२०८३ भाद्र १३
२०८३ भाद्र १३

 

काठमाडौं, १८ बैशाख ।

प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्ड ले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने जनाएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा प्रधानमन्त्री प्रचण्डले आज जारी गरेको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख गरेका हुन ।

 

‘रास्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तिमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु’,  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेका छन, ‘अनिवार्य रुपमा आफ्ना मजदुरहरुलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको जानकारी गराउँदछु।’

 

यस्तो छ प्रधानमन्त्रीको शुभकामनाः

 

अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिसहित उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

 

आठ घण्टाको कार्यदिनको मागसहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदूरहरुले गरेको संघर्षलाई स्मरण गर्दै नेपाललगायत विश्वभरका मजदूरहरुले १ मईको दिनलाई अन्तर्राष्ट्रिय श्रमिक दिवसका रुपमा मनाउँदै आएका छन ।

 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस ऐतिहासिक दिनमा म नेपालसहित विश्वका सम्पूर्ण श्रमजीवी वर्गसँग जुझारु ऐक्यवद्धता प्रकट गर्दछु । नेपालमा श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं कीर्तिमान कायम गरेका छन् ।

 

किसान र मजदूरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानको कीर्तिमानकै कारण आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ । नेपाल अहिले विकास, समृद्धि, स्थिरता र सुशासनको व्यावहारिक अभ्यासको चरणमा प्रवेश गरेको छ ।

 

मई दिवसको अवसर पारेर प्रधानमन्त्रीका रुपमा मैले नेपाली श्रमिक जनसमुदाय खास गरी किसान मजदूरको हक, हित र अधिकारका पक्षमा आफूलाई उभ्याउने प्रण गर्दछु । नेपाली श्रमजीवी जनतालाई सामाजिक न्यायसहितको समृद्धिको नयाँ युगमा पु¥याउने ऐतिहासिक जिम्मेवारी हाम्रा सामु छ । यो जिम्मेवारी पूरा गर्न म अनवरतरुपमा लागिरहने प्रण गर्दछु । रास्ट्रका उच्च स्थानबाट वार्षिक रुपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तिमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु ।

 

यसैगरी सम्पूर्ण मजदुरहरुको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा शर्त र सुविधा निश्चित र बैधानिक गर्न अनुगमनकारी निकायलाई सक्रिय बनाइने प्रतिवद्धता व्यक्त गर्दछु ।

 

साथै अदक्ष तथा अप्रमाणित अवस्थामा जोखिमपूर्ण काम गरिरहेका सबै सरसफाई मजदुरहरुलाई आगामी आर्थिक वर्षभित्र दक्ष बनाउने उद्देश्यका साथ सरकारी निकाय र जिम्मेवार संस्थाहरुले अनिवार्य रुपमा आफ्ना मजदुरहरुलाई उचित पेशागत तालिम दिन, आधुनिक सामग्री प्रयोग गर्न, सुरक्षासहितको उपयुक्त पोशाक प्रयोग गर्न तथा कामको नियमित अनुगमन गर्न निर्देशन दिइएको जानकारी गराउँदछु । आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयहरूमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने जानकारी गराउँदछु ।

 

अन्त्यमा पुनः नेपाल र विश्वका मजदूरहरुमा बधाई तथा शुभकामना व्यक्त गर्दछु । १८ वैशाख, २०८० (१ मई, २०२३) पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री

 

काठमाडौं, १८ बैशाख ।

एसिसी प्रिमियर कपको फाइनल खेल शनिवार झै बर्षाका कारण रद्द हुन पुगेमा नेपाल स्वतः बिजेता हुनेछ ।

जल तथा मौसम बिभागका अनुसार सोमवार पनि बर्षा हुने सम्भावना रहेको छ । यदी सोमबार पनि बर्षा भएको खण्डमा ‘रिजर्भ डे’ मानिएको मंगलबारका दिनमा फाइनल खेल खेलाईने छ ।

 

मंगलबार पनि नेपाल– संयुक्त अरब इमिरेट (युएई)का बिचमा खेल हुन नसकी रद्ध भएको खण्डमा सुपरओभरमा जानेछ । जसअनुसार दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुने गरी नतिजा निकालिनेछ ।

