





उत्तम कुमार उपाध्याय,राैतहट, २६ असोज ।
रौतहट–रौतहट स्थित प्रहरी गस्ती टोलीले एकथान बिदेशी अटोमेटिक पेस्तोल र गोली सहित एकजना मानिस लाई पक्राउ गरेको छ ।
रौतहट प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिलिप घिमिरेले दिनु भएको जानकारी अनुसार पक्राउ पर्नेमा देवाही गोनाही ६ कर्कच कर्मैया गाउँका ५६ बर्षीय भोला राय यादव रहेका छन्। अभियुक्त यादवको साथ बाट अटोमेटिक पेस्तोल मेड ईन युएसए लेखिएको ,अर्को साईडमा अटो पिस्टल ९ एम एम ९ राउण्ड लेखिएको पेस्तोल १ थान , मैग्जिन १ थान र ९ एम एमको गोली– २ थान र सर्ट गनको गोली जस्तै देखिने ४ राउण्ड बरामद भएको छ ।
बरामद हतियार गोली सहित निजलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय गौरमा ल्याई अनुसन्धान भईरहेको एसपि घिमिरेले बताउनु भएको छ ।
घटना बिवरण अनुसार देवाही गोनाही ६ कर्कच स्थित दुर्गा पुजाको अवसरमा मेला लागेको थियो। मेला सुरक्षार्थ ईलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख इन्स्पेक्टर कमल कुमार लुङ्गेलीको कमाण्डमा खटिएको गस्ती टोलीले स्थानिय बिल्टु यावदवको छोरा भोला राय यादवलाई शंका लागी चेक जाँच गर्दा निजको साथ बाट उक्त हतियारहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ।
यता सोही गाउँ कर्कच कमैयाका पूर्व गाविस अध्यक्ष ईश्वरी लाल यादवका भतिज राजु यादव भने आरोपी भोलाले पूर्व गाविस अध्यक्ष ईश्वरी लाललाई टार्गेट बनाएको तर उनी फेला नपरेपछि शुक्रबार राति मेलामा आफूलाई प्रहार गरेको गोली नपड्किँदा उनी पक्राउ परेको बताए । ‘गएराति साढे १० बजे अभियुक्त भोलाले मलाई निशाना बनाएर सोही पेस्तोलले गोली प्रहार गरेको थियो । तर दुवै राउन्ड नपड्किएपछि मेलाको सुरक्षामा गएको प्रहरी टोलीलाई घटनाबारे जानकारी गराउँदा प्रहरीले १ किलोमीटर लखेटेर पक्राउ गरेको हो,’ यादवको दाबी छ ।
जिल्लाको वृन्दावन नगरपालिका वडा नम्बर ८ बहुअरी स्थित रहेको दलित धर्मशालामा हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली,छठ तथा तिहारको पावन अवसरमा सो कार्यक्रम आयोजन गरिएको हो ।
लोकतन्त्रको मूल आधार,समान सहभागिता र विभेदमुक्त समाज,अभिव्यक्ती स्वतन्त्रता र मर्यादित पत्रकारिता हाम्रो अवाज भन्ने मूल नाराका साथ गठन भएको संघे पछिल्लो समय रौतहटमा आफनो सक्रियता बढाएको छ ।



त्यसमा आधारित रहेर कलम चलाउन र पत्रकारिता गर्न आग्रह गरेका छन् । दलितमाथि भइरहेको अन्याय,अत्याचार र विभेद लगायका विषयमा आफूले कलम चलाउँदै र अवाज उठाउँदै आएको स्मरण गराउँदै उपस्थित दलित पत्रकारहरुलाइ ति पिडितहरुको पक्षमा खम्बाको रुपमा खडा रहन आग्रह गरे । साथै उनले आफू मर्यादामा रहेर पत्रकारिता गर्न पनि सुझाव दिए । जथाभावी रुपमा सामाजिक संजालमा नलेख्न आग्रह गरे । आफू आठ वर्ष पत्रकारिता छोडेर पुनः पत्रकारिता क्षेत्र सक्रिय रुपमा काम गरिरहेको र यसैको देन हो कि आज मलाइ लाखौं मान्छेहरुले चिनिरहेका छन् । त्यसैले पत्रकारितामा पनि भविष्य छ ।
