२०८३ असार ३१
२०८३ असार ३१

 सर्लाही ।

शिक्षक पेशाबाट जिवन शैली प्रारम्भ गरेको रामाशंकर कुशवाहा बलरा नगरपालिकाको मेयर बनेर नेपाल सम्मान २०८१ बाट सम्मानित सम्मको यात्रा तयर गर्न सफल भएका छन् ।

प्रयास मञ्च नेपाल, काठमाडौं, नेपालद्वारा बलरा नगरपालिका, सर्लाहीका नगर प्रमुख एवं विकास अभियन्ता कुशवाहा लाई एक कार्यक्रमका बिच सम्मानित गरिएको बलरा नगरपालिकाले जनाएका छन ।

शैक्षिक तथा सामाजिक सेवामा समर्पित प्रयास मञ्च नेपालको प्रस्तुति बुद्धवीर लामा तेहौ गितिमय(गीतकारको एकल साङगीतिक कार्यक्रम) मा बलरा नगरप्रमुख एवं विकास अभियन्ता कुशवाहा सम्मानित भएपछि जिल्लामै बधाई तथा शुभकामना दिनेको ओइरो लागेका छन ।
नेपाल सम्मान २०८१ बाट सम्मानित हुने मेयर कुशवाहा देशमै पहिलो र एकमात्र जनप्रतिनिधि बनेका छन ।

कार्यक्रममा खेलकुद, शिक्षा, गित संगित र चलचित्र तथा विविध लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

विविधबाट बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहा, वरिष्ठ अधिवक्ता देवराज कटुवाल, समाजसेवी गोले दम्पत्ति गणेश र विन्दुदेवी, समाजसेवी एंव व्यवसायी संतोष राई लगायत सोही अवसरमा विदेशमा रहेर नेपाललाई चिनाउन अहम भूमिका निर्वाह गर्ने व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।
नेपाल सम्मान–२०८१ कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व प्रधानमन्त्री मा.झलनाथ खनाल, प्रयास मन्त्र नेपालका अध्यक्ष शिवध्वज कार्की, कार्यक्रम संयोजक जशु लामा, ज्ञानोदय बाल वाटिका माविकी संस्थापक प्रिन्सिपल इन्दिरा थाक्थुम्बा लगायतले कदरपत्र सहित सम्मान गरे ।

नेपालको आर्थिक समृधिको लागि राजनितिक नेताको रुपमा यहाँले पुर्याउनु भएको योगदानका कदर गर्दै सम्मान गरेको आयोजकले जनाएका छन ।

सम्मान प्राप्तले आफनो कार्यक्षेत्रमा थप उर्जा प्राप्त भएको र अगामी दिनहरूमा थप जिम्मेवार भएर काम गर्ने मेयर कुशवाहाले बताए ।

मेयर कुशवाहा का शिक्षा र बाल्यकाल

मेयर रामाशंकर कुशवाहा हुने विरुवाको चिल्लो पात झै बाल्यकालदेखि नै पढाईमा अब्बल थिए ।
साविक गाविस सुदामा वार्ड ७ तथा हाल बलरा १० सुदाममा बुबा रामअश्रे महतो र आमा रामसखी देवीको पहिलो सन्तानको रुपमा २०४३ सालमा असार २२ गते जन्मिएका मेयर कुशवाहा आफनो बाल्यकालका शिक्षा स्थानिय विद्यालय श्री महादेव जनता प्राविबाट पुरा गरे ।
प्रावि पछि अचलगढका श्री सिताराम आधारभूत विद्यालयमा कक्षा ६ भर्ना .भए । जिल्ला स्तरिय परीक्षा पास गरेपछि अगाडीका पढाईका लागि रौतहटका ख्याति प्राप्त जुद्व माविमा भर्ना भए ।

विस. २०५८ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि विरगन्ज स्थित हरि खेतान कलेज प्लस टु मा अंग्रजी विषयमा भर्ना भए । प्लस टु पास गरेपछि स्नातक र स्नाकोत्तर विरगन्जकै चर्चित क्याम्पस ठाकुर रामबाट पास गरेर फेरी हरि खेतान कलेजबाट एम.ए पास गरे ।

२ वटा विषयमा मास्टर्स पास गरेपछि वि.स २०६५ सालमा हरि खेतानबाटै अध्यायपन सुरु गरे । शिक्षक सेवा आायोगमा निमावि तहमा नाम निकालेपछि वि.स २०७१ भदौ १२ गते सर्लाहीको भाँडसर स्थित श्री राम गुलाम जनता माविमा शिक्षकको रुपमा नियूक्ति पाए ।
उहाँ विस. २०७५ मंसिर ५ गते गोडैता ६ बगदह स्थित श्री रामजानकी आधारभूत विद्यालयमा सरुवा भएर आए । यहाँ आएको ६ महिना नबित्दै उहाँले प्रधानाध्यापकको जिम्मेवारी पाए ।
करिब २.५ बर्ष आधारभूत विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत पछि स्थानिय तहको दोस्रो निर्वाचनमा उहाँले मेयरमा उम्मेदवारी दिन शिक्षक पेसाबाट राजिनामा दिए ।