 

तर, वर्षाको कारण सुपरओभर पनि हुनसक्ने अवस्था नभएको खण्डमा आइसिसीको एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा माथि रहेको टोली एसिया कपमा स्वतः पुग्नेछ । जसअनुसार आइसिसीको एकदिवसीय वरियतामा १४ स्थानमा रहेको नेपाल १४ औं र १९ औं स्थानमा रहेको युएईलाई पराजितत गर्दै फाइनल बिजेता टोली बन्नेछ ।

 

जसले एसिया कपका भारत र पाकिस्तानसँग खेल खेल्न पाउने छ ।

किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र बिचमा आज फाइनल खेल हुन लागेको हो । खेल बिहान ९ बजेवाट सुरु हुनेछ ।

 

शनिवार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा नेपालसँग प्रतिस्पर्धा गर्न पुगेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८।३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्ध भए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो  भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

 

काठमाडौं, १८ बैशाख ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ ।

 

उपनिर्वाचनवाट सभापति रबि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रिय समिति र संसदीय दलको दुबैको बैठक आज बस्न लागेको हो ।

 

जसअनुसार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ ।

 

निर्वाचित भएर आए पछि पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतवार लामिछानेले भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डले सरकारलाई दिएको समर्थन कायमै राख्न अनुरोध गरे पनि सरकारले हालै ल्याएको ‘नीति तथा कार्यक्रम’मा भ्रष्टचारलाई कारबाही गर्ने बिषयको बुदाँ नै हटाएको भन्दै सभापति लामिछानेले आपत्ति जनाउँदै आएका छन् ।

 

जसकाकारण सरकारले दिएको समर्थन कायमै रहन्छ भन्नेमा आशंका कायमै रहेको बेला रास्वपाको केन्द्रिय समिति र संसदीय दलको बैठक बोलाईएको हो ।

 

यसैगरी, आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्ने अजेन्डा रहेको बुझिएको छ । यसअघि संसदीय दलको नेता रहे पनि नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसाला पछि सभापति लामिछानेको सांसद गुमेसँगै उनी स्वत्त पदमुक्त भएका थिए ।

 

लामिछाने पदमुक्त भए पछि रास्ववाले पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः बिजयी भएर आए पछि उनले शनिवार नै राजिनामा दिएका छन । उक्त रिक्त पदमा आज लामिछाने पुन चयन हुने बुझिएको छ ।

 

काठमाडौं, १८ बैशाख ।

एसीसी प्रिमियम कपको आज फाइनल खेल हुदैँछ ।

 

किर्तिपुरस्थित त्रिभुवन बिश्वबिद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट (युएई)का बिचमा आज फाइनल खेल हुदैँछ । बिहान ९ बजेवाट सो खेल सुरु हुनेछ ।

 

शनिवार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने युएई ओमानलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

 

जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाई रहदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रद्ध भए पछि समुह बिजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो  भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमानलाई हराउँदै युएई नेपालसँग प्रतिस्पर्धा गर्न आईपुगेको हो ।

 

आज हुने फाइनल खेलको बिजेता टोलीले भारत र पाकिस्तानलगायतका टिमसँग खेल्न पाउने छन् ।

 

यदी, शनिवारको झै पुनः पानी परेको खण्डमा आइसिसीको ओडिआई वरियतामा १४ औं स्थानमा रहेकाे नेपाल र १९ औं स्थानकाे रहेकाे युएई  बिचकाे खेल म‌गलबार हुनेछ ।

 

 

काठमाडौं, १८ बैशाख ।

आज १३४ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस ।

 

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपालमा ‘सामाजिक सुरक्षा, मर्यादित श्रमः श्रमको सम्मान, राष्ट्रको अभियान’ भन्ने मुल नारासहित मनाईदैछ ।

 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसहित बिभिन्न राजनीतिक दलका मजदुर संगठनको आयोजनामा बिभिन्न कार्यक्रम गरी यो दिवस देशैभरी मनाईदैछ ।

 

‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारा स्थापित भएको दिनको सम्झनामा यो दिवस मनाईदै आएको छ ।

मजदुरहरुले आन्दोलन गरिरहेको अवस्थामा सन् १८८६ मा अमेरिकाको सिकागोको हेय मार्केट भन्ने ठाउँमा अचानक बम विस्फोट भयो । सो बम विस्फोट कसले गराएको हो ? भन्ने नखुले पनि प्रहरीले आन्दोलनरत् मजदुरमाथि व्यापक दमन सुरु गर्‍यो । र, प्रहरीको सो दमनमा परी गोली लागि आन्दोलननरतत सातजना मजदुरको पनि मृत्यु भयो । प्रहरी दमनले त्यो आन्दोलन रोकिएन, झन झन चर्किदै गयो । अन्ततः सो आन्दोलन सफल भयो र त्यसपछि मजदुरलाई आठ घन्टा मात्रै काम गराउन थालियो ।

त्यसको चार बर्ष पछि सन् १८८९ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताहरुको  संयुक्त बैठक बस्यो । सो बैठकले बैठकले सोही दिनको सम्झनामा विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यस पछि सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महीनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन थालिएको हो ।

 

नेपालको विराटनगरमा विसं २००७ मा पहिलो मजदूर आन्दोलन भएको थियो । विसं २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसको अवसरमा सार्वजनिक बिदा दिन थालिएको हो ।

काठमाडौं, १८ बैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू–भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू(भागहरूमा आंशिक बदली  रहेको छ।

 

दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी  भू–भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

 

राती भने देशका पहाडी  भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी  भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। पहाडी  भू–भागका थोरै तथा तराईका एक(दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ।

 

देशका पहाडी  भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन र चट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आरके श्रीवास्तव,गरुडा,वैशाख १८ गते
थारु कल्याणकारिणी सभा (थाकस) रौतहटको १० औं महाधिवेशनबाट अध्यक्षमा जगरनाथ चौधरी सर्वसहमती बाट चयन भएका छन् ।


यस्तै समितिको उपाध्यक्षमा ललक चौधरी,ज्रभु चौधरी,सचिवमा प्रमोद चौधरी,सह सचिवमा राम बाबु चौधरी,कोषाध्यक्षमा ललिता चौधरी चयन भएको थाकस फतुवा बिजयपुरका नगर कमिटिका पूर्व उपाध्यक्ष बिजय चौधरीले जानकारी गराउनु भएको हो ।


थारु कल्याणकारिणी सभा रौतहटको सबै पदाधिकारीहरु सर्वसम्मतिले चयन भएका छन् । यस्तै सदस्यहरुमा नन्दलाल चौधरी,पुरनदेव चौधरी लगायतका व्यक्तीहरु चयन भएका छन् । निर्वाचित सबै पदाधिकारीहरूलाई निर्वाचन अधिकृत सुरेन्द्र चौधरीले शपथ ग्रहण गराएका थिए ।


यस अघि शनिवार गुजरा नगरपालिकाको सिमराभवानीपुरमा थारू कल्याणकारिणी सभा रौतहटको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम तथा उद्घाटन समारोहमा जनता समाजवादी पार्टी नेपालको केन्द्रिय कार्यकारिणी सदस्य एवम् पूर्व मन्त्री गोविन्द चौधरी लगायतका व्यक्तीहरुले सम्बोधन गरेका थिए ।
थारु कल्याणकारिणी सभा को १० औ जिल्ला अधिवेशनको बन्द सत्र चन्द्रपुर नपाको बनबहुअरिमा भएको थियो । जसमा थारु समाजका अगुवा व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

 

 

बज्जिकाञ्चल, १७ गते वैशाख ।
बारा जिल्लाको कलैयामा आम जनता पार्टीले आइतबार बारामा चुनावी समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । बारा क्षेत्र नम्बर २ मा सम्पन्न भएको उपनिर्वाचनमा पार्टीले प्राप्त गरेको जनमत र आगामी कार्य दिशाका सम्बन्धमा चुनावी समीक्षा बैठक सम्पन्न भएको हो ।

