काठमाडौं, २२ वैशाख
नेपालमा पछिल्लो २४ घण्टामा ७६ जना कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमूना परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका सँगै संक्रमितको सङ्ख्या एक सय ३७ रहेको छ । संस्थागत आइसोलेसनमा २४ र सघन उपचार कक्षमा १२ जना रहेका छन् ।
काठमाडौं, २३ बैशाख ।
एक दशक अगाडि उपल्लो मुस्ताङमा चल्दैआएको बहुपति प्रथाको कुमारी विषयमा मुस्ताङ निवासी मुस्ताङ्गी राजाका भान्जे ज्वाई राजेन्द्र ठकुरीले चलचित्र निर्माण गर्न खोजेको थिए ।
विविध कठिनाइका बाबजुद मुस्ताङकै विषयमा निर्माण भएको चलचित्र मुक्तिदाता पछि दोश्रो प्रोजेक्टका रुपमा बहुपति प्रथा विषयमा चलचित्र निर्माण गर्ने सपना चलचित्र निर्माता ठकुरीको थियो।
त्यो सपना निर्माता ठकुरीको पूरा हुन नसकेपनि यतिखेर मुस्ताङको नभएर डोल्पाको बहुपति प्रथा विषयमा नेपाली कथानक चलचित्र टुल्कीको निर्माण भएको छ। द पाल्म ग्रुपले बहुपति प्रथा विषयमा चलचित्र टुल्की निर्माण गरेर नयाँ आयाम थपिदिएको छ।
एक पत्नीले एकभन्दा बढी पति राख्ने परम्परागत प्रचलनमा चलचित्र निर्माण गर्नु सहज भने अवश्य होइन । लामो अध्ययन तथा अनुसन्धान अनि ठूलो बजेट खर्च गरेपछि मात्र निर्माण सम्पन्न भएको चलचित्र टुल्कीको सार्वजनिक डेट आगामी १२ जेठलाई तोकेरै निर्माण कम्पनीले विहीवार पोष्टर सार्वजनिक गरेको हो।
संभवत बहुपति प्रथामा आधारित पहिलो चलचित्र टुल्कीको छायाँकन डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा भएको निर्माण कम्पनीले भनेको छ ।
डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लाको भेषभूषामा प्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई टुल्की मार्फत देखाइएको निर्माता शेखर लामाको जिकिर छ।
चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको बैबाहिक सामूहिक बलात्कारको दुःखान्त कथा वस्तुलाई चलचित्रमा उजागर गरिएको छ ।
शेखर लामाको प्रस्तुती रहेको यस चलचित्रलाई देव थापाले निर्देशन तथा सुसिल अधिकारि र नमराज घिमिरेले छायांकन गरेको हुन भने सम्पादन तारा किम्भे थापा संगीत तथा गीतकार ग्यानेन्द्र गिरी र रोहित देउबा हुन भने रेखा जोशी, हरिना नाथ र रोहित देउबाको स्वर मा २ गीत समाबेस रहेको छ र पार्स्व संगीत सन्जिब सुब्बाको रहेको छ यस चलचित्रको निर्माण भने आरपी कर्माचार्य र उजेली लामाले गरेका हुन् ।
यस चलचित्रमा वरिष्ठ कलाकार शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, रत्नप्रसाद न्यौपाने, हिमाली न्यौपाने, सौजन सुब्बा, सोफिया लिम्बू, नरेन्द्र तामाङ, शेखर लामा, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ । बाबुलाल लामा कार्यकारी निर्मातामा रहेको फिल्म वितरणको जिम्मा डीसीएन र रिच इन्टरटेनमेन्टले पाएको छ ।
यस चलचित्रको कथा लक्ष्मण सुनार र पठकथा सम्बाद भने शेखर लामाले गरेका हुन । करिब चार वर्षको अनुसन्धानपछि चलचित्र निर्माण गरिएको र झन्डै एक करोड खर्च भएको निर्माण पक्षले जनाएको छ ।
सर्लाही, २४ वैशाख
नवलपुर–मलंगवा सडक खण्डमा गाडीको ठक्करबाट एक जनाको ज्यान गएको छ ।
सो सडकखण्ड अन्तर्गत हरिपुर नगरपालिका –४, हरैयामा डीजेजडित गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार बीआर ३० ए २७२१ नम्बरको भारतीय गाडीले ठक्कर दिँदा पैदलयात्री चन्द्रनगर गाउँपालिका–१, मोहनपुरका २२ वर्षीय पप्पु बैठाको उपचारको क्रममा मृत्यु भएको हो ।
