आजको राशिफल बि.सं.२०८१ साउन १४ गते सोमबार ई.सं.२०२४ जुलाई २९ नेपाल सम्बत ११४४ दिल्लागा नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, श्रावण कृष्ण नवमी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, गण्ड योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५: २५ बजे, सूर्यास्त साँझ ०६: ५४ बजे हुनेछ । आज जन्म लिने बच्चा मेष राशीको हुनेछ ।
आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसुकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ०५ बजेर २५ मिनेट देखि ०७ बजेर ०६ मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ । आज विश्व बाघ दिवस रहेको छ ।
नयाँ अनुभवका साथ कसरी अघि बढ्ने भन्ने चिन्तामा केन्द्रित भइने छ, हिसाबकिताबको लेखाजोखा र व्यवस्थापकीय जिम्मेबारीका लागि समय छुट्याउनु पर्ने हुन्छ । आत्मबल र जोसजाँगर बढ्नेछ, घरायसी काम समयमैं टुङ्ग्याइने छ, भावना साटासाट गर्दै पतिपत्नी एकान्तमा रमाउन पाउने र घुमफिरमा निस्कने समय हो । क्षमता प्रदर्शन गरी आफूलाई सर्वश्रेष्ठ साबित गर्ने दिन हो, नौलो विषयको जानकारी लिएर प्राज्ञिक क्षमतालाई तिखार्ने अवसर मिल्नेछ । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
खर्चको मात्रामा अचानक बृद्धि हुनसक्छ, अझ नजिकैको आफन्त वा मनमिल्ने साथीसँगको साझेदारीमा कुनै कारोबार गर्नुछ भने आज सावधानीपूर्वक कदम चाल्नु आवश्यक देखिन्छ, अन्यथा आर्थिक क्षति हुने दिन हो । कुविचार, भ्रम, चिन्ता र शङ्का मँडारिने समय छ, त्यसैले लक्ष्यप्रति सचेत हुनुपर्छ, सानातिना र बेकारका कुराहरूमा अलमलिनु राम्रो होइन । जिम्मेबारी बढ्नाले व्यवहारिक काममा खट्नुपर्ने परिस्थिति छ, त्यसैले रामरौस र रोमान्टिक जीवनमा बाधा पुग्नेछ, सकेसम्म आपसी भेटघाट र भलाकुसारीलाई निरन्तरता दिनुहोला । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कालभैरवाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
उच्चकोटिको पारिवारिक सुख मिल्नेछ, लामो समयदेखि सम्पर्क भएको छैन भने आजको केही समय घरपरिवार र आफन्तलाई पनि छुट्याउनु होला । जोखिम मोलेर गरेको कामबाट फाइदा हुनेछ, बुद्धि र विवेकको प्रयोग गरी विगतमा गुमाएका विषयवस्तुसमेत पुनः प्राप्त गर्न सकिने छ । पारिवारिक सुखमा अभिबृद्धि हुने तथा छोराछोरीबाट सन्तोष मिल्ने समय छ । ज्ञान वा अनुभवको प्रयोग गरी कुनै महत्त्वपूर्ण विषयमा लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धनदाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)–
कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । आजका लागि शुभअङ्क १, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भूमिनन्दनाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