आमाबाट परिवारमा राजनितिक सुरुवात

मेयर रामाशंकर कुशवाहाका आमा उपमेयरमा निर्वाचित भएपनि ब्याकवार्ड भएका कारण पूर्व मेयरले कुनै पनि मान प्रतिष्ठा दिएन, मेयर रामाशंकर कुशवाहाका आमा विगतलाई सम्झलै भावुक हुदै भनिन ।
अस्तित्व स्विकार्य नगरेपछि आर्थिक लोभ र बजेटका लागि कुनै सम्झौता गरिन्न । मैले बलरामा राजनितिक परिवर्तन चाहेका थिए, त्यसका लागि छोराले सरकारी जागिर छाडेर आफनो भविष्य र करियर दाउमा लगाउदै मेयरमा उम्मेदवारी दिए, मेयर कुशवाहाका आमा रामसखी देवी बताउँछिन ।
ठुलो परिवर्तनका लागि कसै नकसैलाई त्याग र सुरुवात गर्नैपर्छ भनी छोरा मेयरमा उम्मेदवारी दिएपछि आफनो मनलाई आफैले सम्झाउथिन, उनि । तर छोरा चुनाव जित्छ भने यकिन थिएन तर छोराले राजनितिक परिवर्तनका लागि विगुल फुकेकोमा उहाँ खुशि थिईन ।

आमाको अस्तित्व नस्विकारेपछि राजनितिक प्रतिशोध
देशमा संघियता आएपछि विस.२०७४ सालमा २० बर्षपछि स्थानिय तहको पहिलो निर्वाचन हुदाँ मेयर रामाशंकर कुशवाहाका आमा महन्थ ठाकुर नेतुत्वको राजपाबाट उपमेयरमा निर्वाचित भएका थिए ।
तर तत्कालिन मेयर अभय कुमार सिंहले उपमेयरको अस्तित्व स्विकार्य नगरेपछि कुनै पनि सेवा सुविधा नलिएको र आर्थिक लोभमा कुनै पनि सम्झौता नगरेपछि आम नागरिकको मनमा बस्न थाले यूवा रामाशंकर कुशवाहा ।

आफू गोडैता ६ बगदह स्थित श्री रामजानकी आधारभूत विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत उनि आमा माथि भएको विभेद र अन्यायको प्रतिशोधले राजनितिकमा उहाँको ध्यान खिचे ।

एउटा सामान्य किसान परिवारमा जन्मिएका कुशवाहाका राजनितिक यात्रा त्यति सहज थिएन, उहाँ फोरवार्डको बर्चस्व भएको बलरा नगरमा अन्य वर्गका व्यक्तिहरु मेयर जस्तो पदमा उम्मेवादरी दिनु नै ठुलो कुरा थियो ।
त्यहाँका निम्न वर्गका नागरिकहरु समेत बर्षाैदेखि राजनितिक परिवर्तनको पर्खाईमा थिए । फलस्वरुप नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिएका रामाशंकर कुशवाहा इतिहास रच्दै ऐतिहासिक विजय हासिल गर्न सफल भए । यसलाई बलरावासीका निमुख तथा गरिब जनताको ठुलो जितका रुपमा हेरियो ।

बलरा नगरपालिकाका सर्वसाधारण थिचोमिचोमा परेका मेयर रामाशंकर कुशवाहा शिक्षा पेसालाई सदाका लागि विश्राम दिदै राजनितिकमा आए । पूर्व मेयरले नगरपालिकालाई आफनै घरबाट संचालन गरी आम नागरिकका मौलिक हक समेत हनन गर्ने काम गरेका थिए ।
बलरामा भएका सामन्तवाद र शासक प्रवृत्तिका अन्त्य गर्न तथा आम नागरिकलाई राजनितिक बन्धनबाट मुक्त गरी स्थानिय राजतन्त्रको अन्त्यका लागि मेयरमा उम्मेदवारी दिएको मेयर कुशवाहा बताउँछन ।

मेयर कुशावाहा चुनावी एजेण्डामा अडिग

मेयर रामाशंकर कुशवाहा चुनावको समयमा जनतासंग गरेको वाचामा समेत अडिग देखिन्छ । उहाँ मेयर भएको करिब २.५ बर्षको कार्यकाल पुरा हुन लाग्दा पनि कार्यपालिकामा उहाँ अल्पमतमा भएपनि विना विवाद र मनमुटावले नगरपालिका चलाउदै आएका छन ।
उहाँ नगरपालिकाको कार्यलयमा बसेर कार्यसम्पादन, सब दिन कार्यलय तथा जनतको घरदैलोमा उपस्थित भई जनतको गुनासो सुन्ने, विना बहुमत विवादरहित पालिका संचालन, उहाँको कार्यशैलीमा भएका निर्भिकता र तटस्थाले आम सर्वसाधारण स्थानिय सरकार भएको महसुस गरिरहेका छन ।
फोरवार्डको आर्थिक, सामाजिक तथा राजनितिक रुपमा बाहुल्यता भएका कारण शोषण र विभेदका सिकार भएका ब्याकवार्डका निमुखा जनाताका लागि मसिहा भएर मेयर रामाशंकर कुशवाहा अघि आए ।
उहाँले चुनावमा जनतासंग गरेको वाचा र एजेण्डा माथि खरो उत्रिन सफल भएका कारण पनि बलरावासी नयाँ मेयरलाई लिएर उत्साहित रहेका छन ।

मेयर कुशवाहा को पहिलो प्राथमिकता शिक्षा, स्वास्थ र कृषि

सर्लाहीको बलरा नगरपालिकाका पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य तथा कृषि रहेको मेयर रामाशंकर कुशवाहा बताउँछन । आफू निर्वाचित भएलगत्तै शिक्षा, स्वास्थ लगायत आम नागकिहरुको मुलभुत अधिकार र स्थानिय तहबाट प्रवाह हुने सेवाहरुलाई सरल, व्यवस्थित र पारदर्शि बनाउनमा जोड दिए ।

नगरका शिक्षालाई व्यवस्थित गर्न र पठनपाठनलाई थप प्रभावकारी बनाउनका लागि गत आर्थिक बर्षमा शिक्षा ऐन पारित गरेको बताउँछन ।
शिक्षा क्षेत्रमा भएका वेथिति तथा राजनितिक अन्त्यका लागि विद्यालय दरबन्दी समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्य विधि पारित गरेको उहाँले थपे । नगरले चाँडै विद्यार्थीको संख्याको आधारमा शिक्षक परिपूर्ति गरिने छ ।

