्टि साप्ताहिकले पु¥याएको योगदानको प्रशंसा गरेका छन् ।

काठमाडौं । जारी पेरिस ओलम्पिकमा नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल समूहचरणको पहिलो खेलमा पराजित भएका छन् ।

शनिबार राति सम्पन्न पहिलो खेलमा प्रिन्स डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनसँग लगातार दुई सेटमा पराजित भएका हुन् ।  भिक्टरले पहिलो सेट २१-८ ले जितेका थिए भने दोस्रो सेट २१-६ ले जितेका थिए ।

समूह ‘पी’ मा रहेका प्रिन्सको यो हारसँगै अन्तिम १६ मा पुग्ने सम्भावना कमजोर भएको छ । उनले दोस्रो खेल आयरल्यान्डका नियात न्युयेनसँग २९ जुलाईमा खेल्ने छन् । यस्तै, समूहचरणको अन्तिम खेल इजरायलका मिसा जिल्बरम्यानसँग ३० जुलाईमा खेल्नेछन् । १६ वटा समूहका शीर्ष खेलाडीले अन्तिम १६ मा प्रवेश पाउनेछन् । न्युज कारखाना

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २० देशले पदक जितेका छन् । शनिबार सम्पन्न खेलपछि ९ देशले स्वर्ण पदक जितेका छन् भने कुल २० देशले पदक जितेका छन् ।

जसमा अस्ट्रेलियाले सबैभन्दा बढी ३ स्वर्णसहित ५ पदक जितेको छ । अस्ट्रेलियाले ३ स्वर्ण र २ रजत पदक जितेको हो ।

त्यस्तै चीनले २ स्वर्ण र एक काश्य पदक जितेको छ भने अमेरिकाले एक स्वर्ण, २ रजत र २ काश्य पदक जितेको छ । त्यसैगरी आयोजक फ्रान्सले एक स्वर्ण, २ रजत र एक काश्य पदक जितेको छ ।

अहिलेसम्म दक्षिण कोरिया, बेल्जियम, जापान, काजकिस्तान, जराम्नी र हङकङले स्वर्ण पदक जितेका छन् ।

त्यस्तै इटाली र ग्रेट ब्रिटेनले रजत तथा काश्य पदक जितेका छन् भने  क्यानडा, फिजी र मंगोलियाले रजत पदक जितेका छन् । त्यसैगरी ट्युनिसिया, स्पेन, हंगेरी, दक्षिण अफ्रीका र स्विडेनले काश्य पदक जितेका छन् ।न्युज कारखाना

 

 

