काठमाडाैं २०८१ ।
दाङ स्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति डा. विकास लामिछानेको शैक्षिक योग्यता नपुगेकाे भन्दै अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग, राष्ट्रिय सतर्कता केन्द्र सहित प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परेकाे छ । तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री विराेध खतिवडाले प्रतिष्ठानकाे पदाधिकारी नियुक्तिकाे मापदण्ड नै मिचेर उपकुलपति नियुक्त गरेकाे भन्दै नियामक निकायहरूमा उजुरी परेकाे हाे ।
गत पुष १९ गते अख्तियार दुरूपयाेग अनुसन्धान आयाेग, सतर्कता केन्द्र, प्रधानमन्त्री कार्यालय र स्वास्थ्य मन्त्रालयमा समेत नियुक्ति पकृयाकाे छानविन गरि दाेषीमाथि कारवाहीकाे माग गर्दै उजुरी परेकाे हाे । यसअघि पनि पटक पटक उजुरी परेकाेले राष्ट्रिय सतर्कता केन्द्रले आवश्यक छानबिन गरिरहेको छ ।
प्रतिष्ठानको नियमावलीले मान्यता प्राप्त शिक्षण संस्थाबाट चिकित्साशास्त्र विषयमा कम्तीमा स्नातकोत्तर (एमडी/एमएस/पीएचडी उपाधि) प्राप्त गरी प्राध्यापक पदमा कम्तीमा ५ वर्ष अनुभव हासिल गरेको व्यक्ति उपकुलपतिमा नियुक्त हुने प्रावधान भएपनि तत्कालिन स्वास्थ्यमन्त्रीले उक्त नियमावली मिचेर डा. लामिछानेलाई ४ वर्षका लागि उपकुलपतिमा नियुक्त गर्न सिफारिस गरेका थिए ।
प्रतिष्ठान सभाले बनाएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विभिन्न निकाय तथा पदाधिकारीको काम, कर्तव्य र अधिकारसम्बन्धी नियमावली ०७४ को परिच्छेद–८ (पदाधिकारीको मापदण्ड, काम, कर्तव्य र अधिकार ) अन्तर्गत नियम ४० (क) मा गरिएकाे व्यवस्था विपरित उपकुलपति नियुक्त गरिएकाे दावी छ । प्रतिष्ठान श्राेतका अनुसार उपकुलपति डा. विकास लामिछाने नेपाल सरकारको एघारौं तहबाट अवकाश प्राप्त चिकित्सक हुन् । उनले नियमावलीले किटान गरेको स्नातकोत्तर (एमडी/ एमएस/पीएचडी उपाधि) हासिल नगरेको जिकीर गरिएकाे छ ।
उजुरीमा उल्लेख गरिए अनुसार डा. लामिछानेले त्रिवि शिक्षण अस्पतालमा एम.बी.बी.एस. अध्ययनपश्चात् अमेरिकास्थित जोन होप्किन्स विश्वविद्यालयबाट ११ महिने एमपीएच (मास्टर्स इन पब्लिक हेल्थ) तालिम मात्र लिएका छन् । ‘एमपीएच उत्तीर्ण गरेर कम्तीमा तीन वर्ष अध्ययन गरेर मात्र एमडी/एमएस/पीएचडी उपाधि नेपाललगायत संसारभर प्राप्त गर्न सकिन्छ । नियमावलीले तोकेको मापदण्ड (शैक्षिक योग्यता) उनले पूरा गरेका छैनन् । डा. लामिछानेले अझै ३ वर्ष अध्ययन गर्नुपर्छ ।’ उजुरीमा उल्लेख गरिएकाे छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७४ को दफा ८ (ग) ले प्रतिष्ठानको नियम बनाउने अधिकार प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपतिको अध्यक्षता र स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं प्रतिष्ठानका सहकुलपतिको उपाध्यक्षतामा बस्ने सभा (सिनेट) लाई मात्र दिएको छ । सिनेटले बनाएको नियमावली सिनेटले मात्र संशोधन गर्न सक्ने प्रावधान विपरित तत्कालिन स्वास्थ्यमन्त्रीले कार्यविधि बनाएर उपकुलपति नियुक्ति प्रकृया अपनाएका थिए ।