बलरा वार्ड १० मा जिर्ण तथा प्रयोग विहिन अवस्थामा रहेका सुदामा सिँचाई वैरेजलाई मर्मत सम्भार तथा स्तोरोन्नति गरी किसानहरुको खेतमा पानी पुयाउने काम चाँडै सुरु गरिने बताए ।
जिल्लाकै पहिलो विना नहरको वैरेजको रुपमा रहेका सुदामा सिँचाई वैरेजमा नहर निर्माण तथा स्तोरोन्नति गरी किसानहरुको प्रयोगमा छिटै ल्याउने विश्वास दिलाए ।
नहरको पानी नपुग्ने नगरका अन्य ठाउँहरुमा स्यालो टुबेल तथा डिप बोरिंग जडान गर्ने कार्य भइरहेका छन, मेयर कुशवाहाले भने ।
नगरका सबै वार्डहरुमा कृषि विद्युतिकरण गरी कृषि मिटर मार्फत सबै किसानहरुलाई निशूल्क सिँचाई उपलब्ध गराउने प्रतिबद्वतता व्यक्त गरे ।
नगरले आफनै आर्थिक सहयोगमा विभिन्न गैरसरकारीहरुसंगको सहकार्यमा किसानहरुको आर्य आर्जन तथा जिविकाका लागि भैंसी पालन, बाख्रा पालन जस्ता कृषि सम्बन्धि कार्यक्रम संचालन गर्दै आएका छन ।

नगरकै आफनै खर्चमा बलराका प्राथमिक स्वास्थ केन्द्रबाट नगरअस्पतामा स्तोरोन्नति गरी २ वटा एमबिबिएस डाक्टरलाई नियूक्त गरी २४ औं घण्टा आपतकालिन सेवा सुरु गरेका मेयर कुशवाहा बताउँछन ।
नगरका वार्ड ५ मा स्वास्थ चौकीका जिर्ण रहेको भवनको ठाउँमा नयाँ भवन निर्माण तथा वार्ड न. ६, ४, ७ तथा १० का स्वास्थ्य चौकीका भवनका मर्मतसम्भार तथा पुननिर्माण गरी वार्ड १० मा नयाँ बर्थिंग सेन्टर संचालनमा ल्याएको बताए ।
नगरले २ वटा एम्बुलेन्स मार्फत गर्भवती महिलाहरुलाई सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा निशूल्क यातायात सेवा उपलब्ध गराउदै आएका छन, भने ज्येष्ठ नागरिहरुलाई ५० प्रतिशतसम्म छुटको सहुलियतमा यातायात सेवा उपलब्ध गराउदै आएको दर्जनौं सराहनिय कार्य मेयर कुशवाहाले गर्दै नगरवासीको मन जित्न सफल भएका छन् ।

प्रेमचन्द्र झा
अशाेज ०७
राैतहट । जिल्ला प्रशासन कार्यालयले साेमबार पहिलो पटक एक जनालाई गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरकाे छ । जर्मनी नागरिक फकरुदिन अलिअहमद शेख लाई प्रचलित कानुन बमोजिम निजलाई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेको बताए ।

जर्मनी नागरिक फकरुदिन अलिअहमद शेखले हालको गढिमाई नगरपालिका वडा नम्बर ३ साविक गम्हरिया पर्सा गाविस वडा नम्बर ५ को ठेगानामा जन्म स्थान उल्लेख गरि उक्त नागरिकता लिएका छन ।

आवश्यक कागजात उपब्ध गराएको दिन नै आफुलाई विषेश प्राथमिकताको आधारमा नागरिकता प्रमाण पत्र पाएकोमआ उनले खुशी व्यक्त गरे ।उनले प्राप्त गरेको गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्रको नम्बर ९-३२-०१-८१-००००१ रहेका छन।

सो नागरिकतामा बुवाको नाम शेख नेक महमद र आमाको नाम शेहरा खातुन उल्लेख छ। फकरुदिन अलिअहमद शेखको जन्म मिति २०४०/०१/०१ रहेका छन । उनले ईस्वि संम्बत २०१८/०२/२३मा जर्मनीको नागरिकता लिएका थिए ।

कुशवाहा, सर्लाही ।

शिक्षक पेशाबाट जिवन शैली प्रारम्भ गरेको रामाशंकर कुशवाहा बलरा नगरपालिकाको मेयर बनेर नेपाल सम्मान २०८१ बाट सम्मानित सम्मको यात्रा तयर गर्न सफल भएका छन् ।

प्रयास मञ्च नेपाल, काठमाडौं, नेपालद्वारा बलरा नगरपालिका, सर्लाहीका नगर प्रमुख एवं विकास अभियन्ता कुशवाहा लाई एक कार्यक्रमका बिच सम्मानित गरिएको बलरा नगरपालिकाले जनाएका छन ।

शैक्षिक तथा सामाजिक सेवामा समर्पित प्रयास मञ्च नेपालको प्रस्तुति बुद्धवीर लामा तेहौ गितिमय(गीतकारको एकल साङगीतिक कार्यक्रम) मा बलरा नगरप्रमुख एवं विकास अभियन्ता कुशवाहा सम्मानित भएपछि जिल्लामै बधाई तथा शुभकामना दिनेको ओइरो लागेका छन ।
नेपाल सम्मान २०८१ बाट सम्मानित हुने मेयर कुशवाहा देशमै पहिलो र एकमात्र जनप्रतिनिधि बनेका छन ।