पारिवारिक बाध्यता वा कुनै सामाजिक व्यस्तताका कारण बेफुर्सदिलो भइने समय छ, तर अचानक पार्टनरसँग भेटघाट हुँदा मन फुरुङ्ग बन्नेछ । ख्याति र प्रतिष्ठा बढाउन प्रयास गर्ने समय हो, पिता वा पितातुल्य व्यक्तिको सुझावलाई मनन गर्न सकेमा आम्दानीका मार्गलाई सकारात्मक गति प्रदान गर्न सकिने छ । जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धार्मिक÷पारम्परिक काममा पनि संलग्न हुन सक्नुहुन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ गुलाबी र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ क्रां क्रीं क्रौं सः भौमाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आफन्त वा मित्रवर्गमा विरोधाभास र मतभेद बढ्ने समय हो । बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा पछि हट्नु ठीक हुन्छ । नयाँ लगानीका निमित्त उपयोगी दिन छैन, त्यस्तै सामुन्ने देखिएका समस्यालाई चाँडो समाधान गर्नुहोला, नत्र व्यापारिक कारोबारमा दूरगामी प्रभाव पर्नसक्छ । चिन्ता÷शङ्का र डरले जरो गाड्नेछ, दिक्क लागेको छ भने बरु एकान्तमा बस्नु वा आध्यात्मिक गतिविधिमा सहभागिता जनाउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । व्यस्त रहनुपर्ने समय छ, तर सहकर्मीको साथ पाउनाले दिन सजिलै बित्नेछ, मिहिनेतको परिणाम पनि राम्रै रहनेछ, बेलुकीपख रोमान्टिक र चञ्चल मनस्थिति बन्नसक्छ । मस्ती गर्ने समय हो, पार्टनरको भावनालाई कदर गर्दै आज कतै रेस्टुरेन्ट वा भोजनालयमा गएर समय बिताउनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कात्यायनी भगवत्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
खेलकुद, उपहार सामाग्री, स्वास्थ्य र सरसफाइको व्यवसायमा राम्रै देखिन्छ, तर सँगीसाथी र साझेदारको क्रियाकलाप चित्तबुझ्दो नलाग्न सक्छ । घमण्ड र जिद्दीपना त्याग्नसकेमा तर्क र बहसमा विजय प्राप्त हुनेछ, खिसीट्युरी गर्नेसित सतर्क रहनुपर्छ, नत्र ठूलो कलहको वातावरण बन्नसक्छ । प्रतिस्पद्र्धा र परीक्षामा सफलता पाउने दिन हो, तर राम्रो रिजल्टको चाहना छ भने गोप्य ढंगले तैयारी गरेको राम्रो हुन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरणीसुताय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
प्रेमभाव, शान्त वातावरण, खुसी र सद्भाव कायम रहने राम्रो दिन छ । कनिष्ठ नातेदार वा छोराछोरीका तर्फबाट थप प्रसन्नता पाउन सक्नुहुन्छ । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । सिर्जनात्मक काम गर्नुपर्छ भन्ने भावना विकसित हुने सुन्दर दिनको आगमन भएको छ । हाँके÷ताकेका काम बन्नुका साथै ज्ञानमूलक क्रियाकलापमा संलग्नता बढ्ने तथा प्रतिस्पद्र्धा वा परीक्षामा सफल भइने समय हो । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शारदादेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सिनियर कर्मचारीको आदेशलाई बेवास्ता गर्नु हुँदैन । थकानको अनुभूति हुने अथवा घरायसी विषय वा प्रेमसम्बन्धको तनावले कार्यक्षेत्रमा प्रभाव पर्नसक्ने दिन हो । लवपार्टनर र घरपरिवारका लागि समय व्यवस्थापन गर्न सके सहज हुनेछ, अपेक्षित माया, विश्वास एवं समझदारी कायम रहनेछ । पदप्रतिष्ठामा अभिबृद्धि हुने तथा आम्दानीका मार्गहरू सहज हुने सुन्दर दिन छ, घरपरिवारमा सम्पर्क राखी भावना साटासाट गर्न पाउँदा शान्तिको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भ्रामरीदेव्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । एकआपसका सुखदुःख एवं चाहना बुझी कार्य गर्ने प्रयास गर्नुपर्छ, एकअर्काका त्रुटिप्रति सचेत हुने र माफ गरी अघि बढेमा सम्बन्ध मजबुत हुनेछ । पेसागत र व्यवसायिक परिस्थतिमा सुधार हुनेछ । नयाँ सवारी साधन किन्ने वा साटफेर गर्न योजना बनाउने दिन हो । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धरात्मजाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)–
