काठमाडौं, १९ बैशाख ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबि लामिछानेले एसिया क्रिकेट कपका खेलहरु नेपालमा गराउन पहल गर्नुपर्ने जनाएका छन् ।
एसीसी प्रिमियम कप क्रिक्रेटमा संयुक्त अरब इमिरेटस (युएई)लाई हराउँदै नेपाल बिजय भएकोमा बधाई दिर्दै लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साे पहल गर्नुपर्ने जनाएका हुन ।
‘नेपाली क्रिकेट टिमलाई आजको महत्वपूर्ण जितका लागि धेरै धेरै बधाई,’ लामिछानेले भनेका छन, ‘एसिया कप कहाँ हुने भन्ने अन्योल देखिएकोमा समूह चरणका खेलहरू नेपालमा गराउन सरकारबाट पहल थालियोस्। प्रमको आसन्न भारत भ्रमणमा यो एजेन्डा पनि सामेल होस्। नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि उपयुक्त स्थल हुन सक्दछ।’
नेपालले आज युइईलाई ७ विकेटले हराउँदै एसीसी प्रिमियम कपको बिजेता बनेको थियो ।
काठमाडौं, १९ वैशाख ।
नेपाल विद्युत् प्राधिकरणले अत्याधुनिक प्रविधियुक्त तथा वातावरण मैत्री विद्युत् वितरण ट्रान्सफर्मर पाएको छ । नेपाल एकरात इन्जिनियरिङ कम्पनी प्रा.लि.ले ५०० केभिए क्षमताको ट्रान्सफर्मर प्राधिकरणलाई निःशुल्क उपलब्ध गराएको छ ।

करिब ३२ लाख रुपैयाँ मूल्य रहेको ट्रान्सफर्मर प्राधिकरणको रत्नपार्कस्थित प्रधान कार्यालय परिसरमा जडान गरिएको छ । प्रधान कार्यालयबाटै अवस्था जाँच्न वा बिग्रे नबिग्रेको जानकारी लिन सकिने आधुनिक सञ्चारजन्य उपकरणसमेत ट्रान्सफर्मरमा जडान गरिएको छ । कम्पनीका प्रबन्ध सञ्चालक कुशकुमार जोशीले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ट्रान्सफर्मर हस्तान्तरण गरेका हुन् ।
जर्मनीको एमआर कम्पनीको ‘भ्याकुम अनलोड ट्याप चेन्जर’ प्रविधि र अमेरिकी कम्पनी कार–गिलद्वारा उत्पादित वनस्पति तेलको प्रयोग गरी निर्माण गरिएको ट्रान्सफर्मर वातावरणमैत्री रहेको छ ।

प्राकृतिक तेलको प्रयोग भएकाले चिस्याउने क्षमता बढी हुँदा ट्रान्सफर्मरमा आगलागी हुने सम्भावना ज्यादै न्यून रहेको र स्वचालित रुपमा भोल्टेज नियन्त्रण तथा सन्तुलन कायम हुने प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

प्राधिकरण र कम्पनीबीच ट्रान्सफर्मर उत्पादन र जडानका लागि गत भदौमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यस्ता ट्रान्सफर्मरबाट विद्युत आपूर्तिका क्रममा भइरहने विभिन्न खालका दुर्घटना रोक्न सकिने र एउटै पोलमा समेत जडान गर्न मिल्नेछ ।
.
दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्रि डिल्लीबहादुर चौधरीले विश्वासको मत लिन बसेको बैठक आधा घन्टाका लागि स्थगित भएको छ ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्ती भएको जानकारी प्रदेशसभा बैठकलाई नगराई विश्वासको मत लिन खोजेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाए पछि बैठक आधा घन्टाका लागि स्थगित हुन पुगेको हो ।
बैठक मंगलबार बिहान ११ बजेदेखि सुरु भएको थियो ।
प्रतिपक्ष दल एमाले र राप्रपाले आपत्ति जनाए पछि सभामुख तुलाराम घर्तीले आधा घन्टाका लागि स्थगित गरेका हुन ।
काठमाडाै, १९ बैशाख ।
सन्दीप लामिछाने एसीसी प्रिमियर कप क्रिकेटको सर्वोत्कृष्ट खेलाडी बनेका छन् ।
आज सम्पन्न प्रतियोगितामा लामिछाने सर्वाधिक विकेट लिनेमा उनी दोस्रो खेलाडी हुन । उनले ५ खेलमा १३ विकेट लिन सफल भएका हुन ।
सर्वोत्कृष्ट बलरको उपाधि भने ओमानका बिलाल खानले पाएका छन् । खानले सर्वाधिक १७ विकेट लिन सफल भएका थिए ।
यसैगरी, सर्वोत्कृष्ट ब्याट्सम्यानको उपाधि यूएईका भृत्य अरविन्दलाई दिइएको छ । प्रतियोगितामा दुईवटा १ सय ५० माथिको स्कोरसहित सर्वाधिक रन बनाएर रेकर्ड कायम गरेका छन ।
काठमाडौं, १९ बैशाख ।
राष्ट्रपति रामचन्द्र पौडेलले आफनो उपचार खर्च आफै ब्योर्होने भएका छन ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार उनले आफनो खर्च आफै ब्योहोर्ने भएका हुन ।

‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपतिज्यू स्वयंले बेहोर्ने कुराका जानकारीका लागि अबगत गराईन्छ,’ कार्कीले जारी गरेको बिज्ञप्तिमा भनिएको छ ।
छात्तिमा जमेको पानीमा संक्रमण बढे पछि उपचारका लागि राष्ट्रपति पौडेल भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्बिज्ञान संस्थान (एम्स) मा उपचार गर्नका लागि बैशाख पहिलो साता गएका थिए । १० दिन लामो उपचार पछि राष्ट्रपति पौडेल आइतवार राती स्वदेश फर्केका हुन ।
काठमाडौं, १९ बैशाख ।
सभामुख देबराज घिमिरेले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
एसीसी प्रिमियम कप क्रिकेटमा युएईलाई पराजित गर्दै फाइनल खेल जितेकोमा नेपाली टोलीलाई सभामुख घिमिरेले बधाई दिएका हुन ।
‘नेपाल एसीसी प्रिमियम कप क्रिकेट जित्दै एसिया कपमा छनौट भएकोमा हार्दिक बधाई तथा शुभकामना,’ सभामुख घिमिरेले बधाई दिदै भनेका छन, ‘अभुतपुर्व जीतले नेपाल र नेपालीको शिर उचोा बनाएको छ भने नेपाली क्रिकेटको ब्याबसायीकरणमा थप सहयोाग हुने विश्वास लिएको छु । खेलाडीलाई राज्यको तर्फवाट थप सम्मान र सहयोग आवाश्यक रहेको तर्फ ध्यानाकर्षण गराउँदछु ।’
नेपालले आज संयुक्त अरब इमिरेटस (युएई)लाई ७ विकेटले हराएर फाइनल खेलमा जीत हासिल गरेको हो ।
काठमाडौं, १९ वैशाख ।
एसीसी प्रिमियर कपको नेपाल च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा यूएईले सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।
यूएईले दिएको ११८ रनको लक्ष्य लक्ष्य नेपालले ३ विकेट गुमाएर ३०.३ ओभरमै भेट्याएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६७ रन जोड्दा भीम सार्कीले ३६ रन जोडेका थिए ।
कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी पेभेलियन फर्किएका थिए ।
यो जितसँगै अब नेपालले भारत र पाकिस्तानसँग एसियन कप खेल्ने भएको छ ।
काठमाडौं, १९ वैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप उपाधि विधेता नेपाली टिमलाई बधाई दिएका छन् ।
एसीसी प्रिमियर कप उपाधि भिडन्तमा नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ । जितसँगै नेपालले एसिया कपमा स्थान बनाएको छ । सोही नेपाली टिमलाई प्रधानमन्त्री प्रचण्डले बधाई दिएका हुन् ।
‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ सामाजिक सञ्जाल फेसबुकबाट बधाई दिँदै प्रधानमन्त्रीले भनेका छन् ।
काठमाडौं, १९ वैशाख ।
सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनचाँदीको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा २०० रुपैयाँले घटेको छ । छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ८ हजार ३०० रुपैयाँमा करोबार भइरहेको महासंघले जनाएको छ ।
यसअघि सोमबार छापावाला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ र तोजावी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, मंगलबार चाँदीमा प्रतितोला १० रुपैयाँले घटेको छ ।
महासंघका अनुसार मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी प्रतितोला १ हजार ४१५ रुपैयाँमा किनबेच भएको थियो ।
काठमाडौं, १९ वैशाख ।
भारतबाट इन्धनको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटेर आएको छ ।
उक्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ३७ पैसा, डिजेल ४ रुपैयाँ १६ पैसा र मट्टितेल ३ रुपैयाँ ४८ पैसा घटेर आएको हो । त्यस्तै, खाना पकाउने एलपी ग्याँसमा पनि प्रतिसिलिन्डर ३०९ रुपैयाँ घटेर आएको छ ।
हरेक १५/१५ दिनमा आईओसीले नेपाल आयल निगमलाई इन्धनको नयाँ मूल्यसूची पठाउने गर्दछ । जसअनुसार सोमबार पठाएको मूल्य घटेर आएको हो । भारतबाट मूल्य घटेर आए पनि नेपाल आयाल निगमले भने नेपाली बजारमा भाउ घटाउने वा नघटाउने भनेर निर्णय गरिसकेको छैन ।