कार्यक्रममा खेलकुद, शिक्षा, गित संगित र चलचित्र तथा विविध लगायत विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो ।

विविधबाट बलरा नगरपालिकाका मेयर रामाशंकर कुशवाहा, वरिष्ठ अधिवक्ता देवराज कटुवाल, समाजसेवी गोले दम्पत्ति गणेश र विन्दुदेवी, समाजसेवी एंव व्यवसायी संतोष राई लगायत सोही अवसरमा विदेशमा रहेर नेपाललाई चिनाउन अहम भूमिका निर्वाह गर्ने व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।
नेपाल सम्मान–२०८१ कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व प्रधानमन्त्री मा.झलनाथ खनाल, प्रयास मन्त्र नेपालका अध्यक्ष शिवध्वज कार्की, कार्यक्रम संयोजक जशु लामा, ज्ञानोदय बाल वाटिका माविकी संस्थापक प्रिन्सिपल इन्दिरा थाक्थुम्बा लगायतले कदरपत्र सहित सम्मान गरे ।

नेपालको आर्थिक समृधिको लागि राजनितिक नेताको रुपमा यहाँले पुर्याउनु भएको योगदानका कदर गर्दै सम्मान गरेको आयोजकले जनाएका छन ।

सम्मान प्राप्तले आफनो कार्यक्षेत्रमा थप उर्जा प्राप्त भएको र अगामी दिनहरूमा थप जिम्मेवार भएर काम गर्ने मेयर कुशवाहाले बताए ।

मेयर कुशवाहा का शिक्षा र बाल्यकाल

मेयर रामाशंकर कुशवाहा हुने विरुवाको चिल्लो पात झै बाल्यकालदेखि नै पढाईमा अब्बल थिए ।
साविक गाविस सुदामा वार्ड ७ तथा हाल बलरा १० सुदाममा बुबा रामअश्रे महतो र आमा रामसखी देवीको पहिलो सन्तानको रुपमा २०४३ सालमा असार २२ गते जन्मिएका मेयर कुशवाहा आफनो बाल्यकालका शिक्षा स्थानिय विद्यालय श्री महादेव जनता प्राविबाट पुरा गरे ।
प्रावि पछि अचलगढका श्री सिताराम आधारभूत विद्यालयमा कक्षा ६ भर्ना .भए । जिल्ला स्तरिय परीक्षा पास गरेपछि अगाडीका पढाईका लागि रौतहटका ख्याति प्राप्त जुद्व माविमा भर्ना भए ।

विस. २०५८ सालमा प्रथम श्रेणीमा एसएलसी पास गरेर उच्च शिक्षाका लागि विरगन्ज स्थित हरि खेतान कलेज प्लस टु मा अंग्रजी विषयमा भर्ना भए । प्लस टु पास गरेपछि स्नातक र स्नाकोत्तर विरगन्जकै चर्चित क्याम्पस ठाकुर रामबाट पास गरेर फेरी हरि खेतान कलेजबाट एम.ए पास गरे ।

२ वटा विषयमा मास्टर्स पास गरेपछि वि.स २०६५ सालमा हरि खेतानबाटै अध्यायपन सुरु गरे । शिक्षक सेवा आायोगमा निमावि तहमा नाम निकालेपछि वि.स २०७१ भदौ १२ गते सर्लाहीको भाँडसर स्थित श्री राम गुलाम जनता माविमा शिक्षकको रुपमा नियूक्ति पाए ।
उहाँ विस. २०७५ मंसिर ५ गते गोडैता ६ बगदह स्थित श्री रामजानकी आधारभूत विद्यालयमा सरुवा भएर आए । यहाँ आएको ६ महिना नबित्दै उहाँले प्रधानाध्यापकको जिम्मेवारी पाए ।
करिब २.५ बर्ष आधारभूत विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत पछि स्थानिय तहको दोस्रो निर्वाचनमा उहाँले मेयरमा उम्मेदवारी दिन शिक्षक पेसाबाट राजिनामा दिए ।

आमाबाट परिवारमा राजनितिक सुरुवात

मेयर रामाशंकर कुशवाहाका आमा उपमेयरमा निर्वाचित भएपनि ब्याकवार्ड भएका कारण पूर्व मेयरले कुनै पनि मान प्रतिष्ठा दिएन, मेयर रामाशंकर कुशवाहाका आमा विगतलाई सम्झलै भावुक हुदै भनिन ।
अस्तित्व स्विकार्य नगरेपछि आर्थिक लोभ र बजेटका लागि कुनै सम्झौता गरिन्न । मैले बलरामा राजनितिक परिवर्तन चाहेका थिए, त्यसका लागि छोराले सरकारी जागिर छाडेर आफनो भविष्य र करियर दाउमा लगाउदै मेयरमा उम्मेदवारी दिए, मेयर कुशवाहाका आमा रामसखी देवी बताउँछिन ।
ठुलो परिवर्तनका लागि कसै नकसैलाई त्याग र सुरुवात गर्नैपर्छ भनी छोरा मेयरमा उम्मेदवारी दिएपछि आफनो मनलाई आफैले सम्झाउथिन, उनि । तर छोरा चुनाव जित्छ भने यकिन थिएन तर छोराले राजनितिक परिवर्तनका लागि विगुल फुकेकोमा उहाँ खुशि थिईन ।