मुलुकभरका स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालयहरूमा यो नियम लागू हुन्छ । नेपाल सरकार (मन्त्रिपरिषद्) वा मन्त्रालय (मन्त्री/सचिवस्तर) को निर्णयले सिनेटले बनाएको नियम परिवर्तन गर्न सक्दैन । यो विषयमा सतर्कता केन्द्रले मेडिकल काउन्सिललाई विवरण पनि मागेको थियो । सम्बन्धित निकायहरूसँग आवश्यक कागजात र विवरण मागिएको सतर्कता केन्द्रले पनि जनाएको छ ।
मेडिकल काउन्सिलको जवाफले उपकुलपति डा. लामिछानेको ११ महिने एमपीएच डिग्री प्रतिष्ठानको नियमावलीले तोकेको स्नातकोत्तर (एमडी/एमएस/पीएचडी उपाधि सरह नरहेको स्पष्ट पारेको पनि उजुरीमा उल्लेख छ । राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी हीरामणि सुवेदीले उजुरीकाे बारेमा छानबिन भइरहेकाे जानकारी दिए ।
डा. लामिछानेलाई उपकुलपति नियुक्ति गर्दा ‘स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड, ०७३ लाई आधार मानेर ०७८ पुस ५ गते मन्त्रालयस्तरको निर्णयद्वारा उपकुलपति नियुक्त गरिएको उजुरीमा छ । प्रतिष्ठानको सिनेटले बनाएको नियमावली मिचेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपति नियुक्ति कार्यविधि २०७८’ स्वीकृत गरी सोही आधारमा नियुक्ति गरिएको उजुरीमा उल्लेख छ ।
‘०७३ सालमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएकै थिएन भने ०७४ सालमा प्रतिष्ठानको स्थापना भएपश्चात प्रतिष्ठानको सिनेटले ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विभिन्न निकाय तथा पदाधिकारीको काम कर्तव्य र अधिकारसम्बन्धी नियमावली ०७४ को परिच्छेद–८ (पदाधिकारीको मापदण्ड, काम, कर्तव्य र (अधिकार) अन्तर्गत नियम ४० (क) मार्फत उपकुलपतिको नियुक्तिको मापदण्ड बनाइसकेको थियो । सिनेटले ०७४ सालमा बनाएको नियमावली मिचेर मन्त्रालयले वा नेपाल सरकार मन्त्रिपरिषद्ले मापदण्ड बनाउनु ऐनको भावना विपरित र गैरकानुनी हुन्छ भन्नेमा कुनै द्विविधा छैन,’ उजुरीमा उल्लेख छ ।
मन्त्रालयले आर्थिक लेनदेनको आधारमा उपकुलपति नियुक्ति गरिएको उजुरीमा आरोप छ । ‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, उपकुलपति नियुक्ति कार्यविधि २०७८ को दफा २ (क) मा समेत चिकित्सा शास्त्रमा स्नातकोत्तर व्यक्ति मात्र उपकुलपति नियुक्त हुन सक्ने उल्लेख भएकोमा डा. लामिछानेको सो योग्यता समेत नपुग्ने उजुरीमा छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१४ गते माघ २०८१ ।
प्रेस चाैतारी राैतहटकाे अधिवेशन बारे छलफल गरिएको छ । सदरमुकाम गाैरमा बसेकाे बैठकमा यसबारे छलफल गरिएको छ । बैठकमा आठाै जिल्ला अधिवेशन माघ २३ गते गर्ने जनाइएको छ ।