यदि राम्रो सँग पत्रकारिता गर्नु भयो भने यसमा पनि धेरै अवसरहरु छन् । र ति अवसरहरु दिलाउन म भरपूर प्रयास गर्ने छु । कार्यक्रममा सञ्चालकको रुपमा पत्रकार द्घय प्रदिप दास र रमेश यादव रहेका थिए । कार्यक्रममा उपस्थित दलित पत्रकारहरु का साथै जेष्ठ नागरिकहरू र अतिथीहरु लाइ मधेशको शान गमछा ओढाएर सम्मान गरिएको हो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज ।
राैतहट । नेपाल सुन चांदी रत्नआभुषण व्यवसायी संघ राैतहटले संघका सचिव चन्दन सागर उपर भएको घटनाको सत्य तथ्य छानविन गरि दोषि उपर कार्यवाही गर्न माग गरेका छन । संघका जिल्ला अध्यक्ष उमेश प्रसाद साहले प्रेस विज्ञप्ति जारी गरि सो माग गरेका हुन । संघका सचिव सागर मंगलबार गरुडा बजारबाट घर समनपुर फर्किने क्रममा अज्ञात अपराधीक समुहद्वारा ज्यान लिने उदेश्यले गरिएको आक्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष साह द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सो घटनामा संलग्न अपराधीक समुहमा रहेका व्यक्तिको बारेमा सत्य तथ्य सार्वजनिक गर्न साथै दोषीलाई कानुनको दायरमा ल्यान स्थानीय प्रशासनसंग अध्यक्ष साहले जाेडदार रुपमा माग गरेका छन ।
सुरक्षा व्यवस्थामा सुघारका लागि अनुराेध गर्दै व्यापारीहरुकाे ज्यान धनकाे भरपर्दाे सुरक्षा व्यवस्था मिलाउन माग समेत गरेका छन।
सोही दिन देखि गम्भीर तथा अचेत अवस्थामा रहनु भएको सचिव सागरकाे शिघ्र स्वास्थ्य लाभकाे कामना जिल्ला अध्यक्ष साहले विज्ञप्ति मार्फत गरेका हुन ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज ।
आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सांसदहरु पार्टीको ‘कारिन्दा’ भएकाले देशको विकाश नभएको बताएका छन् ।
महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको चन्द्रपुर नगरपालिकाको बालचनपुरमा आज आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि आजपा अध्यक्ष साहले सांसदहरु जनता प्रति उत्तरदायी नभएको बताए ।
‘सांसदहरु दलको कारिन्दा भएका छन् । जनताबाट निर्वाचित भए पनि उनीहरु जनता प्रति उत्तरदायी भएन् । उनीहरु दलप्रति उत्तरदायी भए । जनताको आवश्यक्ता, चाहना के हो बुझेनन सांसदहरु’ आजपा अध्यक्ष एवं सांसद समेत रहेका साहले भने, ‘मुलुक र जनताको आवश्यक्ता के हो सांसदहरुले बुझने काम गरेरन वा बुझेर पनि बुझ पचाए जस्तो गरे, त्यसैले देशको विकास भएन् ।’
जनताको मतबाट निर्वाचित सांसदहरु जनताको आवश्यक्ता, चाहना बुझनुपर्ने उनले बताए । जनताको चाहना र आवश्यक्ता बुझेर दललाई सोही बाटोमा हिडाउनुपर्ने भए पनि उनीहरु दलकै कारिन्दाको रुपमा काम गरे । खासमा सांसदहरुले जनताको कुरा सुन्ने, बुझने, उनीहरुको आवश्यक्ता पुरा गर्ने काम गर्नुपर्ने आजपा अध्यक्ष साहको भनाई रहेको छ ।
