२०८३ श्रावण ७
२०८३ श्रावण ७

विराटनगर- मोरङ उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।

उर्लाबारी नगरपालिका-५ का ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। तामाङले घरमै बोलाएर दाहालको हत्या गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।

मंगलबार राति साढे ६ बजे तामाङले आफ्नै घरमा बोलाएर दाहालमाथि धारिलो हतियार तथा लाठी प्रहार गरेका थिए।

गम्भीर घाइते भएका दाहाललाई गोदावरी अस्पताल उर्लाबारीमा प्रारम्भिक उपचारपछि बिएन्डसी अस्पताल विर्तामोड लगिएको थियो।

दाहालको उपचारको क्रममा त्यही दिन राति ८:४० बजे मृत्यु भएको थियो।

कार्कीका अनुसार दाहालको हत्यापछि भागेका तामाङलाई सुन्दरहरैंचा नगरपालिका-४ दुलारी चोकमा पक्राउ गरिएको हो। उनी को१ख ६४७१ नम्बरको बसमा थिए।

तामाङ हत्या आरोपमा जेल परेर छुटेका व्यक्ति हुन्। उनको आपराधिक अभिलेखबारे प्रहरीले जानकारी दिएको छ।

तामाङलाई कर्तव्य ज्यानमुद्दामा २०७१ साल असोज ९ गते अदालतले १० वर्ष सजाय तोकेको थियो।

तर, उनी २०७६ सालको प्रजातन्त्र दिवसको दिन छुटेका थिए।

जेलबाट छुटेको एक वर्षमै उनलाई ज्यान मार्ने उद्योगमा अदालतले २०७७ भदौ ८ गते २ वर्ष ६ महिना  कैद तोकेको थियो। त्यो कैद भुक्तान गरेर तामाङ छुटेका थिए।

जेलबाट छुटेको दुई महिनापछि २०७७ कात्तिक ७ गते उनलाई अदालतले लागुऔषध मुद्दामा ३ महिना कैद र १ लाख धरौटी तोकेको थियो। त्यो कैद भुक्तान गरी तामाङ छुटेका थिए।

त्यस्तै, अभद्र व्यवहार मुद्दामा २०८० असोज २४ गते उनी एक लाख धरौटी तिर्न नसकेर कारागार मोरङ चलान भए। २५ गते धरौटी तिरेर उनी छुटेका थिए।

प्रहरी उपरीक्षक कार्कीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको छ। तामाङलाई कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

दाहालको हत्या हुनुमा पुरानो रिसिइबी नरहेको बुझिएको प्रहरीले जनाएको छ। त्यसदिन तामाङले दाहाललाई मोबाइल चोरी गरेको आरोप लगाएका थिए।

‘उनीहरूबीच पुरानो झगडा-रिसिइबी देखिँदैन, मोबाइल चोरी भएको विषयमा बोलाएर छलफल गर्ने क्रममा तामाङले दाहालमाथि छुरा प्रहार गरेको बुझिएको छ,’ प्रहरी उपरीक्षक कार्कीले बताए।

घटना भएको अघिल्लो दिन छिमेकी व्यक्ति सुरज चौधरीसँग दाहालको झगडा भएको थियो।

त्यसक्रममा चौधरीले दाहाललाई धम्क्याएको आफन्त टिका दाहालले बताइन्। त्यसको भोलिपल्टै घरबाटै बोलाएर दाहाललाई तामाङले लगेको उनले बताइन्।

घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तर, मुख्य व्यक्ति तामाङ नै रहेको प्रहरीले जनाएको छ।

हत्या गरिएका युवक गोपाल दाहालका एक मात्रै छोरा थिए। उनको हत्यापछि परिवार शोकमग्न छ।

न्युज कारखाना

काठमाडौं । काठमाडौंमा भएको सौर्य एयरको विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन् ।

गत साउन ९ गतेदेखि उनको काठमाडौंको  सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भईरहेको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ ।

काठमाडौंबाट आफ्नै कर्मचारी लिएर पोखरा जान लागेको सो जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटना भएको थियो । सो विमान दुर्घटना हुँदा जहाजमा सवार १९ मध्ये १८ जनाको निधन भएको थियो ।

