२०८३ भाद्र १४
२०८३ भाद्र १४

 

काठमाडौं, ५ वैशाख ।

गायक बद्री पंगेनीलाई झलकमान लोक संगीत सम्मानबाट सम्मानित गरिने भएको छ । बिन्ध्यबासिनी म्युजिक अवार्ड को १३औं संस्करण समारोहका बीच २५ हजार नगदसहित बिन्ध्यवासिनी फाउन्डेसनले यो सम्मान गर्न लागेको हो ।

 

लाईफ टाईम अचिभमेन्ट अवार्ड, संगीत साधना सम्मान, प्रेमध्वज संगीत रत्न सम्मान र कला पत्रकारिता सम्मानका अतिरिक्त यो वर्षबाट झलकमान लोक संगीत सम्मानको विधा थप भएको आयोजक संस्थाले जनाएको छ ।

 

नेपाली सुगम संगीत, शास्त्रिय संगीत, पप संगीत, चलचित्र संगीत र लोक संगीतलाई एउटै संस्थाद्वारा सम्मान गर्ने परम्पराको थालनी बिन्ध्यवासिनी म्युजिकले गरेको छ । बिन्ध्यवासिनी म्युजिक अवार्डको १३ औ संस्करण २२ वैशाखमा हुने फाउन्डेसनले जनाएको छ ।

 

काठमाडाैं, ५ वैशाख ।

देशका विभिन्न स्थानबाट आठजना लागुऔषधसहित पक्राउ परेका छन् । सर्लाहीकाे बरहथवा नगरपालिका-७ वनटोल बस्ने ६८ वर्षीय परीक्षण पण्डितलाई अवैध लागुऔषध गाँजा ४ सय ८० ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले घरभित्र लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

 

सर्लाहीकै लालबन्दी नगरपालिका-१२ जियाजोर जाने बाटो नजिकबाट अवैध लागूऔषध गाँजा करिब ९ केजीसहित सोही नगरपालिका-१४ बस्ने २५ वर्षीय वीर बहादुर गोलेलाई पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले बा.५० प २९९८ नम्बरको मोटरसाइकल चालक गोलेलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

 

मोरङकाे उर्लाबारी नगरपालिका-३ केर्खाली चोक बस्ने १९ वर्षीय विश्वास धिमालसमेत तीनजनालाई अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब २१ ग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले धिमालको घरबाट उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

 

कैलालीकाे गोदावरी नगरपालिका-५ गेटाबाट अवैध लागूऔषध अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्राम ८३० मिलिग्राम, प्रोक्सिब्यान्ड स्पास नामक ट्याब्लेट १६ थानसहित सोही नगरपालिका-७ बस्ने २८ वर्षीय पदम साउँद समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले प्रदेश २-०३-००५ प ८२२५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

पर्साकाे वीरगञ्ज महानगरपालिका-१५ प्रतिमा चोकबाट नियन्त्रित लागुऔषध नाईट्राभेट ९० ट्याब्लेट, एकसय एमएलको वानरेक्स ५ बोतल र लागूऔषध चरेस जस्तो देखिने खैरो पदार्थ ८० ग्रामसहित मकवानपुर हेटौंडा उपमहनागरपालिका-११ बस्ने ३१ वर्षीय बिकी बिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.७ प ६८१४ नम्बरको मोटरसाइकल चालक बिकलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

बाराकाे सिम्रौनगढ नगरपालिका-१ ढाटटोलाबाट अवैध लागूऔषध गाँजा ३० केजी प्रहरीले बरामद गरेको छ ।  ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिहरूले उक्त लागुऔषध फाली फरार भएपश्चात प्रहरीले उक्त गाँजा बरामद गरेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।

 

 

सिराहा ५ वैशाख।

मिर्चैया नगरपालिकाले वडा नम्बर ५ मा रहेको कित्ता नं २५६ सम्बन्धमा पछिल्लो केही दिनदेखि भइरहेकाे दुस्प्रचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको विषयमा राजनीतिक उक्साहटमा नगरलाई बदनाम गर्ने नियतले दुस्प्रचार गरेकाे भन्दै नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाएकाे छ ।

मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जग्गा सम्बन्धमा अदालतबाट भएको आदेश र पर्याप्त कानुनी प्रमाणको आधारमा  मात्र अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको बताएका छ्न्।  घरटहरा हटाउन नगरपालिकाले जारी गरिएको सूचनालाई अटेरी गरिएको कारणले अनधिकृत रुपमा सार्वजनिक जग्गामा निर्माण गरिएको घर टहरा हटाइएको उनले बताए ।