अहिले बाढीपहिरो, डुबानले जनता राहतको पर्खाईमा रहेको बताउँदै उनले सांसदहरु उनीहरुको आवश्यक्ता नै बुझन नसकेको टिप्पणी उनले गरे । मुलुक र जनताको अवस्था गम्भिर संकटबाट गुज्रिरहेको बताउँदै साहले अहिले आर्थिक अवस्था कसरी हुन्छ माथि उठाउँदै मुलुकलाई समृद्ध बनाउँनुपर्ने दिशामा लाग्नुपर्ने सांसदहरु बाटो विराएको बताए ।
दलका शीर्ष नेताहरुको हालीमुहाली गर्ने, जनताको कुरा सुन्नुपर्नेमा दलका नेताहरुको कुरा सुन्ने काम सांसदले गरिरहेकाले मुलुक समृद्धि नभएको उनले बताए । मुलुकको समस्या बुझने र सोही अनुसार कानून निर्माण देखी संसदमा भुमिका निर्वाह गर्नुको साटो सांसदहरु दलका नेताहरुको ‘जि हजुरी’ गर्नमा व्यस्त रहेको उनले बताए ।
‘बडादशैं, शुभ दिपावली तथा छठी माताले सांसदहरुलाई सदबुद्धि दिउन, जनताको पक्षमा बोल्ने शक्ति प्रदान गरुन, सरकारको गलत कामको विरोध गरुन र मुलुकको बारेमा आवाज उठाउने शक्ति प्रदान गरुन भन्ने म कामना गर्न चाहन्छु’ साहले भने ।
आफ्ना दलका नेताहरु भ्रष्टाचारमा लिप्त हुदाहुदै समेत सांसदहरुले विरोध नगर्नु, जनतको कुरा नसुन्नु, दलका नेताहरुको आदेश पालक नभई जनताको आदेशपालक सांसद हुनुपर्ने उनले बताए ।
कार्यक्रममा आजपाका महासचिब त्रिभुवन साह, नगरप्रमुख रीना कुमारी साह, आम महिला मोर्चाको अध्यक्ष कुमारी बबिता, आम मुस्लिम मोर्चाको अध्यक्ष लालबाबु मंसूरी, आजपाको स्थायी समिति सदस्य श्रीभगवान पटेल, रन्जु कुमारी साह, सरोज बछाड, बिगु पासवान लगायतका नेताहरुको विशेष सहभागिता रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज ।
आम जनता पार्टी (आजपा) का स्थाई कमिटी सदस्य मेयर प्रत्यासी विजय यादव निर्विज फतुवा नगरपालिकालाई बचाउन आम जनता एक हुन आह्वान समेत गरेका छन् ।
महापर्व दशैं, शुभ दिपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको फतूवा विजयपुर नगरपालिकाका वडा नं ८ बुनियादमा आम जनता पार्टीका केन्द्रिय अध्यक्ष मा प्रभु साह प्रमुख अथितिमा आज शुक्रबार आजपाद्धारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागि मेयर प्रत्यासी यादवले मधेश प्रदेश सरकारका अर्थ मन्त्री जितेन्द्र यादव र उहाँको आसेपासे अहिले गाउँमा डायरी बोकेर आम जनतालाई झाँसा देखाएर ठग्दै विगत सात वर्षदेखि फतुवा विजयपुर नगरपालिकामा उहाँहरुको नेतृत्व छन ? अहिले सम्म यहाको शिक्षा, स्वास्थ्य, बिकास निर्माण सम्बन्धी काममा अहिले सम्म कुनै ठोस काम गरेको छैन ।
केही महिना अगाडी मात्र आम जनता पार्टीको बलमा यस नगर जनतालाई विद्युत महसुल फ्री गराए, आम जनता पार्टीको यस नगरमा निःशुल्क कर सहित अन्य काममा निरन्तर खवरदारी गर्ने मेयर प्रत्यासी विजय यादवले बताए । यस फतुवा विजयपुर नगरपालिकाकामा जे काम भएको छ त्यो आम जनता पार्टीका केन्द्रिय अध्यक्ष मा प्रभु साहको पहलमा भएको वहाले जिकिर गरे ।