बैठकमा पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहको सहभागितामा सम्पन्न बैठकले बाराको उपनिर्वाचनमा आम जनता पार्टीको प्रदर्शन साहसिक एवं सराहनिय रहेको निष्कर्ष निकाल्दै चुनावमा आम जनता पार्टीलाई विश्वास गरी मतदान गर्ने मतदाताहरुप्रति आभार व्यक्त गरिएको पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहले जानकारी दिए । सो अवसरमा अजपाका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

रौतहट, १६ बैशाख ।
सार्वजनिक महत्व बोकेका बिषयमा परोहा नगरपालिकाले सुचना उपलब्ध गराउन आनाकानी गरेको छ । नेपालको संबिधानको धारा २७ तथा सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफा ३ र ७ अनुसार परोहा नगरपालिका संग माग गरिएको सूचना प्राप्त नभएको हो । सूचनाको हकसम्बन्धी ऐनले प्रत्येक सार्वजनिक निकायले हरेक तीन महिनामा सूचना अद्यावधिक गर्नुपर्ने व्यवस्था भए पनि यहाँका स्थानीय तहले सूचना अद्यावधिक गरेको पाइँदैन । रौतहटको परोहा नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्नुपर्ने कुरा त परै जाओस्, सूचनाको हकसम्बन्धी ऐनमा आधारित भएर माग गरिएका सूचनासमेत दिन आलटाल गरेको पाइएको छ । रिपोर्टर्स क्लब नेपाल मधेश प्रदेशको कोषाध्यक्ष तथा परोहा नगरपालिका वडा नं ८ मोतिपुर नरकटिया निवासी पत्रकार अभिमनु कुमार पटेल (राउत) ले २०७९ चैत ६ गते परोहा नगरपालिका संग सार्वजनिक महत्वका बिषयमा सूचना माग गरेका थिए । उनले परोहा नगरपालिका संग आर्थिक बर्ष २०७८ देखि २०७९ फाल्गुन सम्म परोहा नगरपालिकाले ईन्धन पेट्रोलियम पदार्थको लगबुक विवरण प्रमाणित प्रतिलिपि, २०७८ साउन देखि करार कर्मचारीहरको नियुक्ती प्रक्रिया पद, समूह, नाम ठेगाना सहित प्रमाणित विवरण, २०७८ साउन देखि २०७९ फाल्गुन सम्म कार्यालय प्रयोजनको लागि खरिद भएको स्टेशनरी सामाग्री, फर्निचर, ईलेक्ट्रोनिक्स सामान बिल सहित प्रमाणित विवरण प्रतिलिपि र २०७८ साउन देखि २०७९ फाल्गुन सम्म यस कार्यालयबाट सुचना तथा संचारको नाममा टेलिभिजन, पत्रपत्रिका, रेडियो, अनलाइन, भिडियो, फोटो लगायतका बिषयमा गरिएको खर्च भुक्तानी सहित प्रमाणित विवरण माग गरेका थिए । सार्वजनिक चासोका बिषयमा माग गरिएको सूचना एक महिना आठ दिन बित्दा पनि उपलब्ध गराउन परोहा नगरपालिकाले आनाकानी गरेको छ । परोहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मो. महफुजल अहमदले तोक लगाई सुचना अधिकारी मो. मोति रहमानलाई जिम्मेवारी एक सप्ताह भित्रमै माग गरिएको सुचना कानुनगत पाउने सबै उपलब्ध गराउन निर्देशन गरेपनिे सम्बन्धीत शाखाहरुबाट सूचनाका उपलब्ध हुन सकेको छैन । पटक पटक प्रमुख प्रशासकीय अहमदलाई सुचना बारे जानकारी लिन फोन गर्दा कहिले बाहिर छु, कार्यालयमा भन्न दिएको छु आजभोलिमा दिन्छ भनेर आलटाल गर्नु त कहिले जतिसुकै फोन गर्दा न उहाँको फोन उठ्ने र नफोन फर्काउने सूचना उपलब्ध गराउने प्रतिवद्धता पुरा गर्न सकिएको छैन । सार्वजनिक चासोको बिषयमा माग गरिएको सूचना दिन परोहा नगरपालिकाले आनाकानी गर्नु शंकास्पद भएको जानकारहरुको भनाई छ । सम्पन्न भईसकेका कार्यको विवरण लुकाउन खोज्नुले नगरपालिकाको पारर्दशिता प्रति प्रश्न चिन्ह खडा भएको छ अहिले ? नगरपालिकाले सार्वजनिक महत्व वोकेका महत्वपूर्ण सूचनाहरु सार्वजनिक नगरी लुकाउन थालेपछि सुचना माग गरिएको हो । सार्वजनिक रुपमा प्रकासित गर्नुपर्ने जनसरोकारका महत्वपूर्ण सूचनाहरु लुकाउनाले जिल्लामा दण्डहिनता र भ्रष्टाचार समेत चरम रुपमा मौल्याएको भान हुन्छ । स्थानीय तह स्थापित भएको दोस्रो कार्यकाल जनप्रतिनिधिहरुको चलिरहेको छ तर अहिलेसम्म एक पल्टपनि सार्वजनिक सुनवाई कार्यक्रम आज सम्म हुन सकेको छैन । परोहा नगरपालिकाले अनियमितता लुकाउन सार्वजनिक सरोकारका विषयमा सूचना दिन आनाकानी गरेको छ । ‘सूचना लिनु हरेक नागरिकको अधिकार हो । तर, परोहा नगरपालिकाले सूचना उपलब्ध नगराउनुको मुख्य कारण अनियमितता लुकाउनु नै हो।’