काठमाडौं ।

आम जनता पार्टी (आजपा) अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले राजासंग घाटी जोडेकाहरुबाट मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताएका छन् । नेपाली कांग्रेस र नेकपा (एमाले)को नेतृत्वमा रहेकाहरुबाट मुलुक समृद्ध हुन नसक्ने बताउँदै उनले अहिलेको गठबन्धन नभएर ठगबन्धन भएको टिप्पणी गरे ।No description available.आजपा निकटको आम उधोग बाणिज्य संघको काठमाडौं अनामनगर स्थित तमुबुद्ध सेवा समितिको सभाहलमा आज भएको पहिलो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यो एमाले र कांग्रेसको गठबन्धन नभई केपी ओली र शेरबहादुर देउवाको सत्तास्वार्थ केन्द्रित व्यक्तिगत ठगबन्धन भएको बताए ।  ‘एमाले र कांग्रेस बनाउँनेहरु आज कहाँ छन् ? दुबै पार्टी निर्माण गर्नेहरु आजको दिनमा भागिभागि हिडनुपरेको छ । No description available.तर विगतमा राजासंग घाटी जोडने, प्रतिगामी शक्तिहरु त्यो पार्टीको नेतृत्वमा पुगेका छन्’ आजपा अध्यक्ष साहले भने, ‘अहिलेको सत्तारुढ गठबन्धनलाई राष्ट्रिय सहमतीको सरकार भन्दै बाहिर हिडिरहेका छन् । तर वास्तविकता त्यो होईन्, यो विगतमा बदनाम भईसकेका पात्रको ठगबन्धन हो ।’  विगतमा जतिपटक एमाले र कांग्रेसको संयुक्त सरकार बनेको छ त्यति पटक मुलुकले ठुलो नोक्सानी व्यहोर्नुपरेको ईतिहास हाम्रो आगाडी रहेको बताउँदै उनले यिनीहरुकै कारण रामराजा सिंह राष्ट्रपति हुन नसकेको बताए । No description available.यिनीहरुकै कारण खिलराज रेग्मीलाई यिनीहरुले शासन सत्ता बुझाएको मात्र नभई कांग्रेस र एमाले मिलेर ‘गण्डा संविधान’ बनाएको बताउँदै साहले आज त्यही भएर नेपाली जनताले ठुलो नोक्सानी व्यहोर्नुपरेको बताए । ‘विगतको निर्वाचनमा जनतासंग मत माग्ने बेलामा जे प्रतिबद्धता व्यक्त गरिएको थियो ।No description available. जुन कुरा जनताका बीचमा यिनीहरुले प्रतिबद्धता गरेर आए त्यो अनुसार काम नगरेकै कारण राजनीतिक स्थिरता हुन सकेन्’ साहले भने, ‘मत माग्ने बेलामा एउटा प्रतिबद्धता गरे, तर काम गर्ने बेलामा अर्कै काम गरिरहेका छन् । के कांग्रेसले मत माग्दा म एमालेको नेतृत्वमा सरकार बनाउँनु भन्या थियो ? के एमालेले मत माग्ने बेलामा कांग्रेसको नेतृत्वमा सरकार बनाउँछु भन्या थियो ? तर आज हेर्नुस त संघ देखी प्रदेशसम्म यिनी आफ्नो प्रतिबद्धता बिरुद्ध नै काम गरिरहेका छन् । अब जनताले हिसाब माग्ने बेला आएको छ ।’ No description available. विधिको शासनको कुरा गर्ने एमालेले लुम्बिनी प्रदेशमा आफ्नै संसदीय दलको नेतालाई मुख्यमन्त्री नबनाई उपनेतालाई मुख्यमन्त्री बनाएको बताउँदै उनले अहिले पनि एमालेभित्रै धेरै नेताहरु पीडित रहेको बताए । कांग्रेसमा पनि त्यस्तै भएको बताउँदै उनले विगतमा राजासंग घाटी जोडने, पार्टी निर्माण नगर्नेहरु नै नेतृत्वमा रहेकाले दुबै पार्टीभित्र नेताहरु पीडित बनेको बताए ।  प्रचण्ड नेतृत्वको सरकारले कहिले एमाले त कहिले कांग्रेसले समर्थन गर्ने र समर्थन फिर्ता लिने कामले प्रधानमन्त्रीले पाँच पाँच पटक विश्वासको मत लिनु पर्यो । तर आज त्यही कांग्रेस र एमालेले राजनीतिक स्थिरता भएन भन्नु कतिको जायज हो भन्दै उनले प्रश्न उठाए । कांग्रेस एमालेकै कारण मुलुक भ्रष्टमा नंं. १ भएको टिप्पणी गर्दै निजि कम्पनी नाफामा हुने तर सरकारकी संस्थानहरु किन घाटा व्यहोर्नुपरेको भन्दै उनले यिनीहरुले नै लुटेर खाएको आरोप लगाए ।No description available.  नेपालको उधोगधन्दा धवस्त बनाउँने, हरेक काण्डमा कांग्रेस र एमालेकै नेताको संलग्नता हुने गरेको बताउँदै उनले सबै भ्रष्टहरुलाई जेल नपठाए सम्म मुलुक समृद्ध हुन नसक्ने टिप्पणी गरे । मुलुकलाई समृद्ध बनाउँनका लागि सबै भ्रष्टहरुलाई जनकारवाही हुन आवश्यक रहेको उनले बताए । तर भ्रष्टलाई कारवाही गर्ने निकाय पनि यिनीहरुकै पिछलगु बनेको र त्यही भ्रष्ट नेताको ईशारामा नाचिरहेको साहले बताए ।