आमाको अस्तित्व नस्विकारेपछि राजनितिक प्रतिशोध
देशमा संघियता आएपछि विस.२०७४ सालमा २० बर्षपछि स्थानिय तहको पहिलो निर्वाचन हुदाँ मेयर रामाशंकर कुशवाहाका आमा महन्थ ठाकुर नेतुत्वको राजपाबाट उपमेयरमा निर्वाचित भएका थिए ।
तर तत्कालिन मेयर अभय कुमार सिंहले उपमेयरको अस्तित्व स्विकार्य नगरेपछि कुनै पनि सेवा सुविधा नलिएको र आर्थिक लोभमा कुनै पनि सम्झौता नगरेपछि आम नागरिकको मनमा बस्न थाले यूवा रामाशंकर कुशवाहा ।

आफू गोडैता ६ बगदह स्थित श्री रामजानकी आधारभूत विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत उनि आमा माथि भएको विभेद र अन्यायको प्रतिशोधले राजनितिकमा उहाँको ध्यान खिचे ।

एउटा सामान्य किसान परिवारमा जन्मिएका कुशवाहाका राजनितिक यात्रा त्यति सहज थिएन, उहाँ फोरवार्डको बर्चस्व भएको बलरा नगरमा अन्य वर्गका व्यक्तिहरु मेयर जस्तो पदमा उम्मेवादरी दिनु नै ठुलो कुरा थियो ।
त्यहाँका निम्न वर्गका नागरिकहरु समेत बर्षाैदेखि राजनितिक परिवर्तनको पर्खाईमा थिए । फलस्वरुप नेकपा माओवादी केन्द्रबाट मेयर पदमा उम्मेदवारी दिएका रामाशंकर कुशवाहा इतिहास रच्दै ऐतिहासिक विजय हासिल गर्न सफल भए । यसलाई बलरावासीका निमुख तथा गरिब जनताको ठुलो जितका रुपमा हेरियो ।

बलरा नगरपालिकाका सर्वसाधारण थिचोमिचोमा परेका मेयर रामाशंकर कुशवाहा शिक्षा पेसालाई सदाका लागि विश्राम दिदै राजनितिकमा आए । पूर्व मेयरले नगरपालिकालाई आफनै घरबाट संचालन गरी आम नागरिकका मौलिक हक समेत हनन गर्ने काम गरेका थिए ।
बलरामा भएका सामन्तवाद र शासक प्रवृत्तिका अन्त्य गर्न तथा आम नागरिकलाई राजनितिक बन्धनबाट मुक्त गरी स्थानिय राजतन्त्रको अन्त्यका लागि मेयरमा उम्मेदवारी दिएको मेयर कुशवाहा बताउँछन ।

मेयर कुशावाहा चुनावी एजेण्डामा अडिग

मेयर रामाशंकर कुशवाहा चुनावको समयमा जनतासंग गरेको वाचामा समेत अडिग देखिन्छ । उहाँ मेयर भएको करिब २.५ बर्षको कार्यकाल पुरा हुन लाग्दा पनि कार्यपालिकामा उहाँ अल्पमतमा भएपनि विना विवाद र मनमुटावले नगरपालिका चलाउदै आएका छन ।
उहाँ नगरपालिकाको कार्यलयमा बसेर कार्यसम्पादन, सब दिन कार्यलय तथा जनतको घरदैलोमा उपस्थित भई जनतको गुनासो सुन्ने, विना बहुमत विवादरहित पालिका संचालन, उहाँको कार्यशैलीमा भएका निर्भिकता र तटस्थाले आम सर्वसाधारण स्थानिय सरकार भएको महसुस गरिरहेका छन ।
फोरवार्डको आर्थिक, सामाजिक तथा राजनितिक रुपमा बाहुल्यता भएका कारण शोषण र विभेदका सिकार भएका ब्याकवार्डका निमुखा जनाताका लागि मसिहा भएर मेयर रामाशंकर कुशवाहा अघि आए ।
उहाँले चुनावमा जनतासंग गरेको वाचा र एजेण्डा माथि खरो उत्रिन सफल भएका कारण पनि बलरावासी नयाँ मेयरलाई लिएर उत्साहित रहेका छन ।

मेयर कुशवाहा को पहिलो प्राथमिकता शिक्षा, स्वास्थ र कृषि

सर्लाहीको बलरा नगरपालिकाका पहिलो प्राथमिकता शिक्षा, स्वास्थ्य तथा कृषि रहेको मेयर रामाशंकर कुशवाहा बताउँछन । आफू निर्वाचित भएलगत्तै शिक्षा, स्वास्थ लगायत आम नागकिहरुको मुलभुत अधिकार र स्थानिय तहबाट प्रवाह हुने सेवाहरुलाई सरल, व्यवस्थित र पारदर्शि बनाउनमा जोड दिए ।

नगरका शिक्षालाई व्यवस्थित गर्न र पठनपाठनलाई थप प्रभावकारी बनाउनका लागि गत आर्थिक बर्षमा शिक्षा ऐन पारित गरेको बताउँछन ।
शिक्षा क्षेत्रमा भएका वेथिति तथा राजनितिक अन्त्यका लागि विद्यालय दरबन्दी समायोजन तथा शिक्षक दरबन्दी मिलान कार्य विधि पारित गरेको उहाँले थपे । नगरले चाँडै विद्यार्थीको संख्याको आधारमा शिक्षक परिपूर्ति गरिने छ ।