शुक्रबार साँझ भारतीय नम्बर प्लेटको डीजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका बैठालाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौं, २३ वैशाख
सत्ता गठबन्धन दलका प्रमुख नेताहरूको बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेर अघिबाट बैठक सुरु भएको हो ।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
काठमाडौं, २३ वैशाख
संघीय संसद्को बजेट अधिवेशन भोलिदेखि सुरु हुने भएको छ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजे बस्ने गरी बोलाइएको हो ।
राष्ट्रियसभाको १४औं अधिवेशनको पहिलो बैठक बस्न लागेको हो । प्रतिनिधिसभाको भने यो दोस्रो अधिवेशनको पहिलो बैठक हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्नेछ ।
संसद्को यो अधिवेशनबाट सरकारका नीति तथा कार्यक्रम र नयाँ बजेट पारितलगायत कार्य गरिनेछ ।
आइतबारको बैठकका लागि विभिन्न कार्यसूची तय गरिएको छ । प्रतिनिधिसभा बैठकको सुरुआतमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।

सभामुखले नै राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्तिसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।
त्यसपछि सभामुखले सभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावित कार्यसूची छ ।
यस्तै, कानुन, न्याय संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेस गर्नेछन् ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आ.व. २०८०/०८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
पोखरा ।
पोखरामा शनिबार हिमालयन एक्स्ट्रिम ट्रायथलन भएकाे छ।
दोस्रो संस्करणको सो ट्रायथलनमा २२ देशका ३६ खेलाडीले सहभागिता जनाउँदै छन् ।
हिमालयन एक्स्ट्राई नेपालको आयोजना तथा नेपाल ट्रायथलन संघको प्राविधिक सहयोगमा सो प्रतियोगिता सुरु भएकाे हाे ।
हिमालयन एक्स्ट्राई निर्देशक रिक्की योन्जनका अनुसार सो प्रतियोगितामा अमेरिका, रसिया, अस्ट्रेलिया, नेदरल्याण्ड, बेलायत, ग्रिस, चेक रिपब्लिक र भारत लगायतका मुलुकका ५ महिलासहित ३१ जना पुरुष खेलाडीले सहभागिता जनाउने छन् ।
आयोजकका अनुसार शनिबार फेवातालमा ३ ८ किमी लामो पौडीबाट सो प्रतियोगिता सुरु हुनेछ भने लगतै १७५ किमि साइकल दौड सुरु हुनेछ।
पोखरा लेकसाईडबाट सुरु हुने सो साइकल दौड सराङकोट–पर्वतको कुस्मा–बागलुङ कालिका हुँदै पुन: फर्किएर कास्कीको काँडेमा पुगेर सम्पन्न हुने जनाईएको छ ।
सो साइकल दौड प्रतियोगिता पछि ४३ किमी लामो दौड सुरु हुनेछ। काँडे हुँदै ४ हजार मिटरको मर्दी हिमाल भ्यू पोइन्टलाई छुँदै माछापुच्छ्रे गाउँपालिकाको ल्वाङमा पुगेर सम्पन्न हुनेछ ।
सो प्रतियोगिता पुरा गर्न करिब १८ देखि २२ घन्टा लाग्न सक्ने आयोजकले अनुमान गरेका छन भने प्रतियोगितामा करिब १ करोड खर्च हुुने अनुमान आयोजकको रहेको छ ।
काठमाडौं, २३ बैशाख ।
संघीय संसद अन्तर्गतका दुवै सदनक बैठक भोली आइतबार देखी सुरु हुदैँछ ।
पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आब्हान गरेका हुन ।
प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयमा महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।