सुखसुविधा बृद्धिका लागि विभिन्न सामाग्रीको किनमेल गरिने र खर्च बढ्ने दिन हो, तर खर्च बढे पनि मानसिकतामा यसको कुनै प्रभाव पर्नेछैन । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो÷उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रियै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
(ज्यो.पं – हरिप्रसाद भण्डारी बरिष्ठ ज्योतिष एवं वास्तुविद सम्पर्क नं ९७७– ९८४२२१९७३५)न्युज कारखाना
काठमाडौ । बागमती प्रदेशमा मुख्यमन्त्री बहादुरसिंह लामाले मंगलबार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री लामाले विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेश सभा सचिवालयमा पत्र दर्ता भइसकेको छ । साउन १५ गते दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने बताइएको छ ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका लामा गत साउन ८ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त हुँदा उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ । मुख्यमन्त्रीमा नियुक्त भएका लामाले बागमती सरकारलाई पूर्णतासमेत दिइसकेका छन् ।
कूल ११० सदस्यीय प्रदेश सभामा लामालाई विश्वासको मतका लागि कम्तीमा पनि ५६ सांसदको समर्थन आवश्यक पर्छ । बागमतीमा कांग्रेस–एमाले एकठाउमा भएकाले स्पष्ट बहुमत रहेको छ ।
बागमतीमा माओवादी केन्द्रको २१, सभामुखसहित राप्रपाको १३, एकीकृत समाजवादीको सात, नेपाल मजदुर किसान पार्टीको तीन र हाम्रो नेपाली पार्टीको दुई सांसद रहेका छन् ।न्युज कारखाना
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागार र बालसुधार गृहको सुधारमा तीनै तहका सरकारको समन्वय गरेर अगाडी बढ्नुपर्नेमा जोड दिएका छन् ।
आइतबार बिहान संघीय संसदको कानुन न्याय तथा मानवअधिकार समितिको बैठकमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
‘अत्याधिक संख्यामा कैदीबन्दी रहेको समस्या देशभरिकै छ । भौतिक संरचनाको राम्रो विषय उठाउनु भएको छ,’ मन्त्री लेखकले भने, ‘भौतिक संरचनामा सुधार गर्न आवश्यक छ ।’ उनले यस्तै बाल सुधार गृहमा पनि ठाउँको अभाव छ । भौतिक संरचनाको अभाव देखिएको उनको भनाई छ ।
‘हामीसित ८ वटा जिल्लामा ९ वटा बालसुधार गृह छन् ।’ उनले भने, ‘यसको सुधार गर्न सबैलाई सरकारले राम्रोसँग सञ्चालन गर्नुपर्ने देखिएको छ ।’ कैदीबन्दीको सिदा र दैनिक खर्च कम भएको विषयमा सरकारको ध्यान गम्भीरतापूर्वक जाने गृहमन्त्री लेखकले बताए । कैदी बन्दीले भोग्नुपरेको स्वास्थ्य र सरसफाईका समस्या सम्बोधन गर्ने सरकारले ध्यान दिने बताए ।
‘कैदीबन्दीको सीप विकास र आय आर्जनको कुरामा पनि सरकार गम्भीर छ ।’ गृहमन्त्री लेखक भने, ‘कारागारलाई सीप विकास केन्द्रका रुपमा विकास जरुरी छ ।’ केही न केही उद्यम गरेर आय आर्जन पनि हुने र मानिस व्यस्त हुने अवस्था रहेको उहाँको भनाई थियो ।