बलरा वार्ड १० मा जिर्ण तथा प्रयोग विहिन अवस्थामा रहेका सुदामा सिँचाई वैरेजलाई मर्मत सम्भार तथा स्तोरोन्नति गरी किसानहरुको खेतमा पानी पुयाउने काम चाँडै सुरु गरिने बताए ।
जिल्लाकै पहिलो विना नहरको वैरेजको रुपमा रहेका सुदामा सिँचाई वैरेजमा नहर निर्माण तथा स्तोरोन्नति गरी किसानहरुको प्रयोगमा छिटै ल्याउने विश्वास दिलाए ।
नहरको पानी नपुग्ने नगरका अन्य ठाउँहरुमा स्यालो टुबेल तथा डिप बोरिंग जडान गर्ने कार्य भइरहेका छन, मेयर कुशवाहाले भने ।
नगरका सबै वार्डहरुमा कृषि विद्युतिकरण गरी कृषि मिटर मार्फत सबै किसानहरुलाई निशूल्क सिँचाई उपलब्ध गराउने प्रतिबद्वतता व्यक्त गरे ।
नगरले आफनै आर्थिक सहयोगमा विभिन्न गैरसरकारीहरुसंगको सहकार्यमा किसानहरुको आर्य आर्जन तथा जिविकाका लागि भैंसी पालन, बाख्रा पालन जस्ता कृषि सम्बन्धि कार्यक्रम संचालन गर्दै आएका छन ।

नगरकै आफनै खर्चमा बलराका प्राथमिक स्वास्थ केन्द्रबाट नगरअस्पतामा स्तोरोन्नति गरी २ वटा एमबिबिएस डाक्टरलाई नियूक्त गरी २४ औं घण्टा आपतकालिन सेवा सुरु गरेका मेयर कुशवाहा बताउँछन ।
नगरका वार्ड ५ मा स्वास्थ चौकीका जिर्ण रहेको भवनको ठाउँमा नयाँ भवन निर्माण तथा वार्ड न. ६, ४, ७ तथा १० का स्वास्थ्य चौकीका भवनका मर्मतसम्भार तथा पुननिर्माण गरी वार्ड १० मा नयाँ बर्थिंग सेन्टर संचालनमा ल्याएको बताए ।
नगरले २ वटा एम्बुलेन्स मार्फत गर्भवती महिलाहरुलाई सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा निशूल्क यातायात सेवा उपलब्ध गराउदै आएका छन, भने ज्येष्ठ नागरिहरुलाई ५० प्रतिशतसम्म छुटको सहुलियतमा यातायात सेवा उपलब्ध गराउदै आएको दर्जनौं सराहनिय कार्य मेयर कुशवाहाले गर्दै नगरवासीको मन जित्न सफल भएका छन् ।

 रौतहट असोज ६ गते
रौतहटको देवाही गोनाही नगरपालिकामा प्रधानाध्यापक सरुवाको बिषयलाई लियर प्रमुख प्रशासकिय अधिकृत मार्फत जिल्ला शिक्षा समन्वय ईकाई रौतहटलाई ज्ञापन पत्र बुझाईएको छ ।
देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले श्री जय किसान माध्यमिक बिद्यालय धरहरीका प्रधानाध्यापक संजय प्रसाद गुप्तालाई जबरजस्ती सरुवा गर्न खोज्दा सो ज्ञापनपत्र पत्र बुझाईएको हो ।
मेयर साहल बलज्फती सरुवा गर्न मनसाय बनाउदा बिभिन्न वडाका वडा अध्यक्षहरु,अभिभावकहरु,शिक्षाप्रेमीहरु,वडा अध्यक्ष वीर बहादुर साह र बिधालय ब्यवस्थापन समितीका अध्यक्ष श्यामनन्दन साहले शिक्षा विकास तथा समन्वय इकाई रौतहट तथा स्थानीय तहमा आईतबार ज्ञापनपत्र बुझाईएको छ ।
बिधालयका प्रअ गुप्ताले धरहरी स्थित श्री जय किसान नमुना माध्यमिक बिद्यालयमा राम्रो संग पठन पाठन संचालन गरिरहदा आफनो ब्यक्तीगत फाईदाको लागि मेयर साहले सरुवा गर्न खोज्दा त्यसलाई रोकनको लागि प्रमुख प्रशासकिय अधिकृत मार्फत जिल्ला शिक्षा समन्वय ईकाई रौतहटलाइ राजनितिकदलहरुले ज्ञापन पत्र बुझाएको वडा अध्यक्ष वीर बहादुर साहले जानकारी दिनु भयो ।
ज्ञापन पत्र बुझाउने क्रममा वडा अध्यक्ष साहले हालसालै देवाही गोनाहीका बिधालयमा प्रअ र सम्बन्धित विद्यालयहरुको बि. ब्या. स. को सहमती वेगर प्रअलाई सरुवा गर्ने जाल बुनिरहदा शिक्षाको क्षेत्रमा आतङ्कित बनाएको बिज्ञप्तीमा जनाईएको छ ।
बिधार्थीको भब्स्यि प्रति खेल्वाड गर्ने मेयर साहको गतिबिधीलाई तत्काल रोकनको लागि धरहरीका सम्पुर्ण शिक्षा प्रेमी,अभिभावक र बुद्धिजिवीहरुले यो गम्भिर ध्यानाकर्षण भएको ज्ञापनपत्रमा जनाईएको छ ।
गएको भदौ ३१ गते छुटाछुटै बसेको बैठकको निर्णय अनुसार यस बिद्यालयको प्रअ गुप्तालाई सरुवाको कुरा बिभन्न माध्यबाट आएकोमा निजको प्रअ संजय प्रसादले शिक्षा एन २०२८ शिक्षक नमावली २०४९ शंसोधन सहित तथा नमुना बिद्यालय बिद्यालय ब्यवस्थापन २०७४ बमोजिम प्रअको पदमा नियुक्त भई निज प्रधानाध्यापकको जिम्मेवारी पाएका यस बिद्यालयका प्रशासनिक, आर्थिक,भौतिक ब्यवस्थापन पठन पाठन जस्तो पक्षहरु अत्यन्तै राम्रो संग संचालन भई शैक्षिक गुणस्तमा समेत सकारात्कमक संकेत देखा पर्दै गईरहेकाले हामी सम्पुर्ण बिद्यालय ब्यवस्थापन समितीका पदाधिकारीहरु शिक्षक कर्मचारी लगाएत सम्पुर्ण जनप्रतिनिधीहरुले महसुस गर्दै आईरहेकाले निज प्रअ संजय प्रसादको सरुवा नगर्ने नगराउन हुन सबै सर्वसहमतिबाट अनुरोध गर्दछु । साथै निजको सरुवा भई बिद्यालयको बिभिन्न पक्ष सहित पठन पाठन कार्यालयमा नकरात्मक असर पर्न गएमा त्यसको सम्पुर्ण जिम्मेबारी नगरपालिकाले लिनु पर्ने कार्य प्रति हामी सम्पुर्ण निर्णयका प्रतिलिपीहरु यसै पत्रका साथ संलगन गरि सचेत गराउन चाहन्छुौ ।
मेयर साहले प्रअ गुप्तालाई जवर्जस्ती सरुवा गरेर शैक्षिक संस्थालाई कमजोर बनाउन खोजिरहदा पालिकामा मुडभेड हुने अवस्था आएकाले त्यसलाई रोकन यो कदम चालिएको बिधालय ब्यवस्थापन समितीका अध्यक्ष श्यामनन्दन साहले भन्नु भयो ।
बि. ब्या. स. का अध्यक्ष साहले जवर्जस्ती प्रअलाई सरुवा गर्ने प्रयतन गरिरहदा त्यस प्रति हामी घोर भत्र्सना गर्दछौ र सम्बन्धित ब्यक्तीले यो कदम अबिलम्ब नगरे सो बिद्यालयका बिधार्थीहरु पठनपाठन बन्द गरेर सडकमा आउन बाध्य हुने कुरा जानकारी गराउदै अन्यायपूर्ण रूपमा सरुवा गर्न खोजिएकाले सम्बन्धित सबै पक्षहरुलाई अनुरोध गरिएको ज्ञापनपत्रमा जनाईएको छ । ज्ञापन पत्र बुझाउने क्रममा समाजसेवी गोखुल साह,युवा नेता बिवेक यादव,राजेश साह,रंजन साह,नागेन्द्र यादव, सुमित गुप्ता लगाएतका नेताहरुको उपस्थिती रहेको थियो ।