साेमबार राैतहटकाे गाैर स्थित प्रेस चाैतारीकाे कार्यालयमा बसेकाे बैठकले अगामी माघ २३ गते चन्द्रपुरमा आठाै अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको सचिव मुकेश कुमार साहले बताएका हुन् ।
बैठकमा सदस्यता नविकरण र नयाँ सदस्यता लिनकाे लागि माघ १९ गतेभित्र सदस्यता शुल्क तथा आवेदन दिनु पर्ने जनाइएकाे छ । साे अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी गर्ने निर्णय समेत गरिएको सचिव साहकाे भनाइ छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१४ गते माघ २०८१ ।
राैतहटकाे दक्षिणी भेग ईशनाथ नगरपालिकामा बिद्यालय भवन निर्माणका लागि शिलान्यास गरिएको छ । ईशनाथ नगरपालिका वडा नम्बर ६ जोकहा टाेलमा रहेको मोतीगन्ज प्राथमिक बिद्यालयमा आज नगर प्रमुख कौशल्या देवी सिन्हा द्वारा चार कोठे भवन बिद्यालय भवनको शिलान्यास गरिएको छ ।
शिलान्यास पछि आयाेजित कार्यक्रममा बाेल्दै मेयर नगर सिन्हाले विद्यालयमा पठन पाठन व्यवस्थीत गराउने उद्देश्यले भवन निर्माण कार्य सुरु गरिएको छ । भवनको अभाव झेलिरहेको आफ्नो नगरका विद्यालयहरुको अब छिट्टै कायापलट हुने बताएका छिन् ।
शिक्षा क्षेत्रमा पालिकाले महत्वपूर्ण कार्यहरु गर्दै आएको बताउँदै उनले शिक्षामा नगरपालिकाले कुनै कमी नराख्ने बताएकी हुन् ।
त्यस्तै विद्यालय भवन निर्माण कार्य गुणस्तरीय एवं फलदायी बनाउनका लागि विद्यालय प्रशासन,नगरवासी,नगरपालिका लगायत सबै पक्षले निर्माण कार्यबारे चासो लिनु पर्ने प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोरले बताउनु भयो ।
सो शिलान्यासमा उप प्रमुख मो.परवेज आलम, वडावासी समाजसेवी बुद्धिजीवीहरुकाे उपस्थिती रहेको थियोे ।
चन्दन कुमार महताे,गाैर,१४ गते माघ २०८१ ।
रौतहट जिल्लाको गौर नगरपालिकाले गृह मन्त्रालयद्वारा सञ्चालित केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणाली नागरिकता सिफारिस सेवा अनलाइनमार्फत सुरु गरेको छ । सेवा सुरु गर्ने गौर नगरपालिका रौतहट जिल्लाको पहिलो नगरपालिका बनेको छ । गौर नगरपालिकाको वडा नं. ६ र ९ बाट यो सेवा सुरु गरिएको हो । प्रणालीमार्फत वडाहरूले अनलाइनमार्फत नागरिकता सिफारिस गर्ने प्रक्रियालाई छरितो, सरल, र प्रभावकारी बनाउन मद्दत गर्नेछ । नागरिकहरूले यसबाट लामो प्रक्रियालाई छोट्याउँदै डिजिटल प्रविधिको फाइदा लिन सक्नेछन् ।

कार्यक्रममा पहिलो अनलाइन सिफारिस वडा नं. ६ निवासी सिमा कुमारीलाई प्रदान गरिएको छ । गौर नगरपालिकालाई डिजिटल युगतर्फ उन्मुख गराउँदै नागरिक सेवा सरल बनाउन सहयोग पुर्याएका छन् । यस प्रणालीले सबै नागरिकका विवरणहरू व्यवस्थित रूपमा राख्न, अद्यावधिक गर्न र आवश्यक परेमा छिटो उपलब्ध गराउन विशेष योगदान पुर्याउने छ । रौतहट जिल्लाको जिल्ला प्रशासन कार्यालयसम्म सिफारिस पुर्याउने प्रक्रिया अब डिजिटल माध्यमबाट हुनेछ । यसले लामो प्रशासनिक झन्झट हटाउँदै, नागरिकलाई सहज र छिटो सेवा प्राप्त हुने सुनिश्चित गरिने छ ।