आरएन पटेल, वैशाख १७ गते

रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर २ स्थित रहेको श्री आधारभुत विद्यालय इनर्वा क का विद्यार्थीहरूलाई पुरस्कार तथा नयाँ पाठ्यपुस्तक वितरण गरिएको छ । श्री आ.वि इनर्वा क मा नयाँ शैक्षिक सत्र सुरू भएसँगै विद्यार्थीहरूलाई पाठ्यपुस्तक वितरण कार्य सुरु गरेको हो । सोही अवसर पारी विद्यालयले उत्तिन भएका छात्रछात्राहरुलाई पुरस्कृत गरिएको थियो । सो विद्यालयले नयाँ शैक्षिक सत्र गत वैशाख २ गतेबाट सुरु भएको थियो।सो विद्यालयले नयाँ भर्नासँगै कक्षा १ देखिकक्षा ८ सम्मको सम्पूर्ण विद्यार्थीहरुलाई पुस्तक वितरण गर्नुका साथै प्रत्येक कक्षामा (उत्कृष्ट) प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीहरुलाई वडा अध्यक्ष धर्मेन्द्रप्रसाद पटेलद्धारा पुरस्कार वितरण गरिएको थियो । विद्यार्थीहरुमा पढाई प्रति उत्सुकता बढाउने उदेश्यले प्रत्येक कक्षामा प्रथम, दोस्रो र तेस्रो भएका विद्यार्थीलाई क्रमशः अङ्ग्रेजी शब्दकोश, कापी तथा शैक्षिक समाग्रीसहित पुरस्कार वडा अध्यक्ष पटेलले वितरण गरेको बताएका छन् ।

यस्तै विद्यार्थीहरूको परिश्रमको प्रतिफल स्वरूप पुरस्कार वितरण कार्यक्रमको आयोजना गरिएको तथा आगामी दिनमा प्रत्येक विद्यार्थीहरुले कडा मिहिनेत तथा अध्ययन अध्यापनलाई राम्रो बनाउँन उदेश्यसहित बालबालिकाहरुको उज्वल भविष्यको लागि सबै उतिकै उत्तरदायी बन्नु पनि आवश्यक हुने भएका विद्यालयका प्रधानाध्यापक मनोजकुमार पटेलले बताएका छन् । कार्यक्रममा वडा सदस्य रामजी पटेल, स्थानीय समाजसेवी विजयप्रसाद पटेल, रामप्रसाद राउत, विशुनदेव साह कलवार, विन्दाप्रसाद पटेल, विद्यालयका शिक्षक तथा शिक्षिका लगायतको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।