तर, कानुन र विधिअनुसार गरिएकाे कार्यलाई राजनीतिक प्रतिशोध शाँध्न केही नेताहरुको बहकाउमा आफ्नाविरुद्ध नारा जुलुस र दुसप्रचार गरिएको मेयर यादवकाे भनाइ छ ।

उनले सो जग्गा व्यक्तिकाे नाममा दर्ता गराउन लागिएको विषयमा पनि कुनै सत्यता नरहेको दाबी गरेका छन् । बरु मिर्चैयाको गुदरी बजारमा रहेको बजारलाई व्यवस्थापनको लागि सम्बन्धित् निकायमा पत्राचार गरिएको जानकारी दिए ।

‘मिर्चैया नगरपालिका ५ साविक २ क को कित्ता नम्बर २५६ को ३–१२–१७ क्षेत्रपफ्ल र वडा नम्बर २ ख को कित्ता नम्बर ६० को ०–२–५–० जग्गा नेपाल सरकारको नाममा रहेको र कुनै पनि व्यक्ति वा संस्थाको नाममा नापी नगरिदिन भनी नगरले नापी कार्यालय सिरहाको नाममा पत्र लेखी पठाइएको साथै सो को जानकारी विशेष नापी कार्यालय मिर्चैया लगायत सम्बन्धित निकायमा जानकारी गराईसकेकोले कुनै किसिमको गलत प्रचारको पछाडि नलागिदिनुहुन नगरले अनुरोध गरिएको छ,’ जारी विज्ञप्तिमा भनिएकाे छ ।

 

मुम्बई, ५ वैशाख ।

गत जनवरी २५ मा रिलिज अभिनेता शाहरुख खानको स्पाई थ्रिलर पठानले आफ्नो बक्स अफिस सफलताले इतिहास रचेको छ । चार वर्षपछि फिल्ममा कमव्याक गरेका शाहरुखले पठानका रुपमा बलिउडको हालसम्मको अल आइटम ब्लकबस्टर फिल्म दिए ।

सिद्धार्थ आनन्द निर्देशित फिल्मले रिलिजको पहिलो दिन ५७ करोडको व्यापार गरेको थियो । हालसम्म यसले ५ सय ४३ दशमलब ०५ करोडको व्यापार गरिसकेको छ । फिल्मको कथा, एक्सन र गीतले दर्शकको मन मात्र जितेन, यो फिल्म वर्षकै सबैभन्दा ठूलो फिल्म बनेर दर्शकमाझ आयो ।

यो फिल्म कमव्याक अभिनेता शाहरुखलाई मात्र होइन, निर्माता आदित्य चोपडाका लागि पनि फाइदाजनक बन्यो । फिल्मले निर्मातालाई ३ सय ३३ करोड नाफा दिलाएको छ ।

पीएण्डए र कुल प्रोडक्सनसहित फिल्मको कुल लागत २ सय ७० करोड रुपैंयाँ हो । जबकी यसले भारतीय बक्सअफिसमा ५ सय ४५ करोडको कमाइ गरेको छ भने विदेशमा ३ सय ९६ दशमलब ०२ करोड रुपैंयाँ छ ।

फिल्मको वितरण शेयर क्रमशः २ सय ४५ करोड र १ सय ७८ करोड छ । यसको सेटलाइट र डिजिटल राइटसबाट फिल्मले १ सय ५० करोड रुपैंयाँ पाएको छ । जबकि संगीत र सब्सिडी माध्यमले फिल्मले ३० करोड प्राप्त गरेको छ । यसको नतिजा स्वरुप निर्माण कम्पनी यशराज फिल्मस्ले २ सय ७० करोड लगानी गर्दा ६ सय ३ करोड व्यापार गर्यो र करिब ३ सय ३३ करोड मुनाफा कमायो ।

फिल्मबाट शाहरुखले पारिश्रमिक नलिई यको नाफाको ६० प्रतिशत शेयर लिएका छन् । यस हिसाबले शाहरुखले फिल्मबाट अभिनय पारिश्रमिक बापत २ सय करोड रुपैंयाँ लिएका छन् ।

 

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–तराई÷मधेस द्रूत मार्गको निरीक्षण अवलोकन गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीले द्रूत मार्गका विभिन्न निर्माण भइरहेका विभिन्न खण्डहरुमा पुगेर अवलोकन गरेका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, भौतिक तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला, अर्थ मन्त्री प्रकाशशरण महत, मुख्यसचिव शंकरदास वैरागी तथा    सचिवहरु र प्रधानसेनापति प्रभुराम शर्मा पनि सहभागी थिए ।

 

झापा, ५ वैशाख ।

झापाको कचनकवल गाउँपालिकाले करारमा रहेका ३८ जना शिक्षकलाई बर्खास्त गरेको छ । अघिल्लो स्थानीय सरकारले मापदण्डविपरीत नियुक्त गरेको भन्दै मंगलबार ३८ जना शिक्षकलाई करार अवधि नथपेर बर्खास्त गरेको हो ।