न्युज कारखाना

काठमाडौँ । जारी पेरिस ओलम्पिकमा भारतले तेस्रो पदक जितेको छ ।

भारतका स्वप्निल कुसलेले पुरुष ५० मिटर राइफल थ्री पोजिसनमा कास्य पदक जितेका हुन् । यो ओलम्पिकमा सुटिङमा भारतको तेस्रो पदक हो । स्वप्निल मनु भाकरले महिला १० मिटर एयर पिस्टलमा कास्य जितेकी थिइन् भने मनुले सरबजोत सिंहसँगै १० मिटर एयर पिस्टल मिक्स इभेन्टमा पनि कास्य जितेकी थिइन् । महिला वा पुरुषको ५० मिटर राइफल ३ पोजिसनमा ओलम्पिक पदक जित्ने स्वप्निल पहिलो भारतीय बनेका छन् ।

पदक जित्ने आशा नगरिएका स्वप्निलले काश्य पदक जितेर सबैलाई चकित पारेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । राइफल थ्री पोजिसनमा शूटरले तीन पोजिसनमा लक्ष्य राख्छ । यसमा घुँडा टेक्नु, टेक्नु वा पेटमा सुत्नु र खडा हुनु समावेश छ । स्वप्निलले स्ट्यान्डिङ पोजिसनमा उत्कृष्ट पुनरागमन गर्दै पदक जितेका थिए ।

स्वप्निलले घुँडा टेकेर १५३.३ स्कोर गरेका थिए । यसपछि प्रोन पोजिसनमा उनको कुल स्कोर ३१०.१ भयो । एलिमिनेशन राउन्ड घुँडा टेकेर र प्रोन पोजिसन पछि सुरु भयो र त्यसपछि स्ट्यान्डिङ पोजिसनमा दुई शटहरू हानेका थिए । घुँडा टेक्ने राउण्डमा प्रोन पोजिसनपछि पनि स्वप्निल छैटौं स्थानमा रहे ।

तर, एलिमिनेशन राउण्ड सुरु हुनेबित्तिकै स्वप्निल पहिला पाँचौं र त्यसपछि तेस्रो स्थानमा पुगे । पूरै एलिमिनेशन राउण्डमा स्वप्निल तेस्रो भए । उनी युक्रेनका दोस्रो स्थानका शूटर सेर्हीभन्दा ५ अंकले पछि परेर रजत पदकबाट चुकेका थिए ।

न्युज कारखाना

रौतहट । बाँदरले अनावश्यक दुख दिएको भन्दै रौतहटको मध्यभाग गरुडा नगरपालिकाका किसानहरु आन्दोलित भएका छन् ।

बाँदरले किसानको बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै जिल्लाको मध्यभाग गरुडा बजारको मूल सडकमा मेयर प्रत्याशी दीपक कुमार यादवको नेतृत्वमा गएका किसानहरुले प्रदर्शन पछी मेयर कन्थमणि जैसवाल लाई क्षतिग्रस्त उँखु उपहार दिएको छ।

बाँदरले बालीनाली सखाप पारी आतंक मच्चाएको भन्दै बाँदर नियन्त्रणको माग गर्दै किसानहरु गत असार १५ गते देखी आन्दोलनमा उत्रेका छन् ।

बाँदर नियन्त्रणका लागि यस अघी किसानहरुले असार १६ गते गरुडा नगरपालिकामा ज्ञापनपत्र बुझाएका थिए।

प्रत्यासी यादवको नेतृत्वमा दर्जनौँको संख्यामा गएका किसानहरुले  बिहिवार मेयर कन्थमणि जैसवाल लाई सम्बोधन गर्दै गरुडा नगरपालिकाको मूल गेटमा बाँदरले क्षतिगरेको उँखु उपहार स्वरुप राखेका थिए ।