गौर नगरपालिकाको वडा नं. ९ का वडा अध्यक्ष अर्जुन सिंहले उद्घाटन समारोहको नेतृत्व गर्दै अनलाइन सिफारिस प्रणालीको औपचारिक सुरुवात गरेका थिए । उनले यो प्रणालीले नागरिकता प्राप्तिको जटिलतालाई हटाउँदै नागरिकलाई थप सहजता दिने उल्लेख गरे । साथै, यो सेवा सञ्चालनमा ल्याउन गौर नगरपालिकाका कर्मचारीहरूको अथक प्रयास रहेको उनले बताए ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, सूचना प्राविधि अधिकृत रौशन श्रीवास्तव, र कानुन अधिकृत धीरज कुमार लाल दासको विशेष भूमिका रहेको थियो । उनीहरूले यस प्रणालीको प्रभावकारिता र यसको दीर्घकालीन महत्त्वबारे आफ्नो विचार प्रस्तुत गरे ।

गौर नगरपालिकाले यो कदममार्फत प्रशासनिक प्रक्रियालाई डिजिटल रूपान्तरणतर्फ अघि बढाउँदैछ । अनलाइन प्रणाली लागू भएपछि नागरिकहरूले वडामा गई कागजी प्रक्रिया पुरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने छन् । यसले समय, स्रोत र श्रमको बचत हुने छ । साथै, नागरिकता सिफारिसमा पारदर्शिता र विश्वसनीयता सुनिश्चित हुने छ । स्थानीय नागरिकहरूले सेवाप्रति उत्साह देखाएका छन् । अनलाइन प्रणालीमार्फत सेवा लिन सजिलो हुने, प्रशासनिक भ्रष्टाचार न्यूनीकरण हुने, र आफ्नो काम समयमै हुने आशा उनीहरूले व्यक्त गरेका छन् ।

गौर नगरपालिकाले प्रणालीका अतिरिक्त अन्य डिजिटल सेवाहरू पनि थप गर्दै लैजाने योजना बनाएको छ । नगरपालिकाका सबै वडाहरूलाई क्रमश प्रणालीमा समेट्ने र सेवाको दायरा विस्तार गर्ने तयारी भइरहेको जानकारी निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुरले दिए । गौर नगरपालिकाको यो डिजिटल कदमले स्थानीय प्रशासनलाई थप प्रभावकारी बनाउँदै नागरिकहरूका लागि अत्यावश्यक सेवा छिटो र पारदर्शी बनाउने विश्वास गरिएको छ ।
आरके श्रीवास्तव,रौतहट,१४ गते माघ २०८१ ।
बाराको पचरौता नगरपालिकामा भएको विकास निर्माण लगायत शिक्षा,स्वास्थ्य,सडक,नाला निर्माणको बारेमा आज पत्रकार सम्मेलन आयोजन गरि जानकारी गराइएको छ । पचरौता नगरपालिकाका नगर प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष लक्षमी यादवले नगरपालिकाको कुल बजेटको ५० प्रतिशत बजेट भौतीक संरचनादेखि लिएर शिक्षक व्यवस्थापन,शैक्षिक सामग्राी खरिदमा छुुट्टयाइएको जानकारी गराएका हुन् ।
यति हुुँदा पनि केही व्यक्तीहरुले शिक्षाको स्तर पचरौतामा खसकेको र धरासायी भएको भन्ने गलत प्रचार गरिरहेको प्रष्ट पारेका छन् । पहिलाको स्थानिय सरकारको पालाको र अहिलेको स्थानिय सरकारको शिक्षाको स्तर बढेको दाबी गरेका छन् ।