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड वृद्धि (पूरक) परीक्षाको नतिजा सार्बजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार २ लाख १० हजार ३२१ जनाले परीक्षा दिएकोमा यो ५६.७८ प्रतिशत अर्उथात  १ लाख १९ हजार ४२५ जना ग्रेड (पास) भएका छन् । २०८० मा  सञ्चालित एसईई कक्षा १० को पूरक परीक्षा गत साउन २३ देखि ३१ सम्म सञ्चालन भएको थियो ।

परीक्षा नियन्त्रक  कार्यालयका अनुसार पुरक परीक्षामा ननग्रेड  र अनुपस्थित विद्यार्थी ९० हजार ८८८ जना रहेका छन् भने ८ जनाको उत्तरपुस्तिका रद्द भएको छ ।

नतिजा अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने १८ जना छन् भने जीपीए १.६ देखि २.० ल्याउने ६४ जना, जीपीए २.०१ देखि २.४ ल्याउने १९ हजार ४९६ जना, जीपीए २.४१ देखि २.८० ल्याउने ७४ हजार ४०६ जना रहेका छन् । जीत्यस्तै पीए २.८१ देखि ३.० ल्याउने २३ हजार ६२३ जना छन् भने जीपीए ३.१ देखि ३.६ ल्याउने १ हजार ५१८ जना रहेका छन्।

लेटर ग्रेडिङ निर्देशिका २०७८ को व्यवस्थाअनुसार परीक्षार्थीले परीक्षा दिएको विषयको बाह् सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत र आन्तरिक मूल्यांकनमा ४० प्रतिशत अंक प्राप्त गर्नुपर्ने छ। जसमा सैद्धान्तिक ७५ पूर्णांकका विषयमा कम्तीमा २७ र आन्तरिक २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ।

यो परीक्षाको नतिजामा कुनै विषयमा एनग्रेड(एनजी) भएमा लगातार तीन वर्षसम्म एनजी आएका विषयमा मात्र ग्रेड वृद्धिका लागि आगामी वार्षिक परीक्षामा सम्मिलित हुन पाउने व्यवस्था छ । २०८० मा  सञ्चालित एसईईको नियमित परीक्षामा पनि  ४७.८६ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण भएपछि सरकारले सबै अनुतिर्ण विद्यार्थीलाई पुरक परीक्षा दिने अवसर दिएको थियो ।न्युज कारखाना

झापा । मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेपछि झापामा उनका समर्थकले गएराती ती वटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् ।

प्रसाईका समर्थकले गए राती ११ बजे बिरिङ पुल नजिकै युपी–५७ एटी–४४९३ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेका थिए । चार पाँच जनाको समूहमा आएका अज्ञात समूहले आगजनी गरी फरार भएका हुन् । बिर्तामोड नगरपालिकाको दमकलले आगो निभाएको प्रहरीले जनाएको छ ।

त्यसैगरी, आज बिहान ३ बजेतिर बिर्तामोड नगरपालिका–६ गिरिबन्धु टि–स्टेट नजिक डब्लूबी–७३ ई–३०५७ नम्बरको मालबहाक ट्रकमा आगजानी गरेको प्रहरीले जनाएको छ । ६ वटा मोटरसाइकलमा आएका १२ जनाको समुहले ट्रकमा आगजनी गरेको चालकलाई उदृत गर्दै प्रहरीले जनाएको छ ।