गरुडा नगरपालिका वडा २ गेडही गुठि, ३ मलाहिटोल, वडा ४ गरुडा, वडा ८ बसबिटि जिंगडिया, गम्हरीया लगाएत गाउँका किसानको बालीनालीमा बाँदरले क्षति पुरयाएको भन्दै बाँदरको उचित व्यवस्थापन तथा नियन्त्रण गरिदिन माग गर्दै आएका छन।

झण्डै चार सयको संख्यामा रहेको बाँदरको समुहले  पछिल्लो चार वर्षदेखी गरुडा नगरपालिकाका किसानहरुले लगाउने धान, मकै, उखु, तरकारी लगाएत बालीनाली नष्ट गर्दै आएको नेता यादवले बताएका छन।

वर्षभरीलाई पुग्ने खाद्यान्न बाँदरको हुलले एकैछिनमा सखाप पार्ने गरेका कारण धेरै मिहिनेत र लगानी गरेर बाली उब्जाउने किसानहरु निकै समस्यामा परेको किसानहरूले दुखेसो पोखेका छन्।

२५ किलोमिटर भन्दा टाढा वनबाट आएको बाँदर फर्की जान नसकेर गरुडा नगर क्षेत्रको गाउँको छेउछाउमा बस्ने गरेको र किसानहरुको बालीमा क्षति पुरयाउने गरेका छन् ।

बाँदरले खेतबारीमा फल्दै गरेको मकै , उँखु लगाएतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा र उँखु तयारी अवस्थामा बढी समस्यामा पारेको गम्हरीयाका किसान विनोद यादवको गुनासो छ ।

२० मिनेट मात्रै बाँदर खेतमा पसेमा सारा खेतीपाती नष्ट गर्ने भएकाले बाँदर नियन्त्रण गर्न अति आवश्यक रहेको उनीहरुको भनाइ छ ।

राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै चार सयको हाराहारीमा आउने बाँदरले किसानहरुलाई सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन्।  सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेको किसानहरु बताउँछन । बाँदर नियन्त्रण गर्न मेयर जैसवालले चासो नलिएको किसानहरूको आरोप रहेको छ ।

न्युज कारखाना

अर्घाखाँची । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-८ गोलखाडा बस्ने  ६१ वर्षीय निम बहादुर कुँवरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कुँवरले ती किशोरीलाई सोही नगरपालिका-६ स्थित जंगलमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका-१५ बस्ने २० वर्षीय  संजय राजवंशीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । राजवंशीले ती बालिकालाई मंगलबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

न्युज कारखाना

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् ।

बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषय छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरुले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानून बेगर मुद्दा चल्न नसक्ने बताए ।

‘फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नी, लोकतन्त्रमा मुद्दा कानून बेगर चल्छ ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ भन्ने मेरो आग्रह छ ।’ उनेल भने- ‘कुनै मुद्दा चलेको छ भने छटुन् पनि कानून बमोजिम छुट्छ । भन्ने मेरो आधारभुत मान्यता हो ।’

सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्र्न उत्प्रेरित गर्ने विषय भएको उनको भनाई थियो । ‘यो विषयलाई सरकारले प्राथमिकतामा राखेर प्रद्धिवतदा व्यक्त गर्दछु ।’ उनले भने– ‘समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।’

त्यसैगरी प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उनले बताए ।

‘कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिले काँही सामान्यतया अवधी तोकेको हुन्छ । तर कहिले काही अवधी भन्दा पहिले पनि हुन्छ ।’ मन्त्री लेखकले भने–  जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो, र योग्यतम ठाउँमा पुग्नु भएको छ । किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नी, प्रहरी राम्रो बनाउनु पर्यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?’ उनले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रह समेत गरे ।

न्युज कारखाना

काठमाडौँ । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ ।

जसमा मोरङ, बिराटनगर महानगरपालिका-१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका-४ आइतबारे बस्ने २५ वर्षीय अमन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  ।