‘सरकारको मनपरी कर हटाउन र बैंकले लिएको मनोमानी ब्याज फिर्ता गराउन’ संघर्ष गर्ने संकल्प सहित भएको सो राष्ट्रिय भेलामा बिभिन्न पार्टी परित्याग गरी नेताहरु आजपामा प्रवेश गरे । रौतहट ग्रान्डी अस्पतालका निर्देशक डा. संजिवकुमार जयसवाल, माओवादी केन्द्र निकटको प्रेस सेन्टर बागमती प्रदेशका उपाध्यक्ष मोहनजंग कार्की सहित दर्जर्नौ व्यक्त आजपामा प्रवेश गरेका छन् ।  सो भेलाबाट साजनकुमार जैसवालको अध्यक्षतामा १०१ सदस्यीय आम उधोग बाणिज्य संघको केन्द्रीय कमिटी गठन भएको छ ।No description available. कमिटीको उपाध्यक्षमा धिरजकुमार साह, सोना सिलवाल, अमित कुमार साह, महासचिवमा पवन कुमार, सचिवमा अमित सर्राफ, मन्नु राजन, कोषाध्यक्षमा संजीव जयसवाल रहेको आजपा प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् ।  यसैगरी सदस्यहरुमा पवन जयसवाल, धिरज जयसवाल, चुनुलाल जयसवाल, उपेन्द्र साह, अनिलकुमार साह, दिपककुमार साह, अमित रौनियार, नितिसकुमार जयसवाल, निशा कुमारी लगायतका रहेका छन् ।न्युज कारखाना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

हाल कोशी, मधेश र बागमती प्रदेश लगायत गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मूख्यतया सफा रहेको छ ।  मधेश प्रदेशको बारा, पर्सा आसपास तथा बागमती प्रदेशको मकवानपुर, सिन्धुली आसपास मध्यम वर्षा हुनुका साथै कोशी प्रदेशको झापा, सोलुखुम्बु आसपास हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ।।कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशभर साधारणतया बदली रहने छ। लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,  मधेश, बागमती, गण्डकी र  सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी   देखि धेरै भारी  वर्षाको पनि सम्भावना रहेको छ ।न्युज कारखाना

आजको राशिफल बि.सं.२०८१ साउन १३ गते आइतबार ई.सं.२०२४ जुलाई २८ नेपाल सम्बत ११४४ दिल्लागा अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण अष्टमी, चन्द्रमा मेष राशिमा, अश्विनी नक्षत्र, शूल योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५: २५ बजे, सूर्यास्त साँझ ०६: ५५ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०८ बजेर ४७ मिनेट देखि १० बजेर २८ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व हेपटाइटिस दिवस रहेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

निर्णयात्मक शक्ति र व्यवस्थापकीय कौशलताको प्रदर्शन गरी आफ्नो सर्कलमा छुट्टै पहिचान स्थापना गर्न सकिने छ । दूरगामी भविष्यका योजनाहरूको मूल्याङ्कन गर्दै दृढ इच्छाशक्तिका साथमा काममा जुट्नुहोस्, सफलता मिल्नेछ । विपरीत परिस्थिति भए पनि कामलाई कुशलतापूर्वक झेल्नसक्ने सामथ्र्यको विकास गर्न सकिने छ । पेसागत उन्नतिका लागि गरेको प्रयास सार्थक बन्नेछ । घुमघाममा जाने वा मस्ती गर्ने योजना बनाउन सक्नुहुन्छ । तर जिद र हठलाई त्याग्नु होला, नत्र ससाना कुरामा विवाद हुनसक्छ । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

अर्काका सल्लाह, सुझाव र आशयलाई सुन्ने बानीको विकास गर्नु राम्रो हुन्छ । अनियमित र बेठिक कामका कारण चिन्तित बन्नुपर्ने समय छ । दौडधूप गर्नुपर्ने काम, ढुवानी÷यातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमःपशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