ट्रकमा आगजनी गर्दा चालक पनि घाइते भएका छन् । उनको शरीरको केही भागमा आगोले पोलेको प्रहरीको भनाई छ । नाम खुल्न नसकेका उनको स्थानीय अस्पतालमा उपचार भईरहेको छ ।त्यसैगरी सोमबार बिहान झापाको धाइजनमा डब्लूबी–७३ ई–३०५६ नम्बरको भारतीय ट्रकमा आगजनी भएको छ ।न्युज कारखाना

 रौतहट । रौतहटको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको झाडा पखाला हैजा पुष्टी भएको छ। हैजा पुष्टी भएसंगै अन्य समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले  वडा ४ लाई निषेधित क्षेत्र घोषणा गरेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आईतवार एक सूचना जारी गर्दै राजापुर नगरपालिका ४ स्थित जोबैर चौक देखी मदनी चौक, शेख अब्दुल्लाहको खलीहान देखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरी क्षेत्र लाई निषेधित क्षेत्र घोषणा गरेको हो।

उक्त क्षेत्रमा स्वास्थ कार्यालय प्रमुखको अनुमति बिना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, अत्यावश्यक काम बाहेक कुनै ब्यक्ती हिँडडुल गर्न नपाउने सिडियो हिरालाल रेग्मीद्वारा ह्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै एक अर्काको घर वा बस्तीमा आवतजावत नियन्त्रण गर्ने, अत्यावश्यक बाहेक सवारीसाधन जान नपाइने, उक्त क्षेत्रमा माछा मासु ओसारपसार, बिक्री वितरण गर्न नपाउने, स्थानिय स्वास्थ्य शाखाबाट जारी आदेश पूर्ण पालना गर्ने गराउने सूचनामा उल्लेख गरिएको छ।

राजपुर नगरपालिकाको पत्रअनुसार वडा ४ मा गत २ गते १ जनामा झाडा पखाला देखिएको त्यसपछी क्रमसः बढ्दै गएको तथा आर डिटी र कल्चरको रिपोर्ट पोजिटिभ आउँदा रोकथाम नियन्त्रण तथा अन्य समुदायमा फैलिन नदिन प्रभावित क्षेत्रमा मानिसको आवतजावत लगायत गतिबिधि तत्काल रोक्न सहयोगको लागि अनुरोध गरिएको थियो । नगरपालिकाको आग्रह संगै सुरक्षा निकायका प्रमुख सहित डाक्टरको टोलीले हैजा प्रभावित क्षेत्रमा अनुगमन निरीक्षण गरेपछि दुई वडा निषेधित क्षेत्र घषणा गरिएको सिडियो रेग्मीले जानकारी दिएका छन् ।

सिडियो रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंह सहित सुरक्षा अधिकारीको टोली हैजा प्रभावित क्षेत्र राजापुर ३ र ४ को स्थलगत अनुगमन गरेको थियो।
त्यस अघि प्रादेशिक अस्पताल गौरको  मेडिकल सुपरिेन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा सनिवार आवश्यक औषधि सहित पुगेको थियो।

राजापुरको दुई वडामा झाडा पखालाको बिरामीको संख्या  बढ्दै गएकाले प्रादेशिक अस्पताल गौरका अध्यक्ष महमद अनवर हाशमी, डाक्टर मुरारी ठाकुर, इमर्जेंसी इनचार्ज डाक्टर राजेश कुमार सिंह, डाक्टर गोपाल गुप्ता, लगायतको टिम आवश्यक औषधि हरु लिएर प्रभावित क्षेत्रमा पुगेको थियो।

राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ। विहिवार र शुक्रवार आज २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए। सो मध्ये ७ जना बिरामीको दिशाको सेम्पल टेष्टको लागि प्रादेशिक अस्पताल गौरमा आरडिटी प्रविधिबाट र जनकपुर अस्पतालमा कल्चर गर्दा हैजाको जीवाणु फेला परेको डाक्टर ठाकुरले जानकारी दिएका छन्।

२२ जना बिरामी  मध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भईरहेको  छ। त्यहाँ बिरामीको लागी बेड लगायत बिभिन्न बन्दोबस्तीका सामान सशस्त्र प्रहरीको टोलीले उपलब्ध गरिएको राजापुरको नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले बताएका छन्।न्युज कारखाना

न्युयोर्क । नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मित्रराष्ट्र भुटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीच दुई पक्षीय र बहुपक्षीय मञ्चहरूमा सहकार्यका साथ अघि बढ्ने विषयमा कुराकानी भएको थियो । न्युज कारखाना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका  प्रधानमन्त्री ओेली र मोदीबीच आज भेटवार्ता भएको हो । उनीहरुबीच दुवै मुलुकका विदेशमन्त्री र अन्य अधिकारीसहित भेटवार्ता भएको हो ।न्युज कारखाना

काठमाडौँ । नेपाल आइसीसी विश्वकप लिग- २ अन्तर्गत जारी सिरिजमा लगातार तेस्रो खेलमा पराजित भएको छ ।  गएराती सम्पन्न खेलमा नेपाल क्यानडासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको क्यानडाले ४२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गर्दै नेपालले ४६.१ ओभरमा अल आउट हुदै १८१ रन बनाएको थियो ।

यस सिरिजमा नेपालको ब्याटिंग लगातार फ्लप हुदै आएको छ । नेपालले आफ्ना शिर्ष क्रमका ५ ब्याट्सम्यान केवल ३६ रन बनाएर गुमाएको थियो ।

यो जित पछि क्यानडा लिग-२ को अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । क्यानडाको ११ खेलमा १४ अंक भएको छ । त्यस्तै नेपालले भने ७ खेलमा एक जित र ६ हार बेहोरेको छ र केवल २ अंक हासिल गरेको छ ।
न्युज कारखाना

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।