 

गाउँपालिकामा   कार्यरत अनुदानका निजी शिक्षक शिक्षिका तथा बाल शिक्षक शिक्षिका, कम्प्युटरका मावि शिक्षकलाई निष्काशन गर्ने गत २२ पुसको बैठकको निर्णयअनुसार उनीहरुलाई मंगलबारदेखि हटाइएको गाउँपालिका  अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीले जानकारी दिए ।

 

तत्कालीन गाउँपालिका अध्यक्ष अन्जर आलमको कार्यकालमा नियुक्त भएका करार शिक्षकहरुले शिक्षणका लागि अनुमति नलिएका, अयोग्य तथा नियमविपरीत नियुक्ति  शिक्षक शिक्षिकालाई हटाइएको गाउँपालिकाले जनाएको छ ।

 

गत वर्ष मात्र पनि कचनकवलमा गाउँपालिकाले ११ जना कर्मचारी निष्कासन गरेको थियो ।

 

काठमाडौँ, ५ वैशाख ।

कान्तिपुर फिल्म एकेडेमी, काठमाडौं र टोपी स्टुडियोज पोखराले बनाउन लागेको नेपाली सिरिज ‘ब्रह्माण्ड’ को आज(मंगलबार) पोखरास्थित गुप्तेश्वर महादेवमा मुहूर्त गरी छायांकन शुरु गरिएको छ ।


फिल्म पढाउने स्कुल कान्तिपुर फिल्म एकेडेमीले नेपालमा बन्ने सिरिजहरूको स्केलमै सबैभन्दा ठूलो सिरिज निर्माण गर्दैछ । ओटीटी प्लेटफर्मको लागि अन्तर्राष्ट्रिय मापदण्ड पुरा गर्दै बन्न लागेको यो सिरिजमा नेपालका नाम चलेका कलाकारहरूको अभिनय रहनेछ ।

रियाज नाटक्कारको निर्देशन र सागरराज आचार्यको कार्यकारी निर्माण रहने सिरिजको फूल लेन्थ ८ घण्टाको हुनेछ र यसलाई ८ एपिसोडमा निर्माण गरिनेछ ।


सिरिजमा सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्टसँगै कान्तिपुर फिल्म एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुङ्गानाको अभिनय रहनेछ । सिरिजमा सुप्रज्ञा र सञ्जयको डेब्यू अभिनय हो ।


सिरिजमा पुरुषोत्तम प्रधानको छायांकन हुनेछ । प्रधानले ‘लुट’, ‘कबड्डी’, ‘छक्का पन्जा’, ‘दासढुंगा’, ‘उमा’, ‘नाई नभन्नु ल’लगायत ६० वटा भन्दा बढी व्यावसायिकसफल र अवार्ड विजेता फिल्मको छायांकन गरेका छन् । पुरुषोत्तम नयाँ कथा, नयाँ निर्देशक र नयाँ प्रस्तुतीकरणका फिल्ममा काम गर्न रुचाउँछन् ।

एकेडेमीका सिइओ र सिरिजका क्रिएटिभ प्रोड्युसर प्रकाश पुरीले कलाकार अर्पण थापाले यही सिरिजबाट ओटीटी डेब्यू गर्न लागेको खुलाए ।
सबै सिरिजहरू नेपाली भाषामा कान्तिपुर फिल्म एकेडेमीको आफ्नै प्लाट्फर्मसँगै भारतको एक ठूलो ओटीटी प्लाट्फर्मबाट पनि हिन्दी भाषामा प्रदर्शन हुने सहमति भएको छ ।


एकेडेमीले केही समयअघि वीरगन्जमा ‘मिस स्कार्लेट’ नामको सिरिज निर्माण गरेको थियो । साइको थ्रीलर भनिएको ‘मिस स्कार्लेट’ को अहिले पोस्ट प्रोडक्सन भइरहेको छ ।

 

काठमाडौं, ५ बैशाख ।

गर्मी मौसममा यदि कसैलाई रातको निद्रामा बाधा पुग्छ भने त्यो विषालु लामखुट्टे नै हो ।

 

हात, खुट्टा र अनुहार टोकेर यसले हैरान मात्रै बनाउँदैन, बिभिन्न रोगहरु पनि निम्त्याउँछ । तिनीहरुलाई मारेर धपाउनका लागि कुण्डल बाल्नमा रातभरी बित्छ । जसका कारण दिनभर आँखामा थकान र निद्रा लाग्ने गर्छ, जसले काममा नराम्रो असर पार्छ ।

 