आयोजित कार्यक्रममा पार्टी महासचीव त्रिभुवन साह, स्थाई कमिटी सदस्य संजय यादव, आम मुस्लिम मोर्चाका महा सचिव शेख मोबिन, नगर उपा अध्यक्ष सेरबहादुर पटेल, प्रदीप चौधरी, राधाकान्त यादवका साथै आजपाका नेताकार्यकर्ता, सर्वसधारण लगायतको विशेष सहभागिता रहेको थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२५ गते असाेज ।
लोकतान्त्रिक समाजवादी पार्टीका नेता रामप्रवेश दासले आज विभिन्न शक्तिपिठहरूको दर्शन गर्नु भएको छ ।
गुजरा नगरपालिकाकाे वडा नम्बर ४ कनकपुर स्थित रहेको गढिमाई मन्दिरमा पुगि पुजापाठ तथा दर्शन गर्नु भएको छ ।त्यस्तै कटहरिया नगरपालिकाकाे जमुनिया स्थित रहेको कन्काली माई मन्दिर पुगि पुजापाठ तथा माताको दर्शन गर्नु भएको छ । 
नेता दासले मन्दिर बनेदेखि नै प्रत्येक बर्ष निरन्तर पुजापाठ तथा दर्शन गर्दै आइरहनु भएको छ । उक्त मन्दिरहरुको निर्माण पनि नेता दासकै पहलमा निर्मित भएको हो ।
नेता दासकै पहलमा बजेट बिनियोजन गराई तत्कालीन लोसपाका बरिस्ठ उपाध्यक्ष एव पुर्व प्रहरी महानिरीक्षक प्रदिप शम्सेर राणाको करकमल बाट सिलन्यास भै मन्दिरको निर्माण सप्पन्न भएपछि सो मन्दिर को उद्धघाटन लोसपाका नेता एव तत्कालिन मधेश प्रदेश का भौतिक पुर्वाधार बिकाश मन्त्री जितेन्द्र सोनल बाट सुसम्पन्न भएको थियो ।
त्यस्तै जमुनिया स्थित कन्काली माई मन्दिरको पनि नेता रामप्रवेश दासकै पहलमा बजेट बिनियोजन भै सो मन्दिरको शिलान्यास नेता दासको करकमल बाट सुसम्पन भएको थियो भने मन्दिरको उद्धघाटन हुनु पुर्व नेता दासको हाथ बाट मुर्तिमा प्राण – प्रतिस्ठा गरिएको थियो ।
सो मन्दिरको लोसपाका बरिस्ठ नेता बर्तमान नेपाल सरकारका श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको हाथ बाट उद्धघाटन सु- समपन्न भएको थियो ।
त्यस्तै कटहरिया नगरपालिकाे छेदी चौक स्थित नव दुर्गा पुजा स्थलमा पुगि पुजापाठ तथा माताको दर्शन गर्नु भएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते असाेज ।
रौतहट म्याराथनको उपाधि कविन्द्र शर्मालाई
हरेक वर्षझैँ बडादशैँको अवसरमा फूलपातीको दिन रौतहटमा आयोजना हुने म्याराथन दौड प्रतियोगिताको १३औँ संस्करणमा कविन्द्र शर्माले बाजी मारेका छन् । पाँच किलोमिटरको दुरी शर्माले १७ मिनेट ४० सेकेन्डमा पूरा गरेर सहभागी ४५ जनालाई उछिनेर प्रथम स्थान हासिल गरेका हुन् । गत वर्ष पनि शर्माले नै प्रतियोगितामा प्रथम स्थान हासिल गरेका थिए ।
प्रथम स्थान हासिल गर्दै शर्माले फ्रिज जित्न सफल भएका छन् । यसै गरी १७ मिनेट ४३ सेकेन्डमा उक्त दुरी पूरा गर्दै राहुल रामले द्वितीय स्थान हासिल गर्दै एलइडी टिभी जित्न सफल भएका छन् । दुवै विजेता गरुडा नगरपालिका ४ गरुडाकै हुन् । प्रतियोगितामा बाजी मारेपछि दुवै जनाले डिजे बजाएर साथीहरुसित सामूहिक नृत्य गर्दै बजार परिक्रमा गरेका थिए ।