आगामी जेठ १५ गते आउने आर्थिक बर्ष २०८०/२१ को बार्षिक बजेट तथा सो अघि आउने नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।
काठमाडौं, २३ बैशााख ।
मिटर ब्याँज पीडित एक महिना देखी धर्नामा बसेका छन् ।
गत चैत २९ देखी काठमाडौं रत्नपार्कस्थित खुल्ला स्थानमा धर्नामा बसेका मिटरब्याज पीडितलाई भने सरकारले अझै सम्बोधन गर्न सकेको छैन् ।
पटक पटक बार्ता भए पनि मिटर ब्याज पीडितले धर्नालाई भने जारी राखेका छन । सरकारले मिटरब्याजी पीडितको पक्षमा छानविन गर्न जाँचबुझ आयोग समेत बनाएको भए पनि आयोग बनाएर मात्रै न्याय नहुने भन्दै तत्काल कारबाही प्रक्रिया अघि बढाउनु पर्ने माग राख्दै मिटरब्याज पीडितले धर्ना जारी राखेका हुन् ।
जाली तमसुक च्यात्नु पर्ने तथा पिडकलाई तत्कालै कारबाही गर्नुपर्नेलगायतका माग राखेर उनीहरुले धर्नालाई निरन्तरता दिएका हुन । सरकारले हालै अध्यादेशमार्फत मिटर ब्याँजमा संलग्नहरुलाई ७ बर्षसम्म जेल सजाय दिने निर्णय भने लिईसकेको छ ।
मिटर ब्याँज पीडितहरुले आफुहरुलाई सरकारले वेवास्ता गरेको गुनासो नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसमक्ष राखे पछि उनले सो बिषयलाई राजनीतिक रुपमा सम्बोधन गनुपर्ने जनाएका थिए ।
काठमाडौं, २३ बैशाख ।
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य बदली रहेको छ ।
दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
रातीː सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ।
कोशी प्रदेश, गण्डकी प्रदेश कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।
बज्जिकाञ्चल,गरुडा,वैशाख २२ गते
रौतहटको गरुडा नगर उद्योग वाणिज्य संघको साधारण सभा र नव निर्मित भवनको उदघाटन कार्य स्थगीत भएको छ । आज हुने भनिएको साधारण सभा र उदघाटन कार्यक्रम संघको केही सदस्यहरुको विरोधका कारण शान्ति सुरक्षाको ख्याल राखि सो कार्यक्रम अर्को सूचना प्रकाशन नहुनजेल सम्मका लागि स्थगित गरिएको अध्यक्ष हरेन्द्र प्रसाद चौधरीले जानकारी गराएका हुन् ।

गरुडा नगर उद्योग वाणिज्य संघको साधारण सभा आगामी वैशाख २२ गते हुने भनिएको थियो । धेरैदिन देखि साधारणसभा बोलाउन माग गरिदै आएको थियो । तर सधारणसभा बोलाइएको थिएन् । वर्तमान अध्यक्ष हरेन्द्र चौधरीको कार्यकाल समाप्त भएको १ वर्षभन्दा बढी समय बित्दा पनि साधारण सभा नबोलाइएपछि व्यापारीहरु आक्रोशित बनेका थिए । उनीहरुले साधारणसभा बोलाउन बारम्बार माग गर्दै आएका थिए । गरुडा नगर उद्योग वाणिज्य संघका अध्यक्ष चौधरीले पत्रकारहरुसँग कुराकानी गर्दै आउँदो वैशाख २२ गते शुक्रवार संघको नव निर्मित भवनको उद्धघाटन र साधारणसभा एकै दिन बोलाइएको जानकारी गराएका थिए ।

संघको विधान अनुसार कार्यकाल समाप्त भइसकेपछि नयाँ कार्यसमिति चयनका लागि बन्दसत्र बोलाउने प्रावधान छ । सहमती नभएको खण्डमा चुनावी प्रक्रियाले नयाँ समिति चयन गर्ने गरिन्छ । समयमै नयाँ नेतृत्व चयन भए व्यापारीहरुको हकहितका लागि राम्रो हुने व्यापारीहरुको भनाइ छ । बारम्बार साधारण सभा बोलाउन माग गरेपनि आफूहरुले कुनै ठोस् जवाफ नपाएको उनीहरुले गुणासो गर्दै आएका थिए । साधारण सभा बोलाउँदा व्यापारीहरु द्धारा नै विरोध हुन थालेपछि अन्ततः स्थगित गरिएको छ ।