त्यस्तै झापा, बिर्तामोड नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट १ पत्ता र सिरिन्ज ६ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ बस्ने २४ वर्षीय अनिष चौधरी, २५ वर्षीय सुरज राई र २३ वर्षीय धिरज राई रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी झापा, झापा गाउँपालिका-४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय ३० मिलिग्राम सहित भारत किसनगंज सतकुवा दिंगलबैक पञ्चायत-१ बस्ने ३६ वर्षीय सोमाई किस्कुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका-४ स्थित मोबाइल पसल संचालन गरी बस्ने २९ वर्षीय युबराज शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनको पसल तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यसैगरी बाँके, कोहलपुर नगरपालिका-११ चौराहास्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ८० मिलिग्राम सहित सोही नगरपालिका-११ खानेपानी ट्याङकी बस्ने २७ वर्षीय राज कुमार थारू समेत ५ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले बुटाबाट चप्परगौडीतर्फ जाँदै गरेको भे.१ ह ७६९८ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी बाँके, कोहलपुर नगरपालिका-२ मनकामना चोकस्थित होटल डिभान्डीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ३० मिलिग्राम सहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका-२ बिकाशनगर बस्ने २२ वर्षीय राम बहादुर विक र १९ वर्षीय राकेश विक रहेका छन् । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उक्त होटलको १११ नम्बरको कोठामा बसेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१० मसानघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ८ ग्राम सहित मायादेवी गाउँपालिका-६ बेथरी बस्ने २० वर्षीय अभिषेक सोरहिया मल्लाहलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले यूपी ५३ एवी ४६४२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा चालक अभिषेकलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-७ जोखर तालबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय अर्जुन चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटे चेक प्वाइन्टबाट अवैध लागूऔषध गाँजा करिब ३३ किलोग्राम सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा बस्ने ३४ वर्षीय बिनोद सेवा र सोही उपमहानगरपालिका-१३ बनस्पती बस्ने धादिङ गजुरी गाउँपालिका-४ घर भएकी ४६ वर्षीया सुनिता तामाङ रहेका छन् । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र.०३-००१ च २११६ नम्बरको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी चालक बिनोद र गाडीमा सवार सुनितालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

न्युज कारखाना

कञ्चनपुर ।

कञ्चनपुरको दोधाराचाँदनीमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ ।

आफ्नै खेतबारीमा धान गोड्ने क्रममा बिहीबार बिहान १०: ४५ बजेको समयमा बाघले एक्कासी आक्रमण गर्दा दोधाराचाँदनी नगरपालिका -२ की २० वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाघले महिलालाई आक्रमण गरेको स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरीले खोजतलास गर्दा महिलालाई उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
न्युज कारखाना

धनकुटा ।

गएराती वर्षा सँगै परेको चट्याङ लागेर धनकुटामा एक व्यक्तिको मृत्यु भएको छ ।

जिल्लाको पाख्रीवास नगरपालिका वडा नं ६ छरछरे टोलका वर्ष ६५ का गणेश बहादुर कार्कीको अन्दाजी राती ९ बजेको समयमा चट्याङ लागेर मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

मृतकको पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा लगिएको छ ।

न्युज कारखाना

काठमाडौं । शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको निधन भएको छ ।

सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त विमारी रहेका थिए

दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो । आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उनले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ ।

दस वर्षको उमेरमै गाउँघरमा मनोरञ्जनका लागि गरिने नाटक स्टेज कार्यक्रमबाट चम्किएका गुरुदेव कामतले भारतको इलाहावाद र पश्चिम मङगालबाट शास्त्रीय संगीत सिकेका थिए । २०६१ सालदेखि काठमाडौंमा गुरुकल संगीत पाठशाला खोलेर सयौलाई संगीत सिकाएका कामतलाई ६ महिना पहिले दुबै मिर्गौला काम गर्न छाडेपछि काठमाडौंमा उपचार गराएर डायलोसिस नियमित गराउन चिकित्सकहरुले दिएको सल्लाह अनुसार लहानमा डाइलोसिल गराउँदै आइरहेका थिए ।

उनका तीन छोरा एक छोरी रहेका छन् । उनको आजै दिउँसो २ बजे पोखरभिण्डामा अन्तिम दाह संस्कार गरिने परिवारजनले जनाएको छ ।न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।