तर, अब तपाई यसबाट छुटकारा पाउनुहुनेछ किनभने यहाँ हामी एउटा यस्तो घरेलु उपाय तपाईलाई बताउनेछौं, जसले गर्दा लामखुट्टे हाम्रो वरपर पनि आउँदैन । जसका कारण सो बिद्यि अपनाएका कारण लामखुट्टेले तपाईको वरपर पनि आउने छैन भने तपाईको शरिरमा टोक्ने पनि छैन।

लामखुट्टे भगाउने घरेलु उपाय
लामखुट्टे भगाउन मानिसहरूले कीटनाशक छर्ने गर्छन । तर, यसलाई दिनहुँ प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो होइन । त्यसैले अब देखि यो घरेलु उपाय सिक्नुहोस् र अर्को पटक लामखुट्टे र झिंगा हटाउन प्रयोग गर्नुहोस्।

– नीमको सुख्खा पात ।
– तेज पत्ता
– लहसुन
– प्याज
– ल्वाङ
–कपूर

 

सबैभन्दा पहिले सुक्खा नीमको पातलाई राम्ररी कुचल्नुहोस्, त्यसपछि त्यसमा प्याज, लसुनको बोक्रा, ल्वाङ र कपूर मिसाएर ग्राइन्डरमा पिसेर राख्नुहोस्। त्यसपछि यो पाउडरलाई बक्समा राख्नुहोस्  ।

कसरी प्रयोग गर्ने

 

यो धूलो हरेक साँझ माटोको दियोमा राख्नुहोस् र त्यसमा कपूरको टुक्रा राखेर उज्यालो गर्नुहोस्। यसको धुवाँ पुरै घरमा राम्रोसँग फैलिने ठाउँमा राख्नुहोस्, त्यसपछि हेर्नुहोस् कसरी घरबाट लामखुट्टे भाग्छन् ।

 

लामखुट्टेलाई यो पाउडर बनाउन प्रयोग गरिने सामग्रीको गन्ध मन पर्दैन, त्यसैले यो घरेलु उपाय तिनीहरूलाई हटाउन धेरै प्रभावकारी छ।

 

काठमाडौं, ५ बैशाख 

धेरै पटक शरीरमा यस्ता रोगहरू देखा परेका हुन्छन, जसलाई हामीले सामान्य सम्झेर उपचारमा त्यति ध्यान दिएका हुदैनौं र दिँदैनौँ । त्यो मध्ये एउटा रोग हो– न्यून रक्तचाप ।

 

बोलीचालीको भाषामा यसलाई ब्लड प्रेसर लो पनि भनिन्छ ।  धेरै पटक मानिसहरु यस रोगको लक्षण नचिनेर उपचारमा ध्यान दिदैनन् ।

 

कम रक्तचापको सामान्य लक्षणहरूमा चक्कर लाग्नु, शरिर कमजोरी हुनु आदी हुन् । कम रक्तचापले समयमै उपचार नपाएमा हृदयघात, स्ट्रोक र मृगौला सबन्धी रोगको सामना गर्नुपर्ने हुनसक्छ । तर, ब्लड प्रेसर लोको समस्या भने घरमै पनि सामान्य तरिकाले समाधान गर्न सकिन्छ, त्यो पनि केही घरेलु उपायको मद्दतले ।

 

यसरी ब्लड प्रेसर लोको उपचार गर्नुहोस्ः

डिहाइड्रेसनः शरीरमा पर्याप्त मात्रामा पानी नपाउँदा रगतको मात्रा कम हुन थाल्छ । जसका कारण मुटुले रक्तनलीहरु मार्फत रगत पम्प गर्न कडा परिश्रम गर्नुपर्ने हुन्छ । त्यसैले रक्तचाप घट्छ । डिहाइड्रेसनबाट बच्न प्रशस्त पानी पिउनुहोस् ।

 

गर्भावस्थाः गर्भावस्थाको समयमा पनि रक्तचाप घटेको हुन्छ ।  यद्यपि  समस्या यो समयका लागि भने सामान्य हो ।

 

क्याफिनः क्याफिनको सही मात्राले रक्तचापलाई स्थिर राख्न मद्दत गर्दछ । जसका कारणले ब्लड प्रेसर लो भएको बिरामीले आराम महशुश गर्छ ।

 

तुलसीको पातः तुलसीको पात धेरै पोषक तत्वहरूको खानी हो । यसमा म्याग्नेसियम, पोटासियम र भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । साथै यसमा युजेनोल नामक एन्टिअक्सिडेन्ट पनि हुन्छ, जसले रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।

 

काठमाडौं ।

संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।

संघिय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन २०७८÷७९ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी, प्रधानमन्त्री प्रचण्डले नै आज राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।