कैदीबन्दीको स्वास्थ्य बीमा र सीपको व्यवस्थाका साथै मनोपरामशर्म कार्यक्रम आवश्यक भएको गृहमन्त्री लेखकले बताए । कैद कट्टामा सर्वोच्च अदालतले दिएको पछिल्लो निर्देशनअनुसार अगाडि बढ्ने उनको भनाइ छ ।
जबरजस्तीकरणी र लागू औषध सम्बन्धि अपराध अपराधलाई न्यूनीकरण र नियन्त्रण गर्नेतर्फ सरकारले पर्याप्त ध्यान दिने उनको भनाइ थियो ।
बैठकमा गृहमन्त्री लेखकले संसदीय समितिप्रति सरकार जावफदेही र जिम्मेवार हुने प्रतिबद्धता व्यक्त गरे । ‘प्रतिवेदनमाथि छलफल गरेर समितिबाट निर्देशन पाऔं । सरकार सदनप्रति जवाफदेही हुन्छ र जिम्मेवार हुन्छ ।’ उनले भने, ‘समितिको निर्देशन हामी गम्भीरतापूर्वक लिन्छौं र कार्यान्वयन पनि जति सक्छौं ।’ आर्थिक अभावका बिचमा पनि सरकारले यथेष्ट ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।
समिति बैठकमा गृह सचिव एकनारायण अर्यालले ७२ वटा कारागार मध्ये अहिले दश वटा स्तरोन्न्ती भइरहेको बताए । ‘कैदीबन्दीको क्षमता विकास र पुस्तकालयको काम गरिराखेका छौँ । कैदीबन्दीले कारगारमा बसुन्जेदसम्म सीप सिक्छ ।’ उनले भने, ‘त्यहाँबाट आइसकेपछि सोही अनुसार काम पनि पाउने अवस्था बन्छ ।’
उनले कैदीबन्दीको स्वास्थ्य बीमा गर्ने काम अगाडि बढेको जानकारी दिए ।
कार्यक्रममा कानून, न्याय तथा मानव अधिकार समितिले मुलुकभरका बाल सुधार गृह र कारागारको अनुगमनका लागि बनाएका तीन वटा उपसमितिले प्रतिवेदन समेत बुझाएका छन् । प्रतिवेदनमा बाल सुधार गृह, कारागारको समग्र अवस्था, देखिएको चुनौती एवं गर्नुपर्ने काम र सुधारको विषयसहितमा उल्लेख छ ।न्युज कारखाना
काठमाडौँ । इजरायलको कब्जामा रहेको गोलान हाइट्समा भएको रकेट आक्रमणमा १२ बालबालिका र एक किशोरको मृत्यु भएको छ । फुटबल मैदानमा भएको रकेट आक्रमणमा १० जनाभन्दा बढी घाइते भएका छन् ।
इजरायली सेनाले रकेट हिजबुल्लाहले प्रहार गरेको बताएको छ । तर हिजबुल्लाहले इजरायली सेनाको यो दाबी अस्वीकार गरेको छ ।
इजरायली सेनाले माजदल शाम्सको ड्रुज सहरमा रकेट प्रहार गरेको जनाएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यस हमलाको निन्दा गर्दै आक्रमणकारीले यसको ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् ।
यो आक्रमणपछि इजरायल र हिजबुल्लाहबीच प्रत्यक्ष युद्ध हुनसक्ने अनुमान गरिएको छ ।
गत वर्ष अक्टोबरमा इजरायल-गाजा युद्ध सुरु भएदेखि इजरायली सेना र हिजबुल्लाहबीच लगातार गोली हानाहान भइरहेको छ ।न्युज कारखाना
रौतहट । रौतहटको उतरिभेग गुजरा नगरपालिकाकी एकादलित बालिका माथी सामूहिक बलात्कार घटनामा लामो रस्साकस्सी पछी प्रहरीकोमा मुद्दा दर्ता भएको बाहिरिएको छ।
घटनापछि केही स्थानिय जनप्रतिनिधिले लेनदेनको भरमा मुद्दा मिलाउने चलखेल गरेको कारण घटनाको २२ दिन पछि मात्र मुदा दर्ता भएको हो ।
गुजारा नगरपालिकाकी उपमेयर रत्ना लामाको पहल र जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा आरोपीहरु बिरुद्द ईलाका प्रहरी कार्यालय गरुडामा गत ७ गते मुद्दा दर्ता भएको हो। पीडित र पीडक गुजराको भएपनि घटनास्थल कटहरिया भएकाले उक्त मुद्दा गरुडामा दर्ता भएको प्रहरीले जनाएको छ।