नाम मात्रको मावि रहेकोमा अहिले आएर व्यापक सुधार भएको बताए । दरबनदी अनुसार आफूहरुले शिक्षक व्यवस्थापन गरेको जानकारी गराउँदै यसै नगरपालिकाको मावि बेलदारी मावि ११ वटा शिक्षकको सञ्चालन हुँदै आएको विधालयमा अहिले शिक्षकको संख्या ११ वटा पुुगेको बताए । निकै गुणस्तरीय शिक्षा प्रदान गरिरहेको प्रवक्ता यादवको दाबी रहेको छ ।
एमबिबिएस अध्ययनका आफूहरुले एक जना छात्र र एक जना छात्रालाइ जनही १०/१० लाख दिने गरेको बताए ।

अहिलेको स्थानिय सरकारले एसइइ पछि उच्च शिक्षा हासिल गर्न चाहने बिधार्थीहरुलाइ फुल स्कलरशिप प्रदान गरिहेको जानकारी गराए ।
इन्जिनियरिङ्ग र ओभरसियर गर्न नगरपालिकाले लगानी गरिरहेको बताए । २०७४ सालको स्थानिय सरकारको पालामा ए,बि र सी गरि ३ वटा ग्रुपमा बाटो छुुट्टयाइएको थियो । त्यही अनुसार अहिलेको स्थानिय सरकार अनसुशण गर्दै विकास निर्माणको काम अगाडी बढाइरहेको बताए ।



काठमाडौं २०८१ –
बैंकर बलदेव थापाको नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक भएको छ । थापाको शब्द रहेको यस गीतमा विश्व कृतिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र स्वर रहेको छ । गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ ।
सफल बैंकरको छवि बनाएका थापा साहित्यकार पनि हुन । उनका दर्जनौ गीत, गजल विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । जीवनदर्शन, समय र परिस्थितीलाई गीत गजलमा रुपान्तरण गर्ने क्षमता गीतकार थापासंग छ । हाल ज्योति विकास बैंकमा सहायक महाप्रबन्धक रहेका थापा कार्यालयको समय बाहेक गीत, गजल लेख्नमा रुची राख्दछन् ।
गायक, संगीतकार तथा साहित्यकार श्रेष्ठको एक हजार भन्दा बढि गीत र उपन्यास फैरैना बजारमा आएका छन् ।
काठमाडौं २०८१ ।
छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव माघ १७ गतेबाट काठमाडौँमा सुरु हुँदैछ । चलचित्र विकास बोर्डको सहकार्यमा नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा माघ १९ गतेसम्म तीन दिन सञ्चालन हुने चलचित्र महोत्सवमा ४७ देशका ९८ चलचित्र, लघुचलचित्र तथा वृतचित्रहरु प्रदर्शन हुँदैछन् । सबै चलचित्रहरु निःशुल्क हेर्न पाईने आयोजक टीमले जनाएको छ । चलचित्र महोत्सवको ओपनिङ दरबारमार्गस्थित राईजिङ मलको क्युएस सिनेमामा हुनेछ । ओपनिङमा मोहन अभिलाषीले निर्देशन गरेको लघुचलचित्र पाउलो प्रदर्शन गरिनेछ । राईजिङ मलको दुवै हलमा २ दिनसम्म नियमित चलचित्रहरु प्रदर्शन गरिने र चलचित्र विकास बोर्डमा ३ दिनसम्म चलचित्रहरु प्रदर्शन गरिने महोत्सवका निर्देशक सन्तोष सुवेदी बताउँछन् ।