लक्ष्य प्राप्तिका निमित्त थप परिश्रम गरी लाभ पाउने समय हो । विदेश जाने सपना सँगाल्नु भएको छ भने योजना बनाउँदा शुभ हुनेछ । घरमा अभिभावकवर्ग तथा कार्यक्षेत्रमा सिनियर्सका तुलनामा जुनियर्स वा भाइबहिनीको सहायता पाउन सकिने दिन हो । अझ राजनीति वा समाजसेवा नै कार्यक्षेत्र हो भने नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । रोकिएको काम बन्ने र पदीय दायित्वमा बृद्धि हुने दिन छ, खोजी गर्दा आम्दानीको नयाँ स्रोत पहिल्याउन सकिने छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ÷सेतो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चं चन्द्रमसे नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो । परिणामप्रति आशावादी भइने छ । कार्यक्षेत्र वा बन्दव्यापारमा राम्रो छ । महत्त्वपूर्ण व्यक्तिका साथमा सम्पर्क बढ्नेछ । कारोबारमा राम्रै प्रतिफल प्राप्त हुनेछ, कुनै नयाँ प्रस्ताव वा योजना छ भने साझेदार र प्रतिस्पद्र्धीसँग अन्तक्र्रिया गरी अनुभव बटुल्नु महत्त्वपूर्ण मानिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ सेतो÷घिउरङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ । ज्ञानको भण्डार पूर्ण हुने तथा दार्शनिक भावना जाग्ने समय हो, साथीहरू र गुरुसँग छलफल गरेमा दिमागलाई अझ तिखार्न पाइने छ । सफलता चाहनेले समस्या पहिल्याउनमा होइन, समाधान खोज्नमा ध्यान केन्द्रित गर्नुपर्छ, भविष्य सुध्रनुका साथै ठोस आम्दानीसमेत हासिल हुनसक्छ । तपाईंले केवल प्रयास गर्ने हो, भाग्यले नचिताएको उपलब्धि प्रदान गर्नेछ । आजका लागि शुभअङ्क ९, शुभ रङ गुलाबी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

मनोरञ्जनमा केन्द्रित भइदिनाले पढाइ बिथोलिने दिन हो, सानो लापरबाहीले पनि भविष्य बिग्रन्छ भन्ने बुझेर थप मिहिनेत गर्नुपर्ने समय छ । कसैको चित्त दुखाएर फाइदा लिने कोशिस गर्नुहुँदैन, दुराशा र महत्त्वाकाङ्क्षाले केवल निराशामात्र बढ्दछ । हतारमा लिएको निर्णय गलत हुनसक्छ, त्यसैले धैर्य र संयमताका साथमा काम गर्ने दिन हो । हाकिमको कचकच बढ्नेछ, अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने बाध्यता हुनेछ, तापनि प्रयत्न गर्दा लाभमूलक क्षेत्रको पहिचान गर्न सकिने छ । आजका लागि शुभअङ्क ८, शुभ रङ सेतो÷पहेंलो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सामाजिक क्षेत्रमा सुसम्बन्ध विकसित हुने तथा गरेका काममा भाग्यले साथ दिने समय हो, आज दाम्पत्यजीवन र प्रेमसम्बन्धका लागि समेत राम्रै देखिन्छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । गीतसङ्गीत, साहित्य वा कुनै कलासम्बद्ध विषयमा रुचि जाग्ने दिन हो । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ साम्बसदाशिवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

प्रतिष्ठा प्राप्त गर्न प्रतिस्पद्र्धा गर्ने दिन हो । चिन्तनमननमा निर्लिप्त हुने परिस्थिति पनि बन्नेछ, कुनैकुनै विषयमा बेकारको तर्क वा बहस हुनसक्ने दिन हो, त्यसैले मुखमा लगाम लगाएकै जाती हुन्छ । कार्यक्षेत्रमा तन्मयताका साथमा खट्नुपर्ने दिन हो, अझ सेवाग्राहीसित कुनै विवाद भएमा ठूलो रूप लिनसक्छ, प्रतिद्वन्द्वीहरू मौका कुरेर बसेको देखिन्छ । अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, बरु लोङ टुरको कुनै कार्यक्रममा सँगै जाने वातावरण बनाउनु ठीक हुन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ सेतो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अश्विनीकुमाराभ्यां नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