आरोपीहरु गुजरा ४ कनकपुर गाउँका शेख जफीरको छोरा बर्ष २० को शेख ईञ्जमाम, शेख बाकलको छोरा बर्ष २१ को शेख मुस्ताक, र रामचन्द्र दास तत्माको छोरा बर्ष २५ को दीपेन्द्र कुमार दास बिरुद्द जबरजस्ती करणी लगायतको मुद्दा दर्ता भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण समेत भएर आवश्यक कार्यवाही प्रक्रिया अगाडी बढाईनुका साथै घटना बारे थप अनुसन्धान भइरहेको प्रवक्ता गिरीले जानकारी दिएकी छिन् ।
घटना बिवरण अनुसार आरोपी मध्ये एकजनाले गुजरा ४ कनकपुर गाउँकी १७ बर्षिया एक दलित बालिकालाई बिभिन्न प्रलोभन दिई ललाई फकाई गत असार १५ गते दिउँसो कटहरिया २ कनकपुर जमुनिया गाउँ बीचको चौरमा लागेका थिए ।
पहिलै देखी त्यहाँ लुकिवसेका अन्य दुई आरोपी सहित तीनैजनाले बलपूर्वक दलित बालिकालाई पालै पालो बलात्कार गरी मोबाईल फोन बाट भिडियो समेत बनाएका थिए ।
घटनाको बारेमा पीडित बालिकाले आफ्नो परिवारमा जानकारी गराए पछि स्थानिय निकायका केही जनप्रतिनिधि र केही राजनीतिक दलका नेताहरुले उसको परिवारमाथि दिएको दवाबको कारण घटना बाहिर आउन सकेन।
भित्रभित्रै लेनदेनको भरमा सामूहिक बलात्कार जस्तो जघन्य अपराधलाई मिलाउने चलखेल सुरु भएको थियो। पीडित परिवारमाथि दिएको बिभिन्न धाक धम्कीको कारण उनीहरू प्रहरी सामु पनि जानसकेका थिएनन्।
घटनाको २० दिन पछि गुजरा नगरपालिकाकी उपमेयर रत्ना लामा घटना बारे जानकारी पाएर पीडितको घरमा पुगेर उनीहरू लाई हौसला दिंदै घटना बारे एसपी घिमिरेलाई जानकारी गराएकी थिइन्।
लगत्तै एसपी घिमिरेको निर्देशनमा पीडित परिवारले पीडक बिरुद्द ईलाका प्रहरी कार्यालय गरुडामा लिखित जाहेरी दरखास्त दिएको थियो।
जाहेरी संगै एसपी दिलीप घिमिरे, ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रामेश्वर त्वाती, ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख इन्स्पेक्टर ईन्द्र मणि अधिकारी आफै फिल्डमा खटेर कानुनी कारवाही प्रक्रिया अगाडी बढाएको गुजराकी उपमेयर लामाले जानकारी दिएकी छिन्।
एसपी घिमिरेले यस्तो जघन्य अपराधलाई लेनदेनको भरमा टुंगो लगाउने कार्य आफैमा अपराध भएको बताएका छन्। उनले यस्तो कार्य गर्ने जोसुकै भएपनि कडा भन्दा कडा कार्वाही हुनुपर्ने बताएका छन।आरोपी तीनैजना हाल फरार रहेकाले उनीहरूको खोजी तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रौतहट प्रहरी प्रमुखको रूपमा एसपी दिलीप घिमिरे आएदेखि तुलनात्मक रूपमा आपराधिक क्रियाकलापमा कमी आएको स्थानीयहरूले बताएका छन ।न्युज कारखाना
कठमाडौं, साउन १३ ।
न्यादी हाइड्रोपावर गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नोक्सान व्यहोरेको छ । अघिल्लो वर्षको तुलनामा यसको नोक्सनी घटेको छ ।
कम्पनीले १६ करोड ६६ लाख ७३ हजार रुपैयाँको नोक्सानी व्योहोरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २० करोड ९३ लाख २१ हजार रुपैयाँ नोक्सान व्यहोरेको थियो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि सामान्य बढेको छ । विद्युत बिक्रीबाट आम्दानी बढेकै कारण यसले आफ्नो नोक्सानीमा केही कमी ल्याउन सकेको देखिन्छ ।
यसले विद्युत् बिक्रीबाट ५९ करोड २० लाख ४६ हजार रुपैयाँ आम्दानी गरेको छ । अन्य स्रोताट हुने आम्दानी ७८ हजार रुपैयाँ छ । गत असार मसान्तसम्म यसको चुक्ता पुँजी १ अर्ब ५० करोड छ । प्रतिसेयर आम्दानी ११ रुपैयाँ ११ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ६६ रुपैयाँ ०२ पैसा छ ।न्युज कारखाना