महोत्सवमा सहभागी राष्ट्रिय चलचित्रतर्फ लक्ष्मण सुनारको बुलाकी, दिनेश राउतको पुजार सार्की, सत्यराज चौलागाईको विच्छेद, सनोल दासको पखेटा, कमल एक्चाई मगरको डेसान लगायतका चलचित्रहरु प्रदशर्न हुनेछन् । त्यस्तै विभिन्न विधाका छोटा चलचित्रहरुमा द स्कुल वाल, रित्तो गाउँ, डाकिनी, निर्देश, थ्रेसहोल्ड, कन्तुर, अदेख, चराको नाच, मनु, बेली लगायत अन्य थुप्रै लघुचलचित्र र डकुमेन्ट्रीहरु समावेश गरिएको छ । झण्डै ३ दर्जन राष्ट्रिय तथा ५ दर्जनबढी अन्तराष्ट्रिय चलचित्रहरु प्रदर्शन हुने महोत्सवमा चलचित्र प्रदर्शनीसँगै मास्टर क्लास, प्यानल डिस्कसन, विभिन्न साँस्कृतिक नृत्यहरु र कला प्रदर्शनीसमेत रहनेछ । महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय चलचिकर्मीहरुको उपस्थिति रहनेछ ।
महोत्सवमा ८ जना अन्तर्राष्ट्रिय र ८ जना राष्ट्रिय जुरी चयन गरिएको छ । जसमा भारतबाट चलचित्र निर्देशक निपोन धौला, जर्मनी चलचित्रकर्मी फाविन मात्थियस र चलचित्रकर्मी इभिन बिराजी, बेलायतबाट चलचित्र लेखक तथा निर्देशक लुईसा प्रिटोलानी, क्यानडाबाट चलचित्र निर्देशक जुडी ग्लाड्स्टोन, इरानबाट अभिनेत्री, लेखक तथा निर्देशक तिमा टाघिजादेह, बहराईनबाट चलचित्र निर्माता निर्देशक एवम.् लेखक इभा दाउद र रशियाबाट चलचित्रकर्मी इरिना बेराजी रहेका छन् ।
नेपालबाट निर्णायकको रुपमा संगीतकार तथा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष शम्भुजीत बाँसकोटा, अभिनेत्री मिथिला शर्मा, चलचित्र निर्देशक दीपेन्द्र के. खनाल, अभिनेता प्रदीप खड्का र टेलिभिजनकर्मी टिकाराम यात्री अभिनेत्री सुरक्षा पन्त, चलचित्र निर्माता एवम् निर्देशक रौनक बिक्रम कँडेल र निर्देशक दिनेश लिङदेन रहेका छन् ।
मौलिक कला, संस्कृतिको संरक्षण, संवद्र्धन र चलचित्र विकासको लागि हरेक वर्ष अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गरिरहेको आयोजक टीमले जानकारी दिएको छ । सम्बन्धित निकायहरु आफैले कला, चलचित्र र संस्कृति संरक्षण र संवद्र्धनका कार्यक्रमहरु गर्नुपर्नेमा विगतका चलचित्र महोत्सवहरु आयोजना हुँदै गर्दा सम्बन्धित निकायहरुबाट साथ, सहयोग नपाएको महोत्सव निर्देशक सन्तोष सुवेदीले गुनासो व्यक्त गरे । यूनेस्कोको कार्यक्रमअन्तर्गत काठमाडौं महानगरपालिका फिल्म सिटीमा घोषणा भएको तर महानगरमै यति ठूलो महोत्सव हुँदासमेत महानगरले बेवास्ता गरेको उनी बताउँछन् । नेपालको राजधानी काठमाडौंमा ४७ देशका चलचित्रहरु समावेश गरेर महोत्सव गर्न पाउँदा आफुलाई मात्र नभएर देशकै लागि गर्वको कुरा रहेको उनी बताउँछन् ।
यो महोत्सवमा उत्कृष्ट चलचित्र, उत्कृष्ट लघुचलचित्रमात्र नभएर उत्कृष्ट महिला चलचित्र, बालबालिका चलचित्र, सांस्कृतिक चलचित्र, एनिमेटेड चलचित्र, मानव अधिकार चलचित्र, डकुमेन्ट्री लगायत धेरै विधाहरु भएकाले अन्य विधालाई पनि प्रोत्साहन गरेको कारण यो चलचित्र महोत्सव अझ बढी महत्वपुर्ण रहेको उनको भनाई छ । नेपालमा विधाअनुसारको विषयवस्तुमा कम फिल्म बन्छ, कि त बन्दै बन्दैन । बनेपनि त्यसलाई प्रदर्शन गर्ने स्थान र प्रोत्साहन गर्ने संस्था छैन । विषयगत चलचित्रहरु उत्कृष्ट बन्दा पनि तिनिहरुले स्थान पाउँदैनन्, पाईहालेपनि प्रतिस्पर्धामा पछाडी नै राखिन्छ । तर यो महोत्सवले सबैलाई समेट्न सकेको उनको दावी छ ।