तालिम वा ज्ञान बढाउने विषयमा सरिक हुने र लाभ पाउने समय हो, जुनियर स्टाफ वा छोराछोरीका माध्यमबाट पनि लाभ हुनेछ । इच्छा पूरा हुने दिन हो, लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ । धेरैजनासँग मिलेर काम गर्ने प्रयास हुनेछ तर समुचित परिणाम प्राप्त गर्न धौधौ हुन्छ । शीघ्रता र हतार गर्दा कुनै काम सफल हुँदैन । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऐं सरस्वत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

कारोबारलाई नयाँ गति दिने प्रयत्न हुनेछ । आशाका पछि लाग्नु स्वाभाविक हो, तर पनि आज कसैको आश्वासन वा लोभमा भुलिनु हुँदैन । दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । सोच्ने शक्ति र निर्णयात्मक क्षमतामा कमी आउने दिन हो । आज हरेक कुरामा यो गरौं कि त्यो गरौं भन्ने अलमल हुनसक्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउरङ र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

कार्ययोजना र व्यवस्थापन पक्षमा समन्वय गरी अघि बढ्दा थप लाभ हुनेछ, अर्काको जिम्मामा काम छाडेर अन्त भुलिने हुँदा काम बिग्रन सक्छ । पारिवारिक सौहाद्र्रता र सद्भावमा बृद्धि हुनेछ, परिवारका सदस्यहरू र आफ्ना साथीभाइसँगको भेटघाटले आनन्द र मनोरञ्जन प्रदान गर्नेछ । खेलकुद वा शारीरिक तन्दुरुस्तीसम्बन्धी विषयमा रुचि जाग्नेछ, नजानेको कुनै कुरा छ भने पनि मित्र र शुभचिन्तकको साथ÷सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

आनन्द र प्रसन्नताका साथमा नै नियमित काम सम्पन्न हुनेछन्, आयको नयाँ स्रोत फेला पर्नुका साथै कमाएको धन सञ्चित गर्न सकिने छ । सुख एवं समृद्धिमा बृद्धि हुनेछ, घुमघाममा निस्कने वा मस्ती गर्ने योजना बन्नसक्छ, तर खर्च हुनसक्ने भएकाले गोजी दह्रो बनाउनु ठीक हुनेछ । रचनात्मक स्वभावले मानिसहरूलाई प्रभावित गर्न सक्नुहुन्छ । असत्य बोल्ने जोसुकैलाई पनि कहिल्यै पनि विश्वास नगर्नुहोला, साथै आफूलाई विश्वास गर्ने व्यक्तिलाई कहिल्यै नढाँट्नुहोला । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सुधाकराय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।

(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)न्युज कारखाना

काठमाडौं । जारी पेरिस ओलम्पिकमा आज दुई नेपाली खेलाडीले प्रतिष्पर्धा गर्दै छन् ।  आज नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठले र ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले आफ्नो खेल खेल्दै छन् ।

स्यान्टुले पेरिस एक्पो पोर्ट डे भर्सेल्समा नेपाली समय अनुसार राति ७:३० बजेदेखि खेल्दै छन् । स्यान्टुले पेरिस ओलम्पिकको प्रारम्भिक चरणमा सेनेगलका इब्राहिम डिएवसँग प्रतिस्पर्धा गर्दैछन् ।

स्यान्टुले दक्षिण एसियाली छनोट फाइनलमा नेपालकै संयोग कपालीलाई हराउँदै ओलम्पिकमा आफ्नो स्थान सुरक्षित गरेका थिए ।

त्यस्तै नेपाली ब्याडमिन्टनका स्टार खेलाडी प्रिन्सले पेरिस ओलम्पिक २०२४ को समूह चरणमा डिफेन्डिङ च्याम्पियन भिक्टर एक्सल्सनविरुद्ध खेल्ने छन् । यो खेल नेपाली समय अनुसार राती १२: ५५ बजेदेखि हुने छ ।

१९ वर्षीया प्रिन्स ब्याडमिन्टनमा ओलम्पिक खेल्ने पहिलो नेपाली हुँदैछन् । उनले यो अवसर युनिभर्सालिटी कोटामा पाएका हुन् । जुनियरमा विश्व नम्बर १ भएका उनी विश्व ब्याडमिन्टन महासंघको वरीयतामा अहिले १७२ औं स्थानमा छन् ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।