रेडियो मधेश मसला एफएम १०६.४ मेगाहर्ज, गरुडाको आयोजनामा भएको स्वर्गीय मनोजकुमार चौधरी म्याराथन दौड प्रतियोगिताको १३औँ संस्करणको अवसरमा मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार (जितेन्द्र) यादव र इलाका प्रहरी कार्यालय गरुडालाई सम्मानपत्र र अंगवस्त्रले सम्मानित गरिएको छ । सम्मानित दुवै जनालाई रेडियो मधेश मसला एफएम गरुडाका अध्यक्ष तथा कार्यक्रमका सभापति बृजकिशोर यादव र व्यवस्थापन पुनमकुमारी चौधरीले संयुक्त रुपमा सम्मानपत्र हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिलकुमार (जितेन्द्र) यादवले सबैको सुझावअनुसार आफूले प्रदेशको आर्थिक विकास, शिक्षा र स्वास्थ्यका साथै भौतिक पूर्वाधारको विकासका लागि काम गरिरहेको बताएका छन् । प्रदेशको विकासको लागि स्थिर सरकारको आवश्यकता रहेकोमा पनि मन्त्री यादवले जोड दिएका छन् । मन्त्री यादवले कार्यक्रमको प्रशंसा पनि गरेका छन् ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि राजन कार्कीले शान्ति सुरक्षा कायम गर्नु आफूहरुको प्रमुख दायित्व भएकोले यसका लागि अहोरात्र खटिरहेको बताएका छन् ।
कार्यक्रमकी विशिष्ट अतिथि तथा स्वर्गीय मनोजकुमार चौधरीकी धर्मपत्नी र गरुडा नगरपालिकाको वर्तमान नगर उपप्रमुख पुनमकुमारी चौधरीले कार्यक्रमको आयोजनामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै सहभागी र विजेता सबैलाई बधाई दिएकी छन् । मनोजकुमार चौधरीको स्मृतिमा भइरहेको म्याराथन दौड प्रतियोगिताले रौतहटमा एउटा संस्कृति निर्माण गरिरहेको पनि उपप्रमुख चौधरीको भनाइ छ । आगामी दिनमा अझ सभ्य र भव्य रुपमा कार्यक्रमको आयोजनाको लागि सबै पक्षबाट सकारात्मक सहयोगको अपेक्षा रहेको उपप्रमुख चौधरीको भनाइ छ ।
कार्यक्रममा मध्यरौतहट बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रेमलाल साह, व्यवस्थापन समिति अध्यक्ष लछुमन साह तेली, वडाध्यक्षद्वय सुनिलकुमार जयसवाल र प्रवीण सिंह यादव, पूर्व वडाध्यक्ष चुनचुनप्रसाद साह, समाजसेवी हृदयनारायण यादव, रामभरोस राय यादव, गरुडाको नगर प्रमुख प्रत्याशीद्वय सुनिलकुमार यादव र दीपक राय यादव, नेपाल सुनचाँदी व्यवसायी महासंघ मधेश प्रदेश अध्यक्ष रामजी साह सोनार, गरुडा गाविसका पूर्व उपाध्यक्ष तथा स्वर्गीय मनोजकुमार चौधरीका सहोदर दाजु रामकृष्ण चौधरीलगायतलाई प्रशंसापत्र र अंगवस्त्रले सम्मानित गरिएको छ । कार्यक्रमका वक्ताहरुले मनोजकुमार चौधरीको व्यक्तित्व र कृतित्वको बारेमा विभिन्न कोणबाट चर्चा गरेका थिए । स्वर्गीय चौधरी शिक्षा, संचार, समाजसेवा तथा साहित्य लगायत विभिन्न क्षेत्रमा अत्यन्त क्रियाशील व्यक्तित्वको रुपमा रहेका थिए ।
कार्यक्रमको अध्यक्षता गरेका रेडियो मधेश मसला एफएम गरुडाका अध्यक्ष बृजकिशोर यादवले कार्यक्रमलाई सम्भव र भव्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् । कार्यक्रममा उपस्थित सबैलाई रेडियो मधेश मसला एफएमका संचालक समिति सदस्य नागेन्द्र चौरसियाले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन सञ्जय साह मित्रले गरेका थिए ।