महोत्सवमा चयन भएका चलचित्रहरूले उत्कृष्ट चलचित्र, निर्देशक, अभिनेता, अभिनेत्री, छायांकार लगायत उत्कृष्ट लघुचलचित्र, वृत्तचित्र, एनिमेटेड चलचित्र, महिला चलचित्र, बालवालिका चलचित्र, मानव अधिकारका चलचित्र जस्ता विभिन्न विधामा प्रतिस्पर्धा गर्नेछन् । यी विभिन्न विधामा सर्वोत्कृष्ट भएका चलचित्र तथा कलाकार प्राविधिकलाई महोत्सवको समापन समारोहमा अवार्ड प्रदान गरिनेछ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुको मूल्यांकनको आधारमा फरकफरक विधाका उत्कृष्ट १५ ओटा राष्ट्रिय तथा १५ ओटा अन्तराष्ट्रिय गरी ३० चलचित्रहरुलाई पुरस्कृत गरिनेछ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१२ गते माघ २०८१ ।
राैतहट प्रहरी इकाईहरूमा नि:शुल्क निवेदन लेख्न सुरु गरिएको छ । गरिबको लागी निःशुल्क निबेदन लेख्न राैतहट राैतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरेले निर्देशन दिए लगत्तै राैतहट प्रहरीले विना शुल्क निवेदन लेख्न सुविधा मिलाएकाे हाे ।

एसपी दिलीप घिमिरेकाे निर्देशनमा निःशुल्क उजुरी ठाडो निवेदन लेख्ने फर्मेट जिल्लाकाे प्रत्येक थाना चौकीमा पुगेपछि पहिलाे चाेटी कटहरिया नगरपालिका ४ का रामकृपाल दासले आफनाे घरायसी बिवाद भएपछि स्वंय ईलाका प्रहरी कार्यालय कटहरियाकाे प्राङ्गणमा प्रहरी जवान होमेन्द्र यादवकाे सहयोग निवेदन लेखेकाे दृश्य अहिले सामाजिक संजालहरूमा भाईरहल बनेकाे छ ।

कटहरियामा बरिस्ठ पत्रकार संजय मिश्रले आफनाे सामाजिक संजाल मार्फत प्रहरी युनिट अगाडि पैसा लिएर निवेदन लेख्ने काम भईरहेकाे भन्दै राैतहट प्रहरीलाई ध्यानाकर्षण गराएका थिए ।

लगत्तै एसपी घिमिरेले नि:शुल्क निवेदन लेख्न निर्देशन दिएका थिए । निर्देशन पछि प्रहरीले त्यसलाई कार्यान्वयनमा पनि ल्याएकाे छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर उमाशंकर प्रसादका अनुसार एसपी घिमिरेको निर्देशनमा ठाडो उजुरी निवेदनको लागी एउटा फर्मेटको ढाँचा तयार गरेर जिल्लाको सम्पूर्ण प्रहरी कार्यालयहरुमा पठाई सकिएको छ। उक्त फर्मेट प्रिन्ट गराएर प्रहरीले पीडितलाई दिन्छ, पढेलेखेका भएमा आफै भरेर बुझाउँछ, नभए उक्त फर्मेट प्रहरीले नै भरेर दिन्छ। फर्मेट ठाडो उजुरी निवेदन सरह हुने इन्स्पेक्टर उमाशंकरप्रसादले जानकारी दिएका छन्।

यसरी लेखिने निवेदनकै आधारमा प्रहरीले प्रारम्भिक कार्वाही सुरुगर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। रौतहटमा घरायसी तथा सामान्य बादविवाद हुँदा पनि प्रहरी कार्यालयमा जाँदा बाहिरबाट सानो ठाडो उजुरी लेखाएर ल्याउन ५०० रुपैयाँ लेखाई दिनुपर्ने बाध्यता रहेको थियो। एसपी दिलीप घिमिरेको यस पहलको जानकारहरुले खुलेरै सराहना गरेका छन्।
यस्ताे छ निवेदनकाे ढाँचा