कठमाडौं, साउन १३ ।
एनआइसी एसिया बैंकले आजदेखि आफ्नो स्वामित्वमा रहेको सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।
यस बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्यज्योतिको ९२ हजार ३४९ कित्ता सेयर लिलामीमा ल्याएको हो । यसमा न्यूनतम १७१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसमा साउन १८ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ । न्युज कारखाना
चितवन ।
चितवनको सिमलतालमा त्रिशुलीमा खसेको दुई वटा बस र यात्रुको अवस्था अझै अज्ञात रहेको छ ।
बस बेपत्ता भएको आज १७ दिन पुगेको छ । नेपाली र भारतीय टोलीले गरेका खोजीका सबै प्रयास असफल भएसँगै बस खोजीका लागि आएको भारतीय टोली आज फर्किदै छ ।
नेपाली टोलीले अब कसरी खोजीकार्य अगाडी बढाउने भन्ने विषयमा छलफल गर्ने तयारी गरेको छ ।
यस अघि भारतीय उद्दार टोलीले घटनास्थलमा शनिबार दिउँसो बस खोजी गर्नेक्रममा १९ किलोको चुम्बक नै पानीले बगाएको थियो । भारतीय टोलीले शनिबार १९ केजी र १४ केजीको दुई वटा चुम्बक प्रयोग गरेर खोजी गरेको थियो ।
यसैबीच शनिबार साँझ चितवनको केराबारीमा नदीको बीचमा रातो बस जस्तो बस्तु देखिएको स्थानीयले बताएपछि सुरक्षाकर्मीहरुले भने सो बस्तु बस नभएको बताएका छन् ।
असार २८ गते लेदोसहितको पहिरोले बगाएका दुई बस अहिलेसम्म भेटिएका छैनन् । बसमा रहेका ६२ यात्रु मध्ये अहिलेसम्म २४ जनाको शव फेला परेको छ भने अझै ३८ जनाको अवस्था अज्ञात रहेको छ । न्युज कारखाना
धनगढी ।
महाकाली नदीमा हाम फालेर एक किशोरी बेपत्ता भएकी छन्। शनिबार बेलुका दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्ने ताल क्षेत्रस्थित महाकाली नदीमा किशोरी हाम फालेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार १७ वर्षीया धनिशा कुँवर महाकालीमा बेपत्तामा भएकी छन् ।
दिदीको घरमा बस्दै आएकी किशोरी महाकालीमा हाम फालेको भिडियो सार्वजनिक भएको छ । महाकालीको किनारको पिल्लर समातेर उभिरहेकी किशोरी आफु नजिक उद्धारको लागि सुरक्षाकर्मी पुगेपछि महाकालीमा हाम फलेको भिडियोमा देख्न सकिन्छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार किशोरीको खोजी जारी रहेपनि अहिलेसम्म अवस्था पत्ता लागेको छैन ।न्युज कारखाना
पर्सा ।
सशस्त्र प्रहरी बलले पर्सा जिल्लाको पोखरीया नगरपालिका–१ स्थित बनकटवाबाट १२ किलो चरेश, विभिन्न किसिमका सामान र एउटा मोटरसाईकलसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
भारतको पश्चिम चम्पारन विसनपुर मटेरवा बस्ने १८ बर्षिय कुञ्जन कुमार महतोलाई साउन १२ गते सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश पोखरीयाले नियन्त्रणमा लिएको हो ।
बीआर २२ एबी १२९२ नम्बरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई शंका लागि जाँच गर्दा महतोको साथबाट १२ के.जी. चरेश, ५ हजार ४ सय २० भारतीय रुपैयाँ, १ थान मोबाईल सेट सहित नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएका महतोलाई बरामद सामान र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।न्